गुमेको परमानन्द अदन
मुल पद: "तेरो र स्त्रीको बिचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुष्मनी हालीदिनेछु । त्यसले तेरो शिर कुल्चीनेछ, र तैले त्यसको कुर्कुच्चो डस्नेछस्" उत्पती ३:१५
सोर्हौं सताब्दीमा जोन मिल्टनले प्रख्यात काब्य पाराडाईज लस्ट लेखे जसमा हाम्रा प्रथम पुर्खाले अदन गुमाएको बर्णन गरिएको छ। मिल्टनले प्रभावशालीरुपमा कल्पनागरेर त्यस काब्यद्वारा परमेश्वरले मानिसप्रती गरेको ब्यबहार उचित थियो भन्न खोजेको पाउँछौं । मिल्टनले अदन बगैँचाको भरमग्दुरतरले बाख्यागर्न खोजे (बिभिन्न जात र रंगका फुलहरु र गुलाफपनि कुनै काँडाबिना फुलेका थिए, आदी) । साथै आदम र हवालाई फसाउन शैतानको अथक प्रयास गरे, शैतानको गुनासो परमेश्वर बिरुद्ध यसरी पोखेको पाउँछौं, "स्वर्गमा सेवक हुनुभन्दा बरु नरकमा रजाँई गर्नु उत्तम" । तर हामीलाई थाहा छ शैतान सर्पबाट हवालाई फसायर आफ्नो चक्रब्युहमा पारे अनि हवाले, "त्यस दुष्ट समयमा हवाले आफ्नो कमलो हात फलको रुखतिर लम्काईन्, फल टिपिन र खाईन् ।" शैतानको बाँकि चालामाला ईतिहासले बताउँदछ । भाग्यबस बिगतका ईतिहास मात्र होईन भविष्य र परमेश्वरले प्रतिज्ञा गर्नुभएको मुक्तिको योजना पनि हामीलाई ज्ञात छ । ख्रष्टा मिल्टनले प्रष्टरुपमा बाईबलको मर्मलाई आफ्नो काब्यमा यसरी लेख्दछ, "स्वईच्छाले परमेश्वरको पुत्रले आफुलाई मानिसको मुक्तिको लागि, चुकाउँछ मुल्य आफ्नो प्राण दिई ।" यही कुरा बाईबलमा पावलले १ तिमोथी २:५,६ मा ब्यक्त गर्दछ ।प्रभुले आफ्नो जिवन अर्पण गर्नुभएकोले बिश्वास गर्नेहरुकालागि अनन्त जिवनको आशा प्रदान गरिएको छ । यस भागमा मिल्टनको काब्य त होईन तर त्यसलाई प्रेरणा दिने बाईबलको सुरुवातमा बर्णन गरिएको बिपत्तीग्रष्त मानिसको पतनमात्र नभएर उद्वारको आशालाई कसरी बाख्या गरेको छ सो हेर्नेछौं ।
१ साँप
उत्पती ३:१ मा अचानक साँपलाई औंल्याएको पाउँदछौं, हुन त उत्पती १:२५ मा परमेश्वरले घिस्रिने जन्तुहरु सृष्टि गर्नुभयो भनेका छन जसमा सर्पहरुपनि पर्दछन् । बगैंचामा सर्पहरु देखापर्नु कुनै अनौठो थिएन । तर बोल्ने साँप र हवालाई फँसाउएर बिगार्नेचाहीँ अघिल्ला दुई अध्यायहरुमा थिएन जहाँ परमेश्वरले बनाउनु भएका यावत थोकहरु धेरै असल थिए भनेका छन् (उत्पती १:३१)।
निम्न पदहरुमा ति साँप को थिए, उ कस्तो चरित्रको थियो र किन उ देखा परे भनेर छर्लड्ग देखाएको छ:-
- अयुब १:६-११
- यशैया १४:१२-१३
- एजकियल २८:१४-१७
- मर्कुस १:१३
- लुका १०:१८
- युहन्ना ८:४४
- २ कोरन्थी २:११, ११:३
