पवित्रस्थान र सानो सीङ
मुल पद: "अव हामीले भन्न चाहेको कुराचाहिँ यही हो हाम्रा यस्ता प्रधान पूजाहारी हुनुहुन्छ, जो स्वर्गमा महान् परमेश्वरका सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ ।मानिसले होइन, तर परमप्रभुले खडा गर्नुभएको पवित्रस्थान साँचो पवित्रवासस्थानमा उहाँ सेवक हुनुहुन्छ ।" हिब्रु ८:१,२केहि हप्ताभरी हामीले दानियल ८ का सानो सिङको बारेमा अध्ययन गरिरहेकाछौं ।यसको बारेमा जानकारीहुनु अत्यत्त जरुरी छ किनभने दानियलले यसको जगजगीलाई अग्रस्थान दिएको छ र यसको भेदलाई पनि अध्यायको अन्तमा खुलाईदिएको कारणले पनि हो । यस भागमा त्यस सानो सिङलाई नजिकै नियालेर हेर्नेछौं बिषेश गरि त्यसले परमेश्वरका जनहरुलाई दवाउन र उनिहरुप्रति आक्रामक हुन कुन भुमिका निर्वाह गरे र साथै दैनिक नियमीत बिधी र उहाँको पवित्रस्थानको कार्यबिधीमा उसको प्रभावले कस्तो असर भए ।
यसमा हामी यो पनि हेर्नेछौं कि स्वर्गमा परमेश्वरको पवित्र मन्दिर वा पवित्रस्थानको अस्तित्व कसरी हाम्रो दिक्षाको केन्द्रबिन्दु हुनसक्छ र त्यसैलाई आधार मानेर सानो सिङले परमेश्वरको जनहरु सित किन आक्रामक हुन गए ।
यस भागको अध्ययनले पवित्रस्थानलाई गहिराई रुपमा हेर्नेछौं र त्यसलाई शुद्धिकरण गर्नु भनेको के हो र परमेश्वरले गर्नुभएको मुक्तिको योजनामा यसको के महत्वपुर्ण स्थान हुन्छ र अन्तमा यसले सारा ईसाहरुको युगको आशा येशूको आगमनतिर कसरी दोर्याउँदछ ।
१॰ "स्वर्गका सेनाहरुका राजकुमारलाई पनि"
"तिनीहरुमध्येबाट अर्को एउटा सानो सिङ आयो जो सानोबाट शुरु भयो तर दक्षिणतिर र पुर्व तिर र सुन्दर भूमितिर शक्तिशाली हुँदै बढ्दैगयो । स्वर्गका जनहरुसम्म नपुगुन्जेल त्यो बढ्दै गयो, र त्यसले केही ताराका दललाई तल पृथ्वीमा खसाल्यो र तिमाथी खुट्टाले कुल्च्यो ।त्यसले आफैलाई राजकुमार जत्तिकै तुल्यायो ।त्यसले उहाँबाट दैनिक बलिदान खोस्यो, र उहाँको पवित्रस्थान तल झारियो ।विद्रोहको कारणले पवित्र जन र दैनिक बलिदान त्यसलाई सुम्पियो । त्यसले गरेका सबै काममा त्यो सफल भयो र सत्यलाई भूइँमा फ्याँकियो ।" दानियल ८:९-१२ ।