न्याय इन्साफ सुरु हुनै पर्दछ

मुल पदः "त्यो दिन आउनेछ जब परमेश्वरले मैले पचार गरेको सुसमाचार अनुसार येशू ख्रीष्टद्वारा मानिसहरुका गुप्त कुराको इन्साफ गर्नुहुनेछ " रोमी २:१६

एक जनार् इटालीका नास्तिकले शहरको भित्तामा यो लेखेका थिए, "परमेश्वर छैन, र उहाँको आमा मरियम हुनुहुन्छ" यो हास्यस्पद देखेपनि यसले के देखाउँछ भने मानिस चेतनशील प्राणी हो । कति बिचार तर्कहरुमा हामी निष्पक्ष छौं र इमान्दारी छौं बा हामीले गरेका कुराहरु ठिक छ भनेर दावी गरे पनि यि सबै कुराहरुमा हाम्रो आफ्नो निजी बिचार, संस्कार, भावहरुका प्रभावले प्रस्तुत गरेका हुन्छौं । हरेक कुरामा पुर्व -चिन्तन वा हामीले सिकेको वा सिकाईएको बिबेकले गहिरो छापले परेको आधारमा प्रदर्शन गरेका हुन्छौं

यस भागमा हाम्रो सिमीत ज्ञानको महशुसभएको बाबजुदपनि बाईबलमा केन्द्रित गरेर परमेश्वरको न्याय भनेको के हो सो हेर्नेछौं हामीले सिकेका शिक्षा जस्तै १८४४ का घट्ना, येशू आउनु-पुर्व न्याय, एलेन जि.हृवाईट, हाईराम एडिसनले मक्कैबारीमा पाएको दर्शन आदिहरु अहिले किनार लगाउने छौं । यसको सट्टा बाईबलका महत्वपुर्ण बिषय इश्वरिय न्याय भनेको के हो सो बुझन कोशिष गर्ने । यसैमा आधारित प्रश्नहरुको जवाफ खोज्न प्रयास गरौं जस्तै, शुसमाचार र न्यायसंग के सम्वन्ध छ ? न्यायको अन्तिम परिणाम के हो - यसमा हाम्रो कर्मयोगले के भुमिका खेलेको हुन्छ - न्याय कहिले हुनेछ -
हुनत यि प्रश्नहरुका जवाफ पुर्णरुपमा अहिले नपाईएला तैपनि यो बिषयबस्तुलाई अध्ययन गर्दा न्यायको मानचित्र हेरेर परमेश्वरले गर्नेर् इन्साफको बारेमा केहि हदसम्म बुझन सक्नेछौं । चाहे हाम्रो पुर्वज्ञान जेसुकै होस ।

१ उहाँको न्यायको समय

ग्रिक भाषामा शुसमाचारको अर्थ असल समाचार हो । यो सबैले मानेको तथ्य हो । यदि यो शुभ समाचार हो भने, के को शभ समाचार हो - शुभ समाचार यो हो कि
येशू हाम्रो सट्टा क्रुसमा मर्नु भयो । १ पत्रुस २:२४
क्रुसमा हाम्रो पापको ज्याला उहाँले तिर्नु भयो यशैया ५३:६
उहाँमाथीको बिश्वासले अब हामी परमेश्वरको अगाडी चोखो भएर उभिन सक्दछौं किनभने हामीलाई येशूको धार्मिक लुगाले ढाकिएको छ ।रोमी ३:२२

उहाँकै यस कार्यले अब हामी अनन्त जिवनको सहभागी हुन सक्दछौं भन्न् हामीलाई प्रतिज्ञा मिलेको छ । १ युहन्ना ५:११,१२
त्यसकारण शुसमाचार भनेको हामीलाई अनन्त जिवनको बरदान पाउन सक्दछौं तर त्यसको बिपरित के हो त

