आफ्नो हातले जे काम गर्न अवसर पाए पनि
From StudyGuides
Contents |
भाग १०
आफ्नो हातमा जे आउँछ, सो कृतज्ञतासाथ कार्यान्वन गर्नु
यस पाठको अध्ययनको लागि उपदेशक ९ पढ्नुहोस्
मुल पद: "आफ्नो हातले जे काम भेट्टाएको छ, आफ्नो सबै क्षमताले भ्यायसम्म लगनशिल भएर कार्यान्वन गर्नु किनकि चिहानमा जहाँ तिमी जान्दैछौ, त्यहाँ न त कुनै कामनै हुनेछ, न त योजना, न त ज्ञानबुद्धिनै हुनेछ ।" उपदेशक ९:१०
सन् २००४ मा एक जना ७० बर्पको ईटालीको नागरिकको मृत्यु भयो । ७० बर्षको कुनैपनि ईटालीयनहरुको मृत्युहुनु त्यो कुनै त्यस्तो चासोको बिषय होईनऽ तर त्यस ब्यक्तिको मृत्युको बारे त गम्भिर चासोको बिषय बनेको थियो । आल्डो बुसातो, जो अबकास प्राप्त किसानी थियो, उसको मृत्यु अचानक प्रथम बिश्वयुद्धको बम पड्केर भएको थियो । ति बम र शैनिक हतियारहरु सम्झनाकोलागि जम्मा गरेर राख्नु उसको शौष थियो । उ आफ्नो बँगैचामा थियो । आफ्ना साथीहरुलाई ति पुरानो अवशेषहरुलाई देखाउँदे थियो । त्यसै बखत आफुले देखाईरहेका पुरानो, खियालागेको बम अचानक पड्क्यो, तत्कालै त्यस बमले उसको ज्यान लियो र दर्शकलाई गम्भिर घाइते बनायो ।
यो घट्नालाई कसरी लिनु हुन्छ, किनकि झट्ट हेर्दा यो कुनै तर्कसंग नमिल्ने पागलपनाको नमुना हुन सक्दछ ? तर तथ्य त यो हो कि यस्तो घट्ना किन भयो भनेर हामी चित्तबुझ्दो स्पष्टिकरण दिन सक्दैनौ, गत भागमा हेरेझै हाम्रो समझ सक्तिले नभ्याएको कुरालाई परमेश्वरलाईनै सुम्पेर उहाँको भलाई र करुणाप्रति भरोसा राख्नुको बिकल्प छैन ।
सोलोमनले यस भागको पाठमा यि र अरु बिषयबस्तुहरुमा केन्द्रित गरेको पाउनेछौं तर मुख्य बिषयको केन्द्रभने मृत्यु हो । यो बिषय उपदेशकको अन्य स्थानहरुमापनि उल्लेख गरिएको छ । जव हामी यो अध्याय पढ्नेछौं यो नबिर्सौंकि सोलोमनले गैर अध्यात्मिक दृष्टिकोणले मृत्युको बारेमा भन्न खोजिरहेको छ । यसले यो सिकाउँछ कि परमेश्वरबिना हाम्रो जिवन अर्थहिन, तुच्छपुर्ण र बेकारको हुन्छ किनकि संसारमा हुने अन्याय अत्याचार र असंख्य प्रश्नहरुको जवाफ पाउँदैनौं र अनन्त जिवनको मुल्यमान्यतामा हामी समावेश हुन्दैनौं । यत्तिकै बेला जव उसले मृत्युको बारेमा आफ्नो बिचारलाई केन्द्रित गरेपनि यो बिर्सनु हुन्दैन कि उसले हामीलाई जिवनको बारेमा र अहिले कस्तो जिवन बिताउनु उपयुक्त छ भनेर भन्न खोजिरहेको छ ।
१. परमेश्वरको हातमा
"यि सबै कुरामा मैले बिचार गरे र यही निष्कर्षमा पुगें कि धर्मात्मा र बुद्धिमानहरु र तिनीहरुले गरेका सारा क्रियाकलाप परमेश्वरकै हातमा हुँदारहेछन् । तर कुनै मानिसले पनि आफुले प्रेम वा घृणा के प्रतिक्षा गरिरहेको छ सो जान्दैन ।" उपदेशक ९:१
