मुर्दा झिगाहरु र सर्पलाई लठ्ठ पार्नेहरु: सुर्यको मुनी अरु जिन्दगीपनि छन्
From StudyGuides
Contents |
भाग ११
मरेका झिंगाहरु र सर्पलाई खेलाउनेहरु: सूर्यको मुनी अरुपनि जिवन छन्
यस भागकोलागि उपदेशक १० अध्याय पढ्नुहोस् ।
मुलपद: "जसरी मरेका झिंगाहरुले सुगन्धित अत्तरलाई दुर्गन्धित तुल्याइदिन्छन्, त्यसरीनै थोरै मूर्खताले बुद्धि र सम्मानलाई बेकामको बनाइदिन्छ ।" उपदेशक १०:१
अहिलेसम्म उपदेशकको अध्ययनमा हामीलाई यो थाहा पाउनु पर्दछ कि यस पुस्तकमा कुनैपनि बिचारको प्रवाह एकत्रित रुपमा छैन । यसको मतलव यो होइन कि जुन कथन वा बिचारलाई ब्यक्त गर्दछ त्यो आफैमा एकरुपता छैन । तर के भने सोलोमनले जुन विभिन्न भावनाहरु ब्यक्त गर्दछन् त्यो एक पछि अर्को भावनाहरु एकनासैरुपमा प्रगति भएको देखिन्दैन अर्थात यस पुस्तक क्रमाणुक ढंगले अगि बढेको पाइन्दैन ।यो पुस्तक छ्यासमिसे अभिब्यक्तहरुको संगालो भन्न खोजिरहेको पाउँदछौं ।
यद्यपि यसमा महत्वपुर्ण बिचार, तर्क, धारणा र चिन्तनहरु ब्यक्त गरेका पाउँछौं । यि सबै प्रशस्त गहकिलो अध्ययनको बिषयहरु यसमा प्रस्तुत गरिएका छन्, यि पुस्तक त्यसबेला अर्थपुर्ण हुन्छ जव हामी सम्पुर्ण बाईबलको परिबेशमा अध्ययन हुन्छ ।
यस भागको शिर्षक यो हुन सक्दथ्यो कि "बिचारहरु, वोलेका शव्दहरु र गतिविधी अथवा कार्यकलाप" किनभने यि तिनै कुराहरुको मनतब्य यस भागमा उल्लेख गरिएको छ । सोलोमनले हाम्रो बिचारको बारेमा भावना ब्यक्तगर्दछन्, हाम्रो बोली बचनहरु कस्तो छन् र हामीहरुका कार्यकिलापहरुलाई अगाडि ल्याउँछन् । क्रमाणुकरुपमा नभएपनि हाम्रो बिचार, बोली र कामहरुलाई प्रस्तुत गर्दा अरु भन्ने केहि हुन्दैन, हुन्छ त ?
प्रभावशाली कविताको छन्दमा सोलोमनले हाम्रोलागि धेरै चिन्तनको बिषयबस्तुहरु दिएको छ । जव हामी यस अध्यायमा अभिब्यक्तगरेका बिचारहरुलाई गौण गरेर हेर्दछौं यसमा धेरै खंदिलो पदार्थहरुले भरिएको पाउँदछौं, यसमा धेरै नितीनिर्देशनहरु छन ति अर्तिबुद्धीहरुलाई हाम्रो दैनिक जिवनमा सावधानसाथ लागु गर्द सक्यौ भने हामीलाई धेरै फायदजनक हुन्छ ।
१. मरेका झिंगाहरु
उपदेशक १०:१ लाई सामुहिकमा पढ्ने हो भने उपदेशक ९:१८ को अन्तिम भागसंग मिलाएर हेर्नुपर्छ । हुनत दुबै पदहरुले एउटै कुरा नलेखेको भएपनि उपदेशक ९:१८ ले १०:१ को भावनालाई स्पष्टता दिन्दछ । यसले यहि भन्न खोजिरहेको छ कि हामीले जति राम्रो गरेपनि एउटा सानो मुर्ख भुलले सबै बरबाद हुनसक्दछ ।
