बिश्वासका लौह पुरुष अब्राम
मुल पद: "अनि तिनले परमप्रभुमाथि बिश्वास गरे, र यो तिनको निम्ति धार्मिकतामा गनियो ।" उत्पती १५:६
गएको पाठमा तिता कुरामा सक्यौं: ति थिए मानिसहरुले असफल गगनचुम्बी धरहरा बनाए र सबै थोकले यो जनाउ दिन्दछकि मानिसले ईतिहासबाट कहिले पनि पाठ सिकेको हुन्दैन । यस भागमा हामी आशाबादि भएर अगाडि बड्न चाहन्छौं । हामी शेमको बंश जसबाट पुर्खा अब्राहमको जन्म भयो, पावलको अनुसार उहाँ हामी सबैको पितामह हुनुहुन्थ्यो (रोमी ४:१६) । यसको अर्थ यो हो कि उहाँ येशूमा बिश्वास गर्ने सबैको पितामह हुनुहुन्छ किनकि येशूद्वारानै अब्राहमलाई दिएको बाचा पुराभएको थियो ।येशूद्वारा हामी अब्राहमका सन्तान हौ र प्रतिज्ञाका हकदारी हौं (गलाती ३:२९) । येशूमा स्वर्गिय कनानको राज्यमा पस्न बाचा बाँढिएको छ ति राज्य जहाँ दुष्टता, पाप र मृत्यु आदिले आधिपत्य जमाउन सक्दैन । अर्थात मानिसको पतन, जलप्रलय, नोहाको जँड्याहापन र बेबेलको धरहराको असफल प्रयासपछि परमेश्वरले प्रष्टरुपमा मानिस जातलाई सुध्रिन आशाको किरण फेरी दिनुभएको छ । त्यो आशा अब्राहमबाट सुरुभएको पाउँछौं । उनि मुर्तिनै मुर्तिहरुले जाकिएको संस्कार र संस्कृती समाजमा र परिवारमा अलग भएर सृष्टिकर्ता परमेश्वरको अनुयायी हुन पुगेको कारणले उसलाई र उसको परिवारलाई बिशेष आशिष दिनुभएको थियो जसको कारण सारा मानव जातिपनि त्यस प्रतिज्ञामा सहभागि हुन अवसर प्रदान गरिएको थियो ।
यस भागमा अब्राहमको जिवनी हेर्नेछौ, उहाँलाई कसरी बोलाहत भएको, उहाँले त्यस बोलाहतलाई जिम्मेवारीपुर्वक ग्रहण गरेको, उसको मानव स्वभाव र सब भन्दा महत्वपुर्ण पक्ष, उसको परमेश्वरसंगको गाढा सम्वन्ध ।उहाँको उदाहरणले यो देखाउँदछ कि पतित मानिस बिश्वासद्वारा जिउन सक्दछ, बिश्वासद्वारा सफाई पाउन सक्दछ र परमेश्वरको परमभक्त भन्ने प्रदर्शन गर्न कामद्वारा देखाउनु पर्दछ ।
१. अब्रामको पृष्ठभूमि
उत्पती ११:१०-३२ पढ्नुहोस ।(अन्य पदहरु योहशु २४:२ र प्रेरित ७:२ पनि हेर्नुहोस्) उपरोक्त पदहरु कुन बर्णनको लगत्तै पछि समावेश गरिएको छ ? ति दुई बृतान्त किन एकआफसमासंगै राखेको छ ? अब्राम र परिवारको पृष्ठभुमि कस्तो थियो ?
