दानियल ८

मुल पद: "उनले मलाई भने, दुई हजार तिनशय साँझ र विहान लाग्नेछ, तव पवित्र स्थानको मुल अर्पण हुनेछ ।" दानियल ८:१४

दानियल ८ प्राय जसो २ र ७ का भविष्यबाणीहरुलाई नै तेवा दिएको पाईन्छ । "अन्तको समय" भन्ने बाक्य प्रथम पकट प्रयोग गरेर मानव सभ्यताको पौराणिक देखी अन्तसम्मका ईतिहासको दस्तावेज प्रकट गरिएको पाउँदछौं । (दानियल ८:१७) दानियल ८ ले बिश्व ईतिहास ईस्रायलको ईतिहासमा सिमित नरहेर यसको दायरा फराकिलो छ र यो ईतिहासको अन्त कुनै मानवको पुरुषार्थमा होईन तर येशूको आगमनले हुन्छ भनेर छर्लङ्ग पारेको छ ।

दानियल ८ पनि २ र ७ जस्तै दुई भागमा विभाजित भएको छ: सपना/दर्शन र त्यसको अर्थ । दानियल ८ मा प्रथम १४ पदहरुमा दानियललाई सपना/दर्शन देखाएको हुन्छ जसमा उसले भेडा, बाख्रा र सानो सिङ्ग अनि पवित्र मन्दिरलाई सुद्धसफा गरेको हुन्छ । अनि बाँकी अन्सचाहिं ति दर्शनको भेद खोलाईएको पाउँदछौं । तर रुचिको बिषय के छ भने पवित्र मन्दिरमा हुने कामको बारेमा यहाँ बाख्या गरेको छैन । त्यस मन्दिर किन शुद्ध गरिन्छ भन्ने भनाई सत्य भएपनि दानियलले बुझ्न सकिन भनेर गुनासो गर्दछ । दानियल ८:२६, २७ । किनकी ८ अध्यायमा त्यसको अर्थ खुलाएको हुन्दैन तर ९ मा चाहीं हुन्छ ।

१ दर्शनमा फेरी जनावरहरु देखाईन्छ ।

दानियल ८:१-१४ पढ्नुस र आफ्नै शब्दहरुमा यसमा दर्शाएका दर्शनलाई घट्नाक्रमाअनुसार लेख्‍नुहोस:-




दानियलाई भेडा, बाख्रा, सानो सिङ्गको र पवित्र स्थान शुद्ध गरेको दर्शन देखाएपछि १५ देखी १८ मा के भएको हेर्नुहोस । एउटा मानिसको आवाज आएर दानियललाई सपनाको अर्थ खुलाईदेउ भनेर गेब्रियललाई भनेको पाउँछौ । स्वर्गदुतले पनि दुई चोटी यो दर्शन अन्तको समयको हो भनेर पुष्टी गर्दछ ।(१७,१९)

दानियल ८ को १५ देखी २७ गेब्रियलले दानियलले दर्शन पाएका सपनाको अर्थ खुलाउँदछ ।

दानियल २ र ७ मा मिड पर्शिया र ग्रिस साम्राज्यहरु ईतिहासमा शक्तिशाली भएर देखा पर्दछ भनेको पाउँछौ । गेब्रियलले नामै टोकेर बेबिलोनबाहेक अरु साम्राज्यहरु उल्लेख गरेको हुन्छ । मिड पर्सीया र युनान अर्थात ग्रिस साम्राज्य (२०,२१) को उदय भएपछि अर्को शक्ती सानो सिङ्गहुन्छ भनेर देखाएको छ । यसको बारेमा अर्को बुंदामा हेर्नेछौं तर हेर्नुहोस यो सानो सिङ्गको हैकमतालाई परमेश्वरको शक्तिले अन्त गर्नुहुन्छ र त्यसपछि संसारको अन्त्य हुन्छ ।(दानियल ८:२५,३४)
दानियल ८ को घट्ना चक्रलाई यसरी हेर्न सकिन्छ:-
मिड पर्शिया
युनान अर्थात ग्रिस
सानो सिङ्ग
परमेश्वरको पवित्र स्थान शुद्ध पारेका

