धमिलो सिसाद्वारा हेर्दा
From StudyGuides
Contents |
भाग ९
दोषी वा कालो चस्माद्वारा हेर्नु
यस भागको अध्ययनको लागि उपदेशक ८ पढ्नुहोस् । मुल पद: "यद्यपि दुष्ट मानिसले अनेकौं खराबी गरेरपनि लामो समयसम्म बाँची रहन्छ, तापनि परमेश्वरको भय मान्नेहरुलाई र उहाँको अगि श्रद्धालु हुनेहरुलाई असलै हुनेछ भन्ने मलाई थाहा छ ।" उपदेशक ८:१२ (पापी अधर्मीले सय गुणा पाप गरेर आयु लामो भएर बाँचे पनि, म यो निश्चय गरेर भन्दछु कि जो मानिस परमेश्वरको भय मान्दछ अथवा उहाँमाथी भक्तिभाव राख्दछ उसकै जिवन उत्तम हुन्छ )
उपदेशक ८ मा सोलोमनले धेरैजसो पहिलानै ब्यक्त गरेका अभिब्यक्तीहरुको अरु बढी जिज्ञासा प्रकट गरेको पाउँछौं । फेरी, होसियार भएन भने धेरै उदासिलो र गुनासोको भुमरीमा हामी पर्न सक्दछौं । तर यथार्थमा भन्ने हो भने सूर्यमुनीको जिवन त्यस्तो आशावादी जिवन त होईन, हो त ?
तथापि, जतिसुकै कठिन अभिब्यक्तहरु भएपनि, अरु अध्यायहरु जस्तै यसमा पनि प्रभावशाली गहिरो अध्यात्मिक सत्यताको बहुमुल्य रत्नहरु भेट्टाउन सक्दछौं । यसैकारण परमेश्वरले यो पुस्तक बाईबलमा समाबेस गरिएको हुनुपर्दछ ।
उदाहरणस्वरुप मुल पद हेर्नुहोस् ।यसमा कस्तो प्रतिज्ञा र आशाको किरणले भरिभराउ छ, आशा यो हो कि हाम्रो परमेश्वरमा आस्था राख्दा यो जिवन तत्कालबाट अनन्ततिर फैलिएको हुन्छ । सोलोमनले नकारात्मक भावनाहरुको बिचमापनि उसलाई अन्तिम न्याय र फैसलाको बारेमा गहिरो समझसक्ति रहेछ भनि देखाउँछ । उसलाई यो ज्ञात छ कि सूर्य मुनि जतिसुकै नराम्रो भएपनि हामी महान अन्तरद्वन्ध (प्रकाश १२:१२) को बिचमा छौं र परमेश्वरले अन्तिम न्यायलाई परिचालन गर्नुहुनेछ । यो आशा र निश्चयता हामीमापनि हुनुपर्दछ जतिसुकै धिरजसाथ पर्खेपनि । त्यसैकारण हुनसक्छ परमेश्वरको जन वा सन्तको अरु धेरै स्वभावहरुमा धिरज पनि एक हो भनेका छन् (प्रकाश १३:१०, १४:१२ ) ।
यस भागमा पतित मानिसको अरु डर, भय, त्रुती, कमजोरीहरु र आशाहरुको बारेमा जानकारी लिन निरन्तरता दिनेछौं । यि सबै राजा सोलोमनको अद्वितिय परिप्रेक्षमा हेर्नेछौं ।
१. राजाका आज्ञाहरु पालन गर !
येशूभक्तहरु भएको हैसियतले हामी सधै यस तनावपुर्ण संसारको सामना गरिरहनु परेको हुन्छ जव यथार्थमा हामी अर्कै स्वर्गको राज्यको नागरिक हौं भनि दाविपनि गर्दछौं ।अगस्टिन, जो पावलपछि ईसाई दिक्षामा दोश्रो प्रभावशाली ब्यक्तित्वमा गनिन्छ, उसले त्यस्तोलाई परमेश्वरको शहर र मानिसको शहर भनेर भिन्नता देखाउँदछ ।
हिब्रु ११:१३-१६ पढ्नुहोस् । यि पदहरुले कसरी बिश्वासीहरु दुई राज्यको तरुल हुन भनेर देखाउन खोजेको छ किनकि तिनीहरु दुवै राज्यमा सहभागी भएर आफुहरु खिंचातानीमा परेको अनुभव गर्दछन् ?
