बिध्वंस र पुन:संरचना
मुल पद: "बादलमा धनु हुनेछ र त्यसलाई हेर्नेछु, म परमप्रभु परमेश्वर र हरेक जिवितजिवातहरुको बिचमा भएको
अनन्तको करारलाई सम्झनेछु ।" उत्पती ९:१६
"के तिमीहरुले धर्मान्ध नोहाको बारेमा भर्खर केहि सुन्यौ ?"
"नोहा, परमेश्वरको भक्त नोहा ?"
"हो, त्यहि धर्मात्मा नोहा, उसले भक्ति गर्दा गर्दा बहुलानै भयो । उसले भन्यो आकासबाट पानी खनिने छ रे"
"आकासबाट पानी ?"
"हो, उसले भन्छ आकासबाट पानी आएर बाढीहुन्छ र संसारमा सासभएका सबैको नाश हुनेछ अरे, तर जहाजमा जानेमात्र बाँच्दछ रे"
"जहाज ?"
"डुंगाजस्तै पानीमा तैरिने बस्तु हो । जो त्यसमा पस्दछ उ मात्रै बाँच्दछ नत्र पानीले सबैलाई दुवाउँछ रे । उसले अहिले जहाज बनाउँदैछ ।उसले यसो भनेर प्रचार गर्दैछ कि परमेश्वरले पानी पठाएर हाम्रो पापले गर्दा सबैलाई नाश गर्नुहुनेछ । ओ हो हामी त्यस्तो खराब छौं र ?"
"आकासबाट पानी झर्ने रे .....? यस्तो कुराले त्यस्तो सोझो, भलादमी मानिसलाई किन बहुला कुरा गर्छ हँ ?"
"किनभने उसको मगज खुस्केको छ । उ नितीकुतीमा हिंडछ ।के उसलाई थाहा छैन र बिस्वास वा आस्था भए मात्र हामी अमरत्व पाउँनेछौं ? परमेश्वरको नियममा हिंड्नु पर्छ भनेर किन उसले भाषण छाँट्छ ?"
"नोहा आफ्नो कुरामा गम्भिर र हठी छन् ।तर उ असल र धर्मात्मा मानिस हो ।"
"हो, तर संसारको सृष्टिदेखी कहिलै पानी परेको छैन, यस्तो कहिलै नभएको कुरामा किन बिश्वास गर्ने ? बैज्ञानिकहरुले भन्छ यो सम्भव छैन, दार्शनिक र बिद्वानहरुले भन्छ यो प्रकृतीको नियम बिपरित हो । पानी त पृथ्विबाट हरेक बिहान बाफ बनेर कुइरो जस्तै भएर आउँछ, आकासबाट कहिलै पनि पानी पर्दैन, हैन त ?"
"त्यहि त भनेको ।"
१. "सबै मानिसहरुको अन्त्य गर्ने मैले अठोट गरेको छु"
आदम र हवा को धेरै छोराछोरीहरु भएका थिए । सेथ (उत्पती ५:४) को बंश चाहिं परमेश्वरप्रति आस्था राख्नेमा गनिएको थियो । नोहा त्यही बंशबाट आएको थियो (पद २८,२९)।
उत्पती ६:१-१३ पढ्नुस् र त्यसबेला मानवसमाजको भ्रष्ट चरित्रलाई कसरी बर्णन गरिएको छ ? के अहिले त्यस समयभन्दा गतिलो छ र ?