अध्याय ९ को प्रथम पद त अध्याय ८ को अन्तिम पदको बाँकि अंश भनेर देखाउँदछ । तपाँईले याद गर्नुभएको होला कि सोलोमनले परमेश्वरको बाटोहरु हामीले बुझ्न असमर्थ छौं भनेर भन्दै थिए । हुनत उसले यि बिचारमा आफ्नो भनाईको अन्त गरेपनि अध्याय ९ ले अघिल्लो मनसायहरुको अभिब्यक्तहरुलाई निरन्तरता दिएर त्यस अध्याको सुरुवाट गरेको पाउँछौं । उसले के भन्न खोजेको छ ति यसरी ब्यक्त गर्न सक्दछौ: हो हामीलाई परमेश्वरको सबे मार्गहरु बुझ्न सक्दैनौं, तर हामीलाई यो निश्चय छ कि जो उहाँमाथी निष्ठा राख्दछ र उहाँको बफादारीमा हिंड्छ उहाँले तिनीहरुमाथी दृष्टि लगाइरहनु हुन्छ । तिनीहरुले जे सामना गर्नुपरेपनि ति परमेश्वरको नजरबाट चुकेको हुन्दैन ।
उपरोक्त भनाईलाई तपाँई कत्तिको सहमत हुनुहुन्छ ? र तपाँईले सहमती जनाएता पनि बिश्वासी जनहरु परमेश्वरको हातमा हुन्छ भनेको तात्पर्य के हो ?
हामी परमेश्वरको हातमा छौं भन्दैमा दु:ख, कष्ट, पिडा, बेदना वा बिपत्ती आदि आउँदैन भनेको होईन । जो मानिस प्रभु येशूमा अति तल्लिन हुन्छन उनिहरुलाई यो थाहा छ कि सूर्यमुनी उसकोलागि के हुन्छ भन्ने ज्ञान हुन्दैन । शायद यहि कुरा सोलोमनले पद १ को अन्तिम भागमा भन्न खोजेको होला: यो निश्चय छ कि हामी परमेश्वरको हातमा भयो भन्दैमा हामीले दु:खको सामना गर्नुपर्दैन भन्ने होइन । तर फरक त यहि हो कि ईसाई भएको हैसियतले यि सबै बिपतहरुको बाबजुदपनि हामी परमेश्वरको भलाई र दयामा भरपर्न सक्दछौं । यो कस्तो अनर्थको जिवन हुने छ कि यदि यि सबै आपदबिपदहरुको सामना गर्दै जान्छौं तर यस्तो परमेश्वरको छैन जसले एक दिन तिनीहरुको आँखाको आँसु पुछिदिनुहुनेछ (प्रकाश ७:१७ ) भन्ने प्रतिज्ञा दिनुहुन्छ ।
तपाँई आफुलाई कुनैपनि बिश्वासी बाईबलको पात्रको स्थानमा राख्नुहोस जसले कि घनघोर दु:ख र कष्टको सामनाको बाबजुदपनि आफ्नो जिवन परमेश्वरलाई ढुक्कसंग सुम्पिएको थियो । सोच्नुहोस् युशुफ र बप्तिष्मा दिने युहन्ना जो झ्यालखानामा ठन्किएपनि परमेश्वरमाथि आफ्नो आस्था र निष्ठालाई डगमगाउनु दिएन । अथबा अयुब जसको सर्वस्व नाश भयो र फोहरको डंगुरमा बस्नुपर्यो तैपनि परमेश्वरलाई त्यागेन । अनि दानियल जसले परमेश्वरमाथि अगाढ बिश्वास र निष्ठावान भएर पनि सिहंहरुको खोरमा फेकिनुपर्यो । जुनसुकै यस्तो पात्रलाई लिनुस कि अनेक आपदबिपद आउँदा परमेश्वरको प्रेम र उहाँप्रतिको निष्ठामा आँच ल्याउन कति सहज थियो र उहाँको अगुवाईमाथि प्रश्न उठाउनपनि सजिलो थियो । यि बिश्वासी बिरहरुबाट तपाँई के सिक्नुहुन्छ किनकि तपाँईपनि यस्तो परिक्षामय समय गुजारा गर्नुपर्ने बाध्यता आईपरे के गर्नुहुन्छ अथवा परमेश्वरमाथी शंका गर्न ढोका खोल्न सक्दछ ?
