जिउनुको रहस्य र समयको बास्तविकता
From StudyGuides
Contents |
भाग ४
जिवन र समयको परिचक्र
यस भागको अध्ययन उपदेशक ३ मा आधारित छ । मुल पद: "मैले मेरो मनमा यो सोचें, परमेश्वरले धर्मी र दुष्टको न्याय गर्नुहुनेछ: त्यसैकारण हरेक काम र हरेक उद्देष्यको परिपुर्ति आफ्नै समयमा हुन्छ ।" उपदेशक ३:१७ ।
"मलाई सबै कुरा थाहापाई सकें र सबै थाहा छ:- बेलुका, बिहान र दिउँसोको पनि थाहा छ, मैले मेरो जिवनलाई कफीको चम्चासंग नापेको छु"- टि. एस. ईलियत, "द लभ संग अभ जे. अलफ्रेद प्रुफरक ।"
हुन सक्छ हामीले हाम्रो जिवनलाई कफीको चम्चाले नाप्दैनौं, तर यसो भनेको अर्थ हाम्रो जिवन ननाप्ने भनेको होईन: प्राय जसो हामी यदि आशिषित छौं भने "तिन बिस र दस" र अझ बढी आशिष पाएमा "चार बिस" बाँच्छौं । तर कतिले आफ्नो उमेर धेरै गईसकेको छ भने त्यो धेरै होईन । समय, त्यसकारण यो नरलोकको मानिसको लागि अति बहुमुल्य चिज हो ।
यसै कारण हुनसक्छ अध्याय ३ हामी सबैकोलागि महत्वपु्रण बिषयमा केन्द्रित गरेर सुरु गर्दछ: त्यो हो, समय । यो एकदम सुन्दर कविताको शैलीमा लेखेको समयसंग सम्वधित बिभिन्न बिषयमा आधारित छन् । हामी जे गरे पनि समयलाई ख्याल गर्नु कति जरुरी छ । जनमानसमा अनन्त भन्ने धारणाको के अर्थ छ किनकि यो सृष्टिनै अनन्तको परिधी भित्र परिरहेको छ ? दुष्ट र आतंकित पार्ने सारा खराबलाई परमेश्वरले कहिले न्याय गर्नुहुनेछ ? यदि जन्तु र मानिस दुबैको अन्त मृत्युनै हो भने यि दुईको बिचमा के अन्तर छ त ?
यि सबै गहन बिषयहरु एक अध्यायमा समावेश कसरी ओगट्न कोषिश गर्न सकेको होला ? तर हामीले यो भनिरहेका छौं कि यि कुराहरुको अर्थ बुझ्न सारा बाईबलको परिवेशमा मात्र बुझ्न सक्दछौं किनकि यि गहन र निर्णायक प्रश्नहरुको जवाफको श्रोत त्यसैमा मात्र छ ।
१. समयको परमेश्वर
तपाँईको घडी कती सत प्रतिशत ठिक छ ? शायद सेशियम बिम (किरणपुंज) भन्ने घढी जस्तो छैन होला जसले सेकेण्डको ९,१९२,६३१,७०० यौ सम्म नाप्दछ जस समय कुनै निश्चित अणुलाई लिन्दछ र बिकरण फ्याँक्दछ । अर्थात त्यो यस्तो समयको परिधी हो जुन परमेश्वरले प्रकृतीको भागमा रच्नु भएको छ । सत प्रतिशत ठीक समय भनेको के हो भन्दा साधारण मानिसको समझ भन्दा बाहिरको कुरा हो ।
अमेरिकाको नाशा-गदार्द स्पेश फ्लाईट सेन्टर संस्थामा बैज्ञानिकहरुले एउटा तालिकामा ईशापुर्ब २००० देखी ईश्वी संबत ३००० सम्म भएको र हुने ग्रहणको सुचना लेखेर राखेको छ । अर्को शब्दमा भन्ने हो भने प्रकृतीमा परमेश्वरले समयलाई यस्तो स्पष्ट र ठिक ढंगमा समाबेशिकरण गर्नुभएको छ कि बिगतका ग्रहणहरु मात्र होईन भविष्यका ग्रहणहरुपनि जान्न सक्दछौं ।
यसरी प्रकृतीले के देखाउँछ भने समयलाई परमेश्वरले आफ्नो बसमा राख्नुहुन्छ । एडभेन्टिष्टहरु जसले भविष्यबाणीमा रुचि राख्दछ, तिनिहरुकोलागि यो कुरो नौलोरुपमा लिईन्दैन । किनभने प्रायजसो भविष्यबाणीहरु समयसंग जोडिएकोले हाम्रो पहिचान र सन्देश फैलाउने अभियान समयमै आधारित छन् ।
निम्न समय तोकेको भविष्यबाणीहरुलाई पुनरावलोकन गर्नुहोस् किनकि ति भविष्यबाणीहरु समयमै पुरा भएको हुनाले हामीले अति अर्थपुर्ण मानेका छौं ।
दानियल ७:२५----दानियल ८:१४---दानियल ९:२४-२७---प्रकाश १२:१४
यि भविष्यबाणीहरुले मानिसको कामकाजमा परमेश्वरको शक्ती र सार्बभौमिसत्ता कत्तिको छ भनेर जनाउँछ ?
