आधारशिलाहरु

मुल पद: "यदि जगनै नष्ट हुन्छन् भने धर्मी जनले के गर्न सक्छ र ?" भजन ११:३

दक्षिण अफ्रिकाको लौरेन भेन्दर पौष्टको बै ऄՠĕो टेबुलमा एउटा पत्थर सजाएर राखेको थियो ।यो अनौ अ ˠĕालो पत्थर के हो भन्दा उनले जवाफ दिए कि ति ढुंगा अफ्रिकाको १५,००० फुट तल जमिनबाट निकालेको भनी जवाफ दिए । उसको साथीले एक पत्रसाथ ति पत्थर प ऄޠďको थियो, "यो पत्थर एक प्रतिक हो जसमा तपाँई र मैले आफ्नो जिवनको जग बसाल्न खोजिरहेकाछौं ।"

हामीले कुनै न कुनै जगमा हाम्रो जिवनलाई निर्माण गरिरहेको हुन्छौं ।अक्षरसमा भन्ने हो भने हामीले हाम्रो पाईतालामुनीका पत्थरमाथी भवन निर्माण गर्दछौं साथै हाम्रो जिवनलाई बिभिन्न शिक्षादिक्षा र सिद्धान्तहरुले संचालन गरेको हुन्छ । नास्तिकहरु, धार्मिक अतिबादीहरु, बैज्ञानिकहरु र अबिश्वासीहरु सबैका जिवनहरु कुनै न कुनै आफ्नै मौलिक सिद्धान्तहरुमा चलेको हुन्छ ।

ईसाई आस्थावानहरुले आफ्नो मौलिक सिद्धान्तहरु येशूको ब्यक्तिगत जिवनमा आधारित हुन्छ किनकि हामी उहाँमै रहन्छौ‍, चल्दछौं र हाम्रो जिवन उहाँकै हातमा छन् (प्रेरित १७:२८)।तर येशूको बारेमा पुर्णत बाईबलबाटैमात्र थाहा हुन्छौं । यसेकारण मुलत: बाईबल हाम्रो जिवन र आस्थाको आधारशिला हुन् । जसरी लौरेनले सजाएको पत्थरले उ कुन जगमाथी रहेको बताउँछ त्यसरीने उत्पतीको पुस्तक सारा बाईबलका जग भनेर मानिन्छ ।यस प्रथम भागमा यस बाईबलका आधारशिला उत्पतीको पुस्तकलाई प्रथमत: हेर्नेछौं ।

१ उत्पती र नयाँ नियम

बाईबलका प्रथम पाँच पुस्तकलाई पेन्टितक भनिन्छ जुन ग्रिक भाषामा पाँच हो ।यी पाँच पुस्तकहरु, उत्पती, प्रस्थान, लैब्यब्यबस्था, गन्ती र ब्यबस्था, हाम्रो बाईबलमा हुने सम्पुर्ण बिश्वासका जगहरु उपलब्द गराउँदछ । यी बिना हाम्रो धार्मिक आस्थाको कुने अर्थ हुन्दैन ।

प्रथम पाँच पुस्तकहरुमा उत्पतीले संसार कसरी उत्पती भयो भनेर बर्णन गरेको पाईन्छ । यदी हाम्रो उत्पती ऄߠĕ छैन भने सबै बे ऄߠĕ हुन आउँछ । डकर्मीले आफ्नो धागो सोज्याएर ईंटा सिधा राखेर पर्खाल बनाएन भने ति पर्खाल बाँगो र अनुपयुक्त हुन्छ । त्यसैले उत्पतीको पुस्तकले हाम्रो प्रादुर्भावको सन्देश प्रष्ट र पृ ऄՠİुपमा प्रस्तुत गरेको पाउँछौं ।परमेश्वर प्रति हाम्रो आस्था ढाल्न शैतानलै अनेक युक्त रचेको हुन्छ ।प्रथमत: उसले बाईबल प्रतिको बिश्वासमै धलमल्याउन खोज्दछ । उत्पतीको पुस्तकलाई उसले भयंकररुपमा आक्रमण गरेको पाईन्छ । यदि यसमा हाम्रो बिश्वास र आस्थालाई बितुलो पार्न सक्यो भने बिश्वासको सबै संरचना भत्काउन सजिलो पर्दछ ।

प्रभु येशू र नयाँ नियमका लेखकहरुले उत्पतीको पुस्तकको सत्यता, यथातथ्यता र बिशुद्धतालाई कुन दृष्टिकोणले हेरेको पाईन्छ
सो निम्न पदहरुमा हेर्नुहोस:-
मत्ती १९:३-८--------------------------
लुका १७:२६-२७----------------------
प्रेरित ७:१-१५---------------------
रोमी ४:३, ९-२१, ५:१४------------
१ कोरन्थी १५:२२-------------------
गलाती ३:६--------------------------
१ तिमोथी २:१३,१४-----------------
हिब्रु ११:३-२२----------------------
१ पत्रुस ३:२०----------------------

अनेक प्रमाण जुताउन खोजेर उत्पतीको ऐतिहासिक मान्यतालाई भत्काउन खोज्ने आलोचकहरुलाई सुन्ने कि येशू, पावल र पत्रुस जस्ता बिश्वास र आस्थाको खम्बाहरुलाई ध्यान दिने ? उत्पतीको पुस्तकको सत्यतामाथी प्रश्‍न गर्नुनै नयाँ नियममाथी प्रश्‍न गर्नु हो । किनभने नयाँ नियमले बारम्बार उत्पतीको पुस्तकलाई उदृध गरेको पाउँछौं । यदि उत्पतीकोपुस्तक शंकास्पद छ भने नयाँ नियममाथी कसरी भर पर्ने ? त्यसकारण हामी यो पाउँदछौं कि उत्पतीको ऐतिहासिक यथार्थतालाई शंका, उपशंका र प्रश्‍न गर्‍यौं भने हाम्रो बिश्वास र आस्था चक्नाचुर हुन्छ । बिश्वास र आस्था भत्काउने शैतानको चलखेल हो ।

सानातिना यस्ता कुराहरु छन् जसले बिश्वासको धरोहरलाई हल्लाउन सक्दछ ।तर ति कुराहरुमा अल्झेर बस्नुहुन्न । बाईबल परमेश्वरको बचन हो कि होईन भनेर शंकास्पदरुपमा हेर्न थाल्यौं भने अरु बिश्वासको आधार के छ त ?

२ शक्तिशाली र करुणामय परमेश्वर

उत्पती परमेश्वरको बारेमा प्रकाश पार्ने सर्बप्रथम र मुख्य पुस्तक हो । यसमा मानवजातीलाई लिखितरुपमा सृष्टिकर्ता र उद्धारकको बर्णन गरिएको छ ।

निम्न पदहरु हेरे परमेश्वरको बारेमा के निष्कर्षमा आउनुहुन्छ सो आफै सोच्नुहोस्:-
उत्पती १:१-----------------------------------
उत्पती ७:११----------------------------------
उत्पती १४:१९,२२----------------------------
उत्पती १८:२३-३३---------------------------------
उत्पती ४८:१५----------------------------------------

बाईबलको प्रथम पुस्तकले परमेश्वरको शक्ति र सामर्थलाई गुन्जाएको पाउँछौं । यसमा हामी उहाँलाई सृष्टिकर्ता, न्यायकर्ता, उदाहरणिय, पालनहार, सर्बोच्चमा बिराजमान हुनुहुने, सर्बशक्तिमान र अनन्त परमेश्वरको रुपमा चिन्हाइएको छ । सार्बभौमसत्तासम्पन्न हुनुभएकोले उहाँको अस्तीत्व सदासर्बदामात्र होईन सबै थोकको प्रादुर्भाव उहाँले गर्नुहुन्छ ।त्यतीमात्र होईन परमेश्वरको बारेमा धेरै कुराहरु यसमा प्रकट गरीएको छ । न्यायको शिलशिलामा उहाँले देखाउनुभएको सदाशयता हामी यसमा देख्दछौं त्यसको साथै मानिसले पापगर्दा उहाँलाई कस्तो शोकाकुल हुनुभयो र तैपनि उहाँको महान धैर्यताको पनि प्रदर्शन गरिएको छ ।जलप्रलय अघि नोहालाई नियुक्ती गरेर धेरै बर्षसम्म मानिसहरुले अधर्म त्यागोस भनेर हरेकलाई उद्धारको सन्देश सुनाए । सोडोम र गोमरहाका पापहरु जस्तोसुकै भयंकर भएपनि त्यसप्रति सदाशयता देखाउन उहाँ तत्पर हुनुहुन्थ्यो । उत्पतीभरीनै पाप र दुष्टतालाई जतिसुकै तिरस्कार गर्नु भएपनि शक्तिसम्पन्न र दयाले लादिनुभएको परमेश्वरले पतित मानिसलाई प्रेमगर्न चाहनुहुन्छ र उद्धार गर्न उत्सुक हुनुहन्छ भनेर प्रदर्शन गरिएको पाउँदछौं ।

छोटकरीमा परमेश्वरको बारेमा तपाँईको दृष्टिकोण के छ तल लेख्‍नुहोस:-


३ परमेश्वरसंग जम्का भेट

गत बु‍दामा हामी हेर्‍यौं कि परमेश्वर सर्बशक्तिमान हुनुहुन्छ, उहाँको बचनले पृथ्वि उत्पन्न भयो, बिश्वाब्यापी जलप्रलय
ल्याउनुभयो, र बिद्रोही तथा हिंसात्मक शहरहरुलाई आगो बर्षाएर ध्वस्त पार्नुहुन्छ। एउटा मानिसभएको नाताले परमेश्वरको यि सबै
कार्यकिलाप देखेर श्रद्धाभाव नराख्‍ने को होला ?

तै पनि बाईबलले परमेश्वर नजिक र हरेकसंग ब्यक्तिगत संलग्नता छ भनेर देखाएको छ । उहाँ कुनै पौराणिक कथाका ईस्वर जस्तै संसारलाई सृष्टिगरेपछि तपस्यागर्न कहिं बिलाएर गएको नभएर बाईबलले पापी मानिससंग आबद्ध भईरहेको भनी प्रस्तुत गर्दछ । यो तथ्य येशूको जिवन र मृत्युले देखाउँदछ (फिलिप्पी २:५-८) । उत्पतीको पुस्तकमा गिरेको मानिससंग कस्तो अन्तरक्रिया गर्नुहुन्छ सो हेर्नपाउँछौं । परमेश्वर दयालु र करुणामय हुनुहुन्छ भन्ने भावना हामीमा भयो भने उपरोक्त कथन मि ऄޠĸसंग लिन सक्दछौं ।

हेर्नुहोस निम्न केहि पदहरुमा परमेश्वर मानिससंग कसरी पारस्परिकरुपमा अन्तरक्रिया गर्नुहुन्छ रयसले उहाँको चरित्रलाई कसरी चित्रण गर्दछ सो देखाएको पाउँछौं:-
उत्पती २:७------------------------------------------
उत्पती ३:८-------------------------------------------
उत्पती १८:१७------------------------------------------
उत्पती ३९:२१-------------------------------------------

के तपाँईले परमेश्वर तपाँईको नजिकहुनुभएको कहिले अनुभव गर्नुभएको छ ?


४ आधारशिलाहरु

प्रेरित ६ अध्यायमा बिश्वास र शक्तिले भरिपुर्ण तथा महान अच्चम्भ र आश्‍चर्य कामहरुगर्ने येशूमा बिश्वास गर्ने यहुदी बिश्वासीलाई धार्मिक महासभाको अगाधी घिच्च्याएर ल्याएको थियो (प्रेरित ६:८) किनभने उसले येशूको बारेमा प्रचार गरेको थिए र त्यस मतलाई अघि बढाउन प्रोत्साहन गरेका थिए। प्रेरित ७ अध्यायले उसको बक्तब्यलाई उतारेको छ र जस्को फलस्वरुप उसलाई ढुगामुढागरी यहुदी पण्डितहरुले हत्यागरे ।

प्रेरित ७:२-१७ मा उसको भाषण पढ्नुहोस र निम्न प्रश्‍नहरुमा ध्यान दिनुहोस:-

१ जब ति पण्डितहरुको अगाडी ईतिहासबाट बृतान्त बताउँदा स्टिफनले ति बृतान्तहरुप्रति कस्तो बिश्वसता प्रकट गरेको पाउँछौं ? यसले हामीलाई के पा ऄ ؄ߠĕाउँछ ?


२ उसले कुन ईतिहासको पानाहरुबाट ति बृतान्त पाएको थियो ?


३ येशूप्रतिको बिश्वास जनाउन र उहाँको पक्षमा बोल्न उसले बाईबलको ईतिहास पल्ताउन उसको के उद्देश्य थियो ?


माथीको प्रसंग हेर्‍यौ‍ भने स्टिफनले येशूनै मशिह हुनुहुन्छ भनेर गरेको दाविलाई चुनौती दिएको पाउँछौं । उसले आफ्नो प्रतिबाद उत्पतीको पुस्तकबाट सुरु गर्छ जसमा परमेश्वरबाट अब्राहमको बोलावत, उहाँको बंशबाट यूशुफ कसरी ईजिप्तमा गए, त्यसदेखी ईस्रायलको राज्यको स्थापना र मन्दिरको निर्माणसम्म बृतान्त बताएर ति सबै कसरी धर्मी येशूमा अन्तभयो भनेर देखाउँदछ प्रेरित ७:५२। यो महत्वपुर्ण छ कि स्टिफनले उत्पतीबाट महान सत्यहरुको बाख्यागरी ति सबै सत्यहरुको पराकाष् ऄ ބϠŇशूनै हुनुहन्छ भनेर देखाएको थियो (युहन्ना १४:६) । यी यहुदी येशूका चेलाहरु जुन प्रथम मण्डलीका मुटु थिए तिनीहरुले येशूप्रतिको बिश्वासको आधार पबित्र बाईबलनै हो भनेर बिश्वास गरेका थिए र उत्पतीको पुस्तक त्यस बिश्वासलाई सुरुवाट गर्ने थलोको रुपमा लिएका थिए । यसरी हाम्रो बिश्वासको आधारशिलालाई मजबुत पार्न उत्पतीको पुस्तकलाई हृदयंगम गर्नु कति जरुरी छ भन्नुमा दुईमत छैन ।

तपाँईको जिवनको जगहरु के के छन् जसले तपाँईको आधारभूत बिश्वास पल्हाएको हुन्छ ति मनन् गर्नुहोस ? ति जगहरु कति मजबुत छन् ? अनेक कष्टमापनि ढृध बिश्वासमा नहलिने गरी बस्न के ति जगहरु अटल छन् ?

५ धर्मात्मा बिश्वासबाट जिउनेछ

"किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जोचाहिँ सम्पुर्ण रुपले बिश्वासद्वारा नै
आउनेछ । यस्तो लेखिएको छ —धर्मीचाहीँ बिश्वासद्वारा नै जिउनेछ'" रोमी १:१७

माथीको बाक्यलाई आफुले कसरी बुझ्नुभएको छ सो तल लेख्‍नुहोस:-


प्रायजसो हामी यो धारणा पाउँछौं कि पुरानो नियममा बिश्वासीहरु ब्यबस्था, रितिथिती अपनाएर उद्धार पाएको हुन्छ र येशूको आगमन पछि ईसाई जगतले बिश्वासमात्र गरे मुक्तिपाउँछ । तर यो बाईबलको शिक्षा होईन, यस्तो धारणा न त नयाँ नियममा छ न त पुरानोमानै छ । नयाँ नियम अनुसार परमेश्वरको जनहरु सुरुदेखीनै बिश्वासबाट जिएको पाउँछौं ।

हिब्रु ११:१-२२ मा उदृध गरिएका उत्पतीमा उल्लेखित केही प्रेरणादायी जिवनकहानीहरु पढ्नुहोस ।उल्लेख गरीएका हरेक ब्यक्तिको जिवनले रोमी १:१७ संग कसरी सामजस्यभएको पाउनु हुन्छ ? तपाँई उनिहरुको स्थानमा भए परमेश्वरमाथी भरोसा र बिश्वास राख्‍न कस्तो आबश्यक हुनुपर्थ्यो भन्ने महशुस गर्नुहुन्छ ? जिवनमा तपाँई अहिले जुन अनुभव गरिरहनु भएकोछ उनिहरुको प्रेरणादायी जिवन हेरेर परमेश्वरमाथी भरोसा राख्‍नु निर्बिकल्प हो भन्ने ऄޠĨ्नु कति उपयुक्त छ सो बिचार गर्नुहोस ।

हिब्रु ११:१३-१६ पढ्नुस । यसले के भन्न खोजिरहेको छ ? आफ्नै जिवनमा हेर्नुहोस, तपाँईको क्रियाकलापले तपाँई कुन देशतिर अघि बढिरहेको छ भनेर देखाउँछ ? येशूमा हुने जिवनको यात्रामा अघि लम्किन तपाँईको जिवनमा के परिवर्तन आउनुपर्दछ ?




अन्तमा

"बाईबल परमेश्वरको बचन हो भन्ने बिश्वासलाई डगमगाउन मानिसहरुले उच्च आलोचनाबाट, छियाछिया पारेर, अनेक अडकलबाजी राखेर र पुनकल्पना गर्न खोज्दछ । यसले परमेश्वरको बचनको शक्ति जसले मानिसलाई प्रेरणा दिन्छ, शैतानको छलबाट संयत्रण गर्दछ र उसको उन्नती खोज्दछ, त्यसलाई लुटेको हुन्छ । बिभिन्न आध्यात्मिकबादले यो सिकाउँदछ कि मानिसको ईच्छाने सर्वोपरी छ, जे गर्नपनि स्वतन्त्र छ र मानिसको लेखाजोखा मानिसलाई मात्र दिनुपर्दछ ।तर अहिलेको मानिसको मुख्य खाँचो भनेको उच्च शक्ति माथी भरपर्न सिक्नु, शुद्ध र कुलिन चरित्रबान हुनुनै हो ।" एलेन जि. ह्वाईट, आक्टस अभ आपोस्टलस. पृ, ४७३,४७८

"ईसाई जगतमा अशुभ, रात र अन्धकारले छाईरहेको छ ।परमेश्वरको आज्ञाहरुदेखी तर्काएर मानिसलाई रात, गहिरो अन्धकार र तोड्न नसकने चक्रब्युहमा पारिराखेको छ ।ऽपरमेश्वरको सत्यतालाई दुष्प्रभावित बनाउन अनेक शक्तिहरु जुतिरहेका छन् । मानिसले परमेश्वरको सट्टा आफ्नै दिक्षाहरु सिकाईरहेको हुन्छ ।अनेक युक्तमा प्रभावशाली भएको कारणले मानिसको बचनहरुलाई सत्य ऄޠĨेर ग्रहण गरेको पाईएको छ ।सुशमाचारलाई बंग्याएको छ र पवित्र बाईबललाई आफ्नै स्वार्थसिद्धको लागि प्रयोग गरेको छ । येशूको समय जस्तै सत्यको ज्योतीलाई पछाडी धकेलेको छ । परमप्रभु परमेश्वरको बचनलाई लत्याएर मानिसका सिद्धान्तहरु र अनुमानहरुलाई उच्च प्राथर्मिकता दिएर सम्मान गरेको छ । सत्यलाई गलतले प्रतिबाद गरेको छ । अहिले पनि चुम्मा गरेर येशूलाई धोका दिईरहेका छन् । परमेश्वरबाट तर्किने अन्तसम्म हुनेछ । अन्तमा यस्ताको गोप्य द्वैध चरित्र र अन्धकार प्रभाव बेबिलोनको मरुभुमीमा खडेरी परेझै परेर तिनीहरुको पर्दाफास हुनेछ ।" एलेन जी. ह्वाईट, बाईबल एको, फेब्रुअरी १, १८९७


बिचार गर्नुहोस्:-

माथीका उदृध बचनहरु अहिलेपनि कति सान्दर्भिक छन् ? कस्ता कस्ता मानिसहरु वा बिद्वान भनाउँदाहरु छन‍ जसले बाईबलको आधिपत्यलाई फेंक्न खोजेका छन् ? त्यस्ताको चक्रब्युहमा नपर्न हामीले के सावधान अपनाउनु पर्दछ र कस्तो किसीमको सुरक्षात्मक कवच हामीले धारण गर्नुपर्दछ सो सोच्नुहोस् ।गैर बिस्वासीहरुलाई परमेश्वर तपाँईको नजिक कसरी हुनुभएको छ, गवाही दिनुस ।

"आदिमा परमेश्वरल आकाश र पृथ्वि सृष्टि गर्नुभयो ।… “

मुल पद: "परमेश्वरको बचनले स्वर्गहरु बनिए; र उहाँको मुखको सासले त्यहाँको सबै ग्रह-नक्षत्रहरु सृजिए ......उहाँको मुखको बचनले सारा सृष्टि रचियो, उहाँले बोल्नुभयो र ति सृजियो, उहाँले आज्ञा गर्नुभयो र ति स्थिर रह्यो ।" भजन ३३:६,९

मानिसको प्रादुर्भाव कसरी भयो भन्ने जिज्ञासामा एक प्रख्यात बैज्ञानिकले यसरी लेखे: "हामी यहाँ छौं किनकि कुनै फरक ढंगका माछाहरुका छुट्टै किसीमका पखेटा थियो जसबाट जमिनमा हिंड्ने जिवातहरुको प्रादुर्भाव भयो ।" तर बाईबलका प्रथम पुस्तकका प्रथम दुई अध्यायहरुले हाम्रो अस्तित्व भिन्नै किसिमबाट भएको भन्दछ: हामी यहाँ छौं किनकि दयालु र उदार परमेश्वरले अक्षरस छ दिनलगाएर यस पृथ्विमा जिवन सृष्टि गर्नुभयो ।आधुनिक बिकासबादको सिद्धान्तले बाईबलले बर्णन गरेका सृष्टिका तथ्यहरुको सरासर प्रतिबाद गर्दछ । मानिस बा कुने जिवहरु सुक्ष्मरुपबाट बिकासभएर आएको भन्ने कुनैपनि अनुमानित बिचारधारालाई बाईबलमा स्थान छैन । यस भागमा सृष्टिसम्वन्धि हेर्नेछौं र यसमा बिषेश गरी मानिस संयोगबाट प्रादुर्भाव भएको भन्ने अनुमान परमेश्वरले कुनैरितिले दिनखोज्नुभएको पाउँदैनौं ।बाईबलले हाम्रो सुरुवात कुनै माछाको पखेताबाट पल्हाएर हातखुत्ता भएर मानिसको उत्पती भयो नभनी कसरी परमेश्वरले बोल्नुभयो र सारा सृष्टि उत्पती भयो भनेर प्रष्टरुपमा बर्णन गरेको छ ।

१ आदिमा परमेश्वरले...

