पुर्व दोश्रो आगमन ईन्साफ
मुल पद: "हेर म छिट्टै आउँदैछू: हरेक मानिसलाई आफ्नो काम अनुसार दिनुपर्ने ईनाम मसंग छ ।"प्रकाश २२:१२अघिल्लो भागमा येशू आउनुभन्दा अगाडी दानियल ८ अनुसार कस्तो ईन्साफ हुने छ भनेर हेर्यौं, यस भागमा त्यहि आकर्षित तथ्यलाई दानियल ७ को नजरबाट नियालेर हेर्नेछौं ।जसरी येशूको शुसमाचारलाई चारै किताबहरुलाई दाँजेर हेर्छौं त्यसरीनै दानियल ७ र ८ लाई दाँजेर सत्यको यथार्थतालाई कसरी बुझ्नेभन्ने हेतुले हेर्नुपर्दछ । दुबै अध्यायहर एकआफसको परिपुरक भएको कारणले गर्दा परमेश्वरले गर्ने ईन्साफ ति अध्यायहरुले कसरी प्रस्तुत गरेका छन् सो हेर्ने छौं ।
महत्वपुर्ण याद गर्नु पर्ने कुरा के छ भने ति अध्यायहरु केवल ईतिहास वा भविष्यवाणी वा धार्मिक ज्ञानमात्र नभएर त्यसमा प्रतिज्ञा र आशाको शन्देश बोकेको पाउँछौं । दुवैले यो भन्न खोजेको छ कि अबस्था जुनसुकै खराब भएपनि ति टलेर जानेछन् ।समतलरुपमा निराशमय वा खराव देखेपनि दानियलमार्फत परमेश्वरको योजनामुताविक बिश्वको ईतिहास चलिरहेको छ र समय आएपछि दुष्टको अन्त्य हुनेछ र धर्मि जनहरुले अनन्तसम्म सन्तोषको सास फेर्न पाउनेछन् भनेर देखाउनु भएको छ । हामी बिभिन्न मानचित्र द्वारा ज्ञानहरु हासिल गरे पनि उक्त चरम बुंदालाई आफ्नो नजरबाट तर्काउनु हुन्न ।अरुलाई यि सत्यलाई बाँढदा दानियलले देखेको अद्भुत पशु, सानो सिङ आदीलाई केन्द्रबिन्दु होईन तर येशूको रगत र मृत्युले हाम्रोलागि परमेश्वरले कस्तो स्वर्गिय राज्यको प्रतिज्ञा गर्नु भएको छ सो तर्फ हाम्रो ध्यान अंगित हुनुपर्दछ ।
१॰ जवसम्म अति प्राचिन आउनुभएन
दानियल ७:२२हामीले हेरिरहेका बिषेश बिषय अहिले पवित्रस्थानको शुद्धिकरण हो । हामीले हेर्यौं कि कसरी मिड पर्शिया, युनान र रोमको आधिपत्यपछि पवित्रस्थानको शुद्धिकरण अति महत्वस्थान ओगेटेको पाउँछौं ।
पवित्रस्थानको शुद्धिकरण भनेको के हो जुन सारा साम्राज्यहरुसंग गाँसिएको छ र अन्तमा बिश्व ईतिहासलाई पनि यसले ईगिंत गरेको छ । यसबारे दानियल ८ ले प्रष्ट नपारेको अर्थ ७ मा पारेको पाउँछौं ।
अगाडी हेर्यौं कि दानियल ७ र ८ जसमा पवित्रस्थान शुद्धिकरण उल्लेख गरिएको छ ति अध्यायहरुको बिचमा के समानन्तर छ । दानियल ७:९,१०,१३,१४,१८,२१,२२२६, २७ हेर्नुहोस न्यायको समय अर्थात पवित्रस्थानको शुद्धिकरणले कुन दिसातर्फ डोर्याउँदछ ।यस न्यायको फल के हो र कुनचाहिँ बुंदालाई बारम्बार डोर्याईरहेको पाउँदछौं ?
