बतासको बाटो

From StudyGuides

Contents

[edit] भाग १२

बतासको बाटो

यस भागको अध्ययन: उपदेशक ११

मूल पद: "जसरी तिमीले हावाको चाल कतातिर पुग्छ र आमाको गर्भमा शरिर कसरी बनिन्छ भनेर जान्दैनौ, त्यसरीनै सबै थोक बनाउनुहुने परमेश्वरका हातको कामलाई तिमी बुझ्न सक्दैनौ ।" उपदेशक ११:५

प्राचिन समयमा युनान वा ग्रिकहरुले बर्तमान हाम्रो नेपाली संस्कारले जस्तै भाग्यमा बिश्वास गर्दथे । त्यस बिश्वास अनुसार मानिसको भाग्य, निर्दिष्ट बाटो वा सबै गतिबिधीहरु देवताहरुले अगाडीनै निर्धारण गरिसकेको हुन्छ । यो बिश्वासलाई पुष्टि गराउन खोज्न ग्रिकको बिश्व प्रशिद्ध लेखक होमर ले महापुराण वा साहित्य ईलियादको पुस्तकले देखाउन खोजेको पाईन्छ । जव महान ट्रोजन लडाकु बिर हेक्तरले आफ्नी श्रीमतीलाई (जसले कि उसलाई लडाँईमा नफर्कन जोड गरेकि थिइन किनकि उनलाई यो डर थियो कि उ युद्धबाट जिवित फर्किन्दैन ) आफ्नो बिश्वास यसरी ब्यक्त गरे, "कसैलेपनि मलाई मेरो भाग्यको बिरुद्ध मृत्युको खाल्डोमा हाल्न सक्दैन । र भाग्य वा बिधाता अथवा पुरपुरोमा के लेखेको? कोहि जिउँदो मानिसपनि त्यसबाट भाग्न सक्दैन, चाहे त्यो बिर होस् वा काँतर किन नहोस ।" ईलियाद, अंग्रेजीमा अनुबाद, रोबर्ट फेगल्स, ( न्यु योर्क: पेन्ग्विन बुक्स, १९९० ), पृ. २१२ ।

याद गर्नुहोस‌ यो बाईबलको दिक्षा होइन । हामीकुनै बिधाताको खेंलाची होइन; हाम्रो कुनै निधारमा पुर्व निर्दिष्टस्थान, कर्म, भाग्य वा पुर्पुरोमा हाम्रो गतिविधी लेखिएको हुन्दैन । हामी न त कुनै लाखौं जुनी लिने जन्म चक्रको भागी हौं न त कुनै विधाताले स्वचालित यन्त्र हौं । हाम्रो यउटै चरम लक्ष छ, त्यो हो प्रभु येशूमा अनन्त जिवन । हेर्नुहोस एफिसी १:१-११ । परमेश्वरको बृहत योजना यहि हो कि हामी सबै कुनै भेदभावबिना येशूमा उद्धार पाऔं। त्यसैकारण उहाँको मृत्यु कुनै समय, लिंग, जात, रंग वा राष्ट्रमा सिमित नभई सारा संसारको लागि हो । सबै मानव जातीलाई समेटेको छ, कोहिपनि छौडिएको छैन ।

तर हामी सबैजनाले स्वचालितरुपमा अनन्त जिवनको भागिदार नहुने भएको ले हाम्रो भविष्य वा भाग्य अगाडीनै लालमोहर लगाएको हुन्छ भन्ने आस्था वा बिश्वास बाईबलले सरासर नकार्दछ । हाम्रो भविष्य हाम्रो लागि खुला गरिएको छ । हामीले कुन मार्ग वा बाटो अपनाउने हो त्यो अधिकार हामीमे निहित गरिएको छ । आज हामीले के निर्णयहरु गरेका छौं वा गरिनै छौ त्यसैले अनन्त जिवनमा प्रभाव पार्दछ अथवा निर्धारण गर्दछ । प्रष्टरुपमा भन्ने हो भने हाम्रो भविष्य हाम्रै हातमा वा रोजाईमा छ । यो भागमा बिद्वान सोलोमन राजाका केहि अर्तिबुद्धिहरु हेर्नेछौं जसले यो देखाउँदछ कि परमेश्वरले हामीलाई पुर्णरुपमा बिबेकको स्वतन्त्रता दिनुभएको छ र हाम्रो ईच्छा बिरुद्ध उहाँले प्रदान गरेको मानव अधिकारलाई हस्तक्षेप गर्नुहुन्न । कहिले काहिं यस्तो घट्ना हुन आउँछ जो हामीले तत्काल बुझ्न सक्दैनो वा हाम्रो नियंत्रणभन्दा बाहिरको हुन्छ तै पनि यि सबै हामी स्वतन्त्र भएकोले र हामीलेनै जुन बाटो रोज्दछौं त्यसले गर्दा सबै घट्नाहरु त्यसको फल हो भनेर यस भागमा छलफल गर्नेछौं । हो घट्ना वा परिस्थिती हाम्रो हातमा नहुन सक्छ तर त्यसप्रति सचेत भएर जवाफदेही हुनु त हामीमै निहित हुन्छ ।