उत्पती १:१ बाईबलकोसम्पुर्ण पदहरुमध्य अति महत्वपुर्ण पद हो भनेर स्विकार्दा कतिले बिबादास्पद भनिन्छ होला । तर हामी ईसाई भएकोले हाम्रो बिश्वासको सम्पुर्ण श्रोत यसमा निर्भर भएको पाउँदछौं । यसमा ब्यक्त गरिएको भावनालाई कुन्थित गर्‍योभने हाम्रो सबै बिश्वासका आधारशिलाहरु चक्नाचुर हुन्छ बिषेश गरेर बर्तमान परिपेक्षमा जव खुँखार बैज्ञानिकहरुले हाम्रो सृष्टि अचानक, योजना बिना भएको र बिकासबाद (Evolution) अनुसार मानिस सुक्ष्म जिव बाट बर्तमान अबस्थामा उभिनसकेको हो भनेर बकालत गरेको पाईरहेका छौं । बाईबलको प्रथम पदले त्यस सिद्धान्तलाई धरातलमा फेंकिएको पाउँदछौं ।

हेर्नुहोस निम्न पदहरुले कुन कुरामा एकरुपता दिन्दछ ?

  • प्रस्थान २०:११
  • अयुब ३८:४
  • युहन्ना १:१-३
  • कलस्सी १:१५-२०
  • हिब्रु १:२
  • प्रकाश १४:६,७

सृष्टिका प्रक्रियामा मात्र होईन प्रकृतीका प्रबर्धक परमेश्वर उत्पती १ को केन्द्रबिन्दु भएको पाउँदछौं ।३१ पदहरुमा ३२ पतक ति शब्द परमेश्वर भन्ने उल्लेख गरेको पाउँदछौं ।यसले परमेश्वरले सृष्टिमा कस्तो भुमिका खेल्नुभयो भनेर प्रदर्शन गरेको पाउँछौं । उत्पतीको प्रथम अध्यायले गैर योजनाबिना आकस्मितरुपमा धर्ति र यसमा रहेको जिवहरुको उत्पति भयो भन्ने धारणालाई निराकरण गर्दछ । साथै बिभिन्न धार्मिक बिश्वासअनुसार संसारको उत्पती देव देवताहरुको संघर्षद्वारा वा तिनीहरुले सृष्टि गरेको भन्ने होडबाजीलाई लत्याएर एकै सार्भभौमिकसत्ता परमेश्वरले सृष्टिगर्नुभएको हो भनेर यस अध्यायले देखाउँदछ । क्रियापद शब्द "सृष्टि गर्नुभयो (हिब्रुमा बारा)" परमेश्वरको कार्य-कलापमामात्र प्रयोग गरेको पाउँछौं । अर्को साधारण शब्द जुनकी मानिस वा परमेश्वरले गरेको कामलाई ब्यक्तगर्ने क्रियापद "आशा" हो । तर परमेश्वरले मात्र स्वर्गहरु, नक्षत्रहरु, अरबौं आकाशगंगाहरु र पृथ्विको सृष्टिको साँचो आफ्नो हातमा लिनुभएको छ । त्यस सृष्टिभित्र रहेर मात्र काम गर्न "आशा" गर्न सक्दछौं तर परमेश्वरले मात्र सृजनु "बारा" हुन्दछ । यो मौलिक नियम हो कि सृष्टिकर्ता भन्दा सृष्टि महान हुनसक्दैन । यसले सहजरुपमा बिश्वास गर्नुपर्दछ कि सारा जगतहरुका सृष्टिकर्ता परमेश्वर ति जगतहरुभन्दा महान हुनुहुन्छ र त्यस परमेश्वर जसले आकासगंगामा तैरिरहेको हाम्रो पृथ्विका मानिसजातिका लागि मानवरुप धारण गरेर हामी भोग्नु पर्ने मृत्युको सजायँ उहाँले भोग्नुभयो, यसले उहाँको चरित्रको बारेमा तपाँई के भन्नुहुन्छ ?

२ सृष्टि

जव उत्पती १:१ मा आदीमा परमेश्वरले स्वर्ग (आकाश) र पृथ्वी सृष्टि गर्नुभयो भन्दछ प्रायजसो मानिसले सारा जगतनै त्यससमय सृष्टि गर्नुभयो भनेर अनुमान गर्दछ । तर आकाश वा स्वर्ग भनेर शब्दजुन पहिलो अध्यायमा उपयोग गरिएको छ त्यसले उक्त अनुमानसंग सहमत हुन्दैन ।

हेर्नुहोस स्वर्ग बा अन्तरिक्ष भनेर प्रथम अध्यायमा प्रयोग गरेको शब्दार्थ, बिषेश गरेर पद २० । बिषेश गरेर यसमा स्वर्ग
वा अन्तरिक्ष वा आकाश भनिएको छ, यसको अर्थ उक्त पदअनुसार के होला ?




जव परमेश्वरले संसार सृष्टि गर्नुभयो त्यसबेला पृथ्विको अबस्था कस्तो थियो भनेर पद २ले बताउँदछ ?




पृथ्वि आकारबिना र सुन्य थियो भनिएको छ अर्थात यस्तो बातावरण वा परिस्थिती थियो कि ति बिरुवा र कुनै जिवजिवाणु बिनाको पृथ्वि आकारहिन, आकृतिहिन र सुन्य थियो अर्थात त्यो जिवनबिनाको पृथ्वि थियो । जे जति सृष्टि गर्नुभयो उहाँले आज्ञा गर्नुभयो र त्यो हुनआयो (पद ३,६,९,११:१४,२०,२४; भजन ३३:६-९) अर्थात उहाँले ति पदार्थबाट पृथ्विका जिव जन्तुहरु सृष्टिगर्नुभयो जुन पृथ्विमा जिवनको प्रादु्भावभन्दा अघिनै थियो ।यि पदहरुलाई सरासरति हेर्दा अस्तित्वहिनबाट सृष्टि भएको होईन भनेर बताउन खोजेपनि परमेश्वरले सृष्टि गर्नुहुन्दा पुर्व-अस्तित्वभएको पदार्थको आवश्यक उहाँलाई थिएन । उहाँले जुनसुकै पदार्थ उपयोग गरेर यो पृथ्वि सृष्टि गर्नुभयो ति पदार्थको अस्तित्व पहिला थियो किनकि बाईबलले भन्दछ उहाँले सबैथोक सृजनुभयो ।उक्त भनाईलाई युहन्ना १:४ ले कसरी तेवा दिन्छ हेर्नुहोस जसले उत्पतीको प्रथम पदहरुले देखाउँदछ:-

उत्पतीका प्रथम दुई पदहरुले हाम्रो अस्तित्व कसरी भयो भनेर देखाउँदछ: सृष्टिकर्ता परमेश्वरले आकारबिना र सुन्य पृथ्विबाट हामीलाई सृजना गर्नुभएको हो । कति कुराहरु रहस्यमय छन् जुन बर्तमान अबस्थामा कहिलैपनि बुझ्न सक्देनौ । जे भएतापनी परमेश्वरले हामीलाई अचम्भतरिकाले सृष्टिगर्नुभएको हो भन्ने मतमा द्विविधा छैन । हाम्रो अचम्भतरिकाले अस्तित्व भएको र सृष्टिका चमत्कारलाई ध्यानगर्नुहोस र परमेश्वरप्रति किन आभारित हामी हुनुपर्दछ सो चिन्तन गर्नुहोस ।

३ सृष्टिका दिनहरु

सृष्टिका बृतान्तहरुमा सृष्टिका समयहरु जुन आदम र हवामा अन्त हुन्छ ति दिनहरुलाई जुन आक्रमक दृष्टिले बुज्रकहरुले हेर्दछ ति भन्दा शायद अरुकुनै छैन होला । सारा ईसाई जगतले पनि जसले बाईबललाई उच्चरुपमा हेरेतापनि थोरैले मात्र सृष्टिलाई स्पष्टरुपमा अक्षरस २४ घण्टा लगाएर छ दिनमा परमेश्वरले संसार रच्नुभयो भनिपत्यार गर्दछन् ।बिकासबाद सिद्धान्त (इभ्युल्यसन थ्यउरी) जसले बाईबलको हरेक संरचनालाई अस्विकार गर्दछ, ति ईसाई समुहहरुमापनि बिषमरुपमा गहिराईमा फैलाईएको हामी पाउँदछौं । येशूले एक बखत आफ्नो दोश्रो आगमनलाई लक्षित गर्दै भन्नुभएको थियो, "जव मानिसको पुत्र आउँछ, त्यसबखत संसारमा बिश्वासी कोही बाँकीहोला र ?" लुका १८:८ । जवसम्म मानिस बाईबलमा आधारित मौलिकशिक्षातिर मूलपरिबर्तन हुन्दैन तवसम्म उहाँ सृष्टिकर्तानै हुनुहन्छ र बाईबलअनुसार परमेश्वरलेनै संसार सृष्टिगर्नुभएको भन्ने आस्था राख्‍ने बिरलै होला भन्नेमा अनुपयोक्तिनहोला । उत्पती १ सरसरती हेर्नुहोस बिषेश गरी सृष्टिको समयमा ख्याल राख्‍नुहोस । यसमा अक्षरस २४ घण्टानै भनिएको हो भन्ने के प्रमाण देख्‍नसक्नुहुन्छ ? बाईबलमा अरुकुन स्थानहरु छन् जहाँ संसारको सृष्टि अक्षरस दिन हो कुनै सालंकार वा अनगिन्ती समयलाई लक्षित होईन भनेर देखाउँद छ, उदाहरण स्वरुप प्रस्थान २०:८-११ हेर्नुहोस ?




सोचपुर्वक उत्पती १:४, ५ पढ्नुहोस । साधारण पढाईमा यि दुई पदहरुले एक पुरादिन हो भनेर स्पष्टपारेको छ, जसमा एकदिन भनेको दिन र रात भएर हुन्छ भनेको छ । पदले भन्दछ यि दुई तत्वहरु मिलेर प्रथम दिन भएको हो । यो प्रणालीलाई हिब्रुभाषामा यसरी वर्णन गरिएको छ, "र बेलुका भएको थियो र बिहान भएको थियो, दिन एक" । यहि २४ घण्टे प्रथमदिनको प्रणाली अध्यायको बाँकि अंशमा सबै सृष्टिका दिनहरुमा प्रयोग गरेको पाउँदछौं । "बेलुका भयो र बिहान भयो, दिन दुई,....दिन तिन " आदि । यसरी बाईबलको प्रथम पदहरु अनुसार जुनकुरा प्रस्थान २० मा पनि डोर्‍याएको छ कि छ दिनहरु लगाएर परमेश्वरले संसार र आकाश सृजनुभयो यो २४ घण्टाको दिन हो भनेर उहाँले स्पष्ट पार्न चाहनु हुन्छ- घटि पनि होईन बढि पनि होईन ।

४ फुल कि चल्ला ?

यो अचम्भ मान्नु पर्देन कि उत्पतीमा बर्णन गरेको सबै सृष्टिका बृतान्त बुझ्न त्यति सहज छैन किनभने पृथ्वि र जिवन त्यती सरल छैन । हामीलाई केवल ५६ पदहरुमा (उत्पती २ समेत) सृष्टिका बृतान्त बताएको छ । जावो बाईसाईकल कसरी मर्मत गर्ने भन्ने पुस्तिका त त्यती छोटो हुन्दैन । त्यसै कारण सृष्टिको बृतान्तमा धेरैकुराहरु छुटेको छ । तै पनि हामी अनन्त जिवनको प्रतिज्ञाको भागीदार भएकोहुनाले यहाँ छुटेका कुराहरु जान्न असिमित समय पाउनेछौं ।त्यसको बाबजुदपनि हामीलाई बाईबलमा धेरै जानकारी दिएको छ जुन हामीले सोच्न काफी छ । उत्पती १ फेरी पढ्नुहोस र सृष्टिको क्रमबद्धतालाई ध्यान दिनुहोस । यसलाई हेरेर पृथ्विमा जुनरुपमा प्राकृतिक जिव र अजिवको सृजना भयो ति कति अर्थपुर्ण छ भनेर सोच्नुहोस्:-




उत्पती सुरु गर्छ पृथ्वि आकारबिना र सुन्य थियो (उत्पती १:२) । अनि परमेश्वरले आकार दिनुभयो र सुन्यतालाई हताउनुभयो । क्रमबद्धमा हेर्नुभयो भने तपाँईले यो पाउनुहुन्छ कि त्यहाँ अन्धकार थियो र उज्यालो भयो जसले दिन र रात छुट्याउँछ । त्यसपछि आकाश वा बायुमण्डलको उल्लेख गरिएको छ । पृथ्विको सृष्टिमै पानी थियो जुन जिवनको लागि नभैनहुने तत्व हुन् । अनि परमेश्वरले सुख्खा जमिन उत्पन्न गराउनु भयो जहाँ घाँस, हरियापरिया बिरुवाहरु, रुखहरु र बिभिन्न बोटबिरुवाहरुको सृष्टिभयो जुनको बिउ आफैमा थिए (पद ११,१२) त्यसपछि सुर्य, चन्द्रमा र ताराहरु देखापरे (यहि क्रमबद्धरुपमा किन यसरी ति ग्रहहरु देखापरे त्यसको उत्तर स्वर्गमै पाईनेछ भन्नुमा उपयुक्त हुनसक्दछ)। अन्तमा परमेश्वरले जमिनमा हिंड्ने, पानीमा पौडिने र आकासमा उड्ने बिभिन्न थरिका जिवतजिवातहरु सृजनुभयो । ति सबैलाई पृथ्विमा फुल्दैफल्दै जाउ भनेर आशिष दिनुभयो (पद २१) । यसरी हाम्रो सिमित ज्ञानले यो भन्दछ कि परमेश्वरले चरमबद्धरुपमा आबश्यकअनुसार चाहिने ढाँचामा यहाँ जिवनको रचना गर्नुभयो ।

अव उत्पतीको बाख्या अनुसार आफै भन्नुहोस: पहिला फुल आयो कि चल्ला आयो ? तपाँईको जवाफले तपाँईको बिस्वास के मा निहित छ भनेर प्रदर्शन गर्दछ ?



५ मानवजातको सृष्टि

आदमको सृष्टि र अरु जनावरहरुको सृष्टिमा के समानता छ ? उत्पती १:२४, २:७, १९




तिनीहरुमा के भिन्नता छ ? उत्पती १:२६,२७, २:७




आदम र अरु जिवजन्तुहरुको रचनामा हवाको चाहिँ कुन छुट्टैरुपमा रचना भयो ? उत्पती २:२१-२४




यो स्विकार गरिसकेको छ कि सृष्टिको बारेमा असंख्य धेरै कुराहरु छन् जुन बाईबलमा उल्लेख गरिएको छैन । तर जति देखाएको छ त्यसले सृष्टिको ईतिहासमा मानव जातिलाई बिषेशरुपमा प्रस्तुत गरेको पाउँदछौ । उत्पती १:२७ मा नर र नारी गरेर मानिस आफ्नै स्वरुपमा सृष्टि गर्नुभयो भनेका छन् अर्थात मानिस वा मानव जाति स्त्रि र पुरुष मिलेर बनेको हो भनेर यस पदले पुष्ट गर्दछ । सबै थोक सिद्धरुपमा सृष्टि गरेपछिमात्र परमेश्वरले आदम बनाउनु भयो जसको अर्थ हिब्रु भाषामा जमिन शब्दसंग मिल्न आउँदछ । आदम पछि हवालाई सृष्टि गर्नुभयो । मानव जात र जन्तुहरुको बिचमा केहिकेहि कुरामा मिल्दोजुल्दो भएतापनि बाईबलले ति दुईलाई भिन्नै किसिमले सृजनुभएको र बिषेश भिन्नता छ भनि बताउँदछ । फेरि यस पुस्तकमा मानिस अकस्मात वा बिकासबादको सिद्धान्तअनुरुप आएको हो भन्नेधारणालाई कुनै स्थान दिईदैन । यस सिद्धान्तको बिपरित बाईबलले यो सुत्र डोर्‍याएको छ कि परमेश्वरले हेर्नुभयो, भन्नुभयो र त्यहाँ होस् अनि अन्तमा उत्कृष्ठ सृष्टि आदम र हवालाई प्रतक्ष संलग्नतासाथ आफ्नै हातले ढालेर जिवन दिनुभयो (उत्पती २:७,२१-२४) ।यसमा आकस्मितालाई परमेश्वरले स्थान दिनुभएको छैन ।

उत्पती १:२६,२७ मा मानिसमात्र परमेश्वरको स्वरुपमा बनाउनुभयो भनेको छ । अरु जन्तुहरु र मानिसमा भिन्नता हेरेर हाम्रो बिषेशस्थान यस पृथ्विमा कसरी ओगेटेको छ सो मनन् गर्नुहोस । येशूले मानव शरिरको रुप धारण गरेर मानिसकोलागिमात्र उद्धार गर्न आउनुभएको भन्ने धारणालाई कसरी हेर्नुहुन्छ ? पापले गरेर सारा जिवजिवाणुहरुमाथि प्रभाव परेको छ ईन्कार गर्न सकिन्दैन । तर क्रुसको बिषेश स्थान संसारको सृष्टिमा कहाँ छ भनेर हृदयंगम गर्नुपर्दछ । हामीले हामीलाई र अरुलाई कुन दृष्टिकोणले हेर्दछौं सो हाम्रो आस्था कहाँ छ त्यसमा निर्भर गर्दछ ।




अन्तमा:-

"जव आदम सृष्टिकर्ताको हातबाट सृजियो उसको शारिरिक, मानसिक र आत्मिक स्वभाव सृजनहारको जस्तो थियो.... । परमेश्वरको सदिच्छा यो थियो कि जति मानिसको आयु लम्विन्दै गयो उति परमेश्वरको महिमा उसले प्रतिबिम्व गरोस् ।" एलेन जि.ह्वाईट, ऐडुकेशन, पृ. १५

चिन्तनको बिषय:

१ हामीलाई सिकाएको छ कि परमाणु (आटम) सूक्ष्म कणहरु जस्तै प्रोटन, न्युट्रन र ईलेकट्रोन मिलेर बनेको छ र ति जगतका निर्माण सामग्री हुन् । नयाँ अनुमानित सिद्धान्तले के सिकाउँछ भने ति कणहरु खासगरेर सानो कम्पन धागोहरुले बनेका हुन् ।(जसरी धागो प्रोटनको आकार हो, त्यसरी प्रोटन सौर्यमण्डलको आकार हो ) यो अनुमानित बिचार भएपनि चिन्तन गर्नुहोस कि जसरी बिभिन्न कम्पनले बिभिन्न कणहरु निकाल्दछ भने परमेश्वरले बोल्नुभयो र संसार खडा भयो भन्ने उक्तिमा अचम्भमान्नु पर्नेकुरा के छ र ?

