राज्यहरु र शक्तिहरु
गत शताब्दी र अहिलेका खगोलबैज्ञानिकहरुले खरोबौं आकाशगंङ्गाहरुको विद्यमानले आश्चर्यचकित भएका छन् । हरेक आकाशगंङ्गामा खरोबौं ताराहरु रहेका हुन्छन् ।
खगोलशास्त्रीहरुले नयाँ आकाशगंङ्गाहरुलाई पहिल्याई रहेका छन् तापनि अहिलेको गणनाअनुसार कम्तिमा १२३ खरब आकाशगङ्गाहरु छन् भनि पत्तालगाएका छन् । हरेक आकाशगङ्गाहरुमा खरोबौं तारामण्डलहरु हुन्छ र ति तारामण्डलहरुका वरिपरी हाम्रो सौर्यमण्डलजस्ता अनिगिन्ती नक्षत्रहरु हुन्छन् जसले गर्दा हाम्रो पृथ्विमा मात्र होईन जगतका अन्तस्थानहरुमा पनि जिवहरुको अस्तित्व लाई स्विकार गर्न अनौठो मान्नुहुन्दैन । बैज्ञानिकहरुले अत्याधुनिक रेडियो दुर्बिनहरु, बिभिन्न सातालाईतहरु र आकाशमा छोडेका हुवलजस्ता दु र्बिनहरुले अरु तारामण्डलका नक्षत्रहरुमा जिवनको अस्तित्वलाई खोजीगर्न जुटिरहेका छन् । खगोलशास्त्री कार्ल सैगानले हाम्रो पृथ्वि जगत्हरुका समुंद्रको बालुवाको कण हो भनेका छन् । यि तथ्यहरुले यो देखाउँदछ कि अनिगिन्ती आकाशगङ्गा, तारामण्डल र नक्षत्रहरुको बिचमा हामी एक्लै छैनौं ।
येशूमाथी बिश्वासगर्नेहरुले हाम्रो सौर्यमण्डलभन्दा बाहिर जिवहरुको अस्तित्व स्विकार गर्न कुनैपनि रेडियो दुरविनहरुको आवश्यक छैन । प्रभुको बचनमा र एलेन जि.हृवाईटका लेखहरुले अरुजगतहरुमा जिवन छ मात्र भनेका छैनन् तर तिनिहरु हाम्रो अगाडि दर्शकको रुपमा उत्कुत्सासाथ हेरिरहेका छन् । खास भन्नेहो भने साराजगत येशू र शैतानको बिचमा भईरहेको महान अन्तरद्वन्धमा सहभागी भईरहेका छन् । सत्य र असत्यको संघर्ष हाम्रो पृथ्विमा मात्र सिमित छैन ।
यस भागमा अत्याधुनिक दुर्विनले पत्तागलाउन नसकेको क्षेत्रमा नियाल्ने छौं । मानव जातिलेमात्र होईन तर परमेश्वरका सारा सृष्टिले सामनागरीरहेका महान नैतिक बिषयको मुटुमा हेर्नेछौं ।
१ "जव बिहानका ताराहरु रमाएर गित गाए"
बाईबलमा हामी बाहेक अरु जिवहरु जसको विद्यमान हाम्रो पृथ्विबाट भएको छैन र ति जिवहरु बौद्धिक छन् भनेर उल्लेख गरिएका छन् । उत्पतीको पुस्तकमा परमेश्वरले भन्नुभएको छ, "हामीले मानिसलाई आफ्नै स्वरुपमा अथवा हाम्रै आकारमा बनाऔं" उत्पती १:२६ । यो पदले अरु जिवहरुको अस्तित्वलाई मात्र स्विकादैन तर हामी परमेश्वरका ढिलासृष्टि हौं ।परमेश्वरको स्थाई अस्तित्वबिना हाम्रो सृष्टिहुन सक्दैन तर बाईबलमा हामी भन्दा अगावै अरु जगतहरुमा अरु जिवहरु थिए भनेका छन् । यि तथ्यको पुष्टि निम्न पदहरुले गर्दछ । हेर्नुहोस पृथ्विको मानवजातिभन्दा अरु जिवहरुको बारेमा के भनेका छन्ः
अयुब १:६,३, ८:७,८, दानियल ९:२१, प्रेरित १२:७, १ कोरन्थी ४:९, एफिसी ३:१०, हिबु १३:२
यस भागको सुरुमा हामीले भन्यौं कि बैज्ञानिकहरुले अरु जिवहरुको अस्तित्वको खोजीगर्न ब्यस्तभईरहेका छन् तर बाईबलले उनहरु छन् मात्र भनेका छैनन् तर उनिहरु हाम्रो जिवनमा घनिष्टकासाथ सरिक भईरहेका छन् । उपरोक्त पदहरुले यो देखाउँछ कि ति जिवहरुले मानव जातिसंग बिभिन्नरुपमा अन्तरक्रिया गरिरहेका हुन्छन, कहिल्ये ज्ञान दिएर त कहिल्ये सुरक्षाप्रदान गर्न आदि । ति पदहरुसानो उदाहरणमात्र हुन् जसले मानवजाति र जगतका अरुअमानवजातिका बिचमा प्रचुर सम्वन्ध देखाउँदछ । हामीले उनिहरुलाई प्रतक्षरुपमा देखेका छैनौं भन्दैमा उनिहरुको अस्तित्वलाई नकार्न सक्दैनौं किनकी हामीले नदेखेका धेरै अप्रतक्षभएपनि तिनीहरुको अस्तित्वलाई स्विकार गर्नुपर्दछ ।
हेर्दा साधारण जस्तो भएपनि अरु बौद्धिक जिवहरुको अस्तित्व र हामी एक्लै छैनौं भन्य तथ्य अत्यन्त गहिरो छ । अकों तथ्य ति जिवहरु हामीबाट अलग छैन तर हामीसंग तत्काल संलग्नता छ भनेर देखाएका छन् ।त्यसकारण बाईबलले आधुनिक बिचारधाराभएकाहरुको लागि नौलो भएपनि मानिसको कल्याणको लागि अलौकिक जिवहरु हामीसंग मिलिरहेका छन् भनी दावि गर्दछ। बाईबलमा स्वर्गदुतहरुले मानिसको सुरक्षाआदिको लागि कसरी हस्तक्षेप गरे भन्ने घट्नाहरु धेरै उल्लेख गरिएका छन् । स्मरण गर्नुहोस तपाईलाई सान्त्वना दिने यस्ता घट्नाहरु बाईबलमा कहाँ छन् ।
२ शैतानको क्रोध
"अनि स्वर्गमा लर्डाई भयो । मिखाएल र तिनका दूतहरुले त्यस अजिङ्गरसँग युद्ध गरे । अजिङ्गर र त्यसका दुतहरुले पनि युद्ध गरे, तर यिनीहरु हारे, र यिनीहरुका निम्ति स्वर्गमा कुनै ठाँउ रहेन। त्यो ठुलो अजिङ्गर तल फालियो -त्यो प्राचिन सर्प जो सारा संसारलाई बहकाउने दियाबल वा शैतान हो, त्यो पृथ्वीमा फ्याँकियो र त्यसका दुतहरु त्यसका साथसाथै फ्याँकिए । तव स्वर्गमा यसो भनिरहेको एउटा ठुलो आवाज सुने,'अब हाम्रो परमेश्वरको मुक्ति, शक्ति, राज्य र उहाँका ख्रिंष्टको अधिकार आएको छ । किनकी हाम्रा भाईहरुलाई दोष लगाउने, जसले हाम्रो परमेश्वरको सामुन्ने तिनीहरुलाई दिनरात दोष लगाउँछ, त्यो तल फ्याकिएको छ । तिनीहरुले थुमाको रगत र आफ्ना गवाहीको वचनको कारण त्यसलाई जितेका छन्, र तिनीहरुले मृत्युसम्मै पनि आफ्नो ज्यानको माया राखेनन् । यसकारण हे स्वर्गमा रहनेहरु तिमीहरु रमाओ । तर पृथ्वी र समुद्रलाई धिक्कार छ ! किनभने आफ्नो समय अल्प छ भनी थाहा पाएर दियाबल ठुलो क्रोधसाथ तिमीहरुकहाँ तल आएको छ ।"
अघिल्लो भाग अनुसार हामीलाई थाहा छ कि अन्तरिक्षका जगतहरुमा अन्य जिवहरुपनि छन् तर तिनीहरु सबै हाम्रो साथ दिनेवालाहरु छैनन् ।
प्रकाश १२:७-१३ लाई गौण गरेर पढ्नुस र निम्न प्रश्नको जवाफ दिनुसः-
१ येशू र शैतानको बिचको संघर्ष कहाँबाट सुरुभयो ?
२ यो लडाँई कहाँ गएर थुप्रिएको छ ?
३ शैतानलै बिषेश तिन तरिकाले हाम्रो बिरोधमा उत्रिरहेका छन्, ति के हुन् ?
४ शैतान क्रोधित छन् किनकी उसको यस संसारमा जगजगीको समय थोरै छ,
यसको अर्थ के हो - हेर्नुहोस मत्ती २५:४१
५ अदृष्य शैतानको शक्तिसंग बिजयी प्राप्तगर्न परमेश्वरका जनहरुले कसरी सामना गर्नु पर्दछ ?
उपरोक्त पदहरुले येशू र शेतानको विचको महान अन्तरद्वन्धको (ग्रेत कन्त्रोभर्सी ) भुमिका र यथार्थतालाई प्रष्त्याएको छ । र्स्वर्गबाट सुरु भएको लडाँई, यस संसारमा निर्णायक मोडको लागि अग्रसर भईरहेको छ । यस लडाईमा हामी पनि सहभागी भईरहेका छौं ।
स्वर्गमा शैतान र उसका दुतहरुले येशूसंग -मिखाएल- सामना गर्न नसकेकोले उसले हामीलाई मानवधाल बनाएर लडिरहेका छन् ।
हरेक दिन महान द्वन्धको यथार्थतमा हामी फसिरहेका छौं कि छैन भन्ने कुरा हाम्रो दैनिक जिवनमा आईरहने संघर्षले देखाउँछ । हामी कसको बिचमा छौं भन्ने तथ्यलाई जानेकोले भैपरिआईरहने दैनिक दुःख, कष्ट वा परिक्षासंग जुटन् मद्दत मिल्दछ ।
३ "बिस्वासी दाजुभाईहरुलाई अभियोग लगाउने"
अघिल्लो भागमा हामी हेर्यौं कि येशू र शैतान बिचको महान अर्न्तर्द्वन्धको जग र हामी कसरी त्यसमा होमिएका छौं । हामीले प्रकाशको पुस्तकमा लेखिएको यो पनि पढ्यौं कि परमेश्वरको अगाडी दिनरात हामीलाई दोषी चस्माले मात्र हेरेर अपराधी ठहर्राईरहेका छन् - प्रकाश १२:१० )हुनत उपरोक्त पदमा शैतानले हामीलाई के दोष लगाईरहेका छन् भनेका छैनन् तर मानव अवस्थालाई ध्यानमा राख्दा उसले के कुरामा दोष लगाईरहेका छन्र भन्ने जवाफ दिन गाह्रो छैन । रोमी ३:१०-१९ जस्ता पदहरुको आधारमा शैतानले हामीलाई केमा दोषलगाईरहेका छन् भन्ने निष्कर्शमा आउन तपाँई आफैले सक्नुहुन्छ ।
येशू र शैतानको बिचमा जे महान अन्तरद्वन्ध भएपनि हामी मानव जातिहरु त्यसको माझमा छौं । शैतानले परमेश्वरलाई मात्र होईन हामीलाई पनि हमला गरिरहेका छन् । प्रकाश १२:९ र उत्पती ३:१-७ ले यो देखाउँछ कि स्वर्गबाट पृथ्वीमा फ्याँकियो र सर्पको रुपलिएर वा सर्पद्वारा भर्खर सृष्टि गरेका आदम र हवालाई धोका दियो जसले गर्दा सम्पुर्ण मानव जातिको पतन भयो र त्यसको परिणाम हामीले भोगिरहेका छौं । रोमी ५:१२ जसमा लेखिएको छ एउटा मानिसको पापले सम्पुर्ण मानव जातीमा मृत्यु फैलिएको छ । यो पनि प्रष्ट भएको छ कि शैतानले हाम्रो कमजोरमाथी के फायदा उर्ठाईरहेका छन् र साथै हाम्रो पाप र गिरेको अबस्थालाई हेरेर हामीलाई दोषपुर्ण भावले ब्यबहार गरिरहेका छन् । यदि हामी सिद्ध भयौं भने शैतानले हामीलाई दोष दिने ठाँउ हुने थिएन । हामी अवगुणले भरिएको हुनाले उसले हामीलाई दोष दिने धेरै ठाँउहरु पाईरहेका छन् ।
जकरिया ३:१-४ मा हेर्नुस जसमा लेखिएको छ कि यहोशुवलाई शैतानले परमेश्वरको अगाडी दोषलगाईरहेका छन् । यसले महान अन्तरद्वन्धको पुष्ती गर्दछ । शैतान हाम्रो खिलाफमा उत्रिरहेका छन् भनेर ति पदहरुमा देखाउँछ भने, यिनै पदहरुमा परमेश्वरले हाम्रो साथ कसरी दिईरहेका छन् भनेर देखाएको छ । हामी पापी भएपनि परमेश्वरको प्रतिज्ञा र उहाँप्रति आशा राख्ने आधार यि पदहरुले पुर्णता हौसला साथ प्रदान गरिएको पाउँदछौं ।
४ "शैतान, तेरो भर्त्सना परमेश्वरले गर्नु भ
जकरिया ३:१-४ मा फोहर पहिरनमा भएको कारण शैतानले यहोशुवलाई दोष दिईरहेको पाउँछौं तर यहोशु होइन, परमेश्वरले शैतानको भर्त्सना गर्नुभएको पाउँदछौ । यो कसरी हुनसक्दछ - दोषी यहोशु कसरी परमेश्वरले सफाई दिनुभयो - यो किनभने मुक्तिको योजनामा येशूले शैतानलाई हराउनु भएको छ जसले गर्दा परमेश्वरको जनलाई शैतानको दोषलगाउने आदत निकम्मा ठहरिएको छ । जकरियाकै शब्दमा हामी पाएका छौं कि परमेश्वरको हुकुमले यहोशुवको फोहर पहिरन फुकाल्न लगाई नयाँ सफा पहिरन लगाईदिएको थियो । यसले पापले गिरेका मानव जातिलाई प्रभु येशूले आफ्नो मुक्तिको योजनाको परिधिभीत्र पारेर आफ्ना जनहरुलाई के गर्नुहुन्छ सो आंैल्याएको छ ।परमेश्वरले यहोशुवलाई उसको पापले निथ्रुक्क भिजेको लुगा फुकालेर आफ्नो धार्मिकताको लुगालगाईदिएर आफ्नो स्वर्गिय राज्यमा रहन योग्य बनाईदिनु भयो । यो शुभअवसर यहोशुवलाई मात्र होईन हरेक ब्यक्ति जो परमेश्वरको अगाडी उभिन चाहन्छ उसलाई प्राप्त छ । निम्न पदहरुले यसको पुष्ति गर्दछ ।
यशैयाह ६१:१०, मत्ती २२:१-१४, प्रकाश ३:१८
स्वर्गबाट फ्याँकिएका शैतान आफुसंग महान कलंक पनि यस कलिलो पृथ्वीमा बोकेर ल्यायो । आदम र हवालाई गिराएर सारा मानिस जातिलाई पापको भँडखालोमा पारे । परमेश्वरको मुक्तिको योजनाले हामीलाई पापको अन्तिम ज्यालाबाट मात्र उद्धार गर्नुहुन्न शैतानलाई सदार्सबदा महान द्वन्धयुद्धबाट हराउनु हनेछ ।
ह्रिब्रु २:१४ मा यसरी लेखिएको छः- "किनकि मानवजातीहरु मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारानै मृत्युको शक्ति भएकालाई अर्थात दियावल शैतानलाई उहाँले नष्ट गरुन्"
उक्त पदमा येशूले संसारमा आउनुभएको र शैतानलाई आखिरमा हराएर छोड्ने उद्देष्यको रहस्य खुलासा पारिएको छ । यस पदले किन येशूको मृत्युले शैतानलाई पराष्त गर्नुहुन्छ भनेको छैन किनकि मुक्तिको योजनामा हामीलाई पापबाट मुक्तगर्ने बिषय भन्दा अरु धेरै ठुला प्रश्नहरुलाई स्पष्टरुपमा जवाफको आबश्यकता छन् । हामीलाई यो ज्ञान छ कि पाप यससंसारमा सुरुभएको होइन । यसको सुरुवात अरु कुनै जगतबाट सुरुभएको हो । (यशैयाह १४:१२, एजकिएल २८:१५, प्रकाश १२:७ )
हामी यस महान अन्तरद्वन्धको माझमा भएपनि खास भन्नेहो भने यो बिवाद सारा जगतको हो ।
हाम्रो समाजमा कुनै स्थानिय बिवाद हुन्छ र त्यस बिवादले कसरी बृहतरुपमा असर पार्नसक्छ यसलाई मनन् गरे मुक्तिको योजनाबारे ध्यानगर्न सजिलो हुनसक्दछ ।
५ परमेश्वरको दोषमुक्त
"परमेश्वरका अनुग्रहको बरदानले ख्रीष्ट येशूमा भएको उद्धारबाट तिनीहरु सित्तैंमा धर्मी ठहरिएका छन् । परमेश्वरले ख्रीष्टलाई उहाँको रगतद्वारा प्रायश्चितको बलिदान स्वरुप प्रस्तुत गर्नुभयो, जुन प्रायश्चित बिश्वासद्वारा ग्रहण गर्नुपर्दछ । यो काम परमेश्वरले आफ्नो धार्मिकता देखाउनलाई गर्नुभयो किनभने उहाँको ईश्वरिय धैर्य अगाडी पापलाई उहाँले वास्तागर्नुभएको थिएन । परमेश्वर आफै धर्मी हुनुहुन्छ र येशूमा बिश्वास राख्नेहरुलाई उहाँले धर्मी ठहराउनुहुन्छ भन्नेकुरा प्रमाणगर्नलाई उहाँले वर्तमान समयमा यो गर्नुभयो" रोमी ३:२४-२६माथि उल्लेखित पदहरुले यो बताउँछ कि येशूले क्रुसमा जे काम फत्ते गर्नुभयो त्यो मात्र होईन परमेश्वर कति न्यायपुर्ण छ भनेर खोलेको छ । पदले भन्दछ, "परमेश्वर धर्मी वा न्यायी हुनुहुन्छ"।
एडभेन्तिष्ट शिक्षामा एउटा आध्यात्मिक शब्दलाई भित्राईइको छ त्यो हो "थियोदिशी" अर्थात यसको अर्थ "परमेश्वर न्यायीधर्मी" । यो मानिसको शब्दमा पापबाट क्षमा पाएर धर्मी भएको नभएर परमेश्वरको चरित्र सिद्ध रहेछ भनेर सप्रमाणसहित पुष्टिगर्नु हो । थियोदेशी शव्दले परमेश्वर भलो र न्यायी हुनुहून्छ भनेर बाख्या गर्दछ । पापसंग परमेश्वरको केहि सरोकार छैन भनेर बताउँछ । परमेश्वर न्यायी र धर्मी हुनुहुन्छ भन्ने भयँकर जगतका सुक्ष्म पृथ्वीका मानिसहरुलाई मात्र होइन तर सारा जगतको सन्मुख सबुद प्रमाण पेशगर्राईनुनै महान अन्तर्द्धन्धको जग हो ।
ति तथ्यको पुष्टि निम्न पदहरुले पनि दिन्दछः-
भजनसंग्रह ५१:१-४ परमेश्वर ठिक र न्यायी हुनुहुन्छ
रोमी ३:४ परमेश्वर सत्य र ठिक हुनुहुन्छ
एफिसी ३:१० तत्कालिन मण्डलीका कामकार्वाहिले परमेश्वरको चरित्र जगतका शासकहरु र अख्तियारवालाहरुको सामु प्रस्तुतहुन्छ
प्रकाश १९:१,२ र्स्वर्गका भींडले परमेश्वर मुक्तिदाता, महिमीत, शक्तिशाली, सत्य, न्यायी हुनुहुन्छ भनी चर्कोसोरले कर्राई रहेको युहन्नाले आफ्नो दर्शनमा देख्दछ ।
महान द्वन्ध र परमेश्वरको चरित्रको पुष्टिगर्नुपर्ने कार्यले उद्धारको योजनाकोलागि भुमिका तयार पार्दछ । यसले धेरै प्रश्नका जवाफहरु दिन्दछ जस्तै १. येशू किन बलिहुनु भयो - २. क्रुसको समय पछि पनि हामी यहाँ किन छौं ३. पाप किन रहिरहेको छ - आदि । यो थियोदेशी शव्दले येशूको आगमन अगावै न्याय हुनेको अर्थ र मानिसको न्याय किन हुनुपर्यो भन्ने भनाईको अध्ययन पछि गर्राईनेछ ।
छोटकरीमा भन्ने हो भने हामी यस संसारमा एक्लै छैनौं, त्यहाँ अरु जिवहरुपनि छन् । स्वर्गका शासकहरु, प्रधानताहरु वा अख्तियारवालाहरुको अगाडी महान द्वन्धका प्रश्नहरुका जवाफ स्पष्टरुपले पेशगरेपछि सारा जगतले परमेश्वरप्रती प्रटिबद्धता ब्यक्त गर्न पाउने सुभअवसर पाउनु यस महान द्वन्धको अन्तिम निष्कर्ष हो त्यसबेला भजनको लेखकले झैं सबैले भन्ने छन् "परमेश्वर जव तपाँइ बोल्नुहुन्छ र न्याय गर्नुहुन्छ तपाँइ ठिकहुनु हुन्छ भनि प्रमाणित गर्नु भएको छ" भजन ५१:४
