शुसमाचार र न्यायफैसला
मुल पद: "हे मेरा साना बालकहरु हो, यि सबैकुराहरु तिमीहरुलाई लेखेको छु कि तिमीहरुले पाप नगरोस् ।यदि कसैले पाप गरेमा पिताको लागि वकालत गर्ने हाम्रो धर्मात्मा येशू हुनुहुन्छ" १ युहन्ना २:१एडभेन्टिष्ट भएको हैसियतले हामी यो बिश्वास गर्दछौं कि हामी पश्चातापको दिनको ( डे अभ आटोनमेन्ट) प्रतिबिधीको समयमा छौं । यसको अर्थ यो हो कि ईस्रायलीहरुले यो चाड जव पवित्रस्थानमा मनाए यो खास अहिले भईरहेको पश्चाताप गर्ने अवसरको प्रतिमुर्ति वा नमुनामात्र थियो ।जसरी प्राचिन समयमा पशुबलीचलनहरुको अर्थ येशूलाई क्रुसमा बलीहुने जनाउँथ्यो र प्रायश्चितको चाड वा डे अभ आटोनमेन्ट पनि येशूले १८४४ मा स्वर्गका पवित्रस्थानमा हुने न्यायफैसलाको उद्घाटनको नमुना थियो भनी हामी दावी गर्दछौं ।
यो खासगरी शुसमाचार हो, किनभने येशूको रगतले हामीलाई प्रायश्चित गर्ने अवसर दिएको छ जसले हाम्रो पापको उद्धार हुन्दछ। ब्यबस्था पालन गरेर मात्र उद्धार हुन्दैन, भक्तिभाव वा आज्ञाकारी हुन्दैमा उद्धार हुन्दैन, चरित्र सुधार गर्दैमा उद्धार हुन्दैन । तर प्रायश्चित गरेर उद्धार पाउने एउटै उपाय हो- येशूले क्रुसमा बली हुनुभएकोले ।
यसकारण हामी यस्तो समयमा छौं कि पापको प्रायश्चित गर्ने अवसर प्रदान गरिएको छ, के यो शुसमाचार होईन त ? हालको हरेक दिनलाई प्रायश्चितगर्न पाउने र परमेश्वरले प्रदान गर्नुभएको उद्धारपाउने दिनप्रति आभारी हुनु पर्दैनौं त ? परमेश्वरले यो दिनको लागि जिउन आशा प्रदान दिईरहनुभएकोमा के हामी खुशी हुनु पर्दैनौं त ?
न्यायफैसला शुसमाचार हो किनकी यो ख्रिष्टिय शुसमाचारको अविछिन्न भाग हो । यो हाम्रोलागि क्रुसलाई ब्यबहारितामा ल्याउने चरमपंक्तिको भाग हो । यस भागमा हामी न्यायफैसला र शुसमाचार बारे अध्ययन गर्नेछौं किनकि शुसमाचार मार्फतमात्र हामी परमेश्वरलै दिने न्यायफैसला के हो भन्ने बुझ्नसक्दछौं । हामी यो हेर्यौंकि येशू आउनेबेलामा उहाँले दिने ईनाम उहाँसंगै ल्याउनुहुनेछ । तर जाँचबुझ सपन्न नभई के उहाँले ईनाम ल्याउनु हुनेछ र ?