अत्यन्त वास्तविक तनाव येशूभक्तहरुले झेल्नु परेको त हामीहरु जुन सरकारको अधिनमा रहेर आफ्नो सम्वन्ध त्यससंग जोड्दछौं । हामी सबै शक्तिसम्पन्न सरकारको अधिनमा रहन्छौ, उनिहरुले नियम कानुनहरु बनाउँछन् र त्यसलाई लागु गर्दछन् । बाईबलले बारंम्बार स्पष्टरुपमा भनेको छ कि येशूभक्तहरुले आफु रहेको देशको नियम कानुनहरुलाई पालन गर्नु, अर्थात तिनीहरु जुन देशमा रहेपनि त्यस मुलुकको असल नागरिक हुनुपर्दछ ।
उपदेशक ८:१-५ पढ्नुहोस् । सोलोमनले यहाँ के भनिरहेको छ ? उसको बचनहरु निम्नपदहरुसंग कसरी मिल्दछ: रोमी १३:१-४, तितस ३:१, १ पत्रुस २:१३-१७?
सोलोमनले के भनिरहेको छ त्यसमा अचम्भमान्नुपर्ने आवश्यक छैन किनकि सचमुचमा उ आफै राजा थियो । तर उसको लवजले येशूभक्तहरुले अपनाउनु पर्ने नागरिकताको महत्वपुर्ण शिद्धान्तलाई देखाउँछ । हामी जहाँ भएपनि हामी त्यस देशको नियम पालन गर्न बाध्य हुनुपर्दछ चाहे ति नियम हामीलाई ब्यक्तिगतरुपमा मन परोस वा नपरोस । ब्यक्तिगत भन्ने शब्दलाई ख्याल गर्नुहोस् ।ब्यक्तिगतरुपमा ति देशका नियमकानुनहरु पालन गर्नु तर ति नियमकानुहरु परमेश्वरको आज्ञाहरु बिपरित छ भने कुन बाटो अपनाउनुपर्दछ त्यो संधै हाम्रोलागि चुनौतिकोरुपमा खडा भईरहेको हुन्छ । किनकि परमेश्वरको आज्ञाहरु हाम्रो यस जिवन र अनन्त जिवनको आचारसंहिता हुन । तर अति महत्वपुर्ण कुरा त यो छ कि येशूभक्तहरु संसारको भन्दा उच्च नैतिक मापदण्ड पालन गर्नुपरेकोले हामीहरु राज्यको आदेश वा आज्ञाहरु उपयुक्तरुपमा पालन गर्न संधै तत्पर रहनुपर्दछ ।
यदि मानिसहरु आफुखुशीले मनपरेको नियमकानुनमात्र पालन गरे के हुन्थ्यो होला ? हामी सेभेन्थ डे एडभेन्टिष्टको हैशियतले आफुरहेको देशको संबिधान, नियम र कानुनहरुप्रतिको महत्वताप्रति किन संबेदनशिल हुनुपर्दछ ?
२. राजाको आदेश मान्नै पर्ने ?