दानियल ८ ले फेरीपनि यो बताउँदछ कि यो संसार परमेश्वरको मुठ्ठीमा छ जुन आश्वासनले बर्तमानको कुनै ईतिहासले हामीलाई थर्कमान बनाउन सक्दैन भनेको सन्देश मिलेको छ ।

२ सानो सिङ्ग – प्रथम भाग

अघिल्लो भागहरुमा हामीले हेर्‍यौं कि दानियल २ देखी ८ सम्म पाँच साम्राज्यहरुको बर्णन गरिएको छ र पाँचौ चाहिँ परमेश्वरको राज्य भनेर उल्लेख गरिएको छ ।सबै साम्राज्यहरुको नाम तोकिएको छ तर चौठो बिषेश शक्ति जुन ग्रिस वा युनान साम्राज्य पछि उदय हुन्छ जुनकि संसारको ईतिहासको अन्तसम्म रहनेछ त्यसको नाम तिनै अध्यायमा उल्लेख गरिएको पाईन्दैन ।निम्न चित्रमा बिषेश राज्यको नाम बाहेक अरुको नाउँ उल्लेख गरिएको पाउँदछौं:-

दानियल २ दानियल ७ दानियल ८
बेबिलोन  बेबिलोन -----------
मिड पर्शया मिड पर्शिया मिड पर्शिया
ग्रिस वा युनान ग्रिस ग्रिस
अर्को राज्य अर्को राज्य अर्को राज्य
संसारको अन्त्य संसारको अन्त्य संसारको अन्त्य

 
अहिले सम्मको अध्ययनले हामी यो दावि गर्न सक्दछौं कि दानियल ८ मा उल्लेखित सानो सिङ्ग कुनै भौगोलिक मात्र नभएर आध्यात्मिक शक्ति हो, जुन ईतिहासका पानाहरु पल्टाएर हेर्‍यौं त्यस राज्यशक्तिले दर्शाएका हैकमताको लक्षणहरुले पुष्टी गर्दछ।
त्यो राज्यशक्ति कुनै अरु नभएर रोमको मुर्तीपुजक राज्य र पोपको शक्ति हुन । किनभने ति नै शक्ति हुन भनेर निष्कर्षमा पुर्‍याउने निम्न केही ऐतिहासीक घट्नाक्रमको तर्कले पुष्टि गर्दछ ।
दानियल २, ७ मा तेश्रो शक्ति रोम भनेको छ र त्यसलाई दाँजेर हेर्‍यौं भने ८ पनि रोमनै हो भनेर थम्याउन सक्दछौं ।सानो सिङ्गको हेकमताको उदय ग्रिस वा युनान साम्राज्यको अन्तपछि हुन्छ र त्यो संसारको अन्तसम्म रहन्छ भनेर देखाईएको छ र आज सम्म त्यस्तो कुन राज्यको अस्तित्व छ ?
यो पनि हेर्नुहोस मिड पर्शिया राज्य महान भनेको छ, (८:४) ग्रिस त्यो भन्दापनि महान भनेको छ (८:८) र त्यसको बिपरित सानो सिङ्ग अत्यन्त महान हुन्छ भनेर उल्लेख गरेको छ (८:९) । मानिसहरुले कुन राज्य महान भनेर बादबिबाद गर्न सकिन्छ तर अत्यन्त महान (शक्तीसाली) चाहीँ सबै भन्दा महान हो भन्नेमा द्विभिधा छैन । यसरी सानो सिङ्ग मिड पर्शिया र ग्रिसभन्दा महान रोमी साम्राज्य भन्दा अरु हुन सक्दैन ।
दानियल ७ मा पनि हेर्‍यौं कि सानो सिङ्गको प्रतिक पोपको राज्यशासन हो र ८ मा पनि त्यही दोर्‍याउँदछ किनभने त्यसको शासन परमेश्वरका जनहरुलाई सतावत दिने शक्तिको रुपमा चिनारी भएको छ ।
सानो सिङ्गले देखाएका लक्षणहरु के हुन ध्यान गरेर हेर्नुहोस, के हामी पनि त्यो लक्षणमा सहभागी कहिले कहिले हुन्दैनौं र ?