गत भागमा हामीले अलिकती हेर्यौं कि यस जिवनमा हामीले जुनकुराहरु रोज्छौं त्यसले हाम्रो अनन्त निर्दिष्ट स्थानको निर्धारण गर्दछ । तर धेरै पल्ट हामी जे रोजेका हुन्छौं त्यसको फल तत्कालिन उपभोग गरिन्छ पनि । कति पल्ट मानिसले कमजोर र होसगुमाउको अबस्थामा निर्णय गर्दा अचानक दु:ख, तकलिफ र पिडादायी परिणाम भोग्दछ । यि घट्नाहरु बेदनादायी किन हुन्छ भने प्रायजसो असल, बिश्वासीलो र आदरणिय ब्यक्तीहरुलेनै गलत ढंगले काम गरेर चिप्लिएर लडेको पाउँछौं । अर्थात मानिस जति उच्च आदरणिय हुन्छ, उसलाई सम्मानस्थानमा राखिन्छ वा नेतृत्व वहन गर्न अधिकार दिइन्छ उसमाथी बढि जिम्मेवार खन्याईयको हुन्छ जसले गर्दा उसको हरेक चाल सावधानीपुर्वक चल्नुपर्ने हुन्छ ।
तल बाईबलमा केहि उदाहरण प्रस्तुत गरिएका छन् जसमा कि असल वा धर्मी मानिसले पनि नराम्रो वा गलत बाटो अपनाएका थिए । कुन परिस्थितीले गर्दा तिनीहरुले ठेस खान पुगे र तिनीहरुको मुर्ख्याईंले गर्दा के परिमाण भोग्नुपर्यो ?
उत्पती ३:६
प्रस्थान ३२:१-४
२ सामुयल ११:१-४
कुनै मानिस धेरै बर्ष परमेश्वरकोलागि कार्यरत हुन्छन तर कमजोर अबस्थामा भुल गर्दछन, हुन सक्छ कुनै नैतिकरुपमा उ पतित हुन्छ, अनि अचानक उसको सम्पुर्ण परमेश्वरको नाउँमा गरेको काम र उसको सेवाकायी पेशामा ठुलो ढक्का पर्न जान्छ र उसको भावी नाउँ चकनाचुर हुन्छ । ठिक वा बेठिक त्यो आफ्नै स्थानमा छ तर हामी जुनसुकै पदमा किन नहोस हाम्रो ब्यबहारको नतिजा हामीलेनै सामना गर्नुपर्ने भएकोले हामी होशियार र बुद्धिमानपुर्वक हिंड्नु अति अनिवार्य छ । माथीका बाईबलका पात्रहरुलाई निसन्देह परमेश्वरले क्षमा त दिनुभयो र हामीपनि पवित्र कार्यमा बिश्वासघात गर्नेप्रति क्षमासिल त हुनै पर्छ । तर क्षमा पायो भन्दैमा नोक्सान भएको स्वत बिलाउन्दैन । प्राय जसो पदको दुरुपयोग गर्नेले गर्दा अरु मानिसहरुले सास्ती पाएको त्यसै हराउँदैन । यो कति सत्य हो कि केहि मरेका झिगाहरुले सारा अत्तरको सिसीनै गन्हाउँछ वा बेकामको हुन्छ ! कुनैपनि संघसंस्थामा निरंकुस हाकिमले गर्दा पुरै त्यो संस्था गन्हाउने हुन्छ ।
तपाँई आफ्नो चर्चमा जुनसुकै पदमा रहेपनि तपाँईले आफ्नो पदको दुरुपयोग गर्नुभयो भने त्यसको नकारात्मक परिमाण कस्तो हुन्छ सोच्नुभएको छ ? सावधान हुनुहोस र काम गर्नु भन्दा पहिलेनै बिचार पुर्याउन क्षमताकोलागि प्रार्थना गर्नुहोस् ।
२. मुर्खको हृदय