हुनत कती मिमाँसाकारहरुले उत्पती ६:२ मा भनेको परमेश्वरको छोराहरु भन्दा कुनै अलौकिक जिवहरु हुन भनेर उल्लेख गरिएको पाईन्छ तर बाक्यानुसार बिश्लेषाण गरियो भने ति सेथका सन्तान र मानिसका छोरीहरु भन्दा कयनको सन्तानहरु हुन भनी जनाउँछ । परमेश्वरका जनहरु वा छोराहरु भन्दा उहाँमा बिश्वासराख्नेहरु र अरु चाहीँ बिश्वास नराख्नेहरुको बिचमा बैबाहिक सम्वन्ध राख्दा त्यसको नतिजा खतरापुर्ण हुन्छ भनेर देखाएको पाईन्छ । यि पदहरुमा मानिसको दुष्टता यति पराकाष्टामा पुगिसकेको थियो कि ति बर्णन गर्नै नसकिने भएको थियो ।मानिसको हरेक बिचारहरु खराबसोच्नेमात्रले निरन्तरता पाएको उल्लेख छ (पद ५) ।हिब्रुभाषामा हृदयका बिचारहरु भन्दा एक किसिमले त्यसले भावनाका आकृतीहरु वा परमेश्वरले मानिसलाई कुन आकारले बनाउनुभएको भन्ने देखाएको थियो (उत्पती २:७) त्यसको बिपरित मानिसले आफ्नो बिचारका आकारहरु भ्रष्ट भएको देखाएको हुन्छ । पुरानो नियममा हृदय भन्दा मानिसको भित्रिय पुरा जिवन भन्ने जनाउँछ जहाँ उसको भावना, ईच्छाशक्ती र समझ सक्तीको थलो हुन्छ । भ्रष्ट र हिसापुर्ण चरित्र जुन पद ११ देखी १३ सम्म बर्णन गरिएको छ त्यो चाहीं पद ५ को बिस्तृत हो ।
उत्पती ६:६,७ मा ससारमा मानिसहरुको बिचमा जे भईरहेको थियो त्यसप्रति परमेश्वरले कस्तो दुखपुर्णरुपमा ब्यक्त गर्नुभएको पाउँदछौं ।
मानिसको दुष्टपुर्ण हृदयलाई उल्लेख गरेपछि लेखकले परमेश्वरको हृदयमा भएको चोट र सतावतको महशुसभएको पाईन्छ । मोशाले यस्तो शब्दहरुको उपयोग गरे जुन मानिसले बुझ्न सकुन ।परमेश्वरको कुनै टाडा वा मानिसले आबिश्कार गरेको कुनै भावनामा नरहेर हामी जस्तै दुख सुखको प्रतक्ष अनुभवमा सहभागीहुनुहुने परमेश्वर हुन् भनेर देखाउन खोजेको छ । उहाँ कठ्ठर, धर्मान्धको रुपलिएर धर्मको नाउँमा बिना शिक्षादिक्षा दिई अन्यायपुर्वक मानिसलाई धर्म लाद्न चाहनुहुन्छ भनिएको छैन । तर उहाँको चरित्रलाई यसरी चित्रणगरिएको छ कि मानिसले प्रादुर्भाव गरेको पाप, अधर्म, रुवाई, प्रार्थना, क्रन्धन, अत्याचारको जगजगी आदिप्रति संबेदनशिल हुनुहुन्छ र मानिसको भ्रष्ट चरित्रप्रति शोकाकुल हुनुहुन्छ । उहाँको अगाडी जुन पापको मुस्लो आईरहेको थियो त्यसलाई बर्णन गर्न त्यत्ति सजिलो छैन ।
उत्पती ६:६ लाई मत्ती २३:३७ मा दाँजेर हेर्नुहोस । यसमा परमेश्वर यस संसारमा भावात्मकरुपमा बाँधिनुभएको देखाएको छ । युहन्ना ३:१६ जस्तै अरु पदहरुपनि खोजेर पढ्नुस् किनभने यि पदहरुले परमेश्वरको निजीमाया तपाँईहरुलाई दर्शाउन हरदम राजीभईरहेको छ भन्ने देखाउँदछ ।
२ नोहा र अनुग्रहको शुसमाचार
