आधारशिलाहरु
मुल पद: "यदि जगनै नष्ट हुन्छन् भने धर्मी जनले के गर्न सक्छ र ?" भजन ११:३
दक्षिण अफ्रिकाको लौरेन भेन्दर पौष्टको बै ऄՠĕो टेबुलमा एउटा पत्थर सजाएर राखेको थियो ।यो अनौ अ ˠĕालो पत्थर के हो भन्दा उनले जवाफ दिए कि ति ढुंगा अफ्रिकाको १५,००० फुट तल जमिनबाट निकालेको भनी जवाफ दिए । उसको साथीले एक पत्रसाथ ति पत्थर प ऄޠďको थियो, "यो पत्थर एक प्रतिक हो जसमा तपाँई र मैले आफ्नो जिवनको जग बसाल्न खोजिरहेकाछौं ।"
हामीले कुनै न कुनै जगमा हाम्रो जिवनलाई निर्माण गरिरहेको हुन्छौं ।अक्षरसमा भन्ने हो भने हामीले हाम्रो पाईतालामुनीका पत्थरमाथी भवन निर्माण गर्दछौं साथै हाम्रो जिवनलाई बिभिन्न शिक्षादिक्षा र सिद्धान्तहरुले संचालन गरेको हुन्छ । नास्तिकहरु, धार्मिक अतिबादीहरु, बैज्ञानिकहरु र अबिश्वासीहरु सबैका जिवनहरु कुनै न कुनै आफ्नै मौलिक सिद्धान्तहरुमा चलेको हुन्छ ।
ईसाई आस्थावानहरुले आफ्नो मौलिक सिद्धान्तहरु येशूको ब्यक्तिगत जिवनमा आधारित हुन्छ किनकि हामी उहाँमै रहन्छौ, चल्दछौं र हाम्रो जिवन उहाँकै हातमा छन् (प्रेरित १७:२८)।तर येशूको बारेमा पुर्णत बाईबलबाटैमात्र थाहा हुन्छौं । यसेकारण मुलत: बाईबल हाम्रो जिवन र आस्थाको आधारशिला हुन् । जसरी लौरेनले सजाएको पत्थरले उ कुन जगमाथी रहेको बताउँछ त्यसरीने उत्पतीको पुस्तक सारा बाईबलका जग भनेर मानिन्छ ।यस प्रथम भागमा यस बाईबलका आधारशिला उत्पतीको पुस्तकलाई प्रथमत: हेर्नेछौं ।
१ उत्पती र नयाँ नियम
बाईबलका प्रथम पाँच पुस्तकलाई पेन्टितक भनिन्छ जुन ग्रिक भाषामा पाँच हो ।यी पाँच पुस्तकहरु, उत्पती, प्रस्थान, लैब्यब्यबस्था, गन्ती र ब्यबस्था, हाम्रो बाईबलमा हुने सम्पुर्ण बिश्वासका जगहरु उपलब्द गराउँदछ । यी बिना हाम्रो धार्मिक आस्थाको कुने अर्थ हुन्दैन ।
प्रथम पाँच पुस्तकहरुमा उत्पतीले संसार कसरी उत्पती भयो भनेर बर्णन गरेको पाईन्छ । यदी हाम्रो उत्पती ऄߠĕ छैन भने सबै बे ऄߠĕ हुन आउँछ । डकर्मीले आफ्नो धागो सोज्याएर ईंटा सिधा राखेर पर्खाल बनाएन भने ति पर्खाल बाँगो र अनुपयुक्त हुन्छ । त्यसैले उत्पतीको पुस्तकले हाम्रो प्रादुर्भावको सन्देश प्रष्ट र पृ ऄՠİुपमा प्रस्तुत गरेको पाउँछौं ।परमेश्वर प्रति हाम्रो आस्था ढाल्न शैतानलै अनेक युक्त रचेको हुन्छ ।प्रथमत: उसले बाईबल प्रतिको बिश्वासमै धलमल्याउन खोज्दछ । उत्पतीको पुस्तकलाई उसले भयंकररुपमा आक्रमण गरेको पाईन्छ । यदि यसमा हाम्रो बिश्वास र आस्थालाई बितुलो पार्न सक्यो भने बिश्वासको सबै संरचना भत्काउन सजिलो पर्दछ ।
प्रभु येशू र नयाँ नियमका लेखकहरुले उत्पतीको पुस्तकको सत्यता, यथातथ्यता र बिशुद्धतालाई कुन दृष्टिकोणले हेरेको पाईन्छ