"मुक्तिको योजना मानिसको उद्धारको निम्तिमात्र होईन यसको उद्देष्य गहिरो र फराकिलो छ । मानिसको उद्धारको निम्तिमात्र येशू आउनुभएको होईन । परमेश्वरका दश आज्ञालाई अर्थपुर्ण ढंगले पालनगर्न यस संसारका बासीले मात्र होइन तर सारा जगतको अगाडी त्यस आज्ञाहरुको महत्वपुर्णता र परमेश्वरको चरित्रको प्रकाश पार्न येशू आउनु भएको हो । सारा मानव जाती र सारा जगतका बौद्धिक जिवहरुलाई परमेश्वरको न्यायको प्रभाव पार्न जव उहाँले महान बलिदान गर्नलाग्नु भएको थियो उहाँले भन्नुभयो, "यो संसारको न्याय अव भयोः यो संसारका राजकुमारलाई फ्याँकिने छ । र यदि म संसारबाट उचालिए सबै मानिसहरुलाई मतिर खिँच्नेछु" युहन्ना १२:३१,३२ । येशूको मृत्युले स्वर्ग, सबैको लागि पहुँच मात्र भएन, यस कार्यले सारा जगतले परमेश्वर र येशूद्वारा शैतानको बिद्रोहको आतंकलाई कसरी न्यायोचितरुपमा सम्हाली आफ्नो धार्मिक चरित्रलाई उचितरुपमा प्रस्तुतगर्नुभएको पाउँदछौं । यसले परमेश्वरको दश आज्ञाको प्रतिष्ठालाई निरन्तरता दिईन्छ र पाप र यसको नतिजाले के गतिल्याउने रहेछ भन्ने पर्दाफास गर्दछ" एलेन जि. हृवाईट, पुर्षा र परमेश्वरका प्रवक्ताहरु, पृ. ६८,६९
ध्यान दिनुसः
१ आफ्नो जिवनमा र्स्वर्गदुतहरुले भलाईका लागि कसरी हस्तक्षेप गरे
२ अदृष्यशक्तिहरुको बिच संघर्ष भईरहेको छ भन्ने तथ्य कतिले बुझन अपठ्यारो पर्ला, तर अदृष्य रेडियोको तरंगहरु, किताणुहरु, गुरुत्वाकर्षण आदिहरुले कसरी आफ्नो शक्ति प्रदर्शन गरिरहेका छन्, यि तथ्यले परमेश्वरको र शैतानबिचको द्वन्धलाई असाधाराण मान्नु जरुरी छैन ।
३ थियोदेशी शब्दलाई छलफलको बिषयमा राखेर हामी यहाँ क्रुसको मृत्युपछिपनि किन यहाँ छौं भनि चर्चा गर्नुहोस ।
४ कुनै यस अध्ययनकर्ताको जिवनमा त्यस महान अन्तरद्वन्धमा सहभागी भएर भुक्तभोग गरिरहनु भएको छ भने अरु बिश्वासीहरुको मद्दतले संघर्ष गरिरहेका त्यस बिश्वासीलाई कसरी तेवा दिनसकिन्छ एकआपसमा चर्चा गर्नुहोस ।
-
-न्याय इन्साफ सुरु हुनै पर्दछ
मुल पदः "त्यो दिन आउनेछ जब परमेश्वरले मैले पचार गरेको सुसमाचार अनुसार येशू ख्रीष्टद्वारा मानिसहरुका गुप्त कुराको इन्साफ गर्नुहुनेछ " रोमी २:१६एक जनार् इटालीका नास्तिकले शहरको भित्तामा यो लेखेका थिए, "परमेश्वर छैन, र उहाँको आमा मरियम हुनुहुन्छ" यो हास्यस्पद देखेपनि यसले के देखाउँछ भने मानिस चेतनशील प्राणी हो । कति बिचार तर्कहरुमा हामी निष्पक्ष छौं र इमान्दारी छौं बा हामीले गरेका कुराहरु ठिक छ भनेर दावी गरे पनि यि सबै कुराहरुमा हाम्रो आफ्नो निजी बिचार, संस्कार, भावहरुका प्रभावले प्रस्तुत गरेका हुन्छौं । हरेक कुरामा पुर्व -चिन्तन वा हामीले सिकेको वा सिकाईएको बिबेकले गहिरो छापले परेको आधारमा प्रदर्शन गरेका हुन्छौं
यस भागमा हाम्रो सिमीत ज्ञानको महशुसभएको बाबजुदपनि बाईबलमा केन्द्रित गरेर परमेश्वरको न्याय भनेको के हो सो हेर्नेछौं हामीले सिकेका शिक्षा जस्तै १८४४ का घट्ना, येशू आउनु-पुर्व न्याय, एलेन जि.हृवाईट, हाईराम एडिसनले मक्कैबारीमा पाएको दर्शन आदिहरु अहिले किनार लगाउने छौं । यसको सट्टा बाईबलका महत्वपुर्ण बिषय इश्वरिय न्याय भनेको के हो सो बुझन कोशिष गर्ने । यसैमा आधारित प्रश्नहरुको जवाफ खोज्न प्रयास गरौं जस्तै, शुसमाचार र न्यायसंग के सम्वन्ध छ ? न्यायको अन्तिम परिणाम के हो - यसमा हाम्रो कर्मयोगले के भुमिका खेलेको हुन्छ - न्याय कहिले हुनेछ -
हुनत यि प्रश्नहरुका जवाफ पुर्णरुपमा अहिले नपाईएला तैपनि यो बिषयबस्तुलाई अध्ययन गर्दा न्यायको मानचित्र हेरेर परमेश्वरले गर्नेर् इन्साफको बारेमा केहि हदसम्म बुझन सक्नेछौं । चाहे हाम्रो पुर्वज्ञान जेसुकै होस ।
१ उहाँको न्यायको समय
ग्रिक भाषामा शुसमाचारको अर्थ असल समाचार हो । यो सबैले मानेको तथ्य हो । यदि यो शुभ समाचार हो भने, के को शभ समाचार हो - शुभ समाचार यो हो कियेशू हाम्रो सट्टा क्रुसमा मर्नु भयो । १ पत्रुस २:२४
क्रुसमा हाम्रो पापको ज्याला उहाँले तिर्नु भयो यशैया ५३:६
उहाँमाथीको बिश्वासले अब हामी परमेश्वरको अगाडी चोखो भएर उभिन सक्दछौं किनभने हामीलाई येशूको धार्मिक लुगाले ढाकिएको छ ।रोमी ३:२२
उहाँकै यस कार्यले अब हामी अनन्त जिवनको सहभागी हुन सक्दछौं भन्न् हामीलाई प्रतिज्ञा मिलेको छ । १ युहन्ना ५:११,१२
त्यसकारण शुसमाचार भनेको हामीलाई अनन्त जिवनको बरदान पाउन सक्दछौं तर त्यसको बिपरित के हो त
निम्नपदहरुलाई हेर्नुहोस, अनन्त जिवनका सहभागी नहुनेलाई बाईबलले तिनीहरुको लक्ष के हुनेछ ।
दानियल १२:२ अनन्त तिरस्कार र शर्म
मत्ती ८:१२ बाहिरी अन्धकारमा फालिने
मत्ती २५:४६ अनन्त दण्डको सहभागी
युहन्ना ३:१८ दोषमुक्त नहुने
२ थेस्सोलोनी १:८,९ परमेश्वरबाट सदाको लागि अलग हुने र पापको दण्ड भोगिने
प्रकाश १४:११ शैतानले पाउने कष्ट उसका अनुयायीहरुले पनि पाउनेछन्
माथीका हरेक पदहरुमा प्रयोग गरिएका मुल शव्दहरुमा "अनन्त सजायँ" "कष्टबाट निस्केका धुँवा", "दोषी ठहरिनु" "अनन्तको नाश" "रुवाबासी र दार्हा किताई" आदीले परमेश्वरको न्यायको बारेमा उल्लेख नगरेको भए के को बारेमा होला सो सोचनिए छ ।
तर शुभसमाचारको समाचारले यो भन्दछ कि हामीहरु त्यस न्यायको दिनमा दोषमुक्त हुनेछौ । यसको मतलव यो हो कि जसले येशूलाई ग्रहण गर्दछ त्यो दोषमुक्त हुन्छ तर उहाँलाईर् इन्कार गर्नेले त्यो अवसर पाउने छैन । त्यसकारण इन्साफ बिना शुसमाचार भन्ने हुन्दैन किनकी शुभसमाचारको अर्थ यो हो कि परमेश्वरको अगाडी निर्दोषभएर उभिन पाउनु । छोटकरीमा भन्ने हो भने न्यायरहित शुसमाचार भनेको आकार बिनाको गोलो भनेको जस्तै हो । बिनार इन्साफ शुसमाचारको अर्थ हुन्दैन ।
पढ्नुहोस रोमी २:१६ र प्रकाश १४:६-८ । यि दुई कितावहरुका पदहरुमा न्याय र शुसमाचारको बिचको सम्वन्घ देखाएको छ । यस पाठमा हामीले येशूको बलिदानले हामी निष्कोठ हुनुपाएकोमा उहाँप्रति आभारितहुनुपर्दछ भनेर देखाएको छ।
२ अनन्त जिवन वा अनन्त मृत्यु
निम्न पदहरुले जगतको अन्तमा दुई बर्गका मानिसहरु हुनेछन् भनेर देखाएका छन् ।दानियल १२:२ चिहानमा सुतेकाहरु जिउने छन्.- कोहि अजम्मरी जिवनको लागि, कोहि कहिलै नबिउँझिन
मत्ती १२:३७ दोषी र निर्दोषी
युहन्ना ३:१६ नाश हुने र अनन्त जिवन पाउने
युहन्ना ५:२९ जिवनको पुनरुत्थान र दण्डको लागि पुनरुत्थान
न्यायमा जे भएता पनि दुईथरी मानिसको समावेस हुने छ भन्नेमा निर्विवाद छैन।ति दुईथरि हुन् अजम्मरी जिवनपाउने र अनन्त नाश हुने । यि पदहरुले कुनै मध्यम मार्ग बताएको छैन ।तर न्यायको समयमा हामी सदा र्सवदा बाँचिरहने वा कहिलै नबिउँतने ।उपरोक्त पदहरुले धर्मात्मा र दुष्टको न्याय हुनेछ भनी बताउँदछन् जसले गर्दा अन्तमा सबैको भविष्य निर्धारण हुनेछ ।
गौर गरी यो पद हेर्नुहोस,
"जव मानिसको पुत्र उहाँको महिमामा आउनेछ, उहाँको साथमा सबै पवित्र स्वर्गदुतहरु हुने छन् र महिमीत गद्दीमा राज भएर आउनेछन् । अनि उहाँको सामुन्ने सारा देशका मानिसहरु भेला हुने छन् र उहाँले तिनीहरुलाई दुई भागमा विभाजित गर्नेछन् जसरी गोठालाले भेंडा र बोकाहरुलाई छुट्याउँछ । उहाँले भेंडाहरुलाई दायाँ तिर बोकाहरुलाई बाहिने तिर राख्ने छन् ।" मत्ती २५:३१-३३ । न्यायकोबारेमा थाहापाउन यो भन्दा अरु के छ र ?
उपरोक्त पदमा अर्थपुर्ण तथ्यहरु प्रकाश गरेका छन् । पहिला कुरा कसको न्याय गर्ने छ भन्ने प्रश्नमा सबै देशहरुका मानिसहरु भनेका छन् । यो बिश्वब्यापी वा जगतब्यापी न्यायको समय हो । सारा जगतहरु उहाँको आँखाको अगाडी उभिने छन्।उत्पती १८:२५ मा उल्लेख गरिएको छ कि परमेश्वरले सबै पृथ्वीको न्याय गर्नेछन् । यहाँ यो पनि उल्लेख गरिएको छ कि भेंडा र बोका छुट्याय जस्तै अजम्मरी जिवन पाउने र नपाउने छुट्टिने छ -कोहि अनन्त जिवनको लागि कोहि अनन्त नाशको लागि येशूको अर्को शब्दमा । मत्ती २५:४६
अरु केहि भन्न बाँकि छ कि ?
यस पाठमा आफ्नो जिवनको लागि र अरुको अनन्त जिवनको लागि हामी कति सतर्क हुनु पर्दछ सो पुष्टी गर्दछ ।
3 परमेश्वरको घराना
माथि हामी हेर्यौ कि आखिरी समयमा कुनै न कुनै तवरले बिश्वब्यापी न्याय हुने छ जसमा सारा मानिसहरुको सहभागी हुनेछ। मण्डलीको अबस्था के हुन्छ ? अर्थात सारा बिश्वासीहरु जसले परमेश्वरलाई भित्री वा बाहिरीरुपमा ग्रहण गरिरहेका हुन्छन्, के तिनीहरुको पनि न्याय हुन्छ र ?प्रभुलाई बिश्वास गरेको नाताले हामीलाई थाहा छ कि हाम्रो सट्टा येशूलाई इन्साफ गरेर क्रुसमा टाँगिनु भएको थियो । हामीले पाउनुपर्ने पापको दोष उहाँले बोक्नुभयो ।( यशैया ५३:४-६, मत्ती २०:२८, रोमी ५:८, २ कोरन्थी ५:१४, एफिसी ५:२, १ थेस्सोलोनी ५:१० ) एलेन जि. हृवाईटले उक्तकुरा यसरी ब्यक्त गर्नुभएको छ, "जब येशू मर्नु भयो उहाँमाथि हाम्रो पाप थुपारिएको ले उहाँ हाम्रो बदला र जमानत हुनुभयो । हाम्रो लागि उहाँ दोषी ठहरिनुभयो ताकि हामीले परमेश्वरको बिधान उलंघन गर्दा पाउने पापको ज्याला उहाँले बोकेर पापबाट हामी छुट्कारा पाऔ । आदमका सन्तानको सबै पापअधर्म उहाँ माथि थोपरेको थियो जसले गर्दा उहाँको हृदय बोझले लादिएको थियो" युगको आशा, पृ. ७५३ । यसको अर्थ के यो हो त कि येशू हाम्रो साटो दोषि हुनुभएकोले अबर् इसाइहरुको न्यायर् इन्साफ हुनु आबश्यक छैन - निम्न पदहरु हेर्नुहोस र उक्त प्रश्नको जवाफ पाउनुहोस्:
मत्ती ७:२१-२३ "मलाई प्रभु, प्रभु भनेर मेरो नाउँमा अनेक आश्चर्य र शक्तिशाली काम गर्दैमा तिमीहरु परमेश्वरको राज्यमा पस्न सक्दैनौ, बरु तिमीहरुलाई म भन्ने छु, हे अधर्म काम गर्नेहरु मैले तिमीहरुलाई कहिल्यै चिन्हेको छेन, म बाट हटेर जाओ, किनकी मेरो पिताको आज्ञापालन गर्नेले मात्र उहाँको राज्यमा पस्न सक्दछन्"
ह्रि्रु १०:३० प्रतिशोध लिने, प्रतिफल दिने काम परमेश्वरको हो।परमेश्वरले मानिसहरु कसरी उहाँलाई बिश्वास गर्दा रहेछन् तिनीहरुको इन्साफ उहाँलेनै गर्नुहुन्छ ।
रोमी १४:१०-१३ बिश्वासीहरुकोर् इन्साफ अहिले हामीले गर्ने अधिकार छैन किनकी हामी सबै परमेश्वरको अगाधि न्यायको आसनमा उभिनेछौं।हाम्रो सबैको लेखा जोखा उहाँले लिनुहुनेछ ।
१ पत्रुस ४:१७ न्याय परमेश्वरको घरानाबाटै सुरुहुन्छ जुन घराना हामी हौं ।
उपरोक्त पदहरु र अन्य पदहरुले यो प्रष्टरुपमा देखाउँदछ कि परमेश्वरका परिवारहरु, उहाँको मण्डलीले न्यायको सन्मुख पर्नुपर्दछ । मत्ती ७:२१-२३ मा जव येशूको नाउँमा अपुर्ब कामहरु सिद्ध गर्यौं भनेर उहाँको अगाधि दावि गर्दा उहाँले तिनीहरुलाई अस्विकार गर्नु भयो तिनीहरु नास्तिक वा अरुलाई आस्था राख्नेहरु थिएनन् किनकी तिनीहरुले येशूको नाउँमा कामगदैननै । तर इर्साईहरुले गर्दछन् । जव पावलले भन्ने भयो हामी सबैजना परमेश्वरको न्यायआशन अगाधि उभिने छौं भन्दा आफुपनि समाबेश हुने अपेक्षा गर्नुभएको पाउँदछौं ।
त्यसकारण परमेश्वरको बचन अनुसार हरेक मानिस जो येशूभक्त हुँ भनेर देखावति वा भित्रीरुपमा दावि गर्दछन् संसारको अन्तमा हामीले दावि गरेको अनुसार चलेका छौं कि छैनौं भनेर प्रमाणित हुनर् इन्साफ हुनेछ ।
त्यसकारण कसैले हामीलाई अन्यायपुर्बक इन्साफ गरे पनि तिनीहरुको इन्साफ अपुरोनै हुन्छ र साँचो इन्साफ परमेश्वरलेनै गर्नुहुन्छ भनेर ढुक्क मान्नु जरुरी छ । परमेश्वरले दयापुर्णसाथ न्याय गर्नुहुन्छ । तत्काल हाम्रो जिवनमा परमेश्वरको करुणाको आबस्यक छ, कसैको इन्साफ होईन ।
४ "हरेक गुप्तकुरा"
"परमेश्वरले मानिसकोहरेक कामको लेखाजोखा न्यायको अगाधि राखिन् छ । हरेक गुप्तकुराहरु चाह असल होस खराबहोस त्यसको पर्दाफास गर्नेछ ।" उपदेशक १२:१४सोलोमन राजाले उपदेशक पुस्तक लेखेपछि अन्तमा उक्तपदले प्रष्टरुपमा मानिसको हरेक गोप्यमा गरेका काम र बिचारहरुको न्यायहुनेछ भनेर जुन लेखेको छ यसले परमेश्वरको मनशायलाई स्पष्टरुपमा देखाईएको छ ।
हाम्रो कामको न्याय हुन्छ भन्ने सोलोमनले मात्र भन्नुभएको छैन । येशूले मत्ती १२:३६,३७ मा भन्नु भएको छ, "तिमीहरुलाई भन्दछु, हरेक ब्यर्थका कुरा जो मानिसहरु बोल्दछन्, न्यायको दिनमा तिनीहरुले त्यसको लेखाजोखा दिनुपर्नेछ । किनकि तिम्रा बचनहरुले तिमी निर्दोष ठहरिनेछौ । तिम्रा बचनहरुले तिमी दोषी ठहरिनेछौ" । पत्रुसपनि उहाँको बचनलाई पुष्टि गर्दछन् "तिमीहरुले उहाँलाई पिता भनेर पुकार्दछौ, यो जान कि कसैलाई पनि किनारा नलगाई मानिसको हरेक कामको न्याय गरिने छ । त्यसकारण यस संसारमा परमेश्वरको भय मानेर सतर्कता अपनाई जिवनको यात्रामा लाग्नु" १ पत्रुस १:१७ । पावलपनि हाम्रो काम अनुसार न्याय हुन्छ भन्ने कुरामा अनभिज्ञ छैन । "येशूको न्याय आसनको अगाधि हामी सबै उभिने छौं । असल होस खराबहोस हाम्रो शरिरले गरेकाकामको प्रतिफल पाउनेछौं" २ कोरन्थी ५:१० । प्रकाशको पुस्तकमा युहन्नाले लेख्दछन्, "मरेर जिइएकाहरु परमेश्वरको अगाधि मैले देखें, तिनीहरु साना र महान थिए । पुस्तकहरु खोलिएका थिएः र अर्को पुस्तक पनि खोलिएको थियो जुन जिवनको पुस्तक थियोः मरेकाहरुको न्याय त्यस कितावमा लेखिएका अनुसार गरेका थिए । तिनीहरुको काम अनुसार न्याय गरिएको थियो" प्रकाश २०:१२
हाम्रो कामअनुसार न्याय हुने छ भन्ने तथ्य बाईबलमा अन्तपनि लेखिएको पाउनुहुनेछ ।
कामअनुसार न्याय हुन्छ भन्ने कुरा किन मनासीब छ ? संसारमा जतिपनि अन्याय अत्याचार दुष्तता भईरहेको छ यदि परमेश्वरले त्यसअनुसार न्याय गर्नुभएन भने परमेश्वर न्यायी हुनुहुन्छ भनि कसरी भन्ने ? बिचार गर्नुस थियोदेशीको तर्कमा परमेश्वरको न्याय कस्तो हुन्छ ।
५ उहाँले दिनुपर्ने इनाम उहाँसंगै हुन्छ
मत्ती २२:१-१३ मा येशूले बिबाहको निम्ताको कथा भन्नुभएको छ त्यसलाई ध्यानपुर्बक पढ्नुस र तलका प्रश्नहरुको जवाफ दिनुहोसः-क. राजाले आफ्नो पुत्रको बिबाहको लागि निम्तापठाएको चित्रणको यथार्थता येशूले के भन्न खोज्नु भएको हो - हेनुहोस यसको बाख्या अरु पदहरुमा जस्तैः यशैया ६२:५, होशया २:१९, २०, मत्ती ९:१५, प्रकाश २१:२
ख. आएका सबै मध्य एकजनाले बिबाहमा दिएको पोशाक नलगाई आउँदा उसले न्यायको सामना गर्नुपरेको तार्त्पर्य के हो ?
