रोम र सम्रात अन्टियोकस्

मुल पद: "सिजर अगस्टसले सारा संसारले कर तिर्नु पर्दछ भनेर उर्दी दिए" लुका २:१

"प्रभु येशू १८४४ मा आउनुहुन्छ भनेर लाखौं जन समुदायले बिश्वास गरेको थिए तर जव उहाँ आउनुभएन प्रायजसो धेरैको हृदयमा निराशाको बज्रपातको अनुभव गरे र धेरैले येशूप्रतिको आस्था बिलाएर गए । तर एक सानो झुन्दले आफ्नो आशा र आस्था तोडेन जसको फलस्वरुप एडभेन्टिष्ट चर्चको प्रादुरभाव भयो । प्रार्थना र गहिरो अध्ययनले यिनीहरुले यो पत्तालगाए की १८४४ को महान निराशालाई अन्त्य गर्ने साँचो पवित्र मन्दिरको गहिरो ज्ञानमा रहेछ । यस तथ्यले सत्यको ज्ञानमा नयाँ आवरण भयो र एडभेन्तिष्टहरु सबै मिलेर परमेश्वरको हात तिनीहरुमाथी कसरी छ र उहाँले यि समुहलाई संसारकोलागि बिषेश सन्देश बोकाई दिनुभयो ।येशूको मृत्युपछि चेलाहरु किंकर्तब्यमुड भएर बसेका थिए तर जव येशूलाई देखे तिनीहरु अती खुशी भए । यसरीनै अहिले येशूको आगमणलाई पर्खिनेहरु उहाँलाई देखे पछि हर्षित हुनेछन् ।" एलेन जि ह्वाईट, द ग्रेट कन्ट्रोभर्षी, पॄ॰ ४२३
यो पक्का हो कि १८४४ मा देखाएको येशूको पुर्व-आगमनमा हुने न्याय ईन्साफ एडभेन्तिष्ट चर्चको निर्णायक सिद्धान्त हो, यसले १८४४ मा घटेको निराशाको अर्थमात्र खोल्दैन यसले हामी को हौं र हामी यहाँ आन्दोलनत समुहको रुपमा किन छौं भनेर बाख्या गरिन्छ ।हाम्रा परम बिराधी शैतानले हरतरहबाट १८४४ को घट्नालाई बेवास्ता गर्न लगाएर उ जित्‍न खोज्दछ र केहि हडसम्म सफलतापनि पाएको हुन्छ । त्यसैकारण हामी एडभेन्तिष्ट भएको नाताले यस बिषयमा गहिरो ज्ञान हुन अति जरुरी छ । यो हाम्रो बिश्वासमामात्र सुदृढ गराउन होईन यस बिषयमा जवाफदेही हुनपनि महत्वपुर्ण छ ।

यो भागमा हामी बाईबलका पदहरुलाई हेर्दै जानेछौं ताकि सत्यको साँचो जानेर हाम्रो समझ मजबुट होओस । येशूको उद्धारकार्य र उहाँले हाम्रोलागि स्वर्गमा के गरिरहनुभएको छ सो राम्ररी बुझे उहाँलाई बढी सर्‍हाहना गर्न सक्दछौं ।

