के सुर्यको मुनी कुनै पनि नयाँ छैन

From StudyGuides

Contents

भाग २: सूर्यकोमुनि नयाँ केहि छैन ?

यो भागको मुख्य अध्ययन: उपदेशक १

मुख्य पद: "जे भएको छ त्यो फेरी हुनेछ, र जे गरीएको छ त्यो फेरि गरिनेछ । र सूर्यमुनि कुनै कुरा नयाँ छैन ।" उपदेशक १:९

ईसापुर्व कालमा एक जना युनानी (ग्रिक) प्रख्यात दार्शनिक डायोजिनको बारेमा एक कथा भनिएको छ । उ एकदिन एथेन्स शहरमा हातमा लाल्टिन लिएर घुम्दै थियो । उ एक जना ईमान्दारी ब्यक्तिको खोजमा थियो । कथाको एक बयान अनुसार उसले आफुले अपेक्षा गरेको अनुसार अन्तमा एकजनालाई भेटे । तर डायोजिन भ्रममा थियो, कारण के थियो भने त्यस ब्यक्तिले उसको लाल्‍टिन चोर्‍यो ।यसले गर्दा बिचरा डायोजिन अँध्यारोमा छामछुम गर्दै आफ्नो घरमा आउनु पर्‍यो ।

चाहे यो कथा सत्य होस् वा नहोस् यसले यो बताउँन्दछ कि जिवनलाई हास्यस्पद तरिकाले लिनु कति सजिलो छ । जे कुरालाई पनि नकारात्मकमा घुमाउन त्यत्ति गार्‍हो हुन्दैन ।

एउटा तर्कमा, हुनत यो कुरा बुझ्न त्यत्ती गार्‍हो छैन । संसारले मानिसलाई हास्यास्पदको प्रतिक, नकारात्मक, उदासी र आत्मग्लानी बनाउन सक्दछ। उपदेशकका प्रथम अध्यायका लेखक सोलोमनलाई उपरोक्त कुरा सोध्नुहोस् । उसले प्रकृतीलाई हेर्दछ र त्यहाँ उसले उदासिनता बाहेक केहि पनि पाएन; उसले बुद्धिलाई खोज्दछ तर खिन्नतामात्र पाए; उसले जिवनलाई नियालेर हेर्दछ, त्यसमा अर्थ हिनताबाहेक केहिपनि पाएन । जो मानिस जिवनको उद्देष्य र सार्थकताको लागि प्रयत्‍नशिल हुन्छ उसकोलागि उपरोक्त भावना अति पिडामय हुनसक्दछ, बाईबलमै लेखेको भएपनि किन नहोस् । शायद हुनसक्दछ बिकसीत देशहरुमा जतिसुकै धनसम्पती होस् तिनीहरुको हृदय उदास भएको पाउँछौं । मानिसहरु उदास नहोस भनेर अरबौं रुपैया उदास नहुने औषधीहरुमा खर्च गर्दछन्, किन त ? के मानिसहरु खुशी भएर हो त ?

याद गर्नुहोस उपदेशकको प्रथम अध्याय यस्तो ब्यक्तिको जिवनको अभिब्यक्तबाट सुरु हुन्छ जो परमेश्वरबिना जिवन बितायो भने उसको जिवन सार्थकहिन र ब्यर्थ हुन्छ ।

१: यरुसलेममा कोहेलेट

"दाउदका छोरा, यरुशलेमका राजा, उपदेशकका वचन ।" उपदेशक १:१

साधारणतया यहाँ उल्लेखित उपदेशक वा प्रचारक भन्ने शव्द "कोहेलट" जुनकी हिब्रु भाषाको "कहाल" शब्दजराबाट आएको हो, यसको अर्थ हो "एकत्र पार्नु" वा "जम्मा गर्नु" हो । ग्रिक वा युनानी भाषामा त्यहि शव्द कोहेलटलाई त्यहि शव्दार्थमा उल्था गरिन्छ । कोहेलट, ग्रिक भाषामा "चर्च" बा एक्लशियामा रुपान्तर गरिन्छ । यसै बाट अंग्रेजीमा एकल्जियासटस् भनेर यस पुस्तकलाई नामांकरण गरीएको पाउँछौ । यहुदीहरुले उपदेशकलाई लेखक र कितावलाई कोहेलट भनेर सम्वोधन गर्दछन् ।

