परमेश्वरले मानिसलाई इज्जतदार बनाउनु भयो, तर के भयो
From StudyGuides
Contents |
भाग ८
परमेश्वरले मानिसलाई सदाचारी, कर्तब्यपरायण तथा धार्मिक बनाउनुभएको थियो, त कसरी चुक्यो ?
यस भागको अध्ययनको लागि उपदेशक ७ पढ्नुहोस् ।
मुल पद: "हेर, मैले यो मात्र भेट्टाएको छु परमेश्वरले मानिसलाई सिद्ध बनाउनुभयो: तर मानिसचाहिँ अनेक रचना वा परिकल्पनाको अन्वेषणमा लागेको छ ।" उपदेशक ७:२९ ।
फ्रान्सको राजधानी पेरिशमा केहि स्त्रीहरुले चराहरुलाई पुरानो र कुहिएको रोटीहर ख्वाईरहेको देखेर कवि रेनर रिल्कले आफ्नो भावना यसरी ब्यक्त गर्दछ: "यो सोच्नुपनि ठिकै छ कि तिनीहरुको र्याल संसारमा अलिकती चुहाउन पाएको छ र ति साना चराहरुले स्वादपाएर उड्नेछन्, क्षणभरमै स्वाभाविकरुपमा ति फेरि बिर्सनेभएपनि ।"
हेबेल अर्थात क्षणिकमै बाफभएर जाने को फेरि कुरा गरौं । मानिसहरु गलत स्थानमा आफ्नो सार्थकता र अभिप्राय सिद्ध गर्न खोज्नु कस्तो दु:खलाग्दो कुरा हो । हो, हामी मानिस जात भएकोले जिवनको तात्पर्यता, सार्थकता, मार्ग निर्देशन आदि कहिले कहिँ अचम्भ तरिकाले खोज्छौं । हामी यस संसारमा धेरै परिवर्तनहरुलाई, धेरै बैकल्पिक मौकाहरुलाई र धेरै मार्गहरुलाई चुन्ने अवसर पाईरहेको हुन्छौं । कुन चाहिँ ठिक, कुनचाहिँ बेठिक, कसरी चुन्ने ? कसरी ठम्याउने ?
यस भागमा उपदेशक ७ हेर्नेछौं ।प्रथम १४ पदहरुचाहीं सोलोमनकै पुस्तक हितोपदेश अर्थात निती बचनहरु जस्तै छन् । यसमा सारगर्भित छोटोरुपमा नैतिकता, जिवन, असमानता, अन्याय, ज्ञानबुद्धि आदि जनाउने भनाईहरुलाई समावेश गरेको छ । कति बुझ्न कठिन भएपनि ति बुद्धि र ज्ञानले भरिएका उत्कथनहरुले यो देखाउँछ कि ति यस्ता ज्ञानी ब्यक्तिको ज्ञान हो जसलाई येशूले समेत सर्हाना गरेर उद्धरित गरेको पाउँछौं । यस अध्यायको बाँकि अंश चाहीँ बृद्धाबस्थामा तितो अनुभवले भरिएको र मार्मिक भावले बिरक्त पोखाउन खोजेपनि, सोलोमनसंग धेरै ज्ञानको भन्दार रहेछ भनेर प्रदर्शन गर्दछ ।
यो अध्याय सम्पुर्ण उपदेशकले लक्षित गर्न खोजेको जिवनको अर्थ, मुल्यमान्यताका प्रश्नहरुमा ध्यानार्कषण गर्न खोजेको पाउँछौं ।सम्पुर्ण बाईबलको परिबेशमा हेरेर यस उपदेशक ७ अध्यायले यो देखाँछ कि जिवनको प्रश्नहरुको सत्य वा ठिक जवाफ परमेश्वरमै पाउँछौ जसले हामीलाई सृजनु भयो, उद्धार गर्नुभयो र जिवनको सार्थक अथवा अर्थपुर्ण मार्ग देखाउनुभयो जसको लागि मानिसहरुले असन्तुष्ट, अंध्यारो बाटाहरुमा छामछुम गर्दै निरर्थक स्थानहरुमा खोज्दछन् ।
१. ईज्जतदार असल नाउँ
"असल नाउँ अति सगन्धित अत्तरभन्दा अझ असल हो, र मृत्युको दिन जन्मको दिनभन्दा अझ उत्तम हो ।" उपदेशक ७:१