उपदेशक १०:२ काब्यशैलीमा मुर्खको र बुद्धिमानको मन वा हृदयको भिन्नता बर्णन गरिएको छ ।दाँया र बाँया भन्ने उपमा बाईबलको बिभिन्न स्थानहरुमा पाउँछौं । दाँया स्थान भनेको त्यो स्थान हो जुन कि सम्मान, आदर, शक्तीसम्पन्न र कृपापात्र ब्यक्ति रहन्छ । येशू आफैले यस भावनालाई यसरी ब्यक्त गर्नुहुन्छ कि जव उहाँ आउनुहुन्छ उहाँ शक्तिसाली दाँया हातमा हुने छ (मत्ती २६:६४, २५:३१-३४, प्रेरित ७:५५ ) । त्यसको बिपरित बाँया भन्नाले दुष्ट र दुर्भाग्यको पक्षमा भएको जनाउँछ । यो बाँया भन्ने शब्द ल्याटिन भाषामा सिनिस्त्र हो जुन कि अंग्रेजी भाषामा सिनिष्टर अथवा अनिष्टकारक वा दुष्ट भन्न् जनाउँछ । आजपनि कति बालबालिकाहरु जसले बाँया हातले लेख्न चाहन्छन् तिनीहरुलाई दायै हातले लेखाउन जोड गर्दछन् ।
यि कुरालाई ध्यानमा राखेर सोलोमनले उपदेशक १०:२ मा के भन्न खोजिरहेको छ ?
मन वा हृदय हाम्रो बिचार, भावना र योजनाको मुख्य थलो भएकोले ( उत्पती ६:५, प्रस्थान २५:२, १ सामुयल १६:७ ) सोलोमनले सरलरुपमा यो भन्न खोजेको छ कि बुद्धिमानी मानिसले आफ्नो बिचार, भावनाहरु र अभिप्रायहरुलाई सतर्कतासाथ सुरक्षा गर्नुपर्दछ जुनकि मुर्खले गर्दैन । यस पदले हामीलाई यो बताउँछ कि हाम्रो मन भित्र के हुन्छ त्यसलाई नियंत्रण गर्नुपर्दछ किनकि जुन कुरा भित्र हुन्छ त्यो ढिलो वा चाँडो बाहिर निस्कन्छ ।
माथीको परिच्छेदमा ब्यक्त गरिएका बुँदालाई उपदेशक १०:३ ले कसरी प्रकाश पार्दछ ?
पद ३ ले पद २ को परिपुरक हो । मुर्खको बुद्धि जुनकी उसको बाँया तिर हुन्छ कुनै न कुनै बेला त्यसको भण्डाफोर हुन्छ । अर्थात ढिलो वा चाँडो तपाँईको भ्रष्ट मन वा अभिप्रायहरु अरुको अगाडी खुला हुन्छ । आफ्नो मनलाई बसमा राख्नु अथवा सत मार्गमा हिंड्नु कती महत्वपुर्ण छ ! यदि हाम्रो मनलाई नियंत्रणमा राख्न सक्यौं भने बाँकी शरिरलाई बसमा राख्न सजिलो हुन्छ ।
हुनसक्छ तपाँई गलत बिचारहरुले ग्रष्ट हुनुभएको छ । ब्यबस्था ३०: ६ ले के भन्छ र यसले तपाँईलाई के आशा प्रदान गर्दछ ? त्यस प्रतिज्ञालाई पुरा गर्न फिलिप्पीयन ४:६-८ ले कसरी ब्यबहारिक सल्लाह दिन्दछ ?
३. धेरै दुष्ट र पापहरु
सोलोमन अरु धेरै गंभिर बाक्यहरु र अभिब्यक्तहरुलाई निरन्तरता दिन्दछ । पद ४-७ बु्झ्न केहि कठिन भएपनि अगाडीनै ब्यक्त गरेका कुरालाई फेरि दोहर्याउँछ ति हुन यस संसारमा न्याय छैन, र मानिसको जिवनले उचित मुल्याँकन पाएर उभोँ लाग्न मौका पाउँदैन र समानुपात ब्यबहार गरिन्दैन । यस पदहरुमा उल्लेख गरेका अनुसार कुन अन्याय र असानुपात ब्यबहारहरु छन् ? अरु कुन उदाहरणहरु तपाँईको बिचारमा आउँछन् ?
