"मेरो आँखाले अभिलाषा गरेको सबै कुरा"

From StudyGuides

Contents

भाग ३

"मेरो आँखाको अभिलाषाले भ्याएसम्म"

यस अध्ययनको लागि पढ्नुहोस्: उपदेशक २ र हितोपदेश ३:१३-२८ मुल पद: "मानिसको सबै परिश्रम केको लागि हो र अथवा सूर्यमुनि हृदयलाई कष्टकर बनाएर दुख गर्नु के फायदा छ र ?" ( अर्थात, सूर्यमुनि आफैले गरेका सबै मेहनत र चिन्तसहितको परिश्रमबाट मानिसले के पाउँछ र ?) उपदेशक २:२२ ।

"पिछा गरें मैले बेकारमा दर्शन शास्त्रहरुमा मानव बिधान र औषधी उपचारमा पनि प्रभु, सहायता गर्नुहोस भनि धर्मशास्त्रहरु अनेक उत्साह र भरमग्दुरसाथ अध्ययन गरें । तर यहाँ, बिचरा मुर्ख भएर, फेरी उभिएको छु, पहिला भन्दा बुद्धिमानी भएर त होईन ।"

- जर्मनको साहित्यकार तथा दर्शनशास्त्री, योहान गोथे, फौष्ट (न्यु योर्क: डब्ल्यु. डब्ल्यु. नोरटन, २००१ ) पृ. १२

फोष्टको अभिब्यक्तले यो देखाउँदछ कि सोलोमनले जस्तै ज्ञानको खोजीमा उसले पनि सन्तुष्तता प्राप्त गर्न सकेनन् । धर्मशास्त्रको अध्ययनले पनि उसलाई गन्तब्य स्थानमा पुर्‍याउन सकेन । हुनत, बाईबललाई नम्र र सिक्न चेष्टाले अध्ययन गरेन भने बुझ्न कठिननै पर्दछ ।

हुनत सोलोमनले गोथेको फोष्टले जस्तै सुख र आत्मसन्तुष्तीको लागि आफ्नो आत्मालाई शैतानको हातमा खुलारुपमा बेचेन, तै पनि उसको गतिले गर्दा शैतानकै फन्दामा उ परेको थियो भन्दा गलत साबित हुन्दैन । भाग्यबस सोलोमन जस्तोको लागि येशू यति निचसम्म झर्नुभयो कि उहाँ हाम्रोलागि पाप हुनुभयो (२ कोरन्थी ५:२१) ताकि कुनैपनि मानिस जस्तोसुकै पापको गहिर्‍याईमा परेपनि उहाँले उसलाई उठाउन सकोस् ।

यस भागमा परमेश्वरबिनाको जिवन कस्तो दिक्कलाग्दो र हतोत्साहपुर्ण हुनेरहेछ भनेर सोलोमनले भन्न खोजिरहेको हेर्नेछौं । यदि उसको बचनलाई होशियारपुर्वक नियालेर हेर्‍यौं भने हामीले महत्वपुर्ण पाठ लिन सक्दछौं ।

१. हावालाई हिर्काउनु

प्रथम अध्यायको अन्त सोलोमनको अफसोच मनाएकोमा हुन्छ किनकि उसले जे ज्ञान र बुद्धि बर्षौं लगाएर सिके उसकोलागि ब्यर्थ भए (उपदेशक १:१६-१८) ति सबै निरर्थक भए र हावामै उडाएर लगे । यो कस्तो कहालिलाग्दो छ कि सोलोमन जस्तो मानिस जो कि प्रारम्भिक जिवनमा उसको बुद्धि देख्‍दा मानिस चकित भएको थियो (१ राजा १०:१-८, ४:२९-३४), उसले त्यस्तो निराशमय भावनालाई अभिब्यक्त गर्ने अबस्थामा पुगे ।

त्यहि सोलोमन जसले बुद्धिप्रति पहिला कस्तो सकारात्मक धारणा थियो, हेर्नुहोस् उदाहरणस्वरुप हितोपदेश ३:१३-२६ र अहिले के भयो ? के ले गरेर यस भिन्नता भयो ?

