भविष्यवाणीमा एक दिन बराबर एक वर्ष नियम

मुल पद: "त्यो दिन पूरा भइसकेपछि फेरी दाहिने तिर कोल्टे पर् र यहुदाको घरानाको पाप भोग । यस पल्ट मैले चालिस दिन तेरो निम्ति तोकेको छु, प्रत्येक बर्षको लागि एक दिन" इजिकयल ४:६

हामीले दानियल २,७, र ८ लाई समानान्तररुपमा हेर्‍यौं र ७ ले न्याय निशाफको बारेमा बर्णन गरी येशूको दोश्रो आगमनतिर अग्रसर गराएको र दानियल ८:१४ ले स्वर्गको पवित्र स्थान शुद्ध गरिने छ भनी देखाएको पनि हेर्‍यौ ।र यो शुद्ध गरिने भन्ने समय १,२६० बर्ष को सतावत पश्‍चात (१८ रौं सताब्दि पछि वा १९ सौं सताव्दीको सुरुमा (हेर्नुहोस यसबारे २४
पृष्ठमा) अर्थात येशूको आगमन पुर्वसन्ध्यामा हुन्छ भनेर तोकिएको छ ।हामीले यो पनि हेर्‍यौ कि दानियलले ८ मा नबुझेको भविष्यबाणी ९ मा बुझाएर कसरी २३०० दिनको भविष्यबाणीलाई १८४४ मा पुर्‍याएर यस भविष्यबाणीको आधार येशू हुनुहुन्छ ।
पछिको भागहरुमा १८४४ ईस्वीसंवतको बारेमा बिस्तृत जानकारी हासिल गर्नेछौं किनकि यो शिक्षा एडभेन्टिष्टहरुको चिनारी हो ।

१॰ भविष्यबाणी मुलक समय

गएको केही हप्ताहरुमा हामी हेर्‍यौं कि भविष्यबाणीमा आधारित तिन तिथीहरु जस्तै "समय, समयहरु र समयको बिभाजन"(दानियल ७:२५), "२३०० दिनहरु" (दानियल ८:१४) र "७० हप्ताहरु" (दानियल ९:२४) । हामीले यो पनि जानकारी लियौं कि भविष्यबाणीमा तोकिएको दिनलाई बर्षमा गनिन्छ ।तर यसको लागि आधार हामीले खोज्नै पर्दछ ।
दानियल ८:१७,१९,२६ मा कुनै न कुनै तरिकाले भनिएको छ कि दानियलले देखेका भविष्यवाणीको दर्शन अन्तिम दिनको लागि हो । र निश्‍चितरुपमा देखाएको दर्शन बिहान र बेलुका अर्थात २३०० दिनहरु धेरै दिनहरुको लागि हुन्छ भनिएको छ (दानियल ८:२६) । यसले गर्दा यो प्रमाणित हुन्छ कि दिनलाई बर्षमा गनिन्छ अक्षरसमा होईन ।
दानियल ७:२४-२७ मा फेरी हेर्नुहोस । यसमा लेखीएको छ कि १५०० वर्ष अगाडी अन्त्य भएको गैरईस्वरवादी रोमराज्यबाट एउटा सिंगको प्रादुर्भाव भयो जस्को हालिमुहालि पृथ्विको अन्त्यसमय हुनेछ । यसले यो देखाउँछ कि भविष्यबाणीमा दैनिक तिथीलाई अक्षरस लिन सकिन्दैन ।
दानियल ७ र ८ मा संसारको हजारौं वर्षको ईतिहासलाई दृष्यावलोकन गरिएको छ ।यसले गर्दा दानियललाई देखाएको बिश्व ईतिहासका पानाहरु अक्षरस दिनमा सिमित हुन्छ भन्नु अज्ञानतालाई तेवा दिनु हो । जव हामी भविष्यकथनलाई एकदिनको बराबर एक वर्ष हुन्छ भनि स्विकार्‍यौं भने सबै भेदहरु अर्थपुर्ण हुन्छ ।

बिचार गर्नुहोस के हामी दानियलले देखैका अनुसार संसारको अन्तमा छौं, यदि छौं भनेर बिश्वास गर्‍यौं भने हामीले आफ्नो जिवनलाई कसरी संबे‌दनशिलरुपमा हिंडाउनु पर्दछ सो तर्फ ध्यान दिऔं ।