निम्नपदहरुलाई हेर्नुहोस, अनन्त जिवनका सहभागी नहुनेलाई बाईबलले तिनीहरुको लक्ष के हुनेछ ।
दानियल १२:२ अनन्त तिरस्कार र शर्म
मत्ती ८:१२ बाहिरी अन्धकारमा फालिने
मत्ती २५:४६ अनन्त दण्डको सहभागी
युहन्ना ३:१८ दोषमुक्त नहुने
२ थेस्सोलोनी १:८,९ परमेश्वरबाट सदाको लागि अलग हुने र पापको दण्ड भोगिने
प्रकाश १४:११ शैतानले पाउने कष्ट उसका अनुयायीहरुले पनि पाउनेछन्

माथीका हरेक पदहरुमा प्रयोग गरिएका मुल शव्दहरुमा "अनन्त सजायँ" "कष्टबाट निस्केका धुँवा", "दोषी ठहरिनु" "अनन्तको नाश" "रुवाबासी र दार्‍हा किताई" आदीले परमेश्वरको न्यायको बारेमा उल्लेख नगरेको भए के को बारेमा होला सो सोचनिए छ ।
तर शुभसमाचारको समाचारले यो भन्दछ कि हामीहरु त्यस न्यायको दिनमा दोषमुक्त हुनेछौ । यसको मतलव यो हो कि जसले येशूलाई ग्रहण गर्दछ त्यो दोषमुक्त हुन्छ तर उहाँलाईर् इन्कार गर्नेले त्यो अवसर पाउने छैन । त्यसकारण इन्साफ बिना शुसमाचार भन्ने हुन्दैन किनकी शुभसमाचारको अर्थ यो हो कि परमेश्वरको अगाडी निर्दोषभएर उभिन पाउनु । छोटकरीमा भन्ने हो भने न्यायरहित शुसमाचार भनेको आकार बिनाको गोलो भनेको जस्तै हो । बिनार इन्साफ शुसमाचारको अर्थ हुन्दैन ।

पढ्नुहोस रोमी २:१६ र प्रकाश १४:६-८ । यि दुई कितावहरुका पदहरुमा न्याय र शुसमाचारको बिचको सम्वन्घ देखाएको छ । यस पाठमा हामीले येशूको बलिदानले हामी निष्कोठ हुनुपाएकोमा उहाँप्रति आभारितहुनुपर्दछ भनेर देखाएको छ।

२ अनन्त जिवन वा अनन्त मृत्यु

निम्न पदहरुले जगतको अन्तमा दुई बर्गका मानिसहरु हुनेछन् भनेर देखाएका छन् ।
दानियल १२:२ चिहानमा सुतेकाहरु जिउने छन्.- कोहि अजम्मरी जिवनको लागि, कोहि कहिलै नबिउँझिन
मत्ती १२:३७ दोषी र निर्दोषी
युहन्ना ३:१६ नाश हुने र अनन्त जिवन पाउने
युहन्ना ५:२९ जिवनको पुनरुत्थान र दण्डको लागि पुनरुत्थान
न्यायमा जे भएता पनि दुईथरी मानिसको समावेस हुने छ भन्नेमा निर्विवाद छैन।ति दुईथरि हुन् अजम्मरी जिवनपाउने र अनन्त नाश हुने । यि पदहरुले कुनै मध्यम मार्ग बताएको छैन ।तर न्यायको समयमा हामी सदा र्सवदा बाँचिरहने वा कहिलै नबिउँतने ।उपरोक्त पदहरुले धर्मात्मा र दुष्टको न्याय हुनेछ भनी बताउँदछन् जसले गर्दा अन्तमा सबैको भविष्य निर्धारण हुनेछ ।
गौर गरी यो पद हेर्नुहोस,
"जव मानिसको पुत्र उहाँको महिमामा आउनेछ, उहाँको साथमा सबै पवित्र स्वर्गदुतहरु हुने छन् र महिमीत गद्दीमा राज भएर आउनेछन् । अनि उहाँको सामुन्ने सारा देशका मानिसहरु भेला हुने छन् र उहाँले तिनीहरुलाई दुई भागमा विभाजित गर्नेछन् जसरी गोठालाले भेंडा र बोकाहरुलाई छुट्याउँछ । उहाँले भेंडाहरुलाई दायाँ तिर बोकाहरुलाई बाहिने तिर राख्ने छन् ।" मत्ती २५:३१-३३ । न्यायकोबारेमा थाहापाउन यो भन्दा अरु के छ र ?
उपरोक्त पदमा अर्थपुर्ण तथ्यहरु प्रकाश गरेका छन् । पहिला कुरा कसको न्याय गर्ने छ भन्ने प्रश्‍नमा सबै देशहरुका मानिसहरु भनेका छन् । यो बिश्वब्यापी वा जगतब्यापी न्यायको समय हो । सारा जगतहरु उहाँको आँखाको अगाडी उभिने छन्।उत्पती १८:२५ मा उल्लेख गरिएको छ कि परमेश्वरले सबै पृथ्वीको न्याय गर्नेछन् । यहाँ यो पनि उल्लेख गरिएको छ कि भेंडा र बोका छुट्याय जस्तै अजम्मरी जिवन पाउने र नपाउने छुट्टिने छ -कोहि अनन्त जिवनको लागि कोहि अनन्त नाशको लागि येशूको अर्को शब्दमा । मत्ती २५:४६
अरु केहि भन्न बाँकि छ कि ?
यस पाठमा आफ्नो जिवनको लागि र अरुको अनन्त जिवनको लागि हामी कति सतर्क हुनु पर्दछ सो पुष्टी गर्दछ ।