[edit] १. आफ्नो रोटी फेंक्नु

उपदेशक ११:१ सताब्दीयौं सम्म छलफलको बिषय बनेको छ । सोलोमनको अर्ती, "पानी वा नदीमा रोटी फे‍क्नु" भनेको के हो ? यसलाई धेरै अर्थहरु लगाईएको छ । परम्परागतमा भन्ने हो भने यसको मतलव सामाजिक सेवा वा आफ्नो आर्थिक बललाई परोपकारकोलागि उपयोग गर्नु । "जसको आँखा उदार छन् त्यो आषिशित हुनेछ किनकि उसले आफ्नो रोटी गरिवलाई दिन्दछ " हितोपदेश २२:९ । "आफ्नो भोजन भोकासित बाँडचूँड गर्नु, र घर नभएको मानिसहरुलाई शरण दिनु-नाड्गोलाई देखेर लुगा लगाइदिनु र आफ्नो जात भाईहरुबाट नलुक्नु होइन र ? "यशैया ५८:७ । सोलोमनको निति योग्यसंगत मानिन्छ बिषेश गरेर पुरानो नियममा गरिब, पिछडिएको वा सर्वहारावर्गलाई, उनिहरुको उत्थान गर्ने हरेक बिश्वासीको महत्वपुर्ण जिम्मेवार हो भनेर देखाएको छ । यो अनौठो हुने छ कि यदि सारा उपदेशकको पुस्तकले धेरै अर्तिबुद्धि वा ब्यबहारिक ज्ञानलाई प्रस्तुत गर्छ तर यस्तो महत्वपुर्ण वा समय सापेक्षिक वा सान्दर्विक बिषयमा मौन रह्‍यो भने ।

ब्यबस्था १५:७-११ पढ्नुहोस् । यसमा हरेक येशूभक्तलाई के सन्देश दिएको पाउँछौ वा यस पदले उपदेशक ११:१ लाई कसरी पुष्टी गर्न खोजेको पाउनु भएको छ ?



उपदेशक ११:२ पनि धेरै तर्कको बिषय बनेको छ ।"तिमीले सात, आठजनालाई भाग बाँडिदेऊ, किनभने तिमी जान्दैनौं कस्तो विपत्ति देशमा आइपर्नेछ " उपदेशक ११:२ । यि दुई संख्याको अर्थ के हो ? यदि हामीले यस पदलाई अघिल्लोपदको सन्दर्भमा हेर्‍यौं भने यसले परोपकारिताको बारेमा भनिरहेको छ र हामीले उदार चित्तले दिनुपर्छ भनेर जोर दिएको भनेर मानिलिन्छौं । संसारमा धेरै आवश्यकता र खाँचो हामी देखिरहेका छौं र हाम्रो गच्छे अनुसार बाँडिचूडि गरि हाम्रो जिवन निर्वाह गर्नु पर्दछ किनकि खराव वा प्रतिकूल समय जहिलेपनि आउन सक्दछ । कस्तो खालको कष्ट वा दु:ख आइपर्छ कसलाई थाहा हुन्छ र ? त्यसकारण जुनसुकै बेलामा पनि जव मौका आउँछ त्यसबेला सहायता गर्न तत्पर हुनुपर्दछ ।

