लक्षहिन भएर हावामा भौ‌तारिनु

From StudyGuides

Contents

भाग ७

हुरी बतासको पछिपछि डगुर्नु

यस भाग उपदेशक ६ लाई केन्द्रित गरीएको छ ।

मुल पद: "मानिसले जे जति परिश्रम गर्छ त्यो मुखको लागि मात्रै हो, तर यसले यो निश्‍चय छ कि उ कहिलैपनि आत्मसंतुष्टी हुन्दैन ।" उपदेशक ६:७ (अनुबादकको आफ्नै रुपान्तर) ।

यो संसारले सदासर्वदा सन्तुष्ट दिन्दैन र हाम्रो यो जिवन केवल घामछाँया वा क्षणिक हो भन्ने ज्ञान हुन मानिसले धेरै अध्ययन वा गहिरो खोजनिति गर्नु पर्दैन ।यसको साथै हामीहरुको शुखशैल ब्यर्थ हुनेर जानेछ, हाम्रो दुष्टताको सिमाना छैन, मृत्यु जसले हाम्रो अगाडी जहिलेपनि चुनौतिकोरुपमा खडा भईरहन्छ, ति सबैको अन्त भएर हामीलाई अनन्त सम्म सच्चिदानन्दको ईनाम वा सत्यानाशको सजायको भागी हुनेछौं भन्ने आत्मज्ञानको लागि पनि मानिसले धुरन्धररुपमा अध्ययन गर्न जरुरी छैन ।

"यो भन्दा यथार्थता अरु छैन र साथै यो भन्दा आतंकित अरु हुन्दैन । मानिसले जतिसुकै बिरता देखाएपनि र उसले आफ्नो जिवनको ब्यबहारमा जतिसुकै श्रेष्ठता बाटो अपनाएपनि अन्तमा उ मृत्युको अगाडी झुक्नै पर्दछ । यस कुरालाई गहिरियर सोचौं कि यस जिवनमा पुर्ण भलाईको अपेक्षा गर्नु बेकार हो तर पछिको जिवनको आशालेमात्र हामीले सन्तोषको सास फेरिरहेका छौं, हाम्रो सुखपना यस आशाको अनुपातमामात्र निहित हुन्छ र जसले भविष्यको अनन्त जिवनको निश्चयतामा भरोसा राख्‍दछ, उसको लागि कुनैपनि दु:खकष्ट केवल क्षणिकमात्र हुन आउँछ र यस दिब्यज्ञानरहित ब्यक्ति कहिलेपनि सुखआनन्दको अनुभूति भएको पाईन्दैन ।" ब्लेज पाश्काल, पनसिज ।

१७ ‌औ सताब्दिका प्रसिद्ध दर्शनशास्त्री पाश्कालले आफ्ने शैलिमा सोलोमनले उपदेशकको पुस्तकमा उल्लेख गरेका केहि भावहरुलाई अभिब्यक्त गरेको पाउँछौं । यस भागमा हामीले सोलोमनले ब्यक्त गरेका अरु केहि शोकान्वित भावानाहरुलाई निरन्तरता दिनेछौं जसमा दुष्टता, पतित संसारमा अन्यायको जालो, पराजय वा भग्नोत्साहले अभिप्रेरित भएको पाउँछौं ।

१. संसारमा कुनै सुरक्षित ठाँउ छ त ?

" यसो भन्दै तिनिहरुले मेरो मानिसको दर्दलाई अलिकतिमात्र निको पार्‍यो: "शान्ती भयो, शान्ती भयो, जव यथार्थरुपमा त्यहाँ शान्ति छैन ।" यर्मिया ६:१४ (अनुबादकको आफ्नै रुपान्तर)

