धनी मानिस र गरिब मानिस
From StudyGuides
Contents |
भाग ६
धनी मानिस र बिपन्न गरिव मानिस
यस अध्ययनको लागि उपदेशक ५ पढ्नुहोस् ।
मुल पद: "जसले सुनचाँदीको माया गर्छ त्यसलाई सुनचाँदी कहिल्यै पुग्दैन: जसले आफ्नो सम्पन्नतालाई प्रेम गर्छ, त्यससंगपनि त्यो सन्तुष्ट हुन्दैन: यो सबै ब्यर्थ हो ।" उपदेशक ५:१०
रुसको प्रसिद्ध साहित्यकार लियो टोलस्ट्वाईले एउटा छोटो कथा लेखे जसको शिर्षक थियो "मानिसलाई कत्तिको जग्गा चाहिन्छ ?" यो एउटा किसानी पाहुनकोबारेमा थियो, उसले किरीया खाएको थियो कि यदि मसंग प्रसष्ट जग्गा छ भने शैतानसंग डराउन आवश्यकता हुनेछैन । अनि उसले एउटा गाउँको निवासी बहकिरहरुले जग्गा सस्तोमा बेच्दैछ भने सुने । उ त्यस गाँउमा पुगे र जग्गा किन्न उत्सुकता देखाए । तिनीहरुले भने, "हाम्रो जग्गाको मोल दिनको हजार रुवल हो (रुसको प्रचलित पैसा) ।" यसको अर्थ के भनि सोद्धा, उनिहरुले जवाफ दिए: "हामी दैनिक हिसावमा जग्गा बेच्छौं । एक दिनमा हिंडेर जत्ती जग्गा ओगतिन सक्यौ त्यो तपाँईको हुनेछ तर एउटा सर्तमा । त्यो के भने यदि जुन स्थानबाट तपाँईले सुरु गर्नुभयो दिनभरीमा त्यस स्थानमा फर्केर आउनुभएन भने तपाँईको पैसा पच हुन्छ ।" पाहुन यो सुनेर हर्षले प्रफुल्लित भएर हिंड्न र हिंड्न र हिंड्न थाले । ओहो जती हिंड्यो उत्ति जग्गा पाउने कस्तो मौकाको फायदा ! उ हिंडिरह्यो, दिनभरी हिंडे, अनि बेलुकी पख याद भयो उ फर्कनु पर्दछ ।उ यत्ती टाडा गयोकि उसलाई थाहाभयो घाम अस्ताउनुभन्दा अघि उ फर्कनु पर्दछ । छिटो पुगेन भने सबै गुम्ने, त्यसकारण उ हतार हतारमा फर्केर आए । उ यसरी हस्याड्ग र फस्याड्ग गरी फर्के कि आफु सुरु गरेको ठाउँमा पुग्ने बेलामा उ मुर्छित भयो र त्यहिं उसको देहान्त भयो ।
उसको चाकरहरुले चिहान खने र उसलाई गाडे । उसलाई कति जमिनको आवश्यकता थियो ?