शताव्दीयौं देखि कोहेलटको अर्थको बारेमा बाद बिवाद भएको पाउँछौं । के उसले आफ्नो ज्ञान उपदेश दिन मानिसहरु एकत्र पारेको हो कि वा उ बुद्धिज्ञानलाई जम्मा गर्ने ब्यक्ती ? जुन आफुलाई बुद्धि जम्मा गर्ने भनेर दर्शाउन खोजेको पनि पाउँछौं (उपदेशक १:१३, १६, १७)। यि भेद जान्न शायद स्वर्गनै पर्खनु पर्ला ।

उपदेशक १ पुरै अध्याय पढ्नुहोस् । छोटकरीमा सोलोमनले के भन्न खोजेको छ सो लेख्‍नुहोस् । हरेक शब्दको अर्थ बुझेन भनेर फिक्री नगर्नुहोस् किनकि कसैले पनि बुझ्न सकेको छैन । तर त्यस अध्यायको सामान्य सन्देश र भावनामा केन्द्रित हुनुहोस् । उसले के आशय प्रकट गर्न चाहेको थियो र त्यसलाई येशूभक्तको दृष्टिकोणले कसरी हेर्न सक्दछौं ? जव तपाँईले यस अध्यायलाई पढ्नुहुन्छ यो मनमा राख्‍नुहोस कि यो कसले लेखेको, कहिले कुन अबस्थामा र किन लेखेको हो ।

बाहिरी सतहमा हेर्दा यि शब्दहरु यस्ता मानिसको हो जसको जिवन निराशमय, जिवनलाई हास्यस्पदरुपमा लिने र कतु वा तितो जिवनको भुमरीमा रनथल्लिएको थियो । उसले सबैकुरा दोहो‌र्‍यिको, निष्फलदायी र अर्थहिन जिवनमात्र देख्‍दछ । यदि यसलाई मात्र अलग्गिएर हेर्‍यो भने उ बर्तमान अबस्थाका धेरै नाष्तिक दार्शनिकहरु जस्ता छन् जसले आफ्नो अस्तित्व निरर्थक, अनाबश्यक र तुच्छ ठान्दछन् । सोलोमनको अगाडीको जिवनलाई हेर्‍यौं भने उसको जिवन त्यस निरर्थक थिएन भन्न सक्दछौं । तर यस पुस्तकलाई सम्पुर्ण बाईबलले के प्रकाश गर्दछ सो को आधारमा पढ्नु पर्दछ ।यस पुस्तकमा मात्र होईन सम्पुर्ण बाईबलमा परमेश्वरबिना मानिसको जिवन तितो, अबमुल्यन र हँसीको रुपमा लिईन्छ किनकि त्यो जिवन अटेरी र हिमाइते, बर्तमान भौतिकसम्पन्नतालाई मात्र लक्षित गरेर बाँचेको जुन बृहत परमेश्वरको चित्र र मुक्तीको प्रतिज्ञाको बर्खिलापमा चलेको हुन्छ । यस सन्दर्भमा हेर्दा बाईबलले त्यहि कुरा भन्न खोजेको भनेपनि हुन्छ । तर प्रथम अध्यायले फरक ढंगले प्रस्तुत गरेको पाउँछौं ।

आफ्नो जिवनलाई नियालेर हेर्नुहोस्, कत्तिको तितोपना वा हास्यस्पद वा निरर्थकताको अनुभव गर्नु भएको छ ? यो भावना के ले उत्प्रेरित भएर आउँछ ? तपाँईको पुरै आत्मिक जिवनको अस्तित्वलाई बिषादी बनाउनु भन्दा पहिले यस्तो कुभावनाबाट सुरक्षित हुन कुन कदम चाल्नुपर्दछ ?

