बर्तमान परिपक्षमा न्यायईन्साफको अर्थ

मुल पद: "परमेश्वरको भय मान, उहाँलाई महिमा देउ; किनभने उहाँले गर्नुहुने न्यायको समय आएको छ: र त्यस परमेश्वरको उपाशना गर जसले स्वर्ग, पृथ्वि, समुद्र र पानीको मूलहरु सृष्टि गर्नुभयो" प्रकाश १४:७

अहिले सम्म १८४४ का येशू आगमन पुर्व न्यायईन्साफको बारेमा धेरै आधारभूत तथ्यहरु हेर्‍यौं । हामीले बाईबलको आधारमा यस न्यायईन्साफको शिक्षालाई पुर्ण बिश्वास गर्दछौं ।हामीले पृथ्विका नमूना पवित्रस्थान, दानियलका भविष्यबाणी, येशूको जिवन र मृत्यु अनि हिब्रुको पुस्तकमा हेरेर यो निष्कर्षमा आएको दावि गर्दछौं कि हामी एडभेन्टिष्टले १८४४ को न्यायईन्साफको शिक्षा बाईबलसम्मत छ ।
यसले अर्को प्रश्‍न खडा गरेको छ जो ईन्कार गर्न सकिन्दैन । हामी २० सौं सताब्दीमा छौं र १८४४ मा न्यायईन्साफ वा छानबिनको घट्नालाई प्रकाशमा ल्याईयो बर्तमान परीपक्षमा यससंग हाम्रो के सरोकार छ ? सेभेन्थ डे एडभेन्टिष्टको हैसियतले यो हामीलाई किन अर्थपुर्ण मान्दछौं ? यो प्रकरणको शिक्षा जान्न र मान्न हामी किन महत्वपुर्ण ठान्छौं ? यसले परमेश्वरको चरित्रलाई कसरी प्रदर्शन गर्दछ र उहाँले दिनुहुने मुक्तिसंग के सम्बन्ध छ ?

हो, हाम्रा एडभेन्टिष्ट पुर्खाहरुले १८४४ को महान निराशलाई निराकरण गरियो, विलियम मिलरले बाख्यागरेको भविष्यबाणीलाई ठिक ठाउँमा ल्याईयो ।तर त्यससंग अहिले हामीलाई के सरोकार छ र ? देढसय बर्ष अगाडी घटेको घट्नाले बर्तमानलाई के असर पर्दछ र ? यस अन्तिम भागमा यस केहि प्रश्‍नका जवाफहरु हेर्नेछौं ।

१, न्याय र ईन्साफ

हाम्रो संसार जताततै हेर्छौं अन्यायनै अन्यायले भरिपुर्ण छ; हरेक देशमा, हरेक सरकारमा, हरेक शहरमा, गाउँमा, बजारमा असामानता, बिकृती, दुष्टता र बेइमाननै बेइमान छन् । संसारमा शायद कोहीछैन होला जो कुनै न कुनै रुपमा भयाभव अन्याय र अत्याचारको सिकार भएको छैन । खास गरी भन्ने हो भने यस संसारमा जिउनु भनेकै अन्यायको सामना गर्न हो नत्र भने यस संसार पापपुर्ण छ भनेर कसैले भन्दैन होला ।
सवभन्दा ठुलो अन्याय क्रुसमा भएको थियो जहाँ पापरहित येशू सबै पापीहरुको लागि सजायँ भोग्नुभयो । त्यसैकारण हामी यो भन्न सक्दछौं कि जुन अन्याय हामी सहन्छौं यो भन्दा वढी परमेश्वर येशूको ब्यक्तित्व धारण गर्नुभएर सहनुभयो ।