सोलोमन बृद्ध र जिवनदेखी रोष भएर आफ्नो बाटो भुल्यो । उसले आर्जन गरेको सबै ज्ञान र बुद्धिको केहि अर्थ रहेन । हितोपदेशमा बर्णन गरिएको बुद्धिको बिपरितमा उ चल्यो । हितोपदेशमा उल्लेख गरिएको बुद्धिको केन्द्रबिन्दु परमेश्वरको ज्ञानमा थियो, जो सत बुद्धि र ज्ञानको श्रोत हुनुहुन्छ । हितोपदेशमा यो स्पष्ट र प्रभावशालिरुपमा प्रकट गरिएको छ कि ज्ञान र समझशक्ति परमेश्वर, सृष्टिकर्तासंग सम्वन्ध छ (हितोपदेश ३:१९), जसले यो देखाउँदछ कि सर्वज्ञान र सर्वबुद्धिको जग उहाँने हुनुहुन्छ । यो पनि बुझ्नुहोस् कि यो ज्ञान कुनै परमेश्वरको चरित्र वा उहाँको सर्वशक्तीको सिमितता देखाउने कल्पित धार्मिक धारणा होईन । बरु हितोपदेशको पदहरुमा हामी ब्यबहारिक तत्वहरु पाउँदछौं । हामी कत्तिको ज्ञानी वा बुद्धिमानी छौं सो हाम्रो जिवन पद्धतीले देखाउँदछ । सोलोमन जसरी उ आफ्नो बाटो बिराए, त्यसरीनै उसले एक पल्ट प्राप्त गरेको सतबुद्धि पनि हराईयो, तर सूर्य मुनि पाउने सांसारिक ज्ञानमा मात्र उ रन्थनिए । जसले गर्दा उसको मनस्थितीमा सबै ब्यर्थ, अर्थहिन र दुखको श्रोतनै ज्ञान भए ।

यस अध्यायमा निरन्तरता नभएपनि अध्याय १ को अन्तिम पदहरु ओगेटेर दोश्रो अध्यायको केहि प्रथम पदहरुमा त्यहि बिचार बहेको हुन्छ । उपदेशक १:१६-२:३ हेर्नुहोस्, सोलोमनले के भनिरहेको छ ?

यो आश्चर्य मान्नु पर्दैन कि एउटा सांसारिक ज्ञानबाट अर्को सांसारिक ज्ञानमा लागेर सुख र तृप्त जिवन खोज्नु कति ब्यर्थ हुन सक्दछ । सांसारिकरुपमा खुसी हुन खोज्दा आफ्नै कस्तो अनुभव होला सो बिचार गर्नुहोस् । यो किन सफल हुन्दैन र हुन सक्देन ?

२. ऐश आरामको पथ

सोलोमनले बुद्धिज्ञानदेखि बिरक्त भएर मोजमज्जाको बाटोमा लाग्दछ । जो मानिस सुखचैनको वा बिलासिता बाटोमा मात्र हिंड्छ त्यस्तोलाई भोग बिलासी भनिन्छ अर्थात त्यस्तो ब्यक्तिको मनस्थिती खाउपिउ मोजमज्जा र आनन्द गर, हाम्रो जिन्दगी यसैको लागि हो भन्ने बोकेको हुन्छ । यस्ता प्राय जसो मानिसहरु आफ्नो समय रमाईलो गर्नमा मात्र बिताउन खोज्दछ । कतिले यो बिश्वास गर्दछन् कि मोजमज्जा गर्नुनै जिवनको उद्देष्य हो, त्यसकारण यहि कुरालाई असल मानेर हिंडुनु पर्दछ ।

तपाँईले आफुलाई यस्तो ब्यक्तिको मनशाय भित्र पस्न खोज्नुस जसले परमेश्वरमाथि आस्था राख्‍दैन । उनिहरुले यस्तो बिचार गर्दछन् कि यो जिवन अहिलेलाई मात्र हो र त्यस पछि जेसुकै होस परवाह छैन, कुनै नैतिक नियम वा आचार संहिताको जवाफदेहि हुनु आवस्यक छैन, यसकारण अरुको मोलमा भएपनि जे मनलाग्यो त्यहि गरेपनि के भयो र ? यस्तो मानिसलाई के जवाफ दिनु हुन्छ ?

सोलोमनले लेखेको उपदेशक २:१-३ संग हितोपदेश ६:२३-२९, ७:६-२७, २०:१, २३:१-६ दाँज्नुहोस् ।कसरी उसले उहिले हितोपदेशमा लेखेको भाव अहिले उपदेशकमा ब्यक्त गरेको पाउँछौं ?