यस पदले जे भन्न खोजेपनि यो येशूभक्तले पालन गर्नुपर्ने दिक्षा हो अर्थात अरुको भलाईको लागि, परोपकारको लागि हाम्रो जिवनलाई न्यौछावर गर्नुपर्दछ । मानिसहरु बिभिन्न प्रकारले दु:ख कष्ट भोगिरहेको हुन्छ, हामी धर्म कमाउनेको नाँउमा कुनै पहाडको खोपडीमा बसेर जप गरेर बस्न अर्थात संसारको आवश्यकताप्रति आँखा चिम्म गरेर बस्न जिवित परमेश्वरको ईच्छा कदापि होइन भनेर देखाउँछ । "परमेश्वरले संसारलाई प्रेम गर्नुभयो र आफ्नो एक मात्र पुत्रलाई दिनुभयो " भनेर युहन्ना ३:१६ मा प्रज्वलितरुपमा लेखिएको छ । परमेश्वरले चाहिँ संसार (मानव समाज) लाई प्रेम गर्ने, हामी संसारबाट भागेर गुफामा बस्ने ? हामीलाई बाईबलले यहि निर्देशन दिएको छ कि आबश्यक परेकोलाई सहायता गर्नु हरेक येशूभक्तको जिम्मेवार कर्तब्य हो । तर हामी नाड्गै छौं भने अरुलाई कसरी सहायता गर्ने ? सम्पुर्ण बाईबलको परिबेशमा हेर्ने हो भने अर्थात दश आज्ञाको आचारसहिंता अनुसार भिक्षा मागेर होइन तर काम गरेर खानु भनेर निर्देशन दिएको पाउँछौं । काम गर्दा आफुपनि खान पाउँछ र अरुलाई बिषेश गरि आवस्यक भएकाहरुलाई पनि ख्वाउन उबार्न सक्दछौं ।

आफु भन्दा निम्न, शोषित र गरिववर्गप्रति तपाँईको के धारणा छ ? आफुसंग भएको धेरै वा थोरै आफ्नो गच्छे अनुसार आफुभन्दा बिपन्नलाई बाँडिचूँडि गर्न कत्तिको तत्पर हुनुहुन्छ ? बाईबलले समानताको भाषण छाँतेर मानिसलाई लट्ठ पार भनेको छैन तर हृदयलाई परिबर्तन गरेर आफ्नो मजवुरलाई प्रयोग गरि मानिसलाई परमेश्वरको अगाडि ल्याएर आत्मसंमानको प्रत्याभूति देऊ भन्ने आवाज घन्काउँछ ।

[edit] २. बादल, बर्षा- र भाग्य

उपदेशक ११:३, ४ लाई बिभिन्न तर्कहरुलाउनेहरुजत्ति छन त्यत्तीनै तर्कहरु छन् । यदि अक्षरस हेर्ने हो भने सोलोमनले प्रकृतीको शक्ती वा स्वाभाविक नियमको बारेमा कुरागरेको भन्न सकिन्छ । यदि बादल पुरा पानीले भरियो भने यो बर्षा भएर पृथ्वीमा झर्छ । यदि रुख ढल्छ भने जहाँ ढल्छ त्यहिँ पर्छ । तर यसको मतलव के हो ?

पद ४ पढुनुहोस् जसले पद ३ लाई बुझाउन कोशिष गर्दछ ।


पद ३ ले निसन्देश पानि वा बर्षाको बारेमा भनिरहेको छ ।कहिलेकाहिँ बर्षामा हुरिबतास आउन्छ र ति हुरिबतासले रुखहरुलाई ढलाउन सक्दछ । यि सबै प्रकृतीका शक्ति वा प्रभावहरु मानिसको भन्दा महान र शक्तिशालि हुन्छ । आजको अत्याधुनिक बैज्ञानिक युगमा त प्रकृतीको कृपामा छौं भने त्यसबेला झन कत्ति थियो होला ? सोलोमनले यो भन्न खोजिरहेको हुन सक्दछ कि जिवनमा आइपर्ने घट्नाहरु वा त्यस्तै परिस्थितीहरुलाई प्रकृतीको जस्तै हाम्रो मातहतभन्दा बाहिरको भनेर त्यसलाई कुशलरुपमा सामना गर्नुपर्दछ । यस्तो असहज परिस्थिती वा घट्नाहरुलाई हामी कसरी हेर्ने वा लिने ? के त्यत्तिकै बिलाएर जावस भनेर त्यसले हामीलाई दवाउन दिने ? घरमा आगो लाग्यो भनेर पत्रकारले जस्तै क्यामरा ल्याएर फोटो खिँचेर बस्ने कि डमकल आदि बोलाएर वा पानील्याएर त्यस आगोलाई निभाउन खोज्ने ? अर्थात परमेश्वरमा बिश्वास राखी, उहाँको प्रेमले अभिप्रेरित भएर आफुलाई दिएको जिम्मेवारीलाई लगनशिलताको साथ वहन गरी आफ्नो नियन्त्रणभन्दा बाहिरको भनेर हातवाँडि नबसेर आफ्नो दायित्वलाई पुरा गर्नु धर्म हो भनेर सक्षम नागरिक वा येशूभक्तको चरित्रलाई प्रदर्शन गर्ने ?