१, हामी सबै जना उभिनु पर्दछ
हामीले दोश्रो भागमा हेर्यौंकि हाम्रो न्याय हुनेछ तर त्यो न्यायचाहीं के हामीले परमेश्वरमाथी बिश्वास त गर्छौं भन्छौं तर त्यस अनुसार चलेको छौं कि छैनौं त्यसको आधारमा हाम्रो न्याय हुन्छ । (छानबिन बिना गरिएको न्याय के न्याय हुन्छ र ? ) येशूले भन्नु भयो हाम्रो हरेक निकम्मा वचनको लेखा दिनु पर्दछ (मत्ती १२:३६), हरेक फोस्रो वचन ? त्यहि परमेश्वर होईन जसले हाम्रो कपालको हरेक रौंलाई गन्नुभएको छ र एउटा चरा खसेपनि उहाँले याद गर्नुहुन्छ (मत्ती १०:३०,२९) ? त्यहि परमेश्वर होईन जसले आफ्नो वचनमा भन्नुभएको छ हरेक काम वा गोप्यकुरालाई न्यायको समयमा पर्दाफास गर्नुहुनेछ (उपदेशक १२:१४) ? हरेक काम ? हरेक लुकाईएको कुराहरु ? यसकारण जाँचबुझ गरी न्यायफैसला गर्नु बाईबलसम्मत छ भन्नुमा हामी हिचकिचाउँदेनौं ।तर प्रश्न यो छ कि कसरी कुनै पापी उपरोक्त दोषीहुन्दाहुन्दैपनि न्याय अदालतको अगाडी उभिन सकिन्छ ? यो भयाबह दृष्य हुन सक्छ किनभने हाम्रो हरेक काम, हरेक निकम्मा बोलीहरु, हरेक लुकाईएका ब्यबहारहरु पवित्र र जलाउने अग्नि सरह (ब्यबस्था ४:२४) सरह परमेश्वरको अगाडी बयान दिईनुपर्दछ ? हामी जतिसुकै असल, आज्ञाकारी, धर्मात्माको लुगा लगाएपनि, भक्तिभावको भेषभुषा लगाएपनि त्यस परमेश्वरको अघि उभिने सामर्थ छौं त ?
उपरोक्त प्रश्नको जवाफ निम्न पदहरुमा हेर्नुहोस:-
रोमी ८:३४--------------
हिब्रु ६:२०-----------------
हिब्रु ७:२५-----------------
हिब्रु ९:२४-----------------
१ युहन्ना २:१--------------
शुभ समाचार यो हो कि परमेश्वरले गर्नुहुने जाँचबुझको अगादी हाम्रो पक्षमा येशू खडा हुनुहुन्छ ।हाम्रो पक्षमा मात्र होईन हाम्रो सत्तामा उहाँ परमेश्वरको अगाडी उभिदिनु हु्न्छ । उहाँ हाम्रो मध्यस्थता र हाम्रो मुख्य पुजाहारी हुनु भनेको त्यहि हुनआउँछ । नत्र भने हामी जतिसुकै असल छौं र हाम्रो अभिलेख असल छ भनेर दावि गरेपनि कुनै न कुनै रुपमा चुक्दछौं । प्रभु येशूको धार्मिक वस्त्रले हामीलाई धाकेन भने हामी पापीभएको कारण हाम्रो कुनैपनि असल काम, धर्मकर्म, हाम्रो बोलीबचन आदिले परमेश्वरको अगाडी उभियौं भने घामको अगाडी मैन पग्ले जस्तै पग्लिन्छौं ।
"मानिस आफैले आफ्नो दोषको सफाई दिन सक्देन । उ परमेश्वरको सामु आफ्नो पापले भरेको बस्त्र लगाएर उभिनु पर्दछ । तर येशू जो हाम्रो पक्षमा बोल्नुहुन्छ हामीले पश्चाताप र भरोसा गरेर उहाँमा हाम्रो आत्मा सुम्पेको कारण परमेश्वरको अगाडी क्रुसलाई साक्षीराखेर हामीलाई दोषमुक्त गराउनु हुन्छ।" एलेन जि, ह्वाईट, टेष्टिमोनीज फोर द चर्च, ठेली ५, पृ ४७१ । उपरोक्त भनाईले के हामीलाई परमेश्वरको न्यायईन्साफ बुझ्न सहायता गर्दैनन् र ?