तेराहको सन्तानमा अब्राम सबभन्दा कान्छो भएपनि उत्पती ११:२६,२७ मा उसको नाउँलाई प्राथर्मिकता दिएको पाउँछौ किनभने उनी बिषेश चुनिएको परिवारको प्रथम पितामह भएको हुनुभएको थियो । पुरातत्वबिदहरुले उक्त समयका सभ्यतालाई उत्खनन् गरेर धेरै जानकारी हासिलभए पनि ति सभ्यता केवल पृष्ठभुमीमात्र थियो ।बाईबलले स्थलप्रकाश त्यस्ता पुर्खा र परिवारलाई केन्द्रित गरिएको थियो जो परमेश्वरको सत्यता र ज्ञानलाई जिवित पारेका थिए । उत्पतीको पुस्तक यसको ज्वलन्त उदाहरण हो । यसमा उल्लेख गरिएका कथा र घट्नाहरु कहिलेकाहीं कहालीलाग्दो भएपनि यस्ता ब्यक्तिहरुको उच्चत्तम मुल्यांकन गरिएको पाउँछौं किनभने मुर्तीपुजानै मुर्तीपुजाले ढाकेका देश, अन्धबिश्वासले मानिसका हृदयमा गहिरो छाप लागेका र सानोतिनो चमत्कारले गर्दा परमेश्वरले रचेका सृष्टीलाई देवि देवटा हुनभनेर पुज्ने सभ्यता र संस्कारको बिचमा अलग्गिएपनि तेजस्वी, ओजस्वि, सर्बज्ञानी, सर्बशक्तिमान, करुणामय र सर्बब्यापी परमप्रभु परमेश्वरमाथी आस्था र बिश्वास उनिहरुले गरेका थिए ।
अब्रामले कनान देशमा जान बिभिन्न खुडकिलाहरु पारगर्नु परेको थिए ।ति खुडकिलाहरु के थिए र किन यसरी पार गर्नुपरेको थियो ? पढ्नुहोस र दाँज्नुहोस् उत्पती १२: १ संग प्रेरित ७:२-४
स्तिफनले यो दावि गर्दछ कि परमेश्वर प्रथम पटक कलेदिको उरमा (बर्तमान ईराक) देखापर्नुभएको थियो र उसलाई परमेश्वरले भनेको देशमा जान निर्देशन दिनुभएको थियो ।तर उ तुरन्तै गएन तर उ हारानमा गए र आफ्ना पिताको देहान्त नहुन्जेल त्यहीं रहे ।उसको पिताको मृत्युपछिमात्र परमेश्वरले प्रतिज्ञा गर्नुभएको देशमा जान अघि सरे ।
अब्रामका आफन्तहरु मुर्तीपुजामा तल्लिन थिए ।तैपनि ति उनिहरुसंग धेरैबर्ष तिनीहरुसंग रहनसहन गरे । अब्रामको जिवनीले हामीले कस्तो पाठ सिक्न सक्दछौं किनभने येशूभक्तका कतिपय परिवारहरुपनि परमेश्वरसंग हिंडेर बिश्वासमा रहेको पाईन्दैन ?
२. बोलाहत
परमेश्वरले अब्रामलाई हारान छोड्न किन निर्देशन दिनुभयो ? पढ्नुहोस:- उत्पती १२:१-३, हिब्रु ११:८-१० यसमा हामी ब्यंगोक्ति पाउँछौं: परमेश्वरले अब्रामलाई उसको नाउँ प्रख्यात र उच्च बनाउँछु भनेर प्रतिज्ञा गर्नुभएको थियो (उत्पती १२:२) तर बेबलेको धरहरा बनाउँदा मानिसहरुले आफ्ना नाउँ प्रख्यात र उच्च बनाउँछौं भन्दा तिनीहरु तितर बितर भए (उत्पती ११:१-९)। मानविय हिसावले हेर्नेहो भने जो मानिस ज्ञानबिज्ञानमा उच्चतम हासिल गर्छ उसको नाउँ प्रख्यात हुनुपर्ने थियो तर आफ्ना घरवार, जात, संस्कृती, उर्बरा जमिन आदि छोदेर थाहैनपाएको देशमा जाने मानिस प्रख्यात हुनुनपर्ने हो (हिब्रु ११:८) ।तै पनि आज ति गगन चुम्बी धरहरामा काम गर्ने कसैको नाउँ थाहा छैन तर अब्रामको नाउँ ख्यातीप्राप्त छ ।
यस प्रसङ्गले नाउँ कमाउन चाहने मानिसलाई के पाठ सिकाउँदछ ?