सो निम्न पदहरुमा हेर्नुहोस:-
मत्ती १९:३-८--------------------------
लुका १७:२६-२७----------------------
प्रेरित ७:१-१५---------------------
रोमी ४:३, ९-२१, ५:१४------------
१ कोरन्थी १५:२२-------------------
गलाती ३:६--------------------------
१ तिमोथी २:१३,१४-----------------
हिब्रु ११:३-२२----------------------
१ पत्रुस ३:२०----------------------
अनेक प्रमाण जुताउन खोजेर उत्पतीको ऐतिहासिक मान्यतालाई भत्काउन खोज्ने आलोचकहरुलाई सुन्ने कि येशू, पावल र पत्रुस जस्ता बिश्वास र आस्थाको खम्बाहरुलाई ध्यान दिने ? उत्पतीको पुस्तकको सत्यतामाथी प्रश्न गर्नुनै नयाँ नियममाथी प्रश्न गर्नु हो । किनभने नयाँ नियमले बारम्बार उत्पतीको पुस्तकलाई उदृध गरेको पाउँछौं । यदि उत्पतीकोपुस्तक शंकास्पद छ भने नयाँ नियममाथी कसरी भर पर्ने ? त्यसकारण हामी यो पाउँदछौं कि उत्पतीको ऐतिहासिक यथार्थतालाई शंका, उपशंका र प्रश्न गर्यौं भने हाम्रो बिश्वास र आस्था चक्नाचुर हुन्छ । बिश्वास र आस्था भत्काउने शैतानको चलखेल हो ।
सानातिना यस्ता कुराहरु छन् जसले बिश्वासको धरोहरलाई हल्लाउन सक्दछ ।तर ति कुराहरुमा अल्झेर बस्नुहुन्न । बाईबल परमेश्वरको बचन हो कि होईन भनेर शंकास्पदरुपमा हेर्न थाल्यौं भने अरु बिश्वासको आधार के छ त ?
२ शक्तिशाली र करुणामय परमेश्वर
उत्पती परमेश्वरको बारेमा प्रकाश पार्ने सर्बप्रथम र मुख्य पुस्तक हो । यसमा मानवजातीलाई लिखितरुपमा सृष्टिकर्ता र उद्धारकको बर्णन गरिएको छ ।
निम्न पदहरु हेरे परमेश्वरको बारेमा के निष्कर्षमा आउनुहुन्छ सो आफै सोच्नुहोस्:-
उत्पती १:१-----------------------------------
उत्पती ७:११----------------------------------
उत्पती १४:१९,२२----------------------------
उत्पती १८:२३-३३---------------------------------
उत्पती ४८:१५----------------------------------------
बाईबलको प्रथम पुस्तकले परमेश्वरको शक्ति र सामर्थलाई गुन्जाएको पाउँछौं । यसमा हामी उहाँलाई सृष्टिकर्ता, न्यायकर्ता, उदाहरणिय, पालनहार, सर्बोच्चमा बिराजमान हुनुहुने, सर्बशक्तिमान र अनन्त परमेश्वरको रुपमा चिन्हाइएको छ । सार्बभौमसत्तासम्पन्न हुनुभएकोले उहाँको अस्तीत्व सदासर्बदामात्र होईन सबै थोकको प्रादुर्भाव उहाँले गर्नुहुन्छ ।त्यतीमात्र होईन परमेश्वरको बारेमा धेरै कुराहरु यसमा प्रकट गरीएको छ । न्यायको शिलशिलामा उहाँले देखाउनुभएको सदाशयता हामी यसमा देख्दछौं त्यसको साथै मानिसले पापगर्दा उहाँलाई कस्तो शोकाकुल हुनुभयो र तैपनि उहाँको महान धैर्यताको पनि प्रदर्शन गरिएको छ ।