महाराजा सोलोमनको घरानाको उदय र पतन
From StudyGuides
Contents |
भाग १
सोलोमन घरानाको उदय र पतन
यस भागको मुख्य पदहरु: २ ईतिहास ६:१-४८, ७:१-४, १ राजा ३:१६-२८, ११:१-४३
मुल पद: "जसलाई धेरै दिइएको छ, उसबाट धेरै उपेक्षा गरिन्छ" लुका १२:४८
"रिचार्द कोरी" एउटा धनी मानिसको बारेमा लेखीएको कविता हो जसमा एक गरिब मानिसले रीचार्दको धन, हेर्याई अथवा उसको सबै थोकको डाह गर्दछन् । यस कविता यस्तो मनमोहकरुपमा लेखिएको छ कि हामी पनि रीचार्द कोरी जस्तो हुन पाए कस्तो राम्रो हुन्थ्यो भन्ने भान हुन्छ । तर यो कविता यसरी अन्त हुन्छ कि त्यस सर्बसम्पन्न रिचार्द कोरी एक शान्त रातमा घरबाट बाहिर निस्कन्छ र आफ्नो शिरमा पेस्तोल तेर्स्याएर गोली पड्काउँछ ।
सर्वसम्पन्न सोलोमन राजा, रिचार्द कोरी जस्तै शारिरिकरुमा आत्महत्या त गरेन तर आत्मिकरुपमा चाहीं भन्न सकिन्दैन ।संसारले दिने सबै भौतिक सम्पन्नता सोलोमनसंग थियो । यती मात्र होईन स्वर्गबाट पाउने आशिषको पनि कुनै कमी थिएन । भनिएको छ "दाउदको पुत्र सोलोमनले आफ्नो राज्यमा पराक्रमी भए, परमेश्वर उसंग थियो र उहाँले अत्यन्त आशिषले भरपुर पारिदिनुभयो" २ राजा १:१
के भयो त ? कसरी परमेश्वरसंग हिडेको, स्वर्ग र पृथ्वीबाट पाएको बरदानहरुले भरिपुर्ण मानिसको जिवन अचानक तितो, रुखो र यातनामय भयो ?
यो प्रश्नको जवाफ त्यती गार्हो छैन । हामी जो भए तापनि, जहाँ रहे तापनि वा जति नजिक परमेश्वरको नजिक हिंडे तापनि हामी पतित मानिस हौं र सडेगलेको चोला लिएर आएका हौं । यदि हामी दैनिक जिवनमा परमेश्वरसंग एकाग्रतासाथ हिडेनौ भने ति भ्रष्त चोलाले हामीलाई बसमा राखेर हाम्रो जिवनलाई ध्वस्त पार्न सक्दछ । (लुका ९:२३)
यो भागमा उपदेशकको अध्ययन गर्नुभन्दा पुर्व हामी सितज ईम लेबन वा सोलोमन राजाको जिवन पद्धतीलाई हेर्नेछौ जो परमेश्वरको नजिक रहेको मानिस उहाँबाट टाडा हुन्दा कतिको खतारापुर्ण हुन्छ भनेर देखाउन परमेश्वरकै आत्माले प्रेरित भएर यो पुस्तक हाम्रोलागि लेखिएको थियो ।
१ सोलोमनको ज्ञानबुद्धि
निम्नलिखित पदहरु हेर्नुहोस किनभने यसले सोलोमनको प्रारम्भिक जिवन चरित्र कस्तो थियो भनेर जनाउँदछ:-
१ राजा ४:२९-३४-----१ राजा ३:२८----१ राजा १०:२३----मत्ती १२:४२---- यो द्विविधा छैन कि सोलोमन अत्यन्त बिलक्षण बुद्धि र ज्ञानले परिपुर्ण भएको ब्यक्ती थियो । तर बुद्धि र बौद्धिकज्ञान एउटै होईन । संसारको धेरै जसो दुष्ट, क्रुर र शैतानिक मानिसहरु बौद्धिकज्ञानमा निपुण हुन्छन् तर तिनीहरुमा यस्ता सदबुद्धिको कमि हुन्छन् जुन आफ्नो र मानव कल्याणकोलागि उपयोग गरिन्छ ।
बाईबलले दुई किसिमको बुद्धि हुन्छ भनेको छन्: संसारको बुद्धिज्ञान (१ कोरन्थी ३:१९) र परमेश्वरबाट आउने बुद्धिज्ञान (अयुब २८:२८, भजनसंग्रह १११:१०) ।
यि दुई थरिका बुद्धिज्ञानहरुको बिचमा के अन्तर छ सो बिचार गर्नुहोस् ?