राजाको आदेशलाई कसरी पालन गर्ने ? शाद्राक, मिशेक र अबेदनेगो, दानियल ३ को जस्तै वा दानियल ६ को दानियल जस्तै ? अगाडी भन्यौं कि जव हाम्रो हृदय अन्तै देशमा छ भने आफु भौतिकरुपमा रहेको देशमा रहनु त्यत्ति सजिलो छैन (मत्ती ६:२०,२१) त्यसकारण येशूभक्तहरु कसरी आदर्श नागरिक बन्ने ? बाईबलमा धेरै यस्ता उदाहरण छन् जसमा कि परमेश्वरका जनहरुले राजनैतिक शक्तीसम्पन्न शासकको आज्ञालाई उलंघनगर्न बाध्यता भएका थिए, केहि उदाहरणहरु दिनुहोस्:-
बाईबलमा यस्ता धेरै उदाहरणहरु छन् जहाँकि परमेश्वरका जनहरुले सतावत, त्रास, झ्यालखाना र मृत्यको पनि सामना गर्नुपरेको थियो किनकि तिनीहरु सांसारिक शासकहरुसंग द्वन्दमा फसेको थियो । फेरि यि कति जतिल थियो भने धेरै जसो ति सांसारिक शासकहरु परमेश्वरकै चुनेका जातीका नेताहरु थिए ।
यो बिर्सनु हुन्न कि हामी प्रकाशको पुस्तकको छात्र भएकोले संसारको ईतिहासको अन्तमा परमेश्वरका जनहरुले परमेश्वरप्रति आस्था जोगाईराख्न सांसारिक शासकको नियमहरु भन्दा परमेश्वरको आज्ञालाई सर्वोपरि गर्न जुनसुकै मुल्यपनि चुकाउनुपर्ने हुन्छ । हेर्नुहोस्: प्रकाश १३:१२-१६, १४ । यसरी हामीलाई यो थाहा छ कि राज्यशक्तिको आज्ञाहरु पालन त गरिन्छ यदि तिनीहरु परमेश्वरको आज्ञासंग बाँझिन्दैन (युहन्ना १९:१९) यो तथ्य धेरै गम्भिरपुर्ण छ र हलकासंग लिनुहुन्दैन । त्यसैकारण येशूभक्तले अरु बुद्धिमानी येशूभक्तहरुसंग सल्लाह मागी हिंड्नु पर्दछ र परमेश्वरको अगुवाईमा चल्नु पर्दछ, यसको लागि उहाँले धर्मशास्त्र बाईबलबाट वोल्नुहुन्छ ।
"आफु रहेको देशका नितीनियमहरु वा ऐनकानुनहरु कुनै न कुनै बखतमा परमेश्वरको आज्ञाहरुसंग जुधेको हुन्छ । यद्यपि शासकहरुले ति ऐनकानुन परिचालन गर्न जिम्मेवारी बोकेको हुन्छ तैपनि हरेक नागरिकले आफुले रोजेको बाटोको लेखाजोखा परमेश्वरको अगाडी पेश गर्नुपर्दछ । हरेक नागरिकको जवाफदेहि आफै हो । देशको नियम नमान्दा अदालतको अगाडि उभिनुपर्यो भने येशूभक्तले परमेश्वरले दिएको बिबेकको स्वतन्त्रताको लागि आह्वान गर्नुपर्दछ । हो, यो आह्वान वा अपिललाई सरकारले ठुकरायमा परमेश्वरको जनहरुले जरिमाना तिर्नुपर्ला, सतावतको सामना गर्नुपर्ला, झ्यालखानामा पर्नुपर्ला र साथै अन्य बलिदान भोग्नुपर्ला जुन येशूभक्तहरुले बितेका सताब्दिहरुमा भोगेका थिए ।"- हैन्डबुक अभ सेभेन्थ डे ऐडभेन्टिष्ट थियोलोजी, ठेली १२, पृ. ७०१ ।
यदि तपाँईलाई कसैले सरकारको ऐनकानुनलाई चुनौति दिन्दछ र भन्छकि आफु बाईबलमुताविक ठिक छु भनेर दावि गर्दछ भने त्यसलाई के सल्लाह वा जवाफ दिने ? उसले ठिक गरेको छ कि छैन भन्ने प्रमाणिकरण गर्न के सिद्धान्त अपनाउनु हुन्छ
