दानियल २

मुल पदः "अनि यि राजाहरुको दिनहरुमा स्वर्गका परमेश्वरले यस्तो राज्य स्थापना गर्नुहुनेछ जुन कहिलेपनि नाश हुनेछैन र यसको सार्बभौमिसत्ता अरु कुनै जातिको हातमा दिईनेछ, र त्यस परमेश्वरको राज्यले अरु सबै राज्यहरुलाई चक्नाचुर पारिनेछ र जलाएर नाश पारिने छ । र त्यस परमेश्वरको राज्य सदासर्बदाको लागि खडा रहने छ" दानियल २:४४

परमेश्वरको अस्तित्वको बारेमा मगज खिलाईरहेको बेला उ एक ईसाईलाई भेटेर चुनौती दिए, "परमेश्वरको अस्तित्वको प्रमाण दिन म तपाँईलाई एक घण्टाको समय दिन्छु" त्यस ईसाई बन्धुले दानियलको दुई अध्याय नहिचकिच्याईसंग पढेर अर्थपुर्ण बाख्यागरे। अध्ययनको अन्तमा त्यस युवकले स्विकार गरे , "अब मलाई थाहाभयो परमेश्वर स्वर्गमा बिराजमान हुनुहुँदोरहेछ ।" दानियल जुन ईसापुर्ब छैठौ‍ सताब्दीमा लेखेको थियो त्यस पुस्तकको दोश्रो अध्याय दानियलको युगदेखी अहिले र पछिसम्मको ईतिहासको रुपरेखाको बर्णन गरिएको पाउँदछौं । कुनैपनि समझदार ब्यक्तिले यो अध्यायको बिलक्षण बिवरणमा परमेश्वरले दिनुभएको भबिष्यवाणी र त्यस भबिष्यवाणीको दर्शन दिने परमेश्वरप्रति अप्रभावित हुनसक्दैन । दानियका यस भबिष्यबाणी यति प्रभावशाली थियो कि ईस्वी संबतको प्रारम्भिक सताब्दिहरुमा कतीले त यो दोश्रो सताब्दीमा लेखेका भनेर दावी गर्दछन् र अहिले पनि कतिले अहिले पनि पत्यार गर्दैन । यो हास्यस्पद छ कि कसरी सताब्दीयौं अघिको भविष्यबाणी र पछिहुने भबिष्यबाणी दोश्रो सताब्दीमा केरिन सक्दछ ।

यस भागमा यस आकर्षक भबिष्यवाणीलाई हेर्नेछौं किनकि यो बिषय यस सम्पुर्ण पुस्तकमा अध्ययनको जग हो ।

१ बिश्व ईतिहासको महान मानचित्र

पढनुहोस दानियल २:१-२५ जसमा बेबिलोनका नेबुक्नेजार सम्रातले सपना देख्दछन् र उ आफ्ना देशका सबै गन्यमान्य सल्लाहकारहरु र मन्त्रीहरु, अध्यात्मक अगुवाहरु, तुनामुना गर्ने ज्योतिषी र झाँक्री आदीहरु दरवारमा भेला गराएर सपना र त्यसको अर्थ भन्न आदेश दिन्दछन् ।याद गर्नुहोस यस प्रथम भेलामा दानियल र उसका साथिहरुको उपस्थिती थिएन ।
उक्त अध्याय पढेर निम्न प्रश्‍नहरुको जवाफ दिनुहोस:
क. दरवारमा भेलाभएका हितैषीहरुले सम्रातलाई आफ्नो सपना भन्न किन अनुरोध गरे ?
ख. बेबिलोनका त्यस बौद्धिक समुदायले सम्रातको आदेशले कुन दुई बिकल्पहरुको सामना गर्नुपर्‍यो?
ग. यस अबस्थाबाट उम्कन मानिसको शक्तिले भ्याउँदैन भनेर दानियलको कुन गतिविधीले देखाए ?
घ. सम्रातको सपना र भेदखुलाउन दानियल किन बिश्वस्त भए ? (दानियल २:२४)

दानियलको धन्यवाद र कृतज्ञपुर्ण प्रार्थनाले (१७-२२) दानियलपुस्तकको सबै संदेशको तात्पर्यताको बोध गराउँदछ । परमेश्वर रहस्यमय स्थानमा रहनु भएपनि उहाँको सार्बभौमिसत्तालाई कसैलेपनि चुनौति दिन सक्दैन । उहाँले संसारका सम्रातहरु वा देशका अगुवाहरुलाई उथलपुथल गर्नुहुन्छ । संसारको भुत, भविष्य र बर्तमानको ईतिहासलाई हाम्रो सिमित बुद्धीले नभ्यायपनि अन्तमा सबैथोक परमेश्वरको हातमा छ भनेर हामी निर्धक्क हुनुपर्दछ । १ कोरन्थी १३:१२