"शिर्फ उसको टाउको देखि खुट्टासम्मको शरिर गाड्न छ फिट," टोलस्टाई लेख्दछन् ।
यो भागमा धनदौलत र बिपन्नताको बारेमा सोलोमनले भनेको भन्दा अलि बेसी हेर्नेछौं । हुनत उसले यस बिषयमा धेरै भनेको छ, तर हामीले जत्ति सक्छौं त्यत्ति अध्ययन गर्नेछौं ।
१. स्वर्गमा परमेश्वर, पृथ्वीमा मानवजाती
उपदेशक ५:१-७ पढ्नुहोस् । हरेक शब्दको अर्थ नबुझिन सक्छ तैपनि त्यसको तात्पर्य सारांसमा लेख्नुहोस्:-
सोलोमनले हितोपदेशमा जस्तै उपदेशकमापनि ब्याबाहारिक जिवन र नैतिक मुल्यमान्यतालाई केन्द्रित गरेपनि उसले परमेश्वरको यथार्थता र उहाँको उपस्थितीलाई ध्यानमा राखेर लेखेको पाउँछौं । यसमा सोलोमनले परमेश्वरको अस्तित्वलाई मात्र होइन उहाँको नजिक आउनुपर्ने भावना ब्यक्त गर्दछ । तपाँईले परमेश्वरको नजिक कसरी आउनुहुन्छ त्यो उहाँले चासो राख्नुहुन्छ, उहाँसंग कसरी कुरा गर्नुहुन्छ त्यसकोपनि चासो राख्नुहुन्छ, त्यत्तिमात्रै होईन तपाँईले आफ्नो मनमा परमेश्वरसंग के बाचा गर्नुहुन्छ त्यसको पनि गम्भिर चासो राख्नुहुन्छ । सोलोमनको परमेश्वर अर्थात बाईबलका परमेश्वर यस्तो देवटा होईन जसले लाखौंबर्षको पौराणिक समयमा यस संसारलाई सृष्टि गरेर यस पृथ्वीका मानिसहरुले आफैले सम्हालोस भनेर बेपत्ता भयो भनेर जनमानसमा बिश्वास दिलाउन खोज्दछ । यदि यो सत्य हो भने, साँच्चै हामीमा नैराश्यता हुनु जायज हुन आउँछ ।
तर सोलोमनले आफ्नो यो बचनमा यो अभिब्यक्त गर्दछ कि हामी मानिस भएर परमेश्वरसंग कसरी सम्वन्ध राख्नु पर्दछ ।
मत्ती २१:२८-३१ पढ्नुहोस् । यसमा सोलोमनले ब्यक्त गरेको भनाईसंग कसरी मिल्न आउँदछ सो हेर्नुहोस् ।
यो कुरा स्पष्ट छ कि हामीले परमेश्वरलाई जे कुरा गर्छौं भन्छौं सो गरिछाड्नुपर्दछ । तर यो भन्न सजिलो छ तर गर्न गार्हो छ । हामीले कतिपटक परमेश्वरसंग बाचा बाँध्छौं कि किरिया खाएर यो गर्दिन उ गर्दिन अथवा यो गर्छु उ गर्छु भन्छौ तर तुरन्ते असफलताको पासोमा पर्दछौं । हो, हामीले प्रतिज्ञा गरेको बेलामा हृदयदेखी गर्छु भनेर मनशाय थियो होला र कोशिषपनि नगरिएको होईन तैपनि असफलनै भएको अनुभव पाउँछौं । यस्तो बेलामा हाम्रो अबस्थालाई के भन्ने ?
मत्ती १८:२१-२३, रोमी २:४ र १ युहन्ना २:१ पढ्नुहोस् र यि पदहरुले हाम्रो असफलताको बाबजुतपनि हाम्रो जिवन निराशमय हुनुपर्दैन भनि आशादेखाउँदछ ।
के तपाँईले परमेश्वरसंग केहि बाचा बाँध्नु भएको छ र त्यसको पालन गर्नुभएको छैन ? यदि पालन गर्नुभएको छैन भने के गर्न सक्नुहुन्छ ?