बाईबलमा धेरै स्थानहरुमा परमेश्वरको योजनामा समयको भूमिकाको उल्लेख गरिएको पाउँन्छौ । येशू गालिलमा देखापर्नुहुन्छ र समय पुराभयो भनेर सम्वोधन गर्नुहुन्छ (मर्कुस १:१५) । पावलले येशूको प्रथम आगमनको बारेमा लक्षित गर्दै भनेको छ, "जव पुरासमय आएको थियो, परमेश्वरले आफ्नो पुत्रलाई पठाउनुभयो " (गलाती ४:४) । दोश्रो आगमनको बारेमा जानकारी दिन्दै उसले लेख्दछ: "हाम्रो प्रभु येशू देखा नपरुँजेल, जुनबेला आफ्नै समयमा आफुलाई प्रकट गर्नुहुनेछ "(१ तिमोथी ६क्ष१४,१५ ) । स्वर्गदूत युहन्नाकहँ देखा परेर उसलाई भने, "यस पुस्तकमा लेखिएको भविष्यबाणीलाई बन्दगरेर टाँचा नलगाउनु, किनकि समय हातको नजिकै छ " प्रकाश २२:१० । यसबाट हामीलाई यो प्रष्ट हुनुपर्दछ कि परमेश्वरले आफ्नो ईच्छा समयद्वारा परिपुर्ति गर्नुहुन्छ ।
के तपाँईको जिवनमा यस्तोकुनै समयसंग सम्वन्ध भएको प्रश्नसंग संघर्ष गरिरहनु भएको छ ? तपाँई घुँडा टेक्नुहोस् र तपाँईको ईच्छालाई परमेश्वरमा समर्पण गर्नुहोस्, र उहाँमाथि बिश्वास र भरोसा राख्नुहोस् किनकि उहाँले समयलाई नियन्त्रण गर्नुहुन्छ । हाम्रो जिवनमा घट्ने घट्नाक्रमलाई नियालेर हेर्दा परमेश्वरमाथिने भरोसा राखेर हिंड्नु कति उपयुक्त देख्नु भएको छ ?
२. हरेक कुराको लागि............समय ?