परमेश्वर, बिश्वको ईतिहासिय मानचित्रलाईमात्र आफ्नो अधिनमा राख्‍नुहुन्न, हामी हरेकको नजिक हुनुहुन्छ । हेर्नुहोस कसरी रातको समयमा उहाँ दानियलको नजिक आउनुभयो र उसले थाहापाउनुपर्ने भेद खुलाउनुभयो ।दानियल संसारको महान साम्राज्यमा एक बिदेशी कैदीको रुपमा थिए । तर संसारका प्रभु (यहोशु ३:१२), स्वर्ग र पृथ्वीका सृष्टिकर्ता (उत्पती १:१), नक्षत्रहरुको बाटोलाई सम्हाल्नुहुने शक्तिशाली परमेश्वर एक अनजान यहुदी र युद्धबन्दीकोसन्मुख आउनुभयो । यो कहिलै नबिर्सौं त्यही परमेश्वरको आराधना र सेवा हामी अहिले गरिरहेकाछौं ।

स्मरण गर्नुहोस अन्धकारमा छामछुम गरिरहेको समयमा परमेश्वर कसरी नजिक आउनु भएको थियो ।

२ रहस्य खु्ला गरियो

दानियल २:२६-४५ पढ्नुहोस र दानियलले सम्रात नेबुकनेजारको सपना र त्यसको अर्थ कसरी खुलाईदिए त्यसलाई आफ्नै शब्दमा संक्षिप्तमा वर्णन गर्नुहोस । यसमा चार बिभिन्न ऐतिहासिक साम्राज्यकालको बर्णन गरिएको छ । ति साम्राज्यहरुलाई मुर्तिको कुनकुनभागले प्रतिनिधित्वगरेका छन् सो तल लेख्‍नुहोस।

क –––––––––––––––––––––––––
ख –––––––––––––––––––––––––
ग –––––––––––––––––––––––––
घ –––––––––––––––––––––––––

येशू जन्मनु छ सय बर्ष अघि दानियललाई बिश्वको ईतिहास उसको समय देखि संसारको अन्तसम्म छर्लङ्ग देखाएको हामी पाउँदछौं । सम्रातले देखेका महान अजिव मुर्तिको टाउको सुनको थियो, त्यो बेबिलोन साम्राज्यको प्रतिक थियो, छाटी र हात पाखुरा चाँदीको थियो जुन बेबिलोन पछि कमसल साम्राज्य मिड पर्सिया, पेट र तिघ्रा पित्तलको जो ग्रिस साम्राज्य, अनि चौथो राज्य फलामको खुट्टा अर्थात रोमी साम्राज्य, अन्तमा पाईटाला जुन फलाम र माटोको थियो यो आधुनिक युरोपको प्रतिक थियो । दानियल २:३२-४३ ।याद गर्नुस यो कुनै एडभेन्टिष्टले आबिष्कार गरेको अर्थ होईन तर यहुदी र ईसाई बिद्वानहरुले सताब्दियौं अघिनै दानियल २ को भेद सर्बसम्मतबाट स्विकार गरिसकेका थिए ।

यो भविष्यबाणी कहाँ गएर अन्त्य हुन्छ, अन्तमा स्थापना गरिने साम्राज्य कुन हो, र यो प्रश्‍नको जवाफ पुरा दुई अध्यायले कसरी दिन्छ सो मनन् योग्य छ ।

दानियल २ अविच्छिन्नरुपमा येशू जन्मनु पाँचसय अघि र संसारको अन्तसम्मको ऐतिहासीक दृष्यको पर्दाफास गरिएको छ । संसारको अन्त येशूको आगमणमा हुन्छ भनेर दर्शाएको छ ।जो मानिस यस भविष्यवाणीलाई प्रथम आगमणमामात्र सिमित राख्दछ उसले दानियल २ मात्र होईन अरु सबै अध्यायहरुको अर्थलाई अनर्थ लगाउने प्रवल सम्भावना हुन्छ । दानियल यस्तो पुस्तक हो जस्ले येशूको दोश्रो आगमणमात्र होईन तर त्यसपछि हुने घट्नाहरुका दृष्यहरुलाई चित्रित गरियकाछन् ।दानियल, सचमुचरुपमा बिश्व ईतिहासको अन्तिम घडीको सुचना दिने पुस्तक हो ।