३ सानो सिङ्ग – दोश्रो भाग

दानियल २ र ७ मा उल्लेखित ग्रिसपछि आउने शक्तिसाली राज्य रोम हो भनेर सदवुत प्रमाण निसंकोचरुपमा ईतिहासले दिन्दछ । राजनैतिक रोम साम्राज्यबाट अध्यात्मिक रोमको पोपमा परिवर्तन भएर त्यो ईतिहासमा एक शक्तिसम्पन्न राज्यको रुपमा खडा भएको थियो र भईरहेको छ।

चौथो राज्यको द्वैध शक्ति दानियलले देखेका तिनै दर्शनहरुमा समानान्तर पाउँछौ‍ । दानियल २ मा धलौत प्रतिक राज्य ग्रिसपछि फलामको साम्राज्य जुन रोम हो आउँछ भनेको थियो । फेरी त्यो फलाम फैलिएर खुट्टाको दश ‌‌‌औंलामा माटोसंग मिसीएर आफ्नो आधिपत्य जमाउन खोजेको भनेर उल्लेख गरिएको छ । जव यो राजनैतिक शक्तिको बर्णन गरिएपनी त्यही समयमा र त्यही रोममा पोपको शक्तिको उदय भएकोले ईसाई ईतिहासमा रोमन क्याथोलिक चर्चको स्थान महत्वपुर्ण मानिएको छ ।दानियल ७ मा पनि चौथो जनावरको उदय भएको र त्यसबाट सानो सिङ्ग निस्केकोले त्यही पोपको आधिपत्यलाई स्विकार गरिएको छ ।

दानियल ८ मा सानो सिङ्गलाई बिस्त्रितरुपमा हेर्नुहोस र उसको धार्मिक तत्वहरुको वर्णनले रोमको पोपशासन लाई पहिल्याएको पाउँदछौं । दानियल ८:२ मा ग्रिस साम्राज्य टुक्रा भएको पाउँदछौ र त्यसपछी चारै दिशातर्फ त्यो शक्तिसाली सानो सिङ्गको आधिपत्य जमाएको पाउँछौं । र लगत्तै पछी त्यसको दुई पक्षको वर्णन गरेको हुन्छ ।

दानियल ८:९ मा त्यस सानो सिङ्गको शक्ती चारै दिशामा फैलिएको भनेको छ भने १०-१२ पदहरुमा त्यसको निशान कता फर्केको पाउँदछौ‍ । दानियल ८:९ मा त्यस सानो सिङ्गको राजनैतिक र शैनिक शक्तीको बिस्तार संसारको चारैदिशामा फैलिएको पाउँदछौं भने ठाडोरुपमा स्वर्गको जनहरुलाई, जगतको राजकुमार र पवित्र स्थानमाथि धावा बोलेको पाउँदछौं । हो स्वर्गमा त्यो सानो सिड्गले सिधै हमला गर्न सक्दैन तै पनि उसको आत्मिक कार्यक्रिलापले प्रभु येशूले गर्नु भएको काम र गरिरहनेभएको कामलाई चुनौती दिएको पाउँदछौं । त्यस पोपले दावि गर्दछन कि उ येशूले पाएको स्थानमा आफु बसेको र उहाँले गर्ने क्षमा दिनेकाम आफुले गर्न अधिकार पाएको दावि गर्दछन र उसको हालिमुहालीमा नचल्ने करौडौंलाई सहिद बनाएको पाउँदछौं ।ईतिहासले यो बताउँदछ कि सिजर सम्रातको शक्ति पोपमा हस्तारन्तरणभएर आत्मिक साम्राज्यको मालिक बनेको हुन्छ ।

