प्रारम्भिक पृथ्वी
मुल पद: "यसरी आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए" उत्पती २:१
सारा सृष्टि कसरी सृजनाभयो भनेर बर्णन गरेपछि अब मोशाले आफ्नो ध्यान मानव जातितिर र त्यसको तत्कालिन बातावरणतिर केन्द्रित गर्दछ । उत्पती १ ले सबै कसरी सृष्टि भयो भनेर बर्णन गर्छ भने उत्पती २ हामी के हौं र किन हौं भन्ने स्पष्ट पार्दछ । उत्पती २ को जानकारीबिना परमेश्वरप्रति मानिसको बफादारीता र उसको पतन जुन उत्पती ३ मा उल्लेख गरिएको छ त्यसलाई प्रायजसो अर्थहिन मान्नुपर्ने हुन्छ । आदम र हवालाई प्राकृतिक सौन्दर्य र जन्तुजनावरहरुले सुन्दर बगैचाको वरिपरि उपस्थित गराएर सृष्टिको भव्यताको बर्णन गरेको यस दोश्रो अध्यायमा पाउँछौं । यसमा पाठकवर्गलाई मानवजातिको सामाजिक आयाम र केही मात्रामा प्रलयपुर्वका ईतिहासको साथै पृथ्वीको भौगोलिक प्रारम्भिक बनावतको जानकारी दिएको छ । यस उत्पती २ मा परमेश्वरले स्थापना गर्नुभएको सब्बतको बरदान, काम, गृहस्थ र बैबाहिक जिवनपद्धतीलाई बर्णन गरिएको छ । मानिस पतितहुनुभन्दा अघि दिएका माथी उल्लेखित स्थापन अहिलेपनि मानिसको अस्तित्व, ब्यबहार र सुखीजिवनका आधार हुन् । हामी अदनको बँगैचाबाट टाडा छौ तैपनि ति हाम्रो आदर्श र सैद्धान्तिकरुपमा अपनाउनु उदाहरणिय जिवनपद्धती हुन् किनकि हामी अदनिक जिवनको पुनस्थापनाको परिधीभित्र परेका छौं । बाईबलले मानिसको पतन हुनुभन्दा अघिको ईस्वरीय जिवनले हामी सबैलाई के सन्देश दिन्दछ सो थाहापाउन जरुरी छ किनकि बर्तमानमा जे थाहा छ ति गिरिएको अबस्थामा मात्र थाहा छ ।
यस भागमा अक्षरसरुपमा परमेश्वरकोसाथमा रहेर स्वर्ग भनेको के हो सो हेर्नेछौं ।
१ सब्बथ वा बिश्रामबार (उत्पती २:१-३)
अघिल्लो भागमा सृष्टि कसरी क्रमबद्धरुपमा भयो भनेर देखाएको हेर्यौं: अन्धकारबाट उज्यालो, पानीने पानी भएको पृथ्वीमा पानी र जमिन छुट्याएको, बायुमण्डल, हराभरा जमिन, जन्तुजनावरको सृष्टि अनि त्यसपछि अन्तिम तर उत्कृष्ठ नर र नारीको सृजना । यि सबै सृष्टिभएपछि मात्र हामीले यो पद उत्पती २:१ मा पाउँछौं, "आकाशहरु र पृथ्वीको सृष्टि सकियो र त्यहाँभएको सारा यावतबस्तुहरुपनि ।" यहाँ के भनिएको छ भने परमेश्वरले गर्नुभएको सृष्टि पुराभएको कार्य हो । यसलाई उत्पती २:२,३ ले पुर्णता दिन्दछ सबै काम सकेपछि उहाँले बिश्राम लिनुभयो ।त के उहाँ थाकेर बिश्राम लिनुभएको थियो कि आफ्नो सृष्टिका काम सकेर बिश्राम लिनुभएको ?
उत्पती २:२,३ पद पढेर निम्न प्रश्नहरुको जवाफ दिनुहोस्:-
क यस पदले के छैठौं दिनपछि पनि सृष्टि भनेको बिकासबाद अनुसार भईरहने प्रकृया हो ? तपाँईको जवाफले के आशय ब्यक्त गर्दछ ?
ख बिश्रामबार वा सब्बतले सृष्टिको जुन प्रमाण गर्दछ यसले यो बिषेश दिन बिश्वब्यापी र मानव कल्याणकोलागि दिएको कुनरुपमा अर्थपुर्ण पाउनुहुन्छ ?
