जल प्रलयपछिको पृथ्वी
मुल पद: "सर्ब प्रथम तिमीहरुले यो बुझ्नुपर्छ, कि पछिल्ला दिनहरुमा गिल्ला गर्नेहरु गिल्ला गर्दैऽ तिनिहरुका आफ्नै अभिलाषामा यसो भन्दै आउनेछन्,—उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? किनकि पिता-पुर्खाहरु सुतिसकेका दिनदेखिनै र सबै कुराको शुरुदेखि चलिआएजस्तै आज पनि छँदैछ ।" २पत्रुस ३:३,४
धेरै बर्ष अघि बिलायतको एक नास्तिक तर्कशास्त्री जो कि बिकासबादको प्रवल समर्थक थिए, उसले बिकासबादलाई यसरी निष्कर्षमा पुगेको छ भनेको थिए, "यदि मलाई सर्बशक्तिमान बनाएको भए र लाखौ बर्षको परिक्षणकाल दिएको भए मैले मानिसलाई उत्कृष्ट सृष्टी गरें भनेर गौरव गर्ने थिईन ।" युनभर्सिटी अन ए टी शर्ट, दान फाल्क, टोरन्टो, पेन्ग्विन बुकस, पृ. २०३
यस तर्कशास्त्रिको मानिसको प्रादुर्भावभएको गलत भनाईलाई एकातिर राखेर हेर्यौ भने मानिसजात भनेको कस्तो निन्दनिय र हास्यास्पद प्राणी रहेछ भनेर देखाउँछ । बिषेश गरेर जलप्रलय पछि मानिसहरुकुन स्तरमा गिरेको थियो भन्ने बताउँदछ । जलप्रलयद्वारा सारा सृष्टी सखाप भएपछि मानिसहरुले बुझ्नुपर्दथ्यो कि परमेश्वरले पाप र धर्मीप्रती बिद्रोहलाई कुनरुपमा हेर्नुहुन्छ ।तर तिनीहरुले त्यसबाट पाठ सिकेनन् । मोशाले पवित्र आत्माको अगुवाईमा संसारको अवस्थालाई असलीरुपमा चित्रण गरेनन्: मानव जातीले परमेश्वरको बाटोमा हिंड्नु सट्टा आफ्नै बाटोमा फेरी लागे ।जलप्रलयको केही समयपछिनै मानिसहरुको स्तर फेरी दुर्दशापुर्वक गिर्न थाले ।
यस भागमा हामी हेर्नेछौ कि जलप्रलयले के बदलाहत ल्यायो र मानिस जतिसुकै परमेश्वरको बिद्रोह गरेपनि उहाँले आफ्नो सदाशयता छोड्नुभएको छैन- हिजोपनि छोड्नुभएन र आजपनि छोड्नुहुन्न ।
१. नोहा र नयाँ पृथ्वी
यो निसन्देह थियो कि नोहा र जहाजभित्र भएकाहरु यस्तो पृथ्वीमा प्रबेश गरे जुन तिनीहरुले थाहापाएको भन्दा एकदम फरक र बिध्वंस भएको संसार थियो । उनीहरुको दिमागले के खेलायो होला सो भन्नु गार्है छ । झट्टै हेर्दा दुर्दसाले जाकिएको जमिन देख्दा केही समय त होसहवासनै गुम्यो होला । आज हजारौं बर्ष पछि जलप्रलयको प्रमाण बिश्वब्यापी भएकोले साधारणकै रुपमा लिन्दछौं किनभने यो बैज्ञानिक तरिकाबाट पनि प्रमाणित भएको छ कि एक समय सारासंसार पानीमुनी डुबेको थियो । फेरी प्रकृतीपनि कसरी त्यस बिध्वंसबाट गुजरेर बर्तमान अबस्थामा समायोजन भएको पाउँदछौ ।तर नोहा र जहाजमा भएकाहरुको लागि ति पृथ्वीको दृष्य कति हृदय- बिदारक र त्रासपुर्ण थियो होला ।
यस्तो निराशजनक अबस्थामा परमेश्वरले नोहा र परिवारलाई आशा र ढाढसपुर्ण प्रतिज्ञा प्रदान गर्नुभएको थियो ।पढ्नुहोस के भनिएको छ: उत्पती ९:१-३
उपरोक्त पदहरु र आदम र हवालाई दिएको उत्पती १:२८-३० बचनहरुलाई दाँजेर पढ्नुहोस् । ति दुई अभिब्यक्तहरुमा के भिन्नता पाउनु भएको छ र त्यसको कारण के होला ? मानिस र जनावरहरुको बिचको सम्बन्धमा के अन्तरता भयो ?