बारम्बार डोर्याईएको बुँदा यो हो कि परमेश्वरले आफ्नो जनहरुलाई उहाँको राज्य अर्थात कहिले नाश नहुने अनन्तको राज्य दिईने छ ।सबै सम्रातहरुको बिगिबिगी पछि र सानो सिङ जसले परमेश्वरलाई हवाला दिन्छ र परमेश्वरका जनहरुलाई कष्ट दिन्छ त्यसमाथी परमेश्वरले बिजय प्राप्त गर्नुहुनेछ ।अर्थात धरातलमा जतिसुकै खराब भएपनि र जतिसमयसम्म लागे पनि अन्तमा जसरी पवित्रस्थानलाई शुद्धिगरेर सफा गरिन्छ त्यसरीनै पापलाई सखाप पारिनेछ र परमेश्वरको अनन्त राज्यको स्थापना हुनेछ।
यसैको परिपक्षमा दानियल ८ मा पवित्रस्थान शुद्ध गरिएको अर्थात सफा गर्नुको अर्थ सम्पुर्ण मानिसको दुधको दुध पानीको पानि छुट्याएर उसको पु्र्ण न्याय गरेकोनै दानियलले देखेको दर्शन हो ।यो अति महत्वपुर्ण बिषय हो ।
अरु राज्यहरु आउँछ जान्छ तर अन्तमा परमेश्वरको जनहरुले उहाँको राज्यको हकदार हुनपाउनेछन् यो प्रतिज्ञाले हामीलाई बिषेश हौशला प्रदान गर्नुपर्दछ ।
२, न्याय र सानो सिङ
एडभेन्टिष्टको हैशियतले हामी यो बिश्वास गर्दछौंकि स्वर्गको पवित्रस्थान शुद्धिकरण गर्नु भनेको येशूलाई आस्थाराख्नेहरुको ईन्साफप्रक्रियाको थालनी हो ।(मत्ती २२:१-१३ मा येशूले एक दृष्तान्त दिनुभएको छ जहाँ एक राजाले सर्वसाधारणलाई भोज बोलाए र तिनीहरुलाई भोज खानभन्दा अघि बिषेश पहिरण सबैलाई दिएको थियो। तर राजाले निरक्षण गर्दा एक जनाले त्यो पहिरण लत्याएर भोज खाएर बसेको देखे । राजाले किन पहिरण नलगाएको भनी सोद्धा उ नाजवाफ भवो र उसलाई भोजबाट निकाली दिए । जसरी राजाले भोजमा आउनेहरुको निरक्षण गरेर फैसला सुनाए त्यसरीनै पवित्रस्थानको शुद्धिकरण भनेको येशू प्रभुले बिश्वासीहरुको जिवनलाई निरक्षणगरेर फैसला सुनाउने प्रक्रियालाई मान्दछौं ) येरुशलेमको मन्दिरमा प्रायश्चितको दिनमा (Day of Atonement) मुख्य पुजाहारीले महा पवित्रस्थानमा गएर बिषेश बलीको रगतले त्यहाँ छर्किएर परमेश्वरको जनहरुकोलागि सेवा अर्पण गर्दथे । यो उनिहरुकोलागि न्यायको समय थियो (लेबी १६) ।तर प्रश्नके उठेको छ भने दानियल ७ र ८ मा पवित्रस्थानको शुद्धिकरणसंग सानो सिङको के सम्बन्ध छ ? येशूको पुर्व आगमनमा हुने ईन्साफसंग सानो सिङको के सरोकार छ ?
हेर्नुहोस फेरी माथिको पहिलो बुंदा र दानियल ७:२२ जसमा सानो सिङ र परमेश्वरका जनहरुको भाग्य कसरी फैसला गरिने भएको रहेछ ।
यो स्पष्ट छ कि सानो सिङलाई सजायँ दिईनेछ । परमेश्वरका जनहरुले ईन्साफ पाउनेछ र दोषमुक्त हुनेछ।यो यहुदीहरुमा लागु भएको ईन्साफको प्रक्रिया हो । यसमा अपराधीको मात्र दोषी साबित भएर सजायँ पाउने होईन, निर्दोषी पनि किन निर्दोष भए भनेर फैसला सुनाउने प्रक्रिया हो । जसरी हिब्रुहरुले न्यायको फैसला सबैले चित्त बुझ्ने गरेर सुनाउँदछ त्यसरीनै येशूको आगमन पुर्ब सबैको फेसलाहुनु जरुरी छ ।