स्पष्टरुपमा भन्ने हो भने सोलोमनले जुनसुकै सांसारिक बुद्धिज्ञान भएपनि ति परमेश्वरबाट प्राप्त भएको थियो: "र परमेश्वरले सोलोमनलाई बुद्धि र अत्याधि समझसक्ती दिनुभयो र धेरै उदार दिल दिनुभयो, समुद्रमा भएको बालुवा जत्तिकै सबै ज्ञानमा परिपुर्ण पारिदिनु भयो ।" (१ राजा ४:२९)
तदापि, यदि " परमेश्वरको भय मान्नु बुद्धिज्ञानको सुरुवात हो" भने सबै बुद्धिज्ञान र बौद्धिकताको आधार ति भय माथि निर्भर वा पहिचान हुनुपर्दछ जस्को यथार्थता, शक्ति र भलाई परमेश्वर हुनुहुन्छ । परमप्रभु परमेश्वर सदबुद्धिको सुरुवात हो । कुनै पनि सत्यहरु यसमा आधार छैन भने ज्ञान हुन सक्दछ तर बुद्धिचाहिं होईन । यो कति दुर्भाग्य पुर्ण छ कि कति बौद्धिक, शिक्षित र ज्ञानले भरिपुर्ण भएपनि यस्तो खालको बुद्धिको बारेमा ज्ञात छैन ।
कुनै ब्यक्ती शिक्षित, बौद्धिकतामा निपुण र बिलक्षण ज्ञानले भरीएको हुनसक्दछ तर जव उसलाई "तिमी पापी हौ" भने उसले यस्तो जवाफ दिन सक्दछ, "पाप के हो ? म पापी होईन ।" यो बुद्धिबिनाको ज्ञान कसरी हुन सक्दछ ? अरु कुनै यस्ता उदाहरणहरु थाहा छ जसले सांसारिक ज्ञान र परमेश्वरको बुद्धिज्ञानमा भिन्नता देखाउँछ ?
२ राजा सोलोमन परमेश्वरलाई आत्मसाथ गरी हिंड्दछ
जव सोलोमन राजा भए, उसले जुनसुकै बुद्धिज्ञान आफ्नो देशमा हासिल गरेपनि उसको प्रारम्भिक राज्यकालमा ति पर्याप्त नभएकोले अर्कै श्रोतबाट उसले बिलक्षणता हासिल गरेको थियो भनेर देखाउँदछ ।
१ राजा ३:१६-२८ ले परमेश्वरबाट पाएको बुद्धिमा के समावेश गरिएको छ भनेर वर्णन गर्दछ ?
सोलोमन राजाले न्यायोचित ढंगले राज्यसंचालन गर्न चाहिने बुद्धि र ज्ञान परमेश्वरबाट प्राप्तभएको बरदान थियो । तर यो सुन्यतामा अचानक पाईएको थिएन । सोलोमन परमेश्वरलाई आत्मसाथ राखेर उहाँको पथमा हिंडेको थियो; दिन प्रतिदिन परमेश्वरसंग सम्वन्ध राखेको थियो, यसको मतलव उसको हृडय परमेश्वरप्रतिको बिश्वास र उहाँको बचनलाई शिरोपर गरेर हिंड्न समर्पण गरेको थियो । यहि समर्पणताले मात्रै परमेश्वरले उसलाई सहिरुपमा ईस्रायलमा राज्य संचालन गर्न बुद्धि र ज्ञान दिन सक्नु हुन्थ्यो ।
१ राजा ३:३-१४ पढ्नुहोस । त्यसमा सोलोमनको शव्दहरुमा के तत्व पाइन्छ जसले परमेश्वरप्रति उसको कस्तो मनोभाव थियो भनेर देखाउँदछ ?
