"आदिमा परमेश्वरल आकाश र पृथ्वि सृष्टि गर्नुभयो ।… “
मुल पद: "परमेश्वरको बचनले स्वर्गहरु बनिए; र उहाँको मुखको सासले त्यहाँको सबै ग्रह-नक्षत्रहरु सृजिए ......उहाँको मुखको बचनले सारा सृष्टि रचियो, उहाँले बोल्नुभयो र ति सृजियो, उहाँले आज्ञा गर्नुभयो र ति स्थिर रह्यो ।" भजन ३३:६,९
मानिसको प्रादुर्भाव कसरी भयो भन्ने जिज्ञासामा एक प्रख्यात बैज्ञानिकले यसरी लेखे: "हामी यहाँ छौं किनकि कुनै फरक ढंगका माछाहरुका छुट्टै किसीमका पखेटा थियो जसबाट जमिनमा हिंड्ने जिवातहरुको प्रादुर्भाव भयो ।" तर बाईबलका प्रथम पुस्तकका प्रथम दुई अध्यायहरुले हाम्रो अस्तित्व भिन्नै किसिमबाट भएको भन्दछ: हामी यहाँ छौं किनकि दयालु र उदार परमेश्वरले अक्षरस छ दिनलगाएर यस पृथ्विमा जिवन सृष्टि गर्नुभयो ।आधुनिक बिकासबादको सिद्धान्तले बाईबलले बर्णन गरेका सृष्टिका तथ्यहरुको सरासर प्रतिबाद गर्दछ । मानिस बा कुने जिवहरु सुक्ष्मरुपबाट बिकासभएर आएको भन्ने कुनैपनि अनुमानित बिचारधारालाई बाईबलमा स्थान छैन । यस भागमा सृष्टिसम्वन्धि हेर्नेछौं र यसमा बिषेश गरी मानिस संयोगबाट प्रादुर्भाव भएको भन्ने अनुमान परमेश्वरले कुनैरितिले दिनखोज्नुभएको पाउँदैनौं ।बाईबलले हाम्रो सुरुवात कुनै माछाको पखेताबाट पल्हाएर हातखुत्ता भएर मानिसको उत्पती भयो नभनी कसरी परमेश्वरले बोल्नुभयो र सारा सृष्टि उत्पती भयो भनेर प्रष्टरुपमा बर्णन गरेको छ ।
१ आदिमा परमेश्वरले...
उत्पती १:१ बाईबलकोसम्पुर्ण पदहरुमध्य अति महत्वपुर्ण पद हो भनेर स्विकार्दा कतिले बिबादास्पद भनिन्छ होला । तर हामी ईसाई भएकोले हाम्रो बिश्वासको सम्पुर्ण श्रोत यसमा निर्भर भएको पाउँदछौं । यसमा ब्यक्त गरिएको भावनालाई कुन्थित गर्योभने हाम्रो सबै बिश्वासका आधारशिलाहरु चक्नाचुर हुन्छ बिषेश गरेर बर्तमान परिपेक्षमा जव खुँखार बैज्ञानिकहरुले हाम्रो सृष्टि अचानक, योजना बिना भएको र बिकासबाद (Evolution) अनुसार मानिस सुक्ष्म जिव बाट बर्तमान अबस्थामा उभिनसकेको हो भनेर बकालत गरेको पाईरहेका छौं । बाईबलको प्रथम पदले त्यस सिद्धान्तलाई धरातलमा फेंकिएको पाउँदछौं ।
हेर्नुहोस निम्न पदहरुले कुन कुरामा एकरुपता दिन्दछ ?