हितोपदेश ३:१-८ पढ्नुहोस् । ध्यान दिनोस्, जन्म, मरण; निर्माण गर्नु भत्काउनु; माया गर्नु घृणा गर्नू आदि एक आपसमा अन्तर शब्दहरु ब्यक्त गरेर समयको परिक्रमालाई बाख्या गरेका छन् । हुनत बिद्वानहरुले यस पदहरुको ठिक आशयको बारेमा बादबिबाद गर्दछन्, तर सोलोमनले मानव जिवनको विभिध पक्षको बारेमा बर्णन गरेको भन्नुमा दुईमत छैन । कुनै कुरा निश्चित समयमा ठिक छ भने, त्यहि कुरा अरु समयमा बेठिक हुन सक्दछ ।
तर यि सबको भेद बुझाउने साँचो शायद ११ पदले दिन सक्दछ किनकि परमेश्वरको बारेमा भनि सकेपछि उसले भन्दछ, "उहाँले सबै थोक आफ्नै समयमा सुन्दर बनाउनुभएको छ" अर्थात यि विभिध कुरोहरु ठिक समयमा राम्रोनै हुन्छ । यसमा परमेश्वरले निश्फिक्रीरुपमा समयको चक्रभित्र मानिसलाई राख्नु भन्दा मानिसलाई त्यो समयको फायदा उठाउन स्वतन्त्ररुपमा छोडिएको छ र हरेक घट्ना समय सापेक्षित हुन्छ भनेर बुझाउन खोजेका छन् ।
सब भन्दा समस्याको रुपमा देखिएको पद चाहिँ पद ३ को "मार्ने पनि समय छ" भनेको हो । यस सन्दर्भमा धेरै ब्याख्याहरु प्रस्तुत गरेको छन्, तर यो कुरा बिर्सनु हुन्दैन कि सोलोमन यस्तो राज्यको राजा थिए जहाँ मृत्युदण्डको सजाँय प्रचलित थियो (प्रस्थान २२:१८-२०, लैब्य २०:२, ९-१६, २४:१४-१६, गन्ती १५: ३५ ) । फेरी यो पनि ख्याल गर्नु पर्दछ कि हिब्रु भाषामा लेखीएको उपदेशक ३:३ को "मार्नु" भनेको प्रस्थान २०:१३ को प्रचलित "हत्या" भन्ने शब्दसंग अर्थ लाउँदैन ।
निम्न पदहरुले हाम्रो जिवनमा समयको कत्तिको महत्व छ भनेर देखाउँदछ ?
भजनसंग्रह ३७:९---मत्ती ५:२१-२४----मत्ती ८:२१,२२----रोमी ८:२५--रोमी १२:१९--१ कोरन्थी ४:५---याकुब १:१९ ।
के तपाँईले कुनै ठुलो निर्णय वा चुनौतीलाई कुन दिशामा लानु पर्छ भन्ने अनिर्णयको फन्दामा पर्नुभएको छ ? के त्यस महत्वपुर्ण निर्णयलाई समयको मागअनुसार पछि सारे राम्रो हुन्दैन होला ? अथवा निर्णयलाई पछि सारे गल्ति होला ? ध्यान गर्नुहोस्, सोलोमनको यो सल्लाह कति समय सापेक्षित छ: हरेक आफ्नै ऋतु हुन्छ र आफ्नै समय हुन्छ । प्रार्थना, बाईबल अध्ययन र आत्मिक बुज्रुकहरुको सरसल्लाहले ठिक समयमा ठिक निर्णय गर्न कति महत्वपुर्ण सहायक हुन सक्छ भनेर मान्नुहुन्छ ?
३. हदयमा अनन्तता
समयको अबधारणा उपदेशक ३:११-१५ सम्म जारी भएको पाउँछौं ।जव तपाँईले यि कठिन पदहरु पढ्नुहुन्छ, समयसंग सम्वधित बिभिन्न प्रसङ्गहरुलाई ध्यान दिनुहोस् । यो महत्व छ कि पद ११ लाई यसरी रुपान्तर गर्न सकिन्छ, "उहाँले अनन्तता उनिहरुको हृदयमा राख्नु भएको छ ।"
तपाँईले आफ्नो समझ सक्तीले भ्याए सम्म सोलोमनले यस पदहरुमा के भन्न खोजिरहेको छ ? फेरी सम्पुर्ण बाईबलको परिबेशमा यसको अर्थ लगाउनुहोस् ।