"सोलोमन राजाका पालामा बिषेश सहुलियत वा अधिकार पाएका मानिसहरुले मात्र घोडा वा खच्चर चढ्थ्यो (२ सामुयल १८:९, १ राजा १:३८, २ ईतिहास २५:२८, एस्तर ६:८, यर्मिया १७:२५ ) तर निम्न स्तर वा पद भएका मानिसहरुले गधाको प्रयोग गरिन्थ्यो । प्रारम्भिक ईस्रायलका राजाहरु र राजकुमारहरु पनि गधा कि खच्चरहरुको प्रयोग गर्दथे (न्याय कर्ता ५:१०, १०:४, १ राजा १:३३ )"- एस डि एलेन जि ह्वाईट बाईबल कमेन्टरी, ठेली ३, पृ, १०९८ ।
हुनत हामी कतिलाई यो मतलव वा वास्ता गर्दैनौ कि केहि धनिहरु यस्तो तल्लोरुपमा बसोस वा नबसोस, तर के भन्न खोजेको भने अपेक्षा गरे अनुसार यहाँ काम हुन्दैन । कति पटक त मुर्खले ठुलो सम्मान पाउँछ भने प्रतिष्ठित धनिले निम्न ब्यबहार पाउन सक्दछ । अर्थात प्रष्टरुपमा भन्ने हो भने ईमान्दार र बिश्वासिलो मानिसले दु:ख पाउँछ भने दुष्ट्याईँ, फताहा, छलकपट वा धुर्तको उन्नती हुन्छ । यो बिषयलाई उपदेशकमा किन दोहर्याईको भने यो बिश्वब्यापी समस्या हो भनेर स्विकार गरेको हुनाले । तर जे भए ता पनि यि कुराहरुले हाम्रो बिश्वास र परमेश्वरमाथिको निष्ठामा आँच आउन दिनु हुन्दैन । हामी यि सबै कुरालाई स्विकार गरेर र सहेर रहनु पर्दछ किनकि यो पतित संसारको चरित्रनै यस्तो हो ।
तपाँईले देखेको अन्याय र असमानतालाई हताउन वा निराकरण गर्न के भुमिका निर्वाह गरिरहनुभएको छ ? के हामीले यो संसारको चाला यस्तै हो भनेर हात बाँधेर बस्ने कि न्याय, समानता र मानिसको उच्चित मुल्याँकनकोलागि कार्यगत हुनुहुन्छ ? यदि मानिसको उचित उत्थानकोलागि प्रोत्साहन दिएर काम गर्ने हो भने कसरी गर्ने ? अर्थात हामी येशू भक्त हौं भनेर दावी गर्दछौं, संसारका गैर बिश्वासीहरु भन्दा हाम्रो कार्यकिलाप के फरक छन् ? हेर्नुहोस्:- यशैयाह ५८:६, मत्ती २६:५२, युहन्ना १८:३६, २ कोरन्थी १०:४, प्रकाश १३:१० ।
४. सर्पलाई लट्ठपार्नेहरु
उपदेशक १०:८-११ मा जिवनको बिभिन्न पक्षलाई समेटेर छोटो लोकोक्ति वा उखानहरु छन् । यि पढ्नुहोस् र यस बाट के शिक्षा पाउनु हुन्छ ?