२, रगत र न्यायईन्साफ
पृथ्विको पवित्रस्थान जुन स्वर्गको नमुना थियो र अहिले स्वर्गको पवित्रस्थान जहाँ येशूले हाम्रो पक्षमा खडा भई रहनुभएको छ, यि सेभेन्थ डे एडभेन्टिष्टको मुलभूत दिक्षा हुन् । हामी एडभेन्टिष्टले निम्न आधारमा उक्तकथनलाई बिश्वास गर्दछौं अ, पृथ्विका नमुना पवित्रमन्दिर आ, हिब्रुका पुस्तक र इ, दानियलमा उल्लेख गरेका भविष्यवाणी जसमा सन् १८४४ देखी येशू महापवित्रस्थानमा हाल सम्म न्यायईन्साफको प्रकरण चलिरहेको छ । यो ज्ञान लैब्य १६ को आधारमा पाएका हौं जसमा बर्षको एकफेरा पश्चातापको बिधी पृथ्विको पवित्रस्थानमा चलाईएको थियो । यस समय मुख्य पुजाहारी महापवित्रस्थानमा प्रवेश गरेर मानिसकोलागि बलीको रगत अर्पन गरेर प्रार्थना अर्चना गर्दथे ।लैब्यब्यबस्था १६ हेर्नुहोस र कति पटक रगत शब्दको उपयोग गरिएको छ ? हिब्रु ९:१२-१४ पनि पढ्नुहोस ।
बार्षिक पश्चातापको दिनको बिधिमा रगत मुख्य साधन थियो जुन कि क्रुसमा हाम्रोलागि येशूले बगाउनुभएको रगतको प्रतिक थियो ।यो पश्वातापको दिन न्यायको पनि दिन थियो जसले गर्दा दुबै बिधीको एकआफसमा पुर्ण सम्वन्ध भएको पाउँदछौं । पश्वातापको दिन शुभ दिन भएकोले न्यायको दिनपनि शुभ दिनको शुसमाचार मानिलिनु पर्दछ ।तर येशूको रगतकै कारणले मात्र किनकि यसैले हाम्रोलागि येशूको जिवन र मृत्युको प्रतिनिधित्व गर्दछ ।
निम्न पदहरुमा परमेश्वरको उद्धारको योजनामा रगतको भुमिका कसरी मुख्यरुपमा खेलेको पाउँछौं हेर्नुहोस:-
लैब्य १७:११------
लुका २२:२०--------
रोमी ५:९-------------
हिब्रु १०:१९------------
हिब्रु १२:२४-------------
हिब्रु १३:२०--------------
१ पत्रुस १:२,१८,१९-------
रगत जिवनको प्रतिक हो । रगत बहाउनु भनेको मृत्यु हुनु भनेको हो । माथि उल्लेखित रगतको संज्ञाले हाम्रोलागि अर्पणगरेका येशूको जिवन र मृत्यु जनाउँछ ।किनभने पश्वातापको दिनमा चलाएको रगतको रितीले येशू हाम्रोलागि आउनुहुने र जिवन अर्पण गर्नुहुने देखाएको कारण न्यायको दिन ईसाईहरुको लागि शुभसमाचार हो । जाँचबुझ र न्यायको दिनमा हाम्रो सट्टा उभिदिनु हुने येशु हुनुहुन्छ । हिब्रु ९:२४
जाँचबुझ र न्यायईन्साफमा हाम्रोलागि बोलिदिनुहुने मात्र होईन हाम्रो सट्टामा उभिदिने नभए हाम्रो अनन्त जिवनपाउने आशाको हालत कस्तो हुने होला ?
3 वस्त्र
हामीले दोश्रो भागमा येशूले दिनुभएको बिबाहको दृष्टान्त हेर्यौं जसमा येशूको दोश्रो आगमन पुर्व न्यायईन्साफको बारेमा जनाउ दिएको थियो। यो एकदम प्रभावशाली उपमा हो किनकी यसले न्यायको समयलाई मात्र ख्याल राखेको छैन तरयसले येशूले दिनुभएको धार्मिक पहिरणलगाउनु र त्यसलाई ईन्कार गरी नलगाउँदा के हुन्छ सो चेतावनी स्वरुप दिएको छ ।
मत्ती २२:१-१३ मा येशूले दिनुभएको किस्सालाई फेरि हेर्नुहोस् । धेरै जना भोज खान आए तर एक राजाले छानबिनको क्रममा एकजनालाई किन भोजबाट निकालियो ?
त्यो पाहुनाले लगाउनु पर्ने बिषेश पोशाकको अर्थ के हो ?