एकदम आमुल परिवर्तन त मानिसहरुलाई मासु खान अनुमती दिईयो जुन पहिला थिएन । धेरै जन्तुहरु जुन मानिसको लागि साथीको रुपमा ब्यबहारमा परेको थियो ति मानिसकोलागि आहारा भयो ।पापले गर्दा सुन्दर र सौहार्दपुर्ण बातावरण असाध्य धल्मिन पुग्यो । अधर्म र दुष्टटाले गर्दा यो स्थिती हुन बर्तमानमा पनि समय सापेक्षिक छ । प्रारम्भिक कालमा मानिस र पशुहरु कुनैपनि माँसहारी थिएन । अदनको बगैँचामा मानिस र पशुहरु बिच महान भिन्नता भएपनि एक आफसमा दुरी थिएन । उत्पती १:२६,२७ । सबै परमेश्वरको सृष्टि थिए, सबैमा जिवन थियो र सबैलाई साकहारी खाना तोकिएको थियो ।परमेश्वरको सन्देश यो हुनसक्थ्योकि मानिसहरुले सबै प्राणीहरुलाई आदर गर्नुपर्दछ । मानिसले जन्तुजनावरहरुमाथी आधिपत्य बनाउनु भनेको आफुलाई उनिहरुमाथी मालिक बनाएता पनि उनीहरु प्रति दुर्ब्यबहार गर्नु भनेको थिएन ।
आफ्ना वरिपरि हेर्नुहोस, पापले गर्दा कति भताभुङ्ग भईरहेको छ । के तपाँईले कुनै यस्तो भुमिका खेलिरहनु भएको छ जसले गर्दा बिग्रेको जिवनलाई आशाको किरण फैलाएर उत्साहितपारेर उनिहरुको जिवनलाई मुल्यमान्यता प्रदान गरिरहनु भएको छ ?
२. रगत र जिवन
"तर मासु त्यसको प्राण दिने रगतसमेत नखाओ । र तिमीहरुको प्राण दिने रगतको सट्टा म निश्चय लेखा लिनेछु । हरेक पशुदेखी म प्राणको साटो लिनेछु र हरेक मानिसदेखि पनि आफ्नो दाज्यू-भाइका प्राणको साटो म लिनेछु । 'जसले मानिसको रक्तपात गर्छ, मानिसबाटै त्यसको रक्तपात हुनेछ, किनभने परमेश्वरले मानिसलाई आफ्नै स्वरुपमा बनाउनुभएको हो' " उत्पती ९:४-६
येशूमा बिश्वास र भरोसा राख्ने हरेकले परमेश्वरको उपरोक्त आदेशलाई कसरी अबिछिन्नरुपमा पालन गर्नुपर्दछ भनेर मार्गनिर्देशनको रुपमा लिनु खडाभएको पाउनु पर्दछ ।
फेरि उपरोक्त पदले यो पनि खुलासा गरिएको छ कि पापले गर्दा मानव र पशु जिवनमा कुनरुप लिन सक्दछ । पतित समाजमा परमेश्वरले हत्या र हिंसाको अपेक्षा हुन्छ भनेर स्विकार्नु भएको पाउँछौं ।यो रोचकपुर्णपनि छ कि परमेश्वरले रगतभएको मासु नखानुभनेर जुन आदेश दिनुभएको छ त्यसले कसैको हत्या होस भनेर परमेश्वर सुरुदेखिनै नचाहेको देखाउँदछ । त्यत्तिमात्र होइन सुद्ध र असुद्ध मासु वा कसरी त्यसलाई खानको लागि उपयोगी बनाउने भन्ने नियम कुनै यहुदी जात वा लैब्यब्यबस्थापुर्बनै थियो भनेर जनाउँछ । सयौं बर्षपछि जव गैर यहुदीहरु ईसाई भए तिनीहरुलाईलाई पनि रगतभएको मासु नखानु भनेर प्रेरितहरुले निर्देशन दिएको पाईन्छ जसले यो देखाउँदछ कि बिश्वासीजनहरुले उत्पतीको आदेशलाई निरन्तरता दिओस् (प्रेरित १५:२०,२९, लैब्यब्यबस्था १७:११, १ पत्रुस १:१९)।
मोशाले दश आज्ञा सिनै पहाडमा पाउन अगावै परमेश्वरले मानिसलाई मानव हत्याको कडाशव्दमा किन मनाही गर्नुभएको छ ?