3 परमेश्वरको घराना

माथि हामी हेर्यौ कि आखिरी समयमा कुनै न कुनै तवरले बिश्वब्यापी न्याय हुने छ जसमा सारा मानिसहरुको सहभागी हुनेछ। मण्डलीको अबस्था के हुन्छ ? अर्थात सारा बिश्वासीहरु जसले परमेश्वरलाई भित्री वा बाहिरीरुपमा ग्रहण गरिरहेका हुन्छन्, के तिनीहरुको पनि न्याय हुन्छ र ?

प्रभुलाई बिश्वास गरेको नाताले हामीलाई थाहा छ कि हाम्रो सट्टा येशूलाई इन्साफ गरेर क्रुसमा टाँगिनु भएको थियो । हामीले पाउनुपर्ने पापको दोष उहाँले बोक्नुभयो ।( यशैया ५३:४-६, मत्ती २०:२८, रोमी ५:८, २ कोरन्थी ५:१४, एफिसी ५:२, १ थेस्सोलोनी ५:१० ) एलेन जि. हृवाईटले उक्तकुरा यसरी ब्यक्त गर्नुभएको छ, "जब येशू मर्नु भयो उहाँमाथि हाम्रो पाप थुपारिएको ले उहाँ हाम्रो बदला र जमानत हुनुभयो । हाम्रो लागि उहाँ दोषी ठहरिनुभयो ताकि हामीले परमेश्वरको बिधान उलंघन गर्दा पाउने पापको ज्याला उहाँले बोकेर पापबाट हामी छुट्कारा पाऔ । आदमका सन्तानको सबै पापअधर्म उहाँ माथि थोपरेको थियो जसले गर्दा उहाँको हृदय बोझले लादिएको थियो" युगको आशा, पृ. ७५३ । यसको अर्थ के यो हो त कि येशू हाम्रो साटो दोषि हुनुभएकोले अबर् इसाइहरुको न्यायर् इन्साफ हुनु आबश्यक छैन - निम्न पदहरु हेर्नुहोस र उक्त प्रश्नको जवाफ पाउनुहोस्:
मत्ती ७:२१-२३ "मलाई प्रभु, प्रभु भनेर मेरो नाउँमा अनेक आश्‍चर्य र शक्तिशाली काम गर्दैमा तिमीहरु परमेश्वरको राज्यमा पस्न सक्दैनौ, बरु तिमीहरुलाई म भन्ने छु, हे अधर्म काम गर्नेहरु मैले तिमीहरुलाई कहिल्यै चिन्हेको छेन, म बाट हटेर जाओ, किनकी मेरो पिताको आज्ञापालन गर्नेले मात्र उहाँको राज्यमा पस्न सक्दछन्"
ह्रि्रु १०:३० प्रतिशोध लिने, प्रतिफल दिने काम परमेश्वरको हो।परमेश्वरले मानिसहरु कसरी उहाँलाई बिश्वास गर्दा रहेछन् तिनीहरुको इन्साफ उहाँलेनै गर्नुहुन्छ ।