भजनसंग्रह ७३:१-१७ मा न्याय र पवित्रस्थानको बिचमा भएको सम्बन्धलाई बुझाउँछ ।



१८४४ संग सम्वधित पवित्रस्थानको शिक्षाले न्यायपुर्ण ईन्साफ हुनेछ, दुष्टले आफ्नो कुकर्मको फल पाउनेछ र धर्मिजनहरु परमेश्वरबाट उचित न्याय पाएर उनिहरुको पुनस्थापना हुनेछ । हाम्रो न्यायको समयको समाचारले न्यायहुन्छ मात्र होइन तर कहिले हुन्छ भनेर देखाउँदछ । अर्थात १८४४ को समाचारले यो भन्दछ कि परमेश्वरको न्याय सधैंको लागि ढिलो हुन्दैन । न्याय हुन्छ भनेर भन्नु भएको छ र न्यायको समय आयो पनि भनिएको छ (प्रकाश १४:७) । हामीले संसारलाई दिने सन्देश यहि हो कि परमेश्वरको न्याय हुन्दैछ, हामीले उहाँमाथी भरोसा राख्‍न सक्दछौं र जतिसुकै अहिले बुझ्न गार्‍हो भएपनि शैतानले सजायँ पाउनेछ र भलोचिताउनेको भलोनै हुनेछ । सबैले पाउनुपर्ने समाचार यहि हो कि छानबिन र न्याय सु्रु भइसक्यो र छिट्टै अन्तिम नतिजाको प्रतिक्षामा छौं । अहिले बिश्वास र आस्थामा हाम्रो जिवन धाल्नु पर्दछ र अन्त्यको न्याय र धर्मिजनहरुले उचित सम्मान पाउनेछन् ।
के तपाँईले कसैलाई हालसालै अन्यायपुर्वक हेपेका छौ ? त्यसलाई ठिकठाउँमा ल्याउन के गनु पर्दछ ?

२, निर्दोष सिद्ध गर्नु र परमेश्वर

यस पुस्तकमा परमेश्वर र शैतानको बिचमा भएको महान अन्तरद्वन्धको मुख्य बुंदालाई केहि मात्रामा हेर्‍यौं कि दुष्टको अगाडी परमेश्वर निर्दोष सावित भएको छ । र नव धार्मिक शब्द, थियोदेशी भन्ने पनि पनि जान्यौं ।

यहि परिपक्षमा हामीले यो सिक्यौंकि न्यायईन्साफले परमेश्वरको चरित्रलाई प्रदर्शन गर्दछ । यसले यो देखाएको छ कि परमेश्वर खुलारुपमा पाप, बिद्रोह र धार्मिक बिश्वासघाटसंग सामना गर्न आफै खट्नुहुन्छ । जतिसुकै प्रतिकुल अबस्थामा पनि परमेश्वरमाथी भरोसा राख्‍न सकिन्छ र संसारमा र संसारले जतिसुकै दुष्टपुर्ण रोषपुर्ण ब्यबहार एक आफसमा गरेपनि सारा जगतको अगाडी ति सबै पर्दाफास हुनेछ । बर्तमानमै सारा जगतले हामीलाई नियालेर हेरिरहेका छन् भनेर हामीले भाग १२ मा हेर्‍यौं । यस बिषय बढी जान्नु जरुरी छ किनभने यसले धेरैकुराहरुलाई खुलासा गर्दछ ।

निम्न पदहरुले परमेश्वर कति निर्दोष हुनुहुन्छ भनेर देखाईएको छ:
भजन १९:९--------------
रोमी ३:२६---------------
१ कोरन्थी ४:५-------------
१ कोरन्थी १३:१२-------------