सयौं बर्षदेखि उपरोक्त पदहरुको बारेमा बिबाद र त्यसको ब्यबाहारिक अर्थबारे तर्कहरु चलिरहेका छन् । के एकले अर्कोको हत्या गरे हत्यारालाई हत्याको सजायँ जुनसुकै अबस्थामा हत्या भएपनि तौक्नै पर्दछ र ? धेरै पुरानो नियममा यस्ता कानुनहरु बनाएका थिएकि कुन परिस्थितीमा हत्याभएको हो त्यसलाई कसरी न्यायोचितरुपमा फैसला गर्नुपर्दछ (उदाहरणस्वरुप हेर्नुहोस गन्ती ३५:११) ।फेरी बाईबलमा धेरै पदहरु छन् जसमा क्षमादिने, अर्को गाला फर्काउने, कसैको न्याय नगर्ने आदीसंग सम्वन्ध छन् । फेरी पुरानो नियममै सारा शहरहरु हत्या, हिंसा र अधर्मका कारण सखाप भएका छन् । यि सबै कुरालाई जे गरेर एकसाथमा राखेर हत्यासम्वन्धी तर्क र बितर्क गरेपनि एउटाकुरा बाईबलले देखाउन खोजेको छ कि मानिसको जिवन मुल्यबान र आदरयोग्य छ । न्यायको दिनमा एकले अरुको पवित्र शरिरलाई कसरी ब्यबहार गरेको छ सो हरेकले लेखाजोखा दिनुपर्नेछ (२ कोरन्थी ५:१०) ।हरेक मानिस परमेश्वरको अगाडी जवाफदेही हुनुपर्नेछ ।
३. जलप्रलय पश्चात
उत्पती ९:१८-२९ पढ्नुहोस् । परमेश्वरले जतिपनि दया, सदाशयता, सुरक्षाको अनुभुती, शान्ति र समृद्धि देखाएतापनि वा न्याय, सत्यानाश अथवा मृत्युको चेतावनि दिएपनि मानिसहरुको चेतना बदलिएको पाउँदैनौ ।यसकोलागि बाईबलमा लेखिएको बृतान्तहरुको आबश्यक पर्दैन, हाम्रै दैनिक जिवनमा मानिसहरु परमेश्वरबाट टाडा भएर आफ्नै मनका भुमरिमा परेर हताहत भईरहेको पाइरहेका छौं ।
उत्पती ९ पढ्नुहोस । जल प्रलयपछि परमेश्वरले हरेक जिवित जिवातसंक बाचा बाँढ्नुहुन्छ ।उहाँले प्रतिज्ञा गर्नुहुन्छ कि अव बिश्वब्यापी जलप्रलयद्वारा संसार ध्वस्त हुनेछैन । प्रतिज्ञाको स्मरणकोलागि सुन्दर धनु (ईन्द्रेनी) आकाशमा फैलाउनुहुन्छ । परमेश्वरको बाचाको खिलाफ तुरन्तै अर्को घट्ना हुन्छ जसले उहाँको मर्ममा धक्का पर्दछ ।यसमा हामीलाई के शन्देस छ सो बिचार गर्नुहोस । फेरि धर्मिमा गनेको नोहा (उत्पती ७:१) कसरि चिप्लेर गतिछाडा भएको पाउँदछौ ? नोहाले दिएको श्राप आफ्नो सन्तानमा छापलागिरहेको हुन्छ भन्ने थिएन तर उपरोक्त घट्नाले मानिसको चरित्रआचरणको प्रदर्शन गर्दछ । र ति आचरण एक बंशबाट अर्को बंशमा सरिरहेको पाउँछौ । "हामको पाप जानाजानी थिएन । उसले आफ्नाबाबुको लाजमर्दो अबस्था देखेहोला तर बाबुको गतिलाई दुखमान्नुको सट्टा उसले हास्यास्पदरुपमा अरुलाई फैलाउन उ खुशी माने । तर हामको दुई ठुलो दाज्युहरुले उसको भावनासंग सहमति भएन। आदमको पनि दुई अनुसाशित छोराहरु थिए- एबेल र सेथ तर एउटा चाहिं भ्रष्ट भए ति थियो केन । सबैले त्यत्तिकै आमाबाबुको मायाशुश्रुषा पाएतापनि तर पापले एकले भन्दा अर्कोलाई दास बनाएको पाउँदछौं ।