२. ब्यर्थनै ब्यर्थ

"ब्यर्थका ब्यर्थहरु, उपदेशकले भन्दछ, खोक्रैनै खोक्रो, सबै थोक निरर्थक छन् ।" उपदेशक १:२

प्राय जसो सबै बाईबलको अनुबादकहरुले ब्यर्थ शब्द प्रयोग गरेको पाउँछौं । हिब्रु भाषामा हेबेल भन्ने शब्द प्रयोग गरेको छ जसको अर्थ "बाफ" वा "सास" हो; यसलाई रिक्तपना, अर्थहीन, मुल्यहीन, तुच्छ र अनाहकको अर्थमा उपयोग गरेको हुन्छ । यो शब्द उपदेशकको पुस्तकमा धेरै पल्ट दोहरिएको पाउँछौं ।

जव तपाँईले "बाफ" वा "सास अर्थात हावा" भन्दा के मनमा आउँदछ ? सोलोमनले जिवनलाई सिर्फ बाफ वा हावा मात्र हो भनेर यस प्रतिकलाई किन अपनाउन खोजेको ? भजन १४४:४ पनि हेर्नुहोस् ।

कुन परिप्रेक्षमा उसले यो लेखेको हो सो सोच्नुहोस । शक्तिसम्पन्न र प्रतिज्ञानै प्रतिज्ञाले भरिएको जिवनलाई लत्याएर आफ्नो जिवनलाई क्षणिक ईच्छापुर्तिमा लागेर अनन्तको मुल्य मान्यतालाई बेवास्ता गरेको थियो । जव तपाँईको प्रायजसो जिवन हावा वा निरर्थक महशुस गर्नु भएको छ भने जिवनको अन्तमा आफ्नो जिवनलाई बाफको रुपमा लिनुहुनेछ किनकि बाफ जस्तै निरर्थकरुपमा ति जिवन बितेको पाउनुहुन्छ ।

उपरोक्त मनशायलाई निम्न पदहरुले पनि कसरी ब्यक्त गर्दछ सो पढ्नुहोस्::

यशैयाह ५२:२, मत्ति ६:१९,२०, मर्कुस ८:३६, याकुब ४:१४

यस पृथ्वीमा सर्बगुण र सर्बशक्तीले सम्पन्नभएको सोलोमनको यस्ता बचनहरु किन प्रभावशाली र सान्दर्भिक छन् ? अरु जस्तै संसारले दिने कुनै पनि मोजमज्जाको कमि उसमा थिएन । किनकि उ आफैले पछि भनेको थियो कि उसको आँखाले देखसम्म सबेकुरा उसले पाएको थियो (उपदेशक २:१०) ।तैपनि अन्तमा उसले भन्दछ उसको जिवन बेकारको, रिक्त र खाली बाफ वा सास जस्तै हो ।

यो हाम्रोलागि कस्तो शिक्षा हुनुपर्दछ कि हाम्रो जिवनमा कुन महत्व छ वा कुन महत्व छैन, र मनन् गरौं त्यसलाई कसरी ग्रहण गरिनु पर्दछ ।

आफ्नो जिवनलाई आत्पबिश्‍लेषण गर्नुहोस् । तपाँईले अहिले के गरिरहनुभएको छ ति कति हावा जस्तै हुन् ? के को लागि संघर्ष गरिरहनु भएको छ ? महत्वपुर्ण वा फलदायी के काम गरिरहनु भएको छ ? तपाँईले जुन संघर्ष गरेर प्राप्त गर्नु भएको छ वा महत्वाकांक्षालाई पुरा गर्न पाउनु भएको छ, के ति कुने दिन हावा वा बाफ जस्तै उडेर जान्दैन र ?

३ सूर्यपनि उदाउँछ

सोलोमन, आफ्नो युवाअबस्थामा प्रकृतिको बिलक्षण बिद्यार्थी थिए । प्रकृति वा धर्तिको जिवनबाट उसले धेरै आत्मज्ञानहरु सिकेका थिए (उदाहरणस्वरुप हेर्नुहोस्, हितोपदेश १:१७-१९, ६:६-९, १७:१२, २६:१-३,११, ३१:१०) । आफ्नो अन्तिम दिनहरुमा पनि उसले प्रकृतिलाई हेरेको थियो तर कुन मनस्थितीले हेरे सो भन्न सकिन्दैन किनकि पछिको ज्ञान पहिलेको भन्दा भिन्नता भएको हामी पाउँछौ ।

उपदेशक १:४-११ पढ्नुहोस् । सोलोमनले के भन्न खोजिरहेको छ ? उसको निष्कर्षमा कत्तिको जायजता वा सत्यता छ ?

