सबै कुराको निष्कर्ष
From StudyGuides
Contents |
भाग १३
सबै कुराको निश्कर्ष
यो अध्ययन उपदेशकको अन्तिम भाग १२ मा आधारित छ ।
मुल पद: "अब सबै कुरा सुनिएका छन्-कुराको निश्कर्ष यहि हो: परमेश्वरको भय मान अर्थात उहाँमाथी श्रद्धा राख, उहाँको आज्ञाहरु पालन गर: किनभने मानिसले गर्नुपर्ने सारा कर्तब्य यही नै हो ।" उपदेशक १२:१३
रुसको साहित्यकार आन्द्रि बिटोभले आफ्नो जिवनको प्रारम्भिककाललाई यसरी बर्णन गर्दछ, "जव म पच्चिस बर्षको थिएँ एक दिन म लेनिनगार्डमा सुरुड्गको रेलमा गइरहेको थिएँ । मलाई अचानक जिवन देखि बितृष्णा जाग्यो, भविष्य अन्धकार देंखे र जिउनको कुनै सार्थकता देखिन । यसतो नैराश्यले छोपिरहेको समयमा अचानक एउटा श्रुतीको याद आयो: परमेश्वरबिना जिवनको कुनै अर्थ छैन । अचम्भ मानेर यो श्रुती दोहर्याइ रहेँ र घुमिरहने भरेड्गसगसगै त्यो बाक्यपनि मसंग चढे । अनि म जसरी अध्याँरो सुरुड्गबाट बाहिर उज्यालोमा निस्के, त्यसबेला मलाई परमेश्वरको दिब्य ज्योतीपनि मेरो हृदयमा छाएको अनुभव गरें र त्यसबेलादेखि मैले जिवनलाई सार्थकरुपमा लिन प्रण गरे ।" रबी जेकरियाको पुस्तकबाट उदृध, के मानिस परमेश्वरबिना जिउन सक्दछ र ?, नाशाभिल, टेनस्सिज, वर्ड पब्लिशिड्ग, १९९४, पृ. ५९ ।
यसै परिबेशमा उपदेशकको पुस्तकको सबै उपदेशहरुलाई संक्षिप्तरुमा यही एउटा बाक्यमा भन्न सकिन्छ, -परमेश्वरबिना जिवन सार्थकहिन छ । तर यस बाक्यलाई दुई किसिमले पढ्न सकिन्छ, परमेश्वर छैन भने जिवन अर्थहिन छ भनेर मात्र होइन तर यदि हामी परमेश्वरलाई ईन्कार गरेर, उहाँको अस्तित्वलाई नकारेर वा उहाँका आज्ञा, ईच्छा अनुसार चलेन भने हाम्रो जिवनको मुल्यमान्यता र सार्थकता हु्न्दैन ।
यो किनभने अरु धेरै कारणहरु बाहेक मृत्युले हामीलाई निल्न मुख आँ गरिरहेको हुन्छ । मृत्युको बारेमा केही जवाफ छैन भने जिवनको बारेमापनि हुन्दैन । र जिवनको सबै प्रश्नको जवाफ येशूमा मात्र हामी पाउँछौं । किनभने उहाँले आफ्नो मृत्युमा मृत्यमाथी बिजय प्राप्त गर्नु भयो र जुन बिजय उहाँले हासिल गर्नुभयो त्यही बिजय हामीलाईपनि दिने प्रतिज्ञा गर्नु भएको छ । अरु कतैबाट हामी पाउँदैनौं । उहाँले भन्नु भयो, "म बिना तिमीहरुले केही पनि गर्न सक्दैन ।" युहन्ना १५:५ । येशू हाम्रो सर्वोपरी र केन्द्रबिन्दु भएकोले जिवनको अर्थलाई उहाँकै उत्तम योजनामा हामीले ढाल्यौ भने हामी यहाँ किन छौं भन्ने प्रश्नको जवाफ सरलसंग पाउँदछौं । कसको लागि जिउने ? परमेश्वरको लागि ? आफ्नै लागि ? ससारको लागी ? यि प्रश्नहरुले मानिसहरुलाई घुमाई राखेको हुन्छ र हाम्रो नैतिक जिवनको प्रतिबद्धता र सार्थकता ति प्रश्नको जवाफमा भर पर्दछ ।