३. अनिश्चिताको भुमरीमा परेपनि बिश्वास वा आस्थालाई न धल्मल्याउनु
सोलोमनले आफ्नो बिचार अव अर्कैतिर मोड्दछ । यदि तपाँईले पद ५ को अन्तिम पद, जहाँ भनिएको छ कि "बुद्धिमानीज्ञानी मानिसको हृदयले समय र न्यायलाई छुट्टयाउन सक्दछ", र जतिसुकै बुझ्न कठिन भएपनि पद ९ सम्म पढ्नुभयो भने उसले यो पुष्टि गर्नखोजेको थाहा हुन्छ कि जिवन अनिश्चित छ अनि कतिकुराहरु आईपर्दछ जुन हामीले बुझ्न सक्दैनौ, यि किन भए । मानिस जतिसुकै ज्ञानी वा बुद्धिमानी भएपनि अथवा त्यस्ता मानिसले समय र न्यायलाई छुट्याउन सक्ने क्षमता भएपनि कतिपय कुराहरु आईपर्दछ, यो किनभयो र के को लागि भयो सो सोच्दा अर्थपनि लाग्दैन, हामी मध्य जतिसुकै बुज्रुक भएपनि ति आईपर्ने आपतबिपतलाई ठम्याउन असम्भव हुनसक्दछ ।
तर शुभ समाचार त यो हो कि हामी येशूभक्त भएको हैसियतले जे परिआएपनि चाहे त्यो हाम्रो समझसक्तीको नजिक होस वा पर होस परमेश्वरमाथिको बिश्वास र भरोसा भएको कारणले त्यस परिस्थितीले हामीलाई डगमगाउन सक्दैन । यस्तो बिश्वास र भरोसा रातारात अचानक आउने होईन । अबिश्वासी र आत्मिक हेलचक्राईं जिवन बिताएर राती सुतेर भोलीपल्ट अचानक परमेश्वरप्रति आस्थावान होईन्दैन । बरु यो परमेश्वरप्रतिको आस्था, बिश्वास, भरोसा उहाँको बचन पढेर, उहाँको प्रतिज्ञा वा बाचाहरुलाई दावि गरेर, र भक्ति तथा आज्ञाकारी जिवन ब्यतित गरेर आउँदछ । यदि हामी उपरोक्त मार्ग अपनाएर हाम्रो ईच्छाशक्तिलाई परमेश्वरमा समर्पण गर्न सक्यौ भने जिवनमा जुनसुकै प्रतिकुल परिस्थिती आएपनि त्यसको सामना गर्न सामर्थ प्राप्त गर्न सक्दछौं ।
तल केहि यस्ता पदहरु छन् जसले परमेश्वरमाथीको बिश्वास र भरोसाको बारेमा उल्लेख गरिएको छ । ति हरेक पद पढेर, तपाँईले आफ्नै ब्यक्तिगत जिवनमा ति पदहरुको यथार्थताको अनुभव कसरी गर्नुभएको छ सो लेख्नुहोस् । साथै यि बाहेक अरु पदहरुपनि छन् जुन तपाँईकोलागि बिशेष छ भनेपनि लेख्नुहोस् र ति तपाँईकोलागि किन बिशेष भयो सो पनि लेख्नुहोस् र साथीहरुसंग बाँड्नुहोस्:-
भजनसंग्रह ११८:८,९
भजनसंग्रह ३४:८
हितोपदेश ३:५:६
यशैयाह १२:२
रोमी ८:२८
याकुव २:२२
४. निष्ठा र न्याय
उपदेशक ८:११-१३ पढ्नुहोस् । यि पदहरुमा सोलोमनले के भन्न खोजेको छ ?
पद ११
पद १२
पद १३
सोलोमनले फेरि जिवनमा आउने दर्दनाक अन्याय र अत्याचारको प्रश्न उठाईरहेको पाउँदछौं, पद १४ पनि हेर्नुहोस । उसले यो स्विकार गरेको छ कि दुष्ट, दुराचारीहरु वा भ्रष्टहरु कुनै तत्काल सजाँय नभोगी जिवन चलाईरहेको हुन्छ । कहिलेकाहिँ दुष्टहरु आफ्नो कुकर्मको भोग अहिलेनै चाखीरहेको देखेतापनि यसमा निरन्तरता भएको देखिन्दैन र सबैले आफ्नो कुकर्मको भोग पाईरहेको छ भन्नेपनि छैन । त दुष्टले कहिलेकाहिँ सजायँ पाउँछ त ठिकै छ भन्छौं तर प्रायजसो तिनीहरु सुनपानीले छर्कायर चोखो भएको देख्दा त्यहाँ न्याय किन भएन भनेर प्रश्नको ओईरो लाग्दछ र यस संसारको न्यायपालिकामाथि शंका लाग्नुपनि असहज मानिन्दैन ।