मोजमज्जामात्र गरेर जिवनबिताउन उद्देष्य लिनु छलकपटपुर्ण छ । किनभने जव केहि समय आनन्दबिलास लिईन्छ तर त्यस्ले केहि समयमै असन्तुष्तको महशुस हुन्छ । अघि होस वा पछि होस् त्यस प्रमोद समय बितेपछि केहि न केहि नपुगेको जस्तो लाग्छ वा तत्काल शारिरिक अभिलाषा मेट्न फेरि अरु बढिको चाहना गर्दछ । यो क्षणिक आनन्द खर्चालु पनि हुन्छ र स्वस्थ शरिरलाई जोखिममा पनि पार्दछ । ढिलो वा चाँडो त्यस आमोदप्रमोदको स्वाद बिलाएर जान्छ अनि असन्तुष्ट, खोक्रो र रित्तो जिवनको अनुभवमा फेरि पस्रिन्छ । यो शिक्षा सोलोमनले कठिनपुर्वक आफ्नै अनुभवले सिकेका थिए ।

राजा सोलोमन जसले एक पटक शारिरिक अभिलाषा देखि सतर्क हुनुपर्दछ भनेर अर्ति दिने, आफै सातसय स्वास्निहरु, राजकुमारीहरु र तिन सय रखौतीहरुले आफ्नो दरवार ढाकेको थियो (१ राजा ११:३) त्यहि ब्यक्ति जसले खँचुवा हुनुबाट सावधान हुनुपर्दछ भनेर बुद्धि दिने, आफै सुँगुर जस्तै भोज भत्याउन थाले (१ राजा ४:२२,२३ ) ओ हो ! मानिस पतन हुनु कति सजिलो छ ! यसले तपाँईलाई के पाठ सिकाँउछ जसले गर्दा तपाँईलाई चेतावनीस्वरुप होस् ?

३. मेरो अभिलाषित आँखाले जत्ति भ्याएसम्म

अमेरिकाको सबभन्दा सफल र प्रख्यात ब्यापारीको नाउँ लिन्दा लि आयोकोका हुन आउँछ । उसले क्रिसलर भन्ने गाडी आदी उत्पादन गर्ने भयंकर ठुलो निगम चलाउँथे । उसले एक पटक भनेका थिए, "हेर म जिवनको अन्तमा आईपुगें र अझ पनि जिवन के हो भन्ने खोजीमा छु.........म निश्चयपुर्वक भन्न सक्छु कि धन सम्पती र किर्ति चराहरुको लागि मात्र हो ।"

उपदेशक २:४-११ पढ्नुहोस् । यसमा देखाउन खोजेको सन्देशको मुख्य आशय के हो ?

सोलोमनले भौतिक समृद्धताको जिवनबाट केहि न केहि सन्तुष्ट भएको महसुस त गरे (उपदेशक २:१०), तर, अन्तमा, ति सन्तुष्टि क्षणिक जस्तो भयो र उसको हृदयले चाहना गरेको आधारभूत ईच्छा त्यसले परिपूर्ति गर्न सकेन (पद ११) । यदि भौतिकबाद वा जडसूत्रवाद अर्थात सर सामानले समृद्धि भएर भाग्यमानी ठानेर प्रशन्न हुन्छ भने सोलोमन संसारको सबभन्दा खुशी र सुखी ब्यक्ति हुनुपर्ने थियो ।तर जव यस उपदेशकको पुस्तक पढ्नुहुन्छ त तपाँईले यस्तो खुशी वा सुखी मानिसको हृदयबाट अभिब्यक्त गरेको बचनहरु हुन भनेर भन्न सक्नुहुन्न ।

उपदेशक २:४-११ फेरि पढ्नहोस् । सोलोमनमा के कुराको कमी थियो र उसले के मात्र आफ्नो हातमा पारेन ? १ राजा ७ र ब राजा १०:१०-२९ पनि पढ्नुहोस् ।

यत्तिका सम्पत्ती हातमा पारेपनि उ किन सन्तुष्ट र खुशी छैन ?