यस भागमा हामी उपदेशकलाई अन्तिमरुपमा हेर्नेछौं । यसमा बाईबलको महत्वपुर्ण बुँदालाई अति सिर्जनात्मकरुपमा प्रस्तुत गरिएको पाउँनेछौं । यो संबेदनशिलपुर्वक प्रस्तुत गरिएकोले कसैले बिर्सन सक्दैन ।
१. आफ्नो सृष्टीकर्तालाई नबिर्स
सोलोमनले अघिल्लो खण्डमा ब्यक्त नगरेको बिचार यसमा गरेको पाईन्छ ।उसले युबाहरुलाई खराब दिनहरु देखी सतर्क होउ भनेर अझ सरसल्लाह दिएको पाउँछौं । गत भागमा जिवनका दिनहरुमा आउने दु:ख, समस्याहरुलाई देखाउन खोजेको थियो भने यसमा बृद्धाबस्थामापनि सामना गर्नुपर्ने कुराको उल्लेख गरेको हुन्छ । उसको धारणामा बुढो हुनु खराबनै हो भन्न खोजिरहेको जस्तो पाउँछौं ।
सोलोमनले उपदेशक १२:१ ले उपदेशक ११ को अन्तिम पदहरुको के प्रतिबिम्व गरेको पाउँछौं ? उसको मूल सन्देश के हो ?
सोलोमनले सृष्टिकर्ता भन्ने शब्द जुन प्रयोग गर्यो त्यही शब्द हिब्रुभाषामा उत्पती १:१ मा प्रयोग गरेको बाट आईएको हो । हिब्रु भाषाको बारा शब्दको अर्थ परमेश्वरको अलौकिक कार्यकिलापलाई जनाउँछ (यशैया ६५:१७, मलाकी २:१०, आमोस ४:१३ अर्थात भनाईको तात्पर्य यहि हो कि बारा भन्ने शब्द मानिविकिय कार्यकिलापलाई कहिलैपनि जनाउँदैन । यसैकारण सोलोमनले यहाँ बाईबलको शिक्षामा आधारित परमेश्वरनै सृष्टिकर्ता हुनुहुन्छ भन्ने अबधारणालाई जोड दिएको पाउछौं । उहाँनै परमेश्वर हुनुहुन्छ किनकि उहाँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ ।
"सृष्टिकर्ता" भन्ने शब्द हिब्रु भाषामा बहु बचनमा उल्लेखित छन् जुन कि उत्पती १:१ मा पनि त्यहि शब्द प्रयोग गरिएको छ । यस शब्दलाई बिद्वानहरुले शताव्दियौं देखि धेरै अर्थहरु लगाएतापनि कति ईसाईहरुले परम प्रभुको बहु चरित्रको प्रमाण दर्शाएको भनेर दावि गर्दछन् । हेर्नुहोस्: उत्पती १:२६, ३:२२, ११:७ ।
सोलोमनले आफ्नो अमुल्य वा उत्पादक समयलाई वा युवाअबस्थालाई खेर फालेको ले अरुलाई चेतावनी दिएर यस्तो नहोस भन्न चाहिरहेको देखिन्छ । परमेश्वरलाई कुनै समयमापनि सकिन्छ भन्ने तथ्य महत्वपुर्ण भएतापनि जतिसक्यो छिटो उति उत्तम छ किनभने यसको धेरै कारणहरु छन् । तर स्पष्ट त यहि हो कि जवान वा युबाअबस्थामा परमेश्वरबाट तर्किएर नजाउ ।
बृद्धाअबस्थामा धर्मकर्म गरेर परमेश्वरलाई रिझाउनु पर्दछ वा त्यसबेलासम्म धर्मको मार्गमा हिड्न पर्खनु पर्दछ तर जवानीमा होइन भन्ने अवधारणा किन उत्तम होइन ? उमेरमा कच्चा भएको भएतापनि त्यसबेलानै परमेश्वरमाथी निष्ठा राख्दा किन उपलब्दीमुलक हुन्छ ? यसको सूची बनाउनु होस र साथीभाईहरुमा छलफल गर्नुहोस् । निम्न पदहरुपनि हेर्नुहोस्: ब्यबस्था १०:१३, लुका १३:४, फिलिप्पियन ३:१३, १४ ।
२. जव जाँतो वा पिंध्ने मेशिन बन्द हुन्छ