सोलोमनले उसले "प्राकृतिबाट धर्मज्ञान" को उपादयेता देखाउन खोजेको थियो जसले परमेश्वरको सत्यता, यथार्थता आदि प्रकृतिबाट बुझ्न खोज्दछ । यो त्यस्तो बेठिक थिएन किनकि प्रकृति परमेश्वरको दोश्रो पुस्तकको रुपमा प्रस्तुत गर्न खोजेको छ । हेर्नुहोस भजन १९:१-७, यशैयाह ४०:२६ र हिब्रु ११:३ ।

प्रकृतिले परमेश्वरको कसरि चित्रण गरिन्छ ? यसले कसरि सिमितरुपमा परमेश्वरको बारेमा सिकाउँदछ बिशेष गरि यस पतित संसारमा ?

परमेश्वरको दोश्रो पुस्तक, प्रकृति, जतिसुकै प्रभावशालि भएपनि र अशिक्षित ब्यक्तिको अगाडी जतिसुकै अचम्भ वा भब्य तरिकाले बर्णन गरिएर लेखेपनि उसकोलागि त्यो निरर्थकनै हुनेछ । अथवा पृकृतिका भेदहरुलाई जसरी उसलाई प्रस्तुत गर्न खोज्नुभएपनि यदि उसले बिश्वास गर्न चाहेन भने उसले ग्रहण गर्न अस्विकार मात्र गर्दैन त्यसको अनर्थलगाएर निष्कर्षमापनि ल्याउन खोज्दछ । सोलोमनले आफ्नो जिवनलाई फतफताएर प्रकृतिबाट जुनकुरा सिक्न खोजेको छ त्यो सर्‍हानिय छैन र त्यसबाट शिक्षा पाउन लाएक पनि छैन । उसले आफ्नो हास्यस्पद र नकरात्मक भावनालाई प्रकृतिद्वारा पोखाउन खोजेको पाउँछौं ।

यस्तो भावना अभिब्यक्त गर्न सजिलो छ । अठार्‍हौ सताब्दिका एक लेखकले बिवादास्पतरुपमा भनेको छन् कि प्रकृति जुन् अनिकार, रोगब्याधि, बाढि आदिबाट जुन ग्रसित छन्, यदि मानिस उनको मनस्थितीमा हिंड्यो भने नरहत्या वा घाटक भएर निस्कन सक्दछ । अर्थात अर्को अर्थमा भन्ने हो भने प्रकृति हिंसात्मक छन्, हामीपनि हिंसात्मक हुन हिचकिचाउनु पर्दैन । हेर्नुहोस्, मानिस कस्तो गलत निष्कर्षमा आउनु सक्दछ ! यसले हाम्रो बातावरणप्रति कत्तिको नराम्रो सोच्न सकिन्छ भनेर देखाउँदछ ।

कुनै कुराको बास्तविकतालाई हेर्न तपाँई कति सक्षम हुनुहुन्छ ? तपाँईको खराब वा रुष्ट अबस्था भएको बेला अथवा नकरात्मक भावनाले तपाँईको वचन र क्रियाकलापमा कत्तिको प्रभाव पारेर हिंड्नु भएको छ ? अरु कुराहरुमा गलत मनस्थिती लक्षित नहोस भनेर र यस्तो नकारात्मक भावनाबाट सुरक्षित हुन आफ्नो अहंलाई त्याग्नु कति जरुरी छ ? आफु जस्तो छ अरुलाई पनि त्यस्तै देख्‍दछ । त्यसकारण सार्थक जिवन बिताउन चाहन्छ भने सकारात्मक मनस्थितीमा लागिरहनु अति जरुरी छ ।