२. गरिव वा बिपिन्न वर्ग मानिस
येशूले भनन्नुभयो, "गरिव तिमीहरुसंग संधै हुनेछ ।" मत्ती २६:११ ।
सोलोमनले अव यस सम्पुर्ण पुस्तकका मुख्य बिषयमा ध्यान दिन्दछ: धन दौलत र यसले सम्पन्न भएको मानिस र अरु जोसंग केहिपनि छैन ।
उपदेशक ५:८ पढ्नुहोस् । यसमा भएको शब्दहरु झट्ट हेर्दा अनौठो लाग्न सक्छ । किनकि सोलोमन आफै वा उसका सरकारले आफ्नो देशकोलागि कर प्रणाली लागु गरेका थिए । यहि उपदेशकको पुस्तकमा सोलोमनले दमन कर्मचारीतन्त्र वा शासकको अन्तर्गत गरिव वा बिपन्न वर्गले झेल्ने समस्या र दुखहरु औंल्याएको पाउँदछौं ।
साधारण जनमानसले सरकारी कार्यालयहरुमा वा कुनै कार्यालयहरुमा कर्मचारीहरुको हैकमबादको फन्दामा पर्दा कस्तो समस्या वा जंजालको भुमरीमा परेको तपाँईहरुलाई थाहै होला । सोलोमनले त्यस समस्याको समाधान बताउँदैन तर यस संसारमा रहंदा त्यस्ता समस्यादेखि टाडा रहनपनि सक्दैन र आउँदापनि आश्चर्य मान्नु आवश्यक छैन ।
निम्न पदहरु पढ्नुहोस र ति हरेक पदहरुले गरिव, बिपन्न वर्ग, श्रमिक वर्गहरुलाई येशूभक्तको हैशियतले कसरी ब्यवहार गर्नुपर्छ सो हृदयंगम गर्नुहोस्:-
प्रस्थान २३:६
लैब्यब्यबस्था १९:१५
लैब्यब्यबस्था २५:३९-४३
ब्यबस्था १५:७,११
ब्यबस्था २४:१४,१५
अगाडी हामीले हेर्यौंकि सोलोमनले सूर्य मुनी भईरहेको शोषण र दमनप्रति धेरै दु:ख वा सन्ताप प्रकट गरेको थियो (उपदेशक ४:१) । र यो पनि हामीले हेर्यौं कि सामन्तीपना र श्रम वर्गको बिचमा मात्र होईन अन्य तरिकाले मानिसहरुल एक आपसमा शोषण वा थिचोमिचो गरी स्वार्थ सिद्ध गरिरहेको हुन्छ । ऐतिहासिक वा बर्तमानरुपमा प्रचलित शोषण त गरिवलाई उपयोग गरेर वा उनिहरुलाई मानिस नगनेर धनिहरु झन धनी हुन खोजेको पाउँछौ । माथिका पदहरु र अरु पदहरुले यो देखाउँछ कि परमेश्वरले गरिवहरुको विद्यमानलाई स्विकार गर्नुभएपनि सम्पन्न वर्गले तिनीहरुप्रति कस्तो आचरण हुनुपर्दछ भनेर कडा नियम दिनुभएको पाउँदछौं ।परमेश्वरको सम्मुख सबै मानिसहरु बराबर छन् ।क्रुसले यसलाई अधिकतमरुपमा प्रमाणित गरेको छ । तर दु:खलाग्दो कुरा त यो छ कि सम्पन्न वर्गले विपन्न वर्गले राजनैतिक, सामाजिक, धार्मिक वा जातियहिसावले आफुले पाएको मानविय ब्यबहार गर्नुपर्ने अधिकारको दुरुपयोग भएको संसारको सबै कुना काप्चामा भईरहेको पाउँदछौं । परमेश्वरको बचनले यस्तो दुर्ब्यबहारलाई चर्को सोरमा निन्दा गर्दछ र दोषी ठहराउँछ । परमेश्वरको बचनले भाग्यको खेललाई स्थान दिन्दैन तर एकले अर्को प्रति गरिने ब्यबहारप्रति अति संवेदनशिल हुनुहुन्छ ।
जव येशू यस संसारमा आउनु भयो, के उहाँ धनि वा गरिव भएर आउनु भयो ? यसको जवाफले तपाँईलाई कस्तो मनस्थितीमा पुर्याउँछ जसले गर्दा आर्थिक अभाव भएको प्रति तपाँईको धारणामा परिवर्तन होस्, तपाँईको जवाफमा भर पर्दछ ।