उपदेशक १२:२-७ एक सुन्दर कविताको छन्दमा मानिस कसरी बृद्धाअबस्थामा लम्किन्छ भनेर ब्यक्त गरिएको छ । धेरै बिद्वानहरुले यसमा सहमत भएको छ कि "सूर्य, ज्योती, जुन र ताराहरु अंध्यारो हुनु अघि र बर्षापछि बादल फर्किन्छ" भन्ने पद २ को अभिब्यक्त बृद्धाअबस्थामा मानिसको मानसिक शक्तिहरु र्हास हु्न्छ भनेको हो । घरको रखवाली गर्नेहरु भनेको चाहीँ हाम्रा हातपाखुराहरु हुन सक्दछ किनकि एकफेरा ति बलिया र स्वस्थ थिए अव ति दुर्वल र काम्दछ ।
उपदेशक १२:१-७ पढ्नुहोस् । यसमा दिएको बिभिन्न प्रतिकहरुलाई आफ्नो क्षमता अनुसार बाख्या गर्नुहोस् । तर पढ्नेबेलामा यि प्रश्नहरुलाई ध्यान दिनुहोस्: सोलोमनले बृद्धाअवस्थाको बारेमा किन उल्लेख गरिरहेको छ ? यो सन्देश हामीलाई किन सान्दर्भिक छ ?
सोलोमन आफेपनि बृद्धा अवस्थामा पुगेकोले हामीपनि मरणशिल छौं भनेर देखाउन खोजेको पाउँछौं । यो बिषय यस पुस्तकमा बारम्वार दोहरिएको पाउँछौं । त्यसकारण अचम्भ मान्नु पर्ने कुरा छैन कि हामी जो भएपनि, जसरी जिएपनि, जहाँ भएपनि, जति धेरै बर्ष बाँचेपनि ढिलो वा चाँडो हामीले मृत्युको सामना गर्नु पर्दछ । यो जिवनको अपरिहार तथ्य हो ।
कति ईसाई जवानहरुले आफ्नो बाहिरको गन्जी वा टि-शर्तमा यसरी लेखेको पाउँछौं, "जिवन छोटो त होइन, तर मृत्यु अनन्त छ! युहन्ना ३:१६ ।" सोलोमनले आफ्नो अव बृद्धा अवस्था र मृत्यशैयामा हामी सबैलाई बिषेश गरेर युवा युवतीहरुलाई यो स्मरण गराउन चाहन्छ कि हामीपनि त्यसता दिनहरुको सामना गर्नु पर्दछ । तर तपाँई भाग्यमानी हुनुहुन्छ भने धेरै बर्ष बाँच्नुहुन्छ होला तर बृद्धा अवस्थाको नराम्रो दिनहरु त भोग्नै पर्दछ, अनि मृत्युको । अर्को बिकल्प भनेको कच्चा उमेरमै देह त्याग गर्नु हो ।
छोटकरीमा भन्ने हो भने उपदेशकले हामीलाई अरुहरु बाहेक हाम्रो मरणशिल स्वभाव, छोटो जिवन अर्थात हेवेल वा बाफ अथवा सास जस्तै क्षणिक छौं भनेर स्मरण गराउँदछ । त्यसकारण हामीले बृहत संरचनालाई ध्यानमा राख्नु जरुरी छ, परमेश्वरको योजना जुन हाम्रो लागि अनन्त जिवन हो र येशूद्वारा हामीलाई परमेश्वरले मुक्तीको बरदान दिनुभएकोले परमेश्वरको बृहत चरित्रलाई हृदयंगम गर्नुनै यस संसारमा आउनुको सार्थकता पुष्टी हुन्छ ।
प्रकाश २१ र २२ पढ्नुहोस् किनकि यसमा परमेश्वरले भविष्यको संसारलाई बर्णन गरिएको छ जुन कि येशूको मृत्युले गर्दा हामी सबैलाई प्राप्त हुनेछ। ति पढ्दा कुन तत्वहरुले तपाँईको मनमा महत्वपुर्ण स्थान पाउनु भयको छ ? यसमा कुन कुराले तपाँईको हृदयमा बेसी छुन्दछ ? यो अनुमान गर्न खोज्नुहोस् कि नयाँ पृथ्वी भनेको के हो ? याद गर्नुहोस यो अबस्था कहिलै पनि नाश हुने छैन । यो आशा हामीलाई येशूद्वारा दिइएको छ । यि सबैलाई ध्यान गर्दा अरुको के मतलव हुन्छ र ? तपाँई येशूभक्त भएर यस प्रतिज्ञाहरुलाई कसरी गम्भिरतापुर्वक लिइरहनुभएको छ ?