सोलोमनले यहाँ मानिसको कमजोरी र मुर्खता बिपरित परमेश्वरको शक्ती र सामर्थतालाई स्विकार गरेको पाउँछौं । फेरी यहाँ सोलोमनले अनियन्त्रितरुपले बहन गर्ने शारिरिक मोजमज्जाकोलागि वकालत गरेको होइन; तर आफ्नै ठिक समयमा मानिसले आफ्नो परिश्रमको फलहरुको स्वाद अहिलेनै लिन सक्दछ, सूर्यमुनि यहि जिवनमा ।
हामिलाई परमेश्वरको कार्यक्षेत्र र उहाँको अगुवाई सबै बुझ्न सक्दैनौं ।पद ११ मा भनिएको छ, "सुरु देखी अन्त सम्म परमेश्वरले गर्ने काम मानिसले थाहापाउन सक्दैन" र त्यो थाहा पाउन आबश्यक पनि छैन । शायद सोलोमनले येशूले मत्ती ६:३४ मा भन्नुभएको कुरालाई अभिब्यक्त गरेको भन्नुमा अनुपयुक्त छैन: "भोलीकोलागि फिक्री नगर्नु, किनकि भोलीको दिनले आफ्नो फिक्री आफै गर्नेछ । आजको दु:ख आजको निम्ति पर्याप्त छ ।"
यो, "परमेश्वरले मानव जिवनमा अनन्तता हृदयमा राखीदिनुभएको छ ।" बाक्यलाई कसरी बुझ्नुहुन्छ ? सोलोमनको बेचैन, दु:खी र अपुरो जिवनको सान्दर्भिकतालाई ध्यानमा राखेर यसको जवाफ दिनुहोस् । फेरी निम्न पदहरुपनि पढ्नुहोस्: हिब्रु ११:१३-१६, १ युहन्ना २:१५-१७ ।
हामी यस पाठको पाँचौं बुंदामा हेर्नेछौं कि सूर्यको मुनी जनावर र मानिसको साझा निर्दिष्ट स्थान एउटै छ । हामी भेंडा, बाख्रा, कुकुर, गोही र चराचुरुङ्गी आदि सबै मर्दछन् । तर फरक त के छ भने परमेश्वरले हाम्रो हृदयमा अनन्तता राखिदिनुभएको छ । मानिस जाति भएको नाताले हाम्रो अस्तित्व अहिलेको संसारबाट अस्थाई छ र हामीलाई यस संसार बाहिर अनन्त जिवनको अस्तित्व तोकिएको छ भन्ने बिश्वाश गर्दछौं; हामीलाई यो महशुस गर्दछौं कि मानिस मरणशिल छ, समय चलिरहन्छ, यो पृथ्वीमा मात्र होईन तर अनन्त सम्म, समयले हामीलाई पर्खन्दैन । यसले गर्दा दैनिक जिवनमा मृत्यु, चिन्ता, अनिश्चितता, डर र अपुरो जिवनको महशुस गर्दछौं । यो यथार्थताबाट हामी भाग्नुहुन्दैन; तर यस जिवनमा भईपरिआउने घट्नादेखी सन्तुष्ट हुनु आवश्यक छैन किनकि परमेश्वरको ईच्छा यो हो कि हामीले मृत्युलाई पार गरेर अनन्त जिवनमा प्रबेश गरौं ।मृत्यु हाम्रो ईच्छा बिपरित अनाहूतमा प्रबेश गरेको हो र यो शैतानको कार्यक्रिलाप हो । हेर्नुहोस् हिब्रु २:१४, १ युहन्ना ३:८ । त्यहि एउटा कारणले अन्तमा मानिसको शारिरिक आनन्दता क्षणिक, खोक्रो, रिक्तता यस्तो हेबेल हो । तिनिहरुले मृत्युको यथार्थताको जवाफ छैन जुनकि हाम्रो काँधमा वा मुटुको स्पन्दनमा जाकिरहेको हुन्छ ।
तर सुभ समाचार जुन महान सन्देश हो त यो हो कि येशू मृत्युलाई नाश गर्न आउनुभयो र अहिले त्यसको डरले गर्दा जुन बिचलित हुन्छ त्यसबाट छुटकारा दिनुभएको छ (हिब्रु २:१५)
४. येशू र न्याय
सोलोमनले समयको बारेमा ब्यक्तगरेको जिज्ञासालाई जारी राख्दछ । तर उसले यो सन्दर्भलाई मध्य नजर राखेर एक दम फरक विषयमा उ लाग्दछ । उपदेशक ३:१६,१७ मा एउटा महत्वपुर्ण प्रसङ्गमा जान्दछ जुनकि यस पुस्तकमा बारम्बार दोहर्यिको पाउँदछौं: त्यो हो मानिसको अन्याय र परमेश्वरको न्याय ।