येशूआउनु पुर्व न्यायले यो बताउँदछ कि सारा जगतको सामु परमेश्वरले खुलारुपमा काम गरिरहनुभएको छ । हामी एडभेन्टिष्टहरुले यो बिश्वास गर्दछौं कि हामी जस्तो छौं त्यसरीनै चिन्नेछौ‍ १ कोरन्थी १३:१२ । हामीले स्वर्गदुतहरुको पनि न्याय गर्नेछौं भनि जानकारी छ १ कोरन्थी ६:३ । यसले यो पनि बताउँदछ कि हाम्रै अगाडी सबै खुलासा र छानबिन हुनेछ । छोटकरीमा भन्ने हो भने यो प्रक्रिया सुरुभइसकेको छ । एकदिन सबै प्रश्‍नहरुको जवाफ पाउनेछौ‍ जस्तो दर्द, कष्ट, दुष्टता, पाप, अन्याय, अत्याचार, असमानता आदी किनभयो ? अरु परमेश्वरको जनहरुसंग परमेश्वरको धार्मिक चरित्र र न्यापराणता देख्‍नेछौं । अनि उहाँले पाप, अधर्म र बिद्रोहलाई कसरी निर्मुल पार्नुहुन्छ सो देख्‍नेछौं ।

परमेश्वरलाई सोध्ने धेरै प्रश्‍नहरु होला । कति कुराहरु अहिले बुझ्न सकिन्दैन होला । तर हामीलाई प्रतिज्ञा दिएको छ कि एकदिन परमेश्वरले हाम्रो प्रश्‍नहरुको जवाफ दिनुहुनेछ र उहाँको धार्मिता र भलाईको दिल खोलेर प्रशंसा गर्नेछौ‍ ।

३, येशूको दोश्रो आगमन

दानियल ७ को न्यायआशनको दृष्य फेरि पुनरालोकन गर्नुहोस ।यसमा धेरै महत्वपुर्ण दृष्यलाई देखाएको छ । जाँचबुझ गरी न्यायको फैसला येशूको दोश्रो आगमनपुर्व घट्ना हो भनेर दर्शाएको छ ।
निम्न पदहरुले कुन घट्नालाई साझारुपमा बर्णन गरिएको छ हेर्नुहोस्:-
युहन्ना १३:२---------------
प्रेरित १:११------------------
१ थेस्सोलोनी ४:१४-१८-------------
प्रकाश २२:१२--------------------

यि बाहेक अरु पदहरुपनि खोजेर हेर्नसक्नुहुन्छ जसले एउटै घट्नाको चित्रण गरीएको छ ।



येशूआफैले उहाँको पुन:दोश्रो आगमनको बारेमा बराबर भन्नुभएको पाउँदछौं । प्रथम शताव्दीका बिश्वासीहरुले उनिहरुकै समयमा येशूआउनुहुन्छ भनेर अठौट गरेको थिए । त्यसै समयदेखी ईसाईहरुले अनेक दर्दको सामना गर्दै उहाँको प्रतिक्षा गरिरहेको छ । एक पिंढी देखी अर्को पिंढी उहाँको दोश्रो आगमनको प्रतिक्षा र आशालाई जिवित पार्दै उहाँ आउनुहुन्दा जिवितै हुन्छौ भन्ने बिश्वासको चिराकलाई बालिरहेको हामी पाउँदछौं ।