उत्पती १:२८ मा भनिएको छ परमेश्वरले मानवजातिलाई पृथ्विमाथी आधिपत्य जमाउन सुम्पिनुभएको हो ।यसको अर्थ के हो ? यसले हामीलाई कस्तो उत्तरदायित्व बहन गर्न देखाउन खोजेको छ ? चर्च र ब्यक्तिगत हैसियतले यि जिम्मेवारी कसरी बहन गर्नसक्दछौं ?

३ बाईबलले हाम्रो पृथ्वि अलौकिक ढंगले सृष्टिगरिएको भनेको छ । यसले अलौकिकढंगले यस संसारको अन्त्य हुनेछ भन्ने बास्तविकतालाई कसरी अंगालो मार्न खोजेको छ ?

४ अबिश्वासी मानिसहरुलाई प्रतक्ष देखिने प्रकृतीबाट अदृष्य परमेश्वरको चरित्रको प्रकाश पार्न प्रयास गर्नुहोस ।

प्रारम्भिक पृथ्वी

मुल पद: "यसरी आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए" उत्पती २:१

सारा सृष्टि कसरी सृजनाभयो भनेर बर्णन गरेपछि अब मोशाले आफ्नो ध्यान मानव जातितिर र त्यसको तत्कालिन बातावरणतिर केन्द्रित गर्दछ । उत्पती १ ले सबै कसरी सृष्टि भयो भनेर बर्णन गर्छ भने उत्पती २ हामी के हौं र किन हौं भन्ने स्पष्ट पार्दछ । उत्पती २ को जानकारीबिना परमेश्वरप्रति मानिसको बफादारीता र उसको पतन जुन उत्पती ३ मा उल्लेख गरिएको छ त्यसलाई प्रायजसो अर्थहिन मान्नुपर्ने हुन्छ । आदम र हवालाई प्राकृतिक सौन्दर्य र जन्तुजनावरहरुले सुन्दर बगैचाको वरिपरि उपस्थित गराएर सृष्टिको भव्यताको बर्णन गरेको यस दोश्रो अध्यायमा पाउँछौं । यसमा पाठकवर्गलाई मानवजातिको सामाजिक आयाम र केही मात्रामा प्रलयपुर्वका ईतिहासको साथै पृथ्वीको भौगोलिक प्रारम्भिक बनावतको जानकारी दिएको छ । यस उत्पती २ मा परमेश्वरले स्थापना गर्नुभएको सब्बतको बरदान, काम, गृहस्थ र बैबाहिक जिवनपद्धतीलाई बर्णन गरिएको छ । मानिस पतितहुनुभन्दा अघि दिएका माथी उल्लेखित स्थापन अहिलेपनि मानिसको अस्तित्व, ब्यबहार र सुखीजिवनका आधार हुन् । हामी अदनको बँगैचाबाट टाडा छौ‍ तैपनि ति हाम्रो आदर्श र सैद्धान्तिकरुपमा अपनाउनु उदाहरणिय जिवनपद्धती हुन् किनकि हामी अदनिक जिवनको पुनस्थापनाको परिधीभित्र परेका छौं । बाईबलले मानिसको पतन हुनुभन्दा अघिको ईस्वरीय जिवनले हामी सबैलाई के सन्देश दिन्दछ सो थाहापाउन जरुरी छ किनकि बर्तमानमा जे थाहा छ ति गिरिएको अबस्थामा मात्र थाहा छ ।

यस भागमा अक्षरसरुपमा परमेश्वरकोसाथमा रहेर स्वर्ग भनेको के हो सो हेर्नेछौं ।

१ सब्बथ वा बिश्रामबार (उत्पती २:१-३)

अघिल्लो भागमा सृष्टि कसरी क्रमबद्धरुपमा भयो भनेर देखाएको हेर्‍यौं: अन्धकारबाट उज्यालो, पानीने पानी भएको पृथ्वीमा पानी र जमिन छुट्याएको, बायुमण्डल, हराभरा जमिन, जन्तुजनावरको सृष्टि अनि त्यसपछि अन्तिम तर उत्कृष्ठ नर र नारीको सृजना । यि सबै सृष्टिभएपछि मात्र हामीले यो पद उत्पती २:१ मा पाउँछौं, "आकाशहरु र पृथ्वीको सृष्टि सकियो र त्यहाँभएको सारा यावतबस्तुहरुपनि ।" यहाँ के भनिएको छ भने परमेश्वरले गर्नुभएको सृष्टि पुराभएको कार्य हो । यसलाई उत्पती २:२,३ ले पुर्णता दिन्दछ सबै काम सकेपछि उहाँले बिश्राम लिनुभयो ।त के उहाँ थाकेर बिश्राम लिनुभएको थियो कि आफ्नो सृष्टिका काम सकेर बिश्राम लिनुभएको ?

उत्पती २:२,३ पद पढेर निम्न प्रश्‍नहरुको जवाफ दिनुहोस्:-

क यस पदले के छैठौं दिनपछि पनि सृष्टि भनेको बिकासबाद अनुसार भईरहने प्रकृया हो ? तपाँईको जवाफले के आशय ब्यक्त गर्दछ ?




ख बिश्रामबार वा सब्बतले सृष्टिको जुन प्रमाण गर्दछ यसले यो बिषेश दिन बिश्वब्यापी र मानव कल्याणकोलागि दिएको कुनरुपमा अर्थपुर्ण पाउनुहुन्छ ?




हुन त उत्पती २ मा सब्बथ शब्द उल्लेख नगरिएपनि यो शब्द बिश्रामबाट सब्बथ भनेर आएको पाउँछौं ( हेर्नुहोस प्रस्थान २०:८-११) । जसरी छ दिन अक्षरस थिए सब्बथपनि अक्षरस हुन् । यो पनि याद गर्नुहोस सर्बप्रथम परमेश्वरले पवित्र भनेर आह्वान गर्नुभएको समय वा सातौं दिन थियो । पहाड, हिमाल, नदीहरु, वा कुनै पवित्रस्थल तर सृष्टिमा समयको बर्चत्वलाई छुट्याउनु भयो र पवित्र पार्नुभयो । यसरी सब्बतको बिषेशता, बिश्वब्यापीपना देखाएको छ, साथै यो कुनै स्थान, भौगोलिक र ईतिहासमा सिमित नराखी मानिस जहाँजहाँ रहेपनि त्यसको उपादेयता दर्शाईयको छ । जव बिश्रामबार वा सब्बतको समय आउँछ तपाँईले याद गर्नुहोस कि यो दिन अदनको बँगैचाबाट सुरुभएको हो वा मानव जातिको प्रथम सृष्टिको सातामा । यसले तपाँईको अस्तित्वलाई बिश्रामबार वा सब्बथको बास्तविकतासग गाँस्दा के अनुभव गर्नु हुन्छ ?

२ नेपेश हेयाह (Nepesh Hayyah)

उत्पती २ संसारको सृष्टिको दृष्यबाट स्थानिय बगैँचामा केन्द्रित गर्दछ । उत्पती २ मा उल्लेखित सृष्टिको बृतान्त दोश्रो वा फरक नभएर उत्पती १ को परिपुरक बृतान्त हो । उत्पती १ ले सृष्टिको अन्तिम र शिषर सृजना मानवजाति हो भनेर देखाईएको छ ।उत्पती २ ले ति मानवजातिलाई सृष्टिको केन्द्रबिन्दु बनायर देखाएको छ ।स्थलप्रकाश मानवजातमा पर्दछ र अरु सबै पृष्ठभूमीमा न्यूनिकरण भएर बस्दछ । उत्पती १ मा पाँचौ‍ दिनमामात्र जिवित जिवातहरु सृष्टि भयो भनेको छ ।यो जिवित जिवातहरु हिब्रु भाषामा नेपेश हेयाह भनिन्छ । हेयाहको अर्थ जिवन हो र नेपेशको अर्थ जिवात वा प्राणी हो । यहि शब्द २:७ मा प्रयोग गरिएको छ । उत्पती २:७ पढ्नुस र कुन शब्द नेपेश हेयाहमा रुपान्तर गर्न सकिन्छ सो सोच्नुहोस ?




मानवको सृष्टिमा प्रयोग गरिएको शब्द "जिवित प्राणी" (उत्पती २:७) अरु जिवितजिवातहरुको सृष्टिमापनि प्रयोग गरेको हुनाले प्रायजसो मानिसहरु छक्क पर्दछ । तर भिन्नता के छ भने मानवजात परमेश्वरको प्रतिरुप हो (उत्पती १:७) अर्थात भौतिक अर्थमा भन्ने हो भने मानवजात पृथ्वीको माटोसंगमात्र नभएर त्यो भन्दा उच्चतम जिवनसंग सम्वन्ध गाँसिएको छ । यस भौतिक संसारमा जिउन जसरी अरु जिवातहरुलाई भौतिक शरिरको आबश्यक छ हाम्रो भौतिक शरिर केवल यस संसारमा जिवनको लागि प्रदान गरिएको हो ।

उत्पती २:७ को नेपेश शब्दलाई रुपान्तर गर्दा प्रायजसो आत्मा भनेर गरिन्छ तर समुच्चरुपमा आत्मा अमर छैन भन्ने कसरी बुझ्नुहुन्छ ? हेर्नुहोस एजकियल १८:४मत्ती १०:२८




हुनत बाईबलले नेपेश (प्राण वा आत्मा) भन्ने शब्द बिभिन्न तरिकाले प्रयोग गरेको पाईन्छ जस्तै ब्यक्ति, स्वयं, जिवन र जिवात, तर पुरानो नियममा यो शब्द कहिले पनि प्रचलित धारणा अनुसार शरिरबिना प्राण वा आत्मा अलग भएर बस्न सक्दछ भनेको छैन । तर मानिस मरेपछि उसको आत्मा वा प्राण कताकता जान्छ भन्ने धारणा गैरबाईबलको शिक्षा बिपरित ग्रिक वा युनानहरुको तर्क हो जुन प्रायजसो सबै धर्महरुमा घुसिएको छ ।

मानिसको आत्मा अमर छ वा मरेपछि उस्को प्राणपंखेरु उडेर कताकता रहन्छ वा कताकता जान्छभन्ने गैरबाईबलको धोखापुर्ण शिक्षालाई मानिस कसरी फसिरहेको छ भनेर बिभिन्न उदाहरणसाथ चिन्तनमनन् गर्नुहोस । बाईबलले देखाएको परमेश्वरले मानिसलाई सास फुंकिदिनुभए पछीमात्र जिवित प्राणी भयो र त्यो भन्दा अगाडी उसको अस्तित्व थिएन न त येशूको आगमनपुर्ब उसको अस्तित्व हुन्छ भन्ने तथ्य धारणाले हामीलाई कस्ताकस्ता धोखापुर्ण प्रकाण्ड घट्नाहरुबाट सचेत र सुरक्षात्मक निति अपनाउन मद्दत गर्दछ सो बिचार गर्नुहोस र यो ज्ञानप्रति हामी कति आभारित हुनुपर्दछ त्यो नबिर्सिनुस् ।

३ सौन्दर्यमय बगैंचाको घर (उत्पती २:८-१७)

जव उत्पती २:१०-१४ मा भौगोलिक बर्णनगरेर अदन बगैंचाको स्थान उल्लेख गरियो यसले बाईबलका लेखकले यो स्थान कुने काल्पनिक प्रतिक वा दन्त्यकथा भनेर उतारेको छैन । पद ११ देखी १४ सम्म उल्लेखित धेरै नामहरु जल प्रलयभन्दा अघि प्रयोग गरेका स्थान र नदीहरु हुन् । जलप्रलय भएपछि हाम्रो पृथ्वीको भौगोलिक बनावट बदलिएको कारण ति स्थानहरु बर्तमान अबस्थामा यहिंनै हो भनेर तोकिन असम्भव छ ।

पद ८ देखि १७ सम्म हेर्नुहोस र सुन्दर बगैचा कसरी आदर्श घरको नमुना हो भन्न सकिन्छ ? याद गर्नुहोस त्यहाँ मानवजातलाई चाहिने भौतिक, मानसिक, नेतिक, सौभ्य, शान्तर सौन्दर्य बातावरण थियो ।




आजपनि हजारौं बर्षको पापले क्षतबिक्षत भएको संसारमा अदनको बगैचा कस्तो थियो होला भन्ने कल्पना गर्न सकिन्छ । त्यसका प्रभावहरु अहिले पनि छन् र परमेश्वरको अचम्भको सृजनात्मक शक्तिको बैज्ञानिकहरु र प्राकृतिकबिदहरुले दिनप्रतिदिन पत्तालगाईरहेको पाउँदछौं (हेर्नुहोस अयुब १२:७-९, रोमी १:१९)। यस्तो अवस्थामा अदनको बगैंचा कस्तो थियो होला भन्ने कल्पनामा मात्र भौ‍तिरियका हुन्छौं ।

तपाँई यस्तो कुनै रमणिय र सौन्दर्य स्थानमा जानुभएको छ जहाँ स्वर्ग जस्ते लाग्दछ ? के ले गर्दा स्वर्गिय अनुभव गर्नुभयो ? जुन दृष्यले र आफ्नो ब्यक्तिगत अनुभवद्वारा यस पृथ्वीको कुनै भागमा जुन परमानन्दको अनुभव गर्नुभयो, अदनको बगैंचा कस्तो थियो भन्ने परिकल्पना तपाँई गर्न सक्नुहुन्छ । "परमप्रभु परमेश्वरले मानिसलाई लगेर अदनको बगैंचामा त्यसको गोडगाड र हेरचाह गर्न राख्‍नुभयो ।" उत्पती २:१५ । यो घट्लाग्दो कथन हो किनकि मानिसलाई सबैथोकको परिपुर्ती भएर पनि परमेश्वरले बगैंचामा काम गर्न खटाउनुभयो । अंग्रेजी शब्दमा "to dress" भनेको हिब्रुभाषा अनुसार काम गर्नु वा सेवा सुश्रुषा गर्नु हो । यसरी मानिसको पतन हुनुभन्दा अघिपनि, मानवजात निष्क्रिय वा बेकाम भएर बस्नु परमेश्वरको ईच्छा थिएन । काम भनेको खराब भन्ने भावनालाई यस कथनले रद्द गर्दछ ।

हो, हामी अदनको बगैंचाभन्दा टाडा छौं तैपनि तपाँईको बातावरण वरिपरी कुनरुपमा अदनको बगैंचालाई प्रतिबिम्व गर्न सक्नुहुन्छ यसमा सोच गरेर ब्यबहारिकतामा उतार्न कोशिस गर्नुहोस ।

 

४ आदमको जिवनमा स्त्री (उत्पती २:१८-२५)

अदनको बगैंचामा सारा पर्यावरण र जन्तुजनावरहरुमाथि एउटा रुख बाहेक सबैमा आधिपत्य जमाउन सुम्पिएको थियो (उत्पती २:१६,१७) तैपनि परमेश्वरले उसलाई दिनुपर्ने केहि बाँकिनै थियो । उत्पती २:१८,२० मा परमेश्वरले मानिसलाई स्त्रि किन दिईयो सो उल्लेख गरिएको छ हेर्नुहोस्:-




यहाँ उल्लेख गरिएको छ "आदमको लागि एक सुहाउँदो सहयोगी बनाउने छु।" हिब्रुभाषामा "उसको पक्षमा उभेर मद्दत गर्ने", "उसकै बराबरीमा सहयोगी," अथवा "उसको सिक्काको अर्को पाटा" उत्पतीले नारीलाई पुरुषको बराबरीमा राखिएको छ । पुरुषको सहयोगी, प्रतिरुप वा प्रतिरुमूर्ति, सहयात्री अथवा त्यसता अबिछिन्न संगत जसमा पुरुषले जिवनमा पुर्ण सन्तुष्ट पाउँदछ साथै परमेश्वरको स्वरुपता र उहाँको सदिच्छालाई एक आपसमा बाँडिचुँडी जिवनको यात्रामा अघि बढ्न सकुन भनेर परमेश्वरले अर्धाङ्गिनीको सृष्टि गर्नुभएको हो ।

"यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरुपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरुलाई सृष्टि गर्नुभयो ।" उत्पती १:२७,२८ सोच्नुहोस उपरोक्त दुई पदहरुले यस पृथ्वीमा नर र नारीको कस्तो महत्वपुर्ण भुमिका हुन्छ सो देखाएको छ ?

