सुर्यको मुनीको जिवन अर्थहिन छैन बरु सार्थकपुर्ण छ

From StudyGuides

Contents

भाग ५

सूर्यको मुनीको जिवन अर्थपुर्ण हुनसक्दछ

यस अध्ययनकोलागि उपदेशक ४ पढ्नुहोस् । मुल पद: "एक आपसको भार बोक जसले गर्दा येशूको ब्यबस्था पुरा भएको प्रदर्शन गर्दछ ।" गलाती ६:२

यस भागमा शायद कुनै रोचक कुरा पाउनुहुन्छ होला किनकि यस पुस्तकका मिमांसकारहरुले बर्षौं देखी यस पुस्तकका बाँकी भागहरुलाई अगाडीको भाग भन्दा भिन्नै तरिकाले ब्यक्त गरिरहेकाछन् । उपदेशक अव हितोपदेश पुस्तकको स्वादमा गईरहेको पाउँछौं ।हितोपदेश वा टुक्काहरु दैनिक जिवनकोलागि उपयोगी छोटो भनाईहरु हुन जुन निर्देशिकाकोरुपमा लिनुपर्छ भन्ने बाध्यता छैन ।

उदाहरणस्वरुप हितोपदेश ६ अध्याय हेर्नुहोस जसमा कि कामको बारेमा केहि सल्लाह दिएका छन् । यसमा भनिएको छ, "हे अल्सी मानिस हो, कमिलाकहाँ जाउ" (हितोपदेश ६:६), अनि बदमाश मानिसको बारेमा केहि जानकारि दिन्दछ (पद १२), परमेश्वरले घृणा गर्ने ६ कुराहरु (पद १६), आमाबाबुको आज्ञापालन गर्ने सम्वन्धी (२०) र अन्तमा बिलासी स्त्रीदेखी सतर्क रहनुपर्दछ भनेर सल्लाह दिएर यो अध्यायको समाप्त हुन्छ (पद २४-३५) ।

हितोपदेशकै शैलीमा उपदेशक ४ ले धेरै महत्वपुर्ण भनाईहरु उल्लेख गरेको पाउँछौं जस्तै मानिसहरु दवावले गर्दा कति दु:ख कष्ट पाउँछन्, जिवनको सार्थकता के हो, डाह ईष किन गर्दछन्, कामको उद्देष्य के हो र अन्तमा समुदाय र संगतीको आवश्यकताको खाँचोको बारेमा अभिब्यक्त प्रकट गर्दछ ।हुन त प्रायजसो सोलोमनले ब्यक्तगरेका बाक्यहरु तिखो, स्पष्ट, तिखारिएको, कविता शैलीमा र बिसृतरहित छन