ग. उक्त मानिसलाई केलाएपछि उसले के फल पाए ?
यस दृष्तान्तमा हामी यो पाउँछौं कि न्यायको निर्णय सुनाउनु अगावै कुनै न कुनै रितले न्याय भईसकेको हुन्छ । अदालतमापनि बिना जाँचबुझ नगरी कसैको न्याय हुन्देन । प्रकाश २२:१२ मा येशूले भन्नु भएको छ कि उहाँ इनामसाथ आउनुहुनेछ । यसको मतलव कसले पाउने कसले नपाउने अगाडिनै निर्णय नभईकन उहाँको हातमा कसरि इनाम हुनेछ ? २ कोरन्थी ५:१० मा मानिसले आफ्नै जिवनमा मृत्युपु्र्व गरेका कामहरुको फल पाउनेछन् भनेका छन् । यो कुरा दानियलले पनि १२:१ मा पुष्टि गरेका पाउँछौं । जिवनको पुस्तकमा लेखिएकाहरुले उद्धार पाउने छन् भनेका छन्। इन्साफको उच्चारणगर्नु भन्दा अघि सय बर्ष होस वा सय मिनेतको होस त्यसको कामको पहिला लेखाजोखा हुनुपर्दछ । येशूको आगमनमा इनाम वा सजायँ उहाँको हातमाल्याउने भएकोले उहाँको आगमनपुर्व केहि न केहि न्याय भईनै रहेको हुनुपर्दछ ।
हाम्रो इन्साफनै नगरी कसरी न्यायको फैसला हुन्छ ? त्यसकारण परमेश्वरले हामीमाथि गर्नुहुने न्यायको फैसला न्यायोचित र तर्कपुरणता हुन्छ भन्ने थियोदेशीको भाषमा हेर्यौ भनी हामी ढुक्क हुनुपर्दछ । परमेश्वरले शैतान,को पाप र दुष्टतालाई यथोचित इन्साफ गरी फैसला गर्नुहुनेछ, यो हामी उहाँकै हातमा भएको हुनाले सबै खालको न्यायबारे हामी ढुक्क हुनुपर्दछ ।
"न्याय गर्नु होशियारसाथ हुनुपर्दछ किनकि यसमा बिबिध प्रश्नहरुको संलग्नता छ । अ. अन्यायपुर्ण संसारमा परमेश्वरको न्यायिक फैसला, थियोदेशी तर्क आ. खरावगर्नेको प्रतिफल इ. निर्दोषहरु र अनजानको दुख कष्ट इ. सत्य र असत्यबिचको बिबादलाई सदाको लागि अन्त्य ई. पाप र दुखको सदाको लागि अन्त्य । सबभन्दा मुख्यत अन्तिम न्यायले परमेश्वरको चरित्र, उहाँको न्यायपुर्ण ब्यबहार, उहाँको बिधान र उहाँले जगतमा सम्हालीआउनुभएको अभिभारा आदि कसरी ठिक रहेछ भनि प्रमाणित गर्नेछ । जगतका सारा बोद्धिक जिवहरु चाहे उद्धार पाएका होस वा नपाएका होस तिनीहरुले अब शैतान र उसका अधर्मको नाश भएपछि सुरक्षित र शान्तिपुर्वक अनन्तको शास फेर्नेछन् । त्यसकारण न्यायको समय बाईवलमा शुसमाचारको मुख्य भागको रुपमा प्रस्तुत गरिएको हो - प्रकाश १४:६,७ ) " सेभेन्थ डे एडभेन्टिष्ट बिद्याको हातेपुस्तक, ठेली १२, पृ ८१५
अन्तमाः यस भागमा हामीले बाईबलमा दर्शायका न्यायका समयको बारेमा निम्न बुंदाहरु हेर्यौ १ न्याय र शुसमाचारको बिच आपसी सम्वन्ध गाढा छ र तिनीहरुलाई छुट्याउन सकिन्दैन २. आखिर समयको पुर्व संध्यामा कुनै न कुनै किसिममा अन्तिम न्याय भएको हुन्छ ३ न्यायहुनेहरुमा इर्साई हुँ भनेर दावि गर्नेहरु पनि पर्नेछन् ४. काम अनुसारको फल भन्ने धारणा यो न्यायको समाचारले दिन्दछ ५. न्यायको अन्तिम नतिजा कि त अनन्त जिवन वा अनन्त नाश हो ६. न्यायको फैसला हुनु अघि कुनै न कुनै किसिमले इन्साफ भईरहेको हुन्छ ।
छलफल गर्नुहोसः-
१. चार नम्वरमा सोधिएका अन्तिम प्रश्नहरुको जवाफमा छलफल गरी एक आपसले के सिक्न सक्दछौं सो छलाफल गर्नुहोस । थियोदेशी भन्ने सिद्धान्तले उक्त प्रश्नहरुको जवाफमा के भुमिका खेल्दछ सो सोच्नुस
२. कर्म अनुसारको फल भन्ने बिषयलाई ब्यक्तिगत धारणा बिश्वासीहरुको बिचमा छलफल गर्नुहोस ।
३. बिचार गर्नुहोस जिवनमा कसैप्रति न्यायको फैसला गर्नु परेको थियो वा थियो भने त्यो फैसला कुन कुन आधारमा गरिएको थियो? फैसला गर्ने ब्यक्तिले कस्तो जिम्मेवार ग्रहण गरेको थियो वा उसमाथि कस्तो बिश्वास राखिएको थियो ?
हामीले गरेको फैसलाले परमेश्वरको न्यायलाई कति प्रतिविम्व गर्दछ।
दानियल २
मुल पदः "अनि यि राजाहरुको दिनहरुमा स्वर्गका परमेश्वरले यस्तो राज्य स्थापना गर्नुहुनेछ जुन कहिलेपनि नाश हुनेछैन र यसको सार्बभौमिसत्ता अरु कुनै जातिको हातमा दिईनेछ, र त्यस परमेश्वरको राज्यले अरु सबै राज्यहरुलाई चक्नाचुर पारिनेछ र जलाएर नाश पारिने छ । र त्यस परमेश्वरको राज्य सदासर्बदाको लागि खडा रहने छ" दानियल २:४४परमेश्वरको अस्तित्वको बारेमा मगज खिलाईरहेको बेला उ एक ईसाईलाई भेटेर चुनौती दिए, "परमेश्वरको अस्तित्वको प्रमाण दिन म तपाँईलाई एक घण्टाको समय दिन्छु" त्यस ईसाई बन्धुले दानियलको दुई अध्याय नहिचकिच्याईसंग पढेर अर्थपुर्ण बाख्यागरे। अध्ययनको अन्तमा त्यस युवकले स्विकार गरे , "अब मलाई थाहाभयो परमेश्वर स्वर्गमा बिराजमान हुनुहुँदोरहेछ ।" दानियल जुन ईसापुर्ब छैठौ सताब्दीमा लेखेको थियो त्यस पुस्तकको दोश्रो अध्याय दानियलको युगदेखी अहिले र पछिसम्मको ईतिहासको रुपरेखाको बर्णन गरिएको पाउँदछौं । कुनैपनि समझदार ब्यक्तिले यो अध्यायको बिलक्षण बिवरणमा परमेश्वरले दिनुभएको भबिष्यवाणी र त्यस भबिष्यवाणीको दर्शन दिने परमेश्वरप्रति अप्रभावित हुनसक्दैन । दानियका यस भबिष्यबाणी यति प्रभावशाली थियो कि ईस्वी संबतको प्रारम्भिक सताब्दिहरुमा कतीले त यो दोश्रो सताब्दीमा लेखेका भनेर दावी गर्दछन् र अहिले पनि कतिले अहिले पनि पत्यार गर्दैन । यो हास्यस्पद छ कि कसरी सताब्दीयौं अघिको भविष्यबाणी र पछिहुने भबिष्यबाणी दोश्रो सताब्दीमा केरिन सक्दछ ।
यस भागमा यस आकर्षक भबिष्यवाणीलाई हेर्नेछौं किनकि यो बिषय यस सम्पुर्ण पुस्तकमा अध्ययनको जग हो ।
१ बिश्व ईतिहासको महान मानचित्र
पढनुहोस दानियल २:१-२५ जसमा बेबिलोनका नेबुक्नेजार सम्रातले सपना देख्दछन् र उ आफ्ना देशका सबै गन्यमान्य सल्लाहकारहरु र मन्त्रीहरु, अध्यात्मक अगुवाहरु, तुनामुना गर्ने ज्योतिषी र झाँक्री आदीहरु दरवारमा भेला गराएर सपना र त्यसको अर्थ भन्न आदेश दिन्दछन् ।याद गर्नुहोस यस प्रथम भेलामा दानियल र उसका साथिहरुको उपस्थिती थिएन ।उक्त अध्याय पढेर निम्न प्रश्नहरुको जवाफ दिनुहोस:
क. दरवारमा भेलाभएका हितैषीहरुले सम्रातलाई आफ्नो सपना भन्न किन अनुरोध गरे ?
ख. बेबिलोनका त्यस बौद्धिक समुदायले सम्रातको आदेशले कुन दुई बिकल्पहरुको सामना गर्नुपर्यो?
ग. यस अबस्थाबाट उम्कन मानिसको शक्तिले भ्याउँदैन भनेर दानियलको कुन गतिविधीले देखाए ?
घ. सम्रातको सपना र भेदखुलाउन दानियल किन बिश्वस्त भए ? (दानियल २:२४)
दानियलको धन्यवाद र कृतज्ञपुर्ण प्रार्थनाले (१७-२२) दानियलपुस्तकको सबै संदेशको तात्पर्यताको बोध गराउँदछ । परमेश्वर रहस्यमय स्थानमा रहनु भएपनि उहाँको सार्बभौमिसत्तालाई कसैलेपनि चुनौति दिन सक्दैन । उहाँले संसारका सम्रातहरु वा देशका अगुवाहरुलाई उथलपुथल गर्नुहुन्छ । संसारको भुत, भविष्य र बर्तमानको ईतिहासलाई हाम्रो सिमित बुद्धीले नभ्यायपनि अन्तमा सबैथोक परमेश्वरको हातमा छ भनेर हामी निर्धक्क हुनुपर्दछ । १ कोरन्थी १३:१२
परमेश्वर, बिश्वको ईतिहासिय मानचित्रलाईमात्र आफ्नो अधिनमा राख्नुहुन्न, हामी हरेकको नजिक हुनुहुन्छ । हेर्नुहोस कसरी रातको समयमा उहाँ दानियलको नजिक आउनुभयो र उसले थाहापाउनुपर्ने भेद खुलाउनुभयो ।दानियल संसारको महान साम्राज्यमा एक बिदेशी कैदीको रुपमा थिए । तर संसारका प्रभु (यहोशु ३:१२), स्वर्ग र पृथ्वीका सृष्टिकर्ता (उत्पती १:१), नक्षत्रहरुको बाटोलाई सम्हाल्नुहुने शक्तिशाली परमेश्वर एक अनजान यहुदी र युद्धबन्दीकोसन्मुख आउनुभयो । यो कहिलै नबिर्सौं त्यही परमेश्वरको आराधना र सेवा हामी अहिले गरिरहेकाछौं ।
स्मरण गर्नुहोस अन्धकारमा छामछुम गरिरहेको समयमा परमेश्वर कसरी नजिक आउनु भएको थियो ।
२ रहस्य खु्ला गरियो
दानियल २:२६-४५ पढ्नुहोस र दानियलले सम्रात नेबुकनेजारको सपना र त्यसको अर्थ कसरी खुलाईदिए त्यसलाई आफ्नै शब्दमा संक्षिप्तमा वर्णन गर्नुहोस । यसमा चार बिभिन्न ऐतिहासिक साम्राज्यकालको बर्णन गरिएको छ । ति साम्राज्यहरुलाई मुर्तिको कुनकुनभागले प्रतिनिधित्वगरेका छन् सो तल लेख्नुहोस।क –––––––––––––––––––––––––
ख –––––––––––––––––––––––––
ग –––––––––––––––––––––––––
घ –––––––––––––––––––––––––
येशू जन्मनु छ सय बर्ष अघि दानियललाई बिश्वको ईतिहास उसको समय देखि संसारको अन्तसम्म छर्लङ्ग देखाएको हामी पाउँदछौं । सम्रातले देखेका महान अजिव मुर्तिको टाउको सुनको थियो, त्यो बेबिलोन साम्राज्यको प्रतिक थियो, छाटी र हात पाखुरा चाँदीको थियो जुन बेबिलोन पछि कमसल साम्राज्य मिड पर्सिया, पेट र तिघ्रा पित्तलको जो ग्रिस साम्राज्य, अनि चौथो राज्य फलामको खुट्टा अर्थात रोमी साम्राज्य, अन्तमा पाईटाला जुन फलाम र माटोको थियो यो आधुनिक युरोपको प्रतिक थियो । दानियल २:३२-४३ ।याद गर्नुस यो कुनै एडभेन्टिष्टले आबिष्कार गरेको अर्थ होईन तर यहुदी र ईसाई बिद्वानहरुले सताब्दियौं अघिनै दानियल २ को भेद सर्बसम्मतबाट स्विकार गरिसकेका थिए ।
यो भविष्यबाणी कहाँ गएर अन्त्य हुन्छ, अन्तमा स्थापना गरिने साम्राज्य कुन हो, र यो प्रश्नको जवाफ पुरा दुई अध्यायले कसरी दिन्छ सो मनन् योग्य छ ।
दानियल २ अविच्छिन्नरुपमा येशू जन्मनु पाँचसय अघि र संसारको अन्तसम्मको ऐतिहासीक दृष्यको पर्दाफास गरिएको छ । संसारको अन्त येशूको आगमणमा हुन्छ भनेर दर्शाएको छ ।जो मानिस यस भविष्यवाणीलाई प्रथम आगमणमामात्र सिमित राख्दछ उसले दानियल २ मात्र होईन अरु सबै अध्यायहरुको अर्थलाई अनर्थ लगाउने प्रवल सम्भावना हुन्छ । दानियल यस्तो पुस्तक हो जस्ले येशूको दोश्रो आगमणमात्र होईन तर त्यसपछि हुने घट्नाहरुका दृष्यहरुलाई चित्रित गरियकाछन् ।दानियल, सचमुचरुपमा बिश्व ईतिहासको अन्तिम घडीको सुचना दिने पुस्तक हो ।
३ रोमी साम्राज्य
दानियल २ मा यस्तो मुर्तिको बर्णन गरिएको छ जसको बिभिन्न भागहरु बिभिन्न धातुहरुले बनेको र ति भागहरु बिभिन्न साम्राज्यहरु देखाउँदछ । बेबिलोन सुन, मिड पर्सिया चाँदी, ग्रिस पित्तल र रोमी साम्राज्य फलामद्वारा प्रतिनिधित्व गरिएको पाउँछौं । खुट्टा बाहेक सबै शरिरकाभागहरु मुल्यवान धातुहरुद्वारा बिभिन्न साम्राज्यका युगहरु प्रतिबिम्व गरेका छन् ।तर फलामको खुट्टामा जव अदृष्य हातबाट कुँधिएका चट्टानले धाल्दैन तव त्यो रहिरहन्छ अनि सारा मुर्ति चकनाचुरहुन्छ । मुर्तिका पाईतालाका औंलाहरु फलाम र माटोमिसेको हुन्छ ।यो रोमी साम्राज्य हो । अरु सबै साम्राज्यहरुको अन्त भयो तर रोमी राज्य बिश्वब्यापीरुपमा अझपनि शक्तिशाली छन् । यो प्रभावकारी र शक्तिशाली पृथ्विको अन्त्यसम्म रहन्छ । तर ग्रिस जस्तो होईन, अर्कैकिसिमले ।केहि सताब्दि अघि बिलायतमा एक जना राजनितिज्ञले भनेका थिए " यदि कसैले यस महान धार्मिक आधिपत्यकोबारेमा ध्यान दियौं भने त्यो आफ्नो चिहानमाथी मुकुट लगाएर बसेका मुर्दा रोमी साम्राज्यको भूत हो" (थोमस हबस, लिभियथान ) यस उदृतले रोमी साम्राज्य कुन किसिमले शासन गरिरहेका छन् भनेर बताउँदछन् ।
बाईबलका भविष्यबाणी सताब्दीयौ पुर्ब गरेका कसरी पुराभईरहेका छन्, यसले बाईबल र परमेश्वरको प्रतिज्ञाप्रतिको बिश्वासमा दरिलो हुन सिक्नुपर्दछ ।
४ के बहुरुपमा भबिष्यबाणी तामेल भएको छ ?