सुरुको हिब्रुभाषामा यस पदहरुमा उल्लेखित शब्दहरुको खेँलाची गरेका छन् जुन हामीले देख्दैनौं । "नाउँ" (shm) शब्द अत्तर शब्दसंग (shmn) जोडिएको पाउँछौं । यो भाषिक र कवितात्मक शैलि हो जसमा गहिरो वा गोप्य अर्थ नभएपनि सुरुको भाषामा सुन्दर र जोडदार मर्म ब्यक्त गरेको थियो जुन रुपान्तर गर्दा त्यसलाई गुमाएको पाउँछौं ।
झट्ट हेर्दा बिशेष गरेर अन्तिम भागमा यो देखाउन खोजेको पाउँछौ कि सोलोमन अति निराशावादी भएको रहेछ: सूर्य मुनी सबै खराब कामहरुलाई हेर्नु भन्दा नजन्मिनुनै उत्तम हो: जन्मिएकै बेला मर्नु उत्तम हो, बेकारमा जिवनको दु:ख झेल्नु भन्दा आदि । नियालेर हेर्यौं भने उपदेशक ७:१ ले अर्कै भन्न खोजेको पाईन्छ किनभने त्यसको मुल साँचो यस पदको प्रथम भागमा पाउँछौं ।
उपदेशक ७:१ को प्रथम भागमा सोलोमनले के मुल आधार तथा सार्गर्भित सन्देश भन्न खोजेको छ ? यि पदहरुपनि हेर्नुहोला:- हितोपदेश २२:१, दानियल ६:५, १ तिमोथी ३:२, १० ।
यो भागमा स्पष्टसंग प्रतिष्ठित र मर्यादित नाउँ कति मुल्यबान छ भनेर देखाएको छ । अर्को भागमा जे बर्णन गरेको छ त्यसले प्रथम भागलाई पुष्टि गर्दछ । फ्रान्सका दर्शन शास्त्री जन पावल सार्ट्रले मानिसको जिवनलाई मुलरुपमा केवल मृत्युसंग तुलना गरेर आफ्नो तर्क प्रस्तुत गर्दछ । उसले भन्दछ कि मृत्यु पश्चात सबै थोकको अन्त्य हुन्छ । केहि पनि बदलिन्दैन, अन्तर्निहितता अथवा त्यसको अस्तित्वको मतलव हुन्दैन र अनन्त जिवनमा उसको प्रगतीको स्थान हुन्दैन । पहिला तपाँई केहि थिएन न त मरेपछि केहिनै हुनेछ ।
एक पक्षमा हेर्ने हो भने उपरोक्त तथ्यलाई ईन्कार गर्न सकिन्दैन । हाम्रो सुनाम कमाउने अवसर, असल चरित्र हुनु, यस संसारमा र परमेश्वरको राज्यको निम्ति सकारात्मक प्रभाव जुन हामी पार्दछौं, हामी मरेपछि ति सबै बितेर जान्छ । हाम्रो चरित्रको संबर्धन मरेपछि होईन जिउँदै गरिन्छन् । मुक्तीको पाउने अवसर मरेपछि होईन जिउँदै हुन्छ ।
साँच्चिकै भन्ने हो भने यो पदले मानिसको प्राथमिकताको बारेमा खुलासा गरिएको छ ।मानिसको असल नाँउ धेरैसम्म चलिरहन्छ तर खराबी वा दुष्ट अहिले छ भोली जानेछ कुनै मलमको बास्ना जस्तै । त्यसकारण हाम्रो समय,र कार्यकिलापहरुलाई कस्तो किसिमको प्रार्थमिकता दिनुपर्दछ त्यसमा ध्यान जानु नितान्त आबश्यक छ । जे हामी गर्छौ त्यसले बर्तमानमात्र होईन अनन्तसम्म त्यसको प्रभाव हुन्दछ । के हामी जे हुन्छौं वा गर्दछौं क्षणिकको लागि मात्र जुन बिर्सेर जाने हो कि अथवा हामी गएपनि हाम्रो असल नाउँको प्रभाव आउने पिंढीलाई अथवा अनन्तसम्म अर्थपुर्ण भएको चाहन्छौं ? यो बिचारणिय तर्क हो ।
तपाँईले आफ्नो समयलाई कसरी गुजार्नुभएको छ ? यदि तपाँई परमेश्वरको अगाडि बिगत २४ घण्टामा के गर्नुभयो भनेर लेखा दिनुपर्यो भने तपाँई कसरी दिनु सक्नुहुन्छ ? के तपाँईले आत्मसाक्षी राखी आफ्नो समयलाई स्वच्छरुपमा प्रस्तुत गर्न सक्नुहुन्छ ?