जे सोलोमनले पाए ति भौतिक चिजहरु थिए र उसको शारिरिक ईच्छा पुरा भएको थियो । तर हामी मानिस भएकोले मासु र छालाको मात्र होईन । हामीमा अद्वैतात्‍मिक पनि हौं, नैतिक अंगले समेतिएको जिव हौं जुन संसारको सबै भौतिक तत्वहरुले हामीलाई सन्तुष्ट पार्न सक्दैन । यसको सप्रमाण राजा सोलोमन हो । घट्लाग्दो कुरा त यो छ कि आधुनिक बिकसित देशहरुमा जहाँका मानिसहरु भौतिक र धनसम्पतीमा सम्पन्न छन् तिनीहरुको जिवनमा खुशीपना वा सुखीपना अबिकसित देशका मानिसहरु भन्दा कत्तिको धेरै कमी भएको पाउँदछौं ।

मत्ती ६:३३ पढ्नुहोस् । यस महान सत्यलाई बुझनपचाएको भए सोलोमनको समस्या कति समाधान हुने थियो होला ? तपाँई पनि सोलोमनको जस्तो फन्दामा नपरुन भनि यस पदले कसरी प्रेरणा दिन सक्दछ ?

४. मूर्खको दशा

"तब मैले आफ्नो मनमा यो बिचार गरें, मूर्खको दशा ममाथि पनि आईलाग्नेछ । म बुद्धिमान् भएको के लाभ भयो त ? मैले मनमा भनें, यो पनि ब्यर्थै रहेछ " उपदेशक २:१५

सोलोमनलाई के गरुँ के गरुँ भईरहेको थियो ।उसले बिश्वास गरेको अनुसार उसको कुनैपनि बुद्धिले उसलाई भलाई गरेन । अनि उसले मोजमज्ना, भोगबिलास, भोजभतेर, रमाईलो, हाँसीठट्टी आदिमा झुम्न ठाले त्यो पनि अन्तमा खोक्रो, फ्वाँक र रिक्त जिवनको अनुभव गरे । पौराणिक कालको सबभन्दा धनि मानिस भएर पनि उसको हृदयको प्यासा मेट्न सकेन । यि उसकोलागि बेकार, अर्थहिन र बतासलाई खेदिरहेको जस्तै सिद्ध सावित भयो (पद ११) ।

यत्तिमात्र कहाँ हो र, अझ बढि खराबमा उ जाकिन लाग्यो ।

उपदेशक २:१२-१७ पढ्नुहोस् । अब उसले के को गुनासो गर्दछ ? उसको गुनासोकत्तिको जायज छ ? तपाँई येशूभक्तको नाताले उसलाई कसरी प्रत्तिउत्तर दिन सक्नु हुन्छ ?

येशूले केहि कुरा ब्यक्त गर्नुभएको थियो जुन सोलोमनले भनेकोसंग मिल्दो जुल्दो छ । परम पिता परमेश्वरकोबारेमा जानकारी दिन्दै येशूले भन्नुभयो, "उहाँले असल र दुष्ट सबैमाथि आफ्नो सूर्यको प्रताप दिनुहुन्छ, न्यायी र अन्यायी दुबै थरीका मानिसहरुलाई बर्षा पठाउनुहुन्छ ।" (मत्ती ५:४५) । अर्को स्थानमा ति गालिलयनहरु जसको हत्यागरेर पशुको बलिको रगतसंग बडा हाकिम पिलातसले मिसाएका थिए (लुका १३:१), येशूले भन्नुभयो, "के ति गालिलयनहरु अरु सबै गालिलियनहरुभन्दा बढी पापी थिए, किनकि तिनीहरुले यस्तो महाकष्ट भोगे ? तर म तिमीहरुलाई भन्दछु, त्यसो होईन, तर तिमीहरुले पश्‍चाताप गरेनौ भने तिमीहरु सबै त्यसरी नै नाश हुनेछौ ।" लुका १३ २,३, साथै ४ र ५ पनि पढ्नुहोस् । दुबै स्थानलाई ‌औल्याएर येशूले यो भन्न खोज्नुभएको थियो कि दुखकष्ट केवल दुष्टलाई मात्र होईन, असल मानिसलाई पनि आइपर्दछ । सोलोमनले यि सबै जानेर यो बिश्वास गरेको थियो कि मुर्ख वा बुद्धिमानी सबैले जे गरेपनि बेकार र अर्थहिन छ किनकि सबैजना एक दिन मरेर जानेछ । तर येशूले अर्कै निष्कर्ष निकाल्नुहुन्छ: "तिमीहरुले पश्‍चाताप गरेनौ भने तिमीहरुको गती पनि यस्तै हुनेछ ।" येशूले तत्काललाई लक्षित नगरि भविष्यमा दुष्ट अथवा धर्मीको दशाको बारेमा ध्यानार्कषण गर्नुभएको थियो ।

तपाँईको बिश्वास परमेश्वरमा भएको कारण जुनसुकै कारणले मानिसको मृत्यु भयो भने कसरी आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुहुन्छ ? मानिस मरणशिल छ र त्यसबाट कोहिपनि भाग्न सक्दैन, तर बाईबलमा उल्लेखित अनेकौं प्रतिज्ञाहरुले गर्दा तपाँई कस्तो आशामा ढुक्क हुनसक्नुहुन्छ ?