३. धेरै पुस्तकहरुको उत्पादन
उपदेशक १२:९-१२ मा सोलोमनले ज्ञान, बुद्धि, दर्शन आदिको बर्णन गरेर अरुलाई उपदेश दिन खोजेको पाउँछौं । उसले यस पुस्तकमा आधारित उसको लेख र ज्ञानहरुको बारेमा वा अरुहरुको पनि यि छ्न्दहरुले भनन्दैन । तर उसले भन्न खोजेको तात्पर्य त यो हो कि उसले ति सत्य वा दिब्य ज्ञानहरु आफुले मात्र जान्न होइन अरुले सिकोस भन्न चाहन्छ ।
उदाहरणस्वरुप पद १० हेर्नुहोस । यसमा खास गरि अंग्रेजीको रुपान्तरमा खुशी पार्ने शब्दहरु खोजेर निकाले भनेको छ तर नेपालीमा ठीक-ठीक भनेको छ । तर जे भएपनि के उसले मानिसलाई खुशी पार्ने शब्दहरु वा मानिसले अनुमान गरेको ठीक शब्दहरु देखाउन खोजेको हो त ? यो पक्का हो कि सोलोमनले मानिसले के सुन्न चाहन्छ त्यो सुनाउन चाहेको छैन । उपदेशकको संपुर्ण पुस्तकमा कति तितो सत्यहरु छन् जुन कि मानिसको मनमा घोच्नपनि सक्दछन् । त्यसकारण मानिसको मनलाई आनन्द तुल्याउन शब्दहरुको प्रयोग गरेको नभई "सत्यको बचन" र "सोझो अर्थात ठाडो" शब्दहरु प्रयोग गरी मानिसलाई मार्ग निर्देशक होस भनेर प्रस्तुत गरिएको छ । आनन्द दिने शब्दहरु हुन सक्दछ तर खुशी तुल्याउने वचन भन्दैमा सत्यलाई अन्त पार्नु हुन्दैन । तर साँच्चै भन्ने हो भने सत्यको बचनहरुले आनन्द दिन्दछन् जसरी येशूमा हामी आनन्द पाउँछौं । येशू बिश्वास गर्नेहरुको पापकोलागि मर्नुभयो ता कि तिनीहरुले मुक्ती प्राप्त गर्नसकुन, यो अवधारणाले सबैलाई सच्चिदानन्दको अनुभव हुनुपर्दछ ।
पद ११ मा सोलोमनले के ब्यक्त गर्न खोजेको छ ?
लाठो भन्दा गाईबस्तुहरुलाई डोर्याउने लट्टी हुन सक्दछ । बुद्धिमानका वचनहरु लट्टी र किला जस्ता छन भनेको अर्थ यो हुन सक्दछ कि तिनीहरु मगजमा किलाले ठोकेर मजबुत भएको जस्तै र मानिसलाई कार्यगत बनाउनमा क्रियाशील गर्ने हुन भनेर दुई अर्थहरुले ति बचनहरुको महत्वलाई प्रकाश गरेको छ ।एउटै गोठाला भन्नाले परमेश्वरलाईनै अंगालेको हुन भनेर बाईबलका धेरै मिंमासाकारहरुले बताएका छन् (भजन २३:१, यर्मिया ३१:१०, युहन्ना १०:११-१४) अर्थात स्पष्टरुपमा भन्न खोजेको त यहि हो कि ज्ञानीबुद्धिमान मानिसको बचनहरु परमेश्वरबाटै आउँदछ । संक्षेप्तमा उसले दिब्य वा दैबिक प्रेरणाको बारेमा भनिरहेको छ । उ अरु शिद्धबक्ता वा बुद्धिमानीलाई जसरी पवित्र आत्माले परिचालन गरे त्यसरीनै उसले बोले (२ पत्रुस १:२१)
पद १२ मा के सावधानी दिएका छन् ?