३. राजा र आफ्ना खेतजग्गाजमिनहरु
"जमिनबाट उब्जेका सबैको फायदाको लागि हो; र राजा स्वयंमले खेतबाटै लाभ उठाउँछन् ।" उपदेशक ५:९
उपरोक्त पद पढ्नुहोस् । यसले के भनिरहेको छ ? चाहे धनि वा शक्तिशाली होस्, सबैलाई यसले के सन्देश दिन्छ ? निम्न पदहरुपनि पढ्नुहोस्:- ब्यबस्था १०:१४, भजन ८:६, २४:१, ११५:१६ ।
चाहे धनी होस् वा गरिव श्रमिक वर्ग होस्, शक्तिशाली वा दमनकारी होस्: हामि सबैको एउटै कुरामा समभागी छौं, त्यो हो हामी यस पृथ्वी ग्रहमा छौं ।यसको हावामा सास फेर्छौं, यसको पानी पिउँन्छौं, यसमा उब्जनी गरेका खाद्य पदार्थको उपभोग गर्दछौं, कसैले स्वच्छ हावा पाउँछ, शुद्ध पानी र उत्तम खान पाउँछ होला, तर अन्तमा हामी सबै परमेश्वरले दिनुभएको पृथ्वीमाथी बिविधप्रकारले हामी भरपर्दछौं ।
तर यो ज्ञानले यस संसारमा मानिसले गर्ने अधिकतम अपराध वा अधर्मलाई रोक्न सकेको छैन । हिजो सोलोमनले देखेका थिए, आज हामी देखिरह्काछौं । सोलोमनले के भन्थे होला यदि आज कोहि मानिस फ्रान्सको राजधानी पारिशको होटेलमा रातको १३,००० डलर खर्च गरेर बस्छन् जव संसारभरी करोडौं मानिस घरबार बिहिन छन् ? अर्थात उसले के भन्थे होला जव यस संसारका मानिसले ३७०,००० डलर आफ्नो भेषभुषामा खर्च गर्दछन् जव कतिको लगाउने जुत्तापनि छैन ?
उसले के भन्थे होला, जव केहि बर्ष अगाडी क्यानाडामा एक जना धनाध्यले सन १७३५ को जर्मनको रक्सी सिसीलाई ८५,००० डलरले किने जव अरबौं मानिसहरु शुद्ध खाने पानि पनि छैन जसको अभावमा एडस् जस्ता भयकर रोगले मर्ने संख्या भन्दा बढी छन् ?
यस्तो देख्दा सोलोमन अवश्यमेव वाक्क हुनेछन् । यस भौतिक पृथ्वीमा मानिसलाई चाहिने भन्दा बढी सबै थोकले सम्पन्न गरिदिनुभएको छ । बिपन्न वर्ग वा गरिवको समस्या जतिल भएपनि लोभ, भ्रष्टाचार, डाह, ईख, शेखीपना, अपराध आदि मनोबृतले यस संसारलाई दिनप्रतिदिन झन दुर्दशातिर धकेलीरहेको हुन्छ ।
जो मानिस गरिव र श्रमिकको शोषण गरेर आफुलाई धनि बनाएको हुन्छ, त्यसले एकदिन परमेश्वरको क्रोध अबश्य खेप्नुपर्नेछ । यसको अर्थ यो होईन कि आफ्नो पसिनाको मेहनतले धन कमाउँदा परमेश्वरले निको मान्नु हुन्न, आखिरमा उहाँलेनै दस आज्ञाको एउटा प्रमुख आज्ञामा छ दिन काम गर्नु भनेर निर्देशन दिनु भएको थियो । तर जायज रुपमा धनि हुनु र अरुको पसिना वा अरुलाई शोषण गरेर धनी हुनु परमेश्वरको अगाडी फरक छन् ।
यसे सन्दर्भमा याकुब ५:१-८ पढ्नुहोस् ।यसमा लेखिएको सन्देश प्रष्ट छ, तैपनि यसमा के मूल तत्वहरु ब्यक्त गरेका छन् जसले अरुप्रती देखाउनु पर्ने सदब्यबहारलाई कार्यान्वन गर्न सिकाउँछ ? यसले मलाईनै के भनिरहेको होला ?