२॰ दानियल ९ र भविष्यबाणिमुलक समय


७० साताहरुको भविष्यवाणी जुन दानियल ९:२४-२७ मा लेखीएको छ त्यसलाई फेरी नियालेर हेर्नुहोस र यसको भित्री सन्देशले सातालाई अक्षरस अर्थ लगाउन किन सक्दैन सो बिचार गर्नुहोस ।
हामीले हेर्‍यौं कि येरुशलेमको पुनस्थापना र पुन निर्माणको कार्यको आदेश देखी येशूको सेवाकार्य सम्म ७० हप्ताभन्दा बेसीसमयलाई समेतेको छ ।अक्षरस लियो भने भविष्यवाणीको केहिपनि अर्थ लाग्दैन । तर घटलाग्दो कुरा त यो छ कि एकदिन बराबर एक बर्षको अर्थ लगायौं भने ति भविष्यबाणीलाई येशूको कार्यकाल सम्म पुर्‍याउँछ । यसरी येशूको कार्यकाल सम्म ठिकरुपमा भविष्यबाणी पुगेकोले एकदिनको बराबर एकबर्ष अर्थलाई मनासीब छ भनेर देखाउँछ ।
कसैले दानियलको हप्तालाई सात दिनको अर्थ बर्षको एक हप्ता भन्ने जनाउँछ । यो अर्थ लगायौ भने ४९० बर्ष भनेर अर्थ लगाईन्छ ।तर जुन शब्द प्रयोग गरिएको छ त्यसले बर्षको एक हप्ता भनेर गनिएको छैन । यसमा प्रयोग गरेको शब्द अन्त कहिँ पनि उल्लेखित छैन । प्रस्थान ३४:२२, लैब्यब्यबस्था १२:५, ब्यबस्था १६:१० र दानियल १०:२,३ मा हप्ता वा साताको प्रयोग बर्षहरुको साताहरु भन्ने कठनलाई मान्यता दिईदैन ।तै पनि मानिसले जुन अर्थ लगाए पनि एकदिनको बराबर एक बर्षनै हुन्छ भन्ने झन पुष्टी गर्दछ ।
४९० बर्ष, १२६० बर्ष, २३०० आदी मितीहरुले परमेश्वरले हामीलाई धिरज अपनाउनु पर्दछ भनेर देखाउन चाहनुहुन्छ

३॰ ७० हप्ताहरु र २,३०० दिनहरु

फेरिपनि यो जोड दिएर भन्न चाहन्छौं कि भविष्यबाणीको भेद खोल्न एक दिन बराबर एक बर्ष मानियन भने भविष्यबाणी अनर्थ हुनसक्दछ ।
दानियल ९:२४-२७ ले नै एक दिन बराबर एक बर्ष भन्ने अर्थको माग गर्दछ ।
७० साता भनेको ४९० बर्ष हो । तर २,३०० दिनलाई वर्ष भनेर स्विकार गरेनौं भने त्यो दिन केवल ६ बर्षमात्र हुन आउँछ । ६ बर्षबाट ४९० बर्ष कदापी घटाउन सकिन्दैन । एडभेनटिष्टले मात्र होईन बिख्यात यहुदी बिद्वान रशीले(१०४०-११०५ ईस्वी ) पनि दानियल ८:१४मा यस एक दिनको अर्थ एक वर्ष हो भनेर ठोकुवा गरेका छन् ।
यसलाई पुष्टिगर्न गन्ती १४:३४ र यजकियल ४:५,६ हेर्नुहोस ।
बिना भविष्यबाणीमा एक दिनको अर्थ एक दिनमात्त हुन आउँछ भनेर उत्पती ५:१४, ५:२३, ९:२९ ले प्रष्ट पार्दछ ।
जव हामी यि मिती तोकिएको भविष्यबाणीहरु पुरा भएको प्रमाण छ र अहिले भविष्यवाणीको कुन संघारमा छौं भन्ने ज्ञानले हामी कस्तो हुनुपर्दछ ?

४ अझ बढी प्रमाण

दानियल ८:१३ को प्रश्न फेरी पढ्नुस । त्यसमा "सम्वन्धी" भन्ने शब्द हिब्रु भाषामा हुन्दैन भनेर हिब्रु भाषाबिदहरुले भनेका छन् ।तसर्थ यस अध्यायको प्रश्नले सानो सिङ्गको मात्र होईन सम्पुर्ण अध्यायमा उल्लेखित राज्यशक्तिहरुको बारेमा लक्षित गरिएको देखाउँद्छ । यस प्रश्नलाई अक्षरसमा कोर्दा यसरी हुन्छ, "स्वप्नदर्शन, दैनिक सेवा, उजाड पार्ने पवित्र स्थानको बिद्रोह, परमेश्वरको गणलाई कुल्चिनेको आयु कहिलेसम्म छ ?" दर्शण (हेजोन) भन्नाले मिड पर्सिया, युनान र रोमसाम्राज्य समेत सबै पर्न आउँछ । दानियलको जिज्ञासालाई यसरी लिन सकिन्छ, "मिड पर्सियाको साम्राज्यदेखी प्रभु येशूको पवित्र स्थानमा सेवाकार्यलाई धावादिन कहिलेसम्म चल्दछ ।" २,३०० दिनहरु छोटो समय हो तर जुन घट्नाहरुको भविष्यबाणी गरिएको छ त्यो लामो दुरीको हो त्यसले गर्दा दिनलाई अक्षरस लिन सकिन्दैन ।एकदिनको अर्थ एकबर्षको बर्षानुपातमा लिइयो भने २३०० दिनको राजनैतिक र धार्मिक ईतिहासलाई अर्थपुर्णमा लिन सक्दछ ।