कनान देशमा जान बोलाहत (प्रेरित ७:२ संग उत्पती १२:१ हेर्नुहोस) बाहेक परमेश्वरले अब्रामलाई महान राष्ट्र बनाउँछु भनेर अचम्भको प्रतिज्ञा दिनुभएको थियो। यसको मतलव उसकै सन्तानबाटनै राष्ट्रको जन्म हुन्छ भन्ने बिश्वास गर्नु परेको थियो जब उसको श्रीमती बाँझी र धेरे उमेर धल्कि सकेकी थिई (उत्पती ११:३०)। तैपनि पद ४ ले परमेश्वरको कुरालाई मानेर नहिच्किचाई अघि बढे भनेर उल्लेख गर्दछ (रोमी ४:१३ पनि हेर्नुहोस) ।
मानविय हिसाबले हेर्ने हो भने अब्रामले अदृष्य परमेश्वरको कुरा सुनेर चल्नु मुर्खतापुर्ण मान्नसक्दछ । यसले हामीलाई के पाठ सिकाउँदछ किनकि अहिले पनि बिश्वासमा चल्नु र रहनु भनेको मुर्खतापुर्णनै मानिन्छ (१ कोरन्थी १:२५, २:१४) ? फेरी हामीले के सतर्कता अपनाउनु पर्दछ किनकि परमेश्वरले भनेको भनेर आफ्ने तालमा पनि हामी हिड्न सकिन्छौ ? कसरी परमेश्वरको निर्देशनमा हामी हिंडीरहेकाछौं भनेर थाहापाउने ? त्यसको लागि मापदण्ड के हो ?
३. अब्रामको आस्था र निष्ठा
उत्पती १२ पुरै अध्याय पढ्नुहोस । यसमा अब्रामको बिश्वास, निष्ठा, परिक्षा र चरित्रबारे के बताएको छ ? कुन पक्षले तपाँईलाई प्रभाव पारेको छ ? तपाँईको बिश्वासको दैनिक चालमा यस कथाले के सिक्न सक्नुहुन्छ ?
शायद तपाँईले भन्नुहोला परमेश्वरले बोलाउनु भएकोले अब्रामको जिवन बिना संकष्ट वा सजिलो होला । बाईबलले यो पुष्टि गर्दैन कि परमेश्वरको निष्ठा र आस्थामा रह्यो भन्दैमा दुख, कष्ट आउँदैन तर त्यसको बिपरितचाहिं हो । कनान देशमा गएको केहि समयमै त्यहाँ अनिकाल भयो र मिश्र देश (ईजिप्त) मा उ पलायन हुनुपर्यो जहाँ नाईल नदीको पानीले जमिनलाई उर्बरा पारेको थियो । पवित्र लेखमा यो सिकाउँदछ कि परमेश्वरलाई बिश्वास गर्नेलाई पनि बिश्वासमा सकष्ट आउँछ र दर्हो भएर बस्नु पर्दछ । अनिकालले अब्रामको बिश्वासलाई कस्तो प्रभाव पार्यो होला ? परमेश्वरले बोलाउनु भएको देशमा तिनी गए, तर लगत्तै अनिकालको सामना गर्नु पर्यो ।यो अनिकाल जसले गर्दा कनानबाट भाग्नु पर्यो त्यसले अब्रामको बिश्वासमा धलमलिएको थियो । यसले गर्दा साराई र फारोह राजाको बिचमा के भयो र अब्रामले किन त्यस्तो बाटो अपनाए भन्ने बुझ्न सकिन्छ । भोक र डरले मानिसमा भएको बिश्वासको बिरतामा धक्का हान्यो जुन हामी प्रायजसोले राम्रैसंग बुझ्न सक्दछौं । त्रासले छाएकोले अब्रामले सफेद झुठ बोले अर्थात आफ्नो श्रीमतीलाई बहिनी भन्न पुगे (साँच्चिकै साराई अब्रामको बहिनी थिई तर उनी सानीआमाकी छोरी थिईन्) ।फारोह राजाबाट उम्कन उनी आधा सत्यमात्र बोले ।