१॰ नयाँ नियमको ईतिहासमा रोम साम्राज्यको प

अहिले सम्म हामीले बेबिलोन देखी येशूको आगमनसम्मको बिश्व ईतिहास सिहाँबलोकन गरेका थियौ ।हामीले यो पनि हेर्‍यौं कि पाँचमा चार साम्राज्यहरुलाई नाम तोकेर बर्णन गरिएको थियो भने गैर ईश्वरबादी राजनैतिक रोम र पोपिय रोमलाई नामद्वारा ‌औंल्याएको थिएन । तैपनि प्रायजसो भविष्यवाणीहरुमा रोमको जगजगी अरु साम्राज्यहरुभन्दा बढी वर्णन गरिएको पाउँदछौं ।पुरानो नियममा रोमी साम्राज्यको नाउँ नटोकेपनि नयाँ नियममा यस्को अस्तित्व र शक्ति ओगेटेको पाउँदछौं ।सुशमाचारका पु्स्तकहरु, प्रेरितका पुस्तक र पावल तथा अरु चेलाहरुले लेखेको पत्रहरु रोमी साम्राज्यको बातावरणमा लेखीएको भन्ने प्रशस्त प्रमाण पाउँदछौं ।दानियलले बेबिलोन, मिड पर्शिया, युनान (ग्रिस) र परमेश्वरको राज्यभनेर तोकेको छ भने नयाँ नियममा रोमलाई नामै दिएर उल्लेख गरिएको पाउँछौं जुन युनान पछिको साम्राज्य थियो ।यसले येशूको कालमा र पछिसम्म स‍सारमाथी आफ्नो अधिपत्य जमाएका थिए ।
निम्म केहि पदहरुले संसारलाई आफ्नो प्रभुत्वमा राख्‍ने रोम साम्राज्य हो भनेर देखाएको पाउँदछौं:-
मत्ती २२:१७, लुका २:१, युहन्ना ११:४८, प्रेरित २५:२१ ।
लुका २:१ मा सारा संसारलाई कर लगाउने भनेर उल्लेख गरिएको छ ।बिश्व शक्तिले मात्र यसरी सबैलाई कर लगाउन सकिन्छ । यो रोचक बिषय हो कि दानियल ७:२३ मा चौथो जनावरले संसारलाई निल्ने छ भनेर उल्लेख गरिएको छ । यो रोम बाहेक अरु हुन सक्दैन ।
येशूले भविष्यवाणी गर्नु भएको थियो, "तर जव यरुशलेमलाई सेनाहरुले घेरेका देख्‍छौ, तव त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान । तव यहुदियामा हुनेहरु बाहिर पहाडहरुतिर भागून । शहरभित्र हुनेहरु बाहिर भागिजाउन् ।" लुका २१:२१,२२,
"यसकारण जव तिमीहरुले दानियल अगमवक्तावाट बोलीएको बिनाशकारी घृणित थोक पवित्रस्थानमा खडा भएको देखौला (पाठकले बुझौस्) ।"
मत्ती २४:१५ ।

रोमी राज्यले येरुशलेमको बिनाशको बारेमा बोल्नुहुन्दा दानियललाई उदृढगर्नु भएको हामी पाउँदछौं ।यसरी येशूले रोमलाई ‌औंल्याउनुमात्र भएन दानियल भविष्यवाणीको परिधीभित्र पार्नु भएको देख्दछौं । दानियलले बिनाशकारी घृणित तिनपटक भनेका थिए । (दानियल ९:२७, ११:३१, १२:११) । येशूले रोम दानियलको भविष्यबाणीसंग गाँस्नुहुन्दा उहाँले त्यस शक्तिको अस्तित्व दानियल २,७,८ अनुसार दर्शाएको र त्यो अन्तसम्म कुनैनकुनेरुपमा शक्तिस्वरुपमा अन्तसम्म रहन्छ भनेर स्विकारोक्ती गर्नुभएको पाउँछौं ।
दानियलले रोम भनेर नाउँ कितान नगरेपनि नयाँ नियमले गर्दछ । यसरी प्रोटेस्टेन्टहरुको सूत्र अनुसार जसले भन्दछ कि बाईबलको अर्थ बाईबललेनै गर्दछ, हामी यो पाउँदछौं कि दानियलले उल्लेख गरिएका सबै साम्राज्य बाईबलमै पाउँदछौं ।
येशू भविष्यबाणीमा अन्यौलता हुनुभएन न त हामी हुनुपर्दछ ।दैनिक जिवनको बिश्वासीय संघर्षमा प्रभुको बचन कसरी पुरा हुन आयो र हामीमा पनि पुरा हुन आउँछ भनी बिश्वास राखी आस्थामा भरमराउनु हुन्न ।

२॰ दुई सानो सिङ्गहरु

दानियल ७ र ८ मा सानो सिङ्गको बारेमा बर्णन गरिएको छ । दुबैमा उल्लेखित सिङ्गको शक्ति एउटै हो तर दुई किसीले बर्णन गरेको बुझ्नसके हाम्रो बिश्वासलाई मजबुत बनाउन्दछ ।दुई अध्यायमा उल्लेखित सिङ्गको बारेमा अरुकुनै साम्राज्यभन्दा बेसी स्थान दिएर वर्णनगरेको पाउँदछौं ।यसले यो देखाउँदछ कि त्यस सिङ्गले (क) भविष्यवाणीमा महत्वपुर्ण स्थान ओगेटेको छ (ख) परमेश्वरले यो कुन शक्ति हो र हामीले किन जान्नु पर्दछ भनेर देखाउन खोज्नु भएको छ ।