यो रोचक छ कि सोलोमनले परमेश्वरबाट प्रेरणा पाएको भनेर पुष्टी गरेपछि धेरै पुस्तकहरुको बारेमा चेतावनी दिन्दछ तर ति चाहीँ गलत कितावहरु भनेको हो । किनभने कति मानिसहरु अध्ययन गर्दछन्, बिद्वान बन्दछन् तर अनन्त जिवनमा आफुलाई बंचित गराउँदछन् । आजको सन्दर्भमा हेर्ने हो भने असंख्य ज्ञान बिज्ञानको बिस्फोत भईरहेको छ र कस्तो खालको ज्ञानलाई लिनुपर्दछ भन्ने अति महत्वपुर्ण रोजाई हाम्रो अगाडी छ । हामी के हौं वा के हुन्छौं हामीले हासिल गरेको ज्ञान वा अध्ययनमा भर पर्दछ । के सिक्दै वा पढ्दै हुनुहुन्छ सतर्क हुनुहोस् । जसरी असल स्वास्थ्यको लागि असल खाना खानु पर्दछ भने असल मनस्थितीको लागि असलै ज्ञानको पिछा गर्नुपर्दछ ।
तपाँईले संसारमा पाईरहुनभएको ज्ञान कस्तो छ जुन कि एक गोठालाको अगुवाईमा बाईबलको मापदण्ड भन्दा बाहिरियको छ कि जसले गर्दा परिक्षा आउँदा सजिलैसंग भड्किन सक्दछ ? कुन ज्ञान हासिल गर्नुपर्छ त्यसदेखी सावधानी अपनाउनु किन पर्दछ ?
४. बिश्वास वा निष्ठा, आज्ञा वा परमेश्वरले दिनुभएको आचार संहिता र न्याय
सोलोमनले जिवन पद्धती, मृत्यु र परमेश्वरको बारेमा धेरै चिन्तन मनन् गरेपछि यो पुस्तकलाई अन्तिम दुई पदहरुद्वारा अन्त गर्दछ, ति हुन् उपदेशक १२:१३,१४ । तपाँईले आफ्नै शैलीमा ति निश्कर्षको सार लेख्नुहोस्:
सोलोमनले आफ्ना सारा तितो मिठो अभिब्यक्त गरेपछि उपदेशकको सबै लेखहरुको साराँश प्रकाश १४ अध्यायको तिन स्वर्गदुतहरुको मुल सन्देशसंग मिल्दोजुल्दो हुन आउँछ ।
प्रकाश १४:६-१२ पढ्नुहोस् । यसमा कुन तत्वहरु छन् जुन कि सोलोमनको उपदेशक पुस्तको उपसंहारसंग मिल्न आउँछ ?
सोलोमनले आफ्नो मनतब्य यसरी अन्त गर्दछ कि हामीहरुले परमेश्वरको आज्ञाहरुलाई पालन गर्नु पर्दछ जुन कि तिन स्वर्गदुतहरुको सन्देशको अंश हो (प्रकाश १४:१२) । सोलोमनले न्यायको बारेमा भन्दछ; यो पनि प्रथम स्वर्गदुतको खवर हो (पद ७) । अन्तमा सोलोमनले मानिसलाई परमेश्वरको भय अथवा उहाँमाथी श्रद्धा राख भनेर आह्वान गर्दछ जुन कि समुष्टीरुपमा बाईबल अनुसार परमेश्वर माथी बिश्वास वा निष्ठा राख्नु, उहाँको बचनको पालन गर्नु र आराधना गर्नु । तिन स्वर्गदुतहरुको आह्वान पनि यि नै हुन (प्रकाश १४: ७-१२) । परमेश्वर माथी भय वा श्रद्धा राख्नु र उहाँको आराधना गर्नु एक आपसमा जोडिएको साड्गलो हुन् । "उहाँको पवित्रताको बैभवमा परमप्रभुलाई दण्डवत् गर, हे सारा पृथ्वी, उहाँको सामु थरथरी होओ ।" भजन ९६:९ । "तर मचाहीँ तपाईंको अपार कृपाको कारणद्वारा तपाईंको भवन भित्र पस्नेछु ।भक्तिसाथ तपाईंको पवित्र मन्दिरतिर फर्की दण्डवत् गर्नेछु ।" भजन ५:७ । प्रथम स्वर्गदुतको सन्देश परमेश्वरको आराधना गर र उहाँको भय वा उहाँमाथी श्रद्धा राख र सोलोमनले पनि त्यहि सन्देशलाई ऐकबध्यता प्रकट गरेकोमा आश्चर्य मान्नु आवश्यक छैन ।