- प्रस्थान २०:११
- अयुब ३८:४
- युहन्ना १:१-३
- कलस्सी १:१५-२०
- हिब्रु १:२
- प्रकाश १४:६,७
सृष्टिका प्रक्रियामा मात्र होईन प्रकृतीका प्रबर्धक परमेश्वर उत्पती १ को केन्द्रबिन्दु भएको पाउँदछौं ।३१ पदहरुमा ३२ पतक ति शब्द परमेश्वर भन्ने उल्लेख गरेको पाउँदछौं ।यसले परमेश्वरले सृष्टिमा कस्तो भुमिका खेल्नुभयो भनेर प्रदर्शन गरेको पाउँछौं । उत्पतीको प्रथम अध्यायले गैर योजनाबिना आकस्मितरुपमा धर्ति र यसमा रहेको जिवहरुको उत्पति भयो भन्ने धारणालाई निराकरण गर्दछ । साथै बिभिन्न धार्मिक बिश्वासअनुसार संसारको उत्पती देव देवताहरुको संघर्षद्वारा वा तिनीहरुले सृष्टि गरेको भन्ने होडबाजीलाई लत्याएर एकै सार्भभौमिकसत्ता परमेश्वरले सृष्टिगर्नुभएको हो भनेर यस अध्यायले देखाउँदछ । क्रियापद शब्द "सृष्टि गर्नुभयो (हिब्रुमा बारा)" परमेश्वरको कार्य-कलापमामात्र प्रयोग गरेको पाउँछौं । अर्को साधारण शब्द जुनकी मानिस वा परमेश्वरले गरेको कामलाई ब्यक्तगर्ने क्रियापद "आशा" हो । तर परमेश्वरले मात्र स्वर्गहरु, नक्षत्रहरु, अरबौं आकाशगंगाहरु र पृथ्विको सृष्टिको साँचो आफ्नो हातमा लिनुभएको छ । त्यस सृष्टिभित्र रहेर मात्र काम गर्न "आशा" गर्न सक्दछौं तर परमेश्वरले मात्र सृजनु "बारा" हुन्दछ । यो मौलिक नियम हो कि सृष्टिकर्ता भन्दा सृष्टि महान हुनसक्दैन । यसले सहजरुपमा बिश्वास गर्नुपर्दछ कि सारा जगतहरुका सृष्टिकर्ता परमेश्वर ति जगतहरुभन्दा महान हुनुहुन्छ र त्यस परमेश्वर जसले आकासगंगामा तैरिरहेको हाम्रो पृथ्विका मानिसजातिका लागि मानवरुप धारण गरेर हामी भोग्नु पर्ने मृत्युको सजायँ उहाँले भोग्नुभयो, यसले उहाँको चरित्रको बारेमा तपाँई के भन्नुहुन्छ ?
२ सृष्टि
जव उत्पती १:१ मा आदीमा परमेश्वरले स्वर्ग (आकाश) र पृथ्वी सृष्टि गर्नुभयो भन्दछ प्रायजसो मानिसले सारा जगतनै त्यससमय सृष्टि गर्नुभयो भनेर अनुमान गर्दछ । तर आकाश वा स्वर्ग भनेर शब्दजुन पहिलो अध्यायमा उपयोग गरिएको छ त्यसले उक्त अनुमानसंग सहमत हुन्दैन ।
हेर्नुहोस स्वर्ग बा अन्तरिक्ष भनेर प्रथम अध्यायमा प्रयोग गरेको शब्दार्थ, बिषेश गरेर पद २० । बिषेश गरेर यसमा स्वर्ग
वा अन्तरिक्ष वा आकाश भनिएको छ, यसको अर्थ उक्त पदअनुसार के होला ?
जव परमेश्वरले संसार सृष्टि गर्नुभयो त्यसबेला पृथ्विको अबस्था कस्तो थियो भनेर पद २ले बताउँदछ ?
पृथ्वि आकारबिना र सुन्य थियो भनिएको छ अर्थात यस्तो बातावरण वा परिस्थिती थियो कि ति बिरुवा र कुनै जिवजिवाणु बिनाको पृथ्वि आकारहिन, आकृतिहिन र सुन्य थियो अर्थात त्यो जिवनबिनाको पृथ्वि थियो । जे जति सृष्टि गर्नुभयो उहाँले आज्ञा गर्नुभयो र त्यो हुनआयो (पद ३,६,९,११:१४,२०,२४; भजन ३३:६-९) अर्थात उहाँले ति पदार्थबाट पृथ्विका जिव जन्तुहरु सृष्टिगर्नुभयो जुन पृथ्विमा जिवनको प्रादु्भावभन्दा अघिनै थियो ।यि पदहरुलाई सरासरति हेर्दा अस्तित्वहिनबाट सृष्टि भएको होईन भनेर बताउन खोजेपनि परमेश्वरले सृष्टि गर्नुहुन्दा पुर्व-अस्तित्वभएको पदार्थको आवश्यक उहाँलाई थिएन । उहाँले जुनसुकै पदार्थ उपयोग गरेर यो पृथ्वि सृष्टि गर्नुभयो ति पदार्थको अस्तित्व पहिला थियो किनकि बाईबलले भन्दछ उहाँले सबैथोक सृजनुभयो ।उक्त भनाईलाई युहन्ना १:४ ले कसरी तेवा दिन्छ हेर्नुहोस जसले उत्पतीको प्रथम पदहरुले देखाउँदछ:-