निम्न बुंदाहरुमा दुई सानो सिङ्गहरुलाई तुलना गरिएको छ र ति दुबैको शक्तिबिषेश एउटै हो भनेर जानेर हाम्रो बिश्वास अटल हुनुपर्दछ ।
    अ॰ दुबै अध्यायहरुमा एउटै प्रतिकले चित्रण गरिएको छ । दानियल ७:८, २०, ८:९
    आ॰ दुबै शक्तिहरु सतावत दिने भनेका छन् ।दानियल ७:२१, २५, ८:१०,२४ ।
    इ॰ दुवै अहंले जाकिएका र ईस्वरनिन्दाले अभिप्रेरित हुन् । दानियल ७:८, २०,२५, ८:१०,११,२५ ।
    ई॰ दुवैले परमेश्वरका जनहरुलाई लक्षित गरी तान्डव शक्ति प्रदर्शन गर्दछ ।दानियल ७:२५, ८:२४ ।
    उ॰ दुबैको सक्रियताको चित्रण भविष्यवाणीको समयअनुसार गरिएको छ ।दानियल ७:२५, ८:१३,१४ ।
    ऊ॰ दुवैले आफ्नो शक्ति प्रवर्धन संसारको अन्तसम्म रहन्छ भनेर देखाएको पाउँछौ । दानियल ७:२५, २६, ८:१७,१९ ।
    ए॰ दुवै अलौकिक ढंगले नाश गरिनेछ । दानियल ७:११,२६, ८:२५

जव दुई शक्तिलाई एउटै प्रतिकले बर्णन गर्दछ र सप्नदर्शन अनुसार एउटै काम एउटै समयको परिधीभित्र गरिन्छ भने दुबै एउटै हो भन्नुमा मतभेद हुनु जरुरी छैन । साथै यस शक्तिको क्रियाकलापले रोमनै हो भन्नुमा बिकल्प देखिन्दैन ।
बाईबलमा धेरै यस्ता भविष्यबाणीहरु छन् जसले हाम्रो बिश्वासमा तेवा दिन्दछ ।यस्ता भविष्यबाणीहरु हेर्नुहोस र अरुलाई पनि बाँढेर परमेश्वरप्रति हौशला बढाउनुहोस् ।

३॰ रोमको संलग्नता

यो कौतुहलको बिषय हो कि रोमको धेरै संलग्नता बावजुद रोम भनेर दानियलले किन कितान गरेन ? अरु राज्यहरु जस्तै बेबिलोन, मिडपर्शिया, ग्रिस र परमेश्वरको राज्य भने जस्तै रोम भनेर कितान गरेको भए कति अन्यौलता हटिने थियो होला । कति मानिसहरुले दानियलको जिवनमा घटेका घट्नाहरु र उसले गरेका बर्णनहरु र दानियल आफैपनि सबै काल्पनिक हुन् ।हामीले हेर्‍यौं कि यस्ता तर्क आधारहिन छ र यसमा सत्यता छैन ।

परमेश्वरले आफ्ना जनहरुलाई समयलाई ‌औंल्याएर केहि सत्यहरु देखाउनु भएको तलका पदहरुले देखाउँदछ:-
दानियल १२:४,९, मत्ती १३:१०-१३, लुका १०:२४, युहन्ना १६:१२, २ पत्रुस १:१९

उपरोक्त पदहरुले यो बताउँदछ कि परमेश्वरले सबै सत्यकुराहरु एकैचोटी देखाउनु हुन्न ।मानिसलाई परमेश्वरले ज्ञानको ज्योती आफ्नो समयमा क्रमबद्धरुपमा दिनुहुन्छ ।