२. भोजभतेरको घर र बिलापको घर
बप्तिस्टमतका ईसाईहरुमा यो भनाई छ, "हेर, त्यस मानिसलाई दयनिय बनाउन चाहिने धर्म उसंग छ ।" यस्ता ब्यक्तिहरु शायद सबैले भेटे होलान् । हुनसक्छ यस्तै मानिसहरुलाई प्रभु येशूले मत्ती ६:१६ मा औंल्याउँदै भन्नुभयो होला, "यि मानिसहरु कति धार्मिक, शिद्ध वा चोखो छौं भनेर अंध्यारो, गम्भिर अथवा मलिन अनुहार देखाएर हिंड्छन् ।"
त्यसकारण झट्ट हेर्दा उपदेशक ७:२-६ ले धर्मको लुगा ओडेर हिंड्नेले यस्तै गरेर चल्नुपर्छ भनेर देखाएको जस्तो पाईन्छ । ओ हो, क्षणिक भोजभतेरमा लाग्नुभन्दा शोकाकुल वा गम्भिर भएर हिंड्नु उत्तम छ, हँस्सी ठ्ट्टामा लाग्नुभन्दा उदासिनभएर हिंड्नु जाती छ आदि ! यि अभिब्यक्तलाई निम्नपदहरुमा दिएको निर्देशनलाई कसरी समाबेश गर्नुहुन्छ, जहाँ भनिएको छ कि परमेश्वर मा आनन्द मनाउ, येशूमा हर्षित भएर चल: लैब्य २३:४०, भजन ५:११, १४९:२, फिलिप्पिहरुलाई ४:४, १ थेस्सोलोनी ५:१६ ?
यदि तपाँईले गौणगरेर उपदेशक ७ पढ्नुभयो भने त्यसमा हाम्रो जिवन उदासिन होईन तर आनन्दित हुनुपर्दछ भनेर आभास दिएको पाउँदछौं ।उपदेशक २ को अन्तिम भाग ध्यानपुर्वक हेर्नुहोस् । यसमा सोलोमनले कुन कुरालाई औंल्याउन खोजेको छ जसले गर्दा पद २-६ ले भन्न खोजेको मुल सन्देशको तात्पर्यलाई बुझाउन खोजेको पाउँछौ ?