हुन त उत्पती २ मा सब्बथ शब्द उल्लेख नगरिएपनि यो शब्द बिश्रामबाट सब्बथ भनेर आएको पाउँछौं ( हेर्नुहोस प्रस्थान २०:८-११) । जसरी छ दिन अक्षरस थिए सब्बथपनि अक्षरस हुन् । यो पनि याद गर्नुहोस सर्बप्रथम परमेश्वरले पवित्र भनेर आह्वान गर्नुभएको समय वा सातौं दिन थियो । पहाड, हिमाल, नदीहरु, वा कुनै पवित्रस्थल तर सृष्टिमा समयको बर्चत्वलाई छुट्याउनु भयो र पवित्र पार्नुभयो । यसरी सब्बतको बिषेशता, बिश्वब्यापीपना देखाएको छ, साथै यो कुनै स्थान, भौगोलिक र ईतिहासमा सिमित नराखी मानिस जहाँजहाँ रहेपनि त्यसको उपादेयता दर्शाईयको छ । जव बिश्रामबार वा सब्बतको समय आउँछ तपाँईले याद गर्नुहोस कि यो दिन अदनको बँगैचाबाट सुरुभएको हो वा मानव जातिको प्रथम सृष्टिको सातामा । यसले तपाँईको अस्तित्वलाई बिश्रामबार वा सब्बथको बास्तविकतासग गाँस्दा के अनुभव गर्नु हुन्छ ?
२ नेपेश हेयाह (Nepesh Hayyah)
उत्पती २ संसारको सृष्टिको दृष्यबाट स्थानिय बगैँचामा केन्द्रित गर्दछ । उत्पती २ मा उल्लेखित सृष्टिको बृतान्त दोश्रो वा फरक नभएर उत्पती १ को परिपुरक बृतान्त हो । उत्पती १ ले सृष्टिको अन्तिम र शिषर सृजना मानवजाति हो भनेर देखाईएको छ ।उत्पती २ ले ति मानवजातिलाई सृष्टिको केन्द्रबिन्दु बनायर देखाएको छ ।स्थलप्रकाश मानवजातमा पर्दछ र अरु सबै पृष्ठभूमीमा न्यूनिकरण भएर बस्दछ । उत्पती १ मा पाँचौ दिनमामात्र जिवित जिवातहरु सृष्टि भयो भनेको छ ।यो जिवित जिवातहरु हिब्रु भाषामा नेपेश हेयाह भनिन्छ । हेयाहको अर्थ जिवन हो र नेपेशको अर्थ जिवात वा प्राणी हो । यहि शब्द २:७ मा प्रयोग गरिएको छ । उत्पती २:७ पढ्नुस र कुन शब्द नेपेश हेयाहमा रुपान्तर गर्न सकिन्छ सो सोच्नुहोस ?
मानवको सृष्टिमा प्रयोग गरिएको शब्द "जिवित प्राणी" (उत्पती २:७) अरु जिवितजिवातहरुको सृष्टिमापनि प्रयोग गरेको हुनाले प्रायजसो मानिसहरु छक्क पर्दछ । तर भिन्नता के छ भने मानवजात परमेश्वरको प्रतिरुप हो (उत्पती १:७) अर्थात भौतिक अर्थमा भन्ने हो भने मानवजात पृथ्वीको माटोसंगमात्र नभएर त्यो भन्दा उच्चतम जिवनसंग सम्वन्ध गाँसिएको छ । यस भौतिक संसारमा जिउन जसरी अरु जिवातहरुलाई भौतिक शरिरको आबश्यक छ हाम्रो भौतिक शरिर केवल यस संसारमा जिवनको लागि प्रदान गरिएको हो ।
उत्पती २:७ को नेपेश शब्दलाई रुपान्तर गर्दा प्रायजसो आत्मा भनेर गरिन्छ तर समुच्चरुपमा आत्मा अमर छैन भन्ने कसरी बुझ्नुहुन्छ ? हेर्नुहोस एजकियल १८:४ र मत्ती १०:२८
हुनत बाईबलले नेपेश (प्राण वा आत्मा) भन्ने शब्द बिभिन्न तरिकाले प्रयोग गरेको पाईन्छ जस्तै ब्यक्ति, स्वयं, जिवन र जिवात, तर पुरानो नियममा यो शब्द कहिले पनि प्रचलित धारणा अनुसार शरिरबिना प्राण वा आत्मा अलग भएर बस्न सक्दछ भनेको छैन । तर मानिस मरेपछि उसको आत्मा वा प्राण कताकता जान्छ भन्ने धारणा गैरबाईबलको शिक्षा बिपरित ग्रिक वा युनानहरुको तर्क हो जुन प्रायजसो सबै धर्महरुमा घुसिएको छ ।