- १ युहन्ना ३:८
- प्रकाश १२:९, २०:२
यदी उत्पतीका प्रथम केहि अध्यायहरुमात्र हेर्यो भने परमेश्वरको बिशुद्ध सृष्टीमा साँप यसरी किन देखापरे भन्न बुझ्न कठिन पर्दछ । उसले कसरी बोल्न सक्दछ ? आदम र हवालाई किन धोखा दिन खोजे र उ कसरी त्यहाँ आईपुगे ? यसले के देखाउँछ भने बाईबलको यथार्थ जान्न पुरा बाईबल चलाउनु अत्याबश्यक छ । सर्पको रुपमा धोखेबाज भएर को देखापरे भनेर प्रथम तिन अध्यायहरुले बर्णन गर्दैन । केहि मात्रामा झ्वास्स त छुन्छ तर मानिसलाई त्यसबारे अझ बढि जानकारी हुनु जरुरी भएको कारणले आफ्नै समयमा परमेश्वरले प्रकाश पार्नुभएको छ । अर्को तथ्य के हो भने आधुनिक जमानामा शैतानलाई निम्नरुपमा गनेको छन् र उ केवल दुष्टताको संकेत मात्र भन्ने गरेको पाउँछौं । साँच्चे भनौं भने उसको अस्तित्वलाई बिश्वास गर्नु र उसको शक्तिको खेलमा बिश्वास गर्नु मुर्खतामा गनिन सक्दछ । प्रचलित आधुनिक संस्कारले उसलाई बाटमान्, सुपरमान, स्पाईदरमान् आदिको संज्ञा दिएर हलिउडले शैतानलाई खेंलाचीको रुपमा लिएको पाउँदछौं । यो शैतानको चलाकीपना हो किनकि उ जहिले पनि लुक्न चाहन्छ । अदनको बगैँचामा जस्तै उ साँपको पछाडी आज उ अत्याधुनिक तरिकाले लुकेको हुन्छ । तर नतिजा त्यहिनै हो । आफ्नो अनन्त जिवनलाई जोखिममा पारेर मानिसहरु उसको चक्रब्युहमा सजिलैसंग पर्दछ ।
के तपाँई शैतानको अस्तित्वमाथी संका गर्नुहुन्छ ? उसको मायाजालबाट कसरी उम्कन सक्नुहुन्छ ?
२ पतन (उत्पती ३:१-६)
निम्न पदहरु पढ्नुहोस् र निम्न प्रश्नहरुको जवाफ सोच्नुहोस्:- उत्पती २:१६,१७, ३:१:-
अ. आदमले पाएको परमेश्वरको निषेधाज्ञा कति स्पष्ट थियो ?
आ. ति देवशत्रुले हवालाई कसरी प्रश्न गरे जसले गर्दा उनको दिमागलाई अलमल्याई दियो र परमेश्वरले राख्नुभएको शर्तलाई शन्देहात्मक पारिदियो ?
उत्पती ३:३:-
हवाको अनुसार उत्पती २:१७ मा उल्लेख नगरेको कुन कुरा उनिहरुले बुझे? अव सर्परुपी शैतानले परमेश्वरप्रतिको आस्थालाई धमिल्याए पछि हवालाई धोका दिन उनले कुन बाटो अपनाए ? उत्पती ३:४, युहन्ना ८:४४ शैतानले सत्यसग असत्य वा झुठाकुराहरु मिसाएर परमेश्वरको बचनलाई दूषित पारिदिए। यसमा सफलता हासिल गरेपछि उनले परमेश्वरको निषेधाज्ञालाई हुल्लडबनाई सरासर खंडन गरीदिए । आज पनि यहि नितीलाई मानिसहरुले अंगालेको पाउँदछौ । कसैले कुने नयाँ शिक्षा निकाल्दछ जसमा सत्य र असत्य मिसेको हुन्छ तर प्रष्टरुपमा नियालेर जान्दा ति झुठा भएर मानिसलाई फसाएको पाउँदछौं । यसमा हामी सतर्क हुनु कति जरुरी छ !