हामी मानिस जातीले धेरै यस्ता कुराहरु छन् जुनकि हाम्रो नियन्त्रण भन्दा पुरा बाहिर छन्, केहि उदाहरणहरु लेख्‍नुहोस् ।


हो संसारमा यस्ता शक्तिसंयन्त्रहरु छन जुनकी हाम्रो मातहतभन्दा बाहिरको छ तर परमेश्वरको अगाडि ति कुनैपनि शक्तिशाली हुन्दैन किनकि उहाँलेनै आफ्नो शक्तिद्वारा यावत थोकलाई बसमा राख्‍नुभएको छ । हेर्नुहोस् हिब्रु १:३ । तपाँईले जुनसुकै प्राकृतिक वा मानविकी शक्तिको उल्लेख गर्नुभएपनि ति परमेश्वरको नियंत्रणभन्दा बाहिरको छैन । त्यसकारण जुनसुकै घट्ना वा परिस्थितीले हामीलाई छोपेपनि यो निष्ठालाई सम्झनु अति महत्वपुर्ण छ कि सबै भन्दा माथी र समुच्च शक्ति भन्दा उच्चमा सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ जसले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो हेरचाहमा तल्लिन हुनुहुन्छ । हामीलाई चिसो भाग्यको अन्धकारमय भुमरीमा वा संयोगमा एक्लै छोड्नु भएको छैन । हुरी बतास आउँछ त्यसलाई हामीले केहि गर्न नसक्ला । तर हामी यो गर्नसक्दछौं कि जुनसुकै प्रतिकुल परिस्थिती भएपनि परमेश्वरमा निष्ठावान भएर बस्न सक्दछौं । परमेश्वरलाई बिश्वास गर्नेलाई यो बरदान प्राप्त छ । ईसाई ईतिहासमा चार करोड भन्दा बेसी मानिसहरु आफ्नो निष्ठाकोलागि जिवन बलिदान गरेको छन्, ति सबै चट्टान जस्तो भएर आफ्ना बिश्वासमा अडिग भए जसले गर्दा कुनैपनि प्रतिकुल परिस्थितीले तिनीहरुलाई हल्लाउन सकेको थिएन

मत्ती ६:२५-३४ पढ्नुहोस् । आजको भागमा गरेको छलफललाई पुष्टि गर्न येशूले यहाँ के भनिरहनु भएको छ ? अझ महत्वपुर्ण त, यहाँ येशूले के भन्न खोजिरहनु भएको छ कि जुनसुकै अवस्थामा तपाँई गुजारा गर्नुभएपनि परमेश्वरको प्रेम र हेरचाहमा भरोसा राख्‍न सकिन्छ, यसले के तपाँईको बिश्वास र निष्ठालाई टेवा दिन्दैन त ?

[edit] ३. वतासको बाटो

"जसरी तिमीले हावाको चाल कतातिर पुग्छ र आमाको गर्भमा शरिर कसरी बनिन्छ भनेर जान्दैनौ, त्यसरीनै सबै थोक बनाउनुहुने परमेश्वरका हातको कामलाई तिमी बुझ्न सक्दैनौ ।" उपदेशक ११:५

उपदेशक ११:३,४ को अर्थलाई हेर्दा ५ पद यसमा सजिलैसंग समावेस भएको पाउँछौ । हामी मानिस भएकोले धेरै कुरा थाहा छैन । जत्ती धेरै थाहा छ भनेर दावी गर्छौं झन हामी अनभिज्ञमा लाचार हुनुपर्दछ । सबै थोक हावा वा वतासको बाटो देखी- ( बाईबलमा हावा भन्ने त्यहि शव्द हो जुन आत्मालाई पनि प्रयोग गरिन्छ । यसले गर्दा यस पदलाई पुर्ण नयाँरुपले प्रस्तुत हुन्छ ) कति भौतिक संसारको पक्षहरु जस्तै हामी गर्भमा कसरी बिकास हुन्छ ति सबै रहस्यमय र आश्‍चर्यको बिषय हुन् । आजपनि बिभिन्न बिज्ञानको अत्याधुनिक आविस्कारको बावजुदपनि भ्रुणको बिकास मानिसको सोचाईभन्दा बाहिरको छ ।