जलप्रलय अघि नोहालाई नियुक्ती गरेर धेरै बर्षसम्म मानिसहरुले अधर्म त्यागोस भनेर हरेकलाई उद्धारको सन्देश सुनाए । सोडोम र गोमरहाका पापहरु जस्तोसुकै भयंकर भएपनि त्यसप्रति सदाशयता देखाउन उहाँ तत्पर हुनुहुन्थ्यो । उत्पतीभरीनै पाप र दुष्टतालाई जतिसुकै तिरस्कार गर्नु भएपनि शक्तिसम्पन्न र दयाले लादिनुभएको परमेश्वरले पतित मानिसलाई प्रेमगर्न चाहनुहुन्छ र उद्धार गर्न उत्सुक हुनुहन्छ भनेर प्रदर्शन गरिएको पाउँदछौं ।
छोटकरीमा परमेश्वरको बारेमा तपाँईको दृष्टिकोण के छ तल लेख्नुहोस:-
३ परमेश्वरसंग जम्का भेट
गत बुदामा हामी हेर्यौं कि परमेश्वर सर्बशक्तिमान हुनुहुन्छ, उहाँको बचनले पृथ्वि उत्पन्न भयो, बिश्वाब्यापी जलप्रलय
ल्याउनुभयो, र बिद्रोही तथा हिंसात्मक शहरहरुलाई आगो बर्षाएर ध्वस्त पार्नुहुन्छ। एउटा मानिसभएको नाताले परमेश्वरको यि सबै
कार्यकिलाप देखेर श्रद्धाभाव नराख्ने को होला ?
तै पनि बाईबलले परमेश्वर नजिक र हरेकसंग ब्यक्तिगत संलग्नता छ भनेर देखाएको छ । उहाँ कुनै पौराणिक कथाका ईस्वर जस्तै संसारलाई सृष्टिगरेपछि तपस्यागर्न कहिं बिलाएर गएको नभएर बाईबलले पापी मानिससंग आबद्ध भईरहेको भनी प्रस्तुत गर्दछ । यो तथ्य येशूको जिवन र मृत्युले देखाउँदछ (फिलिप्पी २:५-८) । उत्पतीको पुस्तकमा गिरेको मानिससंग कस्तो अन्तरक्रिया गर्नुहुन्छ सो हेर्नपाउँछौं । परमेश्वर दयालु र करुणामय हुनुहुन्छ भन्ने भावना हामीमा भयो भने उपरोक्त कथन मि ऄޠĸसंग लिन सक्दछौं ।
हेर्नुहोस निम्न केहि पदहरुमा परमेश्वर मानिससंग कसरी पारस्परिकरुपमा अन्तरक्रिया गर्नुहुन्छ रयसले उहाँको चरित्रलाई कसरी चित्रण गर्दछ सो देखाएको पाउँछौं:-
उत्पती २:७------------------------------------------
उत्पती ३:८-------------------------------------------
उत्पती १८:१७------------------------------------------
उत्पती ३९:२१-------------------------------------------
के तपाँईले परमेश्वर तपाँईको नजिकहुनुभएको कहिले अनुभव गर्नुभएको छ ?
४ आधारशिलाहरु
प्रेरित ६ अध्यायमा बिश्वास र शक्तिले भरिपुर्ण तथा महान अच्चम्भ र आश्चर्य कामहरुगर्ने येशूमा बिश्वास गर्ने यहुदी बिश्वासीलाई धार्मिक महासभाको अगाधी घिच्च्याएर ल्याएको थियो (प्रेरित ६:८) किनभने उसले येशूको बारेमा प्रचार गरेको थिए र त्यस मतलाई अघि बढाउन प्रोत्साहन गरेका थिए। प्रेरित ७ अध्यायले उसको बक्तब्यलाई उतारेको छ र जस्को फलस्वरुप उसलाई ढुगामुढागरी यहुदी पण्डितहरुले हत्यागरे ।
प्रेरित ७:२-१७ मा उसको भाषण पढ्नुहोस र निम्न प्रश्नहरुमा ध्यान दिनुहोस:-
१ जब ति पण्डितहरुको अगाडी ईतिहासबाट बृतान्त बताउँदा स्टिफनले ति बृतान्तहरुप्रति कस्तो बिश्वसता प्रकट गरेको पाउँछौं ? यसले हामीलाई के पा ऄ ߠĕाउँछ ?