उत्पती ३:६ मा मानिस कसरी शैतानको चक्रब्युहमा सजिलैसंग पर्नसक्छ भनेर देखाएको छ ।हवाले फल खाईन् । त्यस फल स्वादिलो देखेकोले शारिरिक मोहमा फसिन्, हेर्दा सुन्दर देखेकोले आँखाको लोभमा फसिन्, परमेश्वरले बौद्धिक शक्ती उनलाई दिएपनि त्यो भन्दा बुद्धिमानी अर्थात परमेश्वरनै हुने लोभमा फसिन् । अर्थात अर्को शब्दमा भन्ने हो भने शैतानले हवालाई दिएको बरदान उनकै खिलाफमा उपयोगगरिदिए । शैतानले निष्कपट बातावरणमा हुर्केको र पापरहित चरित्र भएको दम्पतीलाई त चलाकीपुर्वक फसाउँन सक्छ भने झन अहिले पापले ग्रष्टभएको बेलामा मानिसलाई कती फसाउन सक्दछ यसमा सन्देह छैन । हामी पापले गर्दा कति गिरेको छौ भनेर केहि निम्न पदहरुले बताउँदछ:- रोमी १३:१४, फिलिप्पियन ३:१८,१९, १ युहन्ना २:१६
पापको यथार्थता, प्रलोभन र शारिरिक मोह आदी हरदम मानव स्वभावमा जाकिरहेको हुन्छ । तर यदि हामी परमेश्वरको छत्रछायाँमा रह्यौं भने शारिरिक, आत्मिक, मानसिक र बौद्धिकरुपमा शैतानको दास हुनुपर्दैन । बिश्वासीनै किन नहुन् मानिसहरु आत्मिक र नेतिकरुपमा कति हतास भैरहेको पाउँदछौं । तिनीहरुको लागि बाईबलमा प्रसस्त प्रतिज्ञाहरु र आशाहरुले भरेका पदहरु छन्, तिनीहरु पढेर जागरुक भएर परमेश्वरतिर अघि बढ्नुहोस् ।
३ पतित
उत्पती ३:७-२४ पढ्नुहोस् । शैतानले सर्परुपद्वारा आदम र हवालाई आफ्नो जन्जालमा पारेपछि उसले भनेकोजस्तै उनिहरुको आँखा खुल्यो । तर
तिनीहरुले परमेश्वर जस्तै दिब्यज्ञान आर्जन गरेर उहाँजस्तै हुने महत्वाकांक्षा राखेर फल खाएको थियो त्यो दिवास्वप्न चकनाचुर भए र उनिहरु भय र त्रासको भुमरीमा बल्झिए । यो शैतानले ल्याउने अनगिन्ती पासोहरुको सुरुवात थियो । उसले मानवसमाजलाई सुनको झलक देखाएर पित्तललाई भिडाईदिने गुरु योजनाको सुरुवात अदनको बगैंचाबाट प्रारम्भ भएको उपरोक्त पदहरुले प्रदर्शन गर्दछ । अव आदम र हवा महिमाको पवित्रताले छोपेको जिवनबाट बचित भए, परमेश्वरको निषेधआज्ञा तोडेकोले आफु पतन भएको अनुभव गरे, भित्रीरुपमा नाँगिएको चेतना शारिरिक नग्नताले उदांग पारीदिए । ति प्रथम दम्पती जो परमेश्वरसंग खुलारुपमा आदानप्रदान गर्दथे अब त्यही जन्मदाता परमेश्वरसंग त्रसित भएर आफ्न तरिकाले गाँथेको पातहरुले छोपी झाङमा लुकेर बसे ।
कति मानिसहरुले उदेकका प्रतिज्ञाहरुलाई नारकिय सन्त्रासमा परिबर्तन गरिएको तपाँईहरुको जिवन चक्रमा देख्नुभएको होला । यस दुखपुर्ण ब्यहोराबाट हामी के शिक्षा पाउन सक्दछौ ? हेर्नुहोस्: न्यायकर्ता १७:६, हितोपदेश १४:१२, मर्कुस ४:१९, १ तिमोथी ६:१० ।
आदम र हवाले पतनबाट तत्काल के अनुभव गरे सो हेर्नुहोस । प्रथमत आदम र हवाको बिचमा थिसो सम्वन्धको सृजना भयो (उत्पती ३:७), मानिस र परमेश्वरको बिचमा खाल्डो खडा भए (पद ८), प्रकृती अकस्मात बैरीको रुपमा देखापरे (पद१६-१८), आदम र हवाको बिचको सम्बन्धपनि बदलियो ( पद १६), यथार्थरुपमा मृत्युको घण्टा बज्यो (पद १९), मानिसको कामको शैलीमा परिबर्तन आयो (पद १९) र अन्तमा आदम र हवालाई मनमोहक सुन्दर बगैंचा अदनबाट निष्कासित भए (पद २३,२४)। यदि तिनीहरुलाई आफ्नो भुलले यस्तो परिणामहरु भोग्नुपर्नेछ भनेर अगाडिनै देखेको भए शैतानको पासोमा पर्थ्यो होला ? यो जान्न जरुरी छ कि हवालाई असल खराव सबैको ज्ञानप्राप्त गरेर देवताजस्तै हुनेछौ भनेर साँपरुपी शैतानले मोहमा पारेको थियो (पद २३)। याद गर्नुहोस परमेश्वरको ईच्छा थिएन कि मानिसले खराब वा दुष्टताको ज्ञान होस् किनकि उहाँ चाहनुहुन्थ्यो कि मानिस निर्दोषभएर बसुन र परमेश्वरमाथि भरोसा राखेर साना बालबालिका जस्तैगरी हिंडुन् (ब्यबस्था १:३९)।