१९३० को दशकमा संसारको धुरन्धर बुद्धिजिवीहरुले एक मन गरेर संसारमा एकदम सुरक्षित स्थान कहाँ होला भनेर खोजनिती गरे, किनकि तिनीहरुले भविष्यप्रति चिन्तित थिए । उनिहरु यस्तो स्थानको खोजी गरे जहाँ लडाँई, सघर्ष आदिले नछोएको होस् । आफ्नो भएभरको उत्तम श्रोतहरुको परिचालन गरे, सबभन्दा असल लेखाजोखा अथवा डाटाहरु जम्मा गरे, पाएका तथ्यहरुलाई शिपालुतवरले बिश्‍लेषण गरे र सबै शिपहरु लगाएर अन्वेषण गर्दा ति बुद्धिजिवीहरुले संसारको आदर्शमय सुरक्षित स्थान सन १९३० मा पत्ता लगाए । ति थिए पाशिफिक समुन्द्रमा भएको एक बिषिष्ट टापु । यसको नाउँ के थियो त ?

ओकिनावा दुर्भाग्यबस जापानको त्यस स्थान दोश्रो बिश्वयुद्धको केन्द्रबिन्दु भयो जहाँ जापानिज र अमेरिकनहरुको बिचमा अप्रिल १, १९४५ सन् मा भयंकर रक्तालु युद्ध भयो र त्यस स्थानमा अमेरिकनहरुले आधिपत्य जमायो तर त्यस टापुका मानिसहरुले ठुलो मुल्य चुकाउनु परेको थियो- कत्तिले ज्यानमात्र गुमाएन सारा भौतिक संरचनाको ९० प्रतिशत धरासयी भए ।

भनाईको अर्थ ? यो बुझ्न सरल छ । हाम्रो संसार पतित बिश्व हो । पाप, मृत्यु र दु:खदर्द, पिडाले आधिपत्य जमाएको ग्रह हो । अहिले हामीले देखेको संसार यस्तो हुनुपरेको थिएन । त्यसकारण हामी दावी गरेर भन्न सक्दछौं कि साँच्चैकै सुर्य मुनी कुनैपनि यस्तो स्थान छैन जसमा हामी पुर्ण भरोसा राख्‍न सक्दछौं ।हाम्रो पाईटालामुनीको जमिन पनि सुरक्षित छैन किनकी कुनै समयमा भुँईचालो गएर त्यो धरासयी हुन सक्दछ नपत्याए भुँईचालोको अनुभव गरेकाहरुलाई सोध्नुहोस् ।

एक पक्षमा हेर्ने हो भने यो हुनु ठिकै थियो. किन त ? किनभने यो संसार हाम्रो घर होईन । यो बिश्व नाश हुन तोकिएको स्थान हो । हेर्नुहो: २ पत्रुस ३:१०-१३ । यहाँ भएको सबै थोक बिलाएर जाने छन्: लुका २१:३३, प्रकाश २१:१ । यो तथ्यलाई अश्‍विकार गर्नु र बिर्सनु सबभन्दा खतरापुर्ण छ किनकि परमेश्वरले संरचना गर्नुभएको अनन्तको राज्यलाई बिर्सेर यहिँ संसारको भुमरीमा परिरहनु वा यसको कामबास्नामा क्षुब्द भईरहनु भनेको यो संग हामीपनि नाश भएर जानु हो ।

भजन ११५:१-७, यशैयाह ४४:९-१७, ४५:२०-२२ पढ्नुहोस् । यि पदहरु सयौं बर्ष अघि लेखेको भएपनि आजकोलागि किन सान्दर्भिक छन् ? परमेश्वरले हामीलाई के मा सावधानी गराईरहनु भएको छ अथवा कुन कुरामा होसियार हुनुपर्दछ भनेर सतर्कता औंल्याईरहनुभएको छ ?