४ घट्ना चक्रबाट पारी

सोलोमनले प्राकृतिक दृष्यहरु कहिलै अन्त नहुने र अर्थहिन दोहोर्‍याईरहने चाल देखे । घाम उदाउँछ र अस्ताउँछ, हावा चलिरहन्छ, नदी बगिरहन्छ, र पुस्तौं पुस्तासम्म त्यसरीनै चलिरहेको छ । जे थियो, त्यो फेरी हुनेछन्; जे हुने थियो, त्यो भई सकेको छ । सोलोमनले उदास तरिकाले आफ्नो भावनालाई यसरी अभिब्यक्त गर्दछ, "संसारमा सूर्यको मुनी केहिपनि नयाँकुरा छैन ।" उपदेशक १:९

उसको लवजले यो भन्न खोज्दछ कि यसमा केहि न केहि गलत छन् र यस्तो भईरहन नपर्ने हो । उसको मनोभाव प्रथम अध्यायको सुरुको केहि पदहरुले स्पष्टरुपमा देखाउँदछ ।

उपदेशक १:१-४ फेरि पढ्नुहोस् । यसमा सोलोमनले प्रकृतीको अनन्त घट्ना चक्र भन्दा मानव जिवन कति क्षणिक छ भनेर देखाएको पाउँछौ ।

पृथ्वी चलिरहन्छ तर हाम्रै जिवन चाहिँ अस्थिर छन् । हामी केवल वाफ वा हेबल मात्र हौं । यो बिचारले मानवतालाई परम द्विविधामा पार्न खोज्दछ । हो, हामीहरु अनन्त जिवन सम्वन्धी ज्ञान, अलौकिक ज्ञान र हाम्रो मानव सिमितलाई उछिनेर उच्च ज्ञान हासिल गर्न सक्षम छौं तै पनि हामी अवाक्क छौं किनकि हामी माटोमा मिसिन्छौ तर सूर्य, नदीहर हावा आदी सदासर्बदा रहिरहन्छ । यिनीहरुको अगाडी हाम्रो अस्तित्वको मुल्य छैन भने पनि हुन्छ । हामी आउँछौं, जान्छौं; नदीहरु, सूर्य र बतास रहिरहन्छ । यसै कारण बेलायतको महान ख्रष्टा शेक्सपियरले हाम्रो जिवन सम्वन्धी उद्‍घार यसरी प्रकट गर्दछ, "यो केवल हुरीबतास र आवाज मात्र हो, यसको अर्थ केहिपनि छैन ।"

सोलोमनले जिवनसम्वन्धी द्विविधालाई निम्न पदहरुले कसरी जवाफ दिन्दछन् ?

१ कोरन्थी १५:२६, ५१-५५, हिब्रु २:१४, प्रकाश २१:४

संसारमा धेरै महान तर्कशास्त्रीहरु र महान दार्शनिकहरुको प्रादुर्भाव भयो जसले जिवनको बारेमा अनेक तर्कहरु बिस्तार गरेर बाख्या गर्न खोज्दथे । तर तिनीहरुले मृत्युको प्रश्‍नको समाधान नदिउँजेल जिवन सम्वन्धी जवाफ दिन सक्देनन् किनकि अन्तमा सबैलाई मृत्युले निल्नेछन् ।र हामी यो अनुमान गर्न सक्दछौं कि कुनैपनि यि दर्शन शास्त्रीहरुले जिवनको समस्या सम्वन्धी जवाफ दिन सकेको छैनन्, हुनत धेरै जसो यिनीहरु आफैनै मृत्युको पाशोमा परिसकेका छन् । तर केवल येशूले मात्र उहाँको मृत्यु र पुनरुत्थानले जिवनको अस्तित्वको जवाफ दिनु भएको छ । येशूले यो देखाउनु भएको छ कि मृत्यु अन्त्य होईन, र एक दिन यस पतित संसारको, हेर्दा कहिलै अन्त नहुने, घट्ना चक्रपछि, हामी जिउने छौं र ति पापी संसार अस्तित्वहिन हुनेछ र त्यसलाई सम्झनेपनि छैन (यशैयाह ६५:१७)। यदि यो आशामा हामी जिएका छैनौं भने सोलोमनको निराशाबाद सत साबिद हुन्छ ।