परमेश्वरले उनिहरुलाई असल (तपो वा हिब्रुमा तभ) मात्र दिनुभएको थियो किनकि उहाँले यससंसारमा जे सृष्टिगर्नुभयो एकदम असल, उपयुक्त र उचित थियो । उत्पती १लाई ३:२२ संग हेर्दा जव परमेश्वरले संसार रच्नुभयो खराबरहित असलमात्र थियो ।
के तपाँईले आफ्नो जिवनमा कुनै निर्दोषपनाहरु छन् जुन सुरक्षित राख्न चाहनुहुन्छ ? त्यस ईच्छालाई साँचीराख्न कस्तो प्रयास गर्दै हुनुहुन्छ ?
४. पापमा फसेकोलाई आशाको किरण
परमेश्वरले आदम, हवा र साँपरुपी शैतानलाई एकै ठाँउमा राख्नुभयो र तिनीहरुसबैलाई न्यायको फैसला सुनाउनुभयो । उत्पती ३:१४-१९ नियालेर पढ्नुस र यसले तत्कालिन र दिर्घकालिन नतिजालाई प्रस्तुत गरेको पाउँदछौ । हेर्नुहोस र लेख्नुहोस्:-
आदम र हवाले दुख, कष्ट, पसिना परिश्रम, काँडाहरुको उब्जनी, पापमा आश्रितहुनुभन्दा पहिलै र निषेधाज्ञा तोडेकोले न्यायको फैसला सुनाउनु अघिने परमेश्वरले आशा र प्रतिज्ञालाई उनिहरुको अगाडी प्रस्तुत गर्नुभयो । पद १५ ले सुसमाचारको आशामात्र होईन साँप अर्थात शैतानको र स्त्रीको सन्तानको बिचमा हुने अन्तरद्वन्धको मानव ईतिहासलाई संक्षिप्तरुपमा समाबेस गरिएको छ ।यसमा लेखीएको छ:- "तिम्रो र स्त्रीको बिचमा, र तिम्रो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ र तैंले त्यसको कुर्कुच्चो डस्नेछौ ।" उत्पतीमा बर्णन गरिएको मानिसको बंशावली हेर्यौं भने परमेश्वरको सन्तान र शैतानको सन्तान मौलाएको पाउँदछौं । र बाईबलको बाँकी अन्श परमेश्वरको जनहरु र शैतान अर्थात शत्रुहरुको बिचमा भएको संघर्षलाई केन्द्रित गरेको पाउँछौ । पद १५ ले खराब र असलको बिचमा भईरहेको सारा युद्धको अभिनय तत्काल सुरुभएको र पृथ्वीमा हाल चलिरहेको घोषणा गर्दछ ।
उत्पती ३:१५ लाई प्रकाश १२:१७, १२:९,२०:२ संगै राखेर हेर्नुहोस । यसमा साझा तत्वहरुको उल्लेख गरिएको छ । यि पदहरुले अदनको बगैचामा सुरु भएको द्वन्धको सिद्धान्तहरु सारको अन्तसम्म हुनेछ भनेर छर्लङ्ग पारेको छ ।
आदम र हवाले पाप गरेर श्रापित भएपनि र उनीहरुले आफ्नो कसुरलाई अनेक बहानामा लुकाउन खोजेपनि परमेश्वरले तिनीहरुलाई आशाको किरण छाईदिनुभयो । शैतान र तिनीहरुको बिचमा बैरभाव भएतापनि अन्तमा उसको शिर कुच्चेर नाशहुनेछ । यसमा येशूले पतित मानवजातीकोलागि के गर्नुहुनेछ सो प्रस्तुत गरिएको छ । हिब्रु २:१४ मा लेखिएको छ, "किनकि छोराछोरीहरु मासु र रगतका सहभागी भएको हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारानै शक्ति भएकोलाई अर्थात दियाबलशैतानलाई उहाँले नष्ट गरुन र मृत्युको डरले आजिवन बन्धनमा परेकाहरुलाई उहाँले मुक्त गरिदिऊन् ।" उक्त उद्गारले तपाँईले जुन शैतानसंग युद्ध गरिरहुनभएको छ त्यसमा आश्रयको आशा कसरी पाउनुहुन्छ ?