जुन मूलभुत आदेश परमेश्वरले आदमलाई दिनुभयो नारी बिना उ एक्लैले पुरा गर्न सक्दैनथ्यो । पृथ्विलाई सम्हाल्न नारी संगी, श्रीमती, र सहकार्यकर्ता भएतापनि पुरुषको जिवनमा उनको भुमिका त्यत्तिकैमा मात्र सिमित थिएन । तिनीहरु दुईजिउ भएपनि एकै जिउको मनस्थितीमा रहनु परमेश्वरको ईच्छा थियो (उत्पती २:२४) । परमेश्वरले यावत सृष्टिमा हवालाई फरकै किसिमले सृजना गर्नुभएको थियो । कसरी ? उत्पती २:२१,२२ हेर्नुहोस:-




सबैथोक मानिस आदमपनि जमिनको माटोबाट सृष्टिभयो तर नारीचाहिं मानिसबाट सृष्टि भए ।यो यकिन छ कि बाईबलले त्यस भिन्न किसिमले सृजेको नारीको अर्थ के हो भनेको छैन तापनि नारीलाई कुनै हालतमा पुरुषको दाँजोमा निम्न दर्जा वा दोश्रो दर्जाको जात भनेर बाईबलले बाख्या गर्दैन । दुख:पुर्ण कुरा के छ भने धेरै समाजमा नारीलाई दासीको रुपमा ब्यबहार गरेको पाईन्छ, निम्न स्थानमा राखेर सिमित अधिकार प्रदान गरेर मानव सभ्यतामा पापको कस्तो दुशप्रभावले ओतप्रोत भएको रहेछ भन्ने ज्वलन्त उदाहरणहरु दिनप्रतिदिन पाउँदछौं ।

तपाँई जुन संस्कारमा हुनुहुन्छ त्यसमा स्त्री जातिलाई कुन रुपमा ब्यबहार गरिएको छ र उनलाई कसरी पुरुषले समानान्तरस्थानमा ल्याउनबाट बंचित गरेको पाउनुहुन्छ यसबारे सोच्नुहोस, के यो परमेश्वरको योजना हो कि स्त्री भन्दा पुरुष उच्च जातको भनेर मानुन ? नारीप्रति तपाँईको अवधारणा तपाँईले कुन आस्थामा हुनुहुन्छ त्यसले प्रभाव पारेको हुन्छ । बाईबलले नर र नारी दुबै सृष्टिको उत्कृष्ट समान सृजना हो भनेर तोकिएको छ । एकले अर्कोको भेदभावपुर्ण ब्यबहार गर्नु परमेश्वरको स्वरुपमा दागलगाउनु हो ।

५ हवा आदमको श्रीमती हुन्छिन् (उत्पती २:२३,२४)

जव आदमले हवालाई देखे उ यत्ती हर्पले बिभोर भए की उनले आफ्नो श्रीमतीलाई भावुक भएर कविताको छन्दमा स्वागत गरे । बाईबलमा यो प्रथम कविताको छन्द उल्लेख गरिएको हो । हवाको सृष्टि र उनको बिबाह आदमसंग जुन भएको थियो, यो परमेश्वरले स्थापना गर्नुभएको दाम्पत्य जिवन महान आशिर्वादकोरुपमा दिनुभएको बरदान थियो । एक नर र एक नारी जुन घरको आधारशिला हुन ति मानव सभ्यता र मानव अस्तित्वको आधारभूत एकाई थिए । यस आदर्श उदाहरणलाई परमेश्वरले भन्नुभयो, "फल्दै- फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै जाओ ।" उत्पती १:२८

पापले त्यस आदर्शलाई कसरी भत्काईदिए ? अहिले समाज वा ब्यक्तिले परमेश्वरले दिनुभएको आदर्श उदाहरणलाई संस्कार वा स्वार्थताले कसरी अवमुल्यन गरेर त्यसबाटबिचलित भईरको पाउँदछौ ? यसले गर्दा सामाजिक र पारिवारिक जिवनको संरचनामा के असर भईरहेको पाईरहेको छौं ? परमेश्वरको बचनमा बैवाहिक जिवनमा अपनाउनुपर्ने कुन कदमहरु दर्शाएको छ र ति कदमहरु कुन क्रममा छन्, हेर्नुहोस उत्पती २:२४ । उक्त पदमा परमेश्वरले बैबाहिक जिवनलाई चाहिने आधारतत्व देखाउनु भएको छ ।जव बैबाहिक जिवन सुरु भयो र आफ्नो आमाबाबुको घेरा बाट बाहिर जानुपर्‍यो पुरुषको प्रथम कर्तब्य र निष्ठा आफ्नो श्रीमतीप्रति हुनुपर्दछ भनिएको छ । उसको हृदयमा उनिप्रतिको प्रेम, स्नेह र बात्सल्यको महान स्थान ओगेटेको हुनुपर्दछ । परमेश्वरले जव दुईलाई जोद्‍नु भयो उहाँले दुबैले एकआपसको बिचमा दाम्पत्य जिवनको दायित्व ग्रहण गरोस भन्ने अपेक्षा राख्‍नुभएको थियो । बाईबलमा भनेको छ, "छोद....मिल र शरिरमा एक होओ ।"तर दुख:दायी, बियोगपुर्ण र परमेश्वरको योजनालाई भताभुङ्ग पार्ने दाम्पत्य जिवनप्रतिको धाराणाले आज परिवार र सामाजिक संरचनामा नकारात्मक पद्धतीले जरा गाडेको पाईरहेको छौं । बाईबलले श्रीमान र श्रीमती बिचको सम्बन्ध कस्तो हुनुपर्दछ भनेर मानिसको पतन भएपछि पनि प्रष्ट पारेको छ, हेर्नुहोस:-

  • १ कोरन्थी ७:२-५
  • एफिसी ५:११-२९
  • हिब्रु १३:४

उपरोक्त पदहरुले पापको प्रादुर्भाव भन्दा अघि पनि आदम र हवाको सम्बन्ध कस्तो थियो र परमेश्वरले के अपेक्षा गर्नुभएको थियो सो खुलस्त पारेको छ । महत्वपुर्ण चुनौती तपाँई पाठकबृन्धलाई यहि छ कि यदी तपाँईको जिवन बैबाहिक हो वा त्यस लक्षतिर जानलाग्नु भएको छ भने माथि उल्लेखित बाईबलको सिद्धान्तलाई कसरी प्रयोगमा ल्याउनु हुन्छ । आफ्नो घरगृहस्थीलाई कसरी सम्हाल्नु हुन्छ बाईबलको अनुसार तपाँईकै हातमा छ, तर याद गर्नुहोस तपाँईको घरलाई एकताको सुत्रमा बाँडीराख्‍न परमेश्वर सदा तत्पर हुनुहुन्छ । तर तपाँईको रोजाईमा भरपर्दछ ।

अन्तमा:-

"हाम्रो प्रथम पुर्खाहरुको घर संसारमा घरजाम गर्ने उहाँको छोराछोरीहरुको लागि नमुना हुनुपर्दछ । त्यो घर, जुन परमेश्वरको आफ्नै हातले सुन्दरतासाथ सजाउनुभयो, कुनै भव्य दरवार थिएन........परमेश्वरले आदमलाई बँगैचामा राखीदिनुभयो ।........ति पवित्र दम्पतीलाई यस्तो बातावरणमा राखीएको थियो कि सबै पिंढीहरुकोलागि सुखमय जिवनको उदाहरण थियो । त्यहाँ कुनै अहँता र बिलासिपना थिएन तर परमेश्वरको कृतीहरुद्वारा उहाँसंग आदानप्रदान हुन्थ्यो...... घमण्ड र अभिलाषालाई कहिलै पनि सन्तुष्ट पार्न सक्दैन, तर कोहि सचरुपमा बुद्धिमानी छन् भने परमेश्वरले हाम्रै हातको नजिक यस्तो बातावरण बनाईदिनुभएको छ कि जसमा परमानन्दको अनुभव गर्न सक्दछौं ।" एलेन जि. ह्वाईट, पाट्रियारक एण्ड प्रोफेट, पृ ४९,५० "आदमको कोखाको करड्गनिकालेर हवाको सृष्टि गरेको थियो, जसको अर्थ यो थियो कि उनले आदममाथी आफु सर्बेसर्बा ठानेर बसमा नराखोस, न त आदमले उसको पाउमुनि राखेर उनलाई निम्नवर्गको रुपमा ब्यबहार गरियोस तर आदमको साथमा बराबरी भएर उसको संरक्षण र प्रेमको सहभागी होस् । पुरुषको एक भाग, आफ्नै हाड र मासुको भाग, उनि दोश्रो ब्यक्ती तर उसको अर्धाङ्गिनी तर उसको माया, प्रेम, स्नेह र बात्सल्य खनाएर उनिसंग एकटाको सुत्रमा आवद्ध भएर जिवन निर्वाह गर्न सकुन् ।

चिन्तन गर्नुहोस्:-

क. बर्तमान परिपक्षमा उत्पती १:२७,२८ लाई कसरी लिन सकिन्छ ? दुई दम्पती मिलेर पृथ्वीलाई हेरचाह र त्यसमाथी आधिपत्य गर भनिएको छ, पापको अगाडि त्यसको कार्यान्वन कस्तो थियो होला र अहिले हाम्रो बातावरणको संरक्षणकोलागि के सन्देश पाउँदछौं ?

ख. तपाँईको संस्कार र समाजले नारीजातिलाई कुन दृष्टिकोणले हेरेको छ ? नारीप्रतिको दुर्ब्यबहारलाई तपाँईले कसरी हेरिरहनुभएको छ वा त्यसलाई सुधार गर्न तपाँई वा तपाँईको स्थानिय चर्च समुदायले के भुमिका निर्वाह गरिरहेको छ ?

ग. तपाँईको मण्डलीमा कसैको दाम्पत्य जिवनमा खलबल भएको पाउनुभएको छ ? त्यस दर्दपुर्ण दाम्पत्य जिवनलाई तपाँई एक जिम्मेवार ब्यक्तीको हैसियतले त्यस घरमा शान्त र भरोसा प्रदान कसरी गर्न सक्नुहुन्छ सो सोचकव बिषय बनाउनुहोस् ।

गुमेको परमानन्द अदन

मुल पद: "तेरो र स्त्रीको बिचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुष्मनी हालीदिनेछु । त्यसले तेरो शिर कुल्चीनेछ, र तैले त्यसको कुर्कुच्चो डस्नेछस्" उत्पती ३:१५

सोर्‍हौं सताब्दीमा जोन मिल्टनले प्रख्यात काब्य पाराडाईज लस्ट लेखे जसमा हाम्रा प्रथम पुर्खाले अदन गुमाएको बर्णन गरिएको छ। मिल्टनले प्रभावशालीरुपमा कल्पनागरेर त्यस काब्यद्वारा परमेश्वरले मानिसप्रती गरेको ब्यबहार उचित थियो भन्न खोजेको पाउँछौं । मिल्टनले अदन बगैँचाको भरमग्दुरतरले बाख्यागर्न खोजे (बिभिन्न जात र रंगका फुलहरु र गुलाफपनि कुनै काँडाबिना फुलेका थिए, आदी) । साथै आदम र हवालाई फसाउन शैतानको अथक प्रयास गरे, शैतानको गुनासो परमेश्वर बिरुद्ध यसरी पोखेको पाउँछौं, "स्वर्गमा सेवक हुनुभन्दा बरु नरकमा रजाँई गर्नु उत्तम" । तर हामीलाई थाहा छ शैतान सर्पबाट हवालाई फसायर आफ्नो चक्रब्युहमा पारे अनि हवाले, "त्यस दुष्ट समयमा हवाले आफ्नो कमलो हात फलको रुखतिर लम्काईन्, फल टिपिन र खाईन् ।" शैतानको बाँकि चालामाला ईतिहासले बताउँदछ । भाग्यबस बिगतका ईतिहास मात्र होईन भविष्य र परमेश्वरले प्रतिज्ञा गर्नुभएको मुक्तिको योजना पनि हामीलाई ज्ञात छ । ख्रष्टा मिल्टनले प्रष्टरुपमा बाईबलको मर्मलाई आफ्नो काब्यमा यसरी लेख्दछ, "स्वईच्छाले परमेश्वरको पुत्रले आफुलाई मानिसको मुक्तिको लागि, चुकाउँछ मुल्य आफ्नो प्राण दिई ।" यही कुरा बाईबलमा पावलले १ तिमोथी २:५,६ मा ब्यक्त गर्दछ ।प्रभुले आफ्नो जिवन अर्पण गर्नुभएकोले बिश्वास गर्नेहरुकालागि अनन्त जिवनको आशा प्रदान गरिएको छ । यस भागमा मिल्टनको काब्य त होईन तर त्यसलाई प्रेरणा दिने बाईबलको सुरुवातमा बर्णन गरिएको बिपत्तीग्रष्त मानिसको पतनमात्र नभएर उद्वारको आशालाई कसरी बाख्या गरेको छ सो हेर्नेछौं ।

१ साँप

उत्पती ३:१ मा अचानक साँपलाई ‌औंल्याएको पाउँदछौं, हुन त उत्पती १:२५ मा परमेश्वरले घिस्रिने जन्तुहरु सृष्टि गर्नुभयो भनेका छन जसमा सर्पहरुपनि पर्दछन् । बगैंचामा सर्पहरु देखापर्नु कुनै अनौठो थिएन । तर बोल्ने साँप र हवालाई फँसाउएर बिगार्नेचाहीँ अघिल्ला दुई अध्यायहरुमा थिएन जहाँ परमेश्वरले बनाउनु भएका यावत थोकहरु धेरै असल थिए भनेका छन् (उत्पती १:३१)।

निम्न पदहरुमा ति साँप को थिए, उ कस्तो चरित्रको थियो र किन उ देखा परे भनेर छर्लड्ग देखाएको छ:-

  • अयुब १:६-११
  • यशैया १४:१२-१३
  • एजकियल २८:१४-१७
  • मर्कुस १:१३
  • लुका १०:१८
  • युहन्ना ८:४४
  • २ कोरन्थी २:११, ११:३
  • १ युहन्ना ३:८
  • प्रकाश १२:९, २०:२

यदी उत्पतीका प्रथम केहि अध्यायहरुमात्र हेर्‍यो भने परमेश्वरको बिशुद्ध सृष्टीमा साँप यसरी किन देखापरे भन्न बुझ्न कठिन पर्दछ । उसले कसरी बोल्न सक्दछ ? आदम र हवालाई किन धोखा दिन खोजे र उ कसरी त्यहाँ आईपुगे ? यसले के देखाउँछ भने बाईबलको यथार्थ जान्न पुरा बाईबल चलाउनु अत्याबश्यक छ । सर्पको रुपमा धोखेबाज भएर को देखापरे भनेर प्रथम तिन अध्यायहरुले बर्णन गर्दैन । केहि मात्रामा झ्वास्स त छुन्छ तर मानिसलाई त्यसबारे अझ बढि जानकारी हुनु जरुरी भएको कारणले आफ्नै समयमा परमेश्वरले प्रकाश पार्नुभएको छ । अर्को तथ्य के हो भने आधुनिक जमानामा शैतानलाई निम्नरुपमा गनेको छन् र उ केवल दुष्टताको संकेत मात्र भन्ने गरेको पाउँछौं । साँच्चे भनौं भने उसको अस्तित्वलाई बिश्वास गर्नु र उसको शक्तिको खेलमा बिश्वास गर्नु मुर्खतामा गनिन सक्दछ । प्रचलित आधुनिक संस्कारले उसलाई बाटमान्, सुपरमान, स्पाईदरमान् आदिको संज्ञा दिएर हलिउडले शैतानलाई खेंलाचीको रुपमा लिएको पाउँदछौं । यो शैतानको चलाकीपना हो किनकि उ जहिले पनि लुक्न चाहन्छ । अदनको बगैँचामा जस्तै उ साँपको पछाडी आज उ अत्याधुनिक तरिकाले लुकेको हुन्छ । तर नतिजा त्यहिनै हो । आफ्नो अनन्त जिवनलाई जोखिममा पारेर मानिसहरु उसको चक्रब्युहमा सजिलैसंग पर्दछ ।

के तपाँई शैतानको अस्तित्वमाथी संका गर्नुहुन्छ ? उसको मायाजालबाट कसरी उम्कन सक्नुहुन्छ ?

२ पतन (उत्पती ३:१-६)

निम्न पदहरु पढ्नुहोस् र निम्न प्रश्‍नहरुको जवाफ सोच्नुहोस्:- उत्पती २:१६,१७, ३:१:-

अ. आदमले पाएको परमेश्वरको निषेधाज्ञा कति स्पष्ट थियो ?
आ. ति देवशत्रुले हवालाई कसरी प्रश्‍न गरे जसले गर्दा उनको दिमागलाई अलमल्याई दियो र परमेश्वरले राख्‍नुभएको शर्तलाई शन्देहात्मक पारिदियो ?

उत्पती ३:३:-
हवाको अनुसार उत्पती २:१७ मा उल्लेख नगरेको कुन कुरा उनिहरुले बुझे? अव सर्परुपी शैतानले परमेश्वरप्रतिको आस्थालाई धमिल्याए पछि हवालाई धोका दिन उनले कुन बाटो अपनाए ? उत्पती ३:४, युहन्ना ८:४४ शैतानले सत्यस‍ग असत्य वा झुठाकुराहरु मिसाएर परमेश्वरको बचनलाई दूषित पारिदिए। यसमा सफलता हासिल गरेपछि उनले परमेश्वरको निषेधाज्ञालाई हुल्लडबनाई सरासर खंडन गरीदिए । आज पनि यहि नितीलाई मानिसहरुले अंगालेको पाउँदछौ‍ । कसैले कुने नयाँ शिक्षा निकाल्दछ जसमा सत्य र असत्य मिसेको हुन्छ तर प्रष्टरुपमा नियालेर जान्दा ति झुठा भएर मानिसलाई फसाएको पाउँदछौं । यसमा हामी सतर्क हुनु कति जरुरी छ !

उत्पती ३:६ मा मानिस कसरी शैतानको चक्रब्युहमा सजिलैसंग पर्नसक्छ भनेर देखाएको छ ।हवाले फल खाईन् । त्यस फल स्वादिलो देखेकोले शारिरिक मोहमा फसिन्, हेर्दा सुन्दर देखेकोले आँखाको लोभमा फसिन्, परमेश्वरले बौद्धिक शक्ती उनलाई दिएपनि त्यो भन्दा बुद्धिमानी अर्थात परमेश्वरनै हुने लोभमा फसिन् । अर्थात अर्को शब्दमा भन्ने हो भने शैतानले हवालाई दिएको बरदान उनकै खिलाफमा उपयोगगरिदिए । शैतानले निष्कपट बातावरणमा हुर्केको र पापरहित चरित्र भएको दम्पतीलाई त चलाकीपुर्वक फसाउँन सक्छ भने झन अहिले पापले ग्रष्टभएको बेलामा मानिसलाई कती फसाउन सक्दछ यसमा सन्देह छैन । हामी पापले गर्दा कति गिरेको छौ‍ भनेर केहि निम्न पदहरुले बताउँदछ:- रोमी १३:१४, फिलिप्पियन ३:१८,१९, १ युहन्ना २:१६

पापको यथार्थता, प्रलोभन र शारिरिक मोह आदी हरदम मानव स्वभावमा जाकिरहेको हुन्छ । तर यदि हामी परमेश्वरको छत्रछायाँमा रह्‍यौं भने शारिरिक, आत्मिक, मानसिक र बौद्धिकरुपमा शैतानको दास हुनुपर्दैन । बिश्वासीनै किन नहुन् मानिसहरु आत्मिक र नेतिकरुपमा कति हतास भैरहेको पाउँदछौं । तिनीहरुको लागि बाईबलमा प्रसस्त प्रतिज्ञाहरु र आशाहरुले भरेका पदहरु छन्, तिनीहरु पढेर जागरुक भएर परमेश्वरतिर अघि बढ्नुहोस् ।

३ पतित

उत्पती ३:७-२४ पढ्नुहोस् । शैतानले सर्परुपद्वारा आदम र हवालाई आफ्नो जन्जालमा पारेपछि उसले भनेकोजस्तै उनिहरुको आँखा खुल्यो । तर
तिनीहरुले परमेश्वर जस्तै दिब्यज्ञान आर्जन गरेर उहाँजस्तै हुने महत्वाकांक्षा राखेर फल खाएको थियो त्यो दिवास्वप्न चकनाचुर भए र उनिहरु भय र त्रासको भुमरीमा बल्झिए । यो शैतानले ल्याउने अनगिन्ती पासोहरुको सुरुवात थियो । उसले मानवसमाजलाई सुनको झलक देखाएर पित्तललाई भिडाईदिने गुरु योजनाको सुरुवात अदनको बगैंचाबाट प्रारम्भ भएको उपरोक्त पदहरुले प्रदर्शन गर्दछ । अव आदम र हवा महिमाको पवित्रताले छोपेको जिवनबाट ब‍चित भए, परमेश्वरको निषेधआज्ञा तोडेकोले आफु पतन भएको अनुभव गरे, भित्रीरुपमा नाँगिएको चेतना शारिरिक नग्नताले उदांग पारीदिए । ति प्रथम दम्पती जो परमेश्वरसंग खुलारुपमा आदानप्रदान गर्दथे अब त्यही जन्मदाता परमेश्वरसंग त्रसित भएर आफ्न तरिकाले गाँथेको पातहरुले छोपी झाङमा लुकेर बसे ।

कति मानिसहरुले उदेकका प्रतिज्ञाहरुलाई नारकिय सन्त्रासमा परिबर्तन गरिएको तपाँईहरुको जिवन चक्रमा देख्‍नुभएको होला । यस दुखपुर्ण ब्यहोराबाट हामी के शिक्षा पाउन सक्दछौ ? हेर्नुहोस्: न्यायकर्ता १७:६, हितोपदेश १४:१२, मर्कुस ४:१९, १ तिमोथी ६:१०




आदम र हवाले पतनबाट तत्काल के अनुभव गरे सो हेर्नुहोस । प्रथमत आदम र हवाको बिचमा थिसो सम्वन्धको सृजना भयो (उत्पती ३:७), मानिस र परमेश्वरको बिचमा खाल्डो खडा भए (पद ८), प्रकृती अकस्मात बैरीको रुपमा देखापरे (पद१६-१८), आदम र हवाको बिचको सम्बन्धपनि बदलियो ( पद १६), यथार्थरुपमा मृत्युको घण्टा बज्यो (पद १९), मानिसको कामको शैलीमा परिबर्तन आयो (पद १९) र अन्तमा आदम र हवालाई मनमोहक सुन्दर बगैंचा अदनबाट निष्कासित भए (पद २३,२४)। यदि तिनीहरुलाई आफ्नो भुलले यस्तो परिणामहरु भोग्नुपर्नेछ भनेर अगाडिनै देखेको भए शैतानको पासोमा पर्थ्यो होला ? यो जान्न जरुरी छ कि हवालाई असल खराव सबैको ज्ञानप्राप्त गरेर देवताजस्तै हुनेछौ भनेर साँपरुपी शैतानले मोहमा पारेको थियो (पद २३)। याद गर्नुहोस परमेश्वरको ईच्छा थिएन कि मानिसले खराब वा दुष्टताको ज्ञान होस् किनकि उहाँ चाहनुहुन्थ्यो कि मानिस निर्दोषभएर बसुन र परमेश्वरमाथि भरोसा राखेर साना बालबालिका जस्तैगरी हिंडुन् (ब्यबस्था १:३९)।परमेश्वरले उनिहरुलाई असल (तपो वा हिब्रुमा तभ) मात्र दिनुभएको थियो किनकि उहाँले यससंसारमा जे सृष्टिगर्नुभयो एकदम असल, उपयुक्त र उचित थियो । उत्पती १लाई ३:२२ संग हेर्दा जव परमेश्वरले संसार रच्नुभयो खराबरहित असलमात्र थियो ।

के तपाँईले आफ्नो जिवनमा कुनै निर्दोषपनाहरु छन् जुन सुरक्षित राख्‍न चाहनुहुन्छ ? त्यस ईच्छालाई साँचीराख्‍न कस्तो प्रयास गर्दै हुनुहुन्छ ?