पढ्नुहोस: यशैयाह ६१:१०
जकरिया ३:१-५
यसमा कहानीमा हामी यो स्पष्ट उदाहरण पाउँदछौं कि कसैले बिबाहको निम्तो स्विकार गरे तर शर्तचाहिँ मानेन ।भोजका मुलीले दिएको पोशाक उसले लाउन ईन्कार गरे ।त्यो थियो येशूको अच्युत धार्मिकताको पोशाक जुन उसले लगाउन मानेन र छानबिनको क्रममा उ दोषी ठहरियो ।
यो पनि याद गर्नुस येशूलै भन्नुभएको यस कहानीमा खराब र असल दुबैथरीका मानिसहरु आए ।बिषेश पोशाक नलगाएको मानिस खराब वा असल भनिएको छैन । साँच्चै भन्ने हो भने त्यसले केहि फरक पारेन । परमेश्वरको अगाडी हामी असल हौं वा खराब हौं येशूको पोशाक बिना दोषीनै छौं । त्यो निकालिएको पाहुनाले लगाउनु पर्ने त्यहि लुगा हो जुन हामीले पनि न्यायईन्साफको समयमा लगाउनु पर्दछ नभए हामीलाई दार्हा किताईभएको ठाँउमा फेकिने छ ।जुन पोशाक येशूको धार्मिकताको चिन्ह थियो त्यो बिश्वासीहरुको लागि दिईने हालको लागि र न्यायईन्साफमा लगाउन पाउने एक मात्र आशाको पहिरन हो ।
चाहे लुगालाई अंगित गरेको होस वा रगतलाई सम्झनुपर्ने बुंदा एउटै हो: न्यायईन्साफको अगाडी हामीसंग आफुभन्दा अरु कुनै बस्तुको आबश्यक पर्दछ जसले त्यस समयबाट पारगराउँदछ ।शुभ समाचार त यो हो कि येशूको बलिदानले हामीलाई चाहेको सबै धार्मिकतालाई समेतेको छ जसले गर्दा निर्धक्कसंग बिश्वाससाथ परमेश्वरको अगाडी उभिन सक्दछौं ।
रोमी ३:२१,२२, १०:३, २ पत्रुस १:१
के तपाँईले त्यस बिबाहको निम्तोलाई स्विकार गर्नुभएको छ तर शर्तलाई पनि स्विकार गर्नुभएको छ ?
४ निर्दोष सावित
"यसकारण अव ख्रिष्ट येशूमा भएकाहरुलाई दण्डको आज्ञा छैन" रोमी ८:१ ।यस पद हाम्रो लागि धेरै उत्तम पद हो बिषेश गरेर जो न्यायको अगाडी उभिन्छ ।शुभ समाचार त यो हो कि न्यायको समयमा हाम्रो धार्मिकतामा उभिनु पर्दैन ।येशूको धार्मिक पहिरण लगाएर न्यायको आशनअगाडी उभिन सक्छौ । यसले गर्दा हामी यो ढुक्क हुनसक्छौं कि हाम्रो कामको आधारमा न्यायईन्साफ हुन्छ तर त्यो हाम्रो उद्धारको आधार हुनेछैन ।येशू माथी हाम्रो बिश्वास र आस्थाको आधारमा उहाँको पुण्य धार्मिकताई ओढेर मुक्ती पाउँछौं तर हामी उहाँमा कति आस्था, भरोसा र बिस्वास गर्छौं भन्ने चरितार्थ हाम्रो दैनिक कर्मले देखाउँदछ । जव हामी येशूलाई पुर्ण समर्पण गर्दछौं र उहाँको निर्देशनमा हिंडछौं भनी प्रण गर्दछौं उहाँले तत्कालदेखी न्यायको समयसम्म आफ्नो छत्रछाँयामा हामीलाई राखेर उहाँको धार्मिक वस्त्रले छोपीदिनुहु्न्छ ।उहाँको धार्मिक कार्यको दायरामा हामी पर्दैनौं भने त्यसको औचित्य हामीलाई हुँदैन ।
याकुब २ अध्याय हेर्नुहोस किनभने यसले न्यायईन्साफको समयमा हामी येशूमा छौं भनी दावि गर्दछौं तर हाम्रो जिवनबाट येशूमा भएको जिवनलाई प्रदर्शन गरेन भने के हुन्छ सो स्पष्ट पार्दछ ।
हुन सक्छ हामी प्रश्न गर्छौं, मसंग बिश्वास छ भनेर देखाउन प्रसस्तकाम कसरी देखाउने ? यो न्यायोचित प्रश्न हो तर यो त्रुतीपुर्ण मानसिकताको उपज हो । यसले यस्ताको मानसिकताको प्रतिबिम्व गर्दछ जसले भने, "प्रभु प्रभु, हजुरको नाउँमा के हामी तपाँईको प्रवक्ता भएनौं र ? हजुरकै नाँउ लिएर शैतान र उसका दुष्टआत्माहरुलाई मानिसबाट भगाएनौं र ?