२. के हामी भाग्यमा भरपर्छौ ?
"किनभने धर्मात्मा र दुष्ट, असल र खराब, शुद्ध र असुद्ध, बली चढाउनेहरु र बली नचढाउनेहरु सबै सामान्य अन्त्यका साझेदार हुन्छन । असल मानिसलाई झै पापीलाई पनि त्यहि हुन्छ ।शपथ खानेहरुलाई झैं सपथ खान डराउने मानिसहरुलाई पनि त्यहि हुन्छ ।" उपदेशक ९:२
उपदेशक ९:२ को पद यस्तो ज्वलन्त उदाहरण हो कि यो पुस्तक पढ्दा सम्पुर्ण बाईबलको प्रसड्गमा पढ्नु पढ्छ । यहाँपनि द एसडीए बाईबल कमेन्टेरीको जनाउलाई ध्यानदिनु जरुरी पर्दछ, "बाईबलको यस्ता भागहरुलाई लिएर बाईबलले यस्तो भनेको भनेर बिश्वासको आधार बनाएर चल्नु खतरापुर्ण हुन्छ किनकि बाईबलमा यस्ता अंशहरु छन् जुनकी परमेश्वरले त्यहि सत्य हो भनेर जानुन भनेर उहाँले सिकाउन खोज्नु भएको छैन ।" (ठेली ३, पृ. १०६० )
हुनत, सोलोमनको भनाईलाई कुन सन्दर्भमा भनेको हो सो बुझेर लियो भने उसको भनाई प्रति असमहत पनि नहुन सक्दछ । सबै थोक भने र गरेपछि अन्तमा सबै मर्नुपर्दछ, यसमा कसैको पनि दुईमत छैन । हामीले ज्ञान भएको प्रकृति भन्दा मृत्यु शक्तिशाली छन् । कसैले यो बिबाद गर्न सक्ला कि मृत्यु प्रकृतिको एउटा भाग हो । जसको अस्तित्व हुन्छ त्यो मर्दछ । चाहे धर्मात्मा होस् वा पापी होस, सबै मर्नु पर्दछ । मृत्युले सधैं बिजय प्राप्त गरेको हुन्छ ।
तर अर्को पक्षमा भन्ने हो भने एउटै भाग्य जो कि मृत्यु हो, सबैको लागि त्यहि हो भन्नु मानिस चाहे पानी वा बिष पिउन त्यसमा केहि फरक पर्दैन आखिरमा मर्नु त हो भन्नु हुन आउँछ । यदि हामीले तत्कालिन र साँगुरो अथवा अपुग दृष्टिकोण लियौं भने मृत्यु भनेको सबैको पुर्पुरोमा लेखेको लेखा भनेर नमान्न सकिन्दैन । तर यस तत्कालिन र क्षणिक वा अपुग दृष्टिकोण भनेको त्यस्तै तत्कालिन र क्षणिक वा अपुग दृष्टिकोणनै हो । यो कस्तो भने महान संगतिकार बेथोभनको नवौं सिम्फोनीको सुरुको केहि अंश सुन्दा मैले सबे सुनिसकै भनेर भुलभलैयामा बिश्वास गर्नु जस्तै हो । कुनै पनि महान संगितको प्रथम केहि आवाजसुनेर बाँकि अंशलाई कहिलै नसुनेर आफुलाई त्यस संगितको बिषेशज्ञ हुँ भनेर दावि गर्नु कति मुर्खतापुर्ण हुन्छ आफै सोच्नुहोस् । बाईबलपनि त्यस्तै हो किनकि सम्पुर्ण बाईबलको परिवेशमा यस्ता भनाईहरुलाई हेर्दा हामीले पुरो दृष्टिकोणको ज्ञान हुन्छ । एउटै भनाईलाई बाईबलका बिभिन्न पदहरुसंग दाँजेर हेर्नु पर्दछ नत्र भने हामी सजिलैसंग बहकिन सक्दछ ।
उदाहरणस्वरुप निम्न पदहरु पढ्नुहोस्: सचमुचरुपमा मानिसको अन्तिम लक्ष, अन्त वा भाग्यसरिने भनेपनि के हो त ? दानियल १२:२, मत्ती २५:३२-४१, युहन्ना ३:१६, युहन्ना ५:२९, प्रकाश २०:६-१५ ।