सोलोमनले यस पदहरुमा उल्लेख गरेअनुसार जसरी परमेश्वरबाट जुन बुद्धि प्राप्त भयो भनेको छ तिनै उसकोलागि प्रायजसो सबै महान सफलता ल्याउन निर्णायक मुलतत्व थियो । पद ९ ले समुच्चरुपमा यसरी बाख्या गर्दछ: उसले सहि कामगर्नमात्र बुद्धि मागेन (असल राजा हुन बुद्धि), एक युवक भएर जुन पुरा मनोभावले उसले परमेश्वरसंग बरदानको याचना गरे यसले यो देखायो कि उसको औंलामा सांसारिक ज्ञान भएपनि उसले परमेश्वरको आवश्यकताको महशुस गरेको थियो । सोलोमन, ईस्रायलका राजा, परमेश्वरकहाँ नम्र भएर आफुलाई चाहिने ज्ञानबुद्धिको बरदान मागेको थियो । यसमा उसले आफु सर्वसम्पन्न छु भनेर अहंता देखाएन । उसले उच्चबाट प्राप्तहुने शक्तिको आवश्यकताको महशुस गरे । जवसम्म उसले यो मनोभाव लिएर चले, निसन्देह परमेश्वरले उसबाट महान कार्यहरु गर्न सहज भएको थियो ।
फेरि अर्को तत्वपनि छन् जुन चुक्न दिनु हुन्दैन । उपरोक्त पदहरुमा सोलोमन र परमेश्वरको बिचमा भएको अन्तक्रिया पढ्नुहोस । उसको वचनले उसको हृदय सचमुखरुपमा कहाँ थियो भनेर दर्शाउँदछ । तर कुरा गरेरमात्र हुन्दैन । सोलोमनले परमेश्वरसंग बिश्वासको सम्वन्ध यथार्थरुपमा कसरी प्रदर्शन गर्ने ? यसको जवाफ पद १४ मा पाउँदछौं: "यदि तिमी मेरो बाटोमा हिंड्यौं भने........।"
यहाँ बिश्वास र कामसंग कस्तो सामज्यसता छ भनेर स्पष्टरुपमा उदाहरण प्रस्तुत गरेको छ । परमेश्वर सोलोमनद्वारा आफ्नो कार्य सम्पादन गर्न सक्नुहुन्छ र उसको बिश्वासको फल उसलाई दिन सक्नुहुन्छ, जवसम्म उ बिश्वासद्वारा आफ्नो कर्तब्य पालन गर्दछ ।
तपाँईको कामले तपाँईको बिश्वासलाई कसरी प्रतिबिम्व गरेको छ ? तपाँईको आचरण वा कामको हाउभाउले तपाँईको आस्था परमेश्वरमाथि छ भनेर कसरी देखाउँदछ ? यस जिवनशैलीमा कुनै परिवर्तनको आवश्यकको महशुस गर्नुभएको छ ?
३. राजा सोलोमन परमेश्वरको पवित्र मण्दिरमा
शायद, सोलोमन राजाले पाएको कुनै पनि अवसरहरुमा परमेश्वरले चुनेको शहर येरुशलेममा परमेश्वरको नाँउमा मण्दिर बनाउनुभन्दा अरु उच्च कार्य सम्पादन पाएको थिएन । स्वर्ग र पृथ्विका सृष्टिकर्ता (प्रकाश १९:६) परमेश्वरले त्यस शहरलाई बिशेषरुपमा उक्त मण्दिरको निर्माणको लागि रोज्नुभएको थियो (२ ईतिहास ६:६) । सोलोमनको पिता राजा दाउदले त्यो काम गर्न ठुलो ईच्छा थियो, तर बिषेश परिस्थितीले गर्दा त्यो काम दाउदबाट सोलोमनलाई हस्तान्तरण गरीयो ।
राजा सोलोमनको मण्दिरलाई समर्पण गरिएको प्रार्थना २ ईतिहास ६ मा पढ्नुहोस् । त्यस प्रार्थना पढ्दा तपाँईको बिचारमा के सार तत्वहरु पाउनुहुन्छ ? त्यस प्रार्थनामा उल्लेखित कुन दिक्षाहरु छन् जुन बर्तमान अबस्थामा परमेश्वरको साथ हिंड्न उपयोगी हुन्छ, जुन ब्यक्तिगत मात्र होईन तर सामुहिक रुपमा ?