बिषेश अर्थमा हेर्नेहो भने यस बुंदामा सोलोमनले अघिल्लो प्रथम बुंदाको भावनालाई दोहर्याउन खोजेको पाउँछौ । जतिसुकै भोजभतेर गरेपनि अन्तमा त्यो शोकपुर्णनै हुनेछ किनकि अन्तमा हामी सबै मर्नेछौं । ज्ञानी मानिसले यो बुझ्न सक्दछ । तिनीहरुले मानिसको गम्भिरताप्रति चनाखो हुन्छ किनकि भोजभतेर र खुशियाली भनेको आफ्नै ठाँउ भएपनि ति सबै जिवनको बृहत प्रसंगमा हेर्नुपर्दछ भन्ने ज्ञानलाई बिर्सन्दैन ।हाम्रो जिवन हँस्सी ठट्टामा अन्त हुन्दैन; तर दुखमा अन्त हुन्छ ।मुर्खहरु त्यसको वास्ता गर्दैन र भन्दछ, "खोउ, पिउ, मोज गर, भोली के हुन्छ त्यसको के मतलब" र हुनत तिनिहरुको अन्त त्यसै उद्देष्य परिपुर्तिको लागि जिएर बिलाएको देख्दछौं । बाईबलले भन्दछ कि एकदिन हँस्सि ठट्टाको सट्टा रुवावासी र दार्हा किताई हुनेछ । यो हाम्रो पापी जिवनले सामना गर्नुपर्ने यथार्थता हो, चाहे त्यो मानिस जो सुकै होस् वा जहाँसुकैको होस् ।
लुका १२:४१-४८ पढ्नुहोस् । यसमा पनि माथिभनेको सन्देशसंग कसरी मिल्दोजुल्दो छ भनेर देखाएको पाउनुहुन्छ ?
येशूको भक्तहरुभएको हैसियतले हामीले यि दुई बिपरित मार्गहरुलाई कसरी सन्तुलन गरेर हिंड्ने ? हामीलाई थाहा छ येशू र शैतानको बिचमा भएको महान अन्तरद्वन्ध गम्भिर चासोको बिषय हो । र हामी कसरी यससंसारमा बाँच्ने भनेरमात्र अक्षरस कुरो सोच्ने होईन तर अनन्त जिवनको पनि ख्याल हुनुपर्दछ । यस्तो गम्भिर तथ्यको ज्ञान हुन्दाहुन्दैपनि हामी परमेश्वरमा हामी आनन्दित हुनुपर्छ भनेको निर्देशनलाई कसरी सन्तुलन गरेर पालन गर्ने ? के यि दुई बिचारहरु एक आपसमा बाँझिन्दैन र ? तपाँईको जवाफ तपाँईले कुन जिवन दर्शन अपनाउनुभएको छ त्यसमा निर्भर गर्दछ ।
३. धिरज र अहं
हामीले उपदेशक ७ को प्रथम ६ पदहरु हेर्यौं । यस भागमा हामी यो प्रथम खण्ड पुरा गर्नेछौं । यसमा छोटो उपदेशात्मक लोकोक्तिहरु रचनाहरु पाउँछौं ।
उपदेशक ७:१-१४ पढ्नुहोस् । यसमा सोलोमनले के भावना ब्यक्त गर्न खोजेको छन् ? यसमा तपाँईलाई के स्पष्टता पाउनु हुन्छ अर्थात उसको भनाईलाई कसरी तपाँई कुन क्षेत्रमा संवेदनशिलहुनुपरेको पाउनुहुन्छ ?
यि पदहरुमा धेरै ज्ञानबर्द्धक उदगारहरुले खाँदिएको पाउँछौं । उदाहरणस्वरुप पद ७ ले घुसले मानिसको हृदयलाई भ्रष्ट बनाउँछ भनेका छन् भने आत्मिकरुपमा यदि सावधानी अपनायनौं भने एउटा सम्झौताले आत्मिकरुपमा ओझेलो पारेर अर्को सम्झौतामा दोहर्याउन सक्दछ । यो पनि भनेको छैन कि दुष्ट हृदयले घुस लिन्छ तर घुसखोरीले मानिसको हृदयलाई भ्रष्ट बनाउँछ । पापले के मात्र गर्न सक्दछ भन्ने तथ्यलाई यसले प्रभावशालीरुपमा प्रस्तुत गरेको पाउँछौ ।
पद ९ हेर्नुहोस् ।यसमा के भन्न खोजेको छ र यो संग अरु कुन पदहरुले त्यस सन्देशलाई तेवा दिन्दछ ? मत्ती ५:२२, १८:२१,२२, रोमी १२:१९-२१ ।
पद १२ हेर्नुहोस् । बुद्धिज्ञान प्राप्त गर्नाले मानिस कसरी सुरक्षित हुनसक्दछ ? यसले जिवनलाई कसरी संरक्षण दिन सक्दछ ? निम्न पदहरु पनि पढ्नुहोस् : हितोपदेश १:७, ९:१०, कलस्सी १:२८, याकुब ३:१३-१८ ।
पद १४ लाई कसरी अर्थ लगाउनुहुन्छ ? फिलिप्पियन ४:११-१३ हेर्नुहोस् ।
ति क्षेत्रहरुलाई तपाँईले कुनरुपमा परिचालन गरिरहनु भएको छ ? कुन क्षेत्रमा बदलावत हुनु आवश्यकता पाउनु भएको छ ? जगी हुनु, आफ्नो स्वार्थसिद्धकोलागि जेसंग वा जुनकुरासंगपनि सम्झौता गर्न तत्पर हुनु, बिश्वासको कमी हुनु आदि ? येशूले सित्तैमा दिने जिवनलाई संवर्द्धन गर्ने बरदानहरुलाई प्राप्त गर्न परमेश्वरको चरणमा जानु कत्तिको महत्व थान्नुहुन्छ ?