यसैकारण तिन मुल तत्वहरु जुन सोलोमनको उपसंहारमा समाबेश गरिएको छ ति हामीले बुझेका बर्तमान वा समयसापेक्षिक सत्य समाचारको महत्वपु्र्ण आधारभुत सन्देशहरु हुन् । यसको अर्थ के सोलोमनले हजारौं बर्ष अघि हाम्रो बर्तमान युगलाई मात्र ध्यानमा राखेर लेखेको हो र ? अवस्यमेव होइन । बरु यसले हामीलाई चरम बुँदामा ल्याउँछ: सुरुदेखी परमेश्वरबाट प्रदान गरिएको उद्धारमाथी हामीले बिश्वास वा भरोसा राख्नु पर्दछ र हामीले उद्धार पाएका छौं भन्ने सबूद प्रमाण हाम्रो भक्ति जिवन र आज्ञाकारी जिवनले दिन्दछ । यि मार्गमा हिड्नेलाई न्यायको पृष्ठभुमीले असर पर्दैन भन्ने धारणा बाईबलमा नौलो न त पहिला न त अहिले मानिन्छ । यि हामी एडभेन्टिष्टहरुले आविष्कार गरेको धारणा होइन । हामीलाई केवल यो समाचार संसारमा सुनाइदेउ भनेर आह्वान गरिएको मात्र हो ।
कुनै मानिसलाई परमेश्वरप्रती भय वा श्रद्धा राख्नु र उहाँको आज्ञाहरु अर्थात दश आचारसंहिताहरु पालन गर्नु भनेको के हो भनी कसरी बुझाउनु हुन्छ ?
५. सबै कुराको अन्तिम टुँगो
हामी उपदेशकको अध्ययनको निष्कर्षमा आइपुग्यौं । हामीले हेर्यौं कि यस अनौठो पुस्तकको अर्थ के हो , जुन कि बाईबलको अरु कुनै किताव भन्दा बिलकुल फरक छ ? यस पुस्तकले हामीलाई परमेश्वरबाट के सन्देश दिन खोजेको छ ? यसलाई हामीले कसरी यथार्थमा उतार्ने ?
यस पुस्तक फेरी पल्टाएर सरसरती हेर्नुहोस्, यसमा ध्यान गर्नुहोस्, प्रार्थना गर्नुहोस् अनि कुन बिषयले तपाँईको हृदयमा गाभेको छ र यस पुस्तकको मुल अर्थ के हो सो लेख्नुहोस् । तपाँईके जिवनमा यस पुस्तकबाट परमेश्वरको के सन्देश पाउनु भएको छ ? तपाँईको जिवनमा यस पुस्तक पढेपछि के सुधार ल्याउनु भएको छ जसले गर्दा परमेश्वरको पथमा प्रतिबद्धतासाथ हिडाएको छ ? साथीभाई अथवा अरु बिश्वासीहरुसंग यि कुराको छलफल गर्नुहोस् ।
छलफलमा बिभिन्न तर्कहरु प्रस्तुत भएको रोचक त हुन्छनै । तर एउटा बिषय त स्पष्ट छ कि परमेश्वरले यस पुस्तकबाट हामीलाई संसारिक भुमरीमा कसरी सावधानी अपनाउनु पर्छ भनेर देखाउनु भएको छ । हो, हामीलाई भौतिक शरिर दिएको छ, हामीलाई भौतिक आनन्द र खुशी जिवन बिताउने अधिकार दिएको छ, यो परमेश्वरको बरदान हो र ब्यक्तीको सम्बर्धनकोलागि यिनीहरुको महत्वपुर्ण भुमिका हुन्छ। तर यि मात्र अन्त होइन । हामी जन्मन्छौं, जिउँछौ, अनेक क्रियाकलापमा संलग्न हुन्छौं, भौतिक उन्नती गर्दछौं तर हामी संसारमा आफ्नो आयुलाई मात्र लक्ष बनाउन हामी यस संसारमा कदापी प्रवेश गरेका होइनौं । अन्तमा हाम्रो सबै भौतिक संरचना क्षणिक वा हाबेल प्रमाण भएर छोड्छ । जव हाम्रो उमेर ढल्कन्दै जान्छ हाम्रो उत्पादकमुलक शरिर र रमाईलो गर्ने ईच्छाहरुमा र्हास हुन्दै जान्छ । अनि मृत्यु शैयामा बसेपछि आँखाको निमेषमा ति सबै बिलाएर जान्छ ।