दानियल २ मा पाँच साम्राज्यहरुको बर्णन गरिएपनि दुई राज्यहरुको मात्र औंल्याएको छ । ति हुन बेबिलोन र अन्तिम परमेश्वरको राज्य । पद ३७,३८ र ४४ । तर दानियल ७ र ८ मा हामी बिस्त्रितरुपमा ति पाँच राज्यहरुको बर्णन गरिएको र दुई राज्यहरुका नामद्वारै पनि औंल्याएको पाउँदछौं ।दानियल ८:२० र २१ हेर्नुहोस अगाडी भनेका दुई साम्राज्य सहित दुई अर्कोको नाम उल्लेख गरिएको छ ।
बेबिलोन – दानियल २:३७,३८
मिड पर्सिया – दानियल ८:२०
ग्रिस – दानियल ८:२१
चौठो साम्राज्य
परमेश्वरको अनन्त राज्य दानियल २:४४
दानियल आफैले दर्शनको अर्थ २:३७–४५ मा खुलाएका छन् । ति दर्शनबाट पाएको भबिष्यबाणीलाई बिभिन्न समयमा बिभिन्न अर्थमा प्रयोग गरेको पाउँदैनौं ।
चौथो राज्यको नाम उल्लेख नगरेपनि त्यो राज्यको क्रियाकलापले एउटा शक्तिकोबारेमा भनेको भनि ठम्याउन सकिन्छ जुन बिस्त्रितरुपमा पछि हेर्नेछौं । तै पनि पाँच राज्यहरुमध्ये चार राज्यहरुको नामद्वारा तोकिएको पाउँछौं । भबिष्यबाणी बिभिन्न समयमा बिभिन्न अर्थ लाग्छ भनेर देखाउँदैन अर्थात एक समयमा एक अर्थ र अर्को समयमा अर्को अर्थ । हेर्नुहोस बिभिन्न राज्यशक्तिहरु जुन आफ्नै समयमा मजबुत भएको बिश्व ईतिहासमा पाउँदछौ, दानियलका भबिष्यबाणीहरुमा ति शक्तिहरुको बर्णन पुर्णरुपमा मिलेको पाउँदछौं । भबिष्यबाणीलाई समय अनुसार परिबर्तित अर्थ लाग्छ भन्ने धारणा बाईबलले दिईदैन ।
हामी यस्तो समयमा छौं कि कुनैको पनि स्थिर छैन, यस्तो समयमा परमेश्वरले देखाएका भुत, भबिष्य र बर्तमान उहाँको अगाडी अपर्बतिनिय र नडगमाउँदो छ भनेर निश्चित हुनुपर्दछ जसले गर्दा हाम्रो बिश्वास अटल हुनु पर्दछ ।
५ पौराणिक समय देखी अन्नतसम्म
दानियल २ अध्याय मुख्यत: त्यसबेला देखी अहिले र अन्तसम्मको ईतिहासलाई लक्षित गरेको भविष्यवाणी हो ।दानियल २:३७÷४५ फेरी पढेर दुईहरफमा निषकर्ष लेख्नुहोस:
सारांशमा यो भविष्यवाणी पौराणिक समयदेखी परमेश्वरको अनन्त राज्यसम्म ओगेटेको छ । सब भन्दा महत्वपुर्ण पाठ यस पदहरुबाट हामीले के सिक्नुपर्दछ भने सपनामा देखाएका भविष्यवाणीको भेद यही पदहरुलाई ऐतिहासिक परिपक्षेमा नियालेर खोल्न सकिन्छ । जुन पदहरुले बोल्न खोजेको कुरा त्यही पदहरुमै पाईन्छ भनि दावि गर्ने एडभेन्टिष्टमात्र एक्लो छ भनेपनि हुन्छ । दानियलको यो प्रथम भविष्यबाणीले संसारको अन्तसम्मको मानव ईतिहासलाई अवलोकन गरिएको छ । दानियले उल्लेख गरिएको घट्नाहरुलाई ईतिहाससंग दाँजेर मिलेको हुनाले भविष्यवाणीको अर्थ बुझ्न भविष्यवाणिमै हुन्छ भनेर देखाउँदछ ।
दानियल २:३४,३५ र ४४,४५ मा ईतिहासको अन्तमा स्थापनागर्ने अन्तिम राज्य अहिले सम्म भएको छैन भनि थाहापाउन अगाडीका राज्यहरुको चित्रण र अन्तिम राज्यको चित्रणमा ठुलो भिन्नताले गर्दा थाहापाउन सकिन्छ । परमेश्वरको राज्य आउन अघी संसारका देशहरु बिषेश गरेर टुक्रिएको युरोपलाई एक भएर मजबुट हुनखोजछन् तर तिनिहरु कसरि असफल भईरहेकाछन्, जसरी माटो र फलाम मिसिन्दैन ति देशहरुपनि मिल्दैन भन्ने दानियलको भविष्यवाणी हाम्रै अगाढी पुरा भईरहेको हुन्दा हाम्रो बिश्वास परमेश्वरमाथी अगाढ हुनुपर्दछ ।
"कति मानिसहरुले आफ्नो जिवनकालमा घटिरहेको सत्यलाई भविष्यमा धकेली दिन्छ त कतिले पुराभईसकेको भविष्यवाणीलाई भविष्यमा हुनेछ भनि बिश्वास गरी परमेश्वरमाथीको आस्थालाई धलमल्याउन खोज्दछन्" एलेन जि॰ ह्वाईट, सेलेक्टेद मेशेजस, ठेली २, पृ १०२
यो भागमा हेर्यौं कि दानियल २ ले परमेश्वरको बचन प्रेरणाद्वारा आएकोले कति प्रभावशाली छन् र त्यसमा भरोसा राख्न सक्दछौं । येशू जन्मनु छसय बर्ष अघि बिश्व ईतिहासको मानचित्र तयार गरी यथार्थरुपमा प्रस्तुत गर्नु मानवज्ञानभन्दा बाहिरको कुरा हो । भविष्यवाणी ठिकठकरुपमा पुराभएकोले दानियलका भविष्यवाणी दोश्रो सताब्दी अर्थात घट्ना घटिसके पछि लेखेको भनी दावी गर्दछन् ।यो भनाईमा पुर्ण असत्य छ किनकी येशूले मत्ती २४:१५ मा दानियललाई उदॄध गर्नुभएको थियो ।उहाँले दानियलको भविष्यवाणी पुराहुन बाँकी छन् भनेर देखाउनु भएको छ । अर्को तथ्य रोमी साम्राज्यको अन्त्य र अहिलेका युरोपको ईतिहास नघटैकै समयमा कसरी पक्कापक्किरुपमा लेख्न सक्योभन्ने बिबादलाई कसरी धान्ने ? बाईबलका बचनलाई निष्तेज पार्नखोज्ने कुनै पनि धर्मगुरु वा पण्डितहरुमाथी हाम्रो आस्था होईन गर परमेश्वरको वचनलाई मात्र हाम्रो आस्थाको केन्द्रबिन्दु बनाउनु पर्दछ । दानियल २ ईतिहासले लादेको बचनहरु नास्तिकलाई समेत चुनौतिपुर्ण छ ।
दानियल ७
मुल पद: "जवसम्म ती अती प्राचिन आएर सर्वोच्चको पवित्र जनहरुको पक्षमा इन्साफको घोषणा गरेन, अनि त्यसपछि समय आयो जव तिनिहरुले राज्यको अधिकार गरे" दानियल ७:२२दानियल २ मा हामीले हेर्यौंकि परमेश्वरको अस्तित्वमात्र होइन, ईतिहास पनि उहाँको हातमा छ । दानियल ७ ले यस तथ्यलाई वढि पुष्टी गर्दछ । दानियल ७ मा खासगरेर दानियल २ कै आधारशिलामा छ तर यसले जगतमा हुने ईन्साफ र येशूको दोश्रो आगमनको पुर्वाधारलाई थपिएको छ ।
दानियल ७ बुझ्न दानियल २ ले देखाउँदछ । " खासगरेर दानियलले देखेका २ र ७ का दर्शन एकैखालका हुन् । दुबै दर्शनले एकै थरिको ईतिहासको पुष्टीगर्दछ । एकले अर्को अध्यायलाई दाँजेर हेर्नुपर्दछ, यो बाईवलको भेद खुलाउने प्रणाली हो । त्यसकारण दानियल ७ बुझ्न दानियल २ पढ्न अत्यावश्यक छ ।" जाक दौखान, सिक्रेत अभ दानियल, पृ.१००
दानियल ७ मा अध्ययन गर्ने धेरै छन् तर यस भागमा दानियलले देखेका अभूतपुर्व भविष्यवाणीलाई सरसरती हेर्नेछौं र स्वर्गमा भएको निष्कर्षपुर्ण ईन्साफ र येशुको आगमण जो येशूभक्तहरुको महान आशा हो, त्यो कसरी पुरा हुने भएको छ सो अवलोकन गर्नेछौं ।
१॰ सपनामा देखाईयका दानियलका दर्शन
दानियल ७:१-१४ पढ्नुस र आफ्नै शब्दहरुमा त्यसको सारांश लेख्नुहोस:जव तपाँईले दानियल ७ पढ्नुहुन्छ तपाँईले दानियल २ को दर्शन संग समान्तर भएको पाउनुहुन्छ । जस्तै १॰ चार साम्राज्य २॰ अन्तिम साम्राज्यको जोडदार वर्णन ३॰ दुबै साम्राज्यको अन्त परमेश्वरको राज्य स्थापनामा हुने
यो बाहेक अरु कुरामा मिल्दोजुल्दो छ भने हेर्नुहोस ।
दानियल ७:१६,१७ मा सपनामा पाएको दर्शनको भेद बुझ्न आधारभूत अर्थ देखाएका छन् । दानियल २ संग कसरी मिलेको छ, ति के हुन् ?
दानियल ७ मा देखाइएका दर्शन दानियल २ को बिस्त्रित हो भन्नेमा बिवाद छैन । यसमा चार साम्राज्यहरुलाई बुझ्ने गरेर बर्णन गरीएको छ । दानियल ७ का जंगी पशुहरु र दानियल २ का साम्राज्यहरु एकै हुन् । बाईबलका पण्डितहरुले यसरी हेरेका छन् :
बेबिलोन ( सिंह )
मिद पर्सिया (भालु )
युनान अर्थात ग्रिस ( चितुवा )
रोमी साम्राज्य ( चौथो जघन्य पशु )
अन्तमा परमेश्वरको राज्य
दानियलले यो देखाएको छ कि उसले पाएका दर्शन ईतिहासलाई दुरदर्शनमा देखेका हुन । दानियलले पौराणिक कालदेखी अहिले र अन्तसम्मको ईतिहासको मानचित्र देखेको हो । यो तथ्य दानियल २ मा प्रष्टपारेको छैन भने ७ मा पारेको छ ।
हामी कति गौरान्वित र भाग्यमानी छौं किनभने हाम्रो परमेश्वरले संसारको ईतिहासलाई मात्र आफ्नो बसमा राख्नु भएको छैन, अहिले र पछि जे
भएतापनि उहाँले आफ्नो अनन्तको राज्य स्थापना गर्नुहुन्छ । त्यस राज्यमा पस्न तपाँईले के निश्चिता पाउनु भएको छ ।
२ चौथो जनावर
दानियल २ र ७ को बिचमा समानान्तर छ जस्लाई हामीले उपेक्षा गर्नुहुन्दैन । दानियल २ मा चौथी शक्ति फलाम जुन ग्रिसपछि उदय हुने उल्लेख गरिएको छ ( दानियल २:३२,३३, ३९-४५)। यो राज्य राजनैतिकरुपमा नभएपनि अर्कैरुपमा शक्तिसम्पन्न भईरहेको हुन्छ जव सम्म परमेश्वरको राज्य स्थापना हुन्दैन ।दानियल ७ मा चौथो जनावरको चित्रण गरिएको छ उ पनि युनान वा ग्रिस साम्राज्य पछिको साम्राज्य हो जुन संसारको अनन्तसम्म रहन्छ । अनि परमेश्वरको अनन्त राज्य खडा भएपछि त्यसको अन्त हुन्छ । ( दानियल ७:६,७, १९-२७ ) यो चौथो राज्य पृथ्विको अनन्तसम्म अर्कैशक्तिको रुपमा रहिरहन्छ ।
दानियल ७:१९-२७ पढ्नुहोस र तलको प्रश्नको जवाफ दिनुहोस:
• दानियल ७:१९ मा उल्लेख गरिएको चौथो जनावर र दानियल २:४० को साम्राज्य शक्तिको बिचमा के समानान्तर छ ?
• सानो सिंङ्ग कहाँबाट उब्जेको छ ?
• दानियल ७ को अनुसार सानो सिङ्गको शक्ति कसरी अन्त्य हुन्छ ?
दानियल ७ मा सानो सिङ्गको शक्तिको बारेमा अलि धेरै ब्याख्या गरेको पाउँछौ । यो शक्ति महत्वपुर्ण भएकोले बिस्त्रितरुपमा बर्णन गरेको हो । यो सिङ्ग चौथो महान शक्तिपछि उब्जेको शक्ति संसारको अन्तसम्म हुन्छ , अनि स्वर्गमा ईन्साफ भएपछि आफ्ना राज्य पृथ्विमा स्थापना पुर्व त्यस सिङ्गरुपी शक्तीको नाश हुनेछ ।
मानिसहरले धर्म राज्य यस संसारमा स्थापना गर्न खोज्दछ तर असफल भएको पाउँदछौं । परमेश्वरको अग्रसर र अन्तिम समय बिना कसैले धर्मको नाउँमा धार्मिक वा काल्पनिक आदर्श राज्य स्थापना गर्न सक्दैन ।
३॰ सानो सिङ्ग
दानियल ७ मा बेबिलोन, मिडपर्सिया र युनान वा ग्रिस साम्राज्य लगत्तै पछि परम प्रभु परमेश्वरलाई नमान्ने साम्राज्य रोमको उदय भएको पाउँदछौं । जव रोमी साम्राज्यको जगजगी भएकै बेलामा उसैको राज्यबाट सानो सिङ्गको प्रादुर्भाव भएको हुन्छ र उ रोमी साम्राज्यकै अर्को शक्तिसंतुलनको रुपमा देखापरेको हुन्छ । त्यो सानो सिङ्ग को हो त ? सुधारबादिले ( प्रोटेस्तेन्ट ) सर्बसम्मतमा यो निष्कर्षमा सहमतिमा अएको छ कि ति सानो सिङ्ग अरु कोही नभइकन रोमको पोपराज्य हो । ईसाई पण्डितहरुले यो निष्कर्षमा आउनु अघि यहुदी पण्डितहरुले रोमी साम्राज्यबाट निष्किएको सानो सिङ्ग चौथो जनावरको अर्को शक्ति भनेर पहिचान गरेका थिए । पोपको राज्यशक्तिबाहेक अरु कुने हुनै सक्दैन । येशूको पुनआगमण र बौरिउठ्नुमा आस्था वा बिश्वासमा भर पर्दछ भने पोपको शासन पद्धतिलाई पहिचाउन बिश्वासको आवस्यकता चाहिदैन ।निम्न पदहरुले त्यस सानो सिङ्गको स्वभावलाई चित्रण गरिएको छ । ति चित्रण अनुसार पोपिय पद्धतीसंग कति मिल्दछ सो हेर्नुहोस:
• सानो सिङ्ग सनातन धर्महिन रोमराज्य बाट उब्जिएको हुन्छ
दानियल ७:१९,२०
• त्यो सानो सिङ्ग परमेश्वरका जनहरुलाई सतावत दिनेछ र उनिहरुसंग लडाँई गर्नेछ साथै उनिहरुको बिरुद्ध प्रवल हुनेछ ।
दानियल ७:२१,२५
• त्यस सानो सिङ्गले परमेश्वरबाट ठहराईयका "समय र बिधानहरुलाई" बदलगर्न कोशिस गर्नेछ ।
दानियल ७:२५
• त्यस सानो सिङ्गले परमेश्वरलाई चुनौती दिएर उहाँको बिरुद्ध अपशब्द
बोल्ने छ । दानियल ७:२५
यि सबै स्वभावहरुलाई ईतिहासले जोडदार र प्रस्तरुपमा चित्रण गरिएको छ । त्यो सानो सिङ्ग को हो भन्ने चिन्ह गार्हो छैन। हो हामीले भविष्यबाणीहरु सिकाउँदा होशियार र कुतनिती अपनाउनु पर्दछ किनभने कसैलाई ब्यक्तिगतरुपमा चित्त दुखाउनु हुन्दैन, तर बाईबलले देखाएको सत्यलाई बिबादस्पद छ भनेर पन्छाउन खोज्दा आफ्नो आस्थालाई बिश्वासघाटतिर लग्नु हुन्दैन । (प्रकाश १३:१-९, १४:६-१२ )
४ समय, समयहरु र समयको बिभाजन
दानियल ७:२५ मा भनिएको छ "॰॰॰ पवित्र जनहरु साढे तीन बर्षसम्म उसको हातमा सुम्पिदिनेछन् ।" हिब्रु भाषामा यि साढे तिन बर्षलाई समय, समयहरु र समयको बिभाजन भनेका छन् ।एडभेन्तिष्ट मत भन्दा बाहिरकोले पनि समय, समयहरु र समयको बिभाजनको अर्थ साढे तिनबर्ष भनेर मानेका छन् । बाईबल अध्ययनका बिद्वान लेखक थोमास नेल्सनले भनेको छन् "दानियल र प्रकाशकालेखकहरुका बाक्यशैली समय, समयहरु र बिभाजित समयको अर्थ साढे तिनबर्ष अर्थात १२६० दिनहरु अथवा ४२ महिना हो "।
दानियल १२:७, प्रकाश ११:२, १२:६,१४, १३:५ पदहरुले दानियल ७:२५ को अर्थ १२६० दिनहरु हुन भनेर बुझाउँछ । अन्य बाईबलबिदहरुले जस्तै एडभेन्टिष्टहरुले पनि भविष्यवाणीमा एक दिनको अर्थ एक बर्ष भनेर मान्दछन् । यस सम्बन्धी पछिपनि हेर्नेछौं ।तर अहिले यो हेरौं कि दानियल ७ मा बिभिन्न प्रतिकहरु छन् जो अर्थपुर्ण छन् । जस्तै पखेटा भएको सिँह, फलामको दाँतहरु भएको जनावर, र आखाँहरु भएको सानो सिङ्ग । समय भविष्यबाणीमा यि बिबिध प्रतिकभएका बस्तुहरुसंग के सम्बन्ध छ सो बुझ्नु आबस्यक छ ।
१२६० बर्ष युरोपको ईतिहासले यो बताउँदछ कि रोमबाट शासन गरिएको पोपद्वारा परमेश्वरका बिश्वासी जनहरुलाई भयङ्कर सतावत दिएको थियो । यदि हामीले पोपको आधिपत्य सुरुभएको पाँचौ सताब्दीको अन्त वा छैठौं सताब्दीको सुरुभएको र १८ र्हौं सताब्दीकोको अन्त वा १९सौं को सुरुको ईतिहास हेर्यौं भने धर्मको नाउँमा राजनैतिक हस्तक्षेप गरेर उसको मतमा नलाग्ने लाखौंलाख परमेश्वरलाई केन्द्रबिन्दु बनाउन चाहने ईसाईहरुको जिवनलाई तहसनहस पारी अनेकौं सास्ती दिएर सहिद बनाएको पाउँदछौ ।
हेर्नुहोस फेरी १२६० बर्षको ईतिहासमा भविष्यवाणी गरेको अनुसार के के हुनुथियो र भयो: दानियल ७:२५-२७, ७:८-१०, २१,२२
सबै शक्तिसाली जनावरहरुलाई उछिनेर जव सानो सिङ्गको शक्तिप्रवर्धन हुन्छ स्वर्गमा ईन्साफको सुरुहुन्छ जसले येशूको दोश्रो आगमनतिर लम्काउँछ ।
एउटो चरमबुन्दा के थाहापाउनु पर्दछ भने दानियललाई के तथ्य दुरदर्शनबाट देखाइयो भने स्वर्गमाहुने ईन्साफ १२६० बर्षको अन्तमा सुरु हुन्छ । यस समय बिश्वासीहरुले पाउने बिषेश महानसंकष्टको अन्त्य १८ र्हौं सताब्दीको अन्त वा १९सौं सताव्दीको सुरुमा थियो अथवा येशूको आगमन अगाडी । यसरी हामीलाई ऐतिहासीक झझल्को दिएको छ जसले गर्दा सप्रमाण सहित हामी भन्न सक्दछौं कि परमेश्वरको न्याय कहिले सुरुभयो, सानो सिङ्गको शक्तिको अन्त्य कसरी हुन्छ र संसार कुन दिसामा गएर समाप्त हुन्छ ।
१२६० बर्ष लामो ईतिहास हो तैपनि यसले हामीलाई परमेश्वरप्रति आस्था र भविष्यको आशामा जागिरहन सक्दछौं ।
५ सिङ्ग, परमेश्वरको ईन्साफ र उहाँको राज्य
चौथौ बुंदामा दिएको घट्ना यस्तो महत्वपुर्ण छ कि दानियल सात अध्यायमा तिनपटक देखाइएको छ ।• दानियल ७:७-१०, १४ मा नियमितरुपमा सिङ्ग, परमेश्वरको ईन्साफ र परमेश्वरको राज्यको स्थापना देखाएको छ ।
• दानियल ७:१९-२७ मा फेरी त्यही चरणवद्धमा बर्णन गरेको छ ।
• दानियल ७:२४-२७ मा पनि त्यही रुपमा प्रस्तुत गरिएको छ ।
तिनपटक दानियललाई यसरी देखाइएको थियो:
सानो सिङ्ग
स्वर्गमा न्यायको दृष्य
परमेश्वरको राज्यको स्थापना
यदि यो ऐतिहासिक दृष्य अति महत्वपुर्ण नभएको भए परमेश्वरले दानियललाई तिनपटक डोर्याई डोर्याई देखाउनुहुने थिएन । मुख्यत हामीले अचम्भमान्नुपर्नेकुरा के छ भने सानो सिङ्गको साथै संसारको अन्त्यकसरी हुन्छ भनेर हामीलाई छर्लङ्ग पारेको छ । यो हो १२६० बर्षको अन्तमा र परमेश्वरको राज्यको स्थापना पुर्व परमेश्वरले गर्ने ईन्साफ सुरुहुन्छ । यसले सानो सिङ्गको सारा शक्तिलाई भस्मासुर पारेर भौगोलिक बिश्वको हुनेतथ्यको जानकारी हामीलाई दिइएको पाउँदछौं । दानियलले देखेका २ को बिश्व ईतिहासको दर्शनले पनि यहि देखाउँदछ ।
दानियलले संसारको अन्त्य कसैसंग सम्झौता गरेर होईन तर दुष्टमाथि सदाकोलागि बिजय प्राप्त गरेर हुन्छ । हामीले दैनिक जिवनमा दुष्टसंग मुकाविला गरिरहेका हुन्छौं तर परमेश्वरको शक्तिलाई काँधमा लिएर कुनै खराबीसंग सम्झौता नगरौं किनभने दुष्टलाई एकदिन सदाको लागि परमेश्वरले समाप्त गर्नुहुनेछ र त्यसमा हामी मुछ्नु आबश्यक छैन ।
अन्तमा बिश्व साम्राज्यको ईतिहास पल्टाउनुहोस र कसरी एक पछि अर्को साम्राज्यको अन्त्य भएको थियो । ईतिहासले निश्चित समयलाई तोकिएको हुन्छ किनकी ति ईतिहासका समय कुनै ठुलो घट्नालाई औल्याएको हुन्छ । तर मोतामोतिरुपमा बाईबलले ईतिहासको मानचित्र यसरी देखाईएको छ:
बेबिलोन साम्राज्य
(ईसापुर्व छैठौं सताब्दिमा अन्त भएको )
मिडिया पर्सिया
(ईसा पुर्व छैठौ सताब्दीको मध्यदेखी सुररु र ईसापुर्व मध्य चौठो सताब्दिमा अन्त भएको )
युनान अर्थात ग्रिस
(ईसापुर्व मध्य चौठो सताब्दिको सुरु र ईसापुर्व मध्य दोश्रो सताब्दी मा अन्त)
सतधर्म बिपक्ष रोमी साम्राज्य
(ईसापुर्व मध्य दोश्रो सताब्दी देखी सुरु र ईस्वि पाँचौं वा छैठौ सताब्दि मा अन्त )
पोपको साम्राज्य
( यसको अतिवादी धर्मशक्तीले ईसाईहरुलाई छैठौं सताब्दीदेखी सतावत सुरुगर्दछ र अठार्हौं सताब्दीमा सतावतको अन्त हुन्छ )
परमेश्वरले स्वर्गमा ईन्साफ सुरु गर्नुहुन्छ
येशूको दोश्रो आगमन
पोपको जगजगी अठार्हौ वा उन्नाईसौं सताब्दीमा अन्त भएन, बाईबलले हुन्छ पनि भनेको छैन । पोपले दिने सतावतमात्रै अन्तहुन्छ भनेको छ । प्रकाश १३ मा पोपले बिश्वासीहरुलाई कसरी दुख दिन्छ भनेको छ, यो पछिहेर्ने बिषय हो ।
दानियल ७ मा के स्पष्टपारेको छ भने पोपले परमेश्वरको जनहरुलाई दिने सतावत १२६० बर्षसम्म हुन्छ र त्यसको अन्तमा स्वर्गमा न्यायफैसलासुरु हुन्छ अनि परमेश्वरको अनन्तको राज्यको स्थापना हुन्छ । यो फैसला १८ र्हौं सताब्दीको अन्तमा वा १९सौं सताब्दीको सुरुभएर येशूको आममनमा अन्त्य हुन्छ ।
सोच्नुहोस:
• दानियल ७:२२ मा परमेश्वरका जनहरुको पक्षमा ईन्साफ गरेको भनेर जनाईयको छ यसले गर्दा परमेश्वरले गर्ने ईन्साफ हाम्रो लागि शुभसमाचार किन हुन्छ ?