३ रोमी साम्राज्य

दानियल २ मा यस्तो मुर्तिको बर्णन गरिएको छ जसको बिभिन्न भागहरु बिभिन्न धातुहरुले बनेको र ति भागहरु बिभिन्न साम्राज्यहरु देखाउँदछ । बेबिलोन सुन, मिड पर्सिया चाँदी, ग्रिस पित्तल र रोमी साम्राज्य फलामद्वारा प्रतिनिधित्व गरिएको पाउँछौं । खुट्टा बाहेक सबै शरिरकाभागहरु मुल्यवान धातुहरुद्वारा बिभिन्न साम्राज्यका युगहरु प्रतिबिम्व गरेका छन् ।तर फलामको खुट्टामा जव अदृष्य हातबाट कुँधिएका चट्टानले धाल्दैन तव त्यो रहिरहन्छ अनि सारा मुर्ति चकनाचुरहुन्छ । मुर्तिका पाईतालाका ‌औंलाहरु फलाम र माटोमिसेको हुन्छ ।यो रोमी साम्राज्य हो । अरु सबै साम्राज्यहरुको अन्त भयो तर रोमी राज्य बिश्वब्यापीरुपमा अझपनि शक्तिशाली छन् । यो प्रभावकारी र शक्तिशाली पृथ्विको अन्त्यसम्म रहन्छ । तर ग्रिस जस्तो होईन, अर्कैकिसिमले ।

केहि सताब्दि अघि बिलायतमा एक जना राजनितिज्ञले भनेका थिए " यदि कसैले यस महान धार्मिक आधिपत्यकोबारेमा ध्यान दियौं भने त्यो आफ्नो चिहानमाथी मुकुट लगाएर बसेका मुर्दा रोमी साम्राज्यको भूत हो" (थोमस हबस, लिभियथान ) यस उदृतले रोमी साम्राज्य कुन किसिमले शासन गरिरहेका छन् भनेर बताउँदछन् ।
बाईबलका भविष्यबाणी सताब्दीयौ‌ पुर्ब गरेका कसरी पुराभईरहेका छन्, यसले बाईबल र परमेश्वरको प्रतिज्ञाप्रतिको बिश्वासमा दरिलो हुन सिक्नुपर्दछ ।

४ के बहुरुपमा भबिष्यबाणी तामेल भएको छ ?

दानियल २ मा पाँच साम्राज्यहरुको बर्णन गरिएपनि दुई राज्यहरुको मात्र ‌औंल्याएको छ । ति हुन बेबिलोन र अन्तिम परमेश्वरको राज्य । पद ३७,३८ र ४४ । तर दानियल ७ र ८ मा हामी बिस्त्रितरुपमा ति पाँच राज्यहरुको बर्णन गरिएको र दुई राज्यहरुका नामद्वारै पनि ‌औंल्याएको पाउँदछौं ।

दानियल ८:२० र २१ हेर्नुहोस अगाडी भनेका दुई साम्राज्य सहित दुई अर्कोको नाम उल्लेख गरिएको छ ।
बेबिलोन – दानियल २:३७,३८
मिड पर्सिया – दानियल ८:२०
ग्रिस – दानियल ८:२१
चौठो साम्राज्य
परमेश्वरको अनन्त राज्य दानियल २:४४

दानियल आफैले दर्शनको अर्थ २:३७–४५ मा खुलाएका छन् । ति दर्शनबाट पाएको भबिष्यबाणीलाई बिभिन्न समयमा बिभिन्न अर्थमा प्रयोग गरेको पाउँदैनौं ।

चौथो राज्यको नाम उल्लेख नगरेपनि त्यो राज्यको क्रियाकलापले एउटा शक्तिकोबारेमा भनेको भनि ठम्याउन सकिन्छ जुन बिस्त्रितरुपमा पछि हेर्नेछौं । तै पनि पाँच राज्यहरुमध्ये चार राज्यहरुको नामद्वारा तोकिएको पाउँछौं । भबिष्यबाणी बिभिन्न समयमा बिभिन्न अर्थ लाग्छ भनेर देखाउँदैन अर्थात एक समयमा एक अर्थ र अर्को समयमा अर्को अर्थ । हेर्नुहोस बिभिन्न राज्यशक्तिहरु जुन आफ्नै समयमा मजबुत भएको बिश्व ईतिहासमा पाउँदछौ, दानियलका भबिष्यबाणीहरुमा ति शक्तिहरुको बर्णन पुर्णरुपमा मिलेको पाउँदछौं । भबिष्यबाणीलाई समय अनुसार परिबर्तित अर्थ लाग्छ भन्ने धारणा बाईबलले दिईदैन ।

हामी यस्तो समयमा छौं कि कुनैको पनि स्थिर छैन, यस्तो समयमा परमेश्वरले देखाएका भुत, भबिष्य र बर्तमान उहाँको अगाडी अपर्बतिनिय र नडगमाउँदो छ भनेर निश्चित हुनुपर्दछ जसले गर्दा हाम्रो बिश्वास अटल हुनु पर्दछ ।