५. पतन पछि बृतान्त (हेर्नुहोस उत्पती ४)
उत्पती ४ मा केन र एबेलको घट्नालाई सिघ्ररुपमा बर्णन गरिएको छ ।आदम र हवा पापमा फसेको धेरै बर्ष भएता पनी तिनीहरुको पापले कस्तो दुरगती र दुरगामी असर भएको छ सो दर्शाउन बाईबल हामफालेको पाउँदछौं । उत्पती ३:१५ मा बर्णन गरिएको बैरभाव केनको डाहले गर्दा एबेलको हत्याकाण्ड भएकोले देखाउँदछ ।यो हत्याले यो देखाउँदछ कि केन शैतानको सन्तान हुन् । हेर्नहोस युहन्ना ८:४४
परमेश्वरले एबेलको बलिलाई स्विकार गर्नुभयो तर केनको किन गर्नुभएन ? उत्पती ४:३-७ को साथै निम्न पदहरुपनि हेर्नुहोस्:- लैब्यब्यबस्था १७:११, हिब्रु ९:२२, ११:४
उत्पती ४:६ र ७ मा परमेश्वरले केनलाई कस्तो किसिमले ब्यबहार गर्नुभयो सो देखाएको पाउँछौं ।परमेश्वरले केनलाई भन्नुहुन्छ, असल गर, आज्ञाको पालन गर, उसको उपासनाको बलिलाई उहाँले ग्रहण गर्नुहुन्छ ।परमेश्वरले बलिलाई लक्षित गरेर भन्न खोज्नुभएको थियो कि हामी जति सुकै असलहुन खोजेपनि त्यसले उद्धार ल्याउँदैन तर बलिले मात्र । यसमा परमेश्वरको आज्ञा र अनुग्रह अनि आस्था-बिश्वास र कर्मको सन्तुलनता देखोएको पाउँछौं । केनले यि कुनैकुरापनि बुझेन जुनकी उसको बलिको तरिकाले देखाउँदछ र उसले राम्रो गर्नपनि ईन्कार गरे (१ युहन्ना ३:१२) ।
केन र एबेलको बृतान्तलाई मनमा राखेर रोमी ५:१७-६:६ हेर्नुहोस जसले बिश्वास र काममा के सन्तुलात्मक समन्वय हुनुपर्दछ सो देखाउँदछ ।
केनले परमेश्वरबाट केहीपनि लुकाउन सक्दैन र सार्बभौम परमेश्वरले सबै दुष्ट्याईलाई ठिकसंग फैसला गर्नुहुनेछ भनेर महशुस गरे (उत्पती ४:६,७) ।उसले गरेको जघन्य अपराधले गर्दा पृथ्वीले एबेलको निर्दोष रगत पिउनुपरेको थियो जसको फलस्वरुप धर्तिले उसको पसिनाको फल दिन बाध्यात्मक भएन (उत्पती ४:११,१२) ।अनि त्यही ४ को १७-२४ मा पृथ्वीमा नैतिक पतन द्रुतगतिले बढेको, सामाजिक र प्राविधिकरुपमा उन्नती भएको उल्लेख गरिएको छ ।केनको सन्तानमा बहुबिबाह र हत्याराहरुको प्रादु्भाव भएको देख्दछौं । तै पनि बाईबलका लेखकले केनको बंशमा भएको दुष्टपनामात्र उल्लेख गरेको छैन तर उनिहरुले गरेको बिभिन्न क्षेत्रहरुमा उपलब्धीहरुलाई पनि मान्यता दिएको पाउँदछौं । उसको सन्तानबाट बिभिन्न कालिगडहरु, शिल्पकारहरु, हस्तकलाकारहरु, गोठालाहरु र कृषक आदिहरु आएको पाउँछौ । उत्पती ४ अध्याय एबेलको स्थानमा सेथलाई उल्लेखगरेर तुंगिन्छ । सेथ पुर्ब- जलप्रलयका पुर्खाभएर आदम र नोहाको बिचमा पुल बन्दछ ।
के तपाँई डाहले ग्रसित हुनुभएको छ ? के यो कहालीलाग्दो स्थिती होईन र ? ति डाह वा ईखले कुनरुप लिन सक्दछ सो सोच्नुभएको छ ? येशूको क्रुसमा मात्रै परेर त्यस्ता नकारात्मक भावहरुप्रति बिजय प्राप्त गर्न सक्नुहुन्छ भनेर प्रणमा रहनुचाहनु हुन्छ ?