यि पदहरु बुझ्न कठिन छन्; धेरै मिमांसाकारहरुले यसलाई बिभिन्न अर्थ लगाएका छन् । द एसडिए बाईबल कमेन्टरीमा यस छन्दहरुको बारेमा गरेको बाख्याले हामीले उखानको भेदलाई बुझ्न सक्दछौं ।
"पद ८ ले भनिरहेको पाउँछौं कि यदि हामी प्रतिहिंसाशील वा बैरभावको बिषले ओतप्रोत भयो भने के हुन्छ अर्थात अरुप्रति दुष्ट भावना राख्दा त्यसको परिणाम हामीलाईनै नराम्रो हुन्छ । अरुलाई खसाल्न खाल्डो खन्दा आफै खसिन्छ (भजन ७:१५, ५७:६, हितोपदेश २६:२७, एस्तर ९:२३,२५) । यहि बिचार पर्खालबारे ब्यक्त गरेका छन् । यदि अरुको पर्खाल भत्कायो भने त्यहाँ रहेको सर्पले तपाँईलाई टोक्न सक्दछ ।
पद ९ को अर्थ बिबादास्पद भएपनि, सोलोमनले यो भन्न खोजिरहेको छ कि हामीले राम्रो गरेपनि त्यसको नतिजा राम्रै हुन्छ भन्ने छैन । भलाई गर्दा कुभलो आफैलाई हुन्छ भन्दैमा भलाई गर्न रोक्नु हुन्न । तर यस मनस्थितीमा रहिरह्यौं भने निराशी भईरहन सक्दछ । हुन त सोलोमनले भोगेको कुरा भनिरहेको हो ।
पद १० आफै स्पष्ट छ । यदि तपाँईले नलागेको खुकुरी चलाउनु भयो भने केहि चिज काट्न धेरै गार्हो हुन्छ । त्यसकारण कुनै काममा अगि सर्न अगाडि आफ्नो बुद्धिलाई तिखो बनाउँदा फायदा हुन्छ जसरी अगाडिनै तिखो बनाएको खुकुरीले सामान काट्न सजिलो हुन्छ । "चरित्र निर्माण गर्न येशूभक्तहरुले आफ्नो हातमा रहेको आध्यात्मिक औजारहरुलाई कुशलतापुर्वक परिचालन गर्नुपर्दछ । तर गर्छु भनेर जाँगर मात्र देखाएर अग्रसर हुनु पुग्दैन यदि ज्ञानबुद्धी छैन (त्यो खोक्रो हुन सक्दछ ) (हेर्नुहोस रोमी १०:२)।" द एसडिए बाईबल कमेन्टरी, ठेली ३, पृ. १०९८
पद ११ मा भन्न खोजेको सरल छन् । यदि सर्पलाई खेलाउनेलाई सर्पले अगाडिनै टोक्छ भने त्यो सर्पलाई खेलाउनु हुन्दैन । यसको अर्थ यस पदको अन्तिम भागले अझ प्रष्ट पार्दछ । यसले बकवाद गर्नेहरु अर्थात गफ छाँट्नेहरु निकामको हुन्छ भन्न खोजिरहेको पाउँछौ । भाईपर जस्ता सर्पलाई लट्ठयाउनु अगाडिनै टोक्यो भने त्यसलाई लट्ठयाउनु बेकार हो, यसतै हो जो बकबक वा फतफते कुरामात्र गर्दछ ।
यस भागमा उल्लेख गरेको पाठहरु पुनर्बिचार गर्नुहोस् । कुन चाहिँले तपाँईलाई स्पष्टसंग बोलिरहेको पाउनुभएको छ ? कुन अर्ति तपाँईको जिवनमा अपनाउन सक्नुहुन्छ ? के तपाँई ईखालु, क्रोध र बदलाले अभिप्रेरित हुनुहुन्छ ? के तपाँई बकबादमात्र गर्नुहुन्छ ? तपाँईले कति समय आध्यात्मिक ज्ञानमा समय बिताउनुहुन्छ जसले गर्दा कुनैपनि असहज कठिनाईको सामना गर्न तमतयार पार्दछ ।