मानिसको आत्मा अमर छ वा मरेपछि उस्को प्राणपंखेरु उडेर कताकता रहन्छ वा कताकता जान्छभन्ने गैरबाईबलको धोखापुर्ण शिक्षालाई मानिस कसरी फसिरहेको छ भनेर बिभिन्न उदाहरणसाथ चिन्तनमनन् गर्नुहोस । बाईबलले देखाएको परमेश्वरले मानिसलाई सास फुंकिदिनुभए पछीमात्र जिवित प्राणी भयो र त्यो भन्दा अगाडी उसको अस्तित्व थिएन न त येशूको आगमनपुर्ब उसको अस्तित्व हुन्छ भन्ने तथ्य धारणाले हामीलाई कस्ताकस्ता धोखापुर्ण प्रकाण्ड घट्नाहरुबाट सचेत र सुरक्षात्मक निति अपनाउन मद्दत गर्दछ सो बिचार गर्नुहोस र यो ज्ञानप्रति हामी कति आभारित हुनुपर्दछ त्यो नबिर्सिनुस् ।
३ सौन्दर्यमय बगैंचाको घर (उत्पती २:८-१७)
जव उत्पती २:१०-१४ मा भौगोलिक बर्णनगरेर अदन बगैंचाको स्थान उल्लेख गरियो यसले बाईबलका लेखकले यो स्थान कुने काल्पनिक प्रतिक वा दन्त्यकथा भनेर उतारेको छैन । पद ११ देखी १४ सम्म उल्लेखित धेरै नामहरु जल प्रलयभन्दा अघि प्रयोग गरेका स्थान र नदीहरु हुन् । जलप्रलय भएपछि हाम्रो पृथ्वीको भौगोलिक बनावट बदलिएको कारण ति स्थानहरु बर्तमान अबस्थामा यहिंनै हो भनेर तोकिन असम्भव छ ।
पद ८ देखि १७ सम्म हेर्नुहोस र सुन्दर बगैचा कसरी आदर्श घरको नमुना हो भन्न सकिन्छ ? याद गर्नुहोस त्यहाँ मानवजातलाई चाहिने भौतिक, मानसिक, नेतिक, सौभ्य, शान्तर सौन्दर्य बातावरण थियो ।
आजपनि हजारौं बर्षको पापले क्षतबिक्षत भएको संसारमा अदनको बगैचा कस्तो थियो होला भन्ने कल्पना गर्न सकिन्छ । त्यसका प्रभावहरु अहिले पनि छन् र परमेश्वरको अचम्भको सृजनात्मक शक्तिको बैज्ञानिकहरु र प्राकृतिकबिदहरुले दिनप्रतिदिन पत्तालगाईरहेको पाउँदछौं (हेर्नुहोस अयुब १२:७-९, रोमी १:१९)। यस्तो अवस्थामा अदनको बगैंचा कस्तो थियो होला भन्ने कल्पनामा मात्र भौतिरियका हुन्छौं ।
तपाँई यस्तो कुनै रमणिय र सौन्दर्य स्थानमा जानुभएको छ जहाँ स्वर्ग जस्ते लाग्दछ ? के ले गर्दा स्वर्गिय अनुभव गर्नुभयो ? जुन दृष्यले र आफ्नो ब्यक्तिगत अनुभवद्वारा यस पृथ्वीको कुनै भागमा जुन परमानन्दको अनुभव गर्नुभयो, अदनको बगैंचा कस्तो थियो भन्ने परिकल्पना तपाँई गर्न सक्नुहुन्छ । "परमप्रभु परमेश्वरले मानिसलाई लगेर अदनको बगैंचामा त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो ।" उत्पती २:१५ । यो घट्लाग्दो कथन हो किनकि मानिसलाई सबैथोकको परिपुर्ती भएर पनि परमेश्वरले बगैंचामा काम गर्न खटाउनुभयो । अंग्रेजी शब्दमा "to dress" भनेको हिब्रुभाषा अनुसार काम गर्नु वा सेवा सुश्रुषा गर्नु हो । यसरी मानिसको पतन हुनुभन्दा अघिपनि, मानवजात निष्क्रिय वा बेकाम भएर बस्नु परमेश्वरको ईच्छा थिएन । काम भनेको खराब भन्ने भावनालाई यस कथनले रद्द गर्दछ ।