राजा सोलोमनले ब्यक्त गरेको शब्दहरुमा धेरै प्रवाभशाली सत्यहरु निकाल्न सकिन्छ । उदाहरणस्वरुप पद १८ मा हेर्नुहोस्, जसमा सोलोमनले जगतको सृष्टिकर्ता परमेश्वरको महानता र अपारता साथै सृष्टिको बिशालता बुझ्न सजिलो छैन भनेर सोलोमनले स्विकार गर्दछ ।
फेरी प्रार्थनामा सोलोमनले यो पनि औंल्याएको छ कि मानिसहरु परमेश्वरप्रति बफादारी र कर्तब्यपरायण हुनुपर्दछ, यो उसले प्राप्तगरेको आत्मज्ञान हो । परमेश्वरले कुनैपनि बाचा ईस्रायलीहरुसंग बाँध्नुभयो ति निशर्त थिएन ।
शायद यस प्रार्थनाको अधिकतम महत्वपु्र्ण बुंदा त क्षमाको लागि प्रतिज्ञाको उपेक्षानै हो । यदि ईस्रायलीहरुले पाप गरे र त्यसको भोग गरे, परमेश्वरले आफ्नो बासस्थान स्वर्गबाट तिनीहरुको दर्द सुन्नेछन् र क्षमा दिनेछन् । तर याद गर्नुहोस क्षमा त्यत्तिकै दिईदैन जव सम्म उनिहरुले आफ्नो पापलाई स्विकार गर्दैन र पश्चाताप गर्दैन । यो प्रक्रियाले मानिस, परमेश्वरको बाटोबाट बिराएको छ भने उसले सहि बाटोमा हिंड्न प्रण गराउँछ ।
पद ३६ पढ्नुहोस, जसमा उल्लेख गरिएको छ कि कोहि मानिसपनि पापरहित छैन । यो पंक्ति सुसमाचारको सन्दर्भमा के बुझ्नुहुन्छ ? राजा सोलोमनले यहाँ के भन्न खोजेको छ ?
यहाँ हामी के देख्छौं भने सोलोमनले मानिसको कमजोरपनासंग परमेश्वरको प्रेमीलो क्षमासंग अन्तर भएको स्विकार गरेको थियो । २ ईतिहास ७:१-३ मा परमेश्वरले सोलोमनको प्रार्थनापुर्वक चढाएको बलीलाई स्विकार गर्नुभएको थियो ।
पुरानो नियममानै पाप नगर्ने कोहि छैन भनेर उल्लेख गरिएको छ भने हाम्रो सट्टा येशूको मृत्यु भएको थियो भन्ने सत्यतालाई कस्तो महत्वसाथ ग्रहण गर्नुहुन्छ ? हाम्रो अनन्त जिवनको आशाको केन्द्र येशूमै हुनुपर्दछ भनेर किन बिश्वास गर्नु पर्दछ ?