५ पौराणिक समय देखी अन्नतसम्म

दानियल २ अध्याय मुख्यत: त्यसबेला देखी अहिले र अन्तसम्मको ईतिहासलाई लक्षित गरेको भविष्यवाणी हो ।
दानियल २:३७÷४५ फेरी पढेर दुईहरफमा निषकर्ष लेख्‍नुहोस:




सारांशमा यो भविष्यवाणी पौराणिक समयदेखी परमेश्‍वरको अनन्त राज्यसम्म‍ ‍‍ओगेटेको छ । सब भन्दा महत्वपुर्ण पाठ यस पदहरुबाट हामीले के सिक्नुपर्दछ भने सपनामा देखाएका भविष्यवाणीको भेद यही पदहरुलाई ऐतिहासिक परिपक्षेमा नियालेर खोल्न सकिन्छ । जुन पदहरुले बोल्न खोजेको कुरा त्यही पदहरुमै पाईन्छ भनि दावि गर्ने एडभेन्टिष्टमात्र एक्लो छ भनेपनि हुन्छ । दानियलको यो प्रथम भविष्यबाणीले संसारको अन्तसम्मको मानव ईतिहासलाई अवलोकन गरिएको छ । दानियले उल्लेख गरिएको घट्नाहरुलाई ईतिहाससंग दाँजेर मिलेको हुनाले भविष्यवाणीको अर्थ बुझ्न भविष्यवाणिमै हुन्छ भनेर देखाउँदछ ।

दानियल २:३४,३५ र ४४,४५ मा ईतिहासको अन्तमा स्थापनागर्ने अन्तिम राज्य अहिले सम्म भएको छैन भनि थाहापाउन अगाडीका राज्यहरुको चित्रण र अन्तिम राज्यको चित्रणमा ठुलो भिन्नताले गर्दा थाहापाउन सकिन्छ । परमेश्‍वरको राज्य आउन अघी संसारका देशहरु बिषेश गरेर टुक्रिएको युरोपलाई एक भएर मजबुट हुनखोजछन् तर तिनिहरु कसरि असफल भईरहेकाछन्, जसरी माटो र फलाम मिसिन्दैन ति देशहरुपनि मिल्दैन भन्ने दानियलको भविष्यवाणी हाम्रै अगाढी पुरा भईरहेको हुन्दा हाम्रो बिश्वास परमेश्वरमाथी अगाढ हुनुपर्दछ ।

"कति मानिसहरुले आफ्नो जिवनकालमा घटिरहेको सत्यलाई भविष्यमा धकेली दिन्छ त कतिले पुराभईसकेको भविष्यवाणीलाई भविष्यमा हुनेछ भनि बिश्वास गरी परमेश्वरमाथीको आस्थालाई धलमल्याउन खोज्दछन्" एलेन जि॰ ह्वाईट, सेलेक्टेद मेशेजस, ठेली २, पृ १०२

यो भागमा हेर्‍यौं कि दानियल २ ले परमेश्वरको बचन प्रेरणाद्वारा आएकोले कति प्रभावशाली छन् र त्यसमा भरोसा राख्‍न सक्दछौं । येशू जन्मनु छसय बर्ष अघि बिश्व ईतिहासको मानचित्र तयार गरी यथार्थरुपमा प्रस्तुत गर्नु मानवज्ञानभन्दा बाहिरको कुरा हो । भविष्यवाणी ठिकठकरुपमा पुराभएकोले दानियलका भविष्यवाणी दोश्रो सताब्दी अर्थात घट्ना घटिसके पछि लेखेको भनी दावी गर्दछन् ।यो भनाईमा पुर्ण असत्य छ किनकी येशूले मत्ती २४:१५ मा दानियललाई उदॄध गर्नुभएको थियो ।उहाँले दानियलको भविष्यवाणी पुराहुन बाँकी छन् भनेर देखाउनु भएको छ । अर्को तथ्य रोमी साम्राज्यको अन्त्य र अहिलेका युरोपको ईतिहास नघटैकै समयमा कसरी पक्कापक्किरुपमा लेख्‍न सक्योभन्ने बिबादलाई कसरी धान्ने ? बाईबलका बचनलाई निष्तेज पार्नखोज्ने कुनै पनि धर्मगुरु वा पण्डितहरुमाथी हाम्रो आस्था होईन गर परमेश्वरको वचनलाई मात्र हाम्रो आस्थाको केन्द्रबिन्दु बनाउनु पर्दछ । दानियल २ ईतिहासले लादेको बचनहरु नास्तिकलाई समेत चुनौतिपुर्ण छ ।