(याद गर्नुहोस नेपाली बाईबलअनुवादमा सानो सीङ हुनुपर्नेमा सीङमात्र र अरुभाषामा सानो सीङ कायम छ )उपरोक्त पदहरुमा सानो सिङले शक्तिपाएर के गरे भनेर उल्लेख गरिएको छ ।बिगतको भागमा (भाग ५) मा हेर्यौंकि प्रथमत सानो सिङको जगजगी पृथ्विको समतलमा थियो जुन सैनिक र राजनैतिक शक्तिफैलाउने रुपमा देखापरे, त्यसबाट उ माथितीर अर्थात धार्मिक बिस्तारमा अग्रसर भए । यसको अर्थ हामीले रोमको द्वैध चरित्रको रुपमा लियौं प्रथम गैरपरमेश्वरबादि राजनैतिक रोम र त्यसपछि पोपिय शासनपद्धती ।
गौणगरेर दानियलका उदृध पदहरु हेर्नुहोस । सानो सिङलाई अक्षरस हेर्नेहोईन तर प्रतिकको रुपमा लिइनुपर्दछ ।त्यस सिङले कहाँकहाँ आक्रमण गरे सो उल्लेख गरिएको छ ।
अ॰ पवित्रजन (नेहमिया ९:६, लुका २:१३)
आ॰ स्वर्ग (मत्ती ६:१, हिब्रु ९:२४
इ॰ राजकुमार (यशैया ९:६, दानियल १२:१,
प्रेरित ३:१५,५:३१)
ई॰ दैनिक बलिदान ( गन्ति ४:१६, २८:२४,
२९:६)
उ॰ पवित्रस्थान (प्रस्थान २५:८, हिब्रु ८:१,२)
ऊ॰ सत्य (अयुब ९:२, युहन्ना १४:६, १ तिमोथी २:४, याकुव ५:१९)
उपरोक्त शब्दहरु जसमा धार्मिक र आत्मिक अर्थहरुले भरिपुर छन्, ति सानो सिङले तिनीहरुप्रति आक्रामक भए भनेको छ । यस दर्शनमा दानियलले सानो सिङले आत्मिक संरचानामाथि गरिएको क्रियाकलापलाई प्रमुख बनाइएको छ ।परमेश्वर चाहनुहुन्छ कि त्यस सिङको धार्मिक पक्षलाई सतर्कतासाथ राम्ररी अध्ययन गरुन् । दानियल ८:२३-२५ मा यस सानो सिङले परमेश्वरका पवित्र जनहरुलाई सतावत दिनेछन् र राजकुमारको खिलाफमा उठ्नेछन् भनिएको छ ।
तपाँईको अनुभवमा बिश्वास र आस्थामाथी कसरी हमला गरिएको छ र त्यसलाई कसरी सामना गर्नसक्नुभयो सो बिचार गर्नुहोस ।सबभन्दा ठुलो चुनौतीलाई कुन माध्यमले हराउनुभयो मनन् गर्नुहोस ।
२॰ पवित्रस्थान
दानियल ७ र ८ को सप्नदर्शनमा जुन पशुहरु देखाइयो, तिनिहरु लैब्यब्यबस्थामा बलिकोलागि उपयोग गरिएका थिए ।(लैब्यब्यबस्था १६) यसले गर्दापनि दानियलले ईंगितगरेको पवित्रस्थान लैब्यब्यबस्थासंग जोड्न सकिन्छ किनकी बाईबलमा लैब्यब्यबस्थामा जति पवित्रस्थानको सेवाकार्यको बारेमा जति बयान गरेको छ अरुमा पाउँदैनौं ।फेरि दानियल ८:१०-१४ हेर्नुहोस, सानो सिङको आक्रमणको केन्द्रबिन्दु के थियो ?