५. मुर्खको ओठ वा जिब्रो
उपदेशक १० को बाँकी अंक बिभिन्न बिषय बस्तुमा आधारित छन् तर यस समय हामी केवल पद १२-१४ र २० छलफल गर्नेछौं किनकि यसमा हामीहरुको बोलिबचनमा कस्तो सतर्कता अपनाउनु पर्छ भनेर अर्ति दिएको छन् । साँच्चीनै हाम्रो बचनमा एकदम होशियार हुनुपर्दछ किनकि हामी जे बोल्छौं त्यसले हामी को हो भनेर प्रतिबिम्ब गर्दछ ।
पद १२ मा उल्लेखित ज्ञानिबुद्धिमानीको मुखको बचन र मुर्खको मुखको बचनमा के भिन्नता छ ? उसले के भन्न खोजिरहेको छ ? निम्न पदहरुपनि पढ्नुहोस्:- भजन ४५:२, हितोपदेश २२:११, लुका ४:२२
नेपाली बाईबलमा शिष्टाचार भनेर रुपान्तर गरेपनि अंग्रेजीमा "बुद्धिमानीको बचन कृपालु वा अनुग्रही हुन्छ" भनेको छ । यो यहि शब्द हो जुनकी नोहाले परमेश्वरको आँखाको अगाडि कृपालु वा अनुग्रही भेट्टाउनु भयो । अनुग्रह त्यसले पाउँछ जो अयोग्य छ अर्थात हामीले पाउनुपर्ने सजायँ नपाई क्षमाको अभयदान पाएर कसैको अगि कृपापात्र बन्नु हो ।परमेश्वरले दिने मुक्तिको बरदान पनि त्यहि हो । हामीले पाउनुपर्ने सजायँ पाएका छैनौं तर हाम्रो सट्टा येशूले पाउनुभएको थियो ।तर त्यसको बिपरित मुर्खले आफ्नै कुराले आफैलाई सखाप पार्दछ । यो शब्दलाई बिभिन्न स्थानमा प्रयोग गरेर पापीहरुले कसरी सजायँ पाउँछ भनेर देखाएको छ (प्रस्थान १५:१२, गन्ती १६:३२, यर्मियाह ५१:३४, बिलाप २:५) ।
उपदेशक १०:१३ पढ्नुहोस् । यो पदले कसरी पहिलाको पदलाई स्पष्टिकरण गर्दछ ?
कति पटक हामी त्यस्ता मानिसलाई वास्ता गर्दैनौ जो कुरामात्र गर्छ तर कामचाहिँ गर्दैन । तर धेरै पल्ट कुराले काम गर्दछ किनकि कुरालेनै हृदयमा भएकोलाई प्रतिबिम्व गर्दछ । मुर्खले केहि नगरि कुरामात्र गर्यो भने त्यो त खरावनै छ तर यो कुरालाई मात्र कतिपटक त मुर्खलाई चित्त बुझ्दैन । किनभने यसले मुर्ख काममा पनि अग्रसर गर्दछ । त्यसकारण बाईबलले हाम्रो जिब्रोलाई सम्हाल्नु पर्छ भनेर बारम्बार भनेको पाईन्छ ।
पद २० मा के ज्ञानबर्धक उपदेश छ ?
सोलोमनले भन्न खोजेको यहि हो कि बुद्धिमान मानिसले आफ्नो शब्द भावनाहरुलाई होसियारसाथ आफ्नो मुखबाट निकाल्छ तर मुर्खले जथाभावी बोल्दा नचाहिंदो तकलिफ र दु:ख ल्याउँदछ ।
त्यस बेलाको समय सम्झनुस् कि जव तपाँईले अपरझत नचाहिंदो केहि बोल्दा अनाहकमा झमेला वा अशान्त खेप्नु पर्यो । यसबाट के पाठ तपाँई सिक्नुहुन्छ ? जसले आफ्नो जिब्रो सम्हाल्न सकेको छैन उसलाई के सरसल्लाह दिनुहुन्छ ?