उपरोक्त पदहरुले यो पुष्टि गर्दछ कि सबै मानिसको अन्त, भाग्य वा लक्ष एउटै होईन । परमेश्वरले कसैको पुर्पुरोमा मर्नै पर्छ भनेर लेख्नुभएको छैन । तर आफ्नै रोजाईमा भर पर्दछ: अनन्त जिवन वा अनन्त बिनाश । मध्यम मार्ग छैन, कुनै सम्झौता हुन्दैन । कि त सदाको लागि जिउनु कि त सदाको लागि मृत्युको सहभागी हुनु अर्थात मानौ नक्षत्रको ब्लाक होल जस्तोमा बिलाएर आफ्नो अस्तित्वलाई सखाप पार्नु ।
येशूले दिन शुभ समाचार त यो हो कि यस पृथ्वी ग्रहको हरेक मानिसले सदासर्वदा जिउन अवसर पाउँनसक्छ । मानिसको सट्ठा उहाँ मर्नुभयो । यसमा कोहिपनि एक्लिएको छैन । उहाँले गर्नुभएको काम सबैको लागि यथेष्ट छ । त्यसकारण अन्तमा कुन बाटो रोज्ने अथवा कुन भाग्यको सहभागी हुने भन्ने रोजाई वा चुन्ने अधिकार परमेश्वरले हरेक मानिसको ब्यक्तिगत जिम्मामा छौड्नु भएको छ । कुन मार्ग अपनाउने, त्यो हामीमे निहित छ, कसैलाई दोष दिने ठाँउ छैन ।
बिचार गर्नुहोस, तपाँईले के रोजीरहनु भएको छ ठुलो कुरा मात्र होईन, दिनप्रतिदिन सानो ठुलो जे आउँदछ । दैनिक जिवनमा तपाँईको रोजाईले आफ्नो अन्त कसरी हुनेछ भन्ने आधारशिला आफैले तयार गरिरहनु भएको छ, के त्यो तपाँईलाई ज्ञात छ ?
३. मृत्यु
यहाँ म मरुँ: ति जन्मिनेको लागि जो सक्दछन् तर धेरै बर्षको दु:ख कष्ट भोग्न र मर्नको लागि यसैलाई म भन्दछु, हामी जन्मन्छौ केवल मृत्युदर बढाउनकोलागि मात्रै हो अनि हिंसा हत्यालाई गुणात्मक संख्यामा लग्न । -लर्ड बाईरन
"जव मानिसले मृत्युनै सबै थोकको अन्त भनेर महशुस गरेपछि, जिउनु जस्तो सबभन्दा खराब अरु केहि हुन्दैन ।" यो भनाई रुस महादेशको प्रसिद्ध साहित्यकार लियो टोलेस्टाईको हो ।
नकारात्मक वचनहरु भएपनि टोलेस्टाईको कुरामा केहि सत्यता त छ । सबै मृत्युमा अन्त हुन्छ र मृत्युनै सबै थोकको अन्त हो भनेर ज्ञान हुन्दा हुन्दै हामी जिईरहन्छौ यो कस्तो कठोर र निष्ठुरी लक्षलिएर जिवनोपार्जन गर्नु पर्ने, होईन त ?
उपदेशक ९:३-६ पढ्नुहोस् । तर यो याद गर्नुहोस कि यो अभिब्यक्त त्यस्तो ब्यक्तिको हो जसले परमेश्वर र अनन्त जिवनलाई बिश्वास गर्दैन । तपाँई त्यस्तो ब्यक्तिको मनमा पस्नुहोस जसले परमेश्वरलाई बिश्वास गर्दैन र मृत्युनै सबै थोकको अन्त्य हो भनेर दावि गर्दछन् । यस्तो बिचारधाराबात जिवनको लक्ष के हो भनेर भन्न सक्नुहुन्छ ? तपाँई र सारा सन्तान र आउने पिढीहरु पनि एक दिन मर्नै पर्छ त्यसकारण यस्तो बिडम्वनापुर्वक जिवनको के अर्थ हुन्छ भनेर महशुस गर्नुहुन्छ ?