४. पापमा फसेकोलाई आशाको किरण

परमेश्वरले आदम, हवा र साँपरुपी शैतानलाई एकै ठाँउमा राख्‍नुभयो र तिनीहरुसबैलाई न्यायको फैसला सुनाउनुभयो । उत्पती ३:१४-१९ नियालेर पढ्नुस र यसले तत्कालिन र दिर्घकालिन नतिजालाई प्रस्तुत गरेको पाउँदछौ‍ । हेर्नुहोस र लेख्‍नुहोस्:-




आदम र हवाले दुख, कष्ट, पसिना परिश्रम, काँडाहरुको उब्जनी, पापमा आश्रितहुनुभन्दा पहिलै र निषेधाज्ञा तोडेकोले न्यायको फैसला सुनाउनु अघिने परमेश्वरले आशा र प्रतिज्ञालाई उनिहरुको अगाडी प्रस्तुत गर्नुभयो । पद १५ ले सुसमाचारको आशामात्र होईन साँप अर्थात शैतानको र स्त्रीको सन्तानको बिचमा हुने अन्तरद्वन्धको मानव ईतिहासलाई संक्षिप्तरुपमा समाबेस गरिएको छ ।यसमा लेखीएको छ:- "तिम्रो र स्त्रीको बिचमा, र तिम्रो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ र तैंले त्यसको कुर्कुच्चो डस्नेछौ ।" उत्पतीमा बर्णन गरिएको मानिसको बंशावली हेर्‍यौं भने परमेश्वरको सन्तान र शैतानको सन्तान मौलाएको पाउँदछौं । र बाईबलको बाँकी अन्श परमेश्वरको जनहरु र शैतान अर्थात शत्रुहरुको बिचमा भएको संघर्षलाई केन्द्रित गरेको पाउँछौ‍ । पद १५ ले खराब र असलको बिचमा भईरहेको सारा युद्धको अभिनय तत्काल सुरुभएको र पृथ्वीमा हाल चलिरहेको घोषणा गर्दछ ।

उत्पती ३:१५ लाई प्रकाश १२:१७, १२:९,२०:२ संगै राखेर हेर्नुहोस । यसमा साझा तत्वहरुको उल्लेख गरिएको छ । यि पदहरुले अदनको बगैचामा सुरु भएको द्वन्धको सिद्धान्तहरु सारको अन्तसम्म हुनेछ भनेर छर्लङ्ग पारेको छ ।

 




आदम र हवाले पाप गरेर श्रापित भएपनि र उनीहरुले आफ्नो कसुरलाई अनेक बहानामा लुकाउन खोजेपनि परमेश्वरले तिनीहरुलाई आशाको किरण छाईदिनुभयो । शैतान र तिनीहरुको बिचमा बैरभाव भएतापनि अन्तमा उसको शिर कुच्चेर नाशहुनेछ । यसमा येशूले पतित मानवजातीकोलागि के गर्नुहुनेछ सो प्रस्तुत गरिएको छ । हिब्रु २:१४ मा लेखिएको छ, "किनकि छोराछोरीहरु मासु र रगतका सहभागी भएको हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारानै शक्ति भएकोलाई अर्थात दियाबलशैतानलाई उहाँले नष्ट गरुन र मृत्युको डरले आजिवन बन्धनमा परेकाहरुलाई उहाँले मुक्त गरिदिऊन् ।" उक्त उद्‍गारले तपाँईले जुन शैतानसंग युद्ध गरिरहुनभएको छ त्यसमा आश्रयको आशा कसरी पाउनुहुन्छ ?

५. पतन पछि बृतान्त (हेर्नुहोस उत्पती ४)

उत्पती ४ मा केन र एबेलको घट्नालाई सिघ्ररुपमा बर्णन गरिएको छ ।आदम र हवा पापमा फसेको धेरै बर्ष भएता पनी तिनीहरुको पापले कस्तो दुरगती र दुरगामी असर भएको छ सो दर्शाउन बाईबल हामफालेको पाउँदछौं । उत्पती ३:१५ मा बर्णन गरिएको बैरभाव केनको डाहले गर्दा एबेलको हत्याकाण्ड भएकोले देखाउँदछ ।यो हत्याले यो देखाउँदछ कि केन शैतानको सन्तान हुन् । हेर्नहोस युहन्ना ८:४४

परमेश्वरले एबेलको बलिलाई स्विकार गर्नुभयो तर केनको किन गर्नुभएन ? उत्पती ४:३-७ को साथै निम्न पदहरुपनि हेर्नुहोस्:- लैब्यब्यबस्था १७:११, हिब्रु ९:२२, ११:४

उत्पती ४:६ र ७ मा परमेश्वरले केनलाई कस्तो किसिमले ब्यबहार गर्नुभयो सो देखाएको पाउँछौं ।परमेश्वरले केनलाई भन्नुहुन्छ, असल गर, आज्ञाको पालन गर, उसको उपासनाको बलिलाई उहाँले ग्रहण गर्नुहुन्छ ।परमेश्वरले बलिलाई लक्षित गरेर भन्न खोज्नुभएको थियो कि हामी जति सुकै असलहुन खोजेपनि त्यसले उद्धार ल्याउँदैन तर बलिले मात्र । यसमा परमेश्वरको आज्ञा र अनुग्रह अनि आस्था-बिश्वास र कर्मको सन्तुलनता देखोएको पाउँछौं । केनले यि कुनैकुरापनि बुझेन जुनकी उसको बलिको तरिकाले देखाउँदछ र उसले राम्रो गर्नपनि ईन्कार गरे (१ युहन्ना ३:१२) ।

केन र एबेलको बृतान्तलाई मनमा राखेर रोमी ५:१७-६:६ हेर्नुहोस जसले बिश्वास र काममा के सन्तुलात्मक समन्वय हुनुपर्दछ सो देखाउँदछ ।




केनले परमेश्वरबाट केहीपनि लुकाउन सक्दैन र सार्बभौम परमेश्वरले सबै दुष्ट्याईलाई ठिकसंग फैसला गर्नुहुनेछ भनेर महशुस गरे (उत्पती ४:६,७) ।उसले गरेको जघन्य अपराधले गर्दा पृथ्वीले एबेलको निर्दोष रगत पिउनुपरेको थियो जसको फलस्वरुप धर्तिले उसको पसिनाको फल दिन बाध्यात्मक भएन (उत्पती ४:११,१२) ।अनि त्यही ४ को १७-२४ मा पृथ्वीमा नैतिक पतन द्रुतगतिले बढेको, सामाजिक र प्राविधिकरुपमा उन्नती भएको उल्लेख गरिएको छ ।केनको सन्तानमा बहुबिबाह र हत्याराहरुको प्रादु्भाव भएको देख्‍दछौं । तै पनि बाईबलका लेखकले केनको बंशमा भएको दुष्टपनामात्र उल्लेख गरेको छैन तर उनिहरुले गरेको बिभिन्न क्षेत्रहरुमा उपलब्धीहरुलाई पनि मान्यता दिएको पाउँदछौं । उसको सन्तानबाट बिभिन्न कालिगडहरु, शिल्पकारहरु, हस्तकलाकारहरु, गोठालाहरु र कृषक आदिहरु आएको पाउँछौ‍ । उत्पती ४ अध्याय एबेलको स्थानमा सेथलाई उल्लेखगरेर तुंगिन्छ । सेथ पुर्ब- जलप्रलयका पुर्खाभएर आदम र नोहाको बिचमा पुल बन्दछ ।

के तपाँई डाहले ग्रसित हुनुभएको छ ? के यो कहालीलाग्दो स्थिती होईन र ? ति डाह वा ईखले कुनरुप लिन सक्दछ सो सोच्नुभएको छ ? येशूको क्रुसमा मात्रै परेर त्यस्ता नकारात्मक भावहरुप्रति बिजय प्राप्त गर्न सक्नुहुन्छ भनेर प्रणमा रहनुचाहनु हुन्छ ?



अन्तमा:-

"शैतानले पवित्र दम्पतीहरुलाई यस्तो झुठो आश्वासन दियोकि यदि उनिहरुले परमेश्वरको आज्ञालाई तोड्यो भने उनिहरुलाई (उच्चतम) फाईदा हुन्छ ।के आज पनि त्यस्तै कुरामा हामीलाई अल्झाईराखेका छैन र ? धेरै मानिसहरुले प्रभुको आज्ञा पालनगर्नु भनेको संकुचितबाटोमा हिंड्नु हो र आफुहरुचाहिं फराकिलो धारणा भएकोले बढी स्वतन्त्रताको उपभोग गरिरहेका छौं भनेर दावी गर्दछन् । यो केवल अदनको बगैंचामा छाएको प्रतिध्वनीमात्र हो, "जुन दिन यो फल खानेछौ" –परमेश्वरको आज्ञाको उलंघनगर्न बाध्य पारेर- "तिमीहरु देवताहरु जस्तै हुनेछौ ।" एलेन जि. ह्वाईट, पाट्रियार्क एण्ड प्रोफेट, पृ. ५५

"स्त्रीको सन्तानले (वा बिउ-अंग्रेजी र अन्य भाषाहरुमा) साँपको टाउको कुच्चिनेछ भनेको छ, याद गर्नुहोस, यो एकबचन हो बहुबचन होईन अर्थात स्त्रीको कुनै सामुहिक सन्तानहरुले शैतानको शिर कुल्चने नभएर एकजनाले भन्ने जनाउँछ । यस कथनले यो पुष्टि गर्दछकि महान अन्तरद्वन्ध जुन येशू र शैतानको बिचमा जुन स्वर्गमा सुरु भयो पृथ्वीमापनि निरन्तरता पाएको थियो जहाँ येशूले उसलाई परास्त गर्नुभएको थियो (हिब्रु २:१४), र येशूको दोश्रो आगमनपछिको हजार बर्षको अन्तमा शैतान पुरारुपमा सखाप हुनेछ ।येशूद्वारा बिनाचोट यो द्वन्धको अन्त्य भएको थिएन र हुन् संकेटपनि छैन किनकि उहाँको कोखको घाउ र हातमा फलामको किलाले गाडियर पारेको प्वाल अनन्त समयसम्म रहनेछ, यसले साँपले स्त्रिको सन्तानलाई डस्न खोज्दा भएको संघर्षको नतिजाको प्रदर्शन गराउँदछ (युहन्ना २०:२५, जकरिया १३:६, अर्लि राईटिड्ग पृ ५३) । एसडीए बाईबल कमेन्टरी, ठेली १, पृ. २३३ ।

चिन्तन मनन् को बिषय:
क. यो स्विकार्य छ कि उत्पतीको पुस्तकमा मानिसको पतनबारे धेरै प्रश्‍नहरुको जवाफ दिन बाँकिनै छ । जव तपाँई परमेश्वरसंग मुखामुख पर्नुहुनेछ उहाँसंग के प्रश्‍नहरु गर्न चाहनुहुन्छ जसले मानिसको पतनबारे नखोलियका बृतान्तहरुको जवाफ पाउन सक्नुहुनेछ ।हेर्नुहोस्: १ कोरन्थी ४:५,१३:१२
ख. एडभेन्टिष्टहरुले शैतान कुनै काल्पनिक ब्यक्ति नभएर बास्तविक शक्ति हो जसले अपुर्वरुपमा शक्तिद्वारा मानिसलाई आफ्नो मायाजालमा राख्‍दछन् । किन यो बिश्वासबाट तर्किनुहुन्दैन त्यसमा चिन्तन गर्नु जरुरी छ ।
ग. बिजयको गितहरुले आफ्नो हृदयलाई गुन्जाएर येशूको प्रतिज्ञाहरुको हृदयंगम गर्नुहोस् ।

बिध्वंस र पुन:संरचना

मुल पद: "बादलमा धनु हुनेछ र त्यसलाई हेर्नेछु, म परमप्रभु परमेश्वर र हरेक जिवितजिवातहरुको बिचमा भएको
अनन्तको करारलाई सम्झनेछु ।
" उत्पती ९:१६

"के तिमीहरुले धर्मान्ध नोहाको बारेमा भर्खर केहि सुन्यौ ?"
"नोहा, परमेश्वरको भक्त नोहा ?"
"हो, त्यहि धर्मात्मा नोहा, उसले भक्ति गर्दा गर्दा बहुलानै भयो । उसले भन्यो आकासबाट पानी खनिने छ रे"
"आकासबाट पानी ?"
"हो, उसले भन्छ आकासबाट पानी आएर बाढीहुन्छ र संसारमा सासभएका सबैको नाश हुनेछ अरे, तर जहाजमा जानेमात्र बाँच्दछ रे"
"जहाज ?"
"डुंगाजस्तै पानीमा तैरिने बस्तु हो । जो त्यसमा पस्दछ उ मात्रै बाँच्दछ नत्र पानीले सबैलाई दुवाउँछ रे । उसले अहिले जहाज बनाउँदैछ ।उसले यसो भनेर प्रचार गर्दैछ कि परमेश्वरले पानी पठाएर हाम्रो पापले गर्दा सबैलाई नाश गर्नुहुनेछ । ओ हो हामी त्यस्तो खराब छौं र ?"
"आकासबाट पानी झर्ने रे .....? यस्तो कुराले त्यस्तो सोझो, भलादमी मानिसलाई किन बहुला कुरा गर्छ हँ ?"
"किनभने उसको मगज खुस्केको छ । उ नितीकुतीमा हिंडछ ।के उसलाई थाहा छैन र बिस्वास वा आस्था भए मात्र हामी अमरत्व पाउँनेछौं ? परमेश्वरको नियममा हिंड्नु पर्छ भनेर किन उसले भाषण छाँट्छ ?"
"नोहा आफ्नो कुरामा गम्भिर र हठी छन् ।तर उ असल र धर्मात्मा मानिस हो ।"
"हो, तर संसारको सृष्टिदेखी कहिलै पानी परेको छैन, यस्तो कहिलै नभएको कुरामा किन बिश्वास गर्ने ? बैज्ञानिकहरुले भन्छ यो सम्भव छैन, दार्शनिक र बिद्वानहरुले भन्छ यो प्रकृतीको नियम बिपरित हो । पानी त पृथ्विबाट हरेक बिहान बाफ बनेर कुइरो जस्तै भएर आउँछ, आकासबाट कहिलै पनि पानी पर्दैन, हैन त ?"
"त्यहि त भनेको ।"

१. "सबै मानिसहरुको अन्त्य गर्ने मैले अठोट गरेको छु"

आदम र हवा को धेरै छोराछोरीहरु भएका थिए । सेथ (उत्पती ५:४) को बंश चाहिं परमेश्वरप्रति आस्था राख्‍नेमा गनिएको थियो । नोहा त्यही बंशबाट आएको थियो (पद २८,२९)।

उत्पती ६:१-१३ पढ्नुस् र त्यसबेला मानवसमाजको भ्रष्ट चरित्रलाई कसरी बर्णन गरिएको छ ? के अहिले त्यस समयभन्दा गतिलो छ र ?




हुनत कती मिमाँसाकारहरुले उत्पती ६:२ मा भनेको परमेश्वरको छोराहरु भन्दा कुनै अलौकिक जिवहरु हुन भनेर उल्लेख गरिएको पाईन्छ तर बाक्यानुसार बिश्‍लेषाण गरियो भने ति सेथका सन्तान र मानिसका छोरीहरु भन्दा कयनको सन्तानहरु हुन भनी जनाउँछ । परमेश्वरका जनहरु वा छोराहरु भन्दा उहाँमा बिश्वासराख्‍नेहरु र अरु चाहीँ बिश्वास नराख्‍नेहरुको बिचमा बैबाहिक सम्वन्ध राख्दा त्यसको नतिजा खतरापुर्ण हुन्छ भनेर देखाएको पाईन्छ । यि पदहरुमा मानिसको दुष्टता यति पराकाष्टामा पुगिसकेको थियो कि ति बर्णन गर्नै नसकिने भएको थियो ।मानिसको हरेक बिचारहरु खराबसोच्नेमात्रले निरन्तरता पाएको उल्लेख छ (पद ५) ।हिब्रुभाषामा हृदयका बिचारहरु भन्दा एक किसिमले त्यसले भावनाका आकृतीहरु वा परमेश्वरले मानिसलाई कुन आकारले बनाउनुभएको भन्ने देखाएको थियो (उत्पती २:७) त्यसको बिपरित मानिसले आफ्नो बिचारका आकारहरु भ्रष्ट भएको देखाएको हुन्छ । पुरानो नियममा हृदय भन्दा मानिसको भित्रिय पुरा जिवन भन्ने जनाउँछ जहाँ उसको भावना, ईच्छाशक्ती र समझ सक्तीको थलो हुन्छ । भ्रष्ट र हिसापुर्ण चरित्र जुन पद ११ देखी १३ सम्म बर्णन गरिएको छ त्यो चाहीं पद ५ को बिस्तृत हो ।

उत्पती ६:६,७ मा स‍सारमा मानिसहरुको बिचमा जे भईरहेको थियो त्यसप्रति परमेश्वरले कस्तो दुखपुर्णरुपमा ब्यक्त गर्नुभएको पाउँदछौं ।




मानिसको दुष्टपुर्ण हृदयलाई उल्लेख गरेपछि लेखकले परमेश्वरको हृदयमा भएको चोट र सतावतको महशुसभएको पाईन्छ । मोशाले यस्तो शब्दहरुको उपयोग गरे जुन मानिसले बुझ्न सकुन ।परमेश्वरको कुनै टाडा वा मानिसले आबिश्कार गरेको कुनै भावनामा नरहेर हामी जस्तै दुख सुखको प्रतक्ष अनुभवमा सहभागीहुनुहुने परमेश्वर हुन् भनेर देखाउन खोजेको छ । उहाँ कठ्ठर, धर्मान्धको रुपलिएर धर्मको नाउँमा बिना शिक्षादिक्षा दिई अन्यायपुर्वक मानिसलाई धर्म लाद्‍न चाहनुहुन्छ भनिएको छैन । तर उहाँको चरित्रलाई यसरी चित्रणगरिएको छ कि मानिसले प्रादुर्भाव गरेको पाप, अधर्म, रुवाई, प्रार्थना, क्रन्धन, अत्याचारको जगजगी आदिप्रति संबेदनशिल हुनुहुन्छ र मानिसको भ्रष्ट चरित्रप्रति शोकाकुल हुनुहुन्छ । उहाँको अगाडी जुन पापको मुस्लो आईरहेको थियो त्यसलाई बर्णन गर्न त्यत्ति सजिलो छैन ।

उत्पती ६:६ लाई मत्ती २३:३७ मा दाँजेर हेर्नुहोस । यसमा परमेश्वर यस संसारमा भावात्मकरुपमा बाँधिनुभएको देखाएको छ । युहन्ना ३:१६ जस्तै अरु पदहरुपनि खोजेर पढ्नुस् किनभने यि पदहरुले परमेश्वरको निजीमाया तपाँईहरुलाई दर्शाउन हरदम राजीभईरहेको छ भन्ने देखाउँदछ ।

२ नोहा र अनुग्रहको शुसमाचार

"तर नोहामाथि चाहिँ परमप्रभुको अनुग्रह भयो ।" उत्पती ६:८ । बाईबलमा प्रथम पटक अनुग्रह शब्द यसमा देखापरेको पाउँछौं । अनुग्रह भनेको मानिसले आर्जन गरेको नभएर परमेश्वरले पापीहरुलाई खन्याउनुभएको दया र सदाशयिता हुन् । हेर्नुहोस्:- रोमी ४:१४-१६, एफिसी २:५,८, २ तिमोथी १:९