हजुरको नाँउमा अपारका कामहरु गरेर देखाएनौं र ? (मत्ती ७:२२) अर्थात फरिसी पण्डितको दावी हेर्नुहोस्, "हे परमेश्वर, तपाँईलाई धन्यावाद दिन चाहन्छु किनभने म अरुजस्तो मानिस होईन, जो अन्याई, चुसाहा, दुष्चरित्र र मसंग उभिएको कर्मचारी जस्तो छैन । म हप्ताको दुईचोटी उपबास बस्छु, मसंग भएको सबैचिजको दशांस म दिन्छु" लुका १८:११,१२ ।
तर त्यस्तो धार्मिक अहंको सट्टा हामी त्यस कर्मचारीको जस्तो हृदयहुनुपर्दछ जसले आफ्नो छाटी पिटेर परमेश्वरको मन्दिरमा यस्तो प्रार्थना गरे, "प्रभु, म पापीमाथी करुणा होस" लुका १८:१३ ।जो मानिस येशूको पुण्यधार्मिक कार्यको अलिकतीपनि झलक भए उसले परमेश्वरको अनुग्रह र दयाको अगाडी आत्मसमर्पण गर्नेहोला किनभने जतिसुकै स्वच्छ हृदय र मायाले काम गरेपनि परमेश्वरको सामु उभिन त्यसले परिपुर्ति गर्दैन ।त्यसैकारण हामि बिश्वासमा जिउनु पर्दछ र उहाँको प्रतिज्ञाहरुमा भर पर्नुपर्दछ र येशूकै कामको आधारमा हामी उद्धारपाउँछौं भनि निर्ढक्क हुनु पर्दछ । हाम्रो कामले होईन तर येशूको ज्ञानमा र उहाँमाथीनै आस्थाराखेको भरमा उद्धार पाउँछौ भन्ने पुनितज्ञानले हामीलाई उहाँतर्फ आकर्षित गर्दछ ।यस्तो परमेश्वरमाथीको अचुक बिश्वासले हाम्रो जिवनलाई पुर्ण बदलाहत ल्याउँछ र हाम्रो कामले येशूको जिवनलाई रुपान्तर (Transformation) गरेका छौं कि छैन भनेर बताउँछ ।
५, कर्मको फल: तर बिश्वासद्वारा उद्धार
ध्यानपुर्वक तलका विचारहरुलाई बाईबलको पदहरुको आधारले हेर्नुहोस किनभने यसले बिश्वासद्वारा उद्धार पाउनेको निम्ती कर्मको फलले न्यायदिलाउँछ भन्नुको तात्पर्य के हो सो बुझाउन खोज्दछ ।ईसाई हुँ भनेर दावी गर्ने हरेकको जिवन परमेश्वरको अगाडी आउँदछ । हरेक काम, हरेक गोप्य वा छुपाएका कुराहरु र हरेक निकम्मा वा ब्यर्थका वचनहरुलाई छानिबिन हुनेछ ।हेर्नुहोस: भजन १३५:१४, उपदेशक १२:१४, मत्ती १२:३६, रोमी १४:१०-१२, २ कोरन्थी ५:१०, हिब्रु १०:३०
यस्तो छानबिनको अगाडी को उभिन सक्दछ र ? कोहि पनि सक्दैन । रोमी ३:२३, गलाती ३:२२, १ तिमोथी १:१५, रोमी ३:१० ।