उत्पतीका प्रथम दुई पदहरुले हाम्रो अस्तित्व कसरी भयो भनेर देखाउँदछ: सृष्टिकर्ता परमेश्वरले आकारबिना र सुन्य पृथ्विबाट हामीलाई सृजना गर्नुभएको हो । कति कुराहरु रहस्यमय छन् जुन बर्तमान अबस्थामा कहिलैपनि बुझ्न सक्देनौ । जे भएतापनी परमेश्वरले हामीलाई अचम्भतरिकाले सृष्टिगर्नुभएको हो भन्ने मतमा द्विविधा छैन । हाम्रो अचम्भतरिकाले अस्तित्व भएको र सृष्टिका चमत्कारलाई ध्यानगर्नुहोस र परमेश्वरप्रति किन आभारित हामी हुनुपर्दछ सो चिन्तन गर्नुहोस ।
३ सृष्टिका दिनहरु
सृष्टिका बृतान्तहरुमा सृष्टिका समयहरु जुन आदम र हवामा अन्त हुन्छ ति दिनहरुलाई जुन आक्रमक दृष्टिले बुज्रकहरुले हेर्दछ ति भन्दा शायद अरुकुनै छैन होला । सारा ईसाई जगतले पनि जसले बाईबललाई उच्चरुपमा हेरेतापनि थोरैले मात्र सृष्टिलाई स्पष्टरुपमा अक्षरस २४ घण्टा लगाएर छ दिनमा परमेश्वरले संसार रच्नुभयो भनिपत्यार गर्दछन् ।बिकासबाद सिद्धान्त (इभ्युल्यसन थ्यउरी) जसले बाईबलको हरेक संरचनालाई अस्विकार गर्दछ, ति ईसाई समुहहरुमापनि बिषमरुपमा गहिराईमा फैलाईएको हामी पाउँदछौं । येशूले एक बखत आफ्नो दोश्रो आगमनलाई लक्षित गर्दै भन्नुभएको थियो, "जव मानिसको पुत्र आउँछ, त्यसबखत संसारमा बिश्वासी कोही बाँकीहोला र ?" लुका १८:८ । जवसम्म मानिस बाईबलमा आधारित मौलिकशिक्षातिर मूलपरिबर्तन हुन्दैन तवसम्म उहाँ सृष्टिकर्तानै हुनुहन्छ र बाईबलअनुसार परमेश्वरलेनै संसार सृष्टिगर्नुभएको भन्ने आस्था राख्ने बिरलै होला भन्नेमा अनुपयोक्तिनहोला । उत्पती १ सरसरती हेर्नुहोस बिषेश गरी सृष्टिको समयमा ख्याल राख्नुहोस । यसमा अक्षरस २४ घण्टानै भनिएको हो भन्ने के प्रमाण देख्नसक्नुहुन्छ ? बाईबलमा अरुकुन स्थानहरु छन् जहाँ संसारको सृष्टि अक्षरस दिन हो कुनै सालंकार वा अनगिन्ती समयलाई लक्षित होईन भनेर देखाउँद छ, उदाहरण स्वरुप प्रस्थान २०:८-११ हेर्नुहोस ?
सोचपुर्वक उत्पती १:४, ५ पढ्नुहोस । साधारण पढाईमा यि दुई पदहरुले एक पुरादिन हो भनेर स्पष्टपारेको छ, जसमा एकदिन भनेको दिन र रात भएर हुन्छ भनेको छ । पदले भन्दछ यि दुई तत्वहरु मिलेर प्रथम दिन भएको हो । यो प्रणालीलाई हिब्रुभाषामा यसरी वर्णन गरिएको छ, "र बेलुका भएको थियो र बिहान भएको थियो, दिन एक" । यहि २४ घण्टे प्रथमदिनको प्रणाली अध्यायको बाँकि अंशमा सबै सृष्टिका दिनहरुमा प्रयोग गरेको पाउँदछौं । "बेलुका भयो र बिहान भयो, दिन दुई,....दिन तिन " आदि । यसरी बाईबलको प्रथम पदहरु अनुसार जुनकुरा प्रस्थान २० मा पनि डोर्याएको छ कि छ दिनहरु लगाएर परमेश्वरले संसार र आकाश सृजनुभयो यो २४ घण्टाको दिन हो भनेर उहाँले स्पष्ट पार्न चाहनु हुन्छ- घटि पनि होईन बढि पनि होईन ।
४ फुल कि चल्ला ?