• सानो सिङ्गको शक्तिलाई ईतिहासमा हेरेर परमेश्वरको जनहरु प्रति उसले गरेको दुरब्यबहारलाई सम्झौता नगरी बाईबलले देखाएको उसको चरित्रलाई कसरी औल्याउनुहुन्छ ?
दानियल ८
मुल पद: "उनले मलाई भने, दुई हजार तिनशय साँझ र विहान लाग्नेछ, तव पवित्र स्थानको मुल अर्पण हुनेछ ।" दानियल ८:१४दानियल ८ प्राय जसो २ र ७ का भविष्यबाणीहरुलाई नै तेवा दिएको पाईन्छ । "अन्तको समय" भन्ने बाक्य प्रथम पकट प्रयोग गरेर मानव सभ्यताको पौराणिक देखी अन्तसम्मका ईतिहासको दस्तावेज प्रकट गरिएको पाउँदछौं । (दानियल ८:१७) दानियल ८ ले बिश्व ईतिहास ईस्रायलको ईतिहासमा सिमित नरहेर यसको दायरा फराकिलो छ र यो ईतिहासको अन्त कुनै मानवको पुरुषार्थमा होईन तर येशूको आगमनले हुन्छ भनेर छर्लङ्ग पारेको छ ।
दानियल ८ पनि २ र ७ जस्तै दुई भागमा विभाजित भएको छ: सपना/दर्शन र त्यसको अर्थ । दानियल ८ मा प्रथम १४ पदहरुमा दानियललाई सपना/दर्शन देखाएको हुन्छ जसमा उसले भेडा, बाख्रा र सानो सिङ्ग अनि पवित्र मन्दिरलाई सुद्धसफा गरेको हुन्छ । अनि बाँकी अन्सचाहिं ति दर्शनको भेद खोलाईएको पाउँदछौं । तर रुचिको बिषय के छ भने पवित्र मन्दिरमा हुने कामको बारेमा यहाँ बाख्या गरेको छैन । त्यस मन्दिर किन शुद्ध गरिन्छ भन्ने भनाई सत्य भएपनि दानियलले बुझ्न सकिन भनेर गुनासो गर्दछ । दानियल ८:२६, २७ । किनकी ८ अध्यायमा त्यसको अर्थ खुलाएको हुन्दैन तर ९ मा चाहीं हुन्छ ।
१ दर्शनमा फेरी जनावरहरु देखाईन्छ ।
दानियल ८:१-१४ पढ्नुस र आफ्नै शब्दहरुमा यसमा दर्शाएका दर्शनलाई घट्नाक्रमाअनुसार लेख्नुहोस:-दानियलाई भेडा, बाख्रा, सानो सिङ्गको र पवित्र स्थान शुद्ध गरेको दर्शन देखाएपछि १५ देखी १८ मा के भएको हेर्नुहोस । एउटा मानिसको आवाज आएर दानियललाई सपनाको अर्थ खुलाईदेउ भनेर गेब्रियललाई भनेको पाउँछौ । स्वर्गदुतले पनि दुई चोटी यो दर्शन अन्तको समयको हो भनेर पुष्टी गर्दछ ।(१७,१९)
दानियल ८ को १५ देखी २७ गेब्रियलले दानियलले दर्शन पाएका सपनाको अर्थ खुलाउँदछ ।
दानियल २ र ७ मा मिड पर्शिया र ग्रिस साम्राज्यहरु ईतिहासमा शक्तिशाली भएर देखा पर्दछ भनेको पाउँछौ । गेब्रियलले नामै टोकेर बेबिलोनबाहेक अरु साम्राज्यहरु उल्लेख गरेको हुन्छ । मिड पर्सीया र युनान अर्थात ग्रिस साम्राज्य (२०,२१) को उदय भएपछि अर्को शक्ती सानो सिङ्गहुन्छ भनेर देखाएको छ । यसको बारेमा अर्को बुंदामा हेर्नेछौं तर हेर्नुहोस यो सानो सिङ्गको हैकमतालाई परमेश्वरको शक्तिले अन्त गर्नुहुन्छ र त्यसपछि संसारको अन्त्य हुन्छ ।(दानियल ८:२५,३४)
दानियल ८ को घट्ना चक्रलाई यसरी हेर्न सकिन्छ:-
मिड पर्शिया
युनान अर्थात ग्रिस
सानो सिङ्ग
परमेश्वरको पवित्र स्थान शुद्ध पारेका
दानियल ८ ले फेरीपनि यो बताउँदछ कि यो संसार परमेश्वरको मुठ्ठीमा छ जुन आश्वासनले बर्तमानको कुनै ईतिहासले हामीलाई थर्कमान बनाउन सक्दैन भनेको सन्देश मिलेको छ ।
२ सानो सिङ्ग – प्रथम भाग
अघिल्लो भागहरुमा हामीले हेर्यौं कि दानियल २ देखी ८ सम्म पाँच साम्राज्यहरुको बर्णन गरिएको छ र पाँचौ चाहिँ परमेश्वरको राज्य भनेर उल्लेख गरिएको छ ।सबै साम्राज्यहरुको नाम तोकिएको छ तर चौठो बिषेश शक्ति जुन ग्रिस वा युनान साम्राज्य पछि उदय हुन्छ जुनकि संसारको ईतिहासको अन्तसम्म रहनेछ त्यसको नाम तिनै अध्यायमा उल्लेख गरिएको पाईन्दैन ।निम्न चित्रमा बिषेश राज्यको नाम बाहेक अरुको नाउँ उल्लेख गरिएको पाउँदछौं:-| दानियल २ | दानियल ७ | दानियल ८ |
| बेबिलोन | बेबिलोन | ----------- |
| मिड पर्शया | मिड पर्शिया | मिड पर्शिया |
| ग्रिस वा युनान | ग्रिस | ग्रिस |
| अर्को राज्य | अर्को राज्य | अर्को राज्य |
| संसारको अन्त्य | संसारको अन्त्य | संसारको अन्त्य |
अहिले सम्मको अध्ययनले हामी यो दावि गर्न सक्दछौं कि दानियल ८ मा उल्लेखित सानो सिङ्ग कुनै भौगोलिक मात्र नभएर आध्यात्मिक शक्ति हो, जुन ईतिहासका पानाहरु पल्टाएर हेर्यौं त्यस राज्यशक्तिले दर्शाएका हैकमताको लक्षणहरुले पुष्टी गर्दछ।
त्यो राज्यशक्ति कुनै अरु नभएर रोमको मुर्तीपुजक राज्य र पोपको शक्ति हुन । किनभने ति नै शक्ति हुन भनेर निष्कर्षमा पुर्याउने निम्न केही ऐतिहासीक घट्नाक्रमको तर्कले पुष्टि गर्दछ ।
दानियल २, ७ मा तेश्रो शक्ति रोम भनेको छ र त्यसलाई दाँजेर हेर्यौं भने ८ पनि रोमनै हो भनेर थम्याउन सक्दछौं ।सानो सिङ्गको हेकमताको उदय ग्रिस वा युनान साम्राज्यको अन्तपछि हुन्छ र त्यो संसारको अन्तसम्म रहन्छ भनेर देखाईएको छ र आज सम्म त्यस्तो कुन राज्यको अस्तित्व छ ?
यो पनि हेर्नुहोस मिड पर्शिया राज्य महान भनेको छ, (८:४) ग्रिस त्यो भन्दापनि महान भनेको छ (८:८) र त्यसको बिपरित सानो सिङ्ग अत्यन्त महान हुन्छ भनेर उल्लेख गरेको छ (८:९) । मानिसहरुले कुन राज्य महान भनेर बादबिबाद गर्न सकिन्छ तर अत्यन्त महान (शक्तीसाली) चाहीँ सबै भन्दा महान हो भन्नेमा द्विभिधा छैन । यसरी सानो सिङ्ग मिड पर्शिया र ग्रिसभन्दा महान रोमी साम्राज्य भन्दा अरु हुन सक्दैन ।
दानियल ७ मा पनि हेर्यौं कि सानो सिङ्गको प्रतिक पोपको राज्यशासन हो र ८ मा पनि त्यही दोर्याउँदछ किनभने त्यसको शासन परमेश्वरका जनहरुलाई सतावत दिने शक्तिको रुपमा चिनारी भएको छ ।
सानो सिङ्गले देखाएका लक्षणहरु के हुन ध्यान गरेर हेर्नुहोस, के हामी पनि त्यो लक्षणमा सहभागी कहिले कहिले हुन्दैनौं र ?
३ सानो सिङ्ग – दोश्रो भाग
दानियल २ र ७ मा उल्लेखित ग्रिसपछि आउने शक्तिसाली राज्य रोम हो भनेर सदवुत प्रमाण निसंकोचरुपमा ईतिहासले दिन्दछ । राजनैतिक रोम साम्राज्यबाट अध्यात्मिक रोमको पोपमा परिवर्तन भएर त्यो ईतिहासमा एक शक्तिसम्पन्न राज्यको रुपमा खडा भएको थियो र भईरहेको छ।चौथो राज्यको द्वैध शक्ति दानियलले देखेका तिनै दर्शनहरुमा समानान्तर पाउँछौ । दानियल २ मा धलौत प्रतिक राज्य ग्रिसपछि फलामको साम्राज्य जुन रोम हो आउँछ भनेको थियो । फेरी त्यो फलाम फैलिएर खुट्टाको दश औंलामा माटोसंग मिसीएर आफ्नो आधिपत्य जमाउन खोजेको भनेर उल्लेख गरिएको छ । जव यो राजनैतिक शक्तिको बर्णन गरिएपनी त्यही समयमा र त्यही रोममा पोपको शक्तिको उदय भएकोले ईसाई ईतिहासमा रोमन क्याथोलिक चर्चको स्थान महत्वपुर्ण मानिएको छ ।दानियल ७ मा पनि चौथो जनावरको उदय भएको र त्यसबाट सानो सिङ्ग निस्केकोले त्यही पोपको आधिपत्यलाई स्विकार गरिएको छ ।
दानियल ८ मा सानो सिङ्गलाई बिस्त्रितरुपमा हेर्नुहोस र उसको धार्मिक तत्वहरुको वर्णनले रोमको पोपशासन लाई पहिल्याएको पाउँदछौं । दानियल ८:२ मा ग्रिस साम्राज्य टुक्रा भएको पाउँदछौ र त्यसपछी चारै दिशातर्फ त्यो शक्तिसाली सानो सिङ्गको आधिपत्य जमाएको पाउँछौं । र लगत्तै पछी त्यसको दुई पक्षको वर्णन गरेको हुन्छ ।
दानियल ८:९ मा त्यस सानो सिङ्गको शक्ती चारै दिशामा फैलिएको भनेको छ भने १०-१२ पदहरुमा त्यसको निशान कता फर्केको पाउँदछौ । दानियल ८:९ मा त्यस सानो सिङ्गको राजनैतिक र शैनिक शक्तीको बिस्तार संसारको चारैदिशामा फैलिएको पाउँदछौं भने ठाडोरुपमा स्वर्गको जनहरुलाई, जगतको राजकुमार र पवित्र स्थानमाथि धावा बोलेको पाउँदछौं । हो स्वर्गमा त्यो सानो सिड्गले सिधै हमला गर्न सक्दैन तै पनि उसको आत्मिक कार्यक्रिलापले प्रभु येशूले गर्नु भएको काम र गरिरहनेभएको कामलाई चुनौती दिएको पाउँदछौं । त्यस पोपले दावि गर्दछन कि उ येशूले पाएको स्थानमा आफु बसेको र उहाँले गर्ने क्षमा दिनेकाम आफुले गर्न अधिकार पाएको दावि गर्दछन र उसको हालिमुहालीमा नचल्ने करौडौंलाई सहिद बनाएको पाउँदछौं ।ईतिहासले यो बताउँदछ कि सिजर सम्रातको शक्ति पोपमा हस्तारन्तरणभएर आत्मिक साम्राज्यको मालिक बनेको हुन्छ ।
४ पवित्र स्थानको शुद्धिकरण
दानियल ८ अध्यायलाई सरसरति हेर्दा यसरी सारांसमा आउन सक्दछौं:-मिड पर्शिया
ग्रिस अर्थात युनान
रोम
पवित्र स्थानको सफाशुद्ध गरिने
दानियल ८ मा दानियललाई पवित्र स्थानको सफाशुद्ध गरिने दर्शनको अर्थ बाहेक सबैको भेद गेब्रियल स्वर्गदुतले खुलाएका थिए । यस्को बिषेश बाख्या नगरेपनि पवित्र स्थानको सफाशुद्ध बारे यही ८ अध्यायमा शक्तिशालीरुपमा सूचित गरेको पाउँदछौं ।
दानियल ८:१४ मा भनिएको पवित्र स्थानको सफाशुद्धीकरण ईतिहासको निश्चित समय पछि जव सानो सिङ्गको गतिविधीपछी हुन्छ भनिएको छ । (दानियल ८:२२-२५) हेर्नुहोस पद २५ मा त्यो सानो सिड्गको बिषेश कार्य कलापमा अन्त भएर पवित्र स्थानको सफाशुद्ध गरिने छ भनेर देखाईएको छ ।
दानियलले देखेका दर्शनको अर्थ यस प्रकार छ:-
| दर्शन | अर्थ |
| भेडा | मिड पर्शिया |
| बाख्रा | ग्रिस वा युनान |
| सानो सिङ्ग | रोम |
| पवित्र स्थानको सफाशुद्ध गरिने | अलौकिक ढंगले सानो सिङ्गको अन्त्य |
पवित्र स्थानको सफाशुद्ध जसरी गरिए पनि यसले अलौकिक ढंगले बिश्व साम्राज्यको चाहीं अन्त हुनेछ भनेर दानियल २ र ७ मा देखाएको छ, अनि परमेश्वरले आफ्नो राज्य स्थापना गरिने छ । कति बिद्वानहरुले पवित्र स्थानको सफाशुद्ध गरिने भनेको मानव ईतिहासमा सिमित रहेर दोश्रो सताब्दीमा जेरुसलेमको मन्दिरको नाशसंग जोडिएको देखाउन खोजेको छ । तर यो अर्थमा सार्थकता छैन किनकि दानियल २ र ७ अनुसार पवित्र स्थानको सफाशुद्ध गरिने भनाईमा जगतको ईतिहासमै अत्यधिक घट्नाक्रमलाई जनाउँछ । तसर्थ पवित्र स्थानको शुद्धिकरण तिन बिश्वसाम्राज्यबादको हैकमताको उदय र पतन पछि हुने भनेकोले ईसाई ईतिहासमा यसको गहिरो अध्ययन हुनु अत्यन्त जरुरी छ किनभने यसले हाम्रो बिश्वासको भविष्यलाई निर्धारण गर्दछ ।
के हाम्रो जिवनमा पनि केहि शुद्धिकरण गर्नु छ बिचार गर्नुहोस ?