"तर नोहामाथि चाहिँ परमप्रभुको अनुग्रह भयो ।" उत्पती ६:८ । बाईबलमा प्रथम पटक अनुग्रह शब्द यसमा देखापरेको पाउँछौं । अनुग्रह भनेको मानिसले आर्जन गरेको नभएर परमेश्वरले पापीहरुलाई खन्याउनुभएको दया र सदाशयिता हुन् । हेर्नुहोस्:- रोमी ४:१४-१६, एफिसी २:५,८, २ तिमोथी १:९
निम्न पदहरुमा नोहाको चरित्रलाई उल्लेख गरीएको छ:- उत्पती ६:९,२२, हिब्रु ११:७, २ पत्रुस २:५
नोहा जस्तोसुकै भएपनि परमेश्वरको अनुग्रह उहाँमाथि हुनु किन जरुरी थियो ? हेर्नुहोस यि पदहरुमा पनि:- उत्पती ९:२०,२१, रोमी ३:२३, १ युहन्ना १:८
नोहा हामी जस्तै पापी भएतापनि उसले परमेश्वरप्रती आस्था, बिश्वास र परमेश्वरको बचनमा आज्ञाकारी भएको थियो । केवल परमेश्वरले निर्देशन दिनुभएको भरमा उस्ले कहिलै नदेखेको जहाज बनाएर देखाएको थियो, यसलेनै उ परमेश्वरसंग कस्तो खुलारुपमा आदानप्रदान भएको रहेछ भनेर देखाउँदछ । उत्पती ६:२२ र ७:५ लाई नियालेर हेर्नुहोस् किनकि यि पदहरुमा यो देखाएको छ कि बिश्वासीहरुको जिवनमा उद्धारको बिश्वास यस्तो हुनुपर्दछ कि जहाजमात्र बनाउने होईन त्यसभित्रपनि पस्न सक्नुपर्दछ ।
हिंसात्मक र भ्रष्ट संसारको बिचमा परमेश्वरको अगाडी सिर्फ नोहा एक्लै खडा भए जसले परमेश्वरमाथीको बिश्वास आफ्ना कामद्वारा दर्शाईदिए । यो चरम महत्वको बिंदु हो किनकि अनुग्रहबाट उद्धार पाएको छ भनेर देखाउन र परमेश्वरलाई प्रेम गरेको छ भन्ने प्रदर्शन गर्न हाम्रो कार्यचरित्रले मात्र देखाउँदछ । नोहासंग सबै आस्था र बिश्वास होला तर परमेश्वरको निर्देशनमा नचली जहाज नबनाएको भए उ र उसको परिवारपनि जल प्रलयमा नाश हुन्थ्यो (हिब्रु ११:७)। यो हामी हरेकको लागि पाठ हुनुपर्दछ किनकि हामी यो बिश्वास गर्दछौं कि हाम्रो धार्मिकताको पगडी येशुमा मात्र छ जुन हाम्रोलागि मुक्तिको महान आशा हुनुहुन्छ । तर आज्ञाकारी बिना बिश्वासमात्र गर्नु भनेको त्यो आस्थाहिन बिश्वास हो ।
आफ्नै बिगत हप्ता वा समयहरुमा आत्मआलोचना गरेर हेर्नुहोस । तपाँईको कामले कसरी परमेश्वरप्रतिको बिश्वासको प्रदर्शन गरेको छ वा छैन सो बिचार गर्नुहोस् ? "म परमेश्वरमा आस्था राख्छु" भनेर देखाउन के कदममा अघि बढ्नु पर्दछ त्यो तपाँईमै निहित भएकोले जिवनको कुन भागमा बद्लावट ल्याउनुपर्दछ सोच्नुहोस् ।
३. जल प्रलय
पढ्नुहोस उत्पती ७:१-१६
नोहालाई कति शुद्ध र अशुद्ध जन्तुजनावरहरु जहाज भित्र लैजाने भनेर निर्देशन पाएकोले यसबारे उसलाई कति ज्ञान रहेछ भनेर थाहापाउन सक्दछौं ।उत्पती ७:२, ३,८, ८:२० परमेश्वरले शुद्ध र अशुद्ध जन्तुहरु छुट्याउनुभएकोबाट हामीलाई के ज्ञात छ भने लैब्य ११ र ब्यबस्था १४ को अगावै वा यहुदी राज्य वा बंश स्थापनापुर्व पौरिणिक समय देखीनै परमेश्वरको जनहरुलाई शुद्ध र अशुद्ध जन्तुहरु सम्वन्धी ज्ञानरहेछ भन्ने पुष्टि हुन्छ । उत्पती ७:७-२४ ले जल प्रलय स्थानिय नभएर बिश्वब्यापी भनेर उल्लेख गरीएको छ ।उत्पती ७:१९ संग दानियल ७:२७ र अयुब २८:२४ दाँजेर हेर्नुहोस् ।