४. सदा असन्तुष्ट
एउटा भित्रे चित्रमा यसरी लेखीएको थियो, "पैसाले तपाँईलाई खुसी बनाउँदैन तर यसले आपदबिपदको बेलामा राहत दिलाउँछ ।"
उपरोक्त भनाईलाई प्रायजसो सबैले समर्थन गर्दछ । तर उपदेशकले यो देखाउन चाहन्छ कि धन सम्पतीले सबै समस्या सुल्झिन्दैन, सुखी बनाउँछ भन्ने जमानत बहन गर्न सक्दैन र धन सम्पती समस्याको सामना बिना आउँदेन ।
यहि सन्दर्भमा उपदेशक ५:१० पढ्नुहोस् । के बुँदा स्पष्ट पार्न खोजेको छ ? यसमा के मूल आधार अर्थात सिद्धान्त देखाएको छ जुनकि पैसामात्र सबै थोक हो भनेर भन्दैन ? पढ्नुहोस: हितोपदेश २७:२०, यशैयाह ५६:११,१२
जुनसुकै ईच्छा, अभिलाषा वा महत्वाकांक्षा जुन परमेश्वरको मातहतमा छैन त्यसले मानिसलाई कहिलेपनि सन्तुष्टी बनाउन सक्दैन त्यो मानिस जतीसुकै भरिपुर भएपनि । यो समस्या बिषेश गरेर लागु दुर्ब्यसनीहरुमा देख्दछौं । सुरुसुरुमा अलिअलि लागु सेवन गर्दछ अनि बिस्तारै त्यो थोरै पुग्दैन र धेरै धेरैको आवश्यकता परिरहन्छ । यहि कुरा अरु धेरैमा पनि लागु रहन्छ, धनको लोभमा पर्दापनि यही नितीको पछी लागिन्छ ।
लुका १२:१३-२१ पढ्नुहोस् । यस दृष्तान्तमा के मूल कुरो औंल्याएको छ ? के येशूले धनको बारेमा दोषि ठहराउन खोज्नु भएको छ वा अरु कुनै ? हो भने के भन्न खोज्नु भएको छ ? यदि हो भने के हो त ?
हुन सक्छ यस दृष्तान्तको मुख्य अर्थ बुझ्न पद २१ को अन्तिम भागमा पाईन्छ जहाँ येशूले परमेश्वरप्रती भक्तको धनी नहुनेलाई चेतावनी दिनुभएको थियो ।सम्पुर्णरुपमा बाख्या नगर्नुभएपनि येशूले यस्ता मानिसको बारेमा चेतावनी दिनुभएको थियो कि जो धनसम्पती कमाउन अरुलाई थिचोमिचो गर्दछन् र परमेश्वरप्रति कुनैपनि सरोकार राख्दैनन् । अन्त पनि भन्नुभएको छ जसलाई धेरै दिएको छ उसबाट धेरै अपेक्षा गरिन्छ (लुका १२:४८) अर्थात जोसंग धनसम्पती छ उसले बुद्धीमानीपुर्वक उपयोग गर्नुपर्दछ । दुर्भाग्यबस, प्रायजसो जोसंग धेरै छ तिनै लोभी हुन्छन्, र जोसंग थोरै हुन्छ उसले अरुलाई बाँध्न सदा तत्पर हुन्छन् ।
तपाँईले आफुलाई ईमान्दारीपुर्वक भित्री हृदयमा नियालेर हेर्नुहोस्: रुपैयापैसा प्रति तपाँईको के राय वा मनसाय छ ? यदि तपाँई परमेश्वरप्रति भक्तिभावमा धनी जभएर धनसम्पतीमामात्रै आफ्नो जिवनलाई केन्द्रबिवन्दु बनाउनु भएको छ भने त्यसलाई कसरी बदल्नु आवश्यक छ ? किन बदल्नु पर्दछ ?