आफै राजा भएको हैसियत भएपनि सोलोमनसंग त्यस जतिल सवालको जवाफ त छैन, तर उसले अत्यन्त प्रभावशाली नसिहत वा चेतावनी दिन्दछ: भ्रष्ट, दुष्टहरुको बारेमा फिक्रि नगर्नु; परमेश्वरप्रति बफादारी हुनु, उहाँले तिमीले पाउने ईनाम दिनुहुनेछ ।
अर्को अर्थमा भन्ने हो भने सोलोमनले हामीलाई परमेश्वरमाथी निष्ठा, भरोसा र भक्तिभावको जिवन अपनाउनु भनेको पाईन्छ । निसन्देह अन्याय र अत्याचारको बिगिबिगी छन्, हामी सबैलाई ज्ञात भएको कुरा हो । र हामीलाईमात्र होईन, परमेश्वरलाई पनि यि सबै थाहा छ । तर परमेश्वरले यहाँ यस्ता सबैको बाख्या गरेर बुझाउन खोज्नुभएको छैन । तर उहाँले हामीलाई आज्ञाकारी र निष्ठावान जिवन बिताउनु भनेर आह्वान गर्नुभएको छ । हामीहरुको सम्पुर्ण आशा येशूको गुणमा भरोसा राखेर उहाँनै हाम्रो मुक्तीको आशाकेन्द्र हो भनी जिवन यापन गर्नु श्रेष्ठ हुनेछ । यि सत्यतालाई उहाँको बचनद्वारा हामीलाई प्रकाशमा ल्याएको छ, सूर्यको मुनी किन नराम्रो भयो भनेर ध्यान दिनुभन्दा परमेश्वरकै असिम प्रेममा हराएर बस्नु हामी बिश्वासीहरुले उत्तम ठान्नु पर्दछ । युहन्ना १४:९, गलाती ३:२१,२२ हिब्रु १:१,२, १ युहन्ना ५:३ ।
यस बुँदाको मुल अर्थ यहि हो कि हामीले के देख्छौं वा बुझ्छौं त्यसमा भरोसा राख्ने होईन तर परमेश्वरको बाचा वा प्रतिज्ञाहरुप्रति तल्लिन हुनुपर्दछ । सबै कुरा परमेश्वरको प्रेम येशूद्वारा क्रुसमा प्रकट गरेको पृष्ठभुमीमा हेर्नसक्यौं भने यस संसारमा हामी अर्थपुर्ण वा सार्थक जिवन ब्यतित गर्न उत्सुक र अग्रसर हुनेछौ ।
के तपाँईले यस संसारमा अन्याय र अत्याचार देखेर चिन्तित र विह्वल हुनुभएको छ ? क्रुसमा येशूले भोग्नुभएको अन्याय र अत्याचारलाई सोच्नुहोस्, यहाँ संसारले दिने अन्याय र अत्याचारको पराकाष्ठा हामी देख्दछौं । यस महान तथ्यता जुन कि हाम्रो मुक्तिकोलागि येशू सबै अन्यायको शिकार हुनुभयो, यसले के तपाँईलाई परमेश्वरले हामीप्रति देखाउनुभएको प्रेम र भलाईको सन्देश दिन्दछ, हाम्रो वरिपरि जतिसुकै अन्याय र अत्याचार भएपनि ?
५. यस पृथ्वीमा गर्ने बन्दब्यापार वा कारवार
उपदेशक ८:१६,१७ पढ्नुहोस् । सोलोमनले के कुरामा ध्यानार्कण गर्न खोजेको छ ? यसमा ब्यक्त गरेका भावनाहरु यस अध्यायको अघिल्लो भागमा उल्लेख गरेका कुरामा कसरी मिल्न आउँछ ? यो बुँदा किन धेरै महत्वपुर्ण छ ?