ब्यबस्था २५:१ र १ राजा ८:३२ मा दानियल ७ र ८ का सन्देशलाई कसरी पुष्टी गर्न खोजिएको छ ।
दानियल ७ मा सानो सिङलाई सजाँए दिएर न्यायको घोषणा गरिन्छ तर त्यसको लगत्तै येशूको आगमन हुन्छ र हामिले थाहापाएको अनुसार बिश्वईतिहासको अन्त हुने छ । पाठक हो परमेश्वरको उद्धारको योजनामा अपराधीलाई सजायँ नदिईकन निर्दोषीलाई मात्र सफाई दिनु न्याय भयो भनिन्दैन ।
के हामी शैतानको चक्रब्युहमा दुख: पाईरहेको छौं ? धिरज गर्नुहोस हामीले मानिसले दिने न्याय जस्तो होईन परमेश्वरले न्यायोचित ढंगले न्याय गर्नुहुनेछ ।
३, थियोदेशी फेरि
यो अध्ययनको सुरुमा हामीले थियोदेशी भन्ने शब्द हेर्यौं जसको अर्थ थियो परमेश्वरले दुष्टलाई उचित दण्ड दिनुहुनेछ र आफ्नो चरित्रलाई जगतको सामु कति न्यायोचित थियो भन्ने सत्यतालाई प्रदर्शन गर्नुहुनेछ ।यसले गर्दा संसारमा जतिसुकै अधर्म भएपनि यो पुष्टि हुनेछ कि परमेश्वर भलो, धर्मी र न्यायी हुनुहुन्छ ।हामीले यो पनि हेर्यौंकि पाप र दुष्टता यस संसारमा होईन जगतको अर्कै स्थानबाट सुरु भएको थियो र त्यसको असर पृथ्विमामात्र सिमित छैन ।यो संसार परमेश्वर र शैतानको बिचमा भएको अन्तरद्वन्धको केन्द्रबिन्दु भएकोले जगतका अरु बौद्धिक जिवहरुले ध्यानपुर्वक पाप र बिद्रोहको प्रश्नलाई हेरिरहेका छन् किनकी यसको असर तिनिहरुलाई पनि परेको छ ।
दानियल ७:९,१० पढ्नुस र निम्न प्रश्नको उत्तर दिनुहोस:
क, यसमा कुन घट्ना घटिरहेका छन् ?
ख, त्यो घट्ना कहाँ घटिरहेका छन् ?
ग, कसको अघि घटिरहेका छन् ?
यहाँ स्वर्गमा अदालतको दृष्य देखाएको छ र त्यहाँ जमातका जमात स्वर्गिय जिवहरु एकत्रित भएको छन् ।त्यहाँ सानो सिङको नाश भएको र परमेश्वरको राज्यको स्थापना भएको दृश्यावली देखाउको छ ।भनिएको छ दशौंहजार गुणा दशौंहजार भनाईको अर्थ अनगिन्ती हो ।यसरी हामी यो अनुमान गर्न सक्दछौं कि सारा जगतले परमेश्वरको न्यायको संपादन र उहाँको अनन्त राज्यको स्थापनालाई उत्साहपुर्वक हेरीरहेका छन् ।
दानियल ७ मा उल्लेख गरिएको न्याय अदालतको दृश्यलाई मनन् गरेर भजनसंग्रह ५१:१-४ र रोमन ३:४ हेर्नुहोस र कसरी दानियल ७ मा लेखिएका न्यायसंपादनलाई ति पदहरुले पुष्टि गर्दछ ।
हामीले सबभन्दा प्रमुख सम्झनुपर्ने बिषय के हो भने परमेश्वरले न्याय गरिरहनुभएको सारा जगतले हेरीरहेका छन् । उहाँले यस्तो प्रकारले न्यायईन्साफ गरिरहनु भएको छ कि जव त्यसको समार्पण हुन्छ सबैले भन्ने छन् "तपाँईले जे बोल्नुहुन्छ ठिक बोल्नुहुन्छ र तपाँईले गर्नुहुने ईन्साफ न्यायोचित छ भनेर प्रमाणित गर्नुहुन्छ" भजन ५१:४
तपाँईले अरुसग ब्यबहार र कारवार गर्दा कस्तो पारदर्शिक हुनुहुन्छ ? यदि पारदर्शिक हुनुभएको छैन भने हुनकोलागि के सुधार गर्नुपर्दछ ?
