७० हप्ताहरुको भविष्यबाणी

मुल पद: "तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताकोलागि प्रायश्‍चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमबाणीलाई मोहर लगाएर बन्द गर्न, र महापवित्रस्थानलाई अभिषेक गर्न सत्तरी —सातहरु‘-को आदेश तोकिएको छ ।" दानियल ९:२४

दानियल ७ को न्यायनिशाफ र दानियल ८ को पवित्र स्थानको शुद्धिकरणको घट्ना एउटै हो भन्नुमा द्विविधामा नपरौं । यि दुबै वर्णन गरिएको घट्ना १,२६० बर्षपछि हुने हो ।

हामीले हेर्‍यौं कि दानियल ८ को दर्शन २,३०० दिनहरु, उसलाई तत्काल नबुझाई तुँगोलगाएको थियो । दानियल ९ ले दानियल ८ को लगत्तै गेब्रियल स्वर्गदुत आएर उसले नबुझेको दर्शन बुझाउन आएको भन्दछ । यसरी हामी यो बुझ्दछौं कि दानियल ८ मा नबुझाएका वा आंशिक अर्थ दानियल ९ मा बुझाएका हुन्छन् ।

यस भागमा दानियल ९ लाई निरन्तर दिएर ७० हप्ताहरुको दर्शनमा केन्द्रित गर्नेछौं । यसमा हामी बाईबलको प्रभावशाली प्रेरणाकोबारे जानकारी प्राप्त गर्ने छौं र साथै यस भविष्यबाणीको केन्द्रविन्दु येशू, "मशिह राजकुमार", (दानियल ९:२५) जो २३०० दिनको भविष्यबाणीको जग हुनुहुन्छ उहाँको बारेमा पनि जानकारी हासिल गर्नेछौं ।

१ ७० हप्ताहरु


दानियल ८:१४ झैं ९:२४ मा अर्को समयसंग सम्वन्धित भविष्यबाणी गेब्रियलले दानियललाई दिन्द छ ।

कुन भविष्यवाणी लामो छ, २,३०० दिनहरु कि ७० हप्ताहरु ?

हामीलाई दुई भविष्यबाणीहरु समयसंग जोडेको संगसंगै दिएको छ, २,३०० दिनहरु र ७० हप्ता जुन पहिलो भन्दा छोटो छ ।

७० हप्ताहरु
-------------------->
२,३०० दिनहरु


पढ्नुहोस, दानियल ९:२४ मा कुन काल प्रयोग गरेर ७० हप्ताहरुको भविष्यवाणी प्रस्तुत गरेको छ ?

अन्त कतै प्रयोग नगरिएको काल (जसको जरा हिब्रु भाषामा चाट्चट हो) —निर्धारित‘ वा —आदेश दिएको‘ हिब्रु भाषामा प्रायजसो —छप्काएको‘ वा काटिएको भन्ने अर्थ लगाएको हुन्छ । उगारिटिक भाषा जुन हिब्रु भाषासंग मिल्दोजुल्दो छ चाट्चटको अर्थ छाँटको वा छप्काएको हुन्दछ । ( नेपाली भाषामा त झन चट्ट पारियको भन्दा हिब्रु भाषासंग क्या मिल्न आउँछ ! ) यसरी हामी यो निष्कर्षमा पुग्न सक्दछौं कि ७० हप्ताहरु चौट्याईएको भनेर स्वर्गदुतले भनेको हो । कुन बाट भन्दा मरेह २,३०० दिनहरुबाट छप्काएको हुनआउँछ जुन दुई भविष्यबाणीहरुमा लामोचाहिँ हो ।

मानौ तपाँईसंग आईतवार पाँच घण्टा फुर्सद छ र त्यसमध्ये एक घण्टा छिमेकीलाई कुनै काममा सहायता गर्न फुर्सद छ भने तपाँईले पाँच घण्टाबाट एक घण्टा निकाल्नुहुन्छ । दानियल ८:१४ र ९:२४ मा यस्तै अर्थमा २३०० दिनहरुबाट ७० हप्ताहरु निकालिएको हो ।

२ मशिह राजकुमार

"यो जान र बुझ, यरुशलेमको पुनर्स्थापन र पुन निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्त जन, अर्थात् एक शासक नआउँञ्जेलसम्म सात —सातहरु‘ र बयसट्ठी —सातहरु‘ हुनेछन्।गल्ली र शुरुङ्गहरुसहित यसको पुननिर्माण हुनेछ, दुःखको समयमा " दानियल ९:२५