हो अझसम्म हामी यहीं छौ‍ र समय बित्दैजान्दा उहाँको आगमनको आशामा खडेरी नपर्नसक्छ भन्न सक्दैनौ।
यही परिपक्षमा १८४४ को पुर्व आगमनको न्यायईन्साफ सान्दर्भिक हुनआउँछ । किनभने यसले प्रभावशालीरुपमा हामी कुन युगमा छौं भनेर ‌औंल्याईएको छ । यो परमेश्वरले दिनभएको सन्देश हो जसले भन्दछ कि "ममाथी भरोसा राख । मैले भने अनुसार आउँदैछु । यो समय धेरै टाडा छैन ।"
यो १८४४ को प्रकरण संसारलाई परमेश्वरले दिनभएको अन्तिम भविष्यबाणी समय हो भनेर बिश्वास गर्दछौं । यसले यो बताउँछ कि संसारमा घट्नुपर्ने घट्नाले गर्दा हामी संसारको अन्तिम संघारमा छौं भनेर देखाउँदछ र उहाँको आगमन छिट्टै छ । हामीले अगाडी हेर्‍यौं कि दानियललाई भविष्यबाणीमा देखाएका सबै राज्यशक्तिहरु अभुतपुर्व पुराभएको हामीले देख्‍यौं जसले गर्दा बाँकी भविष्यमा पुराहुनुपर्ने कुराहरुपनि पुराहुन्छ भन्ने पुर्ण बिश्वास छ । त्यसैकारण १८४४ र अरु सबै घट्नाक्रमलाई अवलोकन गर्दा उहाँको आगमन नजिक छ भनेर अठौटसाथ भन्न सक्दछौं ।
येशूले भन्नुभएको अन्तको चिन्हहरु र संसारका घट्नाक्रमहरुलाई पुनरावलोकन गर्नुहोस् र उहाँको आगमनको नजिकतालाई मनन् गर्नुहोस । साथै यो पनि ख्यालगर्नुहोसकि जुन जाँचबुझ, न्यायईन्साफको ज्ञानहुनु कति सान्दर्भिक र यि उहाँको आगमनलाई घोषणा गर्ने आधारशिला हो ।

४ मुक्तिप्रति पुर्ण बिश्वासता

१८४४ को सन्देशको उचत्तम बुंदा भनेकै बिश्वसनियताको खवर हो । यसमा यो प्रतिज्ञा जोडिएको छ कि जव सम्म हामी परमेश्वरमा बिश्वाससाथ रहन्छौं, नम्रतासाथ आस्थामा चल्दछौं, पश्चाताप र परमेश्वरको आज्ञाहरुमानेर आज्ञाकारी भएर हिंडछौं, हाम्रोलागि मुख्य पुजाहारी हाम्रो पक्षमा बोलीरहनुभएको छ भन्ने निश्‍चयता पाउँदछौं र न्यायआशनमा हाम्रो सट्टा उहाँ उभिनु भएको छ। हो हामी पापी हौं र परमेश्वरको आज्ञालाई जानीनजानी उलंघन गर्‍यौं र हामी मृत्युका भागी हौं तैपनि येशूमाथीको आस्थाले हामी होईन उहाँनै हाम्रो जमानी भएर वकालत गर्नुहुन्छ । यो नै १८४४ को पु्र्व आगमनको न्यायईन्साफको पुर्वाधार तयार पार्ने महत्वपुर्ण समाचार हो । यसले हाम्रो मुल्यांकन परमेश्वरले उचितरुपमा दुधको दुध पानीको पानी छुट्याई हामीलाई उद्धारको छापलगाईदिनुहुनेछ भनि निश्चयता दिन्दछ ।

कति ईसाईहरु यस येशूआउनु पुर्व न्यायको बारेमा अनभिज्ञ छन् किनकी उनिहर यो बिश्वास गर्दछन कि एकफेरा मुक्तिपाए पछी ति मानिस सदासर्वदा मुक्तिको सहभागी हुन्छ चाहे उसले प्रभुमा निरन्तर बिश्वास गरोस वा नगरोस वा पापमा फेरी पतन होस । निम्न पदहरु हेर्नुहोस र उक्त शिक्षा कति असत्य र खतरापुर्ण छ भनेर बताएको देखाउँछ ।
एजकियल १८:२४ ---------------
मत्ती २४:१३----------------------
लुका ८:५-१५----------------------
रोमी ११:१६-२१--------------------
१ कोरन्थी ९:२७----------------------