यो अचम्भ मान्नु पर्देन कि उत्पतीमा बर्णन गरेको सबै सृष्टिका बृतान्त बुझ्न त्यति सहज छैन किनभने पृथ्वि र जिवन त्यती सरल छैन । हामीलाई केवल ५६ पदहरुमा (उत्पती २ समेत) सृष्टिका बृतान्त बताएको छ । जावो बाईसाईकल कसरी मर्मत गर्ने भन्ने पुस्तिका त त्यती छोटो हुन्दैन । त्यसै कारण सृष्टिको बृतान्तमा धेरैकुराहरु छुटेको छ । तै पनि हामी अनन्त जिवनको प्रतिज्ञाको भागीदार भएकोहुनाले यहाँ छुटेका कुराहरु जान्न असिमित समय पाउनेछौं ।त्यसको बाबजुदपनि हामीलाई बाईबलमा धेरै जानकारी दिएको छ जुन हामीले सोच्न काफी छ । उत्पती १ फेरी पढ्नुहोस र सृष्टिको क्रमबद्धतालाई ध्यान दिनुहोस । यसलाई हेरेर पृथ्विमा जुनरुपमा प्राकृतिक जिव र अजिवको सृजना भयो ति कति अर्थपुर्ण छ भनेर सोच्नुहोस्:-
उत्पती सुरु गर्छ पृथ्वि आकारबिना र सुन्य थियो (उत्पती १:२) । अनि परमेश्वरले आकार दिनुभयो र सुन्यतालाई हताउनुभयो । क्रमबद्धमा हेर्नुभयो भने तपाँईले यो पाउनुहुन्छ कि त्यहाँ अन्धकार थियो र उज्यालो भयो जसले दिन र रात छुट्याउँछ । त्यसपछि आकाश वा बायुमण्डलको उल्लेख गरिएको छ । पृथ्विको सृष्टिमै पानी थियो जुन जिवनको लागि नभैनहुने तत्व हुन् । अनि परमेश्वरले सुख्खा जमिन उत्पन्न गराउनु भयो जहाँ घाँस, हरियापरिया बिरुवाहरु, रुखहरु र बिभिन्न बोटबिरुवाहरुको सृष्टिभयो जुनको बिउ आफैमा थिए (पद ११,१२) त्यसपछि सुर्य, चन्द्रमा र ताराहरु देखापरे (यहि क्रमबद्धरुपमा किन यसरी ति ग्रहहरु देखापरे त्यसको उत्तर स्वर्गमै पाईनेछ भन्नुमा उपयुक्त हुनसक्दछ)। अन्तमा परमेश्वरले जमिनमा हिंड्ने, पानीमा पौडिने र आकासमा उड्ने बिभिन्न थरिका जिवतजिवातहरु सृजनुभयो । ति सबैलाई पृथ्विमा फुल्दैफल्दै जाउ भनेर आशिष दिनुभयो (पद २१) । यसरी हाम्रो सिमित ज्ञानले यो भन्दछ कि परमेश्वरले चरमबद्धरुपमा आबश्यकअनुसार चाहिने ढाँचामा यहाँ जिवनको रचना गर्नुभयो ।
अव उत्पतीको बाख्या अनुसार आफै भन्नुहोस: पहिला फुल आयो कि चल्ला आयो ? तपाँईको जवाफले तपाँईको बिस्वास के मा निहित छ भनेर प्रदर्शन गर्दछ ?