हुन सक्छ परमेश्वरले दानियललाई रोमको ईतिहासलाई नतोकेको कारण उसको अनभिज्ञतालाई सघाउन होईन बर परमेश्वरलाई थाहा थियो कि रोमले बिश्व ईतिहासमा परमेश्वरको बचनलाई सताब्दीयौं सम्म आफ्नो आधिपत्य जमाउने छ र रोममा यस्ता शासकहरुको उत्थान हुनेछ जसको भणडाफोर दानियलले गरेको कारण ति पुस्तक र बाईबललाई ईतिहासको पानाबाट हटाउन भरमग्दुर प्रयास गरिनेछ सो नहोस भनेर जानिजानी रोमको नाउँ उल्लेख नगरिएको हुनसक्दछ ।बाईबलमा ति शासकहरुको बारेमा वर्णन गरेपनि तिनीहरुको नाम कितान नगरिएको कारण तिनीहरुलाई अनभिज्ञमा पारिरहेका हुन्छन् ।त्यसै बिचमा परमेश्वरले भविष्यवाणीलाई ठिक समयमा प्रोटेस्टेन्टको उदय नहुन्जेल रहस्यमय राख्‍नुभयो जव सानो सिङ्गको जगजगीको पर्दाफास गरिने छ । दानियलले भनेको थिए उसको बचनलाई लाहाछाप मारेर अन्तको दिननहुन्जेल बन्द गरी राखिने छ (दानियल १२:९) । धेरै प्रोटेस्टेन्ट धार्मिक सुधारका अग्रजहरुले धार्मिक ईतिहासले रोमले कुन भुमिका निभाइरहेको छन् भन्ने स्विकारेका पाउँदछौं ।यहुदीहरुलाई रोमको बारेमा पु्र्ण ज्ञानभएपनि त्यस साम्राज्यको आधिपत्यमा रहेको कारण डरले दानियलको साम्राज्यसम्वन्धी भविष्यबाणीलाई बेबिलोन, मिड पर्शिया, युनान, अनि रोम नभनीकन ईडोम भनेर यहुदी धर्मपण्डितहरुले नाम दिएका थिए ।परमेश्वरकै निगरानीमा दानियललाई थाहाभएपनि यहुदीहरुले रोमको नाउँ रहस्यमय राखिएको थियो ।

मानिससंग कसरी संबेदनशिल भएर ब्यबहार गर्नु पर्दछ यस प्रसङ्गले देखाउँदछ ।यदि कोही सत्यको लागि तयार छैन भने उसमाथी सत्य जवरजस्त लादिनु हुन्दैन ।

४॰ दानियलमा उल्लेखित तिथीहरु

"बेल्शेजार राजाको तेश्रो बर्षमा म दानियललाई पहिलाको जस्तै स्वप्न दर्शन भयो" दानियल ८:१
उक्त कथनले ईतिहासको कुन समयमा भविष्यबक्ता दानियल थियो भन्ने बताउँदछ ।दानियलले परमेश्वरको अस्तित्वमात्र होईन परमेश्वरको बचनको अस्तित्वको पनि पुष्टि गर्दछ ।ईसाई ईतिहासको प्रादुर्भाव भएदेखी बाईबल प्रतिको आस्था बिषेश गरी भविष्यवाणीसम्बन्धी प्रमाणलाई नष्टगर्न बिरोधीहरुले भरमग्दुर प्रयास गरिरहेको पाउँदछौं । एउटा तर्क हामी हेर्‍यौं कि दानियलको पुस्तक घट्ना घटिसकेपछी लेखेको भनी फैलाएका थिए जुन हामी एडभेन्टिष्टहरुले सरासर ईन्कार गर्दछ ।दुरभाग्यबस यस सत्यतालाई अंगालिने हामी जस्ता थोरै समुहमात्र छन् ।
हेर्नुहोस तलका पदहरु जसले दानियल ईतिहासको कुन समयमा थियो र उसको लेख ईतिहास घटे पछि लेखेको होईन भनेर कसरी पुष्टी गर्दछ:-
दानियल १:१-------------
दानियल २:१--------------------
दानियल ७:१---------------------
दानियल ८:१-------------------
दानियल ९:१--------------------
यशैयाह ५५:११--------------
मर्कुस १५:२८-----------------
युहन्ना १७:१७------------------
प्रेरित १:१६----------------------

यदि दानियलको पुस्तक ईतिहासमा घटेपछि घट्ना लेखेको हो भने दानियल ८ को सानो सिङ्ग युनानका सम्रात अन्टियोक एफिफनिस भनेर ‌‌औंल्याउन खोजेको हुन्छ । अहिले पनि धेरै बाईबलका मिमांसाहरुले यस अर्थलाई स्विकारेका पाउँछौ ।तर हामि हेर्ने छौं यो सत्य होईन । दानियलको पुस्तक दानियल आफुले भनेको समयमा लेखेको होईन भन्ने दावि गर्नेहरु त्यस पुस्तकका यथार्थता र दानियलको अस्तित्वलाई अस्विकार गर्नु हो ।