रोमी १४:१०-१३ बिश्वासीहरुकोर् इन्साफ अहिले हामीले गर्ने अधिकार छैन किनकी हामी सबै परमेश्वरको अगाधि न्यायको आसनमा उभिनेछौं।हाम्रो सबैको लेखा जोखा उहाँले लिनुहुनेछ ।
१ पत्रुस ४:१७ न्याय परमेश्वरको घरानाबाटै सुरुहुन्छ जुन घराना हामी हौं ।

उपरोक्त पदहरु र अन्य पदहरुले यो प्रष्टरुपमा देखाउँदछ कि परमेश्वरका परिवारहरु, उहाँको मण्डलीले न्यायको सन्मुख पर्नुपर्दछ । मत्ती ७:२१-२३ मा जव येशूको नाउँमा अपुर्ब कामहरु सिद्ध गर्यौं भनेर उहाँको अगाधि दावि गर्दा उहाँले तिनीहरुलाई अस्विकार गर्नु भयो तिनीहरु नास्तिक वा अरुलाई आस्था राख्‍नेहरु थिएनन् किनकी तिनीहरुले येशूको नाउँमा कामगदैननै । तर इर्साईहरुले गर्दछन् । जव पावलले भन्ने भयो हामी सबैजना परमेश्वरको न्यायआशन अगाधि उभिने छौं भन्दा आफुपनि समाबेश हुने अपेक्षा गर्नुभएको पाउँदछौं ।

त्यसकारण परमेश्वरको बचन अनुसार हरेक मानिस जो येशूभक्त हुँ भनेर देखावति वा भित्रीरुपमा दावि गर्दछन् संसारको अन्तमा हामीले दावि गरेको अनुसार चलेका छौं कि छैनौं भनेर प्रमाणित हुनर् इन्साफ हुनेछ ।

त्यसकारण कसैले हामीलाई अन्यायपुर्बक इन्साफ गरे पनि तिनीहरुको इन्साफ अपुरोनै हुन्छ र साँचो इन्साफ परमेश्वरलेनै गर्नुहुन्छ भनेर ढुक्क मान्नु जरुरी छ । परमेश्वरले दयापुर्णसाथ न्याय गर्नुहुन्छ । तत्काल हाम्रो जिवनमा परमेश्वरको करुणाको आबस्यक छ, कसैको इन्साफ होईन ।

४ "हरेक गुप्तकुरा"

"परमेश्वरले मानिसकोहरेक कामको लेखाजोखा न्यायको अगाधि राखिन् छ । हरेक गुप्तकुराहरु चाह असल होस खराबहोस त्यसको पर्दाफास गर्नेछ ।" उपदेशक १२:१४

सोलोमन राजाले उपदेशक पुस्तक लेखेपछि अन्तमा उक्तपदले प्रष्टरुपमा मानिसको हरेक गोप्यमा गरेका काम र बिचारहरुको न्यायहुनेछ भनेर जुन लेखेको छ यसले परमेश्वरको मनशायलाई स्पष्टरुपमा देखाईएको छ ।