यो स्पष्ट छ कि पवित्रस्थान आक्रमणको केन्द्रबिन्दु थियो ।
प्रथमत: सानो सिङले दैनिक बिधीलाई फ्याकिन्छ ।हिब्रु भाषामा दैनिक चलन भन्दाले पवित्रस्थानमा देनिक नियमितरुपमा पुजाहारीले पवित्रस्थानको प्रथम कक्षमा चलाउने बिधि हुन्छ ।जव सानो सिङले आक्रमण गर्छ भन्छ भने पवित्रस्थानमा मात्र होइन तर त्यहाँ हुने देनिक सेवाकार्यप्रति आक्रमक भएको देखाउँदछ । (प्रस्थान २७:२०, २९:४२, गन्ती ४:७, २८:६)
दानियल ८:११ मा उहाँको पवित्रस्थानको जग फ्याँकिए भनिएको छ । स्थान भन्नाले परमेश्वरको आसनस्थान जनाउँछ जुनकी येरुशलेममा भएको पवित्रमन्दिरको पवित्रभाग जहाँ परमेश्वरको उपस्थितीहुन्छ भनि मान्दछ ।(प्रस्थान १५:१७, १ राजा ८:१३, २ ईतिहास ६:२, येशैयाह १८:४)
सानो सिङले जुन आक्रामक निती पवित्रस्थानप्रति लियो त्यो स्वर्गको मात्र नभएर स्वर्गका नमूनाअनुसार मानिसको उद्धारको योजना दर्शाइन तयार पारिएको पृथ्विको पवित्रस्थानप्रति पनि गरेको हो ।
सानो सिङले माथितिर लक्षित गरेर पवित्रस्थानलाई हमला गर्यो भन्दा प्रथक्षरुपमा उसलाई स्वर्गमा गएर हमलागर्नु उसको अधिकार र बल भन्दा बाहिरको कुरा हो तर त्यस पवित्रस्थानमा मानिसको उद्धारको निम्ति जुनजुन प्रतिककोरुपमा सेवाकार्यबिधी दर्शाउँछ त्यसलाई नाश गर्न आक्रमण गर्दछ । यसरी हामी यो निष्कर्षमा आउन सक्दछौं कि सानो सिङले परमेश्वरको जनलाई मात्र होइन, उहाँको मुक्तिको योजनालाई खलल तुल्याउन आफ्नो सारा शक्तिको उपयोग गरिने छ भनिएको छ ।याद गर्नुहोस, यो साना सिङको उदय ईस्वी सम्वत पाँचौं सताब्दीमा भएको हो तर येरुशलेम ७० ईस्वीमा जिर्न पारिसकेको थियो । त्यसकारण सानो सिङले पृथ्विको पवित्रस्थान नभएर स्वर्गको पवित्रस्थानप्रति आक्रमक भएको भन्न जनाउँछ ।
३॰ आक्रमण
येशूको जन्म भन्दा पाँचसय बर्षअघि दानियललाई सप्न दर्शनमा रोमले कसरी सत्यमाथि आक्रामक गरेर भुईँमा पछारे (दानियल ८:१२) अनि पछि सानो सिङले परमेश्वरका जनका राजकुमार येशूको बिरोधमा शक्तिशाली भएर आक्रमण गरे ।रोमले हमला गरेको समयमा येशू कहाँ हुनुहुन्थ्यो र के गर्दै हुनुहुन्थ्यो ?
रोमी ८:३४, हिब्रु ७:२४-२७, ८:१-५, ९:११-१४,२४
सानो सीङले येशूमाथी, परमेश्वरका जनमाथी, पवित्रस्थानमाथी बिषेशगरेर दैनिक सेवाबिधीमाथी हमला गर्यो भनेर हेर्यौं । यो मनमा राख्नु अति जरुरी छ कि येशू जो स्वर्गमा हाम्रोलागि पवित्रस्थानमा वकालत गर्दैहुनुहुन्छ उहाँको कार्यकक्षेत्रलाई आक्रमण गर्दछ । फेरि यो अक्षरस नभएर सांकेतिक हमला हो । उ स्वर्गमा गएर न त लड्न सक्दछ न त स्वर्गका पवित्रस्थानलाई पृथ्विमा फेकिन सक्दछ ।
पृथ्विमा पशुबलि दिएर येशूको मृत्युहुने जनाउँथ्यो त्यो परमेश्वरको मुक्तिको योजना अनुसार थियो, साथै पृथ्विमा पुजाहारीले मानिसकोलागि परमेश्वरसंग पवित्रस्थानमा मध्यस्थता वा पुकारा गर्दथे यो पनि येशूले स्वर्गिय पवित्रस्थानमा हाम्रोलागि मध्यस्थतागर्ने प्रतिकको रुपमा थियो । तर सानो सिङले पवित्रस्थानमा हुने सबै मुख्यकार्यक्रमको खिलाफ उत्रेको जनाएको छ ।
कसरी यो गरे त ?