५. सूर्यमुनि बुद्धिज्ञान

उपदेशक प्रथम अध्यायको १२-१८ पदहरुले यसका लेखकको बारेमा अझ केहि जानकारी दिन्दछ । उ आफु राजा हुन भनेर दावि मात्र गर्दैन तर यरुशलेममा उ भन्दा अरु कुनै ज्ञानी मानिस पहिला भएको थिएन भन्दछन् जसले यसका लेखक सोलोमनने हुन भनेर पुष्टि गर्दछ । यि सबै अर्थ पुर्ण छन् किनकि सोलोमनको राज्यकाल मा भएको शान्ती र समृद्धी अति महान थियो । राजा सर्ब सम्पन्न भएपछि उसले कुनै देशको हमला वा बिरोध न त आर्थिक संरचना ध्वस्त होला भनेर खप्न परेको थिएन । त्यसकारण उसले सूर्य मुनी पाउने सबै ज्ञान हासिल गर्न प्रशस्त समय पाएको थियो ।

उसले स्वर्गको मुनी भनेर पद १३ मा उल्लेख गरिएको छ, यो त्यहि बिचार प्रकट गरेको हो जुन सूर्य मुनी हो । हेर्नुहोस पद ३,९ र १४ । यो वाक्यांश शिर्फ उपदेशकमा २० पल्ट देखापर्दछ । यो वाक्यांश, सूर्य मुनी, को अर्थ के हो र सोलोमनले के भन्न खोजेको भनेर हामी बुझ्न सक्दछौं ?

स्वर्गको मुनी वा सूर्यको मुनी भनेको अर्को अर्थमा यस संसारमा के भईरहन्छ सो भन्न खोजको हो । फेरि हामी यहाँ जे देख्‍दछौं यस संसारको ज्ञान र बुद्धि सार्थकहिन छन् । संसार र त्यसमा भएको कसैले पनि जिवनको कठिन प्रश्‍नहरुको जवाफ दिन सक्दैनन् । बरु संसार र संसारमा भएकालेनै गर्दा जिवनमा कठिन प्रश्‍नहरु खडा गरिदिन्दछन् । संसारको कठिन प्रश्‍नको जवाफ संसार भन्दा महान वा माथीकोले वा संसारलाई जितीसकेकोले मात्र दिन सक्दछ (युहन्ना १६:३३) । हाम्रो जिवनको जवाफ येशूमै निहित छ । नभए सोलोमनले देख्‍दछ कि यस संसार क्रोधपुर्ण, हतोत्साहपुर्ण, हास्यस्पद वा निन्दाशिल आदि हुन् । उ सबै ज्ञानबुद्धिले सम्पन्न भए, तर त्यसले उसलाई दुख र शोकमात्र बढायो ।

जर्मनको दर्शनशास्त्री अर्थर शोपनहौर पनि सोलोमनकै प्रतिध्वनी गर्दछ, "जिवनको यावत थोकले (सूर्यको मुनि) यो देखाउँदछ कि संसारको सुखसमृद्धि निराशातिर लक्षित गरिन्छ ।"

उपदेशक १:१२-१८ फेरि पढ्नुहोस् ।सोलोमनले कुन खासकुरालाई ब्यर्थ र निराशमय छन् भन्दछन् ? साथै यि शब्दहरु २ तिमोथी ३:७ संग कसरी मिल्दछ ?

हेर्नुहोस उपदेशक १:१५ जसमा लेखिएको छ कि भ्रष्ट ब्यक्तिलाई सिधा बनाउन सक्दैन, जुन कुराको अभाव छ त्यसलाई गन्नु पनि बेकार हो । तपाँईको जिवनमा के बिग्रेको छ जुन मर्मत गर्न सकिन्दैन; अर्थात तपाँईलाई के को खाँचो छ जुन संसारले परिपूर्ति गर्न सक्दैन ? यसले गर्दा प्रभु येशूको आगमनको लागि कति उत्सुक हुनुपर्दछ भनेर देखाउँछ ?

उपसंहार

लुडविग बिट्टगनस्टाईनले एक फेरा भनेका थिए: "सुखी मानिसको संसार दुखी मानिसको भन्दा भिन्न हुन्छ ।" हितोपदेशको पुस्तक पढ्नुहोस र त्यही सोलोमन जुन जिवनको अलग्गै समयमा लेखेको थियो । उपदेशक र यो पुस्तकमा सोलोमनको मनस्थितीमा के भिन्नता पाउनु हुन्छ ? यसले परमेश्वरसंग असल सम्वन्ध राख्‍दा जिवनलाई सार्थकतामा परिणत गर्न सक्दछ भनेर कसरी देखाउँदछ ?