गत केहि बर्षहरुमा ज्ञानको धेरै बिस्फोटन भएको पाईयको छ । हाम्रो संसारबारे अहिले जत्ति थाहा छ पहिला कहिलै थाहा थिएन । बैज्ञानिक जगतमा हरेक दिन नयाँ नयाँ आविष्कारहरु भईरहेका छन् र नयाँ नयाँ कुराहरु पत्तालगाईरहेका छन् । तैपनि जति हामी सिक्छौं त्यतिनै हाम्रो अज्ञानता बढेको पाउँछौं । अति सरल वा साधारण ठानेको बस्तुलाई अति रहस्यमय भएको देखिरहेकाछौं र कति कुराहरुलाई बुझ्नपनि कठिन भएको पाउँछौं । जतिसुकै माथिल्लो स्तरमा हामी जान्यौं भनेर गौरव गरेपनि त्यसको मुनी अझ गहिरो कुराहरु भएको पाउँछौं र हाम्रो पहुँचभन्दा बाहिर भएको पाउँछौ । प्रकृतीमा परमेश्वरको काम र शक्ति अलिअलि मात्र बुझ्न सकिरहेका छौं । तर, परमेश्वरको सबभन्दा रहस्यमय काम भनेको त मुक्तिको योजना हो ।हेर्नुहोस्: १ कोरन्थी १:७, एफिसी ३:९, कलस्सी २:२ ।
शायद सबभन्दा उत्तम अन्तरदृष्टि अथवा नजानेको कुरालाई बुझ्न कोसिस गर्नु भनेको के हो भनेर अयुबको पुस्तकले बताउन खोजेको पाईन्छ । जव अयुबले अत्यन्त महान कष्ट, पिडा उसमाथी थुपरेपनि जव परमेश्वर उसकहाँ देखापर्दछ उहाँले अयुबलाई किन यस्तो घोर आपत्ती आईपर्यो भन्नु भएन ।
अयुब ३८-४२ सरर पढ्नुहोस अयुबले आफ्नो जिवनमा महान कष्ट वा बिपत्ती भोग्नु पर्दा उसको मनमा प्रश्नहरुको ओईरो भएपनि परमेश्वरले दिनुभएको जवाफमा के सारतत्व पाईन्छ ?
शायद तपाँईले पढ्नुभयो होला परमेश्वरले शैतानको उपहासको बारेमा केही भन्नुभएन (अयुब १:९) न त शैतानलाई परमेश्वरले जवाफै दिनुभयो (अयुब २:६) वास्तवमा अयुबलाई किन यस्तो अबस्थामा पुग्यो त्यसलाई उहाँले स्पष्ट पार्नु भएन । बरु अयुबको कमजोरीपना र क्षणिक जिवनको बिपरित परमेश्वरले अनेक आफ्नो शक्ति र सृजनात्मक क्षमताका प्रश्नहरुलाई प्रवाह गर्नुभयो । तर अयुबको लागि परमेश्वरको दर्शननै काफी थियो र भने कि आफ्नो बिग्रिएको स्वास्थ्य, मृत्युभएका सन्तानहरु र नाश भएका सम्पतिहरुको बारेमा प्रश्नगर्नु, "मेरो लागि धेरै आश्चर्यजनक छ र मलाई थाहा छैन ।" (अयुब ४२:३)
अयुबले जव परमेश्वरको सृष्टिकर्ता हुन भनेर झल्को पाए, उ मुक भयो । हाम्रो बारेमा के भन्छौं त किनकि हामीलाई परमेश्वर सृष्टिकर्तामात्र होईन उद्धारकर्ता भन्ने ज्ञान छ ? क्रुसमा येशूले दिनुभएको बलिदानको ख्याल गर्दा हामी जतिसुकै नाजुक अबस्थामा होमिएपनि परमेश्वरमाथी भरोसा राख्न सक्छौं भन्ने ज्ञानलाई हाम्रो हृदयमा कत्तिको छाप छ ?