परमेश्वरले पुरानो नियममा पटक पटकसम्म मानिसहरुलाई संसारदेखी टाडा रहन, यसको रहनसहन र शिक्षादिक्षा अनि मानिसको बुद्धिले सृजेका मुर्तीदेव र देविहरुदेखी बिभिन्न रितले र शिद्धवक्ताहरुद्वारा सन्देश दिएपनि तिनीहरु अत्तेर भएको कारणले तिनीहरुको उद्धार हुन सकेन । सबभन्दा खराव त के भयो भने परमेश्वरले कत्तिलाई उद्धारमात्र गर्न सक्नुभएन, उनिहरुलाई संतुष्टपनि पार्न सक्नुभएन ।

संसारमा तपाँई झेलीरहनुभएको छ, बिचार गर्नुहोस कुन कुराले तपाँईको जिवनलाई कठिन बनाई रहेको छ ? तर कत्ति ति नराम्रो कुरापनि आशिषमा परिवर्तन भएको पाईरहनुभएको छ कि ? अथवा कुन कुराले तपाँईलाई यो स्मरण गराउँछ कि यो संसार तपाँईको अन्तिम गृहस्थान होईन ?

२. जव सुनमा खिया लाग्दछ

अमेरिकामा सन् १९२९को दशकमा ठुलो दुर्भाग्यपुर्ण महान उदाशताको अनुभव गर्नुपरेको थियो । सारा धितोपत्र अथवा लगानीको ब्यापार धरासयी भयो ।हजारै ब्यापारीको लगानी दुब्यो र ठुलो बचतहरु गुमाए । धेरैको चलअचल सम्पती रातारात ध्वंस भए । धेरै मानिसहरु चाहे गरिव वा धनी सबैले सबै थोक गुमाए । एक जना धन्याद्य जसको तिनवटा घरहरु थिए, उसको ब्यापार यसरी धरासयी भएको दुई बर्षसम्म आफु आफ्ना परिवार एउटा पुलमुनी बिताउनु पर्‍यो । उनिहरु बाँकी रहेका लुगाफाटाहरु र बचेका यताउती सामानहरु बेचेर गुजारा चलाए । यहि ति परिवार थियो जो कि दुई बर्ष अघि अति मंहगो जहाजमा यात्रा गरी युरोपमा छुट्टि मनाउन गएको थिए ।

उपदेशक ६:१,२ पढ्नुहोस् । सोलोमनले के बुँदा प्रस्तुत गर्न खोजेको छ ? उसले ब्यक्तगरेका यस निती यस संसारमा कुन चिजहरुमा लागु हुन सक्छ ? यसले यस संसारमा हामीलाई के चरम पाठ सिकाउँछ ?

हामी सबैले यस्ता धेरै कथाहरु सुनेका छौं वा सुनिरहेका छौं अथवा देखीपनि रहेका छौं कि मानिसहरुले अपार धन सम्पती थुपारेर रातारात गुमाउनुपरेको हुन्छ ।ति श्रीसम्पती कुनै न कुनै रुपमा आफुले नचाहाँदा नचाहँदैपनि आफ्नो हातबाट फुस्किन्छ । सोलोमनलाई सब भन्दा ठुलो आपत्ती त धनदौलतले शान्ती र सुख किन्न सकिन्दैन न त त्यसलाई थामी राख्‍न सक्दछ भन्ने यथार्थताले पिरोल्नु हो । अनि ति सम्पती गुमाउनु पर्दा मानिसलाई महान पिडा वा आघातको अनुभव हुनबाटपति बंचित हुन्दैन ।

फेरि धनदौलत वा श्री सम्पतीमात्र होईन । मानिसहरुले आफ्नो असल नाम र ईज्जतकोलागि कति लगानि गरेको हुन्छ तर त्यो पनि बिलाएर जान्छ । हामीलाई थाहा छ कि बिगत समयहरुमा कत्ति मानिसहरुले महान किर्तिको स्थापना गरे तर आज तिनीहरुको नामनिशाना नभएको पाउँछौ । यि सबैले हामीलाई यो पाठ सिकाईन्छ र सतर्कता अपनाउन बाटो देखाईन्छ कि यस संसारमा माया मोहमा टाँसी रहनु त्यस्तो उपलब्दीमुलक हुन्दैन किनकि एक दिन ति सदाको लागि बिलाएर जानेछ ।

मत्ती ६:१९,२० र लुका १२:३३ पढ्नुहोस् ।यस संसारमा धन किन थुपार्नु हुन्दैन भन्ने भनाई बुझ्न कठिन छैन, तर स्वर्गमा कसरी धन थुपार्ने ? यस प्रश्‍नको जवाफ दिन प्रयास गरिरहन्दा यो पनि स्मरण गर्नुहोस् कि तपाँईले स्वर्गमा कसरी र के धन थुपारिरहनु भएको छ ?