जल प्रलय बिश्वब्यापी थियो र संसार यस्तो अबस्थामा फर्केको थियो कि परमेश्वरले यस पृथ्विलाई बस्नेलायक बनाउनु भन्दा कस्तो थियो त्यहि अबस्थामा थियो (उत्पती १:२) तर फरक के थियो भने नोहा, उसको परिवार र जहाजमा जो थियो त्यहिमात्र थियो। बाईबलमा दोर्याउँदै यस्तो भनेका छन्, "पानी धेरै परिरह्यो.... चौपट्टै बढेर पृथ्विमा भरिन लाग्यो..... पानी पृथ्विमा जोरसँग परिरह्यो र आकाशमुनिका जम्मै अल्गा अल्गा पहाडहरु ढाकिए....पर्वतहरुलाई सात मितर सम्म डुवाईदियो (उत्पती ७:१८-२०) ।यसले यो देखाउँदछ कि जलप्रलय बिश्वब्यापी बिध्वंस थियो । नोहा र जहाजमा भएको मात्रै बाँचेको र अरु सबैको नाश भएको बर्णनले पनि जलप्रलय बिश्वब्यापी थियो भनेर जनाउँछ । साथै बिश्वब्यापीरुपमै जलप्रलयको घट्ना बिभिन्न किमदन्तीकोरुपमा प्रचलित भएकोबाटपनि पुष्टि हुन्छ । अलगा अलगा पहाडहरुमा समुद्रमा पाईने जन्तुहरु पत्थरहरुमा परिणत भएको अवशेषहरुलाई पाउँदापनि बिश्वब्यापी जलप्रलयको प्रमाण देखाउँदछ । नेपालको पहाडहरुमा पनि समुद्रको सङ्खकिरा कालो पत्थरहरु अनगिन्तीरुपमा भेट्टाईन्छ जुन जल प्रलय भएको प्रमाण हो । यि प्रमाणहरु र बिश्वब्यापी जलप्रलयको बृतान्त बिभिन्न देशहरुमा पाएकोले बाईबलको जलप्रलयलाई अक्षरस बिश्वास गर्न सकिन्छ । आजकाल बैज्ञानिकहरुको दवावमा लागेर कतिपय ईसाईहरु पनि जलप्रलय केहि स्थानहरुमा मात्र भएको भनेर स्विकार गर्न हिचकिचाउँदैन ।
कति जनावरहरुले सास्ती नहावस भनि तिनीहरुलाई औषधीको माध्यमबाट सुताएको वा मारेको पाउँदछौ । सुरुमा परमेश्वरले असल छ भनेको पृथ्वी अनेक दुष्टताले भरिएकोले सुताउनु पर्दा उहाँलाई अवस्यमेव दुख लागेको थियो उत्पती (६:५)। यसले यो पाठ सिकाउँदछ कि हाम्रो जिवनमा कुनै असल छ भने त्यसलाई संचती गरेर बिगार्न दिनु हुन्दैन । बिसंगती भए नासिन योग्य हुनेछ ।
४. हराएको बंश
यदि तपाँईले उत्पतीमा बर्णन गरिएको नोहा र जलप्रलय पढ्नु भयो भने अन्त कहिंपनि नोहाले बाहेक अरुले जहाजमा आउन निम्तो गरेको पाउँदेनौं । यसो हेर्दा त्यो जहाज केवल नोहा, उस्को परिवार र जनावरहरुको लागिमात्र बनाईएको हो कि भन्ने सुचित गरिन्छ (उत्पती ६:१३-२२)। नयाँ नियममा अपुष्टरुपमा केहि फरकतरिकाले यसबारे ब्यक्त गरेको पाईन्छ (हिब्रु ११:७, १ पत्रुस ३:२०, २ पत्रुस २:५) । एलेन जि. ह्वाईटले स्पष्टरुपमा भन्नुहुन्छ कि नोहाको जहाज आईपर्ने बिध्वंसको चेतावनीस्वरुप बिश्वको सामु एउटा गवाहिको रुपमा खडा भएको थियो । नोहाले ति बिश्वका मानिसहरुलाई जहाजमा आएर शरणलिन अपिल गरेका थिए (पाट्रियार्क र प्रोफेट, पृ.