यहाँपनि यो बुँदा सम्झन महत्वपुर्ण छ कि यो जगतको समुन्द्रमा बालुवाको कण जस्तै यस पृथ्वीको भौतिक संसारमा त कति कुराहरु हामीले बुझ्न सक्दैनौं भने परमेश्वरको मुक्तीको काम र उद्धारको गुरु योजनालाई सबै हामी कसरी बुझ्न सक्दछौं ? प्रकृतीमा हामी परमेश्वरको गहिरो सृजनात्मक शक्ती र अपुर्व बुद्धि देख्‍न सक्छौं र कति झिनो बस्तुमा रहस्यमय ज्ञानहरु लुकेको हुन्छ जुन बिज्ञानले बाख्या गर्न सक्दैन भने परमेश्वरले हाम्रोलागि तयार गरेको मुक्तीको गुरु योजनाको अपार ज्ञानलाई बुझ्न हाम्रो क्षमता भन्दा बाहिर भन्नुमा के आश्‍चर्य छ त ? हेर्नुहोस् रोमी ११:३३-३६ ।

यशैयाह ५५:६-१३ पढेर यसको सन्देशलाई मनन् गर्नुहोस् ।यसले हामीलाई के आशाको दिब्य ज्ञान पल्हाउँछ ? हामीलाई उपदेशक ११:५ संग यि पदहरुको के सम्वन्ध देखाएको छ ?



हो, हामीलाई परमेश्वरको मार्ग हाम्रो मार्गहरु होइन, र उहाँका बिचारहरु हाम्रो बिचारहरु होइन, यद्यपि हामीप्रति उहाँको मनोभावना के रहेछ भन्ने हामीलाई पक्का छ । उहाँले भन्नुभएको छ, "किनभने जुन योजनाहरु मैले तिमीहरुका निम्ती बनाएको छु, ती म जान्दछु, ति तिमीहरुको निम्ती उन्नती वा शान्तीको निम्ती हुन्, नोक्सानीको निम्ती होइनन्, तिमीहरुलाई आशा र भविष्य दिनलाई ।" यर्मिया २९:११ । ति आशा र भविष्य के हो त भन्दा नयाँ पृथ्वी र नयाँ स्वर्गमा अजम्मरी जिवन जहाँ दु:ख, कष्ट, शैतान, घाटा र मृत्यु हुन्दैन । हामीले अपेक्षा गरेको अन्त यहि हो जव येशूले क्रुसमा अति जोखिमको साथ मृत्यु सहनु भयो त्यसबेला हरेक उहाँको मनस्थितीले बिश्वासीलाई अजम्मरी जिवन दिने प्रतिवद्धता देखाउनु भएको थियो ।

तपाँईको जिवनको यात्रामा परमेश्वरले कसरी अगुवाई गर्नु भयो र उहाँले तपाँई प्रति कस्तो बिचारको अनुभव जस्तै सच्चिदानन्दको दु:ख तकलिफको होइन, गर्नुभएको छ त्यसको सूची बनाउनु होस । परमेश्वरले तपाँईलाई गर्नुभएको कामप्रति प्रशंसा र कृतज्ञता प्रकट गर्न समय दिनुहोस् ।

[edit] ४. अन्धकार र उज्यालो

सम्पुर्ण बाईबलको परिवेशमा हेर्ने हो भने उज्यालो र अंध्यारो प्रतिकलाई एक आपसमा बिपरित हुन भनेर देखाएको छ, अर्थात उज्यालो भन्दा धर्मी र असलको संज्ञा दिन्छ र अन्धकारलाई दुष्ट वा खरावको संज्ञा दिन्छ ।

निम्न पदहरु पढ्नुहोस् । यि पदहरुले अन्धकार र उज्यालो अर्थात परमेश्वरको ज्ञानमा प्रज्वलित भएर हिंड्नु र शैतानको गुरु योजना जुनकि मानिसलाई अन्धकारको भुमरीमा छामछुम गरेर हिंड्नुमा के फरक छ ? यशैया ५:२०, लुका ११:३४, प्रेरित २६:१८, रोमी १३:१२, एफिसी ५:८, १ थेस्सोलोनी ५:५, १ पत्रुस २:९, १ युहन्ना १:५ ।