ध्यानपुर्वक र प्रार्थनापुर्वक उपरोक्त कठनमा दुई समयको भविष्यवाणी हेर्नुहोस कुनचाहीँ पहिला र कुन अन्तमा आउँछ।

यहाँ एक पदमा ७० हप्ताहरुमध्ये ६९ हप्ताहरुको लेखा दिएको छ।

भविष्यवाणी सुरुहुन्छ येरुशलेमाको पुनर्स्थापना र पुन निर्माण गर्न आदेश दिएर , अनि ६९ हप्ताहरु अन्त हुन्छ अभिषेकित जन वा मशिह राजकुमारमा (अंग्रेजी र अन्य अनुवादहरुमा यो उल्लेख गरिएको छ) । यसरी हामीसंग दुई ऐतिहासीक घट्नाहरुको माझ मा छौ‍- यरुशलेमको पुनर्स्थापना र पुननिर्माण अनि मशिह राजकुमार ।

हिब्रु शब्द मशिह वा अभिषिक्त जनलाई ग्रिकमा ख्रिष्टोष्ट अर्थात ख्रिष्ट अर्थलगाईएको पाउँदछौं । त्यस ब्यक्ति को हो त ?
हेर्नुहोसः मत्ती १:१, १६, १६:१६, प्रेरित ३:१३-१५,१८, ५:३०,३१

यहाँ हामी एक निर्णायक बुँदा पाउँदछौं । यो भविष्यबाणी येशूमा केन्द्रित छ ।प्रथम ६९ हप्ताहरुले येशू जो मशिह राजकुमारकहाँ हामीलाई ल्याउँदछ । यसको अर्थ यो पनि भन्न सक्दछौं कि यस भविष्यबाणी येशूमा आधारित छ । जसरी येशूख्रिष्टमाथी भरोसा राख्‍न सक्दछौं त्यसरीनै भविष्यबाणीमा पनि भरोसा राख्‍न सक्दछौं।

यो नबिर्सौं कि सेभन्थे एडभेन्टिष्टमात्र होईन अरु बहुचर्चित ईसाई समुदायहरुलेपनि उपरोक्त भविष्यबाणीले येशूलाई प्रभावशालिरुपमा अंगित गरीएको भनि मान्दछ ।दानियल येशू आउनुभन्दा ५०० बर्ष अघि हुनुहुन्थ्यो तर उहाँ परमेश्वरको प्रवक्ताभएको नाताले येशूकोबारेमा पुर्वदर्शन गराईएको थियो ।

येशूको बारेमा यो प्रथम भविष्यबाणी होईन, पुरानो नियम बाईबलमा अरु थुप्रै पाउँदछौं जसले हाम्रो बिश्वासलाई दरिलो वनाउँदछ ।

३ आदेश

हामीले पायौं कि दानियल ९:२५ को भविष्यवाणी येरुशलेमको पुनर्स्थापना र पुननिर्माण गर्न आदेश दिएको हुन्छ र ६९ हप्ताहरुपछि मशिहमा अन्त हुन्छ । एकदम ठिकसमयबारे केहि बिबाद होला तर येरुशलेमको पुनर्स्थापना र पुननिर्माणको आदेश ईसापुर्व पाँचौ वा छैठौंमा दिईएको थियो र येशू आउनुभएको र क्रुसमा टाँगिनु भएको प्रथम ईस्वी संवत हो ।
येरुशलेमको पुननिर्वाण येशू मशिह
पाँचौं वा छैठौं ईसापुर्ब शताव्दी प्रथम ईस्वि शताव्दी

६९ हप्ताहरु
भविष्यबाणीको अर्थ लगाउँदा एक दिन बराबर एक बर्ष हुन आउँछ।(गन्ती १४:३४, एजकियल ४:५,६ ) त्यसकारण ६९ हप्तालाई दिन होईन तर वर्षमा मानिन्छ ।

निर्णायक प्रश्‍नचाहीँ येरुशलेमको पुननिर्माण र पुनर्स्थापनाको आदेश कहिले हो त ? यदि ६९ हप्ताहरु येशूमा अन्त हुन्छ भने बिश्वास गरे त्यो आदेश ४५७ ईसा पुर्व सम्रात आर्तजेरक्सेसले आफ्नो सातौंकालको रजाँईमा गरेको पाउँदछौं ।यस बारे अघाडि हेर्नेछौं ।