अब त्यही छन्दहरुलाई सेभेन्थ डे एडभेन्टिष्ट जसले मृत्यु केवल एक छीनको निन्द्रा हो भनेर बिश्वास गर्दछन् र साथै यो महान आशाको प्रतिक्षामा छ कि येशू आउनु हुने समयमा आँखाको निमेषमा उहाँलाई बिश्वास गर्नेहरु सबैको पुनरुत्थान हुनेछन, अनि तिनीहरु नयाँ स्वर्ग र नयाँ पृथ्वीको तावेदार हुनेछन् । तपाँईले उपदेशक ९:३-६ को सन्देशलाई दुबै दृष्टिकोणले हेर्दा के बिपरित धारणा पाउनु भएको छ ?
प्रभु येशू प्रति हामी कृतज्ञ हुनुपर्दछ किनकि उहाँको मृत्यु र पुनरुत्थानले हामीलाई अनन्त जिवनको महान बरदान दिलाउनु भएको छ । यस बिना हामी पनि यस बुँदाको पदहरुमा ब्यक्त गरेका भावनाहरुले अभिप्रेरित भएर निराशमय जिवनको शिकार हुने थियौ होला । हाम्रो बिश्वास हामीलाई कत्तिको बहुमुल्य र प्यारो छ । यसलाई सम्वर्धन गर्न चरम महत्व छ र यसलाई हाम्रो जिवनलाई जस्तै जोगाई राख्नु पर्दछ । किनकि हामी जे बिश्वास गर्छौं त्यसै अनुसार जिउँछौं ।
४. उद्धार दिनको समय अहिलेनै हो
सेभन्थ डे एडभेन्टिष्ट भएको हुनाले उपदेशक ९:५,६ लाई उदृधगर्न हामी सधै तत्पर हुन्छौं किनकि यसले मृत्युबारे हाम्रो मतलाई समर्थन गर्दछ । यो कुरा ठिक हो किनकी मरेकोलाई केहि थाहा हुन्दैन र मानिस मरे पछि सूर्यमुनि जे भएपनि उसको केहि हिस्सा हुन्दैन । यो स्थिती त रहिरहन्छ जवसम्म येशू फर्केर आउनुहुन्न । यद्यपि सोलोमनले यहाँ मृत्युको बारेमा धार्मिक दिक्षा त दिन खोजेको होईन केवल जिवनसमन्धी आफ्नो धारणा अवगत गराएको मात्रै हो । हो उपरोक्त पदहरुले मृत्यु सम्वन्धी मनतब्य ब्यक्त गरेपनि यो जिवनको सन्दर्भमा र मानिस कसरी अर्थपुर्ण जिवन जिउनुपर्छ भन्ने परिबेशमा भनेको हो ।
उपदेशक ९:५-१० पढेर सोलोमनले भन्न खोजेको तात्पर्य के हो सो केलाउनुहोस् । हामी कसरी जिउनु पर्छ भनेका छन् ? येशूभक्त भएको हैशियतले उपरोक्त कथनहरुलाई हामीले कसरी ब्यबहारिकमा उतार्न सक्दछौं ?