अन्धकार आफै केहि होइन तर कुनै चिजको अभाव हो अर्थात अहिले भन्नुपर्दा यो चाहीँ उज्यालोको अभाव हो । यदि तपाँई एकदम पुरै अन्धकार कोठामा थुनिनु भयो र के देख्‍नु हुन्छ भनेर सोध्यो भने तपाँईले केहि देख्‍दिन भनेर जवाफ दिनुहुन्छ अर्थात अंध्यारोमात्र देख्‍छु भन्नुहुन्छ । दुईटैको अर्थ एउटै हो । यि बिचारलाई समझमा राखेर उपदेशक ११:७, ८ पढ्नुहोस् । हामीलाई यि छन्दले के भनिरहेको छ ?


परमेश्वर उज्यालो, दिब्यज्ञान, सत्य, भलाई, हर्ष र आशाको श्रोत हुनुहुन्छ । अन्धकारमा हिंड्नु भनेको तिनीहरुको अभाव हुनु हो । जो मानिस अन्धकारमा हिड्छ ति मानिसले झुठ बोल्छन्, दुष्ट हुन्छन्, दु:खकष्टको प्रतिक हुन्छन् र उसको जिवन उदासिलो बाहेक कहिले पनि सन्तुष्ट हुन्दैन । सोलोमनले यस कुरालाई स्विकार गर्दछ कि परमेश्वरले तपाँईलाई आशिष दिनुभएतापनि तपाँईको जिवनले अन्धकार, कष्ट, दु:ख र नैराश्यको सामना गर्नुपर्दछ । यस बाट कोहिपनि भाग्न सक्दैन, चाहे त्यो संसारलाई त्यागेको निंहुमा जंगल वा पहाडको खोपमा बसेर समाजकोलागि निकम्मा किन नहोस् । सोलोमनले यहि भन्न खोजिरहेको छ कि हामी कहिलेपनि आत्मसन्तुष्टको गौरव गरेर नबसौं । आजको दिन राम्रो होला, भोली के होला भन्न सकिन्दैन । हामीलाई चिन्ता गर भनेको त होइन तर हामीलाई यहि सचेत गराउन खोजेको छ कि परमेश्वरबाट पाएको कुनैपनि आशिषलाई निरन्तर अनुदानको रुपमा लिनुहुन्दैन र त्यसप्रति कृतघ्न हुनुहुन्दैन । परमेश्वरको प्रशंसा गरिरहनुपर्दछ र उहाँको दिनुभएको असल चिजहरुलाई कृतज्ञपुर्वक ग्रहण गर्नुपर्दछ, कसलाई थाहा छ खराबले फेरि हामीलाई झटारो कहिले हान्छ ?

तपाँईको अनुभवमा उज्यालो दिन र अन्धकारमय दिनले के भिन्नता पाउनु भएको छ ? के ले गर्दा अन्धकारमा जाकिनु पर्‍यो ? परमेश्वरबाट आउने उज्यालो बाटोमा हि‍ड्न के ब्यबाहारिक ज्ञानको आवश्यक छ जसले तपाँई सुरक्षित साथ हिड्न सक्ने बनाउँछ ?

[edit] ५. तिम्रो युवाअबस्थाका दिनहरु

उपदेशक ११:९-१० मा सोलोमनले के यथार्तता ब्यक्त गरिरहेका छन् ? यि पदहरुमा के तनाव दिने खालको अथवा बिपरित बिचारधारा प्रस्तुत गरिएको छ ?


के परमेश्वरले एक हातबाट दिएको बरदानलाई अर्को हातले खोसिरहनु भएको छ ? रमाउ, हाँसी खुशी गर, खाउ पिउ, तर याद राख मानिसले अहिले जे गर्दछ त्यसैको आधारमा परमेश्वरले उसको न्याय गर्नेछ ? के यि छन्दले यहि भनिरहेको छ ? पौराणिक समयमा एक जना यहुदी धर्म गुरुले यस छन्दको बिश्‍लेषण गर्दै भने कि यो एउटा बालकलाई भनेको जस्तै हो "तिमीले जे मनलाग्यो त्यहि गर, जथाभावि पाप गरेपनि केहि छैन, किनकि तिमीले जे गरेपनि नगरेपनि सबैको सजाँय भोगी हाल्छौ ।"