हाम्रो स्वर्गिय पवित्रस्थानको मुख्य पुजाहारी हुनुहुन्छ । अथवा मानिस र परमेश्वरको बिचमा मध्यस्थकर्ता येशूबाहेक अरु कोहि पनि छैन ।तर हामीले रोमको पोपशासनमा हेर्यौं भने येशूले गर्नुहुने काम क्याथोलिक पुरोहितले गरेको पाउँदछौं । रोमको संरचनामा हामी पाउँछौं कि उनिहरुमा पुरोहित बर्ग, मध्यस्थता र मास अर्थात धार्मिक बिधी जुन हरेक बिहान वा बेलुका गर्न लगाउँछ यि येशूबाट पुरा भईसकेको वा गरिरहनुभएको उहाँको कार्यक्षेत्र भित्र पर्दछ । जुन कार्यबिधी येशूलाई सुम्पिएको छ ति रोमन चर्चले उनिहरुलाई सुम्पयको छ भनेर येशूको अधिकारलाई हवाला दिएको पाउँछौं । यहि नै सानो सिङ येशूभन्दापनि शक्तिशालि बन्न खोजिएको भनेर दानियल ८:११ ले दावि गर्दछ ।
विचार गर्नुहोस हाम्रो आत्मिक जिवनमा संगठित मण्डलीको भुमिका के हो र चर्चलाई दिएको जिम्मेवार पुरागर्न आफ्नो सहयोग कस्तो हुनुपर्दछ र त्यसको साथै प्रभुसंग हिंडाउन चर्चले सिमितमात्रामामात्र साथ दिन सक्दछ ।
४॰ दैनिक बिधी, भाग १
सानो सिङले पवित्रस्थानमा गरिने दैनिक बिधीलाई हटायो भनेको छ ।प्राय जसो अंग्रेजी भाषाको रुपान्तरमा देनिक होमबलि भनेर उल्लेख गरेको पाउँछौं । तर दैनिक कार्यलाई ठोसरुपमा नलेखेपनि यसले पवित्रस्थानमा गरिने हरेक दैनिक सेवाकार्य भन्ने जनाउँछ ।निम्म पदहरुमा कुन सेवालाई पवित्रस्थानमा निरन्तरता दिएको पाउँछौ र कुन भागमा ति सेवाकार्य हुन्दछ सो पढ्नुहोस:
प्रस्थान २५:३०-------------------------------
प्रस्थान २७:२०--------------------------------
प्रस्थान ३०:८----------------------------------
लैब्यब्यबस्था ६:१३---------------------------
हिब्रु भाषामा उल्लेखित दैनिक कार्यलाई टामिद भनिएको छ ।यो पवित्रस्थानमा हुने सम्पुर्ण कार्यबिधीलाई जनाउँछ जस्तै: दैनिक पशुवलि र पुजाहारीले गर्नुपर्ने दैनिक सेवाकार्य जुन हिब्रुको पुस्तकमा स्वर्गिय स्थानको छाँया र उदाहरण भनिएको छ ( हिब्रु ८:५) । पृथ्विमा चलाईएको पवित्रस्थानमा जुनजुन कार्यबिधिहरु थिए ति हाम्रोलागि येशूले गर्नुहुने वा कुनै गरिसकेको कार्यको केवल प्रतिकमात्र थियो । यहि कार्यबिधीलाई सानो सिङले हवाला दिएको हो ।
फेरी यो पनि याद गर्नुहोस ति कार्यबिधीहरु पवित्रस्थानको प्रथम भागमा गरिन्थे । रोटी, बत्ती, र धुप सबै प्रथम कोठामा हुन्थे भने पशुबलि बाहिर बेदिमा हुन्थे ।
महत्वपुर्ण कुरा के छ भने यि सबै कार्यक्रम महा पवित्रस्थानभन्दा बाहिर हुन्थे । यस महा पवित्रस्थानमा मुख्य पुजाहारी बर्षको एक पटक मात्र जान्थे जुन सेवा गर्दथे त्यसलाई मन्दिरको शुद्धिकरण भन्दथे ।
हाम्रो जिवनमा दैनिक वा निरन्तर गर्नुपर्ने कार्यबिधी के हो जसले हाम्रो आत्मिक जिवनलाई तेवा दिन्दछ ?