निम्न पदहरुमा नोहाको चरित्रलाई उल्लेख गरीएको छ:- उत्पती ६:९,२२, हिब्रु ११:७, २ पत्रुस २:५

नोहा जस्तोसुकै भएपनि परमेश्वरको अनुग्रह उहाँमाथि हुनु किन जरुरी थियो ? हेर्नुहोस यि पदहरुमा पनि:- उत्पती ९:२०,२१, रोमी ३:२३, १ युहन्ना १:८

नोहा हामी जस्तै पापी भएतापनि उसले परमेश्वरप्रती आस्था, बिश्वास र परमेश्वरको बचनमा आज्ञाकारी भएको थियो । केवल परमेश्वरले निर्देशन दिनुभएको भरमा उस्ले कहिलै नदेखेको जहाज बनाएर देखाएको थियो, यसलेनै उ परमेश्वरसंग कस्तो खुलारुपमा आदानप्रदान भएको रहेछ भनेर देखाउँदछ । उत्पती ६:२२ र ७:५ लाई नियालेर हेर्नुहोस् किनकि यि पदहरुमा यो देखाएको छ कि बिश्वासीहरुको जिवनमा उद्धारको बिश्वास यस्तो हुनुपर्दछ कि जहाजमात्र बनाउने होईन त्यसभित्रपनि पस्न सक्नुपर्दछ ।

हिंसात्मक र भ्रष्ट संसारको बिचमा परमेश्वरको अगाडी सिर्फ नोहा एक्लै खडा भए जसले परमेश्वरमाथीको बिश्वास आफ्ना कामद्वारा दर्शाईदिए । यो चरम महत्वको बिंदु हो किनकि अनुग्रहबाट उद्धार पाएको छ भनेर देखाउन र परमेश्वरलाई प्रेम गरेको छ भन्ने प्रदर्शन गर्न हाम्रो कार्यचरित्रले मात्र देखाउँदछ । नोहासंग सबै आस्था र बिश्वास होला तर परमेश्वरको निर्देशनमा नचली जहाज नबनाएको भए उ र उसको परिवारपनि जल प्रलयमा नाश हुन्थ्यो (हिब्रु ११:७)। यो हामी हरेकको लागि पाठ हुनुपर्दछ किनकि हामी यो बिश्वास गर्दछौं कि हाम्रो धार्मिकताको पगडी येशुमा मात्र छ जुन हाम्रोलागि मुक्तिको महान आशा हुनुहुन्छ । तर आज्ञाकारी बिना बिश्वासमात्र गर्नु भनेको त्यो आस्थाहिन बिश्वास हो ।

आफ्नै बिगत हप्ता वा समयहरुमा आत्मआलोचना गरेर हेर्नुहोस । तपाँईको कामले कसरी परमेश्वरप्रतिको बिश्वासको प्रदर्शन गरेको छ वा छैन सो बिचार गर्नुहोस् ? "म परमेश्वरमा आस्था राख्‍छु" भनेर देखाउन के कदममा अघि बढ्नु पर्दछ त्यो तपाँईमै निहित भएकोले जिवनको कुन भागमा बद्लावट ल्याउनुपर्दछ सोच्नुहोस् ।

३. जल प्रलय

पढ्नुहोस उत्पती ७:१-१६
नोहालाई कति शुद्ध र अशुद्ध जन्तुजनावरहरु जहाज भित्र लैजाने भनेर निर्देशन पाएकोले यसबारे उसलाई कति ज्ञान रहेछ भनेर थाहापाउन सक्दछौं ।उत्पती ७:२, ३,८, ८:२० परमेश्वरले शुद्ध र अशुद्ध जन्तुहरु छुट्याउनुभएकोबाट हामीलाई के ज्ञात छ भने लैब्य ११ब्यबस्था १४ को अगावै वा यहुदी राज्य वा बंश स्थापनापुर्व पौरिणिक समय देखीनै परमेश्वरको जनहरुलाई शुद्ध र अशुद्ध जन्तुहरु सम्वन्धी ज्ञानरहेछ भन्ने पुष्टि हुन्छ । उत्पती ७:७-२४ ले जल प्रलय स्थानिय नभएर बिश्वब्यापी भनेर उल्लेख गरीएको छ ।उत्पती ७:१९ संग दानियल ७:२७अयुब २८:२४ दाँजेर हेर्नुहोस् ।




जल प्रलय बिश्वब्यापी थियो र संसार यस्तो अबस्थामा फर्केको थियो कि परमेश्वरले यस पृथ्विलाई बस्नेलायक बनाउनु भन्दा कस्तो थियो त्यहि अबस्थामा थियो (उत्पती १:२) तर फरक के थियो भने नोहा, उसको परिवार र जहाजमा जो थियो त्यहिमात्र थियो। बाईबलमा दोर्‍याउँदै यस्तो भनेका छन्, "पानी धेरै परिरह्यो.... चौपट्टै बढेर पृथ्विमा भरिन लाग्यो..... पानी पृथ्विमा जोरसँग परिरह्यो र आकाशमुनिका जम्मै अल्गा अल्गा पहाडहरु ढाकिए....पर्वतहरुलाई सात मितर सम्म डुवाईदियो (उत्पती ७:१८-२०) ।यसले यो देखाउँदछ कि जलप्रलय बिश्वब्यापी बिध्वंस थियो । नोहा र जहाजमा भएको मात्रै बाँचेको र अरु सबैको नाश भएको बर्णनले पनि जलप्रलय बिश्वब्यापी थियो भनेर जनाउँछ । साथै बिश्वब्यापीरुपमै जलप्रलयको घट्ना बिभिन्न किमदन्तीकोरुपमा प्रचलित भएकोबाटपनि पुष्टि हुन्छ । अलगा अलगा पहाडहरुमा समुद्रमा पाईने जन्तुहरु पत्थरहरुमा परिणत भएको अवशेषहरुलाई पाउँदापनि बिश्वब्यापी जलप्रलयको प्रमाण देखाउँदछ । नेपालको पहाडहरुमा पनि समुद्रको सङ्खकिरा कालो पत्थरहरु अनगिन्तीरुपमा भेट्टाईन्छ जुन जल प्रलय भएको प्रमाण हो । यि प्रमाणहरु र बिश्वब्यापी जलप्रलयको बृतान्त बिभिन्न देशहरुमा पाएकोले बाईबलको जलप्रलयलाई अक्षरस बिश्वास गर्न सकिन्छ । आजकाल बैज्ञानिकहरुको दवावमा लागेर कतिपय ईसाईहरु पनि जलप्रलय केहि स्थानहरुमा मात्र भएको भनेर स्विकार गर्न हिचकिचाउँदैन ।

कति जनावरहरुले सास्ती नहावस भनि तिनीहरुलाई औषधीको माध्यमबाट सुताएको वा मारेको पाउँदछौ‍ । सुरुमा परमेश्वरले असल छ भनेको पृथ्वी अनेक दुष्टताले भरिएकोले सुताउनु पर्दा उहाँलाई अवस्यमेव दुख लागेको थियो उत्पती (६:५)। यसले यो पाठ सिकाउँदछ कि हाम्रो जिवनमा कुनै असल छ भने त्यसलाई संचती गरेर बिगार्न दिनु हुन्दैन । बिसंगती भए नासिन योग्य हुनेछ ।

४. हराएको बंश

यदि तपाँईले उत्पतीमा बर्णन गरिएको नोहा र जलप्रलय पढ्नु भयो भने अन्त कहिंपनि नोहाले बाहेक अरुले जहाजमा आउन निम्तो गरेको पाउँदेनौं । यसो हेर्दा त्यो जहाज केवल नोहा, उस्को परिवार र जनावरहरुको लागिमात्र बनाईएको हो कि भन्ने सुचित गरिन्छ (उत्पती ६:१३-२२)। नयाँ नियममा अपुष्टरुपमा केहि फरकतरिकाले यसबारे ब्यक्त गरेको पाईन्छ (हिब्रु ११:७, १ पत्रुस ३:२०, २ पत्रुस २:५) । एलेन जि. ह्वाईटले स्पष्टरुपमा भन्नुहुन्छ कि नोहाको जहाज आईपर्ने बिध्वंसको चेतावनीस्वरुप बिश्वको सामु एउटा गवाहिको रुपमा खडा भएको थियो । नोहाले ति बिश्वका मानिसहरुलाई जहाजमा आएर शरणलिन अपिल गरेका थिए (पाट्रियार्क र प्रोफेट, पृ.९७ ) । परमेश्वरको चरित्रलाई मनन् गर्दा हामी यो ब्यक्त गरेको पाउँछौंकि उहाँले कोहिपनि नाशभएको चाहनुहुन्न (१ तिमोथी २:३,४) । यस्तो मनशाय भएको परमेश्वरले सारासंसारको मानिसलाई जहाजमा आएर जलप्रलयबाट उद्धारपाउने अवसर प्रदान गर्नुभएको छैन भन्न मिल्दैन । तर त्यसबेलाको मानिसको चरित्र भयंकररुपमा खस्किएको थियो जसले गर्दा नोहा, उसको परिवार र जनावरहरुमात्र जहाजमा शरणलिन पुगेको भन्ने पुष्टि गरेको पाईन्छ । नोहाको पछिलाग्नु भनेको हास्यस्पदको शिकार हुनु र जहाजमा पस्नुभनेको अहंलाई त्याग्नु हो भनेर मानिसहरुको मनमश्तिस्कमा बसिसकेको थियो । नोहाको कुरा सुन्नुभनेको प्रचलित सामाजिक मर्यादाको खिलाफमा उभिनु थियो ।आफुले पुरा नबुझेको बिषयमा आस्था राख्‍नु थियो ।यो पनि स्विकार गर्नुपर्दथियो कि परमेश्वरबाट पाउने उद्धारको अवसर उहाँलाई बिश्वास गरेर मात्र पाईन्छ कुनै धर्मकर्म गरेर होईन ।यस्तो दुष्ट र हिंसात्मक संसारमा यस्तो मनस्थिती बोक्नु बिरलै थियो ।

नोहाको समयमा रहेर नोहासंग सहमती भएर उसको सन्देशअनुसार चल्न राजीहुनु र बर्तमानमा येशूलाई बिश्वासगरेर उहाँको आज्ञाहरुलाई पालन गरेर हिंड्नुमा के लनात्मक स्थिती पाउनुहुन्छ ?




शुसमाचार त यो हो कि परमेश्वरले जहिले पनि मानिसहरुलाई अधर्म र दुष्टताबाट राहत दिन चाहनुहुन्छ र सुरक्षित जहाजमा रहुन भन्न चाहनु हुन्छ । त्यही येशू हामी पाउँछौं कि येरुशलेम मन्दिरलाई हेरेर आँशु बगाईरहनुभएको थियो ।त्यहि प्रभु येशू जसले नोहाद्वारा मानिसहरुलाई पश्चाताप गरेर जहाजमा आउन निम्ता दिनु भएको थियो आज पनि पापमार्गबाट फर्कन हामीलाई निम्तो दिईरहनुभएको छ । यदि हामीले निरन्तररुपमा कठोर भएर त्यसलाई अस्विकार गरे न्यायको समयमा हामीलाई पापकै वाढीले पखालीलानेछ (मत्ती २४:३८-४१) ।

तपाँईलाई प्रभु येशूसंग बफादारी भएर बस्न के ले रोकेको छ ? आफ्नो जिवनमा परमेश्वरप्रती आस्थावान भएर बस्न कुनकुन कुराले तेवा दिईरहेको छ ? ब्यवाहारिक रुपमा सत्यको पथमा लागिरहन के के गर्नुपर्छ वा के केलाई पन्छाउनु पर्दछ सो चिन्तनमनन् गर्नुहोस् ।

५. बाचा र नव निर्माण

यदि तपाँईले उत्पतीमा बर्णन गरिएको नोहा र जलप्रलय पढ्नु भयो भने अन्त कहिंपनि नोहाले बाहेक अरुले जहाजमा आउन निम्तो गरेको पाउँदेनौं । यसो हेर्दा त्यो जहाज केवल नोहा, उस्को परिवार र जनावरहरुको लागिमात्र बनाईएको हो कि भन्ने सुचित गरिन्छ (उत्पती ६:१३-२२)। नयाँ नियममा अपुष्टरुपमा केहि फरकतरिकाले यसबारे ब्यक्त गरेको पाईन्छ (हिब्रु ११:७, १ पत्रुस ३:२०, २ पत्रुस २:५) । एलेन जि. ह्वाईटले स्पष्टरुपमा भन्नुहुन्छ कि नोहाको जहाज आईपर्ने बिध्वंसको चेतावनीस्वरुप बिश्वको सामु एउटा गवाहिको रुपमा खडा भएको थियो । नोहाले ति बिश्वका मानिसहरुलाई जहाजमा आएर शरणलिन अपिल गरेका थिए (पाट्रियार्क र प्रोफेट, पृ.९७ ) । परमेश्वरको चरित्रलाई मनन् गर्दा हामी यो ब्यक्त गरेको पाउँछौंकि उहाँले कोहिपनि नाशभएको चाहनुहुन्न (१ तिमोथी २:३,४) । यस्तो मनशाय भएको परमेश्वरले सारासंसारको मानिसलाई जहाजमा आएर जलप्रलयबाट उद्धारपाउने अवसर प्रदान गर्नुभएको छैन भन्न मिल्दैन । तर त्यसबेलाको मानिसको चरित्र भयंकररुपमा खस्किएको थियो जसले गर्दा नोहा, उसको परिवार र जनावरहरुमात्र जहाजमा शरणलिन पुगेको भन्ने पुष्टि गरेको पाईन्छ । नोहाको पछिलाग्नु भनेको हास्यस्पदको शिकार हुनु र जहाजमा पस्नुभनेको अहंलाई त्याग्नु हो भनेर मानिसहरुको मनमश्तिस्कमा बसिसकेको थियो । नोहाको कुरा सुन्नुभनेको प्रचलित सामाजिक मर्यादाको खिलाफमा उभिनु थियो ।आफुले पुरा नबुझेको बिषयमा आस्था राख्‍नु थियो ।यो पनि स्विकार गर्नुपर्दथियो कि परमेश्वरबाट पाउने उद्धारको अवसर उहाँलाई बिश्वास गरेर मात्र पाईन्छ कुनै धर्मकर्म गरेर होईन ।यस्तो दुष्ट र हिंसात्मक संसारमा यस्तो मनस्थिती बोक्नु बिरलै थियो ।

नोहाको समयमा रहेर नोहासंग सहमती भएर उसको सन्देशअनुसार चल्न राजीहुनु र बर्तमानमा येशूलाई बिश्वासगरेर उहाँको आज्ञाहरुलाई पालन गरेर हिंड्नुमा के लनात्मक स्थिती पाउनुहुन्छ ?




शुसमाचार त यो हो कि परमेश्वरले जहिले पनि मानिसहरुलाई अधर्म र दुष्टताबाट राहत दिन चाहनुहुन्छ र सुरक्षित जहाजमा रहुन भन्न चाहनु हुन्छ । त्यही येशू हामी पाउँछौं कि येरुशलेम मन्दिरलाई हेरेर आँशु बगाईरहनुभएको थियो । त्यहि प्रभु येशू जसले नोहाद्वारा मानिसहरुलाई पश्चाताप गरेर जहाजमा आउन निम्ता दिनु भएको थियो आज पनि पापमार्गबाट फर्कन हामीलाई निम्तो दिईरहनुभएको छ । यदि हामीले निरन्तररुपमा कठोर भएर त्यसलाई अस्विकार गरे न्यायको समयमा हामीलाई पापकै वाढीले पखालीलानेछ (मत्ती २४:३८-४१) ।

तपाँईलाई प्रभु येशूसंग बफादारी भएर बस्न के ले रोकेको छ ? आफ्नो जिवनमा परमेश्वरप्रती आस्थावान भएर बस्न कुनकुन कुराले तेवा दिईरहेको छ ? ब्यवाहारिक रुपमा सत्यको पथमा लागिरहन के के गर्नुपर्छ वा के केलाई पन्छाउनु पर्दछ सो चिन्तनमनन् गर्नुहोस् ।

४ बाचा र नव निर्माण

"अनि नोआले परमप्रभुको निम्ति एउटा बेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पंक्षीमध्येबाट लिई होमबलि चढाए" उत्पती ८:२० उपरोक्त पदले नोहाले कसरी परमेश्वरप्रती कृतज्ञ प्रकट गरेर उहाँको उपासना गरे भनेर उल्लेख गरिएको छ किनकि उनिहरु जहाजबाट सुरक्षितपुर्वक धर्तिमा फेरि अवतरण गर्न पाएको थियो । "यो, पछि आउने सबै पिंढीहरुकोले पछ्याउनुपर्ने पाठ थियो ।नोहा सर्बनाशभएको पृथ्विमा प्रवेश भएको थियो तर आफ्नोलागि घरबनाउनुभन्दा पहिले परमेश्वरकोलागि बेदी बनाए।उसंग जे जनावरहरु जुन शुद्ध थिए ति सिमितनै थिए र आफ्नो अथक प्रयासबाट संरक्षणगरेका थिए । तर उसले हर्षसाथ कृतज्ञभई आफ्नोसंग भएको सबभन्दा असल जनावरहरुलाई परमेश्वरलाई चढाए ।यसरीनै हामीले हामीसंग भएको सबभन्दा असल बस्तु परमेश्वरलाई स्वईच्छाले चढाउनुपर्दछ ।" एलेन जि. ह्वाईट, पाट्रयार्क एन्ड प्रोफेट, पृ. १०६

परमेश्वरले नोहाको आस्था र उपासनालाई कसरी प्रतिक्रिया गर्नुभयो ? यसमा परमेश्वरले के भन्न खोज्नुभएको छ ? पढ्नुहोस, उत्पती ८:२०




मानवजातिको स्तरमा परमेश्वरले नोहाको भक्ती र उपासनाको प्रत्यत्तर दिनुभयो । मानिसको हरेक सोचबिचार, योजना र कार्यक्रमहरु दुष्टैदुष्टताले भरिएकोले पृथ्वीको नाश गर्नुभयो (उत्पती ६:५) ।मानिसमा हुने ति अवगुणलाई जुन निरन्तरता थियो जलप्रलयपछिपनि हुने त्यो परमेश्वरले नकार्नुभएन।परमेश्वरले दुखित भएर यो स्विकार गर्नुभएको थियो कि जलप्रलयबाटपनि मानिसको हृदय परिवर्तन भएर असल हुन्छ भन्न सकिन्दैन ।तर जुन तरिकाले नोहाको भक्तित्वलाई स्विकार गरे त्यो सर्‍हानिए र परमेश्वरको सदाशयतालाई मान्नपर्दछ किनकि उहाँले बाचाबाँढ्नु भयो कि अव उप्रान्त बिश्वब्यापी जलप्रलयहुनेछैन । रगतको बली, प्रतिज्ञासंग गाँसिएको पाउँछौं । मानिसको असल कर्मले नभएर कुनरुपमा बलीचढाएको थियो र त्यस बलीमा के थियो त्यसमा परमेश्वरको नयाँ प्रतिज्ञा सार्थक हुन्छ भनेर देखाएको पाउन्छौं ।दुष्चरित्र मानिसहरुभएपनि बिश्वब्यापी जलप्रलयबाट तिनिहरुलाई बचाउन चाहनुहुने परमेश्वरको मनशाय यहाँ पाउँछौं । शुसमाचारको शन्देसपनि यहि हो कि परमेश्वरले उहाँको दया, करुणा र अनुग्रहले मानिसलाई उद्धारगर्न अति उत्सुक हुनुहुन्छ तर हामी असल भएर होईन ।

उत्पती ९:८-१९ पढ्नुहोस, यसमा जुन बाचा परमेश्वरले उच्चारण गर्नुभयो त्यसको दायरामा को को पर्दछ ? यसले येशूमा पाईने नयाँ करारको बारेमा के जनाउ दिन्दछ ? नोहाको पालामा पाएको करार र अहिले हामीले पाएको मुक्तीको करारको बिचमा के समानता र भिन्नता छ ? उत्पती ९:१२ संग १७:७, भजन १०५:१० र हिब्रु १३:२० मिलाएर पढ्नुहोस् ।