४. हाम्रो पतित स्वभाव- भाग १
उपदेशक ७,१५-२१ पढ्नुहोस् । ति पदहरुलाई निम्न पदहरुमध्य कुनचाहीँले मुलरुपमा बाख्या गर्दछ ? क. १ कोरन्थी १३:१३ ख. गलाती ६:२ ग. रोमी ३.१०
सोलोमनले मानव चरित्रलाई अत्यन्त नकारात्मकरुपमा उपदेशक ७:१५-२१ मा चरित्रण गरेको पाउँछौं । मानिसले यि पदहरु पढ्दा सोलोमनको उदासपुर्ण बिरक्त भावानाले भरिएकोले यसलाई पन्छाउन खोज्दछ तर त्यो यथार्थताबाट पन्छिन त्यति सजिलो छैन ।
१७औं सताब्दिको सुरुमा युरोप महादेश ज्ञानोदयको (Enlightment) सुरुवाट भएको थियो । यो ऐतिहासिक समयमा मानिसहरुमा अनेक नयाँ ज्ञानका भन्दारहरुको बिस्फोट भएको थियो । धेरै ज्ञानहरुको प्रादुर्भावभएको कारणले मानिसहरुमा एउटा आशाको लहर छाएको थियो, "अब मानिस जातिहरु सिद्धताको पथमा लम्किन्दै छ ।" हो, संसार खराब छ र मानिसहरु खराब तथा दुष्टताको चरित्रले भरिभराउ भएको छ तर अब हामीहरु नयाँ ज्ञान र संसारबारे बढी ज्ञान र समझ हासिल गर्न सकेकोले अज्ञानतालाई हराउनेछौं र मानिव जात अव सुधारिन्दै नैतिक सिद्धतामा द्रुतगतिले अगाडि बढ्नेछ । उपरोक्त भावनाले प्रेरित भएको कारणले मानिसहरुमा नयाँ जागरण भएको थियो ।
बिसौ सताब्दिको सुरुमा मानिसहरुले यस्तो बिश्वास गरे कि संसारमा बिज्ञान र नयाँ प्राविधिकको आबिष्कारको लहरले अब मानव जात सबै दु:खबाट मुक्त हुनेछ ।उनिहरु यो कुरामा ढुक्क भएकी अब नयाँ मशिनहरु वा औजारहरु, नयाँ उपायहरु र आबिष्कारहरु पत्तालगाएर हामी रोग, दैविक प्रकोपहरु, घृणा र युद्धहरुलाई माथ गर्नेछौं ।
बिगत सताब्दीको बारेमा स्मरण गर्नुहोस । बिज्ञानले ति मानिसहरुको त्यस महान महत्वाकाँक्षाहरुलाई कसरी पुरा गरे ? मत्ती २४ पनि पढ्नुहोस् ।
बिगत र बर्तमान ईतिहासका पानाहरु पल्टाएर हेर्यौं भने मानिसले उपेक्षा गरेको अनुसार त्यस्तो उपलब्द भएको देख्दैनौं, देख्छौं त ? निसन्देह, हामीमा नयाँ ज्ञानहरुको उदय भयो, तर त्यस ज्ञानले मानिसको पतित चरित्रलाई झन बढावा दिएको पाउँछौं । धेरै जसो ति नयाँ ज्ञान, मानव शक्ती र नयाँ आविष्कारहरुको बृद्धिले मानिसमा बढि दु:ख, कष्ट र दुष्टताको फलिफाप भएको पाउँदछौं । शक्ति र ज्ञान आफैमा नराम्रो त होईन । यसलाई मानिसले कसरी उपयोग गर्दछन् त्यसमा भर पर्दछ । शक्तिसाली देशको शासकले ठुलो शक्ति