४, दोश्रो आगमनपुर्व सम्पन्न हुनुपर्ने इन्
दानियल १२:१, मत्ती १६:२७ र प्रकाश २०:११ मा आआफ्नै तरिकाले इन्साफको बारेमा बर्णन गरिएको छ । तर यि तिनै पदहरुले निर्विबादरुपमा यो देखाउँछ कि येशूको दोश्रो आगमनपुर्व हरेक ब्यक्तिको फैसला भईसकेको हुन्छ ।येशूको दोश्रो आगमनमा धर्मिजनहरुले परमेश्वरको राज्यको भागिदार हुनेछ तर उहाँ आउने समयमा कति बालबालिकाहरुको मृत्युपनि हुन्छ भने फैसलाको फल प्राप्तगर्नु पुर्व कुनैनकुनै इन्साफ सम्पन्न भइसकेको हुनुपर्दछ । सांसारिक अड्डमापनि छानबिन र इन्साफ नगरी फैसला सुनाउँदैन । के परमेश्वरले पनि पहिला कुनै छानविन वा इन्साफबिना फैसला सुनाउनुहुन्छ त वा फैसला सुनाएपछि के इन्साफ हुन्छ र ? को धर्मि, को अधर्मी वा कसले परमेश्वरको राज्यको सहभागी हुन्छ ति येशूआउन अगावै तय भइसकेको हुन्छ तर येशू आएपछि अदालत बसेर को योग्य को अयोग्य भनेर इन्साफ गरेर फैसला सुनाउँछ भने ति दुइ अवधारणाहरु बाँझेको हुन्छ ।
जव जव येशू दोश्रो पटक आउने बेलामा, "मैले दिने ईनाम मसंग छ, हरेक मानिसले आफ्नो काम अनुसार ईनाम दिनेछु" (प्रकाश २२:१२) र यदि हाम्रो कामअनुसार न्याय हुन्छ भने (उपदेशक १२:१३, १४, १ कोरन्थी ३:१३, १ पत्रुस १:१७, प्रकाश २०:१२) उहाँ आउनु अघि हरेकको फैसला भइसकेको हुनुपर्दछ । हामी एडभेन्टिष्टहरुले यो बिश्वास गर्दछौं कि उहाँ आउनुअघि बिश्वासीहरुको पहिला छानबिन हुनुपर्दछ किनभने बिना छानबिन फैसलालाई कसरी न्यायोचित थान्ने ? अंग्रेजीमा यसलाई Investigative Judgement भन्दछौं ।
फेरि दानियल ७ मा प्रस्तुत गरिएको न्यायको अदालतलाई नियालेर पढ्नुस, यसले येशूको दोश्रो आगमनपुर्व हरेकको न्यायको फैसला सुनाउन अघि छानविन हुने शुचितगरेको पाउँदछौं ।
हेर्नुहोस: भजनसंग्रह ५६:८, ६९:२८, दानियल १२:१, प्रकाश १३:८, २०:१२
दानियल ७ ले देखाउन खोजेको तथ्य यो हो:
क, दोश्रो आगमन पुर्व बृहतरुपमा मानिस जातिको छानबिन र फैसला हुनेछ
ख, सानो सिङको अस्तित्व रहनेछैन
ग, नयाँ अनन्त राज्यको उद्घाटन् जहाँ धर्मि जनहरु सदासर्बदा रहनेछन्
यस प्रसंगले यो बताउँछ कि छानबिन र फैसलाको घट्ना अति महत्वपुर्ण छ किनभने यसमा सारा जगतको अनगिन्तीजिवहरुको संलग्नता छ। यसले गर्दा हामी एडभेन्टिहरुले येशुको पुर्व आगमनमा हुने छानबिनन्यायफैसलालाई अति महत्वको साथ हेर्दछौं ।
५, स्वर्गियस्थानहरुको शुद्धिकरण
हिब्रु ९:२२-२४ पढेर निम्न प्रश्नहरुको जवाफ दिनुस:अ, यसमा पवित्रस्थानहरुको बारेमा बर्णन गरिएको छ, ति कहाँको बारेमा उल्लेख गरिएको छ ?
आ, कुन समानान्तररुपमा तुलना गरिएको छ अथवा लेखकले दुबै पवित्रस्थानहरुमा के हुनु आबश्यक मानेका छन् ?
उपरोक्त पदहरुले गैर एडभेन्टिष्टहरु अत्यन्त अन्यौलमा परेका हुन्छन् किनभने यसमा उल्लेख गरिएको छ कि स्वर्गका पवित्रस्थानपनि शुद्धगर्नुपर्दछ ।"यो निष्कर्षमा आउँछौंकि पृथ्विका पविवत्रस्थान जसको प्रतिक स्वर्गमा छन् शुद्धिकरण गर्नु जरुरी छ किनकी स्वर्गको पनि गरिने भएकोले" – क्रेग किष्टर, हिब्रुहरु, पृ, ४२७
ग्रिक वा युनान भाषामा हिब्रु ९:२३ शुद्धिकरण वा सफा गर्नुभनेको पौराणिक युनान भाषामा दानियल ८:१४ को रुपान्तरकोसंग मिल्दछ । यसरी पौराणिक युनान जो येशूआउनुभन्दा अगाडी थिए तिनीहरुले पुरानो नियमको उल्था गरिन्दा दानियल ८:१४ को पवित्रस्थानको शुद्धिकरण प्रसंग फरकभएपनि त्यहिरुपमा सम्झे जसरी हिब्रुकालेखकले बिश्वास गरेको थिए । पृथ्विको पवित्रस्थानको शुद्धिकरणगर्नु जरुरी थियो किनकि यसको यथार्थ पवित्रस्थान जुन स्वर्गमा छ त्यसको पनि शुद्धिकरणगर्नु परेको हुनाले ।
समयको परिपक्षमा हेरेर दानियल ८:१४ फेरी हेर्नुहोस कि कसरी हिब्रुका लेखकले भनेको पवित्रस्थानको शुद्धिकरणसंग मिल्दछ ?