९७ ) । परमेश्वरको चरित्रलाई मनन् गर्दा हामी यो ब्यक्त गरेको पाउँछौंकि उहाँले कोहिपनि नाशभएको चाहनुहुन्न (१ तिमोथी २:३,४) । यस्तो मनशाय भएको परमेश्वरले सारासंसारको मानिसलाई जहाजमा आएर जलप्रलयबाट उद्धारपाउने अवसर प्रदान गर्नुभएको छैन भन्न मिल्दैन । तर त्यसबेलाको मानिसको चरित्र भयंकररुपमा खस्किएको थियो जसले गर्दा नोहा, उसको परिवार र जनावरहरुमात्र जहाजमा शरणलिन पुगेको भन्ने पुष्टि गरेको पाईन्छ । नोहाको पछिलाग्नु भनेको हास्यस्पदको शिकार हुनु र जहाजमा पस्नुभनेको अहंलाई त्याग्नु हो भनेर मानिसहरुको मनमश्तिस्कमा बसिसकेको थियो । नोहाको कुरा सुन्नुभनेको प्रचलित सामाजिक मर्यादाको खिलाफमा उभिनु थियो ।आफुले पुरा नबुझेको बिषयमा आस्था राख्नु थियो ।यो पनि स्विकार गर्नुपर्दथियो कि परमेश्वरबाट पाउने उद्धारको अवसर उहाँलाई बिश्वास गरेर मात्र पाईन्छ कुनै धर्मकर्म गरेर होईन ।यस्तो दुष्ट र हिंसात्मक संसारमा यस्तो मनस्थिती बोक्नु बिरलै थियो ।
नोहाको समयमा रहेर नोहासंग सहमती भएर उसको सन्देशअनुसार चल्न राजीहुनु र बर्तमानमा येशूलाई बिश्वासगरेर उहाँको आज्ञाहरुलाई पालन गरेर हिंड्नुमा के लनात्मक स्थिती पाउनुहुन्छ ?
शुसमाचार त यो हो कि परमेश्वरले जहिले पनि मानिसहरुलाई अधर्म र दुष्टताबाट राहत दिन चाहनुहुन्छ र सुरक्षित जहाजमा रहुन भन्न चाहनु हुन्छ । त्यही येशू हामी पाउँछौं कि येरुशलेम मन्दिरलाई हेरेर आँशु बगाईरहनुभएको थियो ।त्यहि प्रभु येशू जसले नोहाद्वारा मानिसहरुलाई पश्चाताप गरेर जहाजमा आउन निम्ता दिनु भएको थियो आज पनि पापमार्गबाट फर्कन हामीलाई निम्तो दिईरहनुभएको छ । यदि हामीले निरन्तररुपमा कठोर भएर त्यसलाई अस्विकार गरे न्यायको समयमा हामीलाई पापकै वाढीले पखालीलानेछ (मत्ती २४:३८-४१) ।
तपाँईलाई प्रभु येशूसंग बफादारी भएर बस्न के ले रोकेको छ ? आफ्नो जिवनमा परमेश्वरप्रती आस्थावान भएर बस्न कुनकुन कुराले तेवा दिईरहेको छ ? ब्यवाहारिक रुपमा सत्यको पथमा लागिरहन के के गर्नुपर्छ वा के केलाई पन्छाउनु पर्दछ सो चिन्तनमनन् गर्नुहोस् ।
५. बाचा र नव निर्माण