५ स्वर्गमा न्यायईन्साफ
हामीले केही हप्तादेखी अध्ययन गरीरहेका सन्देश संक्षिप्तमा तल उल्लेख गरेको छ र यसले पवित्र स्थान शुद्धिकरण गरिने भनेको के हो देखाउन खोज्दछ ।दानियल २ दानियल ७ दानियल ८
बेबिलोन बेबिलोन ----------
मिड पर्सिया मिड पर्सिया मिड पर्सिया
ग्रिस ग्रिस ग्रिस
रोम साम्राज्य रोम साम्राज्य रोम साम्राज्य
रोमी पोपको राज रोमी पोपको राज रोमी पोपको राज
---------------- स्वर्गमा ईन्साफ पवित्र स्थानको सुद्धि
दोश्रो आगमन दोश्रो आगमन ------------------
माथीको अध्यायहरु हेर्यौं भने तिन अध्यायको बिचमा समानान्तर पाउँछौ । साम्राज्यहरुमा मात्र समानान्तर होईन दानियल ७ र ८ मा १२६० बर्षसम्म पोपिय गतिबिधी पछि स्वर्गमा हुने पवित्र स्थानको शुद्धिकरण पनि उल्लेख गरियएको पाउँदछौं । अर्थात दानियल ८ को स्वर्गको पवित्र स्थान शुद्धिगर्नु भनेको दानियल ७ मा संसारको अन्त्यहुने संकेत देखाएको पाउँछौं ।
माथि उल्लेखित चित्रमा येशूको आगमनपुर्व न्यायनिसाफहुन्छ भनेर देखाएको छ । अत्यधिक महत्वपुर्ण बुंदाचाहीँ के भने दानियल ७ मा स्वर्गमा न्यायहुन्छ भनेको छ भने दानियल ८ मा पवित्र स्थानको शुद्धिकरण हुन्छ – यि दुबैको अर्थ एउटै हो अर्थात येशूको दोश्रो आगमन अघि संसारको न्यायनिसाफ वा पापी र अधर्मिको बिचमा छिनोफानो हु्न्छ । प्रकाश २२:१२ मा भनिएक छ "हेर म चाँडै आउने छु । हरेक मानिसलाई उसले गरेअनुसार प्रतिफल मसँग छ ।" अर्थात उहाँ यस संसार मा आउनु अघिनै हरेकको निसाफ भईसकेको हुन्छ ।
अन्तमा:-
बिश्व ईतिहास पल्ट्टायौं भने दानियल ७ र ८ निम्न तरिकाले दुरदर्शकको रुपमा प्रस्तुत गरेको पाउँदछौं:-
दानियल ७ दानियल ८
बेबिलोन -------------
(ईसापुर्व मध्य ६०० सताब्दिमा अन्त हुन्छ )
मिड पर्शिया मिड पर्शिया
(ईसापुर्व मध्य ६०० सताब्दिदेखी ईसापुर्व मध्य ४०० बर्ष)
ग्रिस ग्रिस
(ईसापुर्व मध्य ४०० सताव्दिदेखी ईसापुर्व मध्य २०० वर्ष)
राजनैतिक रोमी साम्राज्य राजनैतिक रोमी साम्राज्य
(ईसापुर्व मध्य २०० वर्ष देखी ईस्वी संबत ६०० सम्म)
रोमीय पोपको शासन रोमीय पोपको शासन
(सन्तहरुलाई सतावत दिने समय: छैठौं सताव्दिदेखी १८००-१९०० ईस्वी संवत सम्म )
स्वर्गमा न्याय भएको दृष्य पवित्र स्थानको शुद्धिकरण
दोश्रो आगमन अदृष्य हातले संसारको अन्त्य
माथी बर्णन गरीएको ७ अध्यायको न्यायको समय जुन १२६० संवत पछि सुरु हुन्छ दानियल ८ को पवित्र स्थानको शुद्धिकरण पनि त्यही समयमा हुन्छ भनेर देखाउँछ । यो कार्य उन्नाईसौं सताब्दी अर्थात येशूको आगमन पुर्व हुनेछ भनेर निर्धारण गरिएको देखाउँदछ । अहिले सम्म न्यायको समय निश्चीत समयदेखी सुरु हुन्छ भनेर हेरेका छैनौं , त्यो पछी हेर्नेछौं ।
हो दानियलले सबै भविष्यबाणीको अर्थ तत्काल बुझाईयको थिएन ते पनि परमेश्वरमाथिको आस्था ढलमलिएको थिएन । उन्को अनुशरणले हामी यो निष्कर्षमा आउनु पर्दछ कि हाम्रो आस्था हामीले सबैबुझेका ज्ञानमा भन्दा परमेश्वरमा हुनुपर्दछ ।
दानियल ९
मुल पद: "मैले पाप स्विकार गर्दै परमप्रभु मेरा परमेश्वरलाई प्रार्थना गरें, —हे परमप्रभु, महान र भययोग्य परमेश्वर, जसले उहाँलाई प्रेम गर्ने र उहाँको आज्ञा पालन गर्ने सबैसंग प्रेमको करार पुरा गर्नुहुन्छ, हामीले पाप गरेकाछौं र गल्ती गरेकाछौं । हामी दुष्ट भएका छौं र बागी बनेका छौं । हामी तपाँईको आज्ञा र धार्मिक नियमहरुबाट तर्केका छौं ।" दानियल ९:४,५हामी अघि बढनु पहिले अघिल्लो भागमा वर्णन गरिएका मानचित्रहरु स्पष्ट हुनु जरुरी छ ।किनभने तिनिहरु हाम्रो आस्थाका गहिरो जगहरु हुन् जसले गर्दा अध्ययनमा अघि बढ्न मार्ग तयार गर्दछ ।सबभन्दा मुख्य बुझ्नुपर्ने बुंदा के भने दानियल ७ मा उल्लेखित न्यायनिशाफको झलक र दानियल ८ मा पवित्र स्थानको शुद्धिकरण गरिने दर्शनको अर्थ एउटै हो किनकि यि दुवै घट्ना १२६० वर्ष जव पोपको आधिपत्यमा परमेश्वरका सन्तहरुले पाउने सतावतपछि घट्ने हुन् । जव अथार्हौं सताब्दिको पुर्ब सन्ध्यामा र उन्नाईसौं सताव्दिको सुरुको समयलाई ख्यालगर्दा कुनचाहिँ पवित्र स्थानको शुद्धिकरण गरिने भनेको ? स्वर्ग वा पृथ्विको ? (हेरनुहोस मत्ती २४:२, लुका २१:६, हिब्रु ८:१,२ ) स्वर्गकै पवित्र स्थान हो भन्ने तथ्यलाई द्विविधा हुनुहुन्दैन ।
अन्तमा हेर्नुहोस परमेश्वरले सारा ईतिहासका साम्राज्यहरुलाई पवित्र स्थानको शुद्धिकरणको परिधिभित्र राखेर यस ज्ञानको महत्वतालाई बढवो दिएको छ । परमेश्वरले यो देखाउनु भएको छ कि ससारका कुनैपनि चक्रबर्ती बादशाहहरुले आफ्नो साम्राज्य अटल, मजबुत र नबदलिने भनेर अहंतामा ढृढ हुन्छ भने त्यो कल्पनामात्र हो । परमेश्वरले हाम्रो आस्था कुनै मिठाकुराहरुमा र मनगढन्ते पौराणिककथाहरको भरमा नहोस भनि चाहनु हुन्छ । परमेश्वरले आफ्नो सत्यमार्गलाई जगतले बुझुन भनेर बिश्व ईतिहासलाई साछी राखेर देखाउनुभएको छ ।
यस भागमा ईतिहास र भविष्यवाणीलाई दानियल ९ ले कुन आश्चर्यपुर्वक सिलसिलामा लगिएको छ सो हेर्ने छौं ।
१ अपुरो कार्य
"अहासूरका छोरा दाराको प्रथम बर्षमा जो मादी बंशका थिए र बेबिलोनी राज्यका शासक तुल्याईएका थिए" दानियल ९:१ । उक्तपदले अघिल्लो तिनभागमा उल्लेखित बयानहरुभन्दो भिन्नै भएको पाउँदछौं ।दानियल ८ मा बेबिलोन उल्लेख गरेको पाउँदैनौं । उक्त अध्यायमा बेबिलोन उल्लेख नगरी मिडपर्शिया उल्लेख गरेको कारण परमेश्वरले दानियललाई दोश्रो साम्राज्यको उदयलाई प्राथमिकता दिएको हुनसक्दछ ।दानियल २ मा भबिष्यवाणीको सपनदर्शन र त्यसको भेद खुलाएको पाएका थियौं । दानियल ७ मापनि त्यही पाराको सपनदर्शन र भेद खुलाएको थियो । दानियल ८ मा पनि सपनदर्शन र त्यसको भेद खुलाएको तर सबैकुरा खुलागरिएको थिएन । हेर्नुहोस दानियल ८ मा एउटाकुराको भेद खुलाएको छैन, त्यो के होला ?दानियललाई पहिलाका सपनदर्शनहरुको सार बुझाईएको थियो तर ८ अध्यायको अन्तमा उसलाई एउटाको अर्थ नबुझाउँदा अन्योल भएको थियो । त्यो थियो दानियल ८:१४ मा भएको २,३०० बिहान र बेलुकाबारे प्राप्त दर्शन, अरु सबै दर्शनको भेद थाहा पाए तर यसको पाएको थिएन । अब हामी दानियल ९ मा पस्नेछौं यो मनमा राखेर कि दानियलले ८ मा ८:१४ को अर्थ थाहा थिएन ।
दानियललाई परमेश्वरको प्रवक्ता वा भबिष्यबक्ता भनेर मानिन्छ तर उसले पाएको सपनदर्शनको अर्थ तत्काल बुझ्ने पर्छ भन्ने छैन। एलेन जि॰ ह्वाईटले पाउनु भएको दुरदर्शित बरदान पनि कतिले तत्काल बुझिएको थिएन तर यसो भयो भन्दैमा उहाँ पाएको बिलक्षण बरदानलाई प्रश्न गर्नु आवश्यक ठानिन्दैन ।
२ यहुदीहरुको निर्बाशन
दानियल ९ मा हामि पाउँदछौ कि उ दानियल २,७, र ८ को भविष्यवाणी पुराहुने भने अनुसार मिड पर्सियाको राज्यको अन्तर्गत दानियलको जिवन पाउँछौं । दानियल र परमेश्वरका जनहरु बिदेशमा युद्धबन्धीको रुपमा थियो, येरुशलेममा परमेश्वरको मन्दिर जिर्ण अवस्थामा थियो र उसको देशको पुन:संरचना नभएकोले दानियललाई पिर खप्नु परेको थियो ।दानियल ९:२ मा उल्लेखित प्रतिज्ञा र भविष्यबाणीले उसले आशाको किरण भेट्टाएको पाउँदछौं ।
"उनका राज्यकालको प्रथम बर्षमा म, दानियलले, यर्मिया अगमबक्तालाई दिएको परमप्रभुको बचनअनुसार धर्मशास्त्रबाट बुझें कि यरुशलेमको उजाड अवस्था सत्तरी बर्षसम्म रहनेछ ।"
यहुदी देशका मानिसहरुले जतिसुकै महान आशा बोकेका भएपनि परमेश्वरमाथि आस्था नराख्ने अन्य जातिहरुले युद्धबन्दी बनाएर लगेका थिए । सरसरती हेर्दा यहुदा र यहुदिहरुको अन्त यसमा हुनुपर्नेथियो । तर परमेश्वरको तर्फबाट आफ्ना जनहरुसंग कारोबार गर्ने अन्त्य भएको थिएन । परमेश्वरको अगमबक्ता वा प्रवक्ताहरुले यहुदीहरु अत्तेर भएर परमेश्वरबाट तर्केर जान्दा उनिहरुले दु:ख पाउँछ, नाश हुन्छ, न्यायी परमेश्वरले उनिहरुको अन्याय सहनुहुन्न भनेर चेतावनी दिएको थियो त्यसको साथै उनिहरुले उद्धार पाउने र पुन:स्थापनाहुने महान आशाको प्रतिज्ञापनि पाएको थियो ।
यर्मिया १९:१०-१२ र २५:११,१२ को पदहरुको अगमवाणीले गर्दा दानियलले आफ्नो आशाको श्रोत पहिचान भएको थियो । परमेश्वरको प्रतिज्ञा अनुसार यर्मियाको भविष्यवाणी पुरा भएको थियो। यो २ ईतिहास ३६:१८-२३ मा पाउँछौं जसमा हेर्यौंभने परमेश्वर र उहाँको बाचाको बारेमा हामीलाई ज्ञान हुन्छ ।
यर्मियाको भविष्यबाणी पुराहुन बाँकीनै थियो जव दानियल ९ का घट्नाहरु घटिरहेको थिए । ६०५ ईसापुर्व मा सुरुभएको ७० बर्ष सम्महुने यरुशलेममाथी कब्जा, बिदेशमा दानियल र अरु बन्धीहरुको निर्बासनको म्याद सकिनै लागको थियो । तैपनि द्रुतगतिले पुराभएको थिएन । परमेश्वरको जनहर निर्वासनमै थिए, यरुशलेम भग्नावषेशमै थियो, मन्दिरको पुन:निर्वाणहुने कुराको सुरुपनि भएको थिएन । दानियलकै कालमा महान बेबिलोनराज्यको पतन भयो, दोश्रो, मिड पर्शियाको उदय भयो जुन धेरै बर्ष अगाडी परमेश्वरले सपनदर्शनद्वारा उसलाई देखाईएको थियो। अरु महान घट्नाहरु हुन बाँकिनै थियो जुन मानिसको क्षमताले बुझ्न कठिन थियो ।यसकै सिलसिलामा दानियलले हृदयबिदारक प्रार्थना गर्दछ ।
दानियल परमेश्वरको प्रतिज्ञाहरुको आशामा झुम्मियको थियो । बिचार गर्नुस के तपाँई पनि परमेश्वरको कुनै प्रतिज्ञामा बाचिरहनुभएको छ ?
३ "हामीले पाप गर्यौं"
दानियल ९:३-१९ पढेर आफ्नैशब्दहरुमा उसका प्रार्थनाको सारतत्व तलका हरफहरुमा लेख्नुहोस:-दानियलको प्रार्थनामा धेरै बुंदाहरु औंल्याएको पाउँछौं:-
क॰ दानियलले आफ्ना जनहरुको पाप स्विकार गर्दछ र तिनिहरुले ति अधर्ममार्गमा हिंडनु पर्ने कारण नभएकोले तिनिहरु सफाई पाउन योग्य छ भन्ने कुनै बहान नभएको महशुस गर्दछ । यसले हामीले पनि पाठ सिक्नु पर्दछ ।
ख॰ दानियलले यो स्पष्टरुपमा भन्दछ कि उसका मानिसहरुका मुख्य पाप भनेको परमेश्वरको बचनमा ध्यान नदिनु र त्यसबाट तर्केर जानु । के हामी पनि त्यही पापको सहभागी छौं कि ?
ग॰ मानिसहरु आफ्नै कारण सजायँ, दु:ख, कष्ट भोग्नु परेको बाबजुद दानियलले परमेश्वरसंग दया, अनुग्रह, सदासयता, करुणा र पुन:स्थापनाको लागि अनुनय बिन्ती चढाएको हुन्छ । हामी पनि भुल गर्दछौं, दानियलको प्रार्थनाले हामीलाई के हौशला प्रदान गर्दछ?
दानियलको प्रार्थना हेर्नुभयो भने एउटा कुरा हामी पाउँदैनौं, त्यो हो दानियलले सबैले सोध्ने प्रश्न हो, "यि सबैकुरा हामिलाई किनभयो?" कारण के थियो भने यि सबै किन भयो उसलाई थाहा थियो । परमेश्वरको जनहरुले उहाँलाई टेरेनन् । दानियलले परमेश्वरसंग केहि प्रश्न गर्नुभएन न त कुनै ज्ञान, बुद्धि, वा नव ज्योती मागे ।कुन सन्दर्भमा उ प्रार्थना गरेको थियो उसलाई थाहा थियो: ईस्रायलीहरुले पाप गरे, त्यसको सजाँय भोगे र अव उ चाहन्छ कि परमेश्वरले प्रतिज्ञा गरे अनुसार स्वदेशको पुन:स्थापना ।यो पनि ख्याल गर्नुस यस प्रार्थनामा परमेश्वरसंग दानियलले २३०० दिनको नबुझेको भविष्यवाणीको अर्थ बुझ्न बिन्ति गरेन ।
सोच्नुहोस दानियलले आफ्नो प्रार्थनमा उल्लेख कुनै यस्ता कुरा छन् जसले परमेश्वरसंग हिँडाईमा तपाँईलाई तेवा दिन्दछ ।
४ "दक्षता र बुझ्ने शक्ति"
पढ्नुहोस दानियल ९:२०-२२ मा के हुन्छ । दानियलले प्रार्थनागरे लगत्तै स्वर्गदुत गेब्रियल उसकहाँ देखा पर्दछ । दानियल ८:१६ पछि यो दोश्रो चोटी दानियलकहाँ गेब्रियल देखा परेको हो। उपरोक्त पदमा दानियललाई २३०० दिनको अर्थ बाहेक गेब्रियललाई दानियलको सपनदर्शनको भेद खुलाउन निर्देशन दिईयको थियो ।कुन खास सपनदर्शनमा गेब्रियल देखापरेको नभने पनि पहिला देखापरेझै भनिएकोले (पद २१) हामीले यो निष्कर्षमा पुग्न सक्दछौं कि दानियलले नबुझेको सपनदर्शनको भेद खुलाउन आएको हो ।
दानियल ९:२०-२३ मा दानियललाई गेब्रियल देखापरेको कारण खुलाउँछ ।
अघि हेर्यौं कि दानियलले आफ्नो प्रार्थनामा नबुझेको दर्शनको अर्थ बुझाईदिन भनेको पाईन्दैन ।अब आएर स्वर्गदुतले भन्दछ कि दानियललाई दिब्यज्ञान दिन उ आएको हो । केको ज्ञान त ? उसले नबुझेको २३०० दिनहरुको बारेमा हो भनि निषंकोचमानि भन्न सकिन्छ । गेब्रियलले भन्दछ कि दानियलले ८:२७ मा नबुझेको दर्शनको अर्थ बुझाउन दक्षता र बुझ्ने शक्ति दिन उ आएको हो ।
यो पनि ख्याल गर्नुहोस दानियल ८:१४ को भविष्यवाणी समयसंघ सम्बन्धित थियो । दानियल ९:२४ को समय सम्बन्धित भविष्यबाणीको अर्थ खुलाउन स्वर्गदुत आएको भनिएको छ । दानियलको ९ को सपनदर्शन ८ को २३०० दिनहरसंग सम्वन्धित थियो । दानियल २,७ मा दानियलले स्वप्न दर्शन पाएको थियो र त्यसको भेद पनि खुलाएको थियो । दानियल ८ मा पनि स्वप्नदर्शनपाए र पुरा अर्थ दिएको थिएन । दानियल ९ मा स्वप्नदर्शन दिएको थिएन तर अर्थमात्र खुलाएको थियो । केको अर्थ भन्दा दानियल ८ मा नबुझाईएको दर्शनको अर्थ हुनआउँदछ।
५ "स्वप्न दर्शनबुझ्न दिब्यज्ञान"
दानियल ९:२४-२७ र दानियल ८:१४ को बिचमा साझा सम्बन्ध छ भनेर प्रभुले देखाउनु भएको छ । दानियल ८:१,२ मा दानियलले तिन पटक स्वप्न दर्शनको शब्द प्रयोग गरेको पाईन्छ। हिब्रु भाषामा ति तिनै शब्दलाई एउटै शब्द —हेजोन— (hazon) प्रयोग गरेको पाउँछौं । "अघिल्लो दर्शन मलाई देखा परेपछि, राजा बेलसजरको राज्यकालको तेश्रो बर्षमा म दानियलले एउटा अर्को दर्शन देखें । मेरो दर्शनमा मैले आफैलाई एलाम प्रदेशको शूशमको किल्लामा देखेँ, दर्शनमा म ऊले सहरको छेउमा थिएँ ।" (दानियल ८:१,२)दानियलले भेडा, बाख्रा, सानो सिङ्ग र आदिको दर्शनको बाख्या ८ मा गरिएको पाउँछौ ।यो दर्शनलाई हिब्रु शब्द हेजोनको प्रयोग गरेको पाउँछौं ।
तर त्यसको बिपरित जव २,३०० दिनकोबारे बाख्या गर्नुपर्दा अर्कै हिब्रुशब्द मारेह (mareh) प्रयोग गरेको पाउँछौं । "तिमिलाई दिइएको साँझहरु र बिहानहरुसम्बन्धी दर्शन (मारेह) सत्य छ, तर त्यो दर्शनलाई मोहरलगाई बन्ध गर, किनभने यो धेरै पछिको भविष्यसंग सम्बन्धित छ ।‘ म दानियल अति थकित भएँ र केही दिनसम्म बिरामी भई पस्रिएँ । तव म उठेर राजाको कामधन्धामा लागें । दर्शन (मारेह) को कारण म ब्याकुल भएँ, यो समयदेखी बाहिरको कुरा थियो" (दानियल ८:२६,२७)
यसरी दानियलले प्रयोग गरेका दुई किसिमको दर्शनलाई दुबै किसिमको शब्दहरु (हेजोन र मारेह) प्रयोग गरेको पाउँदछौं।बुझिएको दर्शनलाई हेजोन र २,३०० दिनहरु नबुझिएको दर्शनलाई मारेह प्रयोग गरेको थियो ।
अव ति दुबै शब्दहरु दानियल ९ मा प्रयोग गरेको पाउँछौं जव दानियलकहाँ गेब्रिएल देखा पर्दछ । "जसै म प्रार्थनामा के थिएँ, पहिलेको दर्शनमा (हेजोन) मैले देखेको मानिस, गेब्रिएल, साँझको बलिदानको समयमा बेगसंग उडेर मकहाँ आए उनले मलाई आदेश दिएर भने, —हे दानियल अहिले म अन्तर्ज्ञान र समझ दिन आएको छु । तिमीले प्रार्थना गर्न थाल्ने बित्तिकै प्रार्थनाको उत्तर दिईयो, जुन चाहिँ तिमीलाई बताउन म आइको छु, किनकि तिमी अति सम्मानित छौ । त्यसकारण सन्देशलाई विचार गर र दर्शन (मारेह) बुझ ।" (दानियल ९:२१-२३)
मारेह शब्दलाई उपयोग गरेर के भन्न खोजिएको हो ? यसको अर्थ एउटै हो: जुन दर्शन २३०० दिनहरुको बारे उसले बुझेन त्यसलाई मारेह प्रयोग गरेको छ ।खासगरेर —बुझ‘ भन्ने शब्दको जरा —विन‘ हो जो दानियल ८:२६ को मारेहसंग सम्वन्धित छ ।
हो यो स्पष्ट छ कि गेब्रिएलले अगाडीको दर्शनहरुसंग सम्वन्धित तर नबुझेको २३०० दिनहरुको दर्शन (मारेह) बुझाउन दानियलकहाँ आईपुगेको थियो ।
अन्तमा:
दानियल ८ दानियलले नबुझेको दर्शन (मारेह) (दानियल ८:१४ र ८:२६) दानियल ९ मा गेब्रिएलले बुझाउन आएको हुन्छ । गेब्रिएलले दानियलाई बुझ भनेर भन्ने बित्तिक्कै अर्को समयसंग सम्बन्धित भविष्यवाणी दिन्दछ ।
एडभेन्टिष्टहरुले दुई अध्यायसंग सम्वन्धित शक्तिसाली भविष्यबाणीहरु अर्थपुर्णरुपमा हेर्दछ । हामी मात्र होईन कठ्ठर यहुदी बिद्वानहरुले पनि यि दुई भविष्यबाणीहरुलाई एकआपसमा सम्बन्ध छ भनेर वकालत गर्दछ । तर ७० हप्ता (दानियल ९:२४) भविष्यबाणीलाई ति यहुदी पण्डितहरुले के भन्दछ त ?