५ मानवजातको सृष्टि
आदमको सृष्टि र अरु जनावरहरुको सृष्टिमा के समानता छ ? उत्पती १:२४, २:७, १९
तिनीहरुमा के भिन्नता छ ? उत्पती १:२६,२७, २:७
आदम र अरु जिवजन्तुहरुको रचनामा हवाको चाहिँ कुन छुट्टैरुपमा रचना भयो ? उत्पती २:२१-२४
यो स्विकार गरिसकेको छ कि सृष्टिको बारेमा असंख्य धेरै कुराहरु छन् जुन बाईबलमा उल्लेख गरिएको छैन । तर जति देखाएको छ त्यसले सृष्टिको ईतिहासमा मानव जातिलाई बिषेशरुपमा प्रस्तुत गरेको पाउँदछौ । उत्पती १:२७ मा नर र नारी गरेर मानिस आफ्नै स्वरुपमा सृष्टि गर्नुभयो भनेका छन् अर्थात मानिस वा मानव जाति स्त्रि र पुरुष मिलेर बनेको हो भनेर यस पदले पुष्ट गर्दछ । सबै थोक सिद्धरुपमा सृष्टि गरेपछिमात्र परमेश्वरले आदम बनाउनु भयो जसको अर्थ हिब्रु भाषामा जमिन शब्दसंग मिल्न आउँदछ । आदम पछि हवालाई सृष्टि गर्नुभयो । मानव जात र जन्तुहरुको बिचमा केहिकेहि कुरामा मिल्दोजुल्दो भएतापनि बाईबलले ति दुईलाई भिन्नै किसिमले सृजनुभएको र बिषेश भिन्नता छ भनि बताउँदछ । फेरि यस पुस्तकमा मानिस अकस्मात वा बिकासबादको सिद्धान्तअनुरुप आएको हो भन्नेधारणालाई कुनै स्थान दिईदैन । यस सिद्धान्तको बिपरित बाईबलले यो सुत्र डोर्याएको छ कि परमेश्वरले हेर्नुभयो, भन्नुभयो र त्यहाँ होस् अनि अन्तमा उत्कृष्ठ सृष्टि आदम र हवालाई प्रतक्ष संलग्नतासाथ आफ्नै हातले ढालेर जिवन दिनुभयो (उत्पती २:७,२१-२४) ।यसमा आकस्मितालाई परमेश्वरले स्थान दिनुभएको छैन ।
उत्पती १:२६,२७ मा मानिसमात्र परमेश्वरको स्वरुपमा बनाउनुभयो भनेको छ । अरु जन्तुहरु र मानिसमा भिन्नता हेरेर हाम्रो बिषेशस्थान यस पृथ्विमा कसरी ओगेटेको छ सो मनन् गर्नुहोस । येशूले मानव शरिरको रुप धारण गरेर मानिसकोलागिमात्र उद्धार गर्न आउनुभएको भन्ने धारणालाई कसरी हेर्नुहुन्छ ? पापले गरेर सारा जिवजिवाणुहरुमाथि प्रभाव परेको छ ईन्कार गर्न सकिन्दैन । तर क्रुसको बिषेश स्थान संसारको सृष्टिमा कहाँ छ भनेर हृदयंगम गर्नुपर्दछ । हामीले हामीलाई र अरुलाई कुन दृष्टिकोणले हेर्दछौं सो हाम्रो आस्था कहाँ छ त्यसमा निर्भर गर्दछ ।
अन्तमा:-
"जव आदम सृष्टिकर्ताको हातबाट सृजियो उसको शारिरिक, मानसिक र आत्मिक स्वभाव सृजनहारको जस्तो थियो.... । परमेश्वरको सदिच्छा यो थियो कि जति मानिसको आयु लम्विन्दै गयो उति परमेश्वरको महिमा उसले प्रतिबिम्व गरोस् ।" एलेन जि.ह्वाईट, ऐडुकेशन, पृ. १५
चिन्तनको बिषय:
१ हामीलाई सिकाएको छ कि परमाणु (आटम) सूक्ष्म कणहरु जस्तै प्रोटन, न्युट्रन र ईलेकट्रोन मिलेर बनेको छ र ति जगतका निर्माण सामग्री हुन् । नयाँ अनुमानित सिद्धान्तले के सिकाउँछ भने ति कणहरु खासगरेर सानो कम्पन धागोहरुले बनेका हुन् ।(जसरी धागो प्रोटनको आकार हो, त्यसरी प्रोटन सौर्यमण्डलको आकार हो ) यो अनुमानित बिचार भएपनि चिन्तन गर्नुहोस कि जसरी बिभिन्न कम्पनले बिभिन्न कणहरु निकाल्दछ भने परमेश्वरले बोल्नुभयो र संसार खडा भयो भन्ने उक्तिमा अचम्भमान्नु पर्नेकुरा के छ र ?
२ उत्पती १:२८ मा भनिएको छ परमेश्वरले मानवजातिलाई पृथ्विमाथी आधिपत्य जमाउन सुम्पिनुभएको हो ।यसको अर्थ के हो ? यसले हामीलाई कस्तो उत्तरदायित्व बहन गर्न देखाउन खोजेको छ ? चर्च र ब्यक्तिगत हैसियतले यि जिम्मेवारी कसरी बहन गर्नसक्दछौं ?
३ बाईबलले हाम्रो पृथ्वि अलौकिक ढंगले सृष्टिगरिएको भनेको छ । यसले अलौकिकढंगले यस संसारको अन्त्य हुनेछ भन्ने बास्तविकतालाई कसरी अंगालो मार्न खोजेको छ ?
४ अबिश्वासी मानिसहरुलाई प्रतक्ष देखिने प्रकृतीबाट अदृष्य परमेश्वरको चरित्रको प्रकाश पार्न प्रयास गर्नुहोस ।