अन्तमा:-

"धेरैले प्रथमपटक नोहाको चेतावनीप्रति संबेदनशिलभएको देखाएको थियो तर परमेश्वरतिर पश्‍चाताप गरेर तिनीहरु फर्केनन् । उनीहरु आफ्नो पाप त्याग्न अस्विकार गरे ।जलप्रलय भन्दा अघि तिनीहरुको बिश्वासको परिक्षण भएको थियो तर तिनीहरु त्यसमा खडा हुन सकेनन् । प्रचलित संस्कार र बिश्वासहरुको कारण तिनीहरुले नोहाको गम्भिर शन्देश उनीहरुको हृदयमा भिज्न सकेनन् जसको फलस्वरुप आफ्ना पुराना साथीहरुकै लहैलहैमा लागे र नोहाको बचनलाई अस्विकार गरे ।कतिले त नोहाको बचनप्रति संबेदनशिल भए र उसको वचन तिर अग्रसर हुन खोजेको थिए तर धेरै जनसमुदायको खिसी र हाँसोलाई उनिहरुले तोड्न सकेनन् । यसले गर्दा तिनीहरु त्यस्ता समुदायमा सहभागीभए र नोहालाई खिसीगर्न र उसको सन्देशको बिरोधगर्न प्रवलतासाथ अघि बढे । जो मानिस परमेश्वरलाई ग्रहण गरेर र उहाँको आत्मालाई स्विकार गर्दछ तर पछि बिभिद कारणले उहाँलाई त्याग गर्छ भने तिनिहरुजस्तो कठोर भएर परमेश्वरको जनको बिरोधमा अरु भन्दा अघिहुन पछि पर्दैन । "नोहाको पालाको सबै पुस्ताहरु पुर्णरुपमा मुर्तीपुजक थिए भन्न सकिन्न ।धेरै मानिसहरु परमेश्वरको भक्तभनेर घोषित गरेको थिए ।तिनीहरुले यो दावि गरेको थिएकि तिनीहरुका मुर्तीहरु परमेश्वरको प्रतिकमात्र हुन् ।ति मुर्तीहरुबाट परमेश्वरको ज्ञान प्राप्त गर्न सकिन्छ र उहाँमा तल्लिन हुनसक्दछ । यि मानिसहरुनै नोहाको सन्देशको बिरोध गर्न अग्रस्थानमा थिए ।जव तिनिहरुले आफ्नो आस्थाको केन्द्रबिन्दु भौतिकसाधनलाई बनाए तिनिहरुको आत्मिक दृष्टि अन्धा भएर परमेश्वरको शक्ती, पवित्रता, आज्ञाहरु महानता र उहाँको नडगमगिने अनन्त अटल चरित्रको अबज्ञा गरे ।पाप जव सर्बमान्य हुन्छ ति पाप, पापहुनबाट बिलाउँछ ।अनि क्रमबद्धरुपमा परमेश्वरको आज्ञालाई मान्नुपर्दैन किनकि अव त्यो लागु छैन भनेर खुलारुपमा घोषणा गर्दछ । तिनीहरुले यो पनि भनेर मनलाई शान्तपार्न खोज्दछ कि जतिसुकै मानिसले पापगरेपनि दयालु र करुणामय परमेश्वरले सजायँदिनुहुन्न र अन्तको न्यायलाई ईन्कार गर्दछ। यदि नोहाको पुस्ताले परमेश्वरको आज्ञाको अवज्ञा नगरेको भए नोहाको सन्देशलाई परमेश्वरको आवाज हो भनेर चिन्हेर ग्रहण गर्न सक्दथ्यो । तर तिनीहरुको मनस्थिती परमेश्वरको ज्योतीलाई ईन्कार गरेर अन्धा भए र तिनिहरुले नोहाको सन्देश साँच्चिक्कै (कपोलकल्पित,धर्मान्ध) भ्रान्तिपुर्ण हुन भनेर बिश्वास गरे ।" एलेन जी. ह्वाईट, पाट्रियार्क एन्ड प्रोफेट, पृ. ९०-१०४

चिन्तन्:- बर्तमान परिपक्षमा येशूका अनुयायीहरुलाई प्रचलित समाज वा संस्कारहरुले कसरी हेर्दछन् र नोहाको पालाभन्दा गतिलो भएको छ भन्न के मान्न सकिन्छ ?

जल प्रलयपछिको पृथ्वी

मुल पद: "सर्ब प्रथम तिमीहरुले यो बुझ्नुपर्छ, कि पछिल्ला दिनहरुमा गिल्ला गर्नेहरु गिल्ला गर्दैऽ तिनिहरुका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्,—उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता-पुर्खाहरु सुतिसकेका दिनदेखिनै र सबै कुराको शुरुदेखि चलिआएजस्तै आज पनि छँदैछ ।" २पत्रुस ३:३,४

धेरै बर्ष अघि बिलायतको एक नास्तिक तर्कशास्त्री जो कि बिकासबादको प्रवल समर्थक थिए, उसले बिकासबादलाई यसरी निष्कर्षमा पुगेको छ भनेको थिए, "यदि मलाई सर्बशक्तिमान बनाएको भए र लाखौ‍ बर्षको परिक्षणकाल दिएको भए मैले मानिसलाई उत्कृष्ट सृष्टी गरें भनेर गौरव गर्ने थिईन ।" युनभर्सिटी अन ए टी शर्ट, दान फाल्क, टोरन्टो, पेन्ग्विन बुकस, पृ. २०३

यस तर्कशास्त्रिको मानिसको प्रादुर्भावभएको गलत भनाईलाई एकातिर राखेर हेर्‍यौ भने मानिसजात भनेको कस्तो निन्दनिय र हास्यास्पद प्राणी रहेछ भनेर देखाउँछ । बिषेश गरेर जलप्रलय पछि मानिसहरुकुन स्तरमा गिरेको थियो भन्ने बताउँदछ । जलप्रलयद्वारा सारा सृष्टी सखाप भएपछि मानिसहरुले बुझ्नुपर्दथ्यो कि परमेश्वरले पाप र धर्मीप्रती बिद्रोहलाई कुनरुपमा हेर्नुहुन्छ ।तर तिनीहरुले त्यसबाट पाठ सिकेनन् । मोशाले पवित्र आत्माको अगुवाईमा संसारको अवस्थालाई असलीरुपमा चित्रण गरेनन्: मानव जातीले परमेश्वरको बाटोमा हिंड्नु सट्टा आफ्नै बाटोमा फेरी लागे ।जलप्रलयको केही समयपछिनै मानिसहरुको स्तर फेरी दुर्दशापुर्वक गिर्न थाले ।

यस भागमा हामी हेर्नेछौ‍ कि जलप्रलयले के बदलाहत ल्यायो र मानिस जतिसुकै परमेश्वरको बिद्रोह गरेपनि उहाँले आफ्नो सदाशयता छोड्नुभएको छैन- हिजोपनि छोड्नुभएन र आजपनि छोड्नुहुन्न ।

१. नोहा र नयाँ पृथ्वी

यो निसन्देह थियो कि नोहा र जहाजभित्र भएकाहरु यस्तो पृथ्वीमा प्रबेश गरे जुन तिनीहरुले थाहापाएको भन्दा एकदम फरक र बिध्वंस भएको संसार थियो । उनीहरुको दिमागले के खेलायो होला सो भन्नु गार्‍है छ । झट्टै हेर्दा दुर्दसाले जाकिएको जमिन देख्‍दा केही समय त होसहवासनै गुम्यो होला । आज हजारौं बर्ष पछि जलप्रलयको प्रमाण बिश्वब्यापी भएकोले साधारणकै रुपमा लिन्दछौं किनभने यो बैज्ञानिक तरिकाबाट पनि प्रमाणित भएको छ कि एक समय सारासंसार पानीमुनी डुबेको थियो । फेरी प्रकृतीपनि कसरी त्यस बिध्वंसबाट गुजरेर बर्तमान अबस्थामा समायोजन भएको पाउँदछौ‍ ।तर नोहा र जहाजमा भएकाहरुको लागि ति पृथ्वीको दृष्य कति हृदय‌- बिदारक र त्रासपुर्ण थियो होला ।

यस्तो निराशजनक अबस्थामा परमेश्वरले नोहा र परिवारलाई आशा र ढाढसपुर्ण प्रतिज्ञा प्रदान गर्नुभएको थियो ।पढ्नुहोस के भनिएको छ: उत्पती ९:१-३




उपरोक्त पदहरु र आदम र हवालाई दिएको उत्पती १:२८-३० बचनहरुलाई दाँजेर पढ्नुहोस् । ति दुई अभिब्यक्तहरुमा के भिन्नता पाउनु भएको छ र त्यसको कारण के होला ? मानिस र जनावरहरुको बिचको सम्बन्धमा के अन्तरता भयो ?




एकदम आमुल परिवर्तन त मानिसहरुलाई मासु खान अनुमती दिईयो जुन पहिला थिएन । धेरै जन्तुहरु जुन मानिसको लागि साथीको रुपमा ब्यबहारमा परेको थियो ति मानिसकोलागि आहारा भयो ।पापले गर्दा सुन्दर र सौहार्दपुर्ण बातावरण असाध्य धल्मिन पुग्यो । अधर्म र दुष्टटाले गर्दा यो स्थिती हुन बर्तमानमा पनि समय सापेक्षिक छ । प्रारम्भिक कालमा मानिस र पशुहरु कुनैपनि माँसहारी थिएन । अदनको बगैँचामा मानिस र पशुहरु बिच महान भिन्नता भएपनि एक आफसमा दुरी थिएन । उत्पती १:२६,२७ । सबै परमेश्वरको सृष्टि थिए, सबैमा जिवन थियो र सबैलाई साकहारी खाना तोकिएको थियो ।परमेश्वरको सन्देश यो हुनसक्थ्योकि मानिसहरुले सबै प्राणीहरुलाई आदर गर्नुपर्दछ । मानिसले जन्तुजनावरहरुमाथी आधिपत्य बनाउनु भनेको आफुलाई उनिहरुमाथी मालिक बनाएता पनि उनीहरु प्रति दुर्ब्यबहार गर्नु भनेको थिएन ।

आफ्ना वरिपरि हेर्नुहोस, पापले गर्दा कति भताभुङ्ग भईरहेको छ । के तपाँईले कुनै यस्तो भुमिका खेलिरहनु भएको छ जसले गर्दा बिग्रेको जिवनलाई आशाको किरण फैलाएर उत्साहितपारेर उनिहरुको जिवनलाई मुल्यमान्यता प्रदान गरिरहनु भएको छ ?

२. रगत र जिवन

"तर मासु त्यसको प्राण दिने रगतसमेत नखाओ । र तिमीहरुको प्राण दिने रगतको सट्टा म निश्‍चय लेखा लिनेछु । हरेक पशुदेखी म प्राणको साटो लिनेछु र हरेक मानिसदेखि पनि आफ्नो दाज्यू-भाइका प्राणको साटो म लिनेछु । 'जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा बनाउनुभएको हो' " उत्पती ९:४-६

येशूमा बिश्वास र भरोसा राख्‍ने हरेकले परमेश्वरको उपरोक्त आदेशलाई कसरी अबिछिन्नरुपमा पालन गर्नुपर्दछ भनेर मार्गनिर्देशनको रुपमा लिनु खडाभएको पाउनु पर्दछ ।

फेरि उपरोक्त पदले यो पनि खुलासा गरिएको छ कि पापले गर्दा मानव र पशु जिवनमा कुनरुप लिन सक्दछ । पतित समाजमा परमेश्वरले हत्या र हिंसाको अपेक्षा हुन्छ भनेर स्विकार्नु भएको पाउँछौं ।यो रोचकपुर्णपनि छ कि परमेश्वरले रगतभएको मासु नखानुभनेर जुन आदेश दिनुभएको छ त्यसले कसैको हत्या होस भनेर परमेश्वर सुरुदेखिनै नचाहेको देखाउँदछ । त्यत्तिमात्र होइन सुद्ध र असुद्ध मासु वा कसरी त्यसलाई खानको लागि उपयोगी बनाउने भन्ने नियम कुनै यहुदी जात वा लैब्यब्यबस्थापुर्बनै थियो भनेर जनाउँछ । सयौं बर्षपछि जव गैर यहुदीहरु ईसाई भए तिनीहरुलाईलाई पनि रगतभएको मासु नखानु भनेर प्रेरितहरुले निर्देशन दिएको पाईन्छ जसले यो देखाउँदछ कि बिश्वासीजनहरुले उत्पतीको आदेशलाई निरन्तरता दिओस् (प्रेरित १५:२०,२९, लैब्यब्यबस्था १७:११, १ पत्रुस १:१९)।

मोशाले दश आज्ञा सिनै पहाडमा पाउन अगावै परमेश्वरले मानिसलाई मानव हत्याको कडाश‌व्दमा किन मनाही गर्नुभएको छ ?




सयौं बर्षदेखि उपरोक्त पदहरुको बारेमा बिबाद र त्यसको ब्यबाहारिक अर्थबारे तर्कहरु चलिरहेका छन् । के एकले अर्कोको हत्या गरे हत्यारालाई हत्याको सजायँ जुनसुकै अबस्थामा हत्या भएपनि तौक्नै पर्दछ र ? धेरै पुरानो नियममा यस्ता कानुनहरु बनाएका थिएकि कुन परिस्थितीमा हत्याभएको हो त्यसलाई कसरी न्यायोचितरुपमा फैसला गर्नुपर्दछ (उदाहरणस्वरुप हेर्नुहोस गन्ती ३५:११) ।फेरी बाईबलमा धेरै पदहरु छन् जसमा क्षमादिने, अर्को गाला फर्काउने, कसैको न्याय नगर्ने आदीसंग सम्वन्ध छन् । फेरी पुरानो नियममै सारा शहरहरु हत्या, हिंसा र अधर्मका कारण सखाप भएका छन् । यि सबै कुरालाई जे गरेर एकसाथमा राखेर हत्यासम्वन्धी तर्क र बितर्क गरेपनि एउटाकुरा बाईबलले देखाउन खोजेको छ कि मानिसको जिवन मुल्यबान र आदरयोग्य छ । न्यायको दिनमा एकले अरुको पवित्र शरिरलाई कसरी ब्यबहार गरेको छ सो हरेकले लेखाजोखा दिनुपर्नेछ (२ कोरन्थी ५:१०) ।हरेक मानिस परमेश्वरको अगाडी जवाफदेही हुनुपर्नेछ ।

३. जलप्रलय पश्‍चात

उत्पती ९:१८-२९ पढ्नुहोस् । परमेश्वरले जतिपनि दया, सदाशयता, सुरक्षाको अनुभुती, शान्ति र समृद्धि देखाएतापनि वा न्याय, सत्यानाश अथवा मृत्युको चेतावनि दिएपनि मानिसहरुको चेतना बदलिएको पाउँदैनौ‍ ।यसकोलागि बाईबलमा लेखिएको बृतान्तहरुको आबश्यक पर्दैन, हाम्रै दैनिक जिवनमा मानिसहरु परमेश्वरबाट टाडा भएर आफ्नै मनका भुमरिमा परेर हताहत भईरहेको पाइरहेका छौं ।

उत्पती ९ पढ्नुहोस । जल प्रलयपछि परमेश्वरले हरेक जिवित जिवातसंक बाचा बाँढ्नुहुन्छ ।उहाँले प्रतिज्ञा गर्नुहुन्छ कि अव बिश्वब्यापी जलप्रलयद्वारा संसार ध्वस्त हुनेछैन । प्रतिज्ञाको स्मरणकोलागि सुन्दर धनु (ईन्द्रेनी) आकाशमा फैलाउनुहुन्छ । परमेश्वरको बाचाको खिलाफ तुरन्तै अर्को घट्ना हुन्छ जसले उहाँको मर्ममा धक्का पर्दछ ।यसमा हामीलाई के शन्देस छ सो बिचार गर्नुहोस । फेरि धर्मिमा गनेको नोहा (उत्पती ७:१) कसरि चिप्लेर गतिछाडा भएको पाउँदछौ‍ ? नोहाले दिएको श्राप आफ्नो सन्तानमा छापलागिरहेको हुन्छ भन्ने थिएन तर उपरोक्त घट्नाले मानिसको चरित्रआचरणको प्रदर्शन गर्दछ । र ति आचरण एक बंशबाट अर्को बंशमा सरिरहेको पाउँछौ‍ । "हामको पाप जानाजानी थिएन । उसले आफ्नाबाबुको लाजमर्दो अबस्था देखेहोला तर बाबुको गतिलाई दुखमान्नुको सट्टा उसले हास्यास्पदरुपमा अरुलाई फैलाउन उ खुशी माने । तर हामको दुई ठुलो दाज्युहरुले उसको भावनासंग सहमति भएन। आदमको पनि दुई अनुसाशित छोराहरु थिए- एबेल र सेथ तर एउटा चाहिं भ्रष्ट भए ति थियो केन । सबैले त्यत्तिकै आमाबाबुको मायाशुश्रुषा पाएतापनि तर पापले एकले भन्दा अर्कोलाई दास बनाएको पाउँदछौं ।अब त्य अपभ्रन्श प्रबृति नोहाको सन्तानमा छाएको पाउँदछौ‍ ।ठुलो छोराले हामले जत्तिकै मायाममता र स्याहार पाएपनि उसले चाहिं आत्मसंयम, भद्र र सभ्यता देखायो ।जसरि केनको दुष्टपना उसको सन्तानमा जरा गाडियो त्यसरीनै हामको पतित चरित्र उसको सन्तानमा देखापरे ।" -एस.डि.ए. बाईबल कमेन्टरी, ठेली १, पृ. २६६।

कतिचोति हामी हाम्रा पापहरु क्षमा भएको भनि ढुक्क हुन्छौं, निश्‍चय ति महत्व छन् (रोमी ४:७, एफिसी १:७, कलस्सी २:३, १ युहन्ना १:९, २:१२) तैपनि नोहा गिरेको घट्नालाई हेर्दा हामी यो पाउँदछौं कि उच्च उत्तरदायित्व भएको ब्यक्तिको आचारणले नकारात्मक वा सकारात्मक प्रभाव मानिसहरुमा पर्दछ । जो मानिस येशूभक्त भनेर दावि गर्दछ त्यसले आफ्नो कामकुरामा सतर्क अपनाउन अत्याबश्यक छ किनभने परमेश्वरलाई बिश्वास गराउन र पछि हताउन अन्य मानिसको जिवनमा उसले भुमिका खेलीरहेको हुन्छ ।

४. गिल्लागर्नेहरु बिगतका र बर्तमान

२ पत्रुस २ मा प्रभुका चेला पत्रुसले एकफेरा प्रभु येशूमा अगंम बिश्वासगर्नेहरु पछि कसरी उहाँबाट तर्किएर उहाँकै खिलाफमा झुठो शिक्षाको शिक्षकहरु भए भनेर उल्लेख गर्नुभएको छ । उपरोक्त भुमिकालाई मनमा राखेर २ पत्रुस ३:१-११ पढ्नुहोस र निम्न प्रश्‍नहरुको जवाफ दिनुहोस:-

क. कुन श्रोत र अधिकारले पत्रुसद्वारा गिल्ला गर्नेहरु र मनलाई बहकाउने असत्य गुरुहरुको प्रादुर्भाव हुन्छ भन्नुभएको छ ? यसको जानकारी र यसतादेखी सतर्क हामी किन हुनुपर्दछ ?
ख. गिल्लागर्नेहरुले कुन खास अभिप्रायले गिल्ला गर्दछन् ? आजपनि त्यही बाटो बिश्वासलाई दुर्घट्नामा पार्न गिल्ला र खिशीगर्नेहरुको ताँतीको कम हामी पाउँदेनौं ।
ग. पत्रुसले जलप्रलयलाई किन अगिंत गरेर बर्तमान उपहासकर्ताहरु देखी सतर्कता अपनाउनु पर्दछ भन्नुभएको छ ? २ पत्रुस २:५

पत्रुसले रोचक अभिब्यक्ती के गरेका छन् भने खिसी गर्ने वा गिल्ला गर्नेहरुले भन्ने छन्, "सृष्टिको सुरुदेखी संसारमा जे जन् यथावतनै छन्" (२ पत्रुस ३:४) यि कुरालाई भविष्यबाणीको रुपमा नाटकियरुपमा पुरा भएको पाउँदछौं किनकि बिगत सताब्दी र आधामा खगोलशास्त्रीहरुले हालका पृथ्विका बनौटलाई अचानक बिनाशकारी जलप्रलयको सट्टा क्रमबद्धरुपमा अनगिन्ती समयलागेको दावी गर्दछन् ।महान भोगोलिक बनावतहरु जस्तै पत्थरका आकारहरु, गहिरो खाल्डा वा गुफाहरु सृष्टिकै बेला थियो अर्थात बिस्तारै अलिअलि गरेर तिनीहरु खियाएका हुन कुनै आकस्मितकारणले होईन । यस सिद्धान्तले बिकासबादलाई पनि तेवा दिन्दछ किनकि यसले भन्दछकि परमेश्वरले संसारलाई छ दिनमा सृष्टि गरेको होईन तर आफसे आफ सृष्टि भएका हुन र क्रमबद्धरुपमा जिव- जिवातहरु एक थरीबाट अर्को थरीमा बिकासभएर बदलेको हो । पत्रुसले धेरैबर्ष अघि यस्ता मानिसहरु वा बाईबललाई खिसीगर्नेहरुको प्रादुर्भाव हुन्छ भनेको थिए । यसले हामीलाई यो सिकाउँदछ कि हामी यस्तो समयमा छौं कि हामी हरतरिकाले कुन सिबिरमा हुनचाहन्छौं भन्ने रोजाईमा चलिरहेको छौं- परमेश्वरकोमा वा उहाँको खिलाफमा चल्नेहरुमा ।

पत्रुसले ब्यक्तगरेको कुरामा तपाँई कत्तीको संबेदनशिल हुनुहुन्छ सो सोच्नुहोस किनकि तपाँई फराकिलो बाटोमा रहनु चाहनुहुन्छ कि वा साँगुरो बाटोमा- तपाँईको अन्तसकरणको निर्णयमा भर पर्दछ (मत्ती ७:१४) ।

५. बाबेलको गगनचुम्वी धरहरा

उत्पती १० मा जलप्रलयपछि जनसंख्या बृद्धीभएर मानिसहरु पृथ्वीमा छरेको उल्लेख गरिएको छ । मानिसहरु जन्मन्छन्, राज्यहरुको संरचनाहुन्छन्, र मानिसहरु शक्तीसंपन्नभएर पृथ्वीमा प्रभावशाली हुन्छन् जो कि बाईबल र अन्य पुस्तकहरुको बर्तमान र बिगतका ईतिहासमा स्थान ओगेटेका हुन्छन् । पढ्नुहोस उत्पती ११:१-१० मा कुन बिज्ञानको प्रगती भयो र त्यसको ज्ञानलाई मानिसहरुले कसरी प्रयोग गर्न चासो देखाए ?