निम्न पदहरुहेर्नुहोस र येशूको जिवनमा घटेका ऐतिहासिक घट्नाहरुको आधारमापाएका चरित्रहरुको बर्णनले येशूको जिवन र कालको बारेमा राम्रोसंग कसरी चित्रण गर्न सकिन्छ ।
मत्ती २:१, १९-२२, २७:१,२ लुका २:१-७, ३:१-३, २३:१-७

उपरोक्तकुरालाई ख्यालमा राखी दानियल ९:२५ मा उल्लेख गरियको लोकले मानेका समयमितिलाई हेरौं ।

यदि ५३८ ईसा पुर्वलाई मानेर ६९ हप्तालाई (४८३ बर्षहरु) मान्यौं भने येशूको बारेमा ५५ ईसापुर्व हुन्छ । यो असम्भव छ । यसरीनै ईसापुर्व ५२० लाई लियौं भने येशूको बारे ३७ ईसापुर्व हुन्छ, यो पनि होईन ।
अन्तमा अर्को मिती ४४४ ईसापुर्वलाई मान्यौं भने येशूको कार्यकाल ३९ वा ४० ईस्वी हुन आउन्छ । यो मिती अरुभन्दा नजिक भएपनि नयाँ नियमका बिद्वानहरुले यसलाई मान्दैन ।

४ "बिरोधी र खराव शहरको पुननिर्माण"

दानियल ९ अभिषिक्त राजकुमारको (येशू) बर्णन गरी येरुशलेमको पुनर्स्थपना र पुननिर्माणको आदेशको मिती उल्लेख गरिएको छ । यो आदेशको मिती बिनाअर्थमा हामीलाई छोडेको छैन ।

एज्रा ४:७-१६ पढ्नुस । यसमा यहुदीहरुको बेबिलोनमा भएको निर्वासनको अन्तको बारेमा उल्लेख गरिएको छ । यो पढेर आफैले तलका प्रश्‍नहरुका जवाफ दिनुहोस:
    क॰ यो पत्र कस्लाई सम्वोधन गरेर लेखेको थियो ?

    ख॰ यहुदीहरुको बिरोधमा के खास गुनासो थियो ?

    ग॰ यस पत्र अनुसार यहुदीहरु येरुशलेममा फर्कन र कुन कार्य सम्पन्न गर्न कसले आदेश दियो ?

के भयो हेर्नुहोस ! यहुदीहरु येरुशलेममा फर्केको केहि समयपछि केहि पर्सियन हाकिमहरुले सम्रात आर्टरेक्सरेजलाई यहुदीहरुले येरुशलेम पुननिर्माण सम्वन्धी गुनासो लेखे । उक्त पत्रमा दुई महत्वपुर्णकुराहरु उल्लेख गरिएको छ: १॰ शहरको पुननिर्माण भएको (एज्रा ४:१२) २॰ ति निर्माणगर्ने यहुदीहरु सम्रातको आदेशले आएका हुन् । "महाराजलाई यो जानकारी होस कि तपाँईले येरुशलेममा हामीमा पठाउनुभएको यहुदीहरुले बिरोधी र खराव शहरको पुनसंरचना गर्दैछन् र चारैतिर जग हालेर पर्खालहरु बनाउँदैछन्" (पद १२) । यसको अर्थ यो हो कि यहुदीहरु सम्रात आर्टरेक्ससको हुकुम अनुसार यरुशलेममा आएर शहरको पुननिर्माण गर्दैथिए । ति यहुदीहरुलाई बिना आदेश त त्यसै पठायन होला ? त त्यो आदेश के हो त ?

यहुदीहरु बागी भएर परमेश्वरबाट टाडा भएपनि उनिहरुलाई परमेश्वरले आफ्नो करुणा र अनुग्रह प्रदानगर्न त्याग्नु भएन । मानिसको दृष्टिकोणले सबै ब्यर्थ सम्झेपनि परमेश्वरले हामीलाई त्यसै छोड्न चाहनुहुन्न भन्न यथार्थता हामी यस घट्नाले बुझाउनु पर्दछ।

५ ४५७ ईसापुर्व

यो अर्थपुर्ण छ कि बाईबलमा आफ्नो सातौं वर्षको शासनकालमा राजा आर्टरेक्ससले एउटैमात्र आदेश दिएक्को उल्लेख गरिएको छ त्यो हो त्यो हो यहुदीहरु आफ्नो देशमा फर्किएर शहरको पुननिर्माण गर्न । यो मिती ठिक ४५७ ईसापुर्वमा पर्न आउँदछ ।

एज्रा ७:६,७,११-१७ पढ्नुहोस र राजा आर्टरेक्ससको आदेश अनुसार यहुदीहरुले येरुशलेममा के गरिरहेकाछन् ?