बाईबलको अनुसार लाखौं जुनी नभएर यस संसारमा केवल एउटै जिवनमात्र जिउन हामीलाई अवसर प्रदान गरेको छ । यो जिवन क्षणिक हो (अयुब ८:९) र एक दिन यस संसार र यहाँ भएको यावत थोकहरु नष्ट हुनेछन् (२ पत्रुस ३:१०-१२ ) तैपनि यहाँ हाम्रो जिवनशैलिलेनै हाम्रो अनन्त जिवनको भाग्यशैलि निर्माण गरिन्छ । यो कुरा ठिक हो कि छोटो जिवनभएपनि यहाँ हामी जे निर्णय गर्दछौं चाहै त्यो क्षणिकमानै किन नहोस यसले हाम्रो अनन्त जिवनको ढोका बन्ध वा खोल्न सक्दछ । त्यसैकारण हामीले अहिले पाईरहेको जिवनलाई कसरी गम्भिरपुर्वक लिनुपर्छ सो एकदम महत्वपुर्ण छ: र हाम्रो जिवनलाई सावधानीपुर्वक चलाउनुपर्दछ र हाम्रो आत्मिक जिवनलाई कसैको खेलवादमा नसुम्पी बडो होसियारसाथ रक्षा गर्नुपर्दछ । यस्तो जिवनको नतिजा थाहापाएर हाम्रो जिवनलाई परमेश्वरको हातमा सुम्पिनु बाहेक खेँलाची गरेर ब्यतित गर्नु मुर्खतानै मान्नु पर्दछ ।
निम्न पदहरु पढ्नुहोस् । माथीको परिच्छेदमा बर्णन गरिएको बिचारलाई ति पदहरुले कसरी पुष्टि गर्दछ ?
मर्कुस १४:३८
रोमी १४:१२
२ कोरन्थी ६:२
२ पत्रुस ३:१०-१४
जुनसुकै निर्णयहरु हामीले गरेपनि हाम्रो निर्विकल्प निर्णय त हाम्रो जिवनलाई येशूमा केन्द्रित गरेर हिंड्नु हो । उहाँमाथि निष्ठा राखी हिंड्नु भनेको पवित्र आत्माको अगुवाईलाई स्विकार गरि आफ्नो अंहतालाई त्यागि उहाँमा र उहाँकोलागि जिउनु हो । के तपाँईले त्यो निर्णय गर्नु भएको छ ? त्यसै चर्च जान्दैमा र येशूमा बिश्वास गर्छु भनेर हल्का वा अरुको लहैलहैमा लाग्दैमा येशूभक्त भनेर गनिन्दैन । यस संसारमा तपाँईले कुन किसिमको कदम चाल्नुहुन्छ त्यो केवल अनन्त जिवनको प्रथम खुड्किलोमात्र हो- तर याद गर्नुहोस्, परमेश्वरले त्यो महान उच्च मार्गमा हिंड्ने मानव अधिकार तपाँईमै निहित छ, परमेश्वरलेपनि तपाँईको ईच्छा बिपरित जवरजस्ती उहाँको अकल्पनिय अनन्त राज्यको सहभागी गर्नुहुन्न । चुन्नुहोस्, कुन बाटो रोज्नुहुन्छ । मध्यम मार्ग भन्ने बाईबलमा छैन- कि त अनन्त जिवनको मार्ग, कि त अनन्त मृत्युको मार्ग ।
५. समय र अवसर
महान अन्याय, हामी सबैले सुनेका छौं, देखेका छौ वा भोगेका छौ तर ति अन्याय मानिसको हातबाटमात्रै हुन्छ भन्ने बाध्यता छैन किनकि कहिले काहीँ समय र परिस्थितीलेपनि अन्याय, प्रतिकुल, बेवास्ताको सिकार हुन्छौं ।
एउटा नवयुवती आफ्नो जिवनको प्रातकालिन समयमा महारोगले ग्रष्ट हुन्छिन्, आर्थिक अबस्थाले धाउन्न नसक्दा युवाहरु कति कामबाट बाहिरिन्छन्, कुनै प्रख्यात खेलाडी चिप्लिएर लड्छन् र आफ्नो सम्पुर्ण पेशा चक्नाचुर हुन्छन आदि यस्तो सूचीको अन्तनै हुन्दैन ।
समुच्चरुपमा उपदेशक ९:११-१८ मा सोलोमनले के भनिरहेको छ ? उससंग तपाँई सहमत हुनुहुन्छ वा हुनुहुन्न ? यदि हुनुहुन्न भने किन हुनुहुन्न ?