५॰ दैनिक बिधी, भाग २
पृथ्विमा भएको पवित्रस्थान स्वर्गको नमुनाअनुसार बनाइएको थियो । पशुवली, पुजाहारीका कामहरु सांकेतिक, प्रतिक र येशूका मृत्युको भविष्यबाणी र पुजाहारीको रुपमा गर्नुहुने काम थिए ।हिब्रु ९:१-१४ मा पृथ्वि र स्वर्गका पवित्रस्थानहरुका बिचमा कुन सम्वन्ध गाँसिएको छ सो प्रष्टसंग देखाउँछ ।
पवित्रस्थानको बारेमा अध्ययन गर्नेलाई यो थाहा छ कि दैनिक सेवा कार्यबाहेक मुख्य पुजाहारी बर्षको एकफेरा महापवित्रस्थानमा पस्दछ । उ त्यसस्थानको शुद्धिकरणको लागि त्यहाँ पस्दछ । लैबब्यबस्था १६ ।यो बर्षको एकफेरा मात्र हुनेभएकोले यसलाई बार्षिक सेवा भनिन्छ ।यसरी पवित्रस्थानमा हुने सम्पुर्ण सेवाकार्यलाई दैनिक र बार्षिक विधीमानिन्छ- जुन दैनिक प्रथम भागमा र बार्षिक महापवित्रस्थान दोश्रो भागमा शुद्धिको लागि सेवाfबिधी गरिन्छ ।
हामीले यो पनि हेर्यौंकि सानो सिङले संकेतको रुपमा स्वर्गिय पवित्रस्थानमा हमलागर्नुभनेको परमेश्वरद्वारा मानिसलाई प्रदान गरिएको उद्धारको योजनालाई चक्नाचुर गर्न खोज्नु हो । यस परिपक्षमा हामी यो बिश्वार गर्दछौं कि रोमन क्याथोलिक चर्चको सारा संरचनाले परमेश्वरको राज्यलाई हवाला दिन्दै येशूद्वारा प्रस्तुत मुक्तिको योजनालाई चुनौती दिने धार्मिक संस्था हो ।
अव प्रश्न आउँछ सानो सिङले हमला गर्ने पवित्रस्थानको दैनिक बिधी के हो त ? बार्षिक नभएर दैनिकपक्षप्रति किन आक्रमन गरे ?
दानियल ८:१४ फेरी हेर्नुहोस:
"उनले भने दुइ हजार तीनसय साँझ र बिहान लाग्नेछ तव पवित्रस्थानको पून अर्पण (शुद्ध) हुने छ"
सानो सिङले दैनिक बिधीलाई मात्र हमला गर्न सक्दछ किनकि वार्षिक बिधी भित्री महान पवित्रस्थानमा बर्षको एकचोटीमात्र शुद्धिकरण गरिन्छ । २,३०० बर्ष पछि अर्थात ईस्वि १८४४ मा महापवित्रस्थानलाई शुद्धिकरण गरिने छ वा त्यो अर्पण वा शुद्धिकरणको सुरु हो ।
यसरी येशूको महापुजारीको हैशियतले आफ्नै दैनिक बिधीलाई सानो सिङले आफुले स्थापनागरेको बिधीद्वारा अनावश्यक बनाउन अभियान चलाउँछ र त्यसले गर्दा बार्षिक बिधी जुन २,३०० बर्षमा सुरुहुन्छ त्यसलाई पनि असर सानो सिङले पारेको हुन्छ ।
पौराणिक समयमा ईस्रायलीहरुले जव जव पापअधर्म गर्दथे अनजान पशुबलि दिनुपर्दथे र पछि त्यसको सट्टा येशूको बलि भयो भने पाप कति गम्भिर छ सो सोचनिय छ ।