"परमेश्वरले अब्रामलाई परिक्षाको बिधीमा पार्नुभयो ताकि उनले परमेश्वरलाई समर्पण गर्न सिकुन, धिरज र बिश्वासमा अडिग रहन सकुन जुन पाठ आउने पिंढीले सिकुन ताकि सकष्ट आउनेबेलामा उनिहरुले सजग भएर बिश्वासमा मजबुत होउन् । परमेश्वरले आफ्नो भक्तजनहरुलाई उनिहरुको अनभिज्ञबाटोमा डोर्याउनुहुन्छ तर उहाँमाथी बिश्वास गर्ने र भरोसामा हिंड्नेलाई उहाँले बिर्सनुहुन्न र त्यसै छोड्नुहुन्न ।" एलेन जि.ह्वाईट, पेट्रियार्क एण्ड प्रोफेट, पृ. १२९ ।
पछिल्लो पटक कहिले तपाँईले बिश्वासको परिक्षामा चुक्नुभयो ? त्यसले तपाँईलाई अर्को पल्ट परिक्षा आउँदा कस्तो पाठ सिकाउँदछ ?
४. अब्राम र लट
उत्पती १३:१-१३ पढ्नुहोस । यसले अब्रामको चरित्रलाई कसरी चित्रण गरिएको पाउनुभएको छ ? यसले अब्राम कस्तो खालको मानिस भनेर प्रमाण देखाउँदछ र उ बिश्वासको आदर्श ब्यक्ती भनेर कसरी स्विकार गर्न सक्दछौं ? अर्को कुन पदहरु बाईबलमा पाउनुहुन्छ जसले हामीले पनि त्यस्तै बिश्वास र आस्थामा तल्लिन हुनुपर्दछ भनेर देखाउँदछ ? उदाहरण स्वरुप हेर्नुहोस:- फिलिप्पिहरुलाई, २:४
ईजिप्त वा मीश्रदेशबाट फर्केर आएर अब्रामले कनानमा पहिलो जस्तै अर्को बेदी बनाए (उत्पती १३:३,४)। परमेश्वरले अब्रामलाई आफ्नो प्रतिज्ञाको प्रतिबद्धता फेरी देखाउनुभएपछि उसले फेरि अर्को परिक्षाको लागि तयार हुनु परेको थियो । हराभरा देश उसको लागि हो कि होईन भन्ने चुनौती प्राप्त भएकोले त्यसलाई चुन्ने वा नचुन्ने प्रथम अधिकार अब्रामको सामु खडा भएको थियो (उत्पती १३:५,६)
अब्रामले मिश्र देशमा देखाएको असफलतालाई लटसंगको ब्यबहारले पुर्णरुपमा ढाकेको पाईन्छ । बेथेल पहाडको शिषरबाट लटले यर्दन नदिको वरिपरि भएको हराभरा खेती जमिन देखे जहाँ मेशोपोतामियाको सभ्यता छायको थियो ।त्यो स्थान झट्ट हेर्दा अदको बगँचा जस्तै थियो । अब्रामले उसलाई कुन स्थान रोज्ने भनेर उसलाई प्राथर्मिता दिन्दा उसले त्यस सुन्दर र उर्बराले घेरेको शहरलाई चुने । यो उसको हृदयले देखेको सजिलो जिवन चुनेको थियो तर उसलाई यो ज्ञान थिएन कि त्यस स्थल चुनेकोले उसले भबिष्यमा ठुलो मुल्य चुकाउनु पर्नेछ । बिश्वास र तत्काल प्रतक्ष दृष्यको बिचको रोजाईको परिक्षा थियो । कसलाई चुन्ने त्यो दिब्यज्ञानमा भर परेको थियो । अब्रामले परमेश्वरप्रतिको बिश्वास, आस्था र भरोसाले तत्काल सजिलो स्थान होईन तर उहाँसंग हिंडेर अदृष्य अनन्त भावी शहरलाई रोजे र लटले चुनेको तत्काल तर अस्थाई लौकिक स्थान रोज्न दिई आफुबाट बिदागराईए ।
उत्पती १३:१४-१८ पढ्नुहोस ।अब्रामलाई परमेश्वरले के प्रतिज्ञा दिनुभयो ? परमेश्वरले किन यो प्रतिज्ञा दिनलाई यत्तिबेलासम्म पर्खनुभयो (पद १४) ? फेरि उक्त प्रतिज्ञालाई बिश्वास गर्न अब्रामलाई गाढा आस्थाको खाँचो किन थियो ?