पद १६ पढ्नुहोस् । सोलोमनले के भनिरहेको छ ? न्याय हुनुपर्ने स्थानमा दुष्टता कसरी हुनसक्दछ ? धार्मिकताको स्थानमा अधर्म र पाप? उसले के भनिरहेको होला ? उसले के को बारेमा भनिरहेको होला ? आजपनि न्यायको खोजिमा जान्दा न्यायपाउने ठाउँमा दुर्ब्यबहार र दुष्टता को सामना गर्नु पर्दछ, धर्म र अध्यात्मिक हुनुपर्ने ठाउँमा अधर्म र छलकपट पाउँछौं, त्यो ठाउँ खोज्न के धेरै परमेश्वर जानुपर्दछ र ? साथै तपाँई सत्यको लागि संघर्ष गरिरहनु भएको छ तर यि अवान्छनिय तत्व आफ्नै चिरपरिचित वा अपेक्षा गरेको ब्यक्तिबिषेशसंग वा स्थानमा पाउँदा तपाँईको मनमा कस्तो मार्मिक भावनाको भुमरिमा परेको महशुस गर्नु वा गरिरहनु भएको छ ? तिनीहरुले सोलोमनको भावनालाई पनि कसरी कुण्ठित पार्यो ? हेर्नुहोस: हितोपदेश १७:२३, २१:२७, युहन्ना २:१४ ।
कसको मन खलबलिन्दैन होला न्याय र धर्महुनुपर्ने ठाउँमा अन्याय र दुष्टताको छाँयाले छोपेको हुन्छ ? यसकारण सोलोमनले पनि हामीले जस्तै न्यायको जित भएको हेर्न चाहन्थे । धेरै कुरामा तितो धारणा भएपनि उसले यो बिश्वास गरेको थियो कि परमेश्वरले आफ्नै समयमा (उपदेशक ३:१७) न्यायईन्साफ गर्नुहुनेछ किनकि उसले यो पनि भनेका छन् कि हरेक उद्देष्य र हरेक कामको बखत आउन्छ, त्यसले गर्दा परमेश्वरको न्यायको पनि समय हुन्छ ।
युहन्ना १२:३१ पढ्नुहोस् जहाँ येशूले भन्नुभएको छ कि "अब यस संसारको न्यायको समय आयो ।" क्रुस धर्मी र अधर्मीको न्यायगरेको प्रतिक हो भनेर कसरी मान्दछौं ?
न्यायको स्थान क्रुसमा हामी यो अबिश्वसनिय अन्याय भएको देख्दछौं: पापहिन परमेश्वरको पुत्र दुष्ट र कृतघ्न संसारको पापकोलागि आफ्नो जिवन अर्पण गरिरहनुभएको थियो (रोमी ५:६, १ युहन्ना २:२) । यसैबेला यो धार्मिकताको समयपनि थियो किनकि येशू जो परमेश्वरको धार्मिकता हुनुहुन्छ, उहाँ आफै त्यहाँ हुनुहुन्थ्यो (२ पत्रुस १:१) । तै पनि यस धार्मिक स्थानमा अधर्मपनि देख्दछौं किनकि सारा संसारको पापकोलागि येशूले सजायँ भोगिरहनु भएको छ । उहाँ हाम्रो लागि पाप हुनुभयो (२ कोरन्थी ५:२१) । हामी यो भन्न सक्दछौं कि क्रुसमा धर्मिको न्याय भएको छ किनभने त्यहाँ येशूको मृत्युले न्यायहुनेफैसलाको निश्चयता दर्शाएको छ (रोमी ८:१); दुष्टहरु दोषी ठहरिन्छ भनेर प्रत्याभूति भएको पाउँछौं किनकि क्रुसको ज्ञान प्राप्त हुन्दाहुन्दैपनि अधर्मलाई अंगालो मारेर बस्छ भने तिनीहरुले परमेश्वरको राज्यको हकदारी हुने आधार जफत हुन्दछ (युहन्ना ३:१९) ।
यदि कसैले तपाँईलाई छौटकरीमा येशूको मृत्युले तपाँईलाई के प्राप्त गर्नुभएको छ भनेर बुझ्न खोज्दा कसरी बाख्या गर्नुहुन्छ ? के लेख्नु हुन्छ ?