५. माटोमा निर्वस्त्र
युगौंसम्म बाईबलका बिद्यार्थीहरुलाई उपदेशकको पुस्तक चुनौतीकोरुपमा खडा भईरहेको छ, तापनि एउटा सन्देश निर्विबादकोरुपमा पाईएको छ त्यो हो उपदेशक ५:१५ । उसले धनसम्पतीबाट मानिसलाई गिराउने र चुनौतीको बारेमा उल्लेख गरेपनि अन्तमा जे जति थुपार्छ त्यो अरुले उपभोग गर्नलाई हो भनेर ब्यक्तगरेका छन् (उपदेशक ५:१४) ।
उपदेशक ५:१५ लाई प्रारम्भिक हिब्रु भाषामा यसरी लेखिएको छ: "जसरी उ आमाको गर्भबाट आए, त्यसरीनै नाड्गै उ फर्किने छ, र जव उ जान्छ उसले आफ्नो हातमा आफ्नो उपलब्दीहरु केहिपनि लान सक्दैन ।"
यो स्विकार्य तथ्य हो कि धनीपनि हामीजस्तै मर्दछ, र मरिसकेपछि उसले आफुलाईभनेर कमाएको श्रीसम्पती उसकोलागि अर्थहिन हुन्छ । तर सन्देश अझ गहिरो छ । सोलोमनले आफ्नो पुस्तकमा यो औल्याउन चाहन्छ कि, "हे मानव हो, आफ्नो जिवनमा हेर, के को लागि जिईरहेका छौ ? हेबेलले भरिएको जिन्दगी के हो ? त्यसैकारण तिमीहरुले कुन महत्वपुर्ण कुराहरुमा ध्यान दिनुपर्दछ सो को ज्ञान लिएर आफ्नो जिवनलाई सार्थक बनाउनु ।"
मत्ती १६:२४-२६ पढ्नुहोस् । यि पदहरुमा येशूले हामीलाई के भनीरहनु भएको छ ?
आफ्नो जिवन वा प्राणको सट्टामा मानिसले दिनसक्दछ ? पैसा, यश, किर्ती, शक्ती, अभिलाषाहरु, अनुराग, र मायाप्रेमपनि दिएर जिवन थपिन सकिन्दैन ।यो निसन्देह छ कि ति उल्लेख गरिएकाहरु आफ्नै स्थानमा महत्व भुमिका खेल्दछ र तिनीहरु परमेश्वरको बरदानपनि हुनसक्दछ (उपदेशक ५:१८), तिनीहरु मानिसलाई मानिसलाई चक्रब्युहमा पार्न शैतानले आफ्नो औजारको रुपमापनि प्रयोग गर्न सक्दछ । यस जिन्दगीमा जे भएपनि ति अस्थाई र बितेर जाने हो, ति हामी जस्तै क्षणिकत्व हो । हामी मरेपछि ति सबै यहाँ हाम्रोलागिपनि मरेतुल्य हुन्दछ । बिश्वासीहरुकोलागि अनन्त जिवनको ढोका खोलेको हुन्छ जुन पृथ्वीको जग बसालेदेखी तयार गरीएको छ (मत्ती २५:३४) तर अबिश्वासी वा दुष्टहरुकोलागि डार्हा किताई (लुका १३:२८) र अनन्तको नाश वा अस्तित्वबिहिन हुनेछ (२ थेस्सोलोनी १:९) । हामीसंग भएको सांसारिक बस्तुहरु अस्थाई र क्षणिक सावित हुन्छ जव "तिमीले अब्राहम, ईसाहाक र याकुब र अरु शिद्धबक्ताहरु परमेश्वरको राज्यमा पाउनेछन, तर तिमीहरु भने त्यहाँबाट बंचित हुनेछौ ।" (लुका १३:२८) । तपाँईलाई शैतानले यस संसारमा बाँध्ने कै रस्सीहरु छन् ? कुन कुराहरु प्रलोभित छन् र त्यसबाट टाडा रहन मुश्किल भएको छ ? बाईबलमा के प्रतिज्ञाहरु छन् जसले तपाँईलाई पाप गर्नबाट, निराश हुन, हतोत्साह हुन वा जिवनदेखी हार खानबाट जोगाउँछ ?