हाम्रो बिश्वास र आस्थालाई धमिल्याउन धेरैले बाईबलका बाणी र भविष्यबाणीहरुलाई गलत अर्थ लगाएर हाम्रो मन जित्न खोज्दछ त्यस देखी हामी अत्यन्त सतर्क हुनुपर्दछ ।

५ सम्रात एन्टियोकस

दानियल ८:५-८ र दानियल ८:२१,२२ मा दानियलले सप्नदर्शनमा बोका देखे र त्यसको अर्थ गेब्रियलले लगाएको के हो सो उल्लेख गरिएको छ साथै भविष्यवाणीमा त्यस बोकारुपी शक्तिको अन्त्य कसरी भएको छ सो खोलासा गरिएको छ।
"जसै मैले यसबारे बिचार गर्दै थिएँ, अचानक आँखाहरुका बीचमा एउटा बिशेष सीङ भएको एउटा बोको जमिनलाई नछोइकन पूरा पृथ्वीलाई पार गर्दै पश्‍चिमबाट आयो । मैले देखेका नहरको छेउमा खडा भएको दुइ सीङे भेंडातिर त्यो आयो र ठुलो झोँकले त्यसलाई हान्यो । रीसले चूर भइ त्यसले भेंडालाई आक्रमण गरी हानेर त्यसका दुइओटै सीङ भाँचिदिएको मैले देखें । त्यसको बिरुद्ध खडा हुन त्यो भेंडा शक्तिहीन थियो । त्यस बोकाले त्यसलाई जमिनमा पछारिदियो र त्यसमाथी टेक्यो, र त्यसको शक्तिबाट भेडालाई छुटाउन कसैले सकेन । त्यो बोका अति ठूलो भयो, तर त्यसका शक्तिको चरम सीमामा त्यसको बिशाल सीङ भाँचियो र त्यसको सट्टामा आकाशका चारैतर्फ विशेष सीङहरु उम्रे ।" दानियल ८:५-८

"तिनले (गेब्रिएल) भने, —क्रोधको समयमा पछि के हुनेछ, म तिमीलाई बताउन लागिरहेछु, किनभने दर्शनले तोकिएको अन्तको समयलाई बताउँदछ ।तिमीले देखेको त्यस दुइ सीङ भेंडाले मादी र फारसका (मिड पर्शिया) राजाहरुलाई जनाउँछ । त्यो रौंले ढाकेको बोकाचाहिँ ग्रिसको राजा हो, र त्यसका आँखाका बीचमा भएको सीङ त्यसको प्रथम राजा हो । त्यस भाँचिएको सीङको सट्टामा उम्रेका चार सीङहरुचाहिँ त्यसैबाट निस्केका चार राजाहरु हुन्, तर पहिलो राज्यजस्तो ती बलिया हुनेछैनन्‘।" दानियल ८:१९-२२

ईतिहासले उक्त भविष्यबाणीलाई अभूतपुर्वक पारभएको देखाएको छ ।बोका पौराणिक ग्रिस थिए, बिश्व बिजयी महान सम्रात अलेकजान्दरको मृत्यु भए पछि केहि समयको लागि दानियलले देखेको अनुसार ग्रिस साम्राज्य चार राज्यहरुमा चार सेनापतीहरुको मातहतमा बिभाजित भयो । त्यस मध्ये एउटा राज्य सेलुसिड थियो जसको राज ई॰पु॰ ३०१ देखी ई॰पु॰ १४६ सम्म रह्यो । यि राजाहरुमा एउटाको नाम अन्टिओक एफिफेनी थिए । उ सेलुसिड राज्यमा ८ थौं राजा थिए (ई॰पु॰ १७५-१६४), र त्यसपछि २० अर्को राजाहरु भए । पहिलाका राजाहरुको प्रतापले केहि समय यहुदालाई (ईस्रायल) कब्जा गरे र तिन बर्षसम्म येरुशलेमका मन्दिरलाई बितुलो बनाए र यहुदीहरुलाई सताए । ई॰पु॰ १६४ मा उसलाई येरुशलेममा फेरी हमला गर्न खोज्दा त्यहाँबाट भगाए र त्यसपछि उस्को मृत्यु प्राक्रितिककारणबाट भयो । प्राय जसो सबैले सानो सिङ उहिनै हो भनेर अर्थ लगाउँदछ ।