तर येशूका सच्चा भक्तहरुको लागि येशू उनिहरुको लागि वकिल भएर, उनिहरुको प्रतिनिधी भएर उनिहरुको पक्षमा बकालत गर्नुहुनेछ ।रोमी ८:३४, हिब्रु ६:२०, ७:२५, ९:२४, १ युहन्ना २:१।
तिनीहरु आफैमा केही छैन वा परमेश्वरको अगाडी उभिन र धर्मिछौं भन्ने कुनैपनि आफ्नै गुणप्रस्तुत गर्ने छैन तै पनि उनिहरुको पश्चाताप र बिश्वासी जिवन कस्तो थियो भनेर त्यसबेला उदाङ्ग हुनेछ । मत्ती ७:२४-२७, युहन्ना १४:१५, याकुव २:१४-२०, १ युहन्ना ४:२०, ५:३ ।
तिनीहरुले एक आफसमा कसरी ब्यबहार गरे, गरिव, आबश्यक परेकालाई वा बन्धनमा परेकालाई कसरी मद्दत गरे, कसरी क्षमापाए अनुसार अरुलाई क्षमा दिए, बोलि वचन र कामहरु (मत्ती ७:२, १२:३६, ३७, १८:२३-३५, २५:३१-४६) आदीपालनगरे उद्धार पाउने भनेको होईन तर प्रभु येशूलाई ग्रहण गर्नेहरुले उल्लंघन गरेको परमेश्वरको आज्ञाहरुबाट सफाई कसरी पाए भनेर न्यायको समयमा लेखादिनुपर्दछ । तर येशूको रगत वा उहाँको धार्मिक वस्त्रपहिरेर मात्र हामी न्यायबाट पार हुनसक्दछौं । लैब्य १६, जकरिया ३:१-५, मत्ती २२:१-१४, रोमी ८:१,३४ हिब्रु ९:२४, १ युहन्ना २:१
अर्थात एलेन जी, ह्वाईटले स्पष्टरुपमा भनेका छन्, "हो हामीले हाम्रो पापपुर्ण अबस्थालाई ख्यालगर्नु पर्दछ तै पनि हामी येशूको धार्मिक चरित्रमा, पवित्रतामा र उद्धार उहाँमै छ भनेर भर पर्नुपर्दछ ।शैतानले हामीलाई अनेक लांच्छना लगाउँदछन् र त्यसको प्रतिवाद हामीले गर्न सक्दैनौं । येशूले मात्र प्रभावशालीरुपमा हाम्रो पक्षमा बोल्नुहुन्छ । उहाँलेनै हाम्रो बिरोधमा अनेक लांच्छनालगाएर ढलाउन खोज्ने शैतानसंग सामना गर्नुहुन्छ । येशूले हाम्रो बिरोधीको मुख टालिदिनुहुन्छ तर हाम्रो कामको मोलबाट होईन तर उहाँले आफ्नो जिवनलाई अगाडी तेर्स्याएर ।" टेस्टिमोनी फर द चर्च, ठेली ५, पृ, ४७२ । त्यसैकारण उहाँको करुणा र अनुग्रहमा पुरा भरोसा राख्नुको बिकल्प अरु छैन । यसैको फलस्वरुप हामी येशूप्रती कृतज्ञ भएर र हामीले उहाँलाई हृदय, मन र शरिरलाई समर्पण गरी उहाँलाई सेवाभक्ती अर्पण गर्दछौं । हाम्रो मुक्तिको जमानी उहाँ हुनुहुन्छ र हामीले आफ्नो काम र चरित्रबाट मुक्तिको फल भोगीरहेका छौं भनी देखाउँदछौं ।नत्र भने हामी येशूमा छौं भनेर कसरी देखाउने ?