४. राजा सोलोमनको पतन
"यसकारण जो खडा छु (बिश्वासमा बलियो छु) भनेर सोचेको छ, त्यो होशियार रहोस, नत्रता त्यो लड्नेछ ।" १ कोरन्थी १०:१२
जतिसुकै परमेश्वरले उसको पक्षमा लाग्नु भएपनि र जतिसुकै आशिषहरु सोलोमनले पाएपनि उसले आफ्नो बाटो बिराउन थाले । एलेन जि ह्वाईटले स्पष्टरुपमा भन्नुहुन्छ: "परमेश्वरमाथी सोलोमनको आस्था थाहानै नपाउने गरेर यसरी क्रमिकरुपमा खुस्कन थाल्यो कि उ परमेश्वरबाट टाडा टाड हुन थालेको थियो । अप्रतक्षरुपमा उ परमेश्वरको अगुवाई र आशिषमा हुनुपर्ने बिश्वास कम कम हुन थाले र आफ्नै बाहुबलमा भरोसा गर्न थाले । अलि अलि गरेर उसले ईस्रायलीहरुलाई बिषेश मानिस बनाउन जुन कर्तब्य निर्भाह गर्नुपर्दथ्यो त्यसबाट हचकिन्दै गए र वरिपरिका राष्ट्रहरुको चालचलन रहनसहनमा आफुलाई ढाल्न थाले ।आफ्नो सफलता र पाएको सम्मानको गौरवको फन्दामा परेर, त्यस समृद्धको श्रोतलाई बिर्से ।" एलेन जि ह्वाईट, प्रोफेट एण्ड किन्गस्, पृइ ५५ ।
बाईबलले सोलोमनको नैतिक र आत्मिक पतनको श्रोत कसरी भयो भनेर उल्लेख गर्दछ ? १ राजा ११:१-४ मा हेर्नुहोस् । बिषेश गरेर उसको कुन कुरामा जानाजानि उलंघन गरे ? ब्यबस्था १७:१७ हेर्नुहोस् ।
सोलोमनले परमेश्वरबारे अपरिचित धेरै बिदेशी स्त्रीहरुसंग बिबाह गरे, रखवाली राखे, प्रचलित गैर बिश्वासी संस्कारले दिएको हुनाले उसले त्यसलाई उपभोग गरे, शायद ति आफैमा समस्याको रुपमा खडा नभएको हुनसक्दछ तर ति बिबाहहरुले उसको जिवनलाई कता मोड्यो सो महान समस्या सोलोमनको लागि भएको थियो । ति स्त्रीहरु जुन राज्यको कुनै ब्यक्ती भन्दा सोलोमनको नजिक थिए तिनिहरुलेनै परमेश्वरबाट उसलाई टाडा राख्न अग्रिम भुमिका खेले । १ राजा ११:४ मा उल्लेखित पद धेरै अर्थपुर्ण छ किनकि यसमा भनिएको छ जव सोलोमन बृद्ध भए उसको पत्नीहरुले उसको हृदय फर्काईदिए । अर्थात माथी एलेन जि ह्वाईटको शब्द अनुसार सोलोमन एकै चोटी परमेश्वरबाट टाडा भएन । तर आफ्नो जिवन पद्धतीद्वारा परमेश्वरका बचनहरुलाई अलि अलि गर्दै खण्डन गर्दै गए जुन तत्कालमा उसले गम्भिरताको महशुस भएन । तर ति सानोतिनो झिनो कदमले अन्तमा परमेश्वरबाट सोलोमनलाई टाडा राख्न स्त्रीहरुले अभुतपुर्वक सफलता हासिल गरे ।
सोलोमनले यसरी परमेश्वरप्रतीको बफादारीतालाई त्यागे पछि उसले कुन हदसम्म गैर बिश्वासी पथमा जान अग्रसर भए ? हेर्नहोस् १ राजा ११:४-९ ।
यो अत्यन्त आश्चर्यचकित कुरा हो ! परमेश्वरबाट रोजेको ब्यक्ती मुर्ती पुजा वा अरु देवी देवताहरुको सेवा गर्न थाले जुन परमेश्वरको पुर्णरुपमा ईच्छा बिपरित थियो । सोलोमनले यस्तो गती लिए भने, अरु जो कोही पनि हुन सक्दछ ।
हुनसक्दछ तपाँईको जिवनमा सोलोमनको जस्तै धेरै स्त्रीहरु नहोला, तर यस्तै कुनै तपाईको नजिक परमेश्वरलाई नचिन्ने अपरिचित स्त्रीहरु छन् जसले तपाँईलाई परमेश्वरबाट टाडा राख्न खोज्दछन् ? यदि छन भने कसरी त्यसलाई हटाउन सक्नुहुन्छ ?