अब त्य अपभ्रन्श प्रबृति नोहाको सन्तानमा छाएको पाउँदछौ ।ठुलो छोराले हामले जत्तिकै मायाममता र स्याहार पाएपनि उसले चाहिं आत्मसंयम, भद्र र सभ्यता देखायो ।जसरि केनको दुष्टपना उसको सन्तानमा जरा गाडियो त्यसरीनै हामको पतित चरित्र उसको सन्तानमा देखापरे ।" -एस.डि.ए. बाईबल कमेन्टरी, ठेली १, पृ. २६६।
कतिचोति हामी हाम्रा पापहरु क्षमा भएको भनि ढुक्क हुन्छौं, निश्चय ति महत्व छन् (रोमी ४:७, एफिसी १:७, कलस्सी २:३, १ युहन्ना १:९, २:१२) तैपनि नोहा गिरेको घट्नालाई हेर्दा हामी यो पाउँदछौं कि उच्च उत्तरदायित्व भएको ब्यक्तिको आचारणले नकारात्मक वा सकारात्मक प्रभाव मानिसहरुमा पर्दछ । जो मानिस येशूभक्त भनेर दावि गर्दछ त्यसले आफ्नो कामकुरामा सतर्क अपनाउन अत्याबश्यक छ किनभने परमेश्वरलाई बिश्वास गराउन र पछि हताउन अन्य मानिसको जिवनमा उसले भुमिका खेलीरहेको हुन्छ ।
४. गिल्लागर्नेहरु बिगतका र बर्तमान
२ पत्रुस २ मा प्रभुका चेला पत्रुसले एकफेरा प्रभु येशूमा अगंम बिश्वासगर्नेहरु पछि कसरी उहाँबाट तर्किएर उहाँकै खिलाफमा झुठो शिक्षाको शिक्षकहरु भए भनेर उल्लेख गर्नुभएको छ । उपरोक्त भुमिकालाई मनमा राखेर २ पत्रुस ३:१-११ पढ्नुहोस र निम्न प्रश्नहरुको जवाफ दिनुहोस:-
क. कुन श्रोत र अधिकारले पत्रुसद्वारा गिल्ला गर्नेहरु र मनलाई बहकाउने असत्य गुरुहरुको प्रादुर्भाव हुन्छ भन्नुभएको छ ? यसको जानकारी र यसतादेखी सतर्क हामी किन हुनुपर्दछ ?
ख. गिल्लागर्नेहरुले कुन खास अभिप्रायले गिल्ला गर्दछन् ? आजपनि त्यही बाटो बिश्वासलाई दुर्घट्नामा पार्न गिल्ला र खिशीगर्नेहरुको ताँतीको कम हामी पाउँदेनौं ।
ग. पत्रुसले जलप्रलयलाई किन अगिंत गरेर बर्तमान उपहासकर्ताहरु देखी सतर्कता अपनाउनु पर्दछ भन्नुभएको छ ? २ पत्रुस २:५
पत्रुसले रोचक अभिब्यक्ती के गरेका छन् भने खिसी गर्ने वा गिल्ला गर्नेहरुले भन्ने छन्, "सृष्टिको सुरुदेखी संसारमा जे जन् यथावतनै छन्" (२ पत्रुस ३:४) यि कुरालाई भविष्यबाणीको रुपमा नाटकियरुपमा पुरा भएको पाउँदछौं किनकि बिगत सताब्दी र आधामा खगोलशास्त्रीहरुले हालका पृथ्विका बनौटलाई अचानक बिनाशकारी जलप्रलयको सट्टा क्रमबद्धरुपमा अनगिन्ती समयलागेको दावी गर्दछन् ।