अर्को अर्थमा भन्ने हो भने उपदेशकले जे भनिरहेको छ कमसेकम यही समाचार हामीलाई दिन खोजेको छ कि हामी को हौं त्यसमा बिचार गर, हामी यहाँ किन छौं, हामी कसरी यहाँ आयौं, जिवनको ग्राह्यता के हो र चरम महत्वपुर्ण प्रश्न त यस क्षणिक संसारिक जिवन पछि हामी कहाँ जान्दैछौं । हामीहरुको चरित्र, मुल्यमान्यता, अरुप्रति हेर्ने दृष्टिकोण, नैतिक उत्तरदायित्व, शरिरलाई हिफाजत गर्ने आदि सबै उपरोक्त प्रश्नहरुको जवाफमा भर पर्दछ । परमेश्वरले हरेकलाई बरदानहरु र प्रतिभाहरु दिनुभएको छ तर ति सदा रहिरहन्दैन । यस संसारमा केहि पनि स्थिर हुन्दैन ।
उपदेशकको सम्पुर्ण १२ अध्यायलाई येशूले सारांशमा एकै पदमा भन्नुभएको पाउँछौ, "मानिसले सारा संसार हातमा पार्यो तर आफ्नै आत्मालाई गुमायो भने उसलाई के फायदा भयो र ? अर्थात मानिसले आफ्नो जिवनकोलाई के ले साट्न सकिन्छ र ?" मत्ती १६:२६ । दु:खपुर्ण तथ्य त यो हो कि मानिसले आफ्नो जिवनको सत्तामा हेवेल वा क्षणिक बाहेक अरु केही पनि दिन सक्दैन । यो कति बियोगान्त छ कि बिषेश गरेर हाम्रो जिवनलाई येशूको अमुल्य रगतले किनी सक्नुभएतापनि र उहाँको मृत्युले यस बहुलट्टी र मुर्ख संसारबाट उम्कन टिकट उपलब्द गराउँदापनि हामी सूर्यको मुनि भौंतारिरहन वा दु:ख पाईरहन अथवा अंध्यारोमा छामछुम गरिरहनुलाई हाम्रो ग्राह्यताको सूचिमा राखी हिंडीरहकेका हुन्छौं ।
उपसंहार:
अरु अध्ययनकोलागि: एलेन जि ह्वाईट, सेलेक्टेड मेशेजेज्, बुक २, पृ. ११३, बुक ३, पृ. ४०५, टेष्टिमोनिज फर द चर्च, ठेली ५, पृ. ४५५ । "मानिस जतिसुकै बलबान छु भनेर दावि गरेपनि ति दुर्वलनै हुन्छ, जतिसुकै मानविय बुद्धिमान वा ज्ञान भएता पनि ति मुर्खपुर्णनै हुन्छ । हाम्रो सफलता हामीहरुको ज्ञान र प्रतिभामा भरपर्ने होइन तर परमेश्वरसंग जिवित संवन्धमा भरपर्दछ । जव मानिसहरुले आफ्नै प्रभाव र ज्ञानले मस्तक भएर सत्यलाई प्रचार गरिन्छ सत्यसमाचारको भुत्लाहरु निकालिन्छ किनकी तिनिहरु परमेश्वरको होइन आफुलाई प्रार्थमिकता दिन चाहन्छ । यस्ता देखावती वा बनावती मानिसहरुले प्रयोगात्मक धर्मको अनुभव गरिन्दैन र तिनीहरुको हृदय र जिवन अपबित्र हुन्छ । अनि तिनीहरु ब्यर्थका शेखीले फुलेका हुन्छन् । तिनीहरुले येशूबाट केहि सिक्न सक्दैनन् । तिनीहरुले आफुलेनै अनुभव नगरेका मुक्तीदातालाई अरुको अगाडी प्रभावशालीरुपमा प्रस्तुत गर्नसक्दैनन् । तिनीहरुको हृदयहर न त नरम नै हुन्छ न त बसमा राख्न सकिन्छ यदि तिनीहरुले पतित मानिसकोलागि येशूको महान बलिदानप्रति स्पष्टरुपमा संबेदनशिल हुन्दैन ।" एलेन जि ह्वाईट, टेस्टिमोनिज फर द चर्च, ठेली ५, पृ. १५८,१५९ । आफुले नचाखेको फलको स्वादलाई अरुलाई कसरी त्यसलाई बृतान्त दिन सक्दछ र ?