तर यहुदी धर्म गुरु रबीलाई ज्ञान भएको अनुसार सोलोमनले यस्ता धारणालाई अभिब्यक्त गरेको होईन । तर के स्पष्ट पार्न खोजेको छ भने जिवन परमेश्वरको बरदान हो र यो उहाँबाट पाईएको हुनाले अवश्यमेव असल छन् । हामीलाई यस संसारमा जंगल, मरुभुमीको वा अनकन्टार कुनामा फेकिन र आफु तथा समाजकोलागि निकम्मा बनाउन सृजनु भएको होईन । हामी रमाईलो गरौं भनेर सृष्टि गरिएको हो, हाम्रो शरिरलाई हिफाजतसाथ आनन्दको उपभोग गरुन र परमेश्वरको सृष्टिहरुलाई उचितरुपमा परिचालन गरेर खुशीयालीसाथ जिवन निर्वाह गरुन भनेर यस संसारमा हामीलाई सृष्टि गरेर प्रबेश गराउनुभएको छ । जवानी अबस्थामा जव कि हामीमा जोश, जाँगर, मनोकांक्षा, बल, र आशा हुन्छ ति सबैलाई असलरुपमा परिचालन गरेर हाम्रो जिवनलाई रमाईलो गरेर बिताउनुपर्दछ।

तर रमाईलो भन्दा धेरै अर्थ लाग्न सक्दछ । हामी संसारको पाप, क्षणिक इन्द्रिय सुख वा आनन्द आदिको महशुस गरेर पनि रमाईलो गर्न सक्दछौं (हिब्रु ११:२५), अथवा परमेश्वरमा आनन्दित हुन सक्दछौं; भनाईको तात्पर्य यो हो कि परमेश्वरले दिनुभएको बरदानहरुलाई जुन लक्षको लागि दिएको हो त्यस लक्षलाई सुचालितरुपमा उपभोग गरेर रमाईलो गर्न सक्दछौ । प्रायजसो युबा युबतीहरु जो कि बल र कामुकमा जोशिलो हुन्दा परमेश्वरको बरदानलाई दुरुपयोग गरी आफ्नो जिवनलाई चक्नाचुर पार्दछन् ।हेर्नुहोस हितोपदेश ७ । तिनिहरुले आफ्ना जिवनलाई दुरुपयोग गरेर भ्रष्ट बनाउँदा एक दिन परमेश्वरको अगाडि त्यसको लेखा दिनुपर्नेछ र हरेकलाई दिएको उत्तरदायित्वको जिम्मा उसैले वहन गर्नुपर्दछ र अरुलाई दोष दिएर आफु पन्छिन सकिन्दैन । यो मतमा कसैको द्विविधा छैन ।

उपदेशक ११:१० भनेको कुरा पालन गर्द पद ९ को दृष्टिकोणले कसरी मद्दत गर्दछ ?


फेरि सम्पुर्ण बाईबलको परिबेशमा हेरेर सोलोमनले भन्न खोजेको यहि हो कि परमेश्वरले दिनुभएको प्रतिभा, बरदान, योग्यता, कौशलता, कार्य निपुणता आदिलाई उहाँको आशिषको रुपमा लिएर आनन्दसाथ उपभोग गर्नु पर्दछ तर यिनीहरुलाई अधर्म, पाप र भ्रष्टबनाएर परिचालन गर्नुको लागि होइन । तर यो कहिलै नबिर्सनुहोस कि एक त हामी अहिले हाम्रो तत्काल जिवनमा जे रोप्छौं त्यो हाम्रै जिवनमा त्यसको कटान गर्नेछौं वा नगरेपनि हाम्रो नश्वर शरिर त्यागेर गएपछि परमेश्वरको अगाडि एकदिन हामीले गरेको कामको स्पष्टिकरण हामीलेनै दिनु पर्दछ । फलानाले गरेर मैले यसो गरे वा यसो भएँ भनेर गैर जिम्मेवारी जवाफ परमेश्वरले सुन्नुहुनेछैन ।

[edit] उपसंहार:-

अरु जानकारीको लागि: एलेन जि ह्वाईट, टेस्टिमोनिज फर द चर्च, ठेली १, पृ. २७२, ठेली ६, पृ. २७१, २७२, वेलफेयर मिनिस्त्री पृ. १७८-१८७ ।