३. पारिवारिक मामिला

परमेश्वरले परिवार भनेको आषिशमय हुनको लागि स्थापना गर्नु भएको हो । आमाबाबुले एक आपसमा प्रेम, मायाको प्रदर्शन गरेर आफ्नो सन्तानहरुलाई ति माया र ममता बर्षाउनको निर्विकल्प छैन । परिवारमा प्रेम र एक आपसमा घनिष्ट सम्वन्ध हुनु मानव समाजको उच्चतम हर्षको अनुभुती हिजोपनि थियो आजपनि निरन्तरता त्यसले पाईरहेको देख्‍दछौं ।

तर शैतान र पाप कुनै दन्त्य कथा नभएर वास्तिविकता भएको कारणले परिवार जुन महान हर्षको श्रोत हुनुपर्नेमा दु:ख, पिडा, शोकसंतप्त र बेदनाको सूत्रपनि हुन सक्दछ ।यो यथार्थता बर्तमान समाजमा हामीले मात्र भोग्नुपरेको अनुभव होईन, बाईबलका कतिपय बिरपात्रहरुले पनि झेल्नुपरेको थियो । यसको केहि उदाहरणहरु निम्न पदहरुमा पाउँछौ, जवकि तिनिहरुले पारिवारिक बिद्रोह वा उपद्रवको सामना गर्नु परेको थियो ।

उत्पती ४:१-८

उत्पती ३७:१९-३६

२ सामुयल ११:१-४

२ सामुयल १३:१-१४

मत्ती १०:३५-३७

१ कोरन्थी ५:१


हुनत प्रायजसो उपरोक्त पदहरुमा उल्लेख गरेका पारिवारिक बिग्रहता कारुणिक छन् । तर त्यसको बिपरित उपदेशक ६:३ मा सोलोमनले कस्तो आदर्श परिवार हुनुपर्दछ भनेर प्रस्तुत गर्न खोजेको पाउँछौ: मानिसको अन्तरहृदयमा पुर्ण संतुष्ट नभएपनि उ दिर्घायु भएको र उसको धेरै सन्तान भएको होस् । यि असल कुरा हुन तर यसले पुर्ण भलाईनै होईन । यसले पुर्ण आत्मस्तोष्टि दिनुपर्छ भन्ने छैन । परमेश्वरले मानिसलाई यस किसिमको चाहना राखीदिनुभएको छ कि जतिसुकै ठुलो परिवार भएपनि त्यसले मानिसलाई सन्तोष दिन सक्दैन ।

"जिवित जिवातहरु चाहनाको आशा गरेर जन्मेको हुन्देन जव सम्म ति चाहनाहरुको अस्तित्व हुन्दैन । बालकलाई भोक लाग्दछ किनकि त्यहाँ खाना भएकोले ।हाँस पौडी खेल्न चाहन्छ किनकी त्यहाँ पानि भएको कारणले । मानिसमा कामबासना हुन्छ किनकी त्यहाँ यौनको अस्तित्व भएकोले । यदि म मा यस्तो चाहना, ईच्छा वा धोको छ जुनकी यस संसारको कुनै अनुभव वा चिजले संतुष्ट पार्न सक्दैन भने त्यसको कारण एउटै छ ति हुन म अर्कै संसारकोलागि सृष्टी गरिएको रहेछु ।" बिलायतका प्रशिद्ध साहित्यकार सि.एस. लिविस, मेर क्रिश्‍चियानिती ( न्यु योर्क: साईमन एण्ड शस्टर, १९९६), पृ. १२१ ।