हाम्रो कामको न्याय हुन्छ भन्ने सोलोमनले मात्र भन्नुभएको छैन । येशूले मत्ती १२:३६,३७ मा भन्नु भएको छ, "तिमीहरुलाई भन्दछु, हरेक ब्यर्थका कुरा जो मानिसहरु बोल्दछन्, न्यायको दिनमा तिनीहरुले त्यसको लेखाजोखा दिनुपर्नेछ । किनकि तिम्रा बचनहरुले तिमी निर्दोष ठहरिनेछौ । तिम्रा बचनहरुले तिमी दोषी ठहरिनेछौ" । पत्रुसपनि उहाँको बचनलाई पुष्टि गर्दछन् "तिमीहरुले उहाँलाई पिता भनेर पुकार्दछौ, यो जान कि कसैलाई पनि किनारा नलगाई मानिसको हरेक कामको न्याय गरिने छ । त्यसकारण यस संसारमा परमेश्वरको भय मानेर सतर्कता अपनाई जिवनको यात्रामा लाग्नु" १ पत्रुस १:१७ । पावलपनि हाम्रो काम अनुसार न्याय हुन्छ भन्ने कुरामा अनभिज्ञ छैन । "येशूको न्याय आसनको अगाधि हामी सबै उभिने छौं । असल होस खराबहोस हाम्रो शरिरले गरेकाकामको प्रतिफल पाउनेछौं" २ कोरन्थी ५:१० । प्रकाशको पुस्तकमा युहन्नाले लेख्दछन्, "मरेर जिइएकाहरु परमेश्वरको अगाधि मैले देखें, तिनीहरु साना र महान थिए । पुस्तकहरु खोलिएका थिएः र अर्को पुस्तक पनि खोलिएको थियो जुन जिवनको पुस्तक थियोः मरेकाहरुको न्याय त्यस कितावमा लेखिएका अनुसार गरेका थिए । तिनीहरुको काम अनुसार न्याय गरिएको थियो" प्रकाश २०:१२

हाम्रो कामअनुसार न्याय हुने छ भन्ने तथ्य बाईबलमा अन्तपनि लेखिएको पाउनुहुनेछ ।

कामअनुसार न्याय हुन्छ भन्ने कुरा किन मनासीब छ ? संसारमा जतिपनि अन्याय अत्याचार दुष्तता भईरहेको छ यदि परमेश्वरले त्यसअनुसार न्याय गर्नुभएन भने परमेश्वर न्यायी हुनुहुन्छ भनि कसरी भन्ने ? बिचार गर्नुस थियोदेशीको तर्कमा परमेश्वरको न्याय कस्तो हुन्छ ।

५ उहाँले दिनुपर्ने इनाम उहाँसंगै हुन्छ

मत्ती २२:१-१३ मा येशूले बिबाहको निम्ताको कथा भन्नुभएको छ त्यसलाई ध्यानपुर्बक पढ्नुस र तलका प्रश्‍नहरुको जवाफ दिनुहोसः-
क. राजाले आफ्नो पुत्रको बिबाहको लागि निम्तापठाएको चित्रणको यथार्थता येशूले के भन्न खोज्नु भएको हो - हेनुहोस यसको बाख्या अरु पदहरुमा जस्तैः यशैया ६२:५, होशया २:१९, २०, मत्ती ९:१५, प्रकाश २१:२
ख. आएका सबै मध्य एकजनाले बिबाहमा दिएको पोशाक नलगाई आउँदा उसले न्यायको सामना गर्नुपरेको तार्त्पर्य के हो ?
ग. उक्त मानिसलाई केलाएपछि उसले के फल पाए ?

यस दृष्तान्तमा हामी यो पाउँछौं कि न्यायको निर्णय सुनाउनु अगावै कुनै न कुनै रितले न्याय भईसकेको हुन्छ । अदालतमापनि बिना जाँचबुझ नगरी कसैको न्याय हुन्देन । प्रकाश २२:१२ मा येशूले भन्नु भएको छ कि उहाँ इनामसाथ आउनुहुनेछ । यसको मतलव कसले पाउने कसले नपाउने अगाडिनै निर्णय नभईकन उहाँको हातमा कसरि इनाम हुनेछ ? २ कोरन्थी ५:१० मा मानिसले आफ्नै जिवनमा मृत्युपु्र्व गरेका कामहरुको फल पाउनेछन् भनेका छन् । यो कुरा दानियलले पनि १२:१ मा पुष्टि गरेका पाउँछौं । जिवनको पुस्तकमा लेखिएकाहरुले उद्धार पाउने छन् भनेका छन्। इन्साफको उच्चारणगर्नु भन्दा अघि सय बर्ष होस वा सय मिनेतको होस त्यसको कामको पहिला लेखाजोखा हुनुपर्दछ । येशूको आगमनमा इनाम वा सजायँ उहाँको हातमाल्याउने भएकोले उहाँको आगमनपुर्व केहि न केहि न्याय भईनै रहेको हुनुपर्दछ ।