उनिहरुले जलप्रलयलाई ख्यालमा राखेर स्वर्गसम्म जाने गगनचुम्बी धरहरा बनाउन किन मिलोमत्तो गरे ?

परमेश्वरले कुन कारणले तिनीहरुको योजना बिफल बनाउन चाहे (हेर्नुहोस: उत्पती ३:२२,६:५) ?

"समतल धरातल शिनारका बासिंदाहरुले पृथ्वीलाई जलप्रलयबाट नष्ट नगर्ने परमेश्वरको बाचालाई बिश्वास गरेनन् । धेरैले परमेश्वरको अस्तित्वलाई अस्विकार गरे र जलप्रलय प्राकृतिक कारणले भएको भनि सिकाए । कतिले सर्बोच्च परमेश्वरमाथि बिश्वास गरे तर पौराणिक जगतलाई निर्ममता पुर्बक नाश गर्ने परमेश्वरको बिरुद्ध केनले जस्तै बिद्रोह गर्न चाहे । धरहरा बनाएर तिनीहरु अर्को जलप्रलयबाट सुरक्षित हुनचाहे । जलप्रलयमा ढाकेको उच्चस्थानभन्दा अल्गो स्थानबनाएर तिनीहरुले अब जलप्रलयभएपनि हामीलाई छुन सक्दैन भनी ढुक्क हुनचाहेको थियो । तिनीहरु बादलभन्दा माथीरहेर जलप्रलयलाई काबुमा राख्‍न चाहेको थियो ।" एलेन जि. ह्वाईट, पेट्रियार्क एण्ड प्रोफेट, पृ. ११९ ।

सबभन्दा महत्वपुर्ण पद चाहिं सायद पद ६ होला जसमा परमेश्वरले मानिसहरुले प्राबिधिक र बैज्ञानिक ज्ञानहरुलाई प्रचुर मात्रामा बढाउन चाहेको देख्‍नुभयो । यो असलै हो भनेर मानिसले भन्न सक्दछ किनभने अहिले ति ज्ञानहरुले अहिले कति फायदा दिईरहेका छन् । तै पनि परमेश्वरले यसलाई अनुपयुक्त थानेर भाषामा गदबडी ल्याएर उनिहरुको योजना बिफल बनाई दिनुभयो । यसले गर्दा तिनीहरु छरिए र उनिहरुको योजनालाई साकारपार्न मुश्किल भए । परमेश्वरले यो किन गर्नुभयो होला ?

यसमा हामीले सिक्नुपर्ने के कुरा छ ? हामी कस्तो खालको ज्ञानको खोजीमा छौं ? हाम्रो ब्यक्तिगत जिवनमा यसले हामीलाई के महत्वपुर्ण पाठ सिकाउँछ ? २ तिमोथी ३:७ हेर्नुहोस



अन्तमा:-

"जुन भविष्यबाणी नोहालाई दिएको थियो त्यो कुनै रिसको झो‌कमा वा उसको पक्षमा हुन दिएको थिएन ।यसले उसका छोराहरुको भाग्यरेखा निर्धारण गरेको थिएन । तर यो उनिहरुलाई जानकारीको लागि थियो कि उनिहरुको जिवन उनिहरुले रोजेको बाटोमा भर पर्दछ ।परमेश्वरले उनिहरुको भविष्यलाई उज्वल बनाउने वा धरातलमा बनाउने वा धरातलमा ल्याउने तिनिहरुकै हातमा छोड्नुभएको थियो । हुनत आमाबाबुको आनीबानी छोराछोरीहरुले अनुसरण गर्दछ र आमाबाबुको पापपनि एक बंशबाट अर्को बंशमा सर्दछ (जसरी जस्तो बाबु उस्तै छोरा भन्ने कथनले पनि पुष्ट गर्दछ) ।हामको दुष्ट र अनादरपुर्ण ब्यबहार उसको सन्तानमा सरेको थियो जसले गर्दा धेरै पिंढीसम्म उक्त श्राप परेको थियो । उपदेशकमा भनिएको छ एकजना पापीले धेरैलाई नाश गर्दछ (उपदेशक ९:१८) ।" एलेन जि. ह्वाईट, पेट्रयार्क एण्ड प्रोफेट, ११८ ।

भनिन्छ भुगर्भशास्त्रीले "पृथ्वीको आयु मोशाले भनेको भन्दा धेरै लामो छ....तर बाईबलको ईतिहासबाहेक भुगर्भशास्त्रले केहिपनि प्रमाण दिन सक्दैन । जो मानिसहरुले बिश्वस्तसाथ बाईबलको भनाई काट्न प्रमाणहरुलाई पत्तालाग्यो भन्दछ, उनिहरुलाई जलप्रलयभन्दा अगाडीका जिव जन्तु, मानिसहरु र रुख आदिहरुको बनौट कत्रो थियो भन्ने पुरा अनुमान छैन । भग्नाबषेशहरुले त्यससमयलाई अहिले भन्दा कति फरक छ भन्न सकिन्छ तर त्यससमयको अबस्था बाईबलले मात्र बाख्या गर्न सक्दछ ।जलप्रलयको ईतिहासलाई बाख्या जुन प्रेरणादायी बचनले गर्दछ भुगर्भशास्त्रले कहिले पनि बुझाउन सक्दैन ।" लेन जि. ह्वाईट, पाट्रियार्क एण्ड प्रोफेत, पृ. ११२ ।

चिन्तन मनन्:-
क. आधुनिक बिज्ञानले गगनचु्म्बी धरहरा जस्ता अबधारणाहरुलाई अघिसारेका पाईरहेका छौं ।पौराणिक समयका मानिसहरु
ख. असफल भएजस्तै अहिलेपनि त्यही गति हुने कत्ती सम्भावना पाईरहेको हुन्छौं ?

हामीले बंशजबाट सरेका शारिरिक बनावट, चरित्र वा संरचना तत्वलाई बदलिन सकदैनौं तर हामीले नकारात्मक संरचनालाई घटाउन के प्रयास गर्नुपर्दछ ? प्रभुको शुसमाचारले कसरी मद्दत गर्न सक्दछ ? अर्थात नयाँ गरी जन्मिने भन्ने अवधारणाले हाम्रो चारित्रिक बनावटलाई कसरी अग्रसरता दिन सकिन्छ ।

बिश्वासका लौह पुरुष अब्राम

मुल पद: "अनि तिनले परमप्रभुमाथि बिश्वास गरे, र यो तिनको निम्ति धार्मिकतामा गनियो ।" उत्पती १५:६

गएको पाठमा तिता कुरामा सक्यौं: ति थिए मानिसहरुले असफल गगनचुम्बी धरहरा बनाए र सबै थोकले यो जनाउ दिन्दछकि मानिसले ईतिहासबाट कहिले पनि पाठ सिकेको हुन्दैन । यस भागमा हामी आशाबादि भएर अगाडि बड्न चाहन्छौं । हामी शेमको बंश जसबाट पुर्खा अब्राहमको जन्म भयो, पावलको अनुसार उहाँ हामी सबैको पितामह हुनुहुन्थ्यो (रोमी ४:१६) । यसको अर्थ यो हो कि उहाँ येशूमा बिश्वास गर्ने सबैको पितामह हुनुहुन्छ किनकि येशूद्वारानै अब्राहमलाई दिएको बाचा पुराभएको थियो ।येशूद्वारा हामी अब्राहमका सन्तान हौ र प्रतिज्ञाका हकदारी हौं (गलाती ३:२९) । येशूमा स्वर्गिय कनानको राज्यमा पस्न बाचा बाँढिएको छ ति राज्य जहाँ दुष्टता, पाप र मृत्यु आदिले आधिपत्य जमाउन सक्दैन । अर्थात मानिसको पतन, जलप्रलय, नोहाको जँड्याहापन र बेबेलको धरहराको असफल प्रयासपछि परमेश्वरले प्रष्टरुपमा मानिस जातलाई सुध्रिन आशाको किरण फेरी दिनुभएको छ । त्यो आशा अब्राहमबाट सुरुभएको पाउँछौं । उनि मुर्तिनै मुर्तिहरुले जाकिएको संस्कार र संस्कृती समाजमा र परिवारमा अलग भएर सृष्टिकर्ता परमेश्वरको अनुयायी हुन पुगेको कारणले उसलाई र उसको परिवारलाई बिशेष आशिष दिनुभएको थियो जसको कारण सारा मानव जातिपनि त्यस प्रतिज्ञामा सहभागि हुन अवसर प्रदान गरिएको थियो ।

यस भागमा अब्राहमको जिवनी हेर्नेछौ‍, उहाँलाई कसरी बोलाहत भएको, उहाँले त्यस बोलाहतलाई जिम्मेवारीपुर्वक ग्रहण गरेको, उसको मानव स्वभाव र सब भन्दा महत्वपुर्ण पक्ष, उसको परमेश्वरसंगको गाढा सम्वन्ध ।उहाँको उदाहरणले यो देखाउँदछ कि पतित मानिस बिश्वासद्वारा जिउन सक्दछ, बिश्वासद्वारा सफाई पाउन सक्दछ र परमेश्वरको परमभक्त भन्ने प्रदर्शन गर्न कामद्वारा देखाउनु पर्दछ ।

१. अब्रामको पृष्ठभूमि

उत्पती ११:१०-३२ पढ्नुहोस ।(अन्य पदहरु योहशु २४:२ र प्रेरित ७:२ पनि हेर्नुहोस्) उपरोक्त पदहरु कुन बर्णनको लगत्तै पछि समावेश गरिएको छ ? ति दुई बृतान्त किन एकआफसमासंगै राखेको छ ? अब्राम र परिवारको पृष्ठभुमि कस्तो थियो ?




तेराहको सन्तानमा अब्राम सबभन्दा कान्छो भएपनि उत्पती ११:२६,२७ मा उसको नाउँलाई प्राथर्मिकता दिएको पाउँछौ किनभने उनी बिषेश चुनिएको परिवारको प्रथम पितामह भएको हुनुभएको थियो । पुरातत्वबिदहरुले उक्त समयका सभ्यतालाई उत्खनन् गरेर धेरै जानकारी हासिलभए पनि ति सभ्यता केवल पृष्ठभुमीमात्र थियो ।बाईबलले स्थलप्रकाश त्यस्ता पुर्खा र परिवारलाई केन्द्रित गरिएको थियो जो परमेश्वरको सत्यता र ज्ञानलाई जिवित पारेका थिए । उत्पतीको पुस्तक यसको ज्वलन्त उदाहरण हो । यसमा उल्लेख गरिएका कथा र घट्नाहरु कहिलेकाहीं कहालीलाग्दो भएपनि यस्ता ब्यक्तिहरुको उच्चत्तम मुल्यांकन गरिएको पाउँछौं किनभने मुर्तीपुजानै मुर्तीपुजाले ढाकेका देश, अन्धबिश्वासले मानिसका हृदयमा गहिरो छाप लागेका र सानोतिनो चमत्कारले गर्दा परमेश्वरले रचेका सृष्टीलाई देवि देवटा हुनभनेर पुज्ने सभ्यता र संस्कारको बिचमा अलग्गिएपनि तेजस्वी, ‌ओजस्वि, सर्बज्ञानी, सर्बशक्तिमान, करुणामय र सर्बब्यापी परमप्रभु परमेश्वरमाथी आस्था र बिश्वास उनिहरुले गरेका थिए ।

अब्रामले कनान देशमा जान बिभिन्न खुडकिलाहरु पारगर्नु परेको थिए ।ति खुडकिलाहरु के थिए र किन यसरी पार गर्नुपरेको थियो ? पढ्नुहोस र दाँज्नुहोस् उत्पती १२: १ संग प्रेरित ७:२-४




स्तिफनले यो दावि गर्दछ कि परमेश्वर प्रथम पटक कलेदिको उरमा (बर्तमान ईराक) देखापर्नुभएको थियो र उसलाई परमेश्वरले भनेको देशमा जान निर्देशन दिनुभएको थियो ।तर उ तुरन्तै गएन तर उ हारानमा गए र आफ्ना पिताको देहान्त नहुन्जेल त्यहीं रहे ।उसको पिताको मृत्युपछिमात्र परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा जान अघि सरे ।

अब्रामका आफन्तहरु मुर्तीपुजामा तल्लिन थिए ।तैपनि ति उनिहरुसंग धेरैबर्ष तिनीहरुसंग रहनसहन गरे । अब्रामको जिवनीले हामीले कस्तो पाठ सिक्न सक्दछौं किनभने येशूभक्तका कतिपय परिवारहरुपनि परमेश्वरसंग हिंडेर बिश्वासमा रहेको पाईन्दैन ?

२. बोलाहत

परमेश्वरले अब्रामलाई हारान छोड्न किन निर्देशन दिनुभयो ? पढ्नुहोस:- उत्पती १२:१-३, हिब्रु ११:८-१० यसमा हामी ब्यंगोक्ति पाउँछौं: परमेश्वरले अब्रामलाई उसको नाउँ प्रख्यात र उच्च बनाउँछु भनेर प्रतिज्ञा गर्नुभएको थियो (उत्पती १२:२) तर बेबलेको धरहरा बनाउँदा मानिसहरुले आफ्ना नाउँ प्रख्यात र उच्च बनाउँछौं भन्दा तिनीहरु तितर बितर भए (उत्पती ११:१-९)। मानविय हिसावले हेर्नेहो भने जो मानिस ज्ञानबिज्ञानमा उच्चतम हासिल गर्छ उसको नाउँ प्रख्यात हुनुपर्ने थियो तर आफ्ना घरवार, जात, संस्कृती, उर्बरा जमिन आदि छोदेर थाहैनपाएको देशमा जाने मानिस प्रख्यात हुनुनपर्ने हो (हिब्रु ११:८) ।तै पनि आज ति गगन चुम्बी धरहरामा काम गर्ने कसैको नाउँ थाहा छैन तर अब्रामको नाउँ ख्यातीप्राप्त छ ।

यस प्रसङ्गले नाउँ कमाउन चाहने मानिसलाई के पाठ सिकाउँदछ ?




कनान देशमा जान बोलाहत (प्रेरित ७:२ संग उत्पती १२:१ हेर्नुहोस) बाहेक परमेश्वरले अब्रामलाई महान राष्ट्र बनाउँछु भनेर अचम्भको प्रतिज्ञा दिनुभएको थियो। यसको मतलव उसकै सन्तानबाटनै राष्ट्रको जन्म हुन्छ भन्ने बिश्वास गर्नु परेको थियो जब उसको श्रीमती बाँझी र धेरे उमेर धल्कि सकेकी थिई (उत्पती ११:३०)। तैपनि पद ४ ले परमेश्वरको कुरालाई मानेर नहिच्किचाई अघि बढे भनेर उल्लेख गर्दछ (रोमी ४:१३ पनि हेर्नुहोस) ।

मानविय हिसाबले हेर्ने हो भने अब्रामले अदृष्य परमेश्वरको कुरा सुनेर चल्नु मुर्खतापुर्ण मान्नसक्दछ । यसले हामीलाई के पाठ सिकाउँदछ किनकि अहिले पनि बिश्वासमा चल्नु र रहनु भनेको मुर्खतापुर्णनै मानिन्छ (१ कोरन्थी १:२५, २:१४) ? फेरी हामीले के सतर्कता अपनाउनु पर्दछ किनकि परमेश्वरले भनेको भनेर आफ्ने तालमा पनि हामी हिड्न सकिन्छौ ? कसरी परमेश्वरको निर्देशनमा हामी हिंडीरहेकाछौं भनेर थाहापाउने ? त्यसको लागि मापदण्ड के हो ?

३. अब्रामको आस्था र निष्ठा

उत्पती १२ पुरै अध्याय पढ्नुहोस । यसमा अब्रामको बिश्वास, निष्ठा, परिक्षा र चरित्रबारे के बताएको छ ? कुन पक्षले तपाँईलाई प्रभाव पारेको छ ? तपाँईको बिश्वासको दैनिक चालमा यस कथाले के सिक्न सक्नुहुन्छ ?




शायद तपाँईले भन्नुहोला परमेश्वरले बोलाउनु भएकोले अब्रामको जिवन बिना संकष्ट वा सजिलो होला । बाईबलले यो पुष्टि गर्दैन कि परमेश्वरको निष्ठा र आस्थामा रह्यो भन्दैमा दुख, कष्ट आउँदैन तर त्यसको बिपरितचाहिं हो । कनान देशमा गएको केहि समयमै त्यहाँ अनिकाल भयो र मिश्र देश (ईजिप्त) मा उ पलायन हुनुपर्‍यो जहाँ नाईल नदीको पानीले जमिनलाई उर्बरा पारेको थियो । पवित्र लेखमा यो सिकाउँदछ कि परमेश्वरलाई बिश्वास गर्नेलाई पनि बिश्वासमा स‌कष्ट आउँछ र दर्‍हो भएर बस्नु पर्दछ । अनिकालले अब्रामको बिश्वासलाई कस्तो प्रभाव पार्‍यो होला ? परमेश्वरले बोलाउनु भएको देशमा तिनी गए, तर लगत्तै अनिकालको सामना गर्नु पर्‍यो ।यो अनिकाल जसले गर्दा कनानबाट भाग्नु पर्‍यो त्यसले अब्रामको बिश्वासमा धलमलिएको थियो । यसले गर्दा साराई र फारोह राजाको बिचमा के भयो र अब्रामले किन त्यस्तो बाटो अपनाए भन्ने बुझ्न सकिन्छ । भोक र डरले मानिसमा भएको बिश्वासको बिरतामा धक्का हान्यो जुन हामी प्रायजसोले राम्रैसंग बुझ&