५ राजा सोलोमनको अन्तिम दिनहरु
राजा सोलोमन आफ्नो धर्मपरायणताबाट खस्किन्दै गरेको बेलामा परमेश्वरले केहि नगरि बस्नुभएन । यो निसन्देह छ कि ति परमेश्वर जो "कोहि पनि नाश नहोस भनी चाहनु हुन्छ र मानिस पश्वाताप गरेर सहि मार्गमा हिंडोस् " (२ पत्रुस ३:९) प्रारम्भिकमा बिश्वासमा तल्लिन भएको सोलोमनको हृदयमा ठिक बाटोमा हिंडोस् भनेर निरन्तर घचघच्याई रहनु भएको थियो ।
सोलोमनका कार्यक्रिलाप प्रति परमेश्वर नाराज हुनुभएको भनेर उहाँले कसरी देखाउनु भयो ? हाम्रो कार्यक्रिलाप पनि राम्रो होस् वा नराम्रो होस् त्यसले अरुलाई कसरी असर पर्न सक्दछ भनेर यस पदहरुले प्रस्तुत गर्दछ ? फेरि यहाँ परमेश्वरले सोलोमनलाई सदाशय र कृपा देखाउनुभएको कहाँ पाउनुहुन्छ ? हेर्नुहोस १ राजा ११:११-१३
सोलोमनको पापपुर्ण कार्यले त्यसको कुन फल उसले भोग्नु पर्यो जुन परमेश्वरले परिक्षाको रुपमा ल्याउनुभएको थियो ? हेर्नुहोस्: १ राजा ११:१४-४३ ।
हुनत बाईबलले भनेको छैन, तर एलेन जि ह्वाईटले स्पष्टरुपमा भन्नुहुन्छ कि सोलोमनले जतिसुकै कठोरता देखाएपनि अन्तमा आफ्नो मुर्खताको महशुस गरे र पश्चाताप गरे । आफ्नो दारुण अनुभवबाट सिकेर आफ्नो जिवनको अन्तमा, "राजाले आउने पिंढीको लागि शिक्षाप्रद होस भनेर चेतावनिसाथ आफ्नो खेर गएको जिवन कहानी लेखेको थियो ।" एलेन जि ह्वाईट, प्रोफेट एण्ड किन्गस्, पृ. ७९ । ति कहानीनै हामीले थाहापाएको उपदेशक पुस्तक हो ।
उपदेशक १:१, १६ र २:४-१० पढ्नुहोस् । यस पदहरुमा सोलोमन राजानै यस पुस्तकका लेखक हो भनेर कसरी थम्याउन सक्दछौं ?
सोलोमनको उदासी जिवनबाट धेरै पाठहरु सिक्न सक्दछौं । प्रथमत: हामी जस्तो सुकै महान भएपनि मुर्ख पाप र अधार्मिकपरायणताबाट सुरक्षित छैनौं । दोश्रो, सोलोमनको पतनले आफुलाई मात्र कष्ट ल्याएन तर अरुलाई पनि, जुन साधारणत हामी सबैलाई थाहाभएको कुरा हो । अन्तमा जव हामी उपदेशकको पुस्तकलाई नियालेर हेर्नेछौं तव थाहा पाउनेछौं कि सोलोमनले गलत बाटो अपनाउँदा उसले कस्तो कटुता र कष्टको जिवनको सामना गर्नु परेको थियो ।
सोलोमन जती पतित भएपनि परमेश्वरले उसलाई त्याग्नुभएन । यसमा तपाँईले कुन शुभ-समाचार पाउनुहुन्छ किनकि तपाँईको जिवनपनि लडिबुडी खेल्दै अगाडी बढिरहनु भएको छ ?