"सोलोमनले प्रकृतिको निरन्तर चक्रको गुनासो गरेको थिएन, तर उसले मानव जिवन चक्रसंग समानान्तर देखेको थियो (उपदेशक १:४) । के मानिसको जिवन पुष्टौं पुष्टसम्म निरर्थकरुपमा दोहोरिएको मात्र हो ? के त्यहाँ मानव सभ्यताको चरम सीमा हुन्दैनन् ? के परमेश्वरसंग केहि यस्तो योजना छैन जसले पुस्तौं पुस्तौ सम्म निरन्तर जस्तो देखिने मानव पापमय कर्मचक्रलाई अन्त गरि उसलाई स्वर्गस्थानमा निश्‍चलसाथ ढुक्क भएर बस्न सकोस् ?

यस पदमा जसरी पृथ्वीको धरातलमा बायुको गतिलाई प्रस्तुत गरिएको छ त्यसमा बैज्ञानिक यथार्थता छ जुन पौरिणिक साहित्यमा पाउँदेनौ र यसले पौराणिक समयका मानिसले नबुझेको प्राकृतिक नियमलाई उच्चतमरुपमा प्रस्तुत गरेको देखाएको छ ।" एसडिए बाईबल कमेन्टरी, ठेली ३, पृ. १०६४

"मानिसको स्वबिबेक वा स्वबुद्धिले परमेश्वरलाई चिन्दैन । बुद्धिमानि वा बिद्वान मानिसहरुले परमेश्वरले सृष्टि गर्नुभएका कामहरुबाट परमेश्वरको अपुरक ज्ञानलाई प्रस्तुत गर्न खोज्दछ । अनि मुर्ख तवरले प्रकृती र त्यसका बिधीहरुलाई परमेश्वरको चरित्रलाई उछिन्नेर उच्चत्तम स्थानमा राख्‍दछ । हो, प्रकृती परमेश्वरको खुला किताव हो जसले परमेश्वरको बारेमा भेद प्रकट गर्न सक्दछ । तर जसलाई परमेश्वरको ज्ञान छैन र परमेश्वर येशूद्वारा प्रकट गरिएकोलाई ग्रहण गर्दैनन् तिनिहरुले प्रकृतीबाट परमेश्वरको बारेमा असिद्ध ज्ञानमात्र प्राप्त गर्न सक्दछ (किनकि पापले गर्दा प्रकृतीपनि अपभ्रष्ट भएको छ ) ।" एलेन जि ह्वाईट, हेल्थफूल लिभिड्ग, पृ. २९३ ।

चिन्तन मनन्

प्रकृतीको बारेमा केहि सोच बिचार गर्नुहोस् र निम्न बुंदाहरुमा ध्यानार्कषण गर्नुहोस्: प्रकृतीबाट परमेश्वरको बारेमा के भेद खोल्न सक्दछ ? प्रकृतीले परमेश्वरलाई कसरी प्रस्तुत गर्दछन् ? यसले के प्रष्ट पार्न सक्दैनन् ? प्रकृतीबाट के गलत पाठहरु सिक्न सक्दछौं ? यसले हामीलाई परमेश्वरको बारेमा पुर्णज्ञान अन्तैबाट पाउन जरुरी छ भनेर कसरी देखाउँदछ ?

२. हामीहरु जिवनदेखी किन दिक्क वा यसलाई हास्यस्पदमा लीन सजिलो छ ? के कुनै कुरामा खिसी उडाउनु जरुरी छ ? यो पतित संसार हो र यो नाशहुनतिर लागि रहेको छ । यस यथार्थलाई सतर्कतासाथ लिएर र साथै उपदेशको प्रथम अध्यायमा ब्यक्त गरेको भावनालाई अपनाएर जिवनदेखी निराश नहुन कसरी सन्तुलन जिवन अपनाउन कोषिश गर्नु पर्दछ ?