हो, हामी अदनको बगैंचाभन्दा टाडा छौं तैपनि तपाँईको बातावरण वरिपरी कुनरुपमा अदनको बगैंचालाई प्रतिबिम्व गर्न सक्नुहुन्छ यसमा सोच गरेर ब्यबहारिकतामा उतार्न कोशिस गर्नुहोस ।
४ आदमको जिवनमा स्त्री (उत्पती २:१८-२५)
अदनको बगैंचामा सारा पर्यावरण र जन्तुजनावरहरुमाथि एउटा रुख बाहेक सबैमा आधिपत्य जमाउन सुम्पिएको थियो (उत्पती २:१६,१७) तैपनि परमेश्वरले उसलाई दिनुपर्ने केहि बाँकिनै थियो । उत्पती २:१८,२० मा परमेश्वरले मानिसलाई स्त्रि किन दिईयो सो उल्लेख गरिएको छ हेर्नुहोस्:-
यहाँ उल्लेख गरिएको छ "आदमको लागि एक सुहाउँदो सहयोगी बनाउने छु।" हिब्रुभाषामा "उसको पक्षमा उभेर मद्दत गर्ने", "उसकै बराबरीमा सहयोगी," अथवा "उसको सिक्काको अर्को पाटा" उत्पतीले नारीलाई पुरुषको बराबरीमा राखिएको छ । पुरुषको सहयोगी, प्रतिरुप वा प्रतिरुमूर्ति, सहयात्री अथवा त्यसता अबिछिन्न संगत जसमा पुरुषले जिवनमा पुर्ण सन्तुष्ट पाउँदछ साथै परमेश्वरको स्वरुपता र उहाँको सदिच्छालाई एक आपसमा बाँडिचुँडी जिवनको यात्रामा अघि बढ्न सकुन भनेर परमेश्वरले अर्धाङ्गिनीको सृष्टि गर्नुभएको हो ।
"यसैकारण परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा सृष्टि गर्नुभयो । परमेश्वरकै प्रतिरुपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो । नर र नारी नै गरी उहाँले तिनीहरुलाई सृष्टि गर्नुभयो ।" उत्पती १:२७,२८ सोच्नुहोस उपरोक्त दुई पदहरुले यस पृथ्वीमा नर र नारीको कस्तो महत्वपुर्ण भुमिका हुन्छ सो देखाएको छ ?
जुन मूलभुत आदेश परमेश्वरले आदमलाई दिनुभयो नारी बिना उ एक्लैले पुरा गर्न सक्दैनथ्यो । पृथ्विलाई सम्हाल्न नारी संगी, श्रीमती, र सहकार्यकर्ता भएतापनि पुरुषको जिवनमा उनको भुमिका त्यत्तिकैमा मात्र सिमित थिएन । तिनीहरु दुईजिउ भएपनि एकै जिउको मनस्थितीमा रहनु परमेश्वरको ईच्छा थियो (उत्पती २:२४) । परमेश्वरले यावत सृष्टिमा हवालाई फरकै किसिमले सृजना गर्नुभएको थियो । कसरी ? उत्पती २:२१,२२ हेर्नुहोस:-
सबैथोक मानिस आदमपनि जमिनको माटोबाट सृष्टिभयो तर नारीचाहिं मानिसबाट सृष्टि भए ।यो यकिन छ कि बाईबलले त्यस भिन्न किसिमले सृजेको नारीको अर्थ के हो भनेको छैन तापनि नारीलाई कुनै हालतमा पुरुषको दाँजोमा निम्न दर्जा वा दोश्रो दर्जाको जात भनेर बाईबलले बाख्या गर्दैन । दुख:पुर्ण कुरा के छ भने धेरै समाजमा नारीलाई दासीको रुपमा ब्यबहार गरेको पाईन्छ, निम्न स्थानमा राखेर सिमित अधिकार प्रदान गरेर मानव सभ्यतामा पापको कस्तो दुशप्रभावले ओतप्रोत भएको रहेछ भन्ने ज्वलन्त उदाहरणहरु दिनप्रतिदिन पाउँदछौं ।