अन्तमा हाम्रो आशा र सुरक्षा परमेश्वरमामात्र निहित भएतापनि परिवार एक महत्वपु्र्ण समाज हो । तपाँईले आफ्नो परिवारिकसम्वन्धलाई मजबुत पार्न के गर्न सक्नुहुन्छ ? प्रार्थना गर्नुहोस् र परिवारकोलागि त्याग गर्न सिक्नुहोस् ।

४. दिर्घायु जिवन ?

एउटा काल्पनिक दृष्यको कल्पना गरौं । मानौ दुई जना अन्तरिक्षको मानिसहरु कुरा गरिरहेका छन् । एक जनाले अर्कोलाई भन्छ, " तिमीलाई थाहा छ, जिवन भनेको के हो म बुझ्नै सक्दिन । यहाँ म बुढो भईरहेछु । मेरो जिवन रमाईलोसंग बिते तर अब अन्त हुन लागेको छ । म भन्दा अघि आउनेहरु सबैलाई हेर; र मेरो पछि आउनेहरुलाई पनि हेर । हामी यहाँ छौं र हामी यहाँबाट बिलाउने छौं ।समय कति छिटो जान्छ । मेरो अर्को जन्म दिनमा ५,००० बर्ष हुनेछू । म ४,००० बर्ष भएको हिजो जस्तो मात्र लाग्दछ । यसको अर्थ के हो ?

यो काल्पनिक खण्डले सोलोमनले उपदेशक ६:१-७मा ब्यक्त गर्न खोजेको भावनालाई चरितार्थ गर्न खोजेको पाईन्छ । यसमा कारुणिकढंगले मानिसको अधर्म, अन्याय र पापको पिढा भोग्नुको सट्टा नजन्मिनुनै उत्तम भनेको छ (हेर्नुहोस उपदेशक ४:१-३)। यस जिवनको दु:ख र सार्थकहिनलाई खप्नु भन्दा भ्रुणमै मृत्यु हुनु भाग्यमानी हुन्छ भनेर सोलोमनले आफ्नो मनसाय ब्यक्त गर्दछ । फेरि यो जत्तिकै नकरात्मक भए पनि यस संसारमात्र र त्यसपछि केहि छैन भन्ने लक्षहिन भावनाले प्रेरित भएको मानिसलाई यो बेतर्क भन्न मिल्दैन: यो क्षणिक अर्थहिन जिवन के को लागि बाँच्ने ?

उपदेशक ६:६ पढ्नुहोस । सोलोमनले भन्न खोजिरहेको छ ?

जिवन द्रुत गतिले अघि बढ्छ; हुन सक्छ यस पतित संसारमा यो आशिषमयपनि हुनसक्दछ । के तपाँई यस पापी संसारमा दु:ख, पिडा, अन्याय आदिको भुमरीमा परेर ५,००० बर्षसम्म बाँच्न चाहनुहुन्छ ? मृत्यप्रति हाम्रो जतिसुकै तिरस्कृत भावना भएपनि मरेकोलागि यो राहत हुनसक्दछ, जिवित परिवारकोलागि आहत भएपनि ।

निम्न पदहरुले मृत्युको समस्याबारे के जनाउँछ ? र यसमा हामीलाई के आशाको किरण देखाउँछ ? युहन्ना ५:२८,२९, ६:५४, १०:२८, २ तिमोथी १:१०, हिब्रु २:१४, प्रकाश २१:४ ।

माथी उल्लेखित पदहरु वा अरु कुनै पदहरु अथवा अनन्त जिवन सम्वन्धी तपाँईको मनपर्ने पदहरुलाई लेख्‍नुहोस् । अनि ठुलो स्वरले आफै पढ्नुहोस्, ति प्रतिज्ञाहरु प्रती प्रार्थना गर्नुहोस् र आफैको लागि दावी गर्नुहोस् । साथीहरुलाई यि आशाको वचनहरु बाँढ्नुहोस् ।