४ पवित्र स्थानको शुद्धिकरण

दानियल ८ अध्यायलाई सरसरति हेर्दा यसरी सारांसमा आउन सक्दछौं:-
मिड पर्शिया
ग्रिस अर्थात युनान
रोम
पवित्र स्थानको सफाशुद्ध गरिने
दानियल ८ मा दानियललाई पवित्र स्थानको सफाशुद्ध गरिने दर्शनको अर्थ बाहेक सबैको भेद गेब्रियल स्वर्गदुतले खुलाएका थिए । यस्को बिषेश बाख्या नगरेपनि पवित्र स्थानको सफाशुद्ध बारे यही ८ अध्यायमा शक्तिशालीरुपमा सूचित गरेको पाउँदछौं ।
दानियल ८:१४ मा भनिएको पवित्र स्थानको सफाशुद्धीकरण ईतिहासको निश्चित समय पछि जव सानो सिङ्गको गतिविधीपछी हुन्छ भनिएको छ । (दानियल ८:२२-२५) हेर्नुहोस पद २५ मा त्यो सानो सिड्गको बिषेश कार्य कलापमा अन्त भएर पवित्र स्थानको सफाशुद्ध गरिने छ भनेर देखाईएको छ ।

दानियलले देखेका दर्शनको अर्थ यस प्रकार छ:-

दर्शन अर्थ
भेडा मिड पर्शिया
बाख्रा ग्रिस वा युनान
सानो सिङ्ग रोम
पवित्र स्थानको सफाशुद्ध गरिने अलौकिक ढंगले सानो
सिङ्गको अन्त्य


पवित्र स्थानको सफाशुद्ध जसरी गरिए पनि यसले अलौकिक ढंगले बिश्व साम्राज्यको चाहीं अन्त हुनेछ भनेर दानियल २ र ७ मा देखाएको छ, अनि परमेश्वरले आफ्नो राज्य स्थापना गरिने छ । कति बिद्वानहरुले पवित्र स्थानको सफाशुद्ध गरिने भनेको मानव ईतिहासमा सिमित रहेर दोश्रो सताब्दीमा जेरुसलेमको मन्दिरको नाशसंग जोडिएको देखाउन खोजेको छ । तर यो अर्थमा सार्थकता छैन किनकि दानियल २ र ७ अनुसार पवित्र स्थानको सफाशुद्ध गरिने भनाईमा जगतको ईतिहासमै अत्यधिक घट्नाक्रमलाई जनाउँछ । तसर्थ पवित्र स्थानको शुद्धिकरण तिन बिश्वसाम्राज्यबादको हैकमताको उदय र पतन पछि हुने भनेकोले ईसाई ईतिहासमा यसको गहिरो अध्ययन हुनु अत्यन्त जरुरी छ किनभने यसले हाम्रो बिश्वासको भविष्यलाई निर्धारण गर्दछ ।

के हाम्रो जिवनमा पनि केहि शुद्धिकरण गर्नु छ बिचार गर्नुहोस ?

५ स्वर्गमा न्यायईन्साफ

हामीले केही हप्तादेखी अ‌ध्ययन गरीरहेका सन्देश संक्षिप्तमा तल उल्लेख गरेको छ र यसले पवित्र स्थान शुद्धिकरण गरिने भनेको के हो देखाउन खोज्दछ ।

दानियल २ दानियल ७ दानियल ८
बेबिलोन बेबिलोन ----------
मिड पर्सिया मिड पर्सिया मिड पर्सिया
ग्रिस ग्रिस ग्रिस
रोम साम्राज्य रोम साम्राज्य रोम साम्राज्य
रोमी पोपको राज रोमी पोपको राज रोमी पोपको राज
---------------- स्वर्गमा ईन्साफ पवित्र स्थानको सुद्धि
दोश्रो आगमन दोश्रो आगमन ------------------