उपसंहार
उपदेशक ५ अध्याय फेरी पढ्नुहोस् र केहि पटक दोहर्याउनुहोस् । यस भागमा कति पदहरुको बारेमा छलफल गर्न सकेनौं, त्यसमा पनि ध्यान दिनुहोस् ।
लुका १२:१३-२१ मा उल्लेखीत धनी मानिसको सन्दर्भमा एलेन जि ह्वाईट लेख्नुहुन्छ: "कति गरिव, असहाय, दुहुराहरु, बिधवीहरु, दुख र कष्ट पाएकाहरु यस धनी मानिसको ध्यानमा ल्याईएको थियो...........तर त्यस मानिसको महत्वाकांक्षा नाशहुने पशुभन्दापनि उच्च थिएन । उसको जिवन यस्तो थियो कि परमेश्वर, स्वर्ग वा भविष्यसंग कुने मतलव थिएन । उसले भन्यो उससंग भएको सबै मेरै हो र परमेश्वर र मानिसप्रति म जिम्मेवार छैन न त ति प्रति कुनैरुपमा ऋणी छु ।" क्राईष्ट अब्जेक लेसनस्, पृ. २५६-२५८ ।
"परमेश्वरलाई आफुलाई सुम्पिनु भनेको जुनकुराले हामीलाई परमेश्वरबाट अलग राख्दछ त्यसबाट अलग हुनुभनेको हो । हाम्रो उद्धारकर्ताले भन्नुभएको छ —जसले सबैकुरा त्याग्दैन त्यो मेरो चेला वा भक्त हुन सक्दैन ।' लुका १४:३३ । जसले हाम्रो हृदयालाई परमेश्वरबाट तानेर लान्छ त्यसलाई हामीले त्याग गर्नुपर्दछ । धनसम्पती धेरैकोलागि मुर्तीपुजा भएर खडा भएको छ । पैसाको मोह, धनसम्पती थुपार्ने लक्ष आदि ति सुनौलो सिक्री हुन जसले शैतानसंग बाँधेर राख्दछ । किर्ती र सांसारिक सम्मानको प्यासी हुनुपनि एक बर्गको पुजनिय ईच्छा हो । स्वार्थी जिवन र जिम्मेवारीबाट पन्छिएर जिविका चलाउनुपनि स्वमुर्ती पुजा हो । तर यी दासत्वका सिक्रीहरु भाँच्नै पर्दछ । हामी आदि परमेश्वरको र आदि संसारको हुनसक्दैनौं । जव सम्म यस तथ्यमा ध्यान दिएर परमेश्वरमा पुर्ण समर्पण गर्दैनौं हामी परमेश्वरको सन्तान हौ भनेर दावि गर्ने अधिकार छैन ।" एलेन जि ह्वाईट, स्टेपस् टु क्राईष्ट, पृ. ४४ ।
चिन्तन् मनन्
१. तपाँईको समाजमा सामन्तीवर्गले गरिवहरुलाई कसरी शोषण गरिएको छ ? चर्चको हैशियतले यस्ता गरिवहरुलाई कसरी सहायता गर्न सकिन्छ ?
२. तपाँई मध्ये कसैकसैले येशूभक्त हुँ भनेर दावी गरेतापनि के गरिवलाई शोषण त गर्नु भएको छैन अथवा उनिहरुको नाउँमा आफुले फायदा उठाईरहनु भएको छैन ?
३. सोलोमनले धनसम्पतीको बारेमा धेरै उल्लेख गरेको पाउँछौ । पैसाको पछि लाग्नु र पैसाको लोभमा फस्नु ईसाईहरुहोलागि पनि ठुलो चुनौती भईरहेको छ । धन सम्पती थुपारेर हामी कसरी यो दावी गर्न सक्दछौं कि यस संसारमा हामी बिदेशी वा या तिर्थयात्री हौं (हिब्रु ११:१३) । हामी जिउनु पर्दछ, हाम्रो बिलहरु तिर्नुपर्दछ, खानु पर्दछ, यि सबैको लागि पैसाको आवश्यकता हुन्छ । यसको केहि सिमा छ अथवा कति थुपार्ने- यो कडा चुनौतीहरुलाई कसरी सामना गर्नुहुन्छ त्यो तपाँईको जिवन कसलाई समर्पण गर्नुभएको छ त्यसमा भर पर्दछ ।