५. अझ सार्‍हो तितो सत्य

उपदेशक ६ को अन्तिम ६ पदहरुमा सोलोमनले मानिसको दुर्भाग्यपर्ती शोकाकुल हुन्छ र बिलाप प्रकट गर्दछ । उसले पद ७ मा अर्कै ढंगले प्रस्तुत गर्दछ कि यस संसारमा पुर्णरुपमा सदासर्बदा सन्तुष्टहुनु सम्भव छैन । यो तितो सत्य हो र हामी सबैलाई ज्ञात छ । यसमा लेखिएको छ: "मानिसको सारा परिश्रम पेट भर्नकोलागि मात्र हो, तापनि यसको भोक कहिलै मर्दैन ।" उपदेशक ६:७

तपाँई आफैले आफैलाई सोध्नुहोस यो सत्य किन तितो छ ? किन यस संसारको सुख, समृद्धीले मानिसलाई सचमुचरुपमा पुर्ण संतुष्ट प्रदान गर्न सक्दैन ? निम्न पदहरु पढ्नुहोस्:- उत्पती ३:१९, भजन १०४:२९, यशैयाह ५७:१२,१३, युहन्ना ८:३४, रोमी ७:५, एफिसी २:१२ ।

बिलायतको प्रसिद्ध कवि अलेक्जान्दर पोपले लेखेको थिए: "बिलासिपना तथा सन्तुष्टीको अभियान हाम्रो आँखा अथवा हातमा सदा भईरहन्छ, जव हामी त्यसमा लाग्छौं हामीले सोचेको जस्तै आनन्द र सन्तुष्टको अनुभूति नपाई त्यसको अन्त हुन्छ । अपेक्षा गरेअनुसार ति भौतिक आनन्द प्राप्तभएकोमा महान थान्न सकिन्छ तर त्यसले अन्तमा दिनुपर्ने सुखसुबिधा वा सन्तुष्टता प्रदान गर्दैन ।

उपदेशक ६ को पद ८-१२ बुझ्न कठिन भएपनि यसमा जिवनको निर्थकताको बाख्या गर्न खोजेको पाउँछौं । हामीसंग जे छ त्यसले हामीलाई सन्तुष्ट हुन्दैन, चाहे हामी ज्ञानी वा मुर्ख हौं त्यसले केहि फरक पर्दैन । हामी भन्दा बलियोसंग हामी भिंड्न सक्दैनौ अनि प्राय जसो हाम्रो बोलीको पनि मुल्य हुन्दैन र अन्तमा यस क्षणिक जिवनलाई कसरी मुर्तरुपमा बिताउने भनेर कस्लाई ज्ञान छ र ? यि सबै कुरा जुन सन्दर्भमा भनिएको छ (परमेश्वरबिनाको जिवन) ति बिबादास्पद तर्क भन्न मिल्दैन ।

हो सोलोमनको प्रश्‍नलाई पुर्णरुपमा नबुझेपनि, ज्ञानी मानिस हुनु मुर्ख हुनुभन्दा किन उपलब्दीमुलक छ ? उसले यो प्रश्‍नको जवाफ आफैले हितोपदेशमा दिएको पाउँछौं, हेर्नुहोस्: हितोपदेश १:५-७,३:३५,१०:१,१४, १२:१५,१४:१,३, १५:७,१७:१०-१२,२१:२० ।

यसै सन्दर्भमा येशूले मुर्ख र ज्ञानिमानिसको बिचमा के अन्तर छ भनेर देखाएको पाउनुहुन्छ ? मत्ती ७:२४-२७, २५:१-१३

यस भागमा हेरेको अनुसार आत्मआलोचना गरेर हेर्नुहोस्, तपाँईको बिगत २४ घण्टामा जसरी समय बिताउनुभयो ति ज्ञानीले जस्तै कि मुर्खले ? यसमा सुधार गर्न के गर्नुपर्दछ ?