माथीको अध्यायहरु हेर्‍यौं भने तिन अध्यायको बिचमा समानान्तर पाउँछौ‍ । साम्राज्यहरुमा मात्र समानान्तर होईन दानियल ७ र ८ मा १२६० बर्षसम्म पोपिय गतिबिधी पछि स्वर्गमा हुने पवित्र स्थानको शुद्धिकरण पनि उल्लेख गरियएको पाउँदछौं । अर्थात दानियल ८ को स्वर्गको पवित्र स्थान शुद्धिगर्नु भनेको दानियल ७ मा संसारको अन्त्यहुने संकेत देखाएको पाउँछौं ।

माथि उल्लेखित चित्रमा येशूको आगमनपुर्व न्यायनिसाफहुन्छ भनेर देखाएको छ । अत्यधिक महत्वपुर्ण बुंदाचाहीँ के भने दानियल ७ मा स्वर्गमा न्यायहुन्छ भनेको छ भने दानियल ८ मा पवित्र स्थानको शुद्धिकरण हुन्छ – यि दुबैको अर्थ एउटै हो अर्थात येशूको दोश्रो आगमन अघि संसारको न्यायनिसाफ वा पापी र अधर्मिको बिचमा छिनोफानो हु्न्छ । प्रकाश २२:१२ मा भनिएक छ "हेर म चाँडै आउने छु । हरेक मानिसलाई उसले गरेअनुसार प्रतिफल मसँग छ ।" अर्थात उहाँ यस संसार मा आउनु अघिनै हरेकको निसाफ भईसकेको हुन्छ ।
अन्तमा:-
बिश्व ईतिहास पल्ट्टायौं भने दानियल ७ र ८ निम्न तरिकाले दुरदर्शकको रुपमा प्रस्तुत गरेको पाउँदछौं:-
दानियल ७ दानियल ८
बेबिलोन -------------
(ईसापुर्व मध्य ६०० सताब्दिमा अन्त हुन्छ )
मिड पर्शिया मिड पर्शिया
(ईसापुर्व मध्य ६०० सताब्दिदेखी ईसापुर्व मध्य ४०० बर्ष)
ग्रिस ग्रिस
(ईसापुर्व मध्य ४०० सताव्दिदेखी ईसापुर्व मध्य २०० वर्ष)
राजनैतिक रोमी साम्राज्य राजनैतिक रोमी साम्राज्य
(ईसापुर्व मध्य २०० वर्ष देखी ईस्वी संबत ६०० सम्म)
रोमीय पोपको शासन रोमीय पोपको शासन
(सन्तहरुलाई सतावत दिने समय: छैठौं सताव्दिदेखी १८००-१९०० ईस्वी संवत सम्म )
स्वर्गमा न्याय भएको दृष्य पवित्र स्थानको शुद्धिकरण
दोश्रो आगमन अदृष्य हातले संसारको अन्त्य

माथी बर्णन गरीएको ७ अध्यायको न्यायको समय जुन १२६० संवत पछि सुरु हुन्छ दानियल ८ को पवित्र स्थानको शुद्धिकरण पनि त्यही समयमा हुन्छ भनेर देखाउँछ । यो कार्य उन्नाईसौं सताब्दी अर्थात येशूको आगमन पुर्व हुनेछ भनेर निर्धारण गरिएको देखाउँदछ । अहिले सम्म न्यायको समय निश्चीत समयदेखी सुरु हुन्छ भनेर हेरेका छैनौं , त्यो पछी हेर्नेछौं ।
हो दानियलले सबै भविष्यबाणीको अर्थ तत्काल बुझाईयको थिएन ते पनि परमेश्वरमाथिको आस्था ढलमलिएको थिएन । उन्को अनुशरणले हामी यो निष्कर्षमा आउनु पर्दछ कि हाम्रो आस्था हामीले सबैबुझेका ज्ञानमा भन्दा परमेश्वरमा हुनुपर्दछ ।