५. मनुष्य जाती र जन्तुजनावरहरु
उपदेशक ३:१८-२२ पढ्नुहोस् । फेरि यो नभुल्नुहोस कि यसमा भएको सन्देशलाई सबै बाईबलको सन्दर्भमा हेर्नुपर्दछ । यस पदहरु, कुन सन्दर्भमा सोलोमनले लेखेको भनेर पत्ता लगाउन खोज्नुभन्दा उसले कुन महत्वपुर्ण समाचार हामीलाई दिन खोजेको छ सो मनन् गर्नु पर्दछ ।यसमा के उल्लेख गरिएको छ जुन हाम्रोलागि समय सापेक्षित छ र ध्यान दिनुपर्दछ ?
हुनत एक तहमा कुरा गर्दा मरेको मानिस र मरेको कुक्कुर मा फरक के छ ? जति धेरै मरेर बस्छ त्यत्ति तिनीहरुलाई छुट्याउन गार्हो हुन्छ किनकि दुबैको अबशेष टुक्रिएको हाड बाहेक केहि पनि हुन्दैन ।
यसमा फेरि सोलोमनले परमेश्वरबिनाको र तत्काल भौतिक आनन्दकोलागि मात्र बितेको जिवन कस्तो निरर्थक हुनेरहेछ भनेर ब्यक्त गर्न खोजेको पाउँछौं । साँच्चैकै यो अर्थहिन हो किनकि यस संसारमा रहने म्याद सकिएपछि मानिस र बस्तु एकै ठाँउमा जान्दछ ति हुन माटोमा मिलाएर जाने, फेरी माटै हुने (पद २०) हामीले तेश्रो बुंदामा हेर्यौं कि प्राय जसो सबै मानिसले यहि निष्कर्षमा निकाल्दछ कि मानिसले मृत्युपुर्व हेबेलमात्र होईन यो भन्दा धेरै नराम्रोको सामना गर्नुपर्दछ ।एउटा नास्तिकले जिवनलाई बाईयात भनेर हाम्रो जिवन निराशमय र तातो न छारोको छ किनकि मरेपछि मानिसपनि पशुकै सरह हुन्छ ।
के तपाँईले बाईबलबाट कुनै पदहरु पाउनुहुन्छ जसले उपदेशक ३:१८-२२ को प्रश्नको जवाफ दिन्दछ ?
हेर्नुहोस् उदाहरणकोलागि:
पद १८ को लागि भजन ८:५-८, पद १९ को लागि युहन्ना ३:१६, त्यसै गरेर पद २०, पद २१, पद २२
जिवन आफै कति सहज र शुलभ अबस्थामापनि दर्दनाक हुन सक्दछ । हामी कुनै न कुने रुपमा संघर्ष गरिरहेको हुन्छौं । हामी कति कृतज्ञ हुनुपर्दछ कि सबै कुराको अन्त भएपछि परमेश्वरको राज्यमा हाम्रोलागि महान आशाको सुभअवसरमा भित्राउन प्रतिक्षा गरिरहेको छ ।
येशूको आगमन पछि मुक्ती पाएकालाई पाउने जिवनको बारेमा निर्दिष्टरुपमा जनाउने मन पर्ने पद कुन हो ? ति पढ्नुहोस र त्यसालाई सम्झेर प्रार्थना गर्नुहोस र साथै आफ्ने शैलीमा त्यस पदले तपाँईलाई के भन्दछ सो लेख्नुहोस् ।
उपसंहार
पुस्तक भएमा पढ्नुहोस्: एलेन जि ह्वाईटद्वारा लिखित, द ग्रेट कन्त्रोभर्सी, पृ.६६२-६७८ ।
"साँचै भनौं भने खारिएको ब्यक्तिले कहिले पनि अनुभवि र बुद्धिमानीको सरसल्लाहलाई तिरस्कार गर्दैन र सबैको सर सल्लाहलाई आदरपुर्वक मनन् गर्दछ ।" एलेन जि ह्वाईट, टेष्टिमोनिब फर द चर्च, ठेली, ४, पृ. २४०