यदि तपाँईले उत्पतीमा बर्णन गरिएको नोहा र जलप्रलय पढ्नु भयो भने अन्त कहिंपनि नोहाले बाहेक अरुले जहाजमा आउन निम्तो गरेको पाउँदेनौं । यसो हेर्दा त्यो जहाज केवल नोहा, उस्को परिवार र जनावरहरुको लागिमात्र बनाईएको हो कि भन्ने सुचित गरिन्छ (उत्पती ६:१३-२२)। नयाँ नियममा अपुष्टरुपमा केहि फरकतरिकाले यसबारे ब्यक्त गरेको पाईन्छ (हिब्रु ११:७, १ पत्रुस ३:२०, २ पत्रुस २:५) । एलेन जि. ह्वाईटले स्पष्टरुपमा भन्नुहुन्छ कि नोहाको जहाज आईपर्ने बिध्वंसको चेतावनीस्वरुप बिश्वको सामु एउटा गवाहिको रुपमा खडा भएको थियो । नोहाले ति बिश्वका मानिसहरुलाई जहाजमा आएर शरणलिन अपिल गरेका थिए (पाट्रियार्क र प्रोफेट, पृ.९७ ) । परमेश्वरको चरित्रलाई मनन् गर्दा हामी यो ब्यक्त गरेको पाउँछौंकि उहाँले कोहिपनि नाशभएको चाहनुहुन्न (१ तिमोथी २:३,४) । यस्तो मनशाय भएको परमेश्वरले सारासंसारको मानिसलाई जहाजमा आएर जलप्रलयबाट उद्धारपाउने अवसर प्रदान गर्नुभएको छैन भन्न मिल्दैन । तर त्यसबेलाको मानिसको चरित्र भयंकररुपमा खस्किएको थियो जसले गर्दा नोहा, उसको परिवार र जनावरहरुमात्र जहाजमा शरणलिन पुगेको भन्ने पुष्टि गरेको पाईन्छ । नोहाको पछिलाग्नु भनेको हास्यस्पदको शिकार हुनु र जहाजमा पस्नुभनेको अहंलाई त्याग्नु हो भनेर मानिसहरुको मनमश्तिस्कमा बसिसकेको थियो । नोहाको कुरा सुन्नुभनेको प्रचलित सामाजिक मर्यादाको खिलाफमा उभिनु थियो ।आफुले पुरा नबुझेको बिषयमा आस्था राख्नु थियो ।यो पनि स्विकार गर्नुपर्दथियो कि परमेश्वरबाट पाउने उद्धारको अवसर उहाँलाई बिश्वास गरेर मात्र पाईन्छ कुनै धर्मकर्म गरेर होईन ।यस्तो दुष्ट र हिंसात्मक संसारमा यस्तो मनस्थिती बोक्नु बिरलै थियो ।
नोहाको समयमा रहेर नोहासंग सहमती भएर उसको सन्देशअनुसार चल्न राजीहुनु र बर्तमानमा येशूलाई बिश्वासगरेर उहाँको आज्ञाहरुलाई पालन गरेर हिंड्नुमा के लनात्मक स्थिती पाउनुहुन्छ ?
शुसमाचार त यो हो कि परमेश्वरले जहिले पनि मानिसहरुलाई अधर्म र दुष्टताबाट राहत दिन चाहनुहुन्छ र सुरक्षित जहाजमा रहुन भन्न चाहनु हुन्छ । त्यही येशू हामी पाउँछौं कि येरुशलेम मन्दिरलाई हेरेर आँशु बगाईरहनुभएको थियो । त्यहि प्रभु येशू जसले नोहाद्वारा मानिसहरुलाई पश्चाताप गरेर जहाजमा आउन निम्ता दिनु भएको थियो आज पनि पापमार्गबाट फर्कन हामीलाई निम्तो दिईरहनुभएको छ । यदि हामीले निरन्तररुपमा कठोर भएर त्यसलाई अस्विकार गरे न्यायको समयमा हामीलाई पापकै वाढीले पखालीलानेछ (मत्ती २४:३८-४१) ।
तपाँईलाई प्रभु येशूसंग बफादारी भएर बस्न के ले रोकेको छ ? आफ्नो जिवनमा परमेश्वरप्रती आस्थावान भएर बस्न कुनकुन कुराले तेवा दिईरहेको छ ? ब्यवाहारिक रुपमा सत्यको पथमा लागिरहन के के गर्नुपर्छ वा के केलाई पन्छाउनु पर्दछ सो चिन्तनमनन् गर्नुहोस् ।
४ बाचा र नव निर्माण