उपसंहार
तपाँईसंग एलेन जि ह्वाईटको पुस्तक, प्रोफेट र किन्गस् छ भने राजा सोलोमनको कहानी पृ. २५-४६ पढ्नुहोस् । साथै यदि छ भने एस.डी.ए बाईबल कमेन्टरी ठेली ३ मा उल्लेखीत उपदेशकको परिचय पढ्नुहोस ।
"धेरै बर्षसम्म सोलोमनको जिवन परमेश्वरप्रति समर्पित थियो । उ सदाचारी र सिद्धान्तमा अटल हुन्दै परमेश्वरको आज्ञाहरुलाई कडाईकासाथ शिरोपर गर्दै हिंडेको थियो । उसको निर्देशनमा राज्यको हरेक कृयाकिलापको संचालन भएको थियो र राज्यसम्वन्धी कुनैपनि कामहरुलाई बुद्धिमानीपुर्वक सम्हालेको थियो । उसको धन र बुद्धि, भब्य भवनहरु र प्रारम्भिक शासनमा सार्वजनिक संरचनाको प्रबर्धन, जाँगर, धर्मपरायणता, न्यायपरायणता र काम तथा बचनले जुन उदारता देखायो त्यसले गर्दा उसका जनताहरु उ प्रति बफादारी भएको थियो, साथै अरु धेरै देशका शासकहरु उसमाथी निष्ठा र श्रद्धा थियो ।" एलेन जि ह्वाईट, प्रोफेट एण्ड किन्गस्, पृ. ३२ ।
"तर बिस्तारै सोलोमनले उसको महिमा र शक्तिको श्रोतलाई बिर्सन थाल्यो । जव उसले आफ्नो मर्यादालाई माथि राख्न खोजे, आत्मस्वभिमान बढ्न थाले र परमेश्वरको लक्षलाई आफ्नै लक्षसंग गासिएर अगाडी बढ्न थाले । उसले भन्न थाले वरिपरिका राजाहरुसंग ब्यापारिक र राजनैतिक सम्वन्धले सत परमेश्वरको ज्ञान उनिहरुलाई हासिल हुन्छ; र यस्तो मनशाय बोकेर उ एक राष्ट्र बाट अर्को राष्ट्रसंग अपवित्र गठबन्धनमा अग्रसर भए । प्राय जसो यि गठबन्धनले गैर बिश्वासी राजकुमारीहरुसंग बैबाहिक सम्वन्ध गाँसे । यसरी उसले वरिपरिका देशका संस्कार र चलन चल्तीलाई बढावा दिएर यहोवा परमेश्वरको निर्देशनलाई एकातिर पन्छाए ।" पृ. ५४
चिन्तन मनन्
१ बिचार गर्नुस संसारका महान नेता र अगुवाहरुले कस्तो भयानक भुलहरु गरे जुन उनिहरुले गर्नुपर्दैनथ्यो । यिनीहरु र सोलोमनको बिचको क्रियाकलापमा के बराबरी सम्वन्ध देख्नुहुन्छ ? तपाँई आफैले सोलोमनको गल्तीबाट के शिक्षा लिनसक्नुहुन्छ ?
२ हुनत हामी सबै सोलोमनहरु होईनौ, तैपनि हामी रहस्यमय तरिकाले परमेश्वरमाथी भरोसा राख्ने अभिभारालाई बिस्तारै पन्छ्याइरहेका हुन्छौं । यसबाट हामी कसरी सचेत हुनुपर्दछ ? साथै आत्मिकरुपमा चिप्लिन्दै गईरहेको मानिसप्रति हाम्रो उत्तरदायित्व के हो ? न्यायको आशन ग्रहण नगरी त्यस्तोलाई हामी कसरी मद्दत गर्न सक्दछौं ?
३ मण्डलीको हैसियतले तपाँईलाई कोहीको ज्ञान छ जो परमेश्वरबाट टाडा हुन गइरहेको ? बिश्वासीहरु मिलेर कसरी त्यस ब्यक्तिलाई परमेश्वरतिर खिच्न सक्नुहुन्छ ? परमेश्वरले उसलाई प्रेम गर्नुहुन्छ भनि अनुभूति दिन कुन प्रथम कदम चाल्न सक्नुहुन्छ ? हुन सक्छ त्यस ब्यक्तिलाई कुनै सामाजिक समारोहमा निम्ता दिएर उ प्रति सौहाद्रता कायम गर्नसक्नुहुनछ ।