अरु कतिले झै हामी एडभेन्टिष्टहरुले मानिस एकफेरा बिश्वास गरेपछी सधै मुक्ति पाउँछ भन्ने धारणालाई स्विकार गर्दैनौं । यो स्वाभाविक छ कि येशूलाई एक फेरा बिश्वास गर्नेहरु आफ्नै ईच्छाले बिश्वास छोड्न सक्दछ । यही प्रसंगमा येशू आउनु पुर्व न्यायको फैसला हुनुपर्दछ भन्ने अर्थपुर्ण हुनुआउँछ किनकि येशू आउनु अघि मानिस येशूको पक्ष वा बिपक्षमा को छ भनेर फैसला भैसकेको हुनुपर्दछ । न्यायको समय भनेको परमेश्वरले हाम्रो पक्ष बा बिपक्षमा निर्णय कसरी गर्ने भनेर सोचाईमा पर्ने समय होईन तर हाम्रो आस्थाअनुसार चलेको छ वा छैन अथवा बिश्वास गरेको छ वा गरेको छैन, त्यसको आधारमा गर्ने अन्तिम निर्णायक फैसलाको समय हो । यस न्यायको शुभसमाचार यहि हो कि यदि हामी प्रभुको धार्मिकताको बस्त्र लगाउन सक्षंम भएर बस्यौं भने हाम्रो नाउँ त्यस न्यायका आसनमा प्रस्तुत हुन्दा उहाँले सिट्टैमा दिनुभएको मुक्तिलाई ग्रहण गरेको आधारमा येशूले हामीलाई मुक्तिको लालमोहर लगाईदिनु हुन्छ । त्यस पछि मात्र सत्यवादी ईसाई सदाको लागि उद्धारको मुकुट पैरिनसक्दछ ।

कसैले तपाँईलाई मुक्ति पाउनु भयो भन्ने प्रश्न गरे के जवाफ दिनुहुन्छ र किन ?

५. काम अनुसार न्याय

यो निश्चय छ कि बाईबल अनुसार हाम्रो कर्म वा कामले उद्धार दिने होईन (रोमी ३:२४) तैपनि यो सुनिश्‍चित छ कि हाम्रो न्याय हाम्रो काम अनुसार हुन्छ (उपदेशक ३:१७, १२:१४, २ कोरन्थी ५:१०, १ पत्रुस १:१७ )। यसले हामीलाई यो समझदारीमा ल्याउनुपर्दछ कि हामीलाई हाम्रो कामले न्यायको समयमा निर्णाएक भुमिका खेल्ने भएकोले मुक्ति पाउन होईन जुन कामको आधारमा सम्वभ हुन्दैन तर संसार र सारा जगतको अगाडी प्रभु येशूले हाम्रो जिवनमा मुक्तिको प्रताप प्रतक्ष परेको छ वा छैन भन्ने यथार्थता हाम्रो काम र आचरणले दर्शाउँदछ ।

एफिसी २:८-१० र याकुव २ अध्यायलाई हेर्नुहोस र काम र बिश्वासमा के सन्तुलन भएको पाउनु हुन्छ ?

गत भागमा हेर्‍यौं कि कामले हामीलाई उद्धार दिन नसकेपनि हाम्रो कामद्वारा उद्धार पाएका छौं कि छैन अर्थात यसले हाम्रो जिवन येशूमा समर्पित छ कि छैन भने देखाउँदछ । यसले अर्को पक्षपनि देखाउँदछ: हाम्रो जिवनद्वारा थियोदेशी र परमेश्वरको स्वभाव र चरित्रको पुष्टयाई गर्दछ ।

अयुब १:७-११, मत्ती ५:१६, १ कोरन्थी ४:९ र एफिसी ३:१० ले हाम्रो सुकर्मलाई कुन दृष्टिले हेरेको छ सो बताउँदछ ।

अन्तमा न्यायईन्साफको प्रकरणले यो देखाउँदछ कि सारा जगतको अगाडी हाम्रो कामलाई बिषेशरुपमा हेरिरहेको हुन्छ ।यदि हामीले परमेश्वरलाई प्रेम गर्दछौं र उहाँले दिनुभएको मुक्तिको उपभोग गरिरहेका छौ‍ भने हामीले जगतलाई यो सन्देश दिन चाहन्छौं कि परमेश्वरले हाम्रो लागि गर्नुभएको कार्यले उहाँलाई प्रेम र सेवा गर्दछौं ।सुकर्मले बिश्वासद्वारा येशू हाम्रो जिवनमा हुनुहुन्छ भनेर प्रतक्ष देखाउँदछ ।सुकर्मले उद्धार पाउने होईन तर हामी पापी भए पनि येशूले हाम्रो जिवनद्वारा कहिलै नाशनहुने राज्यको हकदार (दानियल ७:१४) बनाउन कार्यसम्पादन गर्नुभएको छ भनेर देखाउँदछ ।