"अनि नोआले परमप्रभुको निम्ति एउटा बेदी बनाएर हरेक शुद्ध पशु र शुद्ध पंक्षीमध्येबाट लिई होमबलि चढाए" उत्पती ८:२० उपरोक्त पदले नोहाले कसरी परमेश्वरप्रती कृतज्ञ प्रकट गरेर उहाँको उपासना गरे भनेर उल्लेख गरिएको छ किनकि उनिहरु जहाजबाट सुरक्षितपुर्वक धर्तिमा फेरि अवतरण गर्न पाएको थियो । "यो, पछि आउने सबै पिंढीहरुकोले पछ्याउनुपर्ने पाठ थियो ।नोहा सर्बनाशभएको पृथ्विमा प्रवेश भएको थियो तर आफ्नोलागि घरबनाउनुभन्दा पहिले परमेश्वरकोलागि बेदी बनाए।उसंग जे जनावरहरु जुन शुद्ध थिए ति सिमितनै थिए र आफ्नो अथक प्रयासबाट संरक्षणगरेका थिए । तर उसले हर्षसाथ कृतज्ञभई आफ्नोसंग भएको सबभन्दा असल जनावरहरुलाई परमेश्वरलाई चढाए ।यसरीनै हामीले हामीसंग भएको सबभन्दा असल बस्तु परमेश्वरलाई स्वईच्छाले चढाउनुपर्दछ ।" एलेन जि. ह्वाईट, पाट्रयार्क एन्ड प्रोफेट, पृ. १०६
परमेश्वरले नोहाको आस्था र उपासनालाई कसरी प्रतिक्रिया गर्नुभयो ? यसमा परमेश्वरले के भन्न खोज्नुभएको छ ? पढ्नुहोस, उत्पती ८:२०
मानवजातिको स्तरमा परमेश्वरले नोहाको भक्ती र उपासनाको प्रत्यत्तर दिनुभयो । मानिसको हरेक सोचबिचार, योजना र कार्यक्रमहरु दुष्टैदुष्टताले भरिएकोले पृथ्वीको नाश गर्नुभयो (उत्पती ६:५) ।मानिसमा हुने ति अवगुणलाई जुन निरन्तरता थियो जलप्रलयपछिपनि हुने त्यो परमेश्वरले नकार्नुभएन।परमेश्वरले दुखित भएर यो स्विकार गर्नुभएको थियो कि जलप्रलयबाटपनि मानिसको हृदय परिवर्तन भएर असल हुन्छ भन्न सकिन्दैन ।तर जुन तरिकाले नोहाको भक्तित्वलाई स्विकार गरे त्यो सर्हानिए र परमेश्वरको सदाशयतालाई मान्नपर्दछ किनकि उहाँले बाचाबाँढ्नु भयो कि अव उप्रान्त बिश्वब्यापी जलप्रलयहुनेछैन । रगतको बली, प्रतिज्ञासंग गाँसिएको पाउँछौं । मानिसको असल कर्मले नभएर कुनरुपमा बलीचढाएको थियो र त्यस बलीमा के थियो त्यसमा परमेश्वरको नयाँ प्रतिज्ञा सार्थक हुन्छ भनेर देखाएको पाउन्छौं ।दुष्चरित्र मानिसहरुभएपनि बिश्वब्यापी जलप्रलयबाट तिनिहरुलाई बचाउन चाहनुहुने परमेश्वरको मनशाय यहाँ पाउँछौं । शुसमाचारको शन्देसपनि यहि हो कि परमेश्वरले उहाँको दया, करुणा र अनुग्रहले मानिसलाई उद्धारगर्न अति उत्सुक हुनुहुन्छ तर हामी असल भएर होईन ।
उत्पती ९:८-१९ पढ्नुहोस, यसमा जुन बाचा परमेश्वरले उच्चारण गर्नुभयो त्यसको दायरामा को को पर्दछ ? यसले येशूमा पाईने नयाँ करारको बारेमा के जनाउ दिन्दछ ? नोहाको पालामा पाएको करार र अहिले हामीले पाएको मुक्तीको करारको बिचमा के समानता र भिन्नता छ ? उत्पती ९:१२ संग १७:७, भजन १०५:१० र हिब्रु १३:२० मिलाएर पढ्नुहोस् ।
अन्तमा:-