बिचार गर्नुहोस तपाँईले बिगत अन्तिम समयमा अब्रामको जस्तो सदाशयता र निश्वार्थपना कसले देखाएको, याद छ ? मानिस जातैले स्वार्थी भएपनि त्यस मानिसले उदार चरित्र देखाउन सक्ने क्षमता कहाँबाट पायो होला ? तपाँईको जिवनमा त्यस्तो चरित्रको बिकास गर्न के गर्नु पर्दछ ? यदि बिश्वासीहरुले अब्रामको जस्तो चरित्र प्रदर्शन गर्न सक्यो भने तपाँईको स्थानिय मण्डली कस्तो होला ?
५. मेलकिजेडक र अब्राम
उत्पती १४:१-१६ मा सोदोम र गमोरामाथि अन्य राजाहरु मिलेर हमला गरेको, लट र धेरै धनमालहरु साथै मानिसहरु लुटेर लगेको अनि अब्रामले तिनिहरुलाई छोडाएर ल्याएको बृतान्त पाउँछौं ।बिश्वासको बिर र सत परमेश्वरको जन, अब्राम लडाकु भएको पनि हामी पाउँदछौं ।
मेलकिजेदकलाई दशांस दिएर अब्रामले आफ्नो आध्यात्मितक प्रतिबद्धता कसरी देखाएको पाउँछौं ? यसमा फेरी आफ्नो आस्थालाई कर्मद्वारा कसरी प्रदर्शन गरेको पाउँछौ ? पद १७-२४
मेलकिजेदक (जसको अर्थ मेरो धर्मी राजा हो ) सलेमको राजा थियो ( जेरुसलेमको छोटकरी नाउँ, भजनसंग्रह ७६:२) र साथै परमप्रभु परमेश्वरको पुजाहारीपनि थियो । अब्रामलेपनि त्यही परमेश्वरको आराधना गर्दथे ।फरक के थियो भने मेलकिजेदकले पुर्खा अब्रामलाई लडाँईबाट फर्केपछि स्वागत गरे र आशिष दिए अनि अब्रामले सबै थोकको दशांस उनलाई दिए (पद ३०) । यसले के देखाउँछ भने दशांसको बिधि मोशा र यहुदी जात खडाहुनु अघिबाटै प्रचलित थियो ।
महान बिजय प्राप्त गरेपछि परमेश्वरले अब्रामकहाँ देखापरेर उदेकको प्रतिज्ञा प्रदान गर्नुहुन्छ, "म तिम्रो रक्षा कवच हुँ र तिम्रो अति महान ईनाम हुँ " उत्पती १५:१ । एलेन जि. ह्वाईट भन्नुहुन्छ कि अब्रामलाई यस्तो प्रतिज्ञाको खाँचो थियो किनकि लडाँईमा बिजय प्राप्त गरेपछि उसको वरपर शत्रु लागेको थियो ।
अब्राम मानिसनै थियो त्यसकारण मानविय दृष्टिले हेर्दा उसको प्रत्युत्तर किन स्वाभाविक थियो (उत्पती १५:२,३) ? परमेश्वरसंग जुन अनुरोध उसले गर्दछ त्यो मनासिव र युक्तीसंगत छैन भन्न सकिन्छ ?