५. अन्तमा पाउने लाभ

सोलोमनले कहिले यि सबै कुराबाट छुटाकारा पाउने हो सो थाहा थिएन । उसकोलागि यो अमान्य र खराव थियो कि उसले संसारमा उपलब्ध गरेका सबै बेकार भयो, बुद्धिमानी होस वा मुर्ख होस् सबै मरणशिल छ, अब उ गुनासो गर्दछ उ मरेपछि के हुन्छ । उपदेशक २:१७-२६ पढ्नुहोस् । यहाँ उसले के गुनासो प्रकट गर्दछ ?

सोलोमनको कुरा जायज छ । मानिसहरु आफुपर्यन्त के हुन्छ भनेर चिन्तागर्दछ, चाहे त्यो जे सुकै होस् । यो कति कहालीलाग्दो छ कि तपाँईले आफनो जिउज्यान दिएर कुने चिज सम्हाल्नुहुन्छ वा बनाउनु हुन्छ, तर तपाँई पछि अरुको हातमा त्यो पर्दछ, यसमा तपाँईलाई केहि लाभ देखिएन । अर्को अर्थमा भन्ने हो भने उसको सुर्तामा ब्यंगता थियो: जे भएपनि राजगद्यी पाएपछि उसले कस्तो जिवन बिताए, उसको बारेमा आफ्ना बाबु दाउदले के सोच्थे होला भनेर सोच्नु स्वभाविक थियो । राजा दाउदले सोलोमनबाट ठुलो अपेक्षा गरेको थिए । तर उ आफु असक्षम भएको महसुश गरेकोले आफुपछि आफ्नो सबै यश, धनसम्पती र राज्य कस्तो हकदारको हातमा पर्ने होला भनेर सोलोमनले सुर्ता गर्नुमा स्वाभाविक मान्नु पर्दछ ।

पद २४-२६ पढ्नुहोस् । अव सोलोमनले के भनिरहेको छ ?

हुनत यसमा उल्लेखित बचनहरु बुझ्न कठिन छन्, तैपनि सोलोमनले आफ्नो भावनालाई यसरी ब्यक्त गरिएको भान हामी पाउँछौं, मेरो हकवालाले जे गर्नेछ त्यसलाई मैले केहि गर्न सक्दिन, त्यसकारण अहिले जे बाकी जिवन बिताउँछु त्यो राम्रै गरी बिताउँ । उसले लम्पट वा भोगी जिवन बिताउँछु भनेर भनेको होईन किनकि उसले ति सबै भोगी सकेको थियो; तर उसले बाईबलमा आधारित जिवन बिताई परमेश्वरको ईच्छाको अनुरुपतामा आफुलाई बिलाउँदा संसारमा धेरै आशिषित र सार्थक जिवन बिताउन सकिन्छ भनेर निष्कर्षमा पुगेको पाउँछौं । स्वस्थ सारिरिक फाईदापनि उसले नकारेन । यो भावना भजनसंग्रहमा यसरी ब्यक्त गर्दछ: "जन्तु जनावरकोलागि घाँस उम्रन्छ, मानिसको फायदाकोलागि बनस्पती उबजन्छ ताकि धर्तीले खाद्यपदार्थ र पेयपदार्थ दिएर मानिसको हृदय गद्‍गद होस, तेलले उसको अनुहार चम्कियोस् र भोजन खाएर उसको हृदय तृप्त होस् ।" भजनसंग्रह १०४:१४,१५ ।

तपाँईपनि हकवाला हुनुहुन्छ (रोमी ८:१७, गलाती ३:२९,४:७ ) किनभने परमेश्वर पिताबाट उतकृष्ट बरदान पाउनु भएको छ त्यो हो येशूमा पाउने मुक्ती (हिब्रु ९:२८, १ पत्रुस १:५) । आफ्नो दैनिक जिवन पद्धतीले तपाँईले पाउनुभएको स्वर्गको हकदार हुने अवसरलाई नमासियोस भनेर कसरी प्रदर्शन गरिरहनु भएको छ ? याद गर्नुहोस, अरुको अगाडी तपाँई जे भएपनि अर्थात अवमुल्यनको झटारो हाने पनि तपाँईको लागि येशूले आफ्नो जिवन क्रुसमा बली दिनुभएको छ ता कि तपाँईले बर्तमान र भविष्यमा स्वर्गको उपस्थितिको अनुभव गर्नसकुन् ।