"ज्ञानबुद्धिकोलागि संसारको कुनाकुना चहारिनु पर्दैन किनभने परमेश्वर नजिक हुनुहुन्छ । तपाँईको कति सामर्थी हुनुहुन्छ वा अथवा तपाँईसंग के छ त्यसले सफलता प्रदान गर्न सक्दैन । तर परमेश्वरले तपाँईद्वारा के गर्नु हुन्छ वा तपाँईले के गर्न दिनु हुन्छ त्यसमा सफलता निर्भर हुन्छ । मानिसले के गर्न सक्छ वा उसको भरोसामा भन्दा बिश्वासीहरुलाई परमेश्वरले के गर्नुसक्नुहुन्छ त्यसमा वढि भरोसा राख्नुपर्दछ । परमेश्वरले तपाँईले उहाँलाई अतुत बिश्वासद्वारा पहुँच गरेको चाहनुहुन्छ । उहाँद्वारा तपाँईले महान कामहरु गरेको चाहनुहुन्छ । उहाँले अस्थाई कुराहरुमा र स्थाई आत्मिक दिब्य ज्ञानहरु तपाँईलाई दिन ईच्छुक हुनुहुन्छ । उहाँले तपाँईको बौद्धिक क्षमतालाई तिखो पार्न चाहनुहुन्छ । उहाँले तपाँईलाई कुसलता र दक्षता दिनसक्नुहुन्छ । तपाँईको प्रतिभाहरुलाई परिचालन गर्नुहोस् । परमेश्वरसंग बुद्धिज्ञान माग्नुहोस् र उहाँले तपाँईलाई निश्चय ति दिनु हुन्छ ।" एलेन जि ह्वाईट, क्राईष्ट अबजेक्ट लेसन, पृ. १४६
चिन्तन मनन्:
१. पाँचौ बुंदाको प्रश्नहरुलाई संगतीमा छलफल गर्नुहोस् र आफ्नो निश्कर्ष प्रस्तुत गर्नुहोस् ।
२. बिभिन्न आयुभएकाहरुसंग उमेर ढल्कियको अनुभवको चिन्तन् गर्नहोस् । मानिसहरुको उमेर पाको भईरहन्दा जिवनको,परमेश्वरको र बिश्वासको बारेमा धारणाहरुपनि कसरी बदलिन्दै गईरहेको हुन्छ, यसबाट के सिक्न सकिन्छ ? जवानहरुलाई बुढापाकाहरुले के सिकाउन सकिन्छ ?
३. तपाँईको समाजमा के भईरहेको छ जसले गर्दा संसारिक भुमरीमा सजिलैसंग तपाँई हराउनसक्नुहुन्छ ? बिश्वासीहरुले एक आपसमा यि गलत बाटोदेखी सतर्क रहन कसरी मद्दत गर्न सकिन्छ ?
४. मण्डलीको हैशियतले हामीले हाम्रो मण्डलीका सदस्यहरुलाई हेबेल वा क्षणिक र अनन्त जिवनको अवधारणाहरुको बिषयमा कसरी कुशलतापुर्वक सिकाईरहनुभएको छ ? के अप्रतक्षरुपमा हामीले हाम्रा बिश्वासीहरुलाई धनसम्पती, पराक्रम, प्रतिस्था, ज्ञान आदिहरुलाई बढि उन्नत गर्न दिई असली छापावाल सुन र नक्कली सुनको बिच छुट्याउन नसक्ने बनाईरहनुभएको छ कि ?