"यो कहिलै नबिर्सुनुस् कि तपाँईले स्थापना गर्नुभएको निर्दिष्ट मापदण्ड भन्दा माथी तपाँई पुग्नुहुन्न । त्यसैकारण उच्च मापदण्ड निर्धारण गर्नुहोस् र कदम कदम बढाउँदै त्यस तिर लम्कनुस् । हो त्यो पिडादायीपनि हुन सक्दछ तर त्याग, तपस्या र आफ्नो ईन्द्रियहरुलाई बसमा राखेर बिकासको भरेड्ग चढ्नुहोस् । मानिसलाई कुनै भाग्य अथवा कर्मले यसरी बाँढिएको छैन कि उ त्यसबाट फुट्कन नसकोस् भनेर निसहाय र अनिश्चित बनाएको हुन्छ । प्रतिकुल परिस्थितीको सामना गर्दा त्यसमाथी बिजय पाउन सामर्थ र संकल्प प्राप्त गर्नुहुनेछ । एउटा अवरोध तोड्दा अर्को ठुलो अवरोधको सामना गर्न बढी सामर्थ र साहश पाएर अगाडी बढ्न सकिन्छ । असल र सत बाटोमा हिंड्न पतिबद्धतासाथ कम्मर कस्नुहोस अनि कुनैपनि परिस्थिती सहायताको रुपमा खडा हुनेछ अवरोधको रुपमा होइन ।" एलेन जि ह्वाईट, क्राईष्ट अवजेक्ट लेसनस्, पृ. ३३१, ३३२ ।

"कति मानिसको चरित्र पक्का वा दरिलो हुन्दैन । तिनीहरु माटोको भकुन्डो जस्तो तुच्छ मनोबृत भएको हुन्छ र जुनसुकै आकारमा पनि ढाल्न सकिन्छ । तिनीहरुमा स्पष्ट निती, स्थिरता अथवा दृढता हुन्दैन र यस्तो मानिस ब्यबहारिक संसारको लागि निकम्मा हुन्छ । यस्तो दु्र्वल मनोस्थिती, अनिर्णय आस्थाको बन्दी र कार्यकुशलमा हिनताबोधहरुलाई जित्‍नै पर्दछ । येशूभक्तहरको चरित्र कसैले दवाउन नसकिने हुन्छ र जुनसुकै प्रतिकुल परिस्थिती आएपनि त्यसले तिनीहरुलाई ढाल्न सक्दैन । मानिसहरुमा नैतिकताको मेरुदण्ड हुनुपर्दछ, यस्तो चरित्रवाण र ईमान्दारी हुनुपर्दछ कि कसैले पनि चिप्लो घस्दा, घुष ख्वाउँन ल्याउँदा अथवा डर धम्किको चक्रब्युहमा नफसोस् ।" एलेन जि ह्वाईट, टेस्टिमोनिज फर द चर्च, ठेली ५, पृ. २९७ ।


[edit] चिन्तन मनन्:

१. तपाँईको मण्डली वा समुदायमले बिपन्न बर्गकोलागि के गरिरहेको छ ? अरु केहि बढी गर्नुसक्नुहुन्छ कि ?

२. तपाँईको संगतीमा वा समुदायमा समाज र देशले भोगीरहेको परिस्थितीको छलफल गर्नुहोस् कि जुन कि हाम्रो नियन्त्रणभन्दा बाहिर छ यद्यपि त्यसले हामी सबैलाई असर गर्दछ । तपाँई आफै एक जिम्मेवार नागरिकको हैशियतले त्यस परिस्थितीप्रती कसरी उत्तरदायित्व बहन गरिरहनुभएको छ ? तपाँई आफैले प्रतिकुल परिस्थितीको सामना गरिरहेकोलाई सहयोग गर्न के गरिरहनु भएको छ ?

३. बिलायतको प्रख्यात साहित्यकार जर्ज बर्नारड श ले यसो भनेका थिए, "कस्तो दु:ख पुर्ण छ कि युवायवतीहरु तरुण जाँगरमा खेर फालिरहेको छ ।" तपाँईले वा तपाँईको चर्च वा समुदायले युवा युवतीहरुको जाँगर, मेहनत, जोश, र प्रवल ईच्छाहरुलाई ठिक बाटोमा हिंडाएर गलत निर्णय लिनबाट जोगाएर राख्‍न के गरीरहेको छ ? के ब्यबहारिक सुझाउहरु छन् जसले तिनीहरुलाई ठिक उद्देश्यमा परिचालन गर्न सकिन्छ ?