तपाँई जुन संस्कारमा हुनुहुन्छ त्यसमा स्त्री जातिलाई कुन रुपमा ब्यबहार गरिएको छ र उनलाई कसरी पुरुषले समानान्तरस्थानमा ल्याउनबाट बंचित गरेको पाउनुहुन्छ यसबारे सोच्नुहोस, के यो परमेश्वरको योजना हो कि स्त्री भन्दा पुरुष उच्च जातको भनेर मानुन ? नारीप्रति तपाँईको अवधारणा तपाँईले कुन आस्थामा हुनुहुन्छ त्यसले प्रभाव पारेको हुन्छ । बाईबलले नर र नारी दुबै सृष्टिको उत्कृष्ट समान सृजना हो भनेर तोकिएको छ । एकले अर्कोको भेदभावपुर्ण ब्यबहार गर्नु परमेश्वरको स्वरुपमा दागलगाउनु हो ।
५ हवा आदमको श्रीमती हुन्छिन् (उत्पती २:२३,२४)
जव आदमले हवालाई देखे उ यत्ती हर्पले बिभोर भए की उनले आफ्नो श्रीमतीलाई भावुक भएर कविताको छन्दमा स्वागत गरे । बाईबलमा यो प्रथम कविताको छन्द उल्लेख गरिएको हो । हवाको सृष्टि र उनको बिबाह आदमसंग जुन भएको थियो, यो परमेश्वरले स्थापना गर्नुभएको दाम्पत्य जिवन महान आशिर्वादकोरुपमा दिनुभएको बरदान थियो । एक नर र एक नारी जुन घरको आधारशिला हुन ति मानव सभ्यता र मानव अस्तित्वको आधारभूत एकाई थिए । यस आदर्श उदाहरणलाई परमेश्वरले भन्नुभयो, "फल्दै- फुल्दै, वृद्धि हुँदै, पृथ्वीमा भरिँदै जाओ ।" उत्पती १:२८
पापले त्यस आदर्शलाई कसरी भत्काईदिए ? अहिले समाज वा ब्यक्तिले परमेश्वरले दिनुभएको आदर्श उदाहरणलाई संस्कार वा स्वार्थताले कसरी अवमुल्यन गरेर त्यसबाटबिचलित भईरको पाउँदछौ ? यसले गर्दा सामाजिक र पारिवारिक जिवनको संरचनामा के असर भईरहेको पाईरहेको छौं ? परमेश्वरको बचनमा बैवाहिक जिवनमा अपनाउनुपर्ने कुन कदमहरु दर्शाएको छ र ति कदमहरु कुन क्रममा छन्, हेर्नुहोस उत्पती २:२४ । उक्त पदमा परमेश्वरले बैबाहिक जिवनलाई चाहिने आधारतत्व देखाउनु भएको छ ।जव बैबाहिक जिवन सुरु भयो र आफ्नो आमाबाबुको घेरा बाट बाहिर जानुपर्यो पुरुषको प्रथम कर्तब्य र निष्ठा आफ्नो श्रीमतीप्रति हुनुपर्दछ भनिएको छ । उसको हृदयमा उनिप्रतिको प्रेम, स्नेह र बात्सल्यको महान स्थान ओगेटेको हुनुपर्दछ । परमेश्वरले जव दुईलाई जोद्नु भयो उहाँले दुबैले एकआपसको बिचमा दाम्पत्य जिवनको दायित्व ग्रहण गरोस भन्ने अपेक्षा राख्नुभएको थियो । बाईबलमा भनेको छ, "छोद....मिल र शरिरमा एक होओ ।"तर दुख:दायी, बियोगपुर्ण र परमेश्वरको योजनालाई भताभुङ्ग पार्ने दाम्पत्य जिवनप्रतिको धाराणाले आज परिवार र सामाजिक संरचनामा नकारात्मक पद्धतीले जरा गाडेको पाईरहेको छौं । बाईबलले श्रीमान र श्रीमती बिचको सम्बन्ध कस्तो हुनुपर्दछ भनेर मानिसको पतन भएपछि पनि प्रष्ट पारेको छ, हेर्नुहोस:-
- १ कोरन्थी ७:२-५
- एफिसी ५:११-२९
- हिब्रु १३:४