"धेरैले प्रथमपटक नोहाको चेतावनीप्रति संबेदनशिलभएको देखाएको थियो तर परमेश्वरतिर पश्चाताप गरेर तिनीहरु फर्केनन् । उनीहरु आफ्नो पाप त्याग्न अस्विकार गरे ।जलप्रलय भन्दा अघि तिनीहरुको बिश्वासको परिक्षण भएको थियो तर तिनीहरु त्यसमा खडा हुन सकेनन् । प्रचलित संस्कार र बिश्वासहरुको कारण तिनीहरुले नोहाको गम्भिर शन्देश उनीहरुको हृदयमा भिज्न सकेनन् जसको फलस्वरुप आफ्ना पुराना साथीहरुकै लहैलहैमा लागे र नोहाको बचनलाई अस्विकार गरे ।कतिले त नोहाको बचनप्रति संबेदनशिल भए र उसको वचन तिर अग्रसर हुन खोजेको थिए तर धेरै जनसमुदायको खिसी र हाँसोलाई उनिहरुले तोड्न सकेनन् । यसले गर्दा तिनीहरु त्यस्ता समुदायमा सहभागीभए र नोहालाई खिसीगर्न र उसको सन्देशको बिरोधगर्न प्रवलतासाथ अघि बढे । जो मानिस परमेश्वरलाई ग्रहण गरेर र उहाँको आत्मालाई स्विकार गर्दछ तर पछि बिभिद कारणले उहाँलाई त्याग गर्छ भने तिनिहरुजस्तो कठोर भएर परमेश्वरको जनको बिरोधमा अरु भन्दा अघिहुन पछि पर्दैन । "नोहाको पालाको सबै पुस्ताहरु पुर्णरुपमा मुर्तीपुजक थिए भन्न सकिन्न ।धेरै मानिसहरु परमेश्वरको भक्तभनेर घोषित गरेको थिए ।तिनीहरुले यो दावि गरेको थिएकि तिनीहरुका मुर्तीहरु परमेश्वरको प्रतिकमात्र हुन् ।ति मुर्तीहरुबाट परमेश्वरको ज्ञान प्राप्त गर्न सकिन्छ र उहाँमा तल्लिन हुनसक्दछ । यि मानिसहरुनै नोहाको सन्देशको बिरोध गर्न अग्रस्थानमा थिए ।जव तिनिहरुले आफ्नो आस्थाको केन्द्रबिन्दु भौतिकसाधनलाई बनाए तिनिहरुको आत्मिक दृष्टि अन्धा भएर परमेश्वरको शक्ती, पवित्रता, आज्ञाहरु महानता र उहाँको नडगमगिने अनन्त अटल चरित्रको अबज्ञा गरे ।पाप जव सर्बमान्य हुन्छ ति पाप, पापहुनबाट बिलाउँछ ।अनि क्रमबद्धरुपमा परमेश्वरको आज्ञालाई मान्नुपर्दैन किनकि अव त्यो लागु छैन भनेर खुलारुपमा घोषणा गर्दछ । तिनीहरुले यो पनि भनेर मनलाई शान्तपार्न खोज्दछ कि जतिसुकै मानिसले पापगरेपनि दयालु र करुणामय परमेश्वरले सजायँदिनुहुन्न र अन्तको न्यायलाई ईन्कार गर्दछ। यदि नोहाको पुस्ताले परमेश्वरको आज्ञाको अवज्ञा नगरेको भए नोहाको सन्देशलाई परमेश्वरको आवाज हो भनेर चिन्हेर ग्रहण गर्न सक्दथ्यो । तर तिनीहरुको मनस्थिती परमेश्वरको ज्योतीलाई ईन्कार गरेर अन्धा भए र तिनिहरुले नोहाको सन्देश साँच्चिक्कै (कपोलकल्पित,धर्मान्ध) भ्रान्तिपुर्ण हुन भनेर बिश्वास गरे ।" एलेन जी. ह्वाईट, पाट्रियार्क एन्ड प्रोफेट, पृ. ९०-१०४
चिन्तन्:- बर्तमान परिपक्षमा येशूका अनुयायीहरुलाई प्रचलित समाज वा संस्कारहरुले कसरी हेर्दछन् र नोहाको पालाभन्दा गतिलो भएको छ भन्न के मान्न सकिन्छ ?