ओगोटेको हुन्छ । उसमा भएको शक्तिको अधिकारले मानिसको घरहरु बनाउन प्रयोग गर्न सक्छ भने त्यहि शक्तिले बमहरु खसालेर सर्बनाशपनि गर्न सक्दछ । हामीमा के को मुख्य आवश्यकता छ भने त्यस्तो महान शक्ति र ज्ञानको खुबि भन्दापनि यस्ता हृदयहरु होस जुन परमेश्वरको प्रतिरुप र चरित्रमा ढालिएको होस् । नत्र भने ज्ञानबिज्ञान र शक्तिसामर्थ दुष्टलाई तेवा हुन आउँछ ।
हामी सबैमा कुनै न कुनैरुपमा ज्ञान र शक्ति अथबा अधिकारले सम्पन्न भएका छौं । त्यसलाई तपाँईले कसरी उपयोग गरिरहनुभएको छ ? असल र परमेश्वरको महिमाको लागि ? वा आफ्नो स्वार्थ सिद्धको लागि ति ज्ञान र अधिकारद्वारा बिश्वासीहरु र अरु मानिसहरुलाई अमयार्दितढंगले शोषण गरिरहनु भएको छ ? जतिसुकै दर्दनाक भएपनि त्यसको जवाफ ईमान्दारीपुर्वक तपाँईले आफैलाई दिनुहोस् ।
५ हाम्रो पतित स्वभाव- भाग दुई
उपदेशक ७:१५-२७ मा सोलोमनले मानिसको बिपत्ति देखेर अलापबिलाप गरेको पाउँछौं ।
पद १५ पढ्नुहोस् सोलोमनले के गुनासो गरिरहछन् ? उसको बर्तमान गुनासो परिपेक्ष्यमापनि कति जायज छन् ?
उसले यो उद्गार प्रथमपटक यहाँ ब्यक्त गरेको होईन ।उपदेशक ३:१६,१७ मा पनि यहि मनशाय ब्यक्त गरेकोले उपरोक्त पद बुझ्न सजिलो पर्न आउँछ ।
हुनसक्छ एकदम सान्दर्भिक र प्रभावशाली शब्दहरु उपदेशक ७:२० मा ब्यक्तगरेको भावना पावलसंग मिल्दो जुल्दो छ जसले रोमी ३:२० मा भनेको छ "संसारमा धर्मी कोहिपनि छैन, अहँ एउटै पनि छैन" अथवा युहन्नाले ब्यक्त गरेका ब युहन्ना १:१० संग मिल्न आउँछ जसमा लेखिएको छ, "यदि हामीले पाप गरेको छैन वा चोखोनै छौं भने हामी उहाँलाई झुठो ठहराउँछौं र उहाँको बचन हामीमा हुन्दैन ।" हुनत ईसाईहरुलाई मानव समाजप्रति नकारात्मक वा निराशावादले अभिप्रेत भएको भनी दोषारोपण गर्दछन्, तर ईसाईहरुलाई दोषी ठहर गर्नेले ति भावना सत्य वा असत्य साबित गर्न संसारको बिगत र बर्तमान ईतिहास हेरे पुग्छ । किनकि पाप, अधर्म, दुष्टता, अतिबादि अथवा बिकासको नाउँले संसारलाई कसरी तहस नहस गरिरहेको छ सो पाउँदछौं । येशूका शिक्षा ग्रहण गर्न आस्था र बिश्वासको आबश्यकता पर्दछ तर मानिसको पतित स्वभाव वा चरित्र हेर्न त्यस्तो आस्था र बिश्वासको आवश्यकताको जरुरी छैन किनकि यो दिनप्रतिदिन हाम्रो आँखाको अगाडी, टेलिभिजन र समाचारपत्रहरुमा टल्किरहेको पाउँदछौं ।