परमेश्वरले (पद ४-६) अब्रामलाई दिएको अग्रिम बाचा फेरी दोर्याउनुहुन्छ कि अब्रामको सन्तान अनगिन्तीहुनेछन् ( उत्पती १२:२,१३:१६) । अब्राम र साराको बुढेसकाल बाबजुत परमेश्वरको असम्भव प्रतिज्ञालाई हृदयंगम गरे किनकि उसले परमेश्वरको शक्ती र बचनमा पुरा बिश्वास थियो । अब्रामको परमेश्वरप्रति यो निष्ठा उत्पती १५:६ मा पाउँदछौं जुन पावलले रोमी ४:३ मा उदृध गरिएको थियो ।
अब्रामले बिश्वास गरे र त्यसले उ धर्मीमा गनियो ।यसले हामीलाई परमेश्वरले ग्रहण गर्नुभनेको के हो भनेर देखाउँदछ ? हालसम्म अब्रामको किस्साले गर्दा तपाँईको जिवनमा के आशाको किरणको अपेक्षा गर्नुभएको छ: तपाँईको जिवनमा कुन परिवर्तन आउन आबश्यक ठान्नु भएको छ ?
अन्तमा:-
जव परमेश्वरले अब्रामलाई उसको सन्तानबाट महान राज्यको उदय हुन्छ भन्नुभयो, अब्रामले उहाँको प्रतिबद्धता जनाउन कुनै संकेत मागे (उत्पती १५:७,८) ।"परमेश्वरले अब्रामको अनुरोधलाई स्विकार गरि बाचामा रहन स्थानिय चलन अनुसार चल्न राजी हुनुभयो । परमेश्वरको निर्देशन अनुसार अब्रामले तिन बर्षको बाख्री, बाछी र भेंडालाई टुक्रा टुक्रा छुट्याएर बलि चढाए । यसमा उसले ढुक्कुर र परेवापनि थपे तर यिनिहरुलाई टुक्राचाहीं गरिएको थिएन । उसले ति बलीको बिचमा सम्मानपुर्वक परमेश्वरप्रति प्रतिबद्धता जारी गर्दै वरिपरि घुमे ।त्यस बलीलाई गिद्धहरुले खाएर अशुद्ध पार्लान भनेर सतर्कतापुर्वक कुरुवा बसे । बेलुकीपख उ भुसुक्क निदाए अनि उसले महान अंधकार छाएको देखे ।त्यस अंधकारबाट परमेश्वरको आकाशबाणी उसले सुने । परमेश्वरले भन्नुभयो अब्रामले तुरन्तै प्रतिज्ञा गरिएको स्थान प्राप्तगर्न अपेक्षा नगर्न र कनान देशको स्थापनापुर्व पहिला दुख र कष्टलाई झेल्नु पर्दछ । यहाँ उसलाई मुक्तीको योजनाको पर्दाफास गरिएको थियो । येशूको मृत्यु, महान बलिदान र उहाँको महिमामा आगमनको साथै अब्रामले सुन्दर अदनको पुनर्स्थापना देखे ।बिश्वासीहरुले यहिनै अनन्त राज्यको सहभागि प्राप्त गर्नु परमेश्वरको प्रतिज्ञा हो भनेर अब्रामले देखे। एलेन जि. ह्वाईट, पेट्रियार्क एण्ड प्रोफेट, पृ. १३७ ।
क. सोच्नुहोस नयाँ नियममा पनि बिश्वासबाट धर्मी ठहरिनु भनेको के हो र माथीको पाँचौं बुंदाले त्यसलाई कसरी पुष्टि गर्न सक्दछ ?
ख. के अहिले तपाँईले कोहि यस्ता ब्यक्तिसंग परिचित हुनुहुन्छ जो कि अब्राम जस्तै भविष्यको ख्याल नगरी परमेश्वरमा अघि लम्कि रहेको छ तर संघर्ष र बिघ्नबाधा बाबजुतपनि परमेश्वरमाथिको आस्था र प्रतिबद्धता मजबुतै पाउनु भएको छ ?