"दानियल ८:१४ को दर्शन र १६-२६ को दर्शनलाई दानियलले नबुझिएकोले मारेह शब्द प्रयोग गरिएको छ ।"
दानियल, आर्ट स्क्रोल टिमाक सेरिज (ब्रुकलिन, न्युयोर्क: मेसोराह पब्लिकेशन, १९८८) पृष्ठ २५८
जसरी कठ्ठर यहुदी बिद्वानहरुले ७० हप्ताको भविष्यबाणीलाई २३०० दिनहरुको भविष्यबाणीसंग जोडेर अर्थ लगाउँछ । हामी पनि उनिहरुसंग पुर्ण सहमत भई दुई भविष्यबाणीहरुलाई एउटै अर्थमा गाँसेर बाख्या गर्दछौं ।
दानियल ९ को प्रार्थनामा हामी बारम्वार दानियलले "हामीले अपराध गरेकाछौं" भनेका छौं समग्ररुपमा हामीलाई यो जानकारी छ कि दानियल पवित्र, परमेश्वरको परमभक्त, निष्कपट, ईमान्दार जनमा गनिन्छ ।तैपनि अपराधगर्ने परमेश्वरको जनसमुदाय यहुदीहरुसंग आफुपनि अपराध गरेको छु भनेर ब्यक्त गर्दछ।यसले हामीलाई के सन्देश दिन्दछ, सोच्नुहोस ।
७० हप्ताहरुको भविष्यबाणी
मुल पद: "तिम्रो जाति र तिम्रो पवित्र शहरको निम्ति अपराध खतम पार्न, पाप समाप्त गर्न, दुष्टताकोलागि प्रायश्चित गर्न, अनन्त धार्मिकता ल्याउन, दर्शन र अगमबाणीलाई मोहर लगाएर बन्द गर्न, र महापवित्रस्थानलाई अभिषेक गर्न सत्तरी —सातहरु‘-को आदेश तोकिएको छ ।" दानियल ९:२४दानियल ७ को न्यायनिशाफ र दानियल ८ को पवित्र स्थानको शुद्धिकरणको घट्ना एउटै हो भन्नुमा द्विविधामा नपरौं । यि दुबै वर्णन गरिएको घट्ना १,२६० बर्षपछि हुने हो ।
हामीले हेर्यौं कि दानियल ८ को दर्शन २,३०० दिनहरु, उसलाई तत्काल नबुझाई तुँगोलगाएको थियो । दानियल ९ ले दानियल ८ को लगत्तै गेब्रियल स्वर्गदुत आएर उसले नबुझेको दर्शन बुझाउन आएको भन्दछ । यसरी हामी यो बुझ्दछौं कि दानियल ८ मा नबुझाएका वा आंशिक अर्थ दानियल ९ मा बुझाएका हुन्छन् ।
यस भागमा दानियल ९ लाई निरन्तर दिएर ७० हप्ताहरुको दर्शनमा केन्द्रित गर्नेछौं । यसमा हामी बाईबलको प्रभावशाली प्रेरणाकोबारे जानकारी प्राप्त गर्ने छौं र साथै यस भविष्यबाणीको केन्द्रविन्दु येशू, "मशिह राजकुमार", (दानियल ९:२५) जो २३०० दिनको भविष्यबाणीको जग हुनुहुन्छ उहाँको बारेमा पनि जानकारी हासिल गर्नेछौं ।
१ ७० हप्ताहरु
दानियल ८:१४ झैं ९:२४ मा अर्को समयसंग सम्वन्धित भविष्यबाणी गेब्रियलले दानियललाई दिन्द छ ।
कुन भविष्यवाणी लामो छ, २,३०० दिनहरु कि ७० हप्ताहरु ?
हामीलाई दुई भविष्यबाणीहरु समयसंग जोडेको संगसंगै दिएको छ, २,३०० दिनहरु र ७० हप्ता जुन पहिलो भन्दा छोटो छ ।
७० हप्ताहरु
-------------------->
२,३०० दिनहरु
पढ्नुहोस, दानियल ९:२४ मा कुन काल प्रयोग गरेर ७० हप्ताहरुको भविष्यवाणी प्रस्तुत गरेको छ ?
अन्त कतै प्रयोग नगरिएको काल (जसको जरा हिब्रु भाषामा चाट्चट हो) —निर्धारित‘ वा —आदेश दिएको‘ हिब्रु भाषामा प्रायजसो —छप्काएको‘ वा काटिएको भन्ने अर्थ लगाएको हुन्छ । उगारिटिक भाषा जुन हिब्रु भाषासंग मिल्दोजुल्दो छ चाट्चटको अर्थ छाँटको वा छप्काएको हुन्दछ । ( नेपाली भाषामा त झन चट्ट पारियको भन्दा हिब्रु भाषासंग क्या मिल्न आउँछ ! ) यसरी हामी यो निष्कर्षमा पुग्न सक्दछौं कि ७० हप्ताहरु चौट्याईएको भनेर स्वर्गदुतले भनेको हो । कुन बाट भन्दा मरेह २,३०० दिनहरुबाट छप्काएको हुनआउँछ जुन दुई भविष्यबाणीहरुमा लामोचाहिँ हो ।
मानौ तपाँईसंग आईतवार पाँच घण्टा फुर्सद छ र त्यसमध्ये एक घण्टा छिमेकीलाई कुनै काममा सहायता गर्न फुर्सद छ भने तपाँईले पाँच घण्टाबाट एक घण्टा निकाल्नुहुन्छ । दानियल ८:१४ र ९:२४ मा यस्तै अर्थमा २३०० दिनहरुबाट ७० हप्ताहरु निकालिएको हो ।
२ मशिह राजकुमार
"यो जान र बुझ, यरुशलेमको पुनर्स्थापन र पुन निर्माण गर्न यो आदेश जारी गरेको समयदेखि अभिषिक्त जन, अर्थात् एक शासक नआउँञ्जेलसम्म सात —सातहरु‘ र बयसट्ठी —सातहरु‘ हुनेछन्।गल्ली र शुरुङ्गहरुसहित यसको पुननिर्माण हुनेछ, दुःखको समयमा " दानियल ९:२५ध्यानपुर्वक र प्रार्थनापुर्वक उपरोक्त कठनमा दुई समयको भविष्यवाणी हेर्नुहोस कुनचाहीँ पहिला र कुन अन्तमा आउँछ।
यहाँ एक पदमा ७० हप्ताहरुमध्ये ६९ हप्ताहरुको लेखा दिएको छ।
भविष्यवाणी सुरुहुन्छ येरुशलेमाको पुनर्स्थापना र पुन निर्माण गर्न आदेश दिएर , अनि ६९ हप्ताहरु अन्त हुन्छ अभिषेकित जन वा मशिह राजकुमारमा (अंग्रेजी र अन्य अनुवादहरुमा यो उल्लेख गरिएको छ) । यसरी हामीसंग दुई ऐतिहासीक घट्नाहरुको माझ मा छौ- यरुशलेमको पुनर्स्थापना र पुननिर्माण अनि मशिह राजकुमार ।
हिब्रु शब्द मशिह वा अभिषिक्त जनलाई ग्रिकमा ख्रिष्टोष्ट अर्थात ख्रिष्ट अर्थलगाईएको पाउँदछौं । त्यस ब्यक्ति को हो त ?
हेर्नुहोसः मत्ती १:१, १६, १६:१६, प्रेरित ३:१३-१५,१८, ५:३०,३१
यहाँ हामी एक निर्णायक बुँदा पाउँदछौं । यो भविष्यबाणी येशूमा केन्द्रित छ ।प्रथम ६९ हप्ताहरुले येशू जो मशिह राजकुमारकहाँ हामीलाई ल्याउँदछ । यसको अर्थ यो पनि भन्न सक्दछौं कि यस भविष्यबाणी येशूमा आधारित छ । जसरी येशूख्रिष्टमाथी भरोसा राख्न सक्दछौं त्यसरीनै भविष्यबाणीमा पनि भरोसा राख्न सक्दछौं।
यो नबिर्सौं कि सेभन्थे एडभेन्टिष्टमात्र होईन अरु बहुचर्चित ईसाई समुदायहरुलेपनि उपरोक्त भविष्यबाणीले येशूलाई प्रभावशालिरुपमा अंगित गरीएको भनि मान्दछ ।दानियल येशू आउनुभन्दा ५०० बर्ष अघि हुनुहुन्थ्यो तर उहाँ परमेश्वरको प्रवक्ताभएको नाताले येशूकोबारेमा पुर्वदर्शन गराईएको थियो ।
येशूको बारेमा यो प्रथम भविष्यबाणी होईन, पुरानो नियम बाईबलमा अरु थुप्रै पाउँदछौं जसले हाम्रो बिश्वासलाई दरिलो वनाउँदछ ।
३ आदेश
हामीले पायौं कि दानियल ९:२५ को भविष्यवाणी येरुशलेमको पुनर्स्थापना र पुननिर्माण गर्न आदेश दिएको हुन्छ र ६९ हप्ताहरुपछि मशिहमा अन्त हुन्छ । एकदम ठिकसमयबारे केहि बिबाद होला तर येरुशलेमको पुनर्स्थापना र पुननिर्माणको आदेश ईसापुर्व पाँचौ वा छैठौंमा दिईएको थियो र येशू आउनुभएको र क्रुसमा टाँगिनु भएको प्रथम ईस्वी संवत हो ।येरुशलेमको पुननिर्वाण येशू मशिह
पाँचौं वा छैठौं ईसापुर्ब शताव्दी प्रथम ईस्वि शताव्दी
६९ हप्ताहरु
भविष्यबाणीको अर्थ लगाउँदा एक दिन बराबर एक बर्ष हुन आउँछ।(गन्ती १४:३४, एजकियल ४:५,६ ) त्यसकारण ६९ हप्तालाई दिन होईन तर वर्षमा मानिन्छ ।
निर्णायक प्रश्नचाहीँ येरुशलेमको पुननिर्माण र पुनर्स्थापनाको आदेश कहिले हो त ? यदि ६९ हप्ताहरु येशूमा अन्त हुन्छ भने बिश्वास गरे त्यो आदेश ४५७ ईसा पुर्व सम्रात आर्तजेरक्सेसले आफ्नो सातौंकालको रजाँईमा गरेको पाउँदछौं ।यस बारे अघाडि हेर्नेछौं ।
निम्न पदहरुहेर्नुहोस र येशूको जिवनमा घटेका ऐतिहासिक घट्नाहरुको आधारमापाएका चरित्रहरुको बर्णनले येशूको जिवन र कालको बारेमा राम्रोसंग कसरी चित्रण गर्न सकिन्छ ।
मत्ती २:१, १९-२२, २७:१,२ लुका २:१-७, ३:१-३, २३:१-७
उपरोक्तकुरालाई ख्यालमा राखी दानियल ९:२५ मा उल्लेख गरियको लोकले मानेका समयमितिलाई हेरौं ।
यदि ५३८ ईसा पुर्वलाई मानेर ६९ हप्तालाई (४८३ बर्षहरु) मान्यौं भने येशूको बारेमा ५५ ईसापुर्व हुन्छ । यो असम्भव छ । यसरीनै ईसापुर्व ५२० लाई लियौं भने येशूको बारे ३७ ईसापुर्व हुन्छ, यो पनि होईन ।
अन्तमा अर्को मिती ४४४ ईसापुर्वलाई मान्यौं भने येशूको कार्यकाल ३९ वा ४० ईस्वी हुन आउन्छ । यो मिती अरुभन्दा नजिक भएपनि नयाँ नियमका बिद्वानहरुले यसलाई मान्दैन ।
४ "बिरोधी र खराव शहरको पुननिर्माण"
दानियल ९ अभिषिक्त राजकुमारको (येशू) बर्णन गरी येरुशलेमको पुनर्स्थपना र पुननिर्माणको आदेशको मिती उल्लेख गरिएको छ । यो आदेशको मिती बिनाअर्थमा हामीलाई छोडेको छैन ।एज्रा ४:७-१६ पढ्नुस । यसमा यहुदीहरुको बेबिलोनमा भएको निर्वासनको अन्तको बारेमा उल्लेख गरिएको छ । यो पढेर आफैले तलका प्रश्नहरुका जवाफ दिनुहोस:
क॰ यो पत्र कस्लाई सम्वोधन गरेर लेखेको थियो ?
ख॰ यहुदीहरुको बिरोधमा के खास गुनासो थियो ?
ग॰ यस पत्र अनुसार यहुदीहरु येरुशलेममा फर्कन र कुन कार्य सम्पन्न गर्न कसले आदेश दियो ?
के भयो हेर्नुहोस ! यहुदीहरु येरुशलेममा फर्केको केहि समयपछि केहि पर्सियन हाकिमहरुले सम्रात आर्टरेक्सरेजलाई यहुदीहरुले येरुशलेम पुननिर्माण सम्वन्धी गुनासो लेखे । उक्त पत्रमा दुई महत्वपुर्णकुराहरु उल्लेख गरिएको छ: १॰ शहरको पुननिर्माण भएको (एज्रा ४:१२) २॰ ति निर्माणगर्ने यहुदीहरु सम्रातको आदेशले आएका हुन् । "महाराजलाई यो जानकारी होस कि तपाँईले येरुशलेममा हामीमा पठाउनुभएको यहुदीहरुले बिरोधी र खराव शहरको पुनसंरचना गर्दैछन् र चारैतिर जग हालेर पर्खालहरु बनाउँदैछन्" (पद १२) । यसको अर्थ यो हो कि यहुदीहरु सम्रात आर्टरेक्ससको हुकुम अनुसार यरुशलेममा आएर शहरको पुननिर्माण गर्दैथिए । ति यहुदीहरुलाई बिना आदेश त त्यसै पठायन होला ? त त्यो आदेश के हो त ?
यहुदीहरु बागी भएर परमेश्वरबाट टाडा भएपनि उनिहरुलाई परमेश्वरले आफ्नो करुणा र अनुग्रह प्रदानगर्न त्याग्नु भएन । मानिसको दृष्टिकोणले सबै ब्यर्थ सम्झेपनि परमेश्वरले हामीलाई त्यसै छोड्न चाहनुहुन्न भन्न यथार्थता हामी यस घट्नाले बुझाउनु पर्दछ।
५ ४५७ ईसापुर्व
यो अर्थपुर्ण छ कि बाईबलमा आफ्नो सातौं वर्षको शासनकालमा राजा आर्टरेक्ससले एउटैमात्र आदेश दिएक्को उल्लेख गरिएको छ त्यो हो त्यो हो यहुदीहरु आफ्नो देशमा फर्किएर शहरको पुननिर्माण गर्न । यो मिती ठिक ४५७ ईसापुर्वमा पर्न आउँदछ ।एज्रा ७:६,७,११-१७ पढ्नुहोस र राजा आर्टरेक्ससको आदेश अनुसार यहुदीहरुले येरुशलेममा के गरिरहेकाछन् ?