२ उसले कुन ईतिहासको पानाहरुबाट ति बृतान्त पाएको थियो ?
३ येशूप्रतिको बिश्वास जनाउन र उहाँको पक्षमा बोल्न उसले बाईबलको ईतिहास पल्ताउन उसको के उद्देश्य थियो ?
माथीको प्रसंग हेर्यौ भने स्टिफनले येशूनै मशिह हुनुहुन्छ भनेर गरेको दाविलाई चुनौती दिएको पाउँछौं । उसले आफ्नो प्रतिबाद उत्पतीको पुस्तकबाट सुरु गर्छ जसमा परमेश्वरबाट अब्राहमको बोलावत, उहाँको बंशबाट यूशुफ कसरी ईजिप्तमा गए, त्यसदेखी ईस्रायलको राज्यको स्थापना र मन्दिरको निर्माणसम्म बृतान्त बताएर ति सबै कसरी धर्मी येशूमा अन्तभयो भनेर देखाउँदछ प्रेरित ७:५२। यो महत्वपुर्ण छ कि स्टिफनले उत्पतीबाट महान सत्यहरुको बाख्यागरी ति सबै सत्यहरुको पराकाष् ऄ ބϠŇशूनै हुनुहन्छ भनेर देखाएको थियो (युहन्ना १४:६) । यी यहुदी येशूका चेलाहरु जुन प्रथम मण्डलीका मुटु थिए तिनीहरुले येशूप्रतिको बिश्वासको आधार पबित्र बाईबलनै हो भनेर बिश्वास गरेका थिए र उत्पतीको पुस्तक त्यस बिश्वासलाई सुरुवाट गर्ने थलोको रुपमा लिएका थिए । यसरी हाम्रो बिश्वासको आधारशिलालाई मजबुत पार्न उत्पतीको पुस्तकलाई हृदयंगम गर्नु कति जरुरी छ भन्नुमा दुईमत छैन ।
तपाँईको जिवनको जगहरु के के छन् जसले तपाँईको आधारभूत बिश्वास पल्हाएको हुन्छ ति मनन् गर्नुहोस ? ति जगहरु कति मजबुत छन् ? अनेक कष्टमापनि ढृध बिश्वासमा नहलिने गरी बस्न के ति जगहरु अटल छन् ?
५ धर्मात्मा बिश्वासबाट जिउनेछ
"किनकि सुसमाचारमा परमेश्वरबाट आउने धार्मिकता प्रकट भएको छ, त्यो धार्मिकता जोचाहिँ सम्पुर्ण रुपले बिश्वासद्वारा नै
आउनेछ । यस्तो लेखिएको छ —धर्मीचाहीँ बिश्वासद्वारा नै जिउनेछ'" रोमी १:१७
माथीको बाक्यलाई आफुले कसरी बुझ्नुभएको छ सो तल लेख्नुहोस:-
प्रायजसो हामी यो धारणा पाउँछौं कि पुरानो नियममा बिश्वासीहरु ब्यबस्था, रितिथिती अपनाएर उद्धार पाएको हुन्छ र येशूको आगमन पछि ईसाई जगतले बिश्वासमात्र गरे मुक्तिपाउँछ । तर यो बाईबलको शिक्षा होईन, यस्तो धारणा न त नयाँ नियममा छ न त पुरानोमानै छ । नयाँ नियम अनुसार परमेश्वरको जनहरु सुरुदेखीनै बिश्वासबाट जिएको पाउँछौं ।
हिब्रु ११:१-२२ मा उदृध गरिएका उत्पतीमा उल्लेखित केही प्रेरणादायी जिवनकहानीहरु पढ्नुहोस ।उल्लेख गरीएका हरेक ब्यक्तिको जिवनले रोमी १:१७ संग कसरी सामजस्यभएको पाउनु हुन्छ ? तपाँई उनिहरुको स्थानमा भए परमेश्वरमाथी भरोसा र बिश्वास राख्न कस्तो आबश्यक हुनुपर्थ्यो भन्ने महशुस गर्नुहुन्छ ? जिवनमा तपाँई अहिले जुन अनुभव गरिरहनु भएकोछ उनिहरुको प्रेरणादायी जिवन हेरेर परमेश्वरमाथी भरोसा राख्नु निर्बिकल्प हो भन्ने ऄޠĨ्नु कति उपयुक्त छ सो बिचार गर्नुहोस ।
हिब्रु ११:१३-१६ पढ्नुस । यसले के भन्न खोजिरहेको छ ? आफ्नै जिवनमा हेर्नुहोस, तपाँईको क्रियाकलापले तपाँई कुन देशतिर अघि बढिरहेको छ भनेर देखाउँछ ? येशूमा हुने जिवनको यात्रामा अघि लम्किन तपाँईको जिवनमा के परिवर्तन आउनुपर्दछ ?