पद २६ पढ्नुहोस् । सोलोमनको कुन पृष्टभूमीले गर्दा यि भावानालाई ब्यक्त गर्न पुगे ? १ राजा ११:१-४
सोलोमनले कुनै दुष्चरित्र भएको स्त्रीको बारेमा बर्णन गरेतापनि (हितोपदेश १८:२२ संग दाँज्नुहोस्) यसले दिएको सन्देश कुनै लिङ्गमा सिमित नपारी यस्ता ब्यक्तिसंग सावधानी हुनु भनेको छ जसले मानिसलाई शैतानले प्रयोगगरेर आफ्नो चक्रब्युहमा राख्दछ र परमेश्वरबाट टाडा राख्दछ ।
हुनसक्छ यस अध्यायको प्रभावशाली वा सान्दर्भिक पदचाहिँ अन्तिम पद २९ हो । यसले मानवस्वभावको पकडलाई स्पष्टरुपमा चित्रण गरीएको छ । परमेश्वरले मानिसलाई पवित्र बनाउनुभएको थियो तर हामी अपवित्र भयौं । सोलोमनको जिवनले उपरोक्त आचरणको उदाहरणको रुपमा लिन सकिन्छ । हो, उ पापरहित मानिस थिएन तैपनि जव उसले आफ्नो जिवनलाई सुरु गरे उ ठिक र असल मार्गमा हिंडेको थियो । हिब्रु भाषामा सदाचार भन्ने साधारण लवज हो र यसको अर्थ सिधा, ठिक वा धर्मी भन्ने जनाउँछ । यो शब्द मानिसको कार्य चरित्रलाई बर्णन गर्न उपयोग गरिन्छ ( ब्यबस्था ६:१८, १ राजा २२:४३, २ राजा १८:३, अयुब १:१,८ ) । त्यसकारण उ जुनसुकै धर्म वा ठिक मार्गमा हिंड्न सुरु गरेपनि पछि उसमा बिक्रिती आयो र परमेश्वरको आस्थाबाट अल्लारिन पुगे ।
२ कोरन्थी १३:५ पढ्नुहोस् । के तपाँई परमेश्वरमा निष्ठावान हुनुहुन्छ ? कसरी आफ्नो जवाफलाई न्यायोचितरुपमा दिन सक्नुहुन्छ ?
उपसंहार: श्रोतमा पहँच भए हितोपदेशको यस अध्यायलाई अरु बुझ्न निम्न पुस्तकहरु पढ्नुहोला: एलेन जि ह्वाईट, चाईल्द गाईडेन्स, पृ. १६६, टेस्टिमोनिज फर द चर्च, ठेली ४, पृ. ६०६, टेस्टिमोनिज फर द चर्च, ठेली ८, पृ. ८६, साथै माईन्द, क्यारेक्टर एण्ड परसनालिटी, पृ. ५१६-५२३, ५४५-५५४ ।
"वास्तविक सत्य शिक्षाले बैज्ञानिक ज्ञान र उच्च साहित्यका आबश्यकहरुलाई उपेक्षा गर्दैन तर ज्ञानको सुचना भन्दा त्यसले दिने प्रभाव वा क्षमतालाई उच्च प्राथमिकता राख्दछ, क्षमता वा प्रभाव भन्दा उच्च भलाईमा प्राथर्मिकता र बौद्धिक उपलब्दी भन्दा चरित्रलाई उच्च प्राथर्मिकता दिन्छ । संसारलाई आदर्श चरित्रवाण भन्दा महान बौद्धिक ब्यक्तित्वको त्यत्ति खाँचो छैन । यस संसारलाई यस्तो ब्यक्तिको खाँचो छ जसको जिवन शिद्धान्तमा अडिग र आदर्शमय होस ।