" सत्यको पक्षमा छ छैन भन्ने समयको परिचक्रले बताउन सक्दछ । कति बिजयहरु बिलम्बले गर्दा हारेको पाउँछौं । बिजयी जिवनमा अनेक खड्कोहरुको सामना गर्नुपर्ने हुन्छ । तुरन्त र निर्णायक कार्यप्रणाली जुन ठिक समयमा हुन्छ त्यसले महिमीत बिजयोल्लको स्वाद पाउन सक्दछ तर ढिलाई र बेवास्ता गर्नाले अशफलताको भुमरीमा पर्न सक्दछ र त्यसले परमेश्वरको अपमान हुनसक्दछ ।" एलेन जि ह्वाईट, टेष्टिमोनिब फर द चर्च, ठेली, ३, पृ. ४९८ ।
"हामीले पाउनुपर्ने अपमान येशूले पाउनु भयो, ताकि उहाँले पाउनु पर्ने सम्मान हामीले पाउन् । हाम्रो पापकोलागि उहाँ दोषी ठहरिनुभयो, जुन कुनैपनि हाम्रो पापमा उहाँको सहभागीता थिएन तर उहाँको धार्मिकताले हामी धर्मी ठहरियोस भनेर त्यस बलीलाई स्विकार गर्नुभयो । हामी मर्नुपर्ने स्थानमा उहाँ मर्नुभयो ताकि हामी त्यस जिवन पाऔं जुन उहाँको थियो । —उहाँको चोतले हामी निको भयौं ।" एलेन जि ह्वाईट, द दिजायर अफ एजेज्, पृ. २५
चिन्तन मनन्
१. साथीभाईहरु मिलेर चौठो बुँदाको बारेमा छलफल गर्नुहोस् । र यसबाट के उपयोगिता पाउनुभएको छ सो छलफल गर्नुहोस् ।
२. यो भनाई छ कि ठिक निर्णय बेठिक समयमा बेठिकनै हुनसक्दछ । के तपाँईको बिश्वासी समुहमा कोहि यस्तै छन् जसले महत्वपुर्ण निर्णयको बन्धकमा फसिरहेको छ ? यस्तो ब्यक्तिले तपाँईको सरसल्लाहको खोजी गर्दछ भने उसलाई के निर्णय लिने भनेर सल्लाहमात्र होईन तर असली समयको ख्यालमा कसरी रहनु पर्दछ भनेर सरसल्लाह दिनुहुन्छ ?
३. येशूभक्तको हैशियतले मृत्युको अर्थ तपाँईकोलागि के हुन सक्दछ, यसलाई कसरी सामना गर्नुहुन्छ, मृत्युले हामीलाई कस्तो आशा जगाउँछ र परमेश्वरको प्रतिज्ञाहरुको बाबजुदपनि यो किन दु:खदायी हुनसक्दछ ?
४. तपाँईको जिवनकालमा कस्ता कस्ता अन्याय र अत्याचारको घट्नाहरु घटे ति मध्ये कुनैको बारेमा सोच्नुहोस् । परमेश्वरले एक दिन मानिसले ल्याएको अन्याय, अत्याचार आदीको अन्त गरि शिद्ध न्यायप्रणाली लागुगर्नुहुनेछ भन्ने दिब्यज्ञानले तपाँईलाई कस्तो हौसला प्रदान गर्दछ ता कि यस निराशमय संसारमा आशाको किरण बोकेर जिवन यापन गर्न सक्दछौं ? फेरि यो पनि नभुल्नुहोस् परमेश्वरले न्याय गर्नुहुनेछ भन्दैमा हामी यस संसारमा न्यायको खोजीबाट बंचित भएर रहनु पर्दछ र ?