अन्तमा
"बाईबल परमेश्वरको बचन हो भन्ने बिश्वासलाई डगमगाउन मानिसहरुले उच्च आलोचनाबाट, छियाछिया पारेर, अनेक अडकलबाजी राखेर र पुनकल्पना गर्न खोज्दछ । यसले परमेश्वरको बचनको शक्ति जसले मानिसलाई प्रेरणा दिन्छ, शैतानको छलबाट संयत्रण गर्दछ र उसको उन्नती खोज्दछ, त्यसलाई लुटेको हुन्छ । बिभिन्न आध्यात्मिकबादले यो सिकाउँदछ कि मानिसको ईच्छाने सर्वोपरी छ, जे गर्नपनि स्वतन्त्र छ र मानिसको लेखाजोखा मानिसलाई मात्र दिनुपर्दछ ।तर अहिलेको मानिसको मुख्य खाँचो भनेको उच्च शक्ति माथी भरपर्न सिक्नु, शुद्ध र कुलिन चरित्रबान हुनुनै हो ।" एलेन जि. ह्वाईट, आक्टस अभ आपोस्टलस. पृ, ४७३,४७८
"ईसाई जगतमा अशुभ, रात र अन्धकारले छाईरहेको छ ।परमेश्वरको आज्ञाहरुदेखी तर्काएर मानिसलाई रात, गहिरो अन्धकार र तोड्न नसकने चक्रब्युहमा पारिराखेको छ ।ऽपरमेश्वरको सत्यतालाई दुष्प्रभावित बनाउन अनेक शक्तिहरु जुतिरहेका छन् । मानिसले परमेश्वरको सट्टा आफ्नै दिक्षाहरु सिकाईरहेको हुन्छ ।अनेक युक्तमा प्रभावशाली भएको कारणले मानिसको बचनहरुलाई सत्य ऄޠĨेर ग्रहण गरेको पाईएको छ ।सुशमाचारलाई बंग्याएको छ र पवित्र बाईबललाई आफ्नै स्वार्थसिद्धको लागि प्रयोग गरेको छ । येशूको समय जस्तै सत्यको ज्योतीलाई पछाडी धकेलेको छ । परमप्रभु परमेश्वरको बचनलाई लत्याएर मानिसका सिद्धान्तहरु र अनुमानहरुलाई उच्च प्राथर्मिकता दिएर सम्मान गरेको छ । सत्यलाई गलतले प्रतिबाद गरेको छ । अहिले पनि चुम्मा गरेर येशूलाई धोका दिईरहेका छन् । परमेश्वरबाट तर्किने अन्तसम्म हुनेछ । अन्तमा यस्ताको गोप्य द्वैध चरित्र र अन्धकार प्रभाव बेबिलोनको मरुभुमीमा खडेरी परेझै परेर तिनीहरुको पर्दाफास हुनेछ ।" एलेन जी. ह्वाईट, बाईबल एको, फेब्रुअरी १, १८९७
बिचार गर्नुहोस्:-
माथीका उदृध बचनहरु अहिलेपनि कति सान्दर्भिक छन् ? कस्ता कस्ता मानिसहरु वा बिद्वान भनाउँदाहरु छन जसले बाईबलको आधिपत्यलाई फेंक्न खोजेका छन् ? त्यस्ताको चक्रब्युहमा नपर्न हामीले के सावधान अपनाउनु पर्दछ र कस्तो किसीमको सुरक्षात्मक कवच हामीले धारण गर्नुपर्दछ सो सोच्नुहोस् ।गैर बिस्वासीहरुलाई परमेश्वर तपाँईको नजिक कसरी हुनुभएको छ, गवाही दिनुस ।