के तपाँईको आचरणले तपाँई ख्रिष्ट येशूमा हुनुहुन्छ भनेर प्रदर्शन गर्दछ ? आफ्नो जिवनलाई नियालेर हेर्नुहोस: बिश्वास देखाउन काम गर्नुहुन्छ कि बिश्वासको कारण स्वत: काम गर्नुहुन्छ ? आत्मआलोचना गरेर हेर्नुहोस जिवनको कुन भागमा तल्लिन भएर येशूको प्रतिबिम्व गर्न आवश्यकता थान्नुहुन्छ ?
अन्तमा:
बिश्वासी जनहरु परमेश्वरको सामु न्यायईन्साफको लागि प्रस्तुतहुने परिपक्षमा एलेन जि, ह्वाईट यसो भन्नु हुन्छ, "उनीहरुको एउटै आशा परमेश्वर हुनुहुन्छ, उनीहरुको रक्षाकवच प्रार्थनामात्र हुन् । जसरी यहोशु स्वर्गदुतको सामु बिन्तीभाव गरिरहेको थिए त्यसरीनै आखिरका अन्तिम मण्डलीले पनि चुर हृदय र साँचो बिश्वासले येशूलाई उनिहरुको पक्षमा बोल्नलगाएर उनिहरुले क्षमा र उद्धार खोज्नुपर्दछ । तिनीहरु आफ्नो पापप्रती पुर्ण सचेत हुन्दछ, तिनीहरु आफ्नो कमजोरी र अयोग्यतालाई नियालेर हेर्दछ जव आफुलाई हेर्दछ उनीहरु निराशले छाउँदछ ।हाम्रो प्रतिद्वन्धी शैतानले औंला ठड्याएर दोषलाई तेर्स्याउँद छ जसरी यहोशुलाई गरेका थिए । उसले उनीहरुको फोहर लुगालाई देखाउँदछ र उनिहरुको दोषी चरित्रको पर्दाफास गर्न खोज्दछ । उसले उनीहरुको कमजोरी र मुर्खता, कृतज्ञन्नता र येशूका भक्त भन्न सुहाउँदैन भनेर आक्षेप लगाउँदछ ।" एलेन जि, ह्वाईट, टेस्टिमोनी फर द चर्च, ठेली ५, पृ, ४७३ । फेरी त्यही सन्दर्भमा, "शैतानले उनीहरुको जिवनको लेखाजोखा प्रस्तुत गर्दछ, उनीहरुको दोषी चरित्रलाई पर्दाफास गर्दछ, उनिहरको अख्रिष्टिय ब्यबहारलाई औल्याउँछ जसले प्रभु येशूको अपमान भएको थियो र उसलेनै तिनीहरुलाई आफ्नो चक्रब्युहमा पारे कसरी फसाए जसले गर्दा तिनीहरु येशूको होईन आफ्नै मतियार हुन भनेर दावि गर्दछ ।
येशूले तिनीहरुको पापलाई अस्विकार गर्नुहुन्न तर तिनीहरु पश्चताप गरेर बिश्वास द्वारा क्षमा प्राप्त गरेका कारण येशूले परमेश्वर पिता र पवित्र स्वर्गदुतहरुको सामु आफ्नो छेंडिएको हातहरु उचालेर भन्नुहुन्छ, — उनिहरुलाई नामबाटै म चिन्दछु र उनिहरुको नाउँलाई मेरो हत्केलामा कुँदेको छु ।'" एलेन जि, ह्वाईट, द ग्रेत कन्त्रोभर्षी, पृ, ४८४
सोच्नुहोस:
क्रुसको कारण हामी येशू आउनुहुने पुर्व संज्ञामा हुने न्यायईन्साफदेखी भय मान्नु पर्ने आवश्यक छैन । निराश भएकाहरुले येशूमा हिंडाउन हामीले खोज्नुपर्दछ ।
"जवसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज । उहाँ नजिकै हुनुहुँदानै उहाँलाई भेट ।दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो बिचार त्यागोस् र परमप्रभुतिर फर्कोस् र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ । हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस र उहाँले त्यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ ।" यशैया ५५:५,६