उपसंहार:-
यस अध्यायको बारेमा बढि जानकारी लिन निम्न श्रोतहरु पल्टाउनुहोस्: एलेन जि ह्वाईट, द ग्रेट कन्ट्रोभर्सी, पृ.२०३-२०५, द दिजायर अभ एजेज, पृ. ६०२,६०३, टेस्टिमोनिज फर द चर्च, ठेली ५, पृ. ६९९, ठेली ६, पृ. २०३
"हामीले यो मान्नु पर्दछ कि मानविय सरकार परमेश्वरको आदेशमा नियुक्त भएको हुन्छ, र यसको आज्ञा मान्नु हाम्रो धर्म हो, तर सरकार मनासिव न्यायिक दायरमा रहनु पर्दछ । तर जव सरकारका नितीनियमहरु परिचालन गर्दा र यसले मानिसमाथी आधिपत्य जमाउँदा परमेश्वरको आदेशसंग बाझिन्छ भने हामीले मानिसलाई भन्दा परमेश्वरको आज्ञालाई मान्नुपर्दछ । परमेश्वरको बचन मानिसको कुनै ऐनबिधानभन्दा सर्वोपरी हुनुपर्दछ । "परमेश्वरले भन्नुभएको छ "लाई "चर्चले यस्तो भनेको छ " वा "राज्यले यस्तो भनेको छ" ले पाखालाउनु हुन्दैन ।येशूको मुकुटलाई संसारको सबै शासकहरुको मुल्यबान मुकुटभन्दा उच्च स्थानमा राख्नु पर्दछ ।" –एलेन जि ह्वाईट, द आक्टस अभ द आपोस्टलस्, पृ. ६८ ।
"कुनैपनि सिमित मगजले असिमित र अनन्तको परमेश्वरको चरित्रलाई पुर्णरुपमा बुझ्न सकिन्दैन । कसैले पनि खोजेर परमेश्वर भेट्टाउन सक्दैन । मानिस जतिसुकै बलवान भएपनि, बुद्धिवान वा उच्च संस्कारमा हुर्केपनि वा एकदम कमजोरी वा एकदम अज्ञानी किन नहोस् सबैको अगाडी परमेश्वर रहस्यमय पहिरनले छोपिरहनु पर्दछ । उहाँको वरिपरि बादल वा अन्धकारले घेरा हालेपनि, धर्म र न्याय उहाँको राज्यको जग हुन् । कसरी परमेश्वरको असिमित कृपा उहाँको अनन्त शक्तीसंग मिलेर हाम्रोलागि परिचालन गर्नुहुन्छ त्यो केहिमात्र बुझ्न सक्छौं । चाहेदेखि हाम्रो सिमित समझशक्तीले भ्यायसम्म उहाँको उद्देष्यलाई बुझ्न सक्दछौं । यो भन्दा बेसी परमेश्वर सर्वशक्तिमान भन्ने भावनालाई शिरोपर गरि उहाँको प्रेमले भरिपुर भएको हृदयमा भरोसा र आस्था राखी हिंड्नु हाम्रै कल्याण हुन्छ । " एलेन जि ह्वाईट, ऐडुकेशन, पृ. १६९ ।
(बिपी कोइरालाको पुस्तक दोषी चस्मामा एक जना मानिसले आफ्नो मालिकलाई दोषी चस्माले भेट्दा उसले चिन्न सकेन र पछि आफ्नो मालिक भनेर थाहापाएपछि बिस्मात भयो। हो, हामीमा भएको जतीसुकै ज्ञानको भन्दारले प्रफुल्ल भएपनि पावलले भन्दछ, "अहिले हामी ऐनामा जस्तै धमिलोसंग देख्दछौं, तर त्यसबेलाचाहिँ (जव येशू आउनुहुनेछ) छर्लड्ग देख्नेछौं ।" १ कोरन्थी १३:१२ । पापले गर्दा सबै कुरा बिचलित, बिसंगती भएको छ तर हामीचाहिँ नहौं । रुपान्तरको मनतब्य)
चिन्तन:
१.
"त्यहाँ, हामीले हेर्दा जतिसुकै उत्तम भएपनि, सिमित मुल्यमात्र भएको देख्दछु, ति हुन हाम्रो अनुभव बाट सिक्ने ज्ञान" -टि.एस. ईलियट, "ईस्ट कोकर"
बिलायतको प्रसिद्ध कवि टि.एस. ईलियटले ब्यक्त गरेको अभिब्यक्तलाई ध्यान दिनुहोस् । उपदेशक ८ को अन्तिम पदहरुको सन्दर्भमा लिएर भन्नुहोस् के हामीले कठिन परिश्रम गरेर वा अनेक तिर्थ यात्रा आदि गरेर परमेश्वरको मार्गहरु खोज्नु कत्तिको निरर्थक रहेछ भनेर पाउनु भएको छ ? परमेश्वरको प्रेरणाद्वारा प्रकाश गरेको वचन बाहेक अरु बिभिन्न मार्गहरु अपनाएर परमेश्वरको बारेमा ज्ञानोपार्जन गर्न खोज्नु संकुचित र सिमितको घेरा भित्र जाकिनु हो ।
२. आफ्ना मित्रहरुको बिचमा तेश्रो बुँदाको प्रश्नहरु र अरु प्रश्नहरुको चिन्तन मनन् गर्नुहोस र एक आपसबाट त्यस चिन्तन मनन् बाट सिक्नुहोस् ।