महान भोगोलिक बनावतहरु जस्तै पत्थरका आकारहरु, गहिरो खाल्डा वा गुफाहरु सृष्टिकै बेला थियो अर्थात बिस्तारै अलिअलि गरेर तिनीहरु खियाएका हुन कुनै आकस्मितकारणले होईन । यस सिद्धान्तले बिकासबादलाई पनि तेवा दिन्दछ किनकि यसले भन्दछकि परमेश्वरले संसारलाई छ दिनमा सृष्टि गरेको होईन तर आफसे आफ सृष्टि भएका हुन र क्रमबद्धरुपमा जिव- जिवातहरु एक थरीबाट अर्को थरीमा बिकासभएर बदलेको हो । पत्रुसले धेरैबर्ष अघि यस्ता मानिसहरु वा बाईबललाई खिसीगर्नेहरुको प्रादुर्भाव हुन्छ भनेको थिए । यसले हामीलाई यो सिकाउँदछ कि हामी यस्तो समयमा छौं कि हामी हरतरिकाले कुन सिबिरमा हुनचाहन्छौं भन्ने रोजाईमा चलिरहेको छौं- परमेश्वरकोमा वा उहाँको खिलाफमा चल्नेहरुमा ।
पत्रुसले ब्यक्तगरेको कुरामा तपाँई कत्तीको संबेदनशिल हुनुहुन्छ सो सोच्नुहोस किनकि तपाँई फराकिलो बाटोमा रहनु चाहनुहुन्छ कि वा साँगुरो बाटोमा- तपाँईको अन्तसकरणको निर्णयमा भर पर्दछ (मत्ती ७:१४) ।
५. बाबेलको गगनचुम्वी धरहरा
उत्पती १० मा जलप्रलयपछि जनसंख्या बृद्धीभएर मानिसहरु पृथ्वीमा छरेको उल्लेख गरिएको छ । मानिसहरु जन्मन्छन्, राज्यहरुको संरचनाहुन्छन्, र मानिसहरु शक्तीसंपन्नभएर पृथ्वीमा प्रभावशाली हुन्छन् जो कि बाईबल र अन्य पुस्तकहरुको बर्तमान र बिगतका ईतिहासमा स्थान ओगेटेका हुन्छन् । पढ्नुहोस उत्पती ११:१-१० मा कुन बिज्ञानको प्रगती भयो र त्यसको ज्ञानलाई मानिसहरुले कसरी प्रयोग गर्न चासो देखाए ?
उनिहरुले जलप्रलयलाई ख्यालमा राखेर स्वर्गसम्म जाने गगनचुम्बी धरहरा बनाउन किन मिलोमत्तो गरे ?
परमेश्वरले कुन कारणले तिनीहरुको योजना बिफल बनाउन चाहे (हेर्नुहोस: उत्पती ३:२२,६:५) ?
"समतल धरातल शिनारका बासिंदाहरुले पृथ्वीलाई जलप्रलयबाट नष्ट नगर्ने परमेश्वरको बाचालाई बिश्वास गरेनन् । धेरैले परमेश्वरको अस्तित्वलाई अस्विकार गरे र जलप्रलय प्राकृतिक कारणले भएको भनि सिकाए । कतिले सर्बोच्च परमेश्वरमाथि बिश्वास गरे तर पौराणिक जगतलाई निर्ममता पुर्बक नाश गर्ने परमेश्वरको बिरुद्ध केनले जस्तै बिद्रोह गर्न चाहे । धरहरा बनाएर तिनीहरु अर्को जलप्रलयबाट सुरक्षित हुनचाहे । जलप्रलयमा ढाकेको उच्चस्थानभन्दा अल्गो स्थानबनाएर तिनीहरुले अब जलप्रलयभएपनि हामीलाई छुन सक्दैन भनी ढुक्क हुनचाहेको थियो । तिनीहरु बादलभन्दा माथीरहेर जलप्रलयलाई काबुमा राख्न चाहेको थियो ।" एलेन जि. ह्वाईट, पेट्रियार्क एण्ड प्रोफेट, पृ. ११९ ।
सबभन्दा महत्वपुर्ण पद चाहिं सायद पद ६ होला जसमा परमेश्वरले मानिसहरुले प्राबिधिक र बैज्ञानिक ज्ञानहरुलाई प्रचुर मात्रामा बढाउन चाहेको देख्नुभयो । यो असलै हो भनेर मानिसले भन्न सक्दछ किनभने अहिले ति ज्ञानहरुले अहिले कति फायदा दिईरहेका छन् । तै पनि परमेश्वरले यसलाई अनुपयुक्त थानेर भाषामा गदबडी ल्याएर उनिहरुको योजना बिफल बनाई दिनुभयो । यसले गर्दा तिनीहरु छरिए र उनिहरुको योजनालाई साकारपार्न मुश्किल भए । परमेश्वरले यो किन गर्नुभयो होला ?