फेरि मानविय दृष्टिकोणले हेर्ने हो भने समय र परिस्थितीले हाम्रो जिवनमा आधिपत्य जमाउँछ भन्न खोजेको पाईन्छ । तर यो बाईबलको खास शिक्षा होईन । यसमा त त्यस परमेश्वरको बारेमा जनाउ दिन्छ जो सर्वज्ञानी र सबै कुरालाई देख्नुहुन्छ (भजन ११:४, हितोपदेश ५:२१), त्यत्तिमात्र होइन मानिसको हरेक मामिलामा उहाँ ठुलो चासो राखेर सरिक हुनुहुन्छ (हितोपदेश १६:९, दानियल २:२१, मत्ती ६:२५-३१ ) । जुनसुकै कठिन परिस्थिती होस् वा कति पटक उहाँको संलग्नतालाई नदेखिन सक्दछ तर त्यसले उहाँलाई केहि फरक पर्दैन । येशूभक्तको लागि चाहिने दिब्यज्ञान त यो हो कि हामी परमेश्वरको ब्यक्तिगत ज्ञानमा आउनुपर्दछ । यस ज्ञानले हामीलाई परमेश्वरको माया, प्रेममा ओतप्रोतभएर रहन सक्दछौं जसले गर्दा जुनसुकै प्रतिकुल वा निर्दयी समय वा परिस्थितीमा पनि उहाँमा बिश्वास राखी उहाँको आज्ञामा मजबुत भएर उहाँमा टाँसिरहनेछौं ।
ध्यानपुर्वक उपदेशक ९:१३-१६ पढ्नुहोस् र सोलोमनले कुन कुरामा संबेदनशिल हुन खोजेको छ ?
उपरोक्त पदहरुलाई बिभिन्न दृष्टिकोणले हेर्न सकिन्छ तर यसै छन्दको परिवेशमा हेर्ने हो भने सोलोमनले मानिसप्रति गरिने घोर अन्यायप्रति आँखा चिम्लन नचाहेको देखिन्छ । जुनसुकै कारण जस्तै गरिवीको कारणलेनै किन नहोस मानिसले आफ्नो कर्तब्य ईमान्दारितापुर्वक पालन गर्दछ र महान काम गर्दछ तर उसको देनलाई वास्ता गरिन्दैन वा सकारिन्दैन र उसले गरेको सबै योगदानलाई बिर्सन्छ । यो भावना मानव दृष्टिकोणले सहि मान्नुपर्दछ ।भाग्यवस मानिसको परिप्रेक्षनै हाम्रोलागि सबै ठोक होईन ।तर हामीप्रति परमेश्वरको दृष्टिकोण अति महत्वपुर्ण मान्नु पर्दछ । सारा मानव जगतले हामीलाई बिर्सेपनि परमेश्वरले सम्झनुमात्र हुन्न उहाँले हामीलाई ईनामपनि दिनुहुन्छ अर्थात हाम्रो योगदानलाई उहाँले उचित मुल्याँकन गर्नुहुन्छ ( लुका ६:३५, कलस्सी ३:२४, हिब्रु १०:३६, प्रकाश २२:१२) ।
कसैले समय र परिस्थितीले निर्दयी भुमिका खेलेर उसको जिवनलाई तहस नहस बनाएकोलाई के सान्त्वना दिनुहुन्छ ? कसरी तपाँईले उसको दु:खमा परमेश्वरको प्रेम र हेरचाहप्रति प्रतिबद्धता देखाउन हौशला प्रदान गर्नुहुन्छ ?