उपसंहार

पुस्तक उपलब्द छ भने बढी जानकारीको निम्ती एलेन जि ह्वाईटका निम्न पुस्तकहरुका पानाहरु पढ्नुहोस:-

फण्डामेन्टल अभ क्रिश्‍चियन एडुकेशन, पृ. ४२२, द मिनिस्त्री अभ हिलिड्ग, पृ. ३६४, टेस्टिमोनिज फर द चर्च, ठेली ५, पृ. २५८ ।

"उसले (सोलोमन) हामीलाई उसको सुखी जिवनको खोजको ईतिहास हाम्रो समक्ष राखेको छ । उसले बौद्धिकतामा खोजी गरे, उसले मोजमज्जामा लालसा राखेर आत्मसन्तोष्त गर्न खोजे र ब्यापारमा लगानि र बिस्तार गरेर उ किर्ति जमाएर धनि भई खुशी हुन खोजे । उसको दरवारिया रवैयामा कुने कमी पारेन...

उसको राजगद्दी हस्तीहाडको थियो, र खुड्कीलाहरु निखुर सुनको थियो र दुबैतिर सुनको सिहंहरुको सालिक थियो । उसको दरवार बाहिर उसले हेर्नकोलागि सुन्दर र एकदम आवादी बगैचा थियो । यि जमिनहरु अति सुन्दरताले छाएको थियो....

हरेक जातका चराहरु आफ्नो चहकिलो पखेटाहरु फैलाउँदे एक रुख देखी अर्को रुखमा सुमधुर गितको आवाज निकाली उड्दथ्यो । युवा युवतीहरु झकिझकाउ लुगालगाएर उसको वरिपरि रहेर उसको आज्ञाको लागि तम्तयार भएर बसेका थिए ।रमाईलो बातावरणमा संगित, खेलहरु र अनेक किसिमका आमोदप्रमोदहरुको ब्यबस्थित थियो । उसको मन बहकाउन जति फजुल खर्च गर्नपनि हिचकिचाएको थिएन।"

"तर...उसको एकफेरा चहकिलो भएको बुद्धिपुर्ण अनुहारमा क्षिणताको बोधले प्रभाव पारेको थियो....उसको निधार निचता र दुखीपनाले धाकिएको थियो......उसको क्षतबिक्षत भएको जिवनले यो देखाएको थियो कि उसले प्रकृतीका बिधीको उलंघन गर्दा उसको के गती भएको थियो । उसले आफ्नो जिवन खेर गयो भनेर स्विकार गर्‍यो किनकि उ सुखको खोजमा असफलता हासिल गरेको थियो ।"-एलेन जि ह्वाईट, माई लाईफ टुडे, पृ. १६७ ।

चिन्तन

१. एक जना बिश्वबिद्यलायको प्रोफसरले एकजना सेभेन्थ डे एडभेन्टिष्टलाई लक्षित गर्दै भन्यो, "तिम्रो येशू मलाई चाहि‌दैन । म प्रख्यात छु, मेरो सुखी घर छ, मेरो असल काम छ । तिमीसंग के छ र जुन म संग छैन ?" यो प्रचलित मनोभावलाई कसरी हेर्नुहुन्छ ?

२. बर्तमान सोलोमनहरुको बारेमा जानकारी लिनुस जो एक पटक धनी, समृद्धि र प्रख्यात थिए तर अन्तमा कसरी उनिहरको जिवन कहालीलाग्दो तरिकाले अन्त भयो ।यस बाट के पाठ सिक्न सक्नुहुन्छ ?

३. हुन सक्छ तपाँईको आफ्नै अनुभवमा जे चाहना गर्नुभएको थियो सो पाउनु त भयो तर अन्तमा त्यो अपेक्षा गरे अनुसार खुशी र संतोषजनकको श्रोत भएन । कति युवा युवतीहरु धनी हुने होडबाजीमा लागेका छन‍, यस्तोलाई के सल्लाह दिनुहुनछ ?