क॰ मिड पर्शिया भेंडा महान बने (दानियल ८:४), ग्रिसको बोका धेरै महान बने (दानियल ८:८), सानो सीङ अति महान बने (शक्तिशाली) बने । यसले अन्तिओक राजा शक्तिशाली सानो सीङ भन्ने अर्थलाई निराकरण गर्दछ किनभने उ शक्तिशाली राजा थिएन ।

ख॰ दानियल ८:१७,१९,२६ का भविष्यबाणी अन्तको समयको बारेमा उल्लेख गरीएको छ र सानो सीङ अन्तिम शक्तिशाली राजाको रुपमा प्रस्तुत गरिएको छ ।अन्टिओक ई॰पु॰ १६४ मा मृत्यु भएकोले उ सानो सीङ होइन भन्ने कसरी पुष्टि गर्दछ सो सोच्नुस।

ग॰ दानियल ८:२५ अनुसार सानो सीङ नाश हुन्त तर मानव शक्तिले नाश होईन भनेको छ ।यस पदलाई दानियल २:३४, ४५ संग दाँजेर हेर्नुभयो भने अन्तिम शक्ति कुनै अलौकिक ढंगले सर्वनाश हुनेछ भनिएको छ ।जुन रुपमा अन्टिओकको मृत्युभयो त्यसको त्यो अलौकिक ढंगबाट भयो भन्न मिल्दैन ।

याद गर्नुहोस यो भविष्यबाणीको अर्थलगाउनुमा बिश्व ईसाई जगतमा एडभेन्तिष्ट एक्लिएको छ ।बहुमतको आधारमा होईन सत्यको आधारमा हामी उभिनुपर्दछ ।

अन्तमा:
अर्को बिबादस्पद कुरा के छ भने जुनरुपमा सानो सीङको प्रादुर्भाव भयो अन्टिओकसंग मेल खान्दैन ।सीङको उत्पती आकाशका चार बतासहरुबाट भएको भनिएको छ ।राजाहरुबाट होईन तर आकाशबाट भनिएको छ ।अलेक्जानदरको मृत्युपछि अन्टिओक जुन ग्रिसबाट उदय भयो त्यसलाई सानो सीङ भनेर मानिसले बिश्वास गर्दछन् तर बाईबलमा रोमी राज्यहरुबाट सानो सिङको उदय भयो भन्दछ जसले गर्दा अन्टिओक ग्रिसबाट भएकोले त्यस भविष्यबाणीसंग मेल खान्दैन ।अर्को दानियलले भनिएको छ आकाशबाट सीङ आयो भनेकव छ पृथ्विका राजाहरुबाट होईन ।
हिब्रु ब्याकरण अनुसार आकाशका चार बतासहरुबाट भन्ने मिल्दछ तर बोकाको सिङ मध्ये बाट होईन । भनिएको छ, "॰॰॰॰त्यो बोका अति ठूलो भयो, तर त्यसका शक्तिको चरम सीमामा त्यसको विशाल सीङ भाँचियो र त्यसको सट्टामा आकाशका चारैतर्फ विशेष सिङहरु उम्रे र तिनीहरुमध्ये (आकाशबाट उम्रेका) अर्को सीङ आयो॰॰॰॰) दानियल ८:८,९

यो मात्र होईन अरु आधारमा पनि अन्टिओक राजा शक्तिशाली सीङ हनसक्दैन भन्ने प्रशस्त आधार छन् ।


सोच्नुहोस:
यि बिषय किन महत्वपुर्ण छ ? हाम्रो बिश्वासमा यसले के फरक पार्दछ र ? यदि अन्टिओक शक्तिशालि राजा थियो भने दानियल ८ का भविष्यवाणी येशू आउनु १५० बर्ष अघि पुराभईसकेको हुनुपर्दथ्यो । बहुमत ईसाईहरुले अन्टिओकलाईनै सानो शक्तिशाली सीङ हो भनेर बिश्वास गर्दछन् भने हामी एढभेन्तिष्टहरुको शिक्षामा कसरी असर पर्दछ ?
के हामी बहुमतको आधारमा बिश्वास गर्दछौं कि अल्पमत भए पनि सत्य सत्यनै हो भनेर सत्यलाई आस्था राखेर बिश्वासमा अघि बढौं ?