यहुदीमतका आस्था अनुसार बार्षिक पश्चातापको उत्सव जव पवित्रस्थानको शुद्धिकरण गर्दथे त्यसबेला तिनिहरुलाई न्यायअघि पश्चातापको मौका प्रदान गरिएको मान्दथे । खास गरि भन्ने हो भने त्यससमयमा यहुदीहरुले यस प्रकारले एक आफसमा अभिबादन गर्दथे, "जिवनको पुस्तकमा सदासर्वदा तपाँईको नाउँमा लालमोहर लागिरहोस"
प्रभु येशूले गर्नुभएको कार्यले हाम्रो जिवनपनि न्यायको समयमा लालमोहर लागिरहेको होस भनि कामना र बिश्वासको आशा प्रकट गर्दछौ ।
अन्तमा यहुदीहरुको बिचारमा बार्षिक पश्चातापको बिधी यसरी उल्लेख गरिएको पाउँदछौं:
"परमेश्वर संसारको न्यायकोलागि उहाँको सिहाँसनमा बिराजमान हुनुहुन्छ त्यहि समय उहाँ जो न्यायधिस, हाम्रो बादी, हाम्रो बिषयमा निपुण र गवाही हुनुहुन्छ उहाँले लेखाको किताव पल्ताउनुहुन्छ । यो पढिन्छ र मानिसको सहिपनि यसमा भेट्टाएको हुन्छ । ठुलो सहनाई फुकिन्छ र सुरिलो आवाज वहन्छ, स्वर्गदुतहरु धिठमानेर बस्दछ र भन्छ यो न्यायफैसला वा पेशीको समय हो । यस दे अभ आटोन्मेन्ट वा पश्चातापको दिनमा को रहन्छ र को रहनेछेन भनेर फैसला हुन्दछ ।" दे अभ आटोन्मेन्ट, यहुदी बिश्वकोषबाट उदृध गरिएको ।
यससमयमा मानिसहरुले प्रार्थना बिन्ती चढाएको केहि उदाहरण यस प्रकार छ:
"तपाँईले न्यायगर्ने समयमा ममाथी न्याय होस्,,,,मलाई दोषदिनेको मुख टालीदिनुस, उसको स्थानमा मेरो वकिलले वकालत गरेर म निर्दोष भएँ भनेर घोषणा गर्नुहोस,,,उद्धारगरिएका, मानिसका पाप र अपराधहरु मेटाईदिनुहोस,,,सनातनका परमेश्वर न्यायको आशनमा बिराजमान हुनुभएको छ,,,जिवनको पुस्तकमा,,,,हाम्रो नाउँलाई तपाँईले लालमोहर लगाउनुहोस् ।"
सोच्नुहोस:
क, येशूद्वारा परमेश्वरले हाम्रोलागि के गर्नुभयो र उहाँको न्यायको प्रदर्शन गर्न आफैलाई न्यायको कठाराघातमा उभिनुभएको छ । यस्तो परमेश्वरलाई हाम्रो आराधाना, भक्ति र प्रशंसाको कति योग्य हुनुहुन्छ ?
ख, यदि मानिस मरेपछि तुरन्तै स्वर्ग वा नरकमा जान्छ भने येशूको दोश्रो आगमनपु्र्व न्यायफैसलाको औचित्य के छ ? यसले हाम्रो धेरै बिस्वासका सारहरु बाँधिएका पाउँदछौं ।
ग, कोहि मानिस परमेश्वरको ईन्साफको बारेमा बुझ्न संघर्ष गरिरहेको होला । घरेलु वा कुनै संगती गरेर यसबारे ज्ञानको प्रबर्द्धन गर्नुहोस ।