तपाँई बिश्वासी हुनुहुन्छ वा हुनुहुन्न भन्ने अरुले हेरीरहेका हुन्छन् ।तपाँईको जिवनले गैर बिश्वासीहरुले के खवर पाइरहेकाछन् ?

अन्तमा १८४४ ले एडभेन्टिष्टलाईनै औंल्याउँदछ । एडभेन्टिष्टहरुको बिश्वासको आधारनै हाम्रा आत्मिक पुर्खाहरु विलियम मिलरको अनुयायी जसले १८४४ को घट्नाको अर्थ त्रुटिपुर्ण भएपनि तिथी चाहीं ठिक थियो। त्यसैकारण हाम्रो बिश्वास सम्पदामात्रै होईन अघीका पुर्खाहरुको १८४४ माथीको बिश्वास बाईबलमा आधारित छ भनेर देखाएको छ । यसैकारण एडभेन्टिष्ट भएको नाताले कसरी १८४४ तिथी बाईबलमै आधारित छ भन्ने ज्ञानहुनु अति जरुरी छ । सुरुदेखी अहिले सम्म यस बिषयमा धेरै ज्ञान हासिल गरेका छौं र गरिनैरहनेछौं तर यस बिषेश दिक्षा जुन एडभेन्टिष्टले पाएको छ त्यसमा कुनै द्विभिधा हामीमा छैन। हाम्रा एडभेन्टिष्ट पुर्खाले जुन १८४४ को आधारमा यस मण्डलीको स्थापना गरे त्यसको जग परमेश्वरको वचनमै छ भन्ने पुर्ण निश्‍चयता हामीमा छ । सारांशमा भन्ने हो भने एडभेन्टिष्टको हैसियतले १८४४ सम्वन्धी ज्ञानमा मजवुतहुनु अति जरुरी छ किनकि यो ज्ञान हाम्रो मण्डलीको बिषेश शिक्षा हो ।

छलफल:
    १ बिचार गर्नुहोस तपाँईको पुनर्जिवन जिवनले येशूले उद्धारगरेको जिवन हो वा होईन कसरी दर्शाउँदछ ?
    २ ईस्वी १८४४ को न्यायप्रकरणले हामी भविष्यवाणीको समयमा छौं भनेर ज्ञान मिलेको छ तैपनि यो धेरै बर्ष अगाडीको कुरा हो ।समय बितिरहेको छ त्यसलाई कुन रुपमा हेर्नुहुन्छ ? यसको जवाफ दिने क्रममा १२,६० बर्षहरु, २३०० बर्षहरु, ४९० बर्षहरु आदीको पनि ख्याल राख्‍नुहोस । परमेश्वरका जनहरु बिभिन्न भविष्यवाणी समयको परिपाटीभित्र परेको देखेकाछौं यसमा हामीपनि पर्दा परमेश्वरप्रति कस्तो धिरजसाथ आस्थावान र निष्ठावान हुनुपर्दछ र हाम्रो हतार होईन उहाँको समयलाई पर्खनु पर्दछ भनेर देखाएको छ ?

मण्डलीले यस पुस्तकलाई राम्रोसंग अध्ययन गरी सबै बिश्वासीहरुलाई सिविर वा कुनै तरिकाद्वारा १८४४ को समाचार बाईबलमा आधारित छ भनेर जनाउ दिनु हरेक अगुवाहरुको कर्तब्य हो ।