उपरोक्त पदहरुले पापको प्रादुर्भाव भन्दा अघि पनि आदम र हवाको सम्बन्ध कस्तो थियो र परमेश्वरले के अपेक्षा गर्नुभएको थियो सो खुलस्त पारेको छ । महत्वपुर्ण चुनौती तपाँई पाठकबृन्धलाई यहि छ कि यदी तपाँईको जिवन बैबाहिक हो वा त्यस लक्षतिर जानलाग्नु भएको छ भने माथि उल्लेखित बाईबलको सिद्धान्तलाई कसरी प्रयोगमा ल्याउनु हुन्छ । आफ्नो घरगृहस्थीलाई कसरी सम्हाल्नु हुन्छ बाईबलको अनुसार तपाँईकै हातमा छ, तर याद गर्नुहोस तपाँईको घरलाई एकताको सुत्रमा बाँडीराख्न परमेश्वर सदा तत्पर हुनुहुन्छ । तर तपाँईको रोजाईमा भरपर्दछ ।
अन्तमा:-
"हाम्रो प्रथम पुर्खाहरुको घर संसारमा घरजाम गर्ने उहाँको छोराछोरीहरुको लागि नमुना हुनुपर्दछ । त्यो घर, जुन परमेश्वरको आफ्नै हातले सुन्दरतासाथ सजाउनुभयो, कुनै भव्य दरवार थिएन........परमेश्वरले आदमलाई बँगैचामा राखीदिनुभयो ।........ति पवित्र दम्पतीलाई यस्तो बातावरणमा राखीएको थियो कि सबै पिंढीहरुकोलागि सुखमय जिवनको उदाहरण थियो । त्यहाँ कुनै अहँता र बिलासिपना थिएन तर परमेश्वरको कृतीहरुद्वारा उहाँसंग आदानप्रदान हुन्थ्यो...... घमण्ड र अभिलाषालाई कहिलै पनि सन्तुष्ट पार्न सक्दैन, तर कोहि सचरुपमा बुद्धिमानी छन् भने परमेश्वरले हाम्रै हातको नजिक यस्तो बातावरण बनाईदिनुभएको छ कि जसमा परमानन्दको अनुभव गर्न सक्दछौं ।" एलेन जि. ह्वाईट, पाट्रियारक एण्ड प्रोफेट, पृ ४९,५० "आदमको कोखाको करड्गनिकालेर हवाको सृष्टि गरेको थियो, जसको अर्थ यो थियो कि उनले आदममाथी आफु सर्बेसर्बा ठानेर बसमा नराखोस, न त आदमले उसको पाउमुनि राखेर उनलाई निम्नवर्गको रुपमा ब्यबहार गरियोस तर आदमको साथमा बराबरी भएर उसको संरक्षण र प्रेमको सहभागी होस् । पुरुषको एक भाग, आफ्नै हाड र मासुको भाग, उनि दोश्रो ब्यक्ती तर उसको अर्धाङ्गिनी तर उसको माया, प्रेम, स्नेह र बात्सल्य खनाएर उनिसंग एकटाको सुत्रमा आवद्ध भएर जिवन निर्वाह गर्न सकुन् ।
चिन्तन गर्नुहोस्:-
क. बर्तमान परिपक्षमा उत्पती १:२७,२८ लाई कसरी लिन सकिन्छ ? दुई दम्पती मिलेर पृथ्वीलाई हेरचाह र त्यसमाथी आधिपत्य गर भनिएको छ, पापको अगाडि त्यसको कार्यान्वन कस्तो थियो होला र अहिले हाम्रो बातावरणको संरक्षणकोलागि के सन्देश पाउँदछौं ?
ख. तपाँईको संस्कार र समाजले नारीजातिलाई कुन दृष्टिकोणले हेरेको छ ? नारीप्रतिको दुर्ब्यबहारलाई तपाँईले कसरी हेरिरहनुभएको छ वा त्यसलाई सुधार गर्न तपाँई वा तपाँईको स्थानिय चर्च समुदायले के भुमिका निर्वाह गरिरहेको छ ?
ग. तपाँईको मण्डलीमा कसैको दाम्पत्य जिवनमा खलबल भएको पाउनुभएको छ ? त्यस दर्दपुर्ण दाम्पत्य जिवनलाई तपाँई एक जिम्मेवार ब्यक्तीको हैसियतले त्यस घरमा शान्त र भरोसा प्रदान कसरी गर्न सक्नुहुन्छ सो सोचकव बिषय बनाउनुहोस् ।