यो याद राख्‍नुहोस कि एज्राको पुस्तक चरणबद्धरुपमा लेखिएको छैन । यसमा एज्रा ७ पछि ४ आउँदछ । यसमा यहुदीहरुलाई शहरको पुननिर्माण गर्न आदेश दिएको नभने पनि अगाडीको तर्कानुपात उनिहरुले त्यहि कामगरिरहेको भन्ने पक्का छ । यहुदी र उनिहरुका शत्रुहरुले यहि बुझेकि राजाले शहरको पुननिर्माण गर्न यहुदीहरुलाई येरुशलेममा फिर्ता पठाईएको हो । जुन पत्र राजालाई लेखे त्यसपत्र मा राजाको आदेश बिपरित येरुशलेम शहरको पुनसंरचना भईरको भन्ने उल्लेख छैन ।

यसरी हामी एज्रा ४ र ७ लाई हेर्‍यौं भने सातौं वर्षको राज्यकालमा राजा आर्टरेक्ससले येरुशलेमलाई पुनर्स्थपना गर्न र पुननिर्माण गर्न आदेश दिएको निश्कर्षमा आईपुग्छौं । एज्रा ७:७,८ र दानियल ९:२५ ।
यो मिति ४५७ ईसापुर्व हो भनेर ईतिहासले ठोकुवा गरेको छ । कसैले ४५८ भन्दछ होला तर छ महिनाको मात्र फरक हुनआउँछ।

साथै येशूनै अभिषेक गरिएको राजकुमार भनेर हामी बिश्वास गर्छौ‍ भने यो मिती ठ्यक्क मिल्न आउँदछ । अर्थात येशू यस भविष्यवाणीमा हाम्रो जमानी वा निश्‍चितिता हुनुहुन्छ ।

हाम्रो आस्थाको जमानी येशूमानै निहित छ भनि हामीले स्विकारगर्नु अत्यावश्यक छ ।

अन्तमा:
बिश्व बिख्यात बैज्ञानिक आईजाक न्युटन जो बाईबलका बिद्यार्थीमात्र नभएर दानियल पुस्तकका धुरन्घर छात्र थिए, उसको जिवन कहानिमा यसो लेखिएको छ: " न्युटनले दाविगरेर बिश्वासगरे अनुसार दानियलको ७० हप्ताहरुको भविष्यबाणीलाई एज्राले ४९० ईसापुर्व को दशक मा यहुदिहरुलाई येरुशलेममा फर्कायरलगेको (४५७) देखी ३३/३४ ईसापुर्वमा येशू क्रुसमा टाँगिनुभएको बर्णनले अरुलाई के फरक पार्दछ र ?" ए॰ रुपर्ट, आईज्याक न्युटन: एडभेन्चर ईन थट (क्याम्ब्रिज युनिभर्सिटी प्रेस, १९९२) पृ॰ ३७२

"जुन आदेश राजाले यहुदीहरुलाई शहरको पुनसंरचनागर्न दिएको थियो यसले यो बताउँदछ कि यहुदीहरुले आफ्नो नागरिक अधिकार र न्यायिक अधिकार आफ्नै केन्द्रियस्तरबाट होस भन्ने ईरादा राजाले राखेको भनी देखाउँदछ । यस आदेश जुन ४५७ ईसापुर्वमा दिएको थियो यहिनै दानियलमा उल्लेखित ७० हप्ताहरुको भविष्यबाणीको सुरु थियो र यो २३०० दिनहरुको भविष्यवाणीको प्रथम भाग हो (दानियल ८-९)। द सेभेन्टी विकस्, लिभिटिकस, आन्ड द नाचेर अभ प्रोफेसी, फ्रान्क बि हलब्रुक, सम्पादक (वाशिड्गटन डि॰ सी॰ बिब्लिकल रिशर्च ईन्स्टिच्युट, १९८६ ) पृ॰ ७४