यसमा हामीले सिक्नुपर्ने के कुरा छ ? हामी कस्तो खालको ज्ञानको खोजीमा छौं ? हाम्रो ब्यक्तिगत जिवनमा यसले हामीलाई के महत्वपुर्ण पाठ सिकाउँछ ? २ तिमोथी ३:७ हेर्नुहोस
अन्तमा:-
"जुन भविष्यबाणी नोहालाई दिएको थियो त्यो कुनै रिसको झोकमा वा उसको पक्षमा हुन दिएको थिएन ।यसले उसका छोराहरुको भाग्यरेखा निर्धारण गरेको थिएन । तर यो उनिहरुलाई जानकारीको लागि थियो कि उनिहरुको जिवन उनिहरुले रोजेको बाटोमा भर पर्दछ ।परमेश्वरले उनिहरुको भविष्यलाई उज्वल बनाउने वा धरातलमा बनाउने वा धरातलमा ल्याउने तिनिहरुकै हातमा छोड्नुभएको थियो । हुनत आमाबाबुको आनीबानी छोराछोरीहरुले अनुसरण गर्दछ र आमाबाबुको पापपनि एक बंशबाट अर्को बंशमा सर्दछ (जसरी जस्तो बाबु उस्तै छोरा भन्ने कथनले पनि पुष्ट गर्दछ) ।हामको दुष्ट र अनादरपुर्ण ब्यबहार उसको सन्तानमा सरेको थियो जसले गर्दा धेरै पिंढीसम्म उक्त श्राप परेको थियो । उपदेशकमा भनिएको छ एकजना पापीले धेरैलाई नाश गर्दछ (उपदेशक ९:१८) ।" एलेन जि. ह्वाईट, पेट्रयार्क एण्ड प्रोफेट, ११८ ।
भनिन्छ भुगर्भशास्त्रीले "पृथ्वीको आयु मोशाले भनेको भन्दा धेरै लामो छ....तर बाईबलको ईतिहासबाहेक भुगर्भशास्त्रले केहिपनि प्रमाण दिन सक्दैन । जो मानिसहरुले बिश्वस्तसाथ बाईबलको भनाई काट्न प्रमाणहरुलाई पत्तालाग्यो भन्दछ, उनिहरुलाई जलप्रलयभन्दा अगाडीका जिव जन्तु, मानिसहरु र रुख आदिहरुको बनौट कत्रो थियो भन्ने पुरा अनुमान छैन । भग्नाबषेशहरुले त्यससमयलाई अहिले भन्दा कति फरक छ भन्न सकिन्छ तर त्यससमयको अबस्था बाईबलले मात्र बाख्या गर्न सक्दछ ।जलप्रलयको ईतिहासलाई बाख्या जुन प्रेरणादायी बचनले गर्दछ भुगर्भशास्त्रले कहिले पनि बुझाउन सक्दैन ।" लेन जि. ह्वाईट, पाट्रियार्क एण्ड प्रोफेत, पृ. ११२ ।
चिन्तन मनन्:-
क. आधुनिक बिज्ञानले गगनचु्म्बी धरहरा जस्ता अबधारणाहरुलाई अघिसारेका पाईरहेका छौं ।पौराणिक समयका मानिसहरु
ख. असफल भएजस्तै अहिलेपनि त्यही गति हुने कत्ती सम्भावना पाईरहेको हुन्छौं ?
हामीले बंशजबाट सरेका शारिरिक बनावट, चरित्र वा संरचना तत्वलाई बदलिन सकदैनौं तर हामीले नकारात्मक संरचनालाई घटाउन के प्रयास गर्नुपर्दछ ? प्रभुको शुसमाचारले कसरी मद्दत गर्न सक्दछ ? अर्थात नयाँ गरी जन्मिने भन्ने अवधारणाले हाम्रो चारित्रिक बनावटलाई कसरी अग्रसरता दिन सकिन्छ ।