हामीलाई थाहा छ दानियल ८ ले लामो ईतिहासलाई समेतेको छ ।यसमा राजनैतिक साम्राज्यमात्र होईन धार्मिक क्षेत्रमा परमेश्वरका जनहरुलाई सास्ति पाएका, पिछा गरेका, येशूप्रतिको आस्था त्यागेका आदि जुन ईतिहासमा
धेरै समयभित्र घटियको घट्ना वा कुनै घटिरहने घट्ना हो । अन्तमा कसको बिजय हुन्छ त्यो पनि दर्शाएको छ यसले गर्दा हामीले जुनसुकै परिस्थितीको सामना गर्नुपरेपनि परमेश्वर प्रति निडर भएर ढृढ भएर हींड्नु पर्दछ ।

५॰ दिन-बर्षको मूलतत्व

हामीले दानियल ७ देखी हेर्‍यौं भने समयलाई प्रतिकको रुपमा लिनुपर्दछ भनी देखाउँदछ ।किनभने दानियल ७ मा देखिएका दर्शनका पात्रहरु प्रतिकको रुपमा हेरिन्छ, अक्षरस लियो भने केवल काल्पनिक कथा (फान्टेसी) मात्र हुनआउँछ ।
दानियल ८ मा उडिरहेको बाख्रा भनेको छ भने दानियल ७ मा फलामको दाँतभएको जनावर देखाएको छ । जसरी यि शक्तिको प्रतिक हो त्यसरीनै दिन समय बर्षको प्रतिक हो ।
हामीले तिन तिथीहरुको बारेमा हेरिरहेकोछौं ।"समय, समयहरु र समयको बिभाजन" (दानियल ७:२५), "दुई हजार तिनसय दिनहरु" (दानियल ८:१४), र "सत्तरी हप्ताहरु" (दानियल ९:२४), यि समय साधारण समय होईन । यदी हो भने गेब्रियलले किन "छ बर्ष, तिन महिना र २० दिन" भनेन ? दोश्रो सामुयल ५:५ मा भनिएको छ राजाले यहुदामा सात बर्ष ६ महिना राज्य गरे तर २,७०० दिनहरु भनेन । यसले यो बताउँदछ कि भविष्यवाणीमा दिन वा समयलाई प्रतिकको रुपमा लिनु पर्दछ ।
यसै सन्दर्भमा लुका ४:२५ र याकुव ५:१७ हेरेर दानियल ७:२५ अक्षरस समय र भविष्यबाणीको समयमा के अन्तर हुनसक्दछ सो बिचार गर्नुहोस ।
हामी एडभेन्तिष्टले भविष्यवाणीको समयलाई एक दिनको अर्थ एक बर्ष हो भनेर बिश्वास गरेनौं भने हाम्रो भविष्यवाणीको दिक्षा धरासयी हुनसक्दछ ।



अन्तमा:
हिब्रु भाषाका बिद्वानहरुले दिन र बर्षको सम्बन्ध हिब्रु कविताहरुमा उल्लेख गरिएको पाईएका छन् जसमा एक दिन बराबर एक बर्ष हुन सक्दछ भनेका छन्।
"के तपाँईका दिनहरु मानिसका दिन जसता छन् र ?
तपाँईका बर्षहरु मानिसका दिनहरु जस्ता हुन्दैनन् र ?
अयुब १०:५
"दिनहरुले बोल्नु पर्दछ, र बर्षका थुप्रोले बुद्धी सिकाउनु पर्दछ" (अंग्रेजी भाषा बाईबलबाट अनुबादित)
अयुब ३२:७
"बितेका पुराना दिनहरु, पौराणिक बर्षहरुको मैले सम्झना गरें"
भजन ७७:५
माथी उदृतगरेका शब्दहरुले दिन र बर्षहरुको अर्थ एउटै लगाएको पाउँछौं । हुनत यि समानान्तर दिन र बर्षले एक दिनको अर्थ एक बर्ष भनेर प्रमाणित गर्दैन, तर हिब्रु मानसिकतामा दिन र बर्षलाई एकैरुपमा लियको पाउँछौ ।

    १, याद गर्नुहोस भविष्यबाणीमा एक दिन बराबर एक बर्ष भन्ने तथ्य हाम्रो एडभेन्तिष्ट चर्चको महत्वपुर्ण शिक्षा मानिन्छ ।

    २॰ बाईबलले धेरै प्रतिकहरुद्वारा महत्वपुर्ण पाठहरु सिकाईन्छ, त्यसकारण कुनै पनि प्रतिक, चिन्ह, संकेत आदिलाई भेदपुर्ण दृष्टिकोणले हेर्नुपर्दछ ।

    ३॰ बाईबलमा एक दिनको अर्थ एक बर्ष भन्ने तथ्य अन्त पनि पाउन सक्दछ, खोज्नुहोस ।

    ४॰ येशू मानिसको रुपमा आउनभएको २००० बर्ष भयो र उहाँ फेरि आउँछु भन्नुभएको छ, के अर्को २००० बर्षसम्म कुर्नुपर्दछ र ? अर्थात भविष्यबाणीको कठनमा जुन एकदिन बराबर एक बर्षको संज्ञालाई मानेको कारण के हामी ईतिहासको अन्तमा छौं भनेर देखाउँदैन वा येशूको आगमनको पुर्व संध्यामा छैनौं र ?