उपसंहार:- अरु जानकारीको लागि निम्न श्रोतहरु भएमा कृपया पढ्नुहोस: एलेन जि ह्वाईट, टेस्टिमोनिज फर द चर्च, ठेली २, पृ. १९१, ठेली ३, पृ. ४५३, ठेली ४, पृ. ३०६, ३०७, फन्दामेन्टल अभ क्रिस्चियन एडुकेशन, पृ. २४५, द ग्रेट कन्त्रोभर्सी, पृ. ६६२, सेलेक्टेड मेसेजेज, किताव १, पृ ९१
"येशूले आफ्नो श्रोताहरुलाई यो बुझाउन चाहनुहुन्छ कि मानिस मरेपछि मुक्ती प्राप्त गर्नु असम्भव छ । "बाबु" काल्पनिकरुपमा अब्राहमले जवाफ दिन खोजिरहेको थियो, —तिमी जिवित हुन्दा धेरै असल चिजहरु पायौ तर लाजरसले खराब कुराहरु । तर अहिले उसलाई सान्त्वना मिलेको छ तर तिमी चाहीँ कष्ट पाईरहेका छौ । यो बाहेक तिम्रो र मेरो बिचमा ठुलो खाडल छ जसले गर्दा तिमीभए ठाँउबाट कोहिपनि म कहाँ आउन सक्दैन न त यहाँबाट कोहि त्यहाँ आउन सक्दछ ।' यसरी येशूले सांकेतिकरुपमा मानिसले दोश्रोपटक उद्धारपाउने मौका पाउनेछैन भनेर देखाउनु भएको थियो । केवल यो जिवनमात्र एक जिवन छ जस्ले अनन्त जिवनकोलागि साझेदार हुन तयार हुनसक्दछ अर्थात आफुलाई तयार पार्न सक्दछ ।" एलेन जि ह्वाईट, क्राईस्टस् अबजेक्ट लेसन, पृ. २६३
(येशूको यस कथनले यो पनि पुष्टि गर्दछ कि लाखौं जुनीलिएर अन्तमा मुक्ती प्राप्तगर्ने मौका पाउँछ भन्ने बिश्वास गैर बाईबलको हो – अनुबादकको बिचार )
"हरेक युगमा परमेश्वरले मानिसहरुलाई आफ्नो दिनहरुमा दिब्यज्ञान र अवसर प्रदान गर्नुहुन्छ जुन कि परमेश्वरसंग मिल्न परिक्षणकालको समय हो । तर यस अनुग्रहको सिमाना हुन्छ । मानिसलाई बर्षौसम्म करुणा वा क्षमापुर्वक ठिक बाटोमा हिंड्न पैरव वा अनुनय गर्न सक्छ तर त्यो समय आउँछ जव त्यो करुणा वा क्षमाले त्यस अनुनयलाई अन्तिम रुप दिन सक्दछ । मानिसको हृदय कठोर भएर परमेश्वरको आत्माको आवाजलाई चिन्ह र जवाफदिन रोक्दछ । अनि मृदु, सुरिलो र बिजयीको घण्टा बजाउने परमेश्वरको आवाजले फेरि उसलाई पहल गर्दैन अनि चेतावनी र अनुशासनमा हिंडाउने आवाज सदाको लागि रोक्दछ ।" एलेन जि ह्वाईट, द डिजाएर अभ एजेज्, पृ. ५८७ ।
चिन्तन मनन्:
१. के तपाँईलाई यस्तो ब्यक्तीले समय र परिस्थितीसित संघर्ष गरिरहेको छ वा तिनीहरुले उसको हृदयमा आघात पुर्याएको छ ? साथीभाई वा बिश्वासीको हैशियतले यस्तो प्रतिकुल परिस्थितीमा परमेश्वरमाथी भरोसा राख्न कसरी सान्त्वना वा हौशला दिनु हुन्छ ?
२. मण्डलीमा कति मानिसहरु नियमपुर्वक समावेश हुन्छ तर परमेश्वरलाई आफ्नो जिवन अर्पण गरेको हुन्दैन, तिनीहरुलाई कसरी परमेश्वरतिर समर्पण गर्न मद्दत गर्नुहुन्छ ? कसरी तिनीहरुलाई समय छन्दै परमेश्वरलाई बिश्वास गर्द महत्वपुर्ण कदम आवश्यक छ भनेर बताउनुहुन्छ ?
३. बिश्वासीहरुको बिचमा परमेश्वरले निश्चित समय र परिस्थितीमा कसरी अगुवाई गर्नु भयो र उहाँसंग नजिक भएको अनुभव गरियो सो छलफल गर्नुहोस् । अरुको यस्तो अनुभवले तपाँईले के सिक्नुहुन्छ ?
४. एलेन जि ह्वाईटको, अनन्त जिवनकोलागि अहिलेनै तयार गर्नुपर्छ, कथनलाई कसरी लिनुपर्छ र यसको अर्थ के हो भनेर बिश्वासीहरुको बिच चिन्तनमनन् गर्नुहोस् । तत्कालको जिवननै भविष्यको कदम हो भने हामी स्वर्गको लागि कसरी तयार हुनुपर्दछ ?