उपसंहार:-
बढी जानकारीको लागी: एलेन जि ह्वाईट, द डिजायर अभ एजेज्, पृ. ३२३, क्राईष्ट अवजेक्ट लेसनस्. पृ. ३३७, टेस्टिमोनिज फर द चर्च, ठेली २, पृ. ३०२ ।
"यो प्रकृतीको नियम हो कि हामी जे बिचार गर्छौ र भावनाहरुलाई प्रोत्साहन र मजबुत हुन्छ जव तिनीहरुलाई हामी ब्यक्त गर्दछौं । जव शब्दहरुले बिचारलाई अभिब्यक्त गर्दछ, यो पनि सत्य हो कि हामीले जे बोल्छौं त्यसले बिचारमापनि अग्रसर गर्दछ । यदि हामीहरु हाम्रा बिश्वासहरुलाई बढी ब्यक्त गर्छौं भने, हामीले पाएको परमेश्वरको प्रेम र करुणा जस्तो आशिषप्रति बढी हर्षित भयौं भने-हामीलाई थाहा छ यो कमै गर्दछौं, हामीमा बढी बिश्वास, निष्ठा र अचुक आनन्दले भरीपुरहुनेछौं । कुनैपनि जिब्रोले ब्यक्त गर्न शब्दहरु पाउँदैन, कुनै सिमीत मगजले कल्पना गर्न सक्दैन ति आशिषहरु जुन हामी पाउँछौ यदि हामीले परमेश्वरको भलाई र प्रेमप्रति आभारहरु ब्यक्त गर्ने बानी भयो भने । यस संसारमै रहन्दा कहिलै नसुक्ने आनन्दको मुलको अनुभव गर्द सक्दछौं किनकि ति परमेश्वरको गद्दीबाटनै बहयियोको हुन्छ ।"- एलेन जि ह्वाईट, द मिनिष्ट्री अभ हिलिङ्ग, पृ. २५१ ।
"आज जुन बचनहरु हामी उच्चारण गर्दछौ त्यो अनन्तसम्म प्रतिध्वनीभएर थर्किएर बस्न सक्छ । आज हामीले गरेका काम स्वर्गको पुस्तकमा लेखिएको हुन्छ जसरी कुशल चित्रकारले आफ्ना बिशेषताहरुलाई आकर्षक चित्रमा उतार्दछ । हामी यहाँ जे गर्छौं त्यसले हाम्रो भावीको निर्णय गरिनेछ चाहे अनन्तको सच्चिदानन्द वा अनन्तको नोक्सान र दारुण पछुतो ।"- एलेन जि ह्वाईट, टेस्टिमोनिज टु द मिनिष्टरस्, पृ. ४२९, ४३० ।
चिन्तन मनन्:
१. शब्द वा बोलीको शक्तीको बारेमा बिचार गर्नुहोस्: यसले गरिने असल र खराब । साथीभाईहरु र बिश्वासीहरुको बिचमा यस बारे छलफल गर्नुहोस् र तपाँईले आफ्नो बचनहरुलाई कसरी जोगाएर उच्चारण गर्नुपर्छ भन्ने कुनै ब्यबहारिक शिक्षा छ भने एक आपसमा बाँढ्नुहोस् । कसैले आफ्नो अनुभव बताएर शब्दको प्रभावबारे छलफल गर्नुहोस् । यस बिषयमा आफुहरुमा केहि ब्याबाहारिक सुझाव र सल्लाह छ भने त्यसको सूची बनाउनुहोस जुनकि सरल र आफ्नो जिवनलाई निर्देशन दिने होस् ।
२. हाम्रो बिचारहरु र बोलीहरु अति महत्व भएकोले तपाँईले अहिलेका युवा युवतीहरुलाई ठिक कुरा रोज्नेमा, हेर्नेमा वा पढ्नेमा कसरी सरसल्लाह र सुझाव दिनु हुन्छ ? हाम्रो मगजमा के राख्छौं त्यसमा सावधानी अपनाउनु किन पर्दछ ?
३. तपाँईहरुको अध्ययनको झुन्दमा कसैले परमेश्वरले दिएको उत्तरदायित्वप्रति गैर जिम्मेवार भएको छ भने त्यसको छलफल गर्नुहोस् । चर्चले यस्ता ब्यक्तीहरुको गतिबिधीलाई कसरी हेरिरहेको छ ? यस्तो मामिलामा कुन शिद्धान्त अपनाउनुपर्दछ ? जो मानिस पतित भएका छन् तिनीहरुलाई अनुग्रह र दया कसरी देखाउनु पर्दछ जब त्यसैबेला बिश्वासीहरुलाई त्यस्ता धोकेवाजहरुबाट बचाउनपनि आबश्यक हुन्छ ?