बुद्धि सर्वोपरी मुल तत्व हो, त्यसकारण ज्ञानबुद्धि आर्जन गर्न खोज । बुद्धिमान ज्ञानीको बोली ज्ञानबर्द्धक र सत्य हुन्छ । हितोपदेश ४:७, १५:२ । साँचो वा उचित शिक्षा बुद्धि र ज्ञानबर्द्धक हुन्छ । यसले हाम्रो एउटा ईन्द्रियको शक्तिलाईमात्र होइन तर सम्पुर्ण ईन्द्रियको शक्ति र बिद्याकलालाई परिचालन गर्दछ । यसले हाम्रो सम्पुर्ण उत्तरदायित्वलाई ढाक्दछ- आफ्नै प्रति, संसार प्रति र परमेश्वरप्रति ।
चरित्र निर्माण गर्ने अभिभारा सबभन्दा महत्वपुर्ण काम मानिसलाई सुम्पिएको छ । यसलाई लगनशिल भएर अध्ययन गर्नुपर्ने आजको जस्तो आवश्यकता पहिला कहिलै थिएन । अहिलेको पुष्टाले सामना गर्नुपर्ने परिस्थिती वा निर्णयात्मक चुनौति पहिला कहिलै थिएन ।आजका युवा युवतीहरुले सामना गर्नुपर्ने महान खतराहरु पहिला कहिलै थिएन ।" एलेन जि ह्वाईट, ऐडुकेशन, पृ. २२५ ।
चिन्तनमनन्:-
१. तपाँईले दिनुभएको यस अध्ययनको दोश्रो बुँदाको जवाफमा फेरी सोचबिचार गर्नुहोस् ।
२. माथी उल्लेखित एलेन जि ह्वाईटको भनाईलाई ध्यान दिनुहोस् ।प्रथम परिच्छेदको भावना बिशेष गरि हेर्नुहोस् ।यसमा ब्यक्त गरिएको बिचारहरुले यस भागको अध्ययनसंग कसरी मिल्दोजुल्दो छ ? धेरै अधिकार वा शक्तिसम्पन्न भएको ब्यक्तिले आफ्नो चरित्रलाई किन ख्याल गर्नु पर्दछ ?
३. यस अध्ययनमा कसरी एकले अरुलाई प्रभाव दिन सक्दछ र सोलोमनलाई आफ्नो रानीहरुले कसरी उसलाई बहकाएर परमेश्वरबाट टाडा राखे भन्ने बिषयमा छौएका थियौं । एकले अर्कोमाथी प्रभाव र बिशेषगरी युबायुबतीहरुले आफ्ना सहोदर मित्रहरुको दवावलाई उच्चत्तमरुपमा ध्यान दिनुपर्दछ । धेरै युबायुबतीहरु गलत साथीहरुको कारण आफ्नो जिवनलाई गलहत्याएका छन् । मण्डलीको हैशियतले यस्तो गलत प्रभावबाट युबायुबतीहरुलाई बचाउन के गर्न सक्नुहुन्छ ? तपाँईको मण्डलीले के बैकल्पिक उपाय अपनाउन सक्दछन् जसले गर्दा युवायुवतीहरु ठिक बाटोमा रहिरहुन् ?
४. आफ्नो साथीभाईहरुमा यस पाठको सुरुमा उदृधगरिएको रिल्कको भावनालाई छलफल गर्नुहोस् ।यसले मानिसलाई लक्ष र सार्थक जिवनको किन आवश्यकता छ भनेर औंल्याउँदछ ? हाम्रो बिश्वास र आस्थाले यस प्रश्नलाई कसरी उत्तर दिन्दछ ? र साथै सार्थक र अर्थपुर्ण जिवनको अर्थहिन र सार्थकहिन बस्तुहरुमा खोजी गर्नेहरुलाई हामीले कसरी उचितरुपमा साथ दिन सक्दछौं ?