अन्तमा:
तल क्यातकिजम अभ द क्याथोलिक चर्च अर्थात क्याथोलिक चर्चका सिद्धान्तको पुस्तकबाट केहि महत्वपुर्ण बुंदालाई उदृढ गरिएको छ । यि चुनौतिपुर्ण बाख्याले परमेश्वर र येशूकोमात्र आधिपत्यमा रहेको अधिकारलाई कसरी दानियल ८:११,१२ का सानो सिङरुपि क्याथोलिक शक्तिले हाँक गर्दछ भनेर देखाउँदछ ।
"फुकाल्ने र बाँढने भन्ने भनाई पापलाई फुकुवा गर्ने वा पाप लाड्ने हो॰॰॰॰॰॰॰॰ । यो अधिकार प्रेरित तर्फबाट चर्चलाई येशूले सुम्पिनु भएको छ । नं ५५३
"चर्चले चलाउने बिधी येशूका साधन हुन् ।जगतकालागि मुक्तिको बिधी चर्चको हातमा सुम्पियको छ । नं ७७६
"चर्चलाईनै मुक्तिको पुरा योजना सुम्पियको छ ।" नं ८२४
"बाईवल र परम्परामा आधारित शिक्षा अनुसार चर्चका परिषदले यो सिकाउँदछ कि चर्च यस पृथ्विमा यात्री हो र मानिसको मुक्तिको लागि (रोमन क्याथोलिक) चर्च अपरिहार्य छ ।" नं ८४६
"चर्च क्याथोलिक हो: उनले यो दावि गर्दछ कि सारा आस्था उनमा सुम्पियको छ र मानिसको उद्धारको संरचना गर्ने अधिकार उनैमा मात्र छ ।" नं॰ ८६८
"मानिसको कुनै यस्तो पाप छैन जस्तोसुकै गम्भिरभएपनि जुन चर्चले क्षमा गर्न सक्दैन ।" नं॰ ९८२
"यदि चर्चले क्षमा गर्दैन भने अनन्त जिवनको आशा र अनन्तको मुक्ति मानिसलाई हुंदैन । परमेश्वरलाई धन्यवाद दिउँ कि उहाँले चर्चलाई यस्तो बरदान दिनुभएको छ ।" नं॰ ९८३
"येशूको चाहना अनुसार बप्तिष्मा लिइसकेकाको पाप क्षमा गर्ने अधिकार चर्चको मातहतमा छ ।" नं॰ ९८६
बिभिन्न बिधीद्वारा येशू जो हाम्रो मुक्तिदातार मुल पुजारी हुनुहुन्छ चर्चमार्फत मुक्तिको कार्य सम्पादन गरिरहनु हुन्छ ।" नं॰ १०६९
"बप्तिष्मा को अर्थ येशूमा नयाँ जिवन हो । हाम्रो प्रभुको ईच्छा अनुसार चर्च जस्तै मुक्तिकोलागि आवश्यक छ ।बप्तिष्माबाटै चर्चमा प्रवेश गर्दछौं ।" नं॰ १२७७
सोच्नुहोस परमेश्वरको मात्र भएको अधिकारलाई सानो सिङले कसरी आफ्नो हो भनेर दावि गरेको छ सो माथिका बाक्यहरुले कसरी प्रदर्शन गर्दछ ?
उपरोक्त भनाईहरुले चर्च साधन नभएर अन्त हो भनेर दर्शाएको छ । हाम्रो मुक्तिको लागि संस्थागत चर्च सिमितमात्र मद्दत गर्न सक्दछ । परमेश्वरलाई पाखालगाएर मानिसको मुक्तिको लागि चर्चनै सर्वेसर्वा भन्नु कति चुनौतिपुर्ण छ सो बिचार गर्नुहोस ।