अन्तमा:-
"शैतानले पवित्र दम्पतीहरुलाई यस्तो झुठो आश्वासन दियोकि यदि उनिहरुले परमेश्वरको आज्ञालाई तोड्यो भने उनिहरुलाई (उच्चतम) फाईदा हुन्छ ।के आज पनि त्यस्तै कुरामा हामीलाई अल्झाईराखेका छैन र ? धेरै मानिसहरुले प्रभुको आज्ञा पालनगर्नु भनेको संकुचितबाटोमा हिंड्नु हो र आफुहरुचाहिं फराकिलो धारणा भएकोले बढी स्वतन्त्रताको उपभोग गरिरहेका छौं भनेर दावी गर्दछन् । यो केवल अदनको बगैंचामा छाएको प्रतिध्वनीमात्र हो, "जुन दिन यो फल खानेछौ" –परमेश्वरको आज्ञाको उलंघनगर्न बाध्य पारेर- "तिमीहरु देवताहरु जस्तै हुनेछौ ।" एलेन जि. ह्वाईट, पाट्रियार्क एण्ड प्रोफेट, पृ. ५५
"स्त्रीको सन्तानले (वा बिउ-अंग्रेजी र अन्य भाषाहरुमा) साँपको टाउको कुच्चिनेछ भनेको छ, याद गर्नुहोस, यो एकबचन हो बहुबचन होईन अर्थात स्त्रीको कुनै सामुहिक सन्तानहरुले शैतानको शिर कुल्चने नभएर एकजनाले भन्ने जनाउँछ । यस कथनले यो पुष्टि गर्दछकि महान अन्तरद्वन्ध जुन येशू र शैतानको बिचमा जुन स्वर्गमा सुरु भयो पृथ्वीमापनि निरन्तरता पाएको थियो जहाँ येशूले उसलाई परास्त गर्नुभएको थियो (हिब्रु २:१४), र येशूको दोश्रो आगमनपछिको हजार बर्षको अन्तमा शैतान पुरारुपमा सखाप हुनेछ ।येशूद्वारा बिनाचोट यो द्वन्धको अन्त्य भएको थिएन र हुन् संकेटपनि छैन किनकि उहाँको कोखको घाउ र हातमा फलामको किलाले गाडियर पारेको प्वाल अनन्त समयसम्म रहनेछ, यसले साँपले स्त्रिको सन्तानलाई डस्न खोज्दा भएको संघर्षको नतिजाको प्रदर्शन गराउँदछ (युहन्ना २०:२५, जकरिया १३:६, अर्लि राईटिड्ग पृ ५३) । एसडीए बाईबल कमेन्टरी, ठेली १, पृ. २३३ ।
चिन्तन मनन् को बिषय:
क. यो स्विकार्य छ कि उत्पतीको पुस्तकमा मानिसको पतनबारे धेरै प्रश्नहरुको जवाफ दिन बाँकिनै छ । जव तपाँई परमेश्वरसंग मुखामुख पर्नुहुनेछ उहाँसंग के प्रश्नहरु गर्न चाहनुहुन्छ जसले मानिसको पतनबारे नखोलियका बृतान्तहरुको जवाफ पाउन सक्नुहुनेछ ।हेर्नुहोस्: १ कोरन्थी ४:५,१३:१२
ख. एडभेन्टिष्टहरुले शैतान कुनै काल्पनिक ब्यक्ति नभएर बास्तविक शक्ति हो जसले अपुर्वरुपमा शक्तिद्वारा मानिसलाई आफ्नो मायाजालमा राख्दछन् । किन यो बिश्वासबाट तर्किनुहुन्दैन त्यसमा चिन्तन गर्नु जरुरी छ ।
ग. बिजयको गितहरुले आफ्नो हृदयलाई गुन्जाएर येशूको प्रतिज्ञाहरुको हृदयंगम गर्नुहोस् ।