यो याद राख्नुहोस कि एज्राको पुस्तक चरणबद्धरुपमा लेखिएको छैन । यसमा एज्रा ७ पछि ४ आउँदछ । यसमा यहुदीहरुलाई शहरको पुननिर्माण गर्न आदेश दिएको नभने पनि अगाडीको तर्कानुपात उनिहरुले त्यहि कामगरिरहेको भन्ने पक्का छ । यहुदी र उनिहरुका शत्रुहरुले यहि बुझेकि राजाले शहरको पुननिर्माण गर्न यहुदीहरुलाई येरुशलेममा फिर्ता पठाईएको हो । जुन पत्र राजालाई लेखे त्यसपत्र मा राजाको आदेश बिपरित येरुशलेम शहरको पुनसंरचना भईरको भन्ने उल्लेख छैन ।
यसरी हामी एज्रा ४ र ७ लाई हेर्यौं भने सातौं वर्षको राज्यकालमा राजा आर्टरेक्ससले येरुशलेमलाई पुनर्स्थपना गर्न र पुननिर्माण गर्न आदेश दिएको निश्कर्षमा आईपुग्छौं । एज्रा ७:७,८ र दानियल ९:२५ ।
यो मिति ४५७ ईसापुर्व हो भनेर ईतिहासले ठोकुवा गरेको छ । कसैले ४५८ भन्दछ होला तर छ महिनाको मात्र फरक हुनआउँछ।
साथै येशूनै अभिषेक गरिएको राजकुमार भनेर हामी बिश्वास गर्छौ भने यो मिती ठ्यक्क मिल्न आउँदछ । अर्थात येशू यस भविष्यवाणीमा हाम्रो जमानी वा निश्चितिता हुनुहुन्छ ।
हाम्रो आस्थाको जमानी येशूमानै निहित छ भनि हामीले स्विकारगर्नु अत्यावश्यक छ ।
अन्तमा:
बिश्व बिख्यात बैज्ञानिक आईजाक न्युटन जो बाईबलका बिद्यार्थीमात्र नभएर दानियल पुस्तकका धुरन्घर छात्र थिए, उसको जिवन कहानिमा यसो लेखिएको छ: " न्युटनले दाविगरेर बिश्वासगरे अनुसार दानियलको ७० हप्ताहरुको भविष्यबाणीलाई एज्राले ४९० ईसापुर्व को दशक मा यहुदिहरुलाई येरुशलेममा फर्कायरलगेको (४५७) देखी ३३/३४ ईसापुर्वमा येशू क्रुसमा टाँगिनुभएको बर्णनले अरुलाई के फरक पार्दछ र ?" ए॰ रुपर्ट, आईज्याक न्युटन: एडभेन्चर ईन थट (क्याम्ब्रिज युनिभर्सिटी प्रेस, १९९२) पृ॰ ३७२
"जुन आदेश राजाले यहुदीहरुलाई शहरको पुनसंरचनागर्न दिएको थियो यसले यो बताउँदछ कि यहुदीहरुले आफ्नो नागरिक अधिकार र न्यायिक अधिकार आफ्नै केन्द्रियस्तरबाट होस भन्ने ईरादा राजाले राखेको भनी देखाउँदछ । यस आदेश जुन ४५७ ईसापुर्वमा दिएको थियो यहिनै दानियलमा उल्लेखित ७० हप्ताहरुको भविष्यबाणीको सुरु थियो र यो २३०० दिनहरुको भविष्यवाणीको प्रथम भाग हो (दानियल ८-९)। द सेभेन्टी विकस्, लिभिटिकस, आन्ड द नाचेर अभ प्रोफेसी, फ्रान्क बि हलब्रुक, सम्पादक (वाशिड्गटन डि॰ सी॰ बिब्लिकल रिशर्च ईन्स्टिच्युट, १९८६ ) पृ॰ ७४
ईस्वी सन् १८४४ को सरलीकरण
मुल पद: "ओ, हेर ! मण्दिरको पर्दा माथीदेखी तल सम्म च्यात्तियो, पृथ्वी हल्लियो र चट्टानहरु फुट्यो" मत्ती २७:५१दानियल ८ अध्याय २३०० दिनहरुको भविष्यबाणीको भेद नखुलाई अन्त भएको हामीले पायौं । दानियल ९ ले भेद खुलाएको पायौं । दानियलले नबुझेको एक मात्र भाग गेब्रियलले बुझाएको थियो । त्यसपछी गेब्रियलले ७० हप्ताहरुको भविष्यवाणी २३०० दिनहरुको भागमध्ये प्रथम भाग छुट्याईएको भविष्यबाणी उल्ले गर्दछ ।
२३०० दिन कहाँ सुरु हुन्छ भन्दैन तर ७० हप्ताहरु चाहीँ कहाँबाट सुरुहुनछ भनि गेब्रियलले पहिल्याएको थियो । यसै सन्दर्भमा हामी पाउँदछौं कि ७० हरु मध्ये ६९ हप्ताचाहीँ येशुमा अन्त भएको हेर्यौं । यसरी भविष्यबाणीको केन्द्रबिन्दु येशू हुनआउँछ । उहाँनै ७० हप्ताहरुको भविष्यवाणीको जग हुनुहुन्छ। उहाँनै हाम्रो आधारशिला ढुँगा हुनुहुन्छ (एफिसी २:२०)
अहिले सम्म यो हेर्यौं:
७० हप्ता चोईतिएको
४५७ ईसापुर्व ६९ हप्ताहरु ७०औ हप्ता
मशिह राजकुमार
१ केहि हिसावकिताव
माथी हामी हेर्यौंकि पर्शियाका राजा आर्टरेक्सेसले यहुदीहरुलाई आफ्नो आदेश अनुसार येरुशलेम शहर पुन:स्थापना र पुननिर्वाण गर्न पठाए । यो बेबिलोन साम्राज्य पछिको अर्को साम्राज्य मिड पर्शियाको पालामा भएको थियो ।हेर्नुहोस दानियल ८ को भविष्यवाणी कुन साम्राज्यबाट सुरुहुन्छ र त्यसले ९ अध्यायसग के सम्वन्ध छ ?
दानियल ९ मा ७० हप्ताहरुको भविष्यवाणी ४५७ ईसापुर्वमा सुरुभएको देखाउँदछ । यसले यो पनि भन्दछ कि त्यहाँबाट अभिषेकित जन वा मशिह राजकुमारसम्म ६९ हप्ताहरु छुट्याईएको छ । भविष्यवाणीको भेदमा एक दिनको अर्थ एक वर्षलगाउँदा ६९ हप्ताहरु ४८३ दिनहरु हुन आउँदछ । यसको मतलव यो हो कि राजाको आदेश र मशिह नआउँजेलको बिचमा ४८३ बर्षको अन्तर्काल हुन्छ ।
४५७ ईसापुर्वलाई घटाउँदै लैजान्दा ईस्वी सन २६ हुनआउँदछ । तर यो याद राखौं कि हामी सिधा नम्वर भन्दा क्यालेन्दरसंग (पात्र) सम्वन्धित तिथीकोबारेमा हेरीरहेकाछौं । यसरी गईन्छ वा जानुपर्ने हो, -२,-१, ० १ २ ३ । तर क्यालेन्दरमा सुन्य वर्ष हुन्दैन जसले गर्दा वर्ग गनिन्दा यसरी हुन आउँदछ, -२,-१ १ २ अर्थात निश्चितरुपमा भन्ने हो भने २ ईसापुर्व, १ ईसापुर्व, १ ईस्वि, २ ईस्वि आदीहुन आउँदछ ।पात्रमा शुन्य वर्ष नभएको कारण २६ को सट्टा २७ ईस्वी सम्वत हुन आउँछ ।
लुका ३:१-२२ हेर्नुहोस र त्यसमा महत्वपुर्ण घट्नालाई समेतेको छ यसले दानियल ९ को भविष्यवाणी कसरी पुरा भएको देखाउँदछ?
याद गर्नुहोस भविष्यवाणीले येशूको जन्मको बारेमा भनिएको छैन तर अभिषेक गरेको भनेको छ । यसको अर्थ येशूलाई आधिकारिकरुपमा खटाईएको हुनआउँछ । लुकाले सम्रात टाईबेरियसको १५ औं बर्षमा युहन्नाले काम सुरुगरेको भनिएको छ, यो तिथी २७ ईस्वी सम्वत हुनआउँछ । यहि समयमा युहन्नाले येशूलाई बप्तिष्मा दिएको थियो जसको अर्थ येशूलाई उहाँको कामको लागि अभिषेक गरीएको भनि पुष्टी हुन आउँदछ । यसरी हामी करिव ५०० वर्ष अघि येशूलाई भविष्यवाणी मार्फत औंल्याईएको पाउँदछौं ।
येशूको बप्तिष्माले मानिसजातिसंग कति एकत्व भएको पाउँदछौं।दैनिक जिवनमा संघर्षरत हामीलाई यसले परमेश्वरमाथी बिश्वासमा तेवा दिन्दछ ।
२ अभिषिक्त जन हटाइनु वा छप्काइनु
अहिलेसम्म ७० हप्ताको भविष्यबाणी (४९० बर्ष) ६९ हप्ताहरुको बर्णन गर्यौं । (अथवा ४९० वाट ४८३ बर्षहरु) । हामीले यो पनि हेर्यौंकि ऐतिहासिक घट्नालाई ठिकसमयमा कसरी घटेको छ। तालिका रेखामा यसरी हेर्न सक्दछौं:७० हप्ताहरु वा ४९० बर्ष
ई॰पु॰ ४५७ ई॰ २७
-------------------------
७० औं हप्ता
येरुशलेम पुनसंरचनाको ६९ हप्ताको अन्त
लागि आदेश दिएको ४८३ बर्षहरु
(येशूको बप्तिष्मा)
माथीको तालिकाले के प्रष्टबनाउँछ बिचार गर्नुहोस
दानियल ९:२६ मा यसरी लेखिएको छ: "बयसट्ठी सातहरुपछि ति अभिषिक्त जन हटाईने छ अर्थात कात्तिने छ र तिनीसंग केही पनि रहनेछैन ॰॰॰॰॰॰॰"
यसमा भनिएको छ ६२ साताहरुपछि मशिहलाई कात्तिने छ । यो ६२ साताचाहीँ प्रथम सातापछी आउने हो । (हेर्नुहोस २५ पद) अर्को अर्थमा ६९ साताहरुपछि मशिहको बलि हुनेछ आफ्नोलागि चाहिँ होईन । यो २७ ईस्विमा घटेको घट्ना हो ।
निम्न पदहरु हेर्नुहोस र भविष्यबाणीलाई कुन अर्थपुर्णमा लिएको छ सो मनन् गर्नुहोस:
यशैयाह ५३:३ ------------------------------
रोमी ५:८ --------------------------------
गलाति ३:१३ --------------------------
१ थेस्सोलीनी ५:९,१० --------------
१ पत्रुस २:२४ -------------------
अहिले सम्म भविष्यबाणी प्रथम ६९ साताहरुलाई देखाएको छ । पद २६ मा भविष्यवाणीको अन्तिम साताको उल्लेख गरिएको छ। यसमा येशूले मानवजातिको सट्टामा बलिहुनुभएको भन्ने पाउँदछौं । उहाँको मृत्यु आफ्नैकारणले नभएर हाम्रोलागि थियो ।
यो छप्काईयको वा हटाईएको भन्ने लैब्यब्यबस्थासंग सम्वन्धित शब्द हो । त्यसबेला कसैले धार्मिक ऐनकानुन उल्लंघन गरेमा त्यसलाई समाजबाट बाहिर निकाल्दथे ।(हेर्नुहोस लैब्यब्यबस्था ७:२७, १७:१०) दानियल ९:२६ मा हामी यो पाउँछौं कि निरपराध येशूलाई अरुको पापको लागि छप्काउनु भयो अर्थात बली हुनुभयो ।
याद गर्नुहोस अनजानमा हामी जे पाप वा अपराध गरेपनि येशू हाम्रो लागि मर्नुभएकोकारणले उहाँलाई ग्रहणगर्ने हरेकले त्यस पाप वा अपराधबाट सफाई पाउँदछ । ३ हप्ताको बिचममा दानियल ९:२७ भनिएको छ: "धेरै जनासित एक सातको लागि तिनले एउटा करारको सदर गर्नेछन् । साताको बिचमा तिनले बलिदान र भेटीलाई समाप्त गर्नेछन् ।" यसमा दुईपल्ट साताको उल्लेख गरिएको छ ।
अहिले सम्म भविष्यबाणीलाई येशूलाई औंल्याएको भनि हेरीरहेकाछौं। ६९ औं हप्ताले येशूको बप्तिष्मा ई॰ २७ सम्म पुराईयो । र यो पनि हेर्यौं कि पद २६ ले अरुकोलागि येशू मर्नुभयो । खास गरी भन्ने हो भने त्यसैको कारण येशू आउनु भएको थियो । ( मर्कुस १०:४५, युहन्ना ३:१४)
७० साताहरुको भविष्यवाणीमा ७० औं अर्थात अन्तिम एक हप्ताको बर्णन बिस्तृत गर्नु बाँकी छ ।
साताको बिचमा के भयो र कुन समयको बारेमा गईरहनु पर्छ सो हेर्ने छौं ।
पद २६ मा येशूको बलीलाई औंल्याएको छ भने २७ ले उक्त बलीले के सम्पन्न गरे भनिएको छ: त्यो हो पशुबली प्रथाको अन्त अर्थात धार्मिक क्रियाकलापमा कुनैपनि बलिप्रथाको अर्थ रहेन । जव मन्दिरको पर्दा माथी देखी तल सम्म च्यात्तियो, यसले यो संकेत देखायो कि येशूको कारण मानव मन्दिरमा गरिने कुनैपनि भोगचलन वा सेवाकार्यको अन्त भयो । हुनु पर्ने सच्चा बली येशू हुनुभयो र पुरानो प्रथाको अर्थ अव अर्थहिन भयो । पुरानो प्रथा जसतै पशुबली, पुजाहारी हुनू, र कुनैपनि मन्दिरमा हुने सेवा कार्य लाई उत्तम बली र सेवा येशूले प्रतिस्थापन गर्नुभयो । हेर्नुहोस हिब्रु ९:१-१५ ।
यो प्रथा हटेको हप्ताको बिचमा हो । यो साढे तिनबर्षको दौरानमा भएको हो (सातको आधा) । युहन्नाले उल्लेख गरेको चाढबाट गनिन्दा तिन वर्ष र
आधा पछि येशू क्रुसमा टाँगिनु भएको थियो ।यो तिथी ३१ ईस्वी संवतमा पर्दछ ।
तलको तालिकामा यसरी हेर्न सक्दछौं:-
७० हप्ताहरु वा ४९० बर्ष
ई॰पु॰ ४५७ ई॰ २७ ई॰ ३१
---------------।----------
७० औं हप्ता
येरुशलेम पुनसंरचनाको ६९ हप्ताको अन्त येशूको मृत्यु
लागि आदेश दिएको ४८३ बर्षहरु
(येशूको बप्तिष्मा)
येशूनै ख्रिष्ट हुनुहुन्छ भन्ने प्रभावशाली भविष्यवाणी यो हो । यस भविष्यबाणी जुनरुपमा पुरा भयो यसले परमेश्वरको प्रेम र उहाँले मानिसलाई अच्चम्भ तरिकाले कसरी संचार गर्नुभएको छ त्यसले हाम्रो बिश्वास ढृढ हुनु तेवा दिन्दछ ।
--
---४॰ ७० औं हप्ता
अन्तिम तर्क हामी हेर्नेचाहीँ फेरी दानियलको ७० हप्ता जुन दानियल ९:२७ मा उल्लेख गरिएको छ:"धेरै जनासित एक सातकोलागि तिनले एउटा करारको सदर गर्नेछन् । सातको बिचमा तिनले बलिदान (भोगबलि) र भेटीलाई समाप्त गर्नेछन्" त्यो कुन साता हो त ? यो स्पष्ट छ कि ७० हप्ताहरुको अन्तिम साता अथवा ७०औं हप्ता हो । यदि हामीले ४५७ ई॰पु॰ को मितीबाट भविष्यवाणी सुरु गर्यौं भने ४९० पछि त्यो ७० साताहरुको भविष्यवाणी ईस्वि ३४ मा अन्तभएको पाउँदछौं । त्यो तिथी ७०औं हप्ताको अन्त हो ।
दानियल ९,२७ मा करार उल्लेख गरिएको छ । कुन करार हो?
हेर्नुहोस प्रस्थान १९:५, ३४:१०, लैब्यब्यबस्था २६:४५, १ राजा १९:१०, यशैयाह ५९:२१, यर्मिया ५०:५
७० साताको भविष्यवाणीमा परमेश्वरले ईस्रायलीहरुसंग बाँधेको बाचा वा करार समर्थनता जाहेर भएको देखाउँदछ । "करार वा बाचाको सदर गर्नेछन्" भनेर त्यो करार त्यस यहुदीहरुलाई जसले येशूलाई स्विकार गरे तिनीहरुकोलागि निर्धारित समय तोकिएको थियो । भविष्यबाणीले त्यस निर्धारित समय (३४ ईस्वी) पछि के हुन्छ भनि नतोकिएपनि अधिकांस बाईबलका बिद्वानहरुले पावलको आस्थापरिवर्तनको घट्नालाई मुख्य निर्णायक घट्नासंग जोडिन्छ किनकी पावलले येशूलाई ग्रहण गरेर गैर यहुदीहरुलाई शुसमाचार सुनाउन जिम्मेवार बोकेका थिए । ( प्रेरित ९ ) यसको अर्थ यो हो कि अब यहुदी जाती परमेश्वरको बिषेश समुह हुन बाट बंचित भए । अव ४९० बर्षपछि परमेश्वरले आफ्नो प्रेमको शुसमाचार यहुदीजातीमा मात्र सिमित नराखी संसारको सबै जातिको लागि खुलमखुल्ला भए । यो भन्दा अघि कोही गैर यहुदीले परमेश्वरलाई बिश्वास गर्नुपरे यहुदी रितीमा आफुलाई ढाल्नु पर्दथे । येशूले गर्दा त्यो प्रथा हटियो र बिना यहुदी जातमा समावेश नभएर जो कोही पनि परमेश्वरको प्रतिज्ञाको सहभागी हुन पाए । यहुदीहरुले पाएको बिषेश सुविधा अथवा परमेश्वरको बिषेश जातभनेर कहलाईएको अधिकार स्वत खारेज भयो र शुसमाचार सुनाउने र ग्रहण गर्ने अभिभारा बिश्वासगर्ने प्रत्येक मानिसमा अन्तरनिहित भयो।
७० हप्ताहरु वा ४९० बर्ष
ई॰पु॰ ४५७ ई॰ २७ ई॰ ३१ ३४ ईस्वी
---------------।---------- अन्य ७० औं हप्ता जातीलाई
येरुशलेम पुनसंरचनाको ६९ हप्ताको अन्त येशूको मृत्यु शुसमाचार
लागि आदेश दिएको ४८३ बर्षहरु
(येशूको बप्तिष्मा)
माथीको तालिका ढिठ लाएर नबुझुन्जेल हेर्नुहोस ।
जतिसुकै शुचनामुलक यो तालिका भएपनि याद गर्नुहोस यो २३,०० दिनहरुको एक भागमात्रै हो ।७० औं हप्ता दानियल ८ मा उल्लेखित बृहत मारेह भविष्यवाणीको प्रथम भाग हो जसमा मशिहलाई छप्काएको भन्ने शव्दलाई उदृध गरिन्छ ।
खास गरि भन्ने हो भने हाम्रो अगाडि दुई मितीहरु भएको एक भविष्यबाणी अर्थपुर्णरुपमा हेरीरहेकाछौं ।
७० साताहरु
४५७ ई॰पु॰ (४९० बर्षहरु) ३४ ईस्वी
२३,०० दिनहरु वा २३,०० बर्षहरु
५॰ १८४४ को सरलीकरण
अब हामी हेर्यौं कि ७० औ साताहरुको भविष्यबाणी येशूमा आधारित छ, यसले गर्दा २३,०० दिनहरुको भविष्यबाणीपनि येशूमै आधारित भएको पाउँदछौं । ७० औं साताहरु २३,०० दिनहरुबाट छप्काईएको भविष्यबाणी हो । ७० औं साताहरुको भविष्यबाणीको सुरु कुनै निश्चित तिथीमा भएको थियो जुन २३, दिनहरुको सुरुपनि थियो ।७० साताहरु
४५७ ई॰पु॰ (४९० बर्षहरु) ३४ ईस्वी
२३,०० दिनहरु वा २३,०० बर्षहरु
---------।---------------------------------------------------
सुन्य तिथी नगनिएको हुनाले २३,०० दिनहरुलाई ४९० दिनहरुको सुरुबाट गनिन्दा १८४४ मा अन्त भएको पाउँदछौं । यसरी दानियल ८:१४ मा मन्दिरको शुद्धिकरण तिथी १८४४ मा भएको पाउँदछौं ।
२३,०० दिनहरु ( २३,०० बर्षहरु )
४९० बर्षहरु १,८१० बर्षहरु
४५७ ई॰पु ३४ ईस्वी १८४४
।------------------।----------------------------।
दानियल ७ र ८ भविष्यवाणीको सामंज्यसता हेर्यौं भने पवित्र मन्दिरको शुद्धिकरण दानियल ७ को १२६० वर्षपछि वा येशूको दोश्रो आगमन अघि हुनआउँछ ।
दुबै ७० साता र २३०० दिनको भविष्यबाणीहरु येशू्संग सुढृधरुपमा गाँसिएको पाउँछौं । येशूलाई नपन्छ्याई ति तिथिहरुलाई अलग्ग गर्न सक्दैनौं । येशू आफै यस भविष्यवाणीको जमानी हुनुहुन्छ । यस भविष्यवाणीमा येशू आउनुको उद्देष्य र उहाँको कार्यक्रिलाप एकदम संक्षेप्तमा बर्णन गरिएको पाउँदछौं ।
अन्तमा:
• यो अर्थपुर्ण छ कि २३०० दिनहरुको भविष्यबाणीमा ७० साता अन्तमा होईन प्रारम्भिकमा घटाईएको छ । अन्तबाट घटायोभने यो भविष्यबाणीको अर्थ लाग्दैन ।दर्शनको भेद अगाढीबढाउन सुरुमा राखि