उपसंहार

श्रोतभए यस बिषयमा अरु जान्न चाहे निम्न कितावका परिच्छेदहरु हेर्नुहोस्: एलेन जि ह्वाईटको मिमांसा, द एसडिए, बाईबल कमेन्टरी, ठेली २, पृ. २२३, ३७४, ३७५; टेस्टिमोनिज फर द चर्च, ठेली ५, २५८-२६२ ।

"यो भन्न अनुपयोक्ती नहोला कि संसारमा जत्तीसुकै अध्ययन वा महान महत्वाकांक्षा राखेपनि ति भौतिक सुबिधाले सम्पन्न हुन र अस्थाई फायदाको लागिमात्र हो तर यस मार्गमात्र अपनाउँदा मानिस आत्मिक भलाई हुनुबाट बंचित हुनसक्दछ । यस्तो खालका मानिसहरु मण्डलीमा केहि छन् । जव अन्तमा तिनीहरुले परमेश्वरको अगाडी लेखाजोखा दिनुपर्दा तिनीहरु शर्माउनुमात्र होईन सत धनलाई चिन्न नसकेकोमा र स्वर्गमा धन थुपार्न नसकेकोमा आश्‍चर्यचकित हुनेछन् । तिनीहरुले आफ्नो धनसम्पतीको बरदान र भेटी सत्यको बैरीलाई यस हेतुले सुम्पिन्छन् कि यस संसारमा आफुले गरेको लगानीले आफुलाई अधिकतम फायदापाएर उपभोग गर्न पाउनेछ ।" एलेन जि ह्वाईट, सेलेक्टेद मेशेजेज, पुस्तक २, पृ. १३४ ।

"हरेक परिवार मण्डली हो जहाँ आमाबाबु अध्यक्ष हुन्छन् । आमाबाबुको सर्वप्रथम प्राथमिकता भनेको आफ्ना छोराछोरीहरुको मुक्तीकोलागि कार्यगत हुनुपर्दछ । जव बाबु कि आमा येशूकोपक्षमा रहेर परिवारको शिक्षक र पुजाहारीको भुमिका खेल्दछ, त्यस घर असलीरुपमा प्रभावशाली हुन्छ । यो सन्तुष्टीको प्रभाव चर्चमा अनुभव गरिनेछ र सबैमा त्यसको असर सबै बिश्वासीले पाउनेछ । घरमा भक्तीभावनाको र चोखो जिवनको महान कमीले परमेश्वरको काममा बाधाअर्चन खडा भएको पाउँदछौ‍ । यदि आफ्नो घरमा वा कार्यक्षेत्रमा यस भक्तीजिवन वा चोखोपना ल्याउन चेष्टा गरेन भने मण्डलीमा उसको प्रभाव सकारात्मक हुनसक्दैन ।"-एलेन जि ह्वाईट, चाईल्द गाईडेन्स, पृ. ५४९ ।

चिन्तनको बिषय

१. पाँचौ भागको अन्तिम परिच्छेदहरुलाई ठुलो स्वरले आफै पढ्नुहोस् र सक्नुभए अरुलाई यसको अर्थ बाँढ्नुहोस् ।

२. साथिभाईहरुमा यो बाँढ्नुहोस् कि संसारका उपलब्धीहरु कति क्षणिक र किन त्यसमा भरोसा राख्‍नुहुन्दैन । तपाँई आफैले यसबाट के शिक्षा पाउन सक्नुहुन्छ ?

३. आफसी छलफलको बिषय यो पनि बनाउनुहोस् कि हामी ईसाईभएको हामीलाई थाहा छ कि संसारका बस्तुहरु क्षणिक छन् तैपनि यसको भुमरीमा आफुलाई आत्मघाट गरेर त्यसमा फस्नु कति सरल छ । यसका समाधान छ कि ?