हाम्रो इन्साफनै नगरी कसरी न्यायको फैसला हुन्छ ? त्यसकारण परमेश्वरले हामीमाथि गर्नुहुने न्यायको फैसला न्यायोचित र तर्कपुरणता हुन्छ भन्ने थियोदेशीको भाषमा हेर्यौ भनी हामी ढुक्क हुनुपर्दछ । परमेश्वरले शैतान,को पाप र दुष्टतालाई यथोचित इन्साफ गरी फैसला गर्नुहुनेछ, यो हामी उहाँकै हातमा भएको हुनाले सबै खालको न्यायबारे हामी ढुक्क हुनुपर्दछ ।

"न्याय गर्नु होशियारसाथ हुनुपर्दछ किनकि यसमा बिबिध प्रश्‍नहरुको संलग्नता छ । अ. अन्यायपुर्ण संसारमा परमेश्वरको न्यायिक फैसला, थियोदेशी तर्क आ. खरावगर्नेको प्रतिफल इ. निर्दोषहरु र अनजानको दुख कष्ट इ. सत्य र असत्यबिचको बिबादलाई सदाको लागि अन्त्य ई. पाप र दुखको सदाको लागि अन्त्य । सबभन्दा मुख्यत अन्तिम न्यायले परमेश्वरको चरित्र, उहाँको न्यायपुर्ण ब्यबहार, उहाँको बिधान र उहाँले जगतमा सम्हालीआउनुभएको अभिभारा आदि कसरी ठिक रहेछ भनि प्रमाणित गर्नेछ । जगतका सारा बोद्धिक जिवहरु चाहे उद्धार पाएका होस वा नपाएका होस तिनीहरुले अब शैतान र उसका अधर्मको नाश भएपछि सुरक्षित र शान्तिपुर्वक अनन्तको शास फेर्नेछन् । त्यसकारण न्यायको समय बाईवलमा शुसमाचारको मुख्य भागको रुपमा प्रस्तुत गरिएको हो - प्रकाश १४:६,७ ) " सेभेन्थ डे एडभेन्टिष्ट बिद्याको हातेपुस्तक, ठेली १२, पृ ८१५

अन्तमाः यस भागमा हामीले बाईबलमा दर्शायका न्यायका समयको बारेमा निम्न बुंदाहरु हेर्यौ १ न्याय र शुसमाचारको बिच आपसी सम्वन्ध गाढा छ र तिनीहरुलाई छुट्याउन सकिन्दैन २. आखिर समयको पुर्व संध्यामा कुनै न कुनै किसिममा अन्तिम न्याय भएको हुन्छ ३ न्यायहुनेहरुमा इर्साई हुँ भनेर दावि गर्नेहरु पनि पर्नेछन् ४. काम अनुसारको फल भन्ने धारणा यो न्यायको समाचारले दिन्दछ ५. न्यायको अन्तिम नतिजा कि त अनन्त जिवन वा अनन्त नाश हो ६. न्यायको फैसला हुनु अघि कुनै न कुनै किसिमले इन्साफ भईरहेको हुन्छ ।

छलफल गर्नुहोसः-
   १. चार नम्वरमा सोधिएका अन्तिम प्रश्‍नहरुको जवाफमा छलफल गरी एक आपसले के सिक्न सक्दछौं सो छलाफल गर्नुहोस । थियोदेशी भन्ने सिद्धान्तले उक्त प्रश्नहरुको जवाफमा के भुमिका खेल्दछ सो सोच्नुस
   २. कर्म अनुसारको फल भन्ने बिषयलाई ब्यक्तिगत धारणा बिश्वासीहरुको बिचमा छलफल गर्नुहोस ।
   ३. बिचार गर्नुहोस जिवनमा कसैप्रति न्यायको फैसला गर्नु परेको थियो वा थियो भने त्यो फैसला कुन कुन आधारमा गरिएको थियो? फैसला गर्ने ब्यक्तिले कस्तो जिम्मेवार ग्रहण गरेको थियो वा उसमाथि कस्तो बिश्वास राखिएको थियो ?
हामीले गरेको फैसलाले परमेश्वरको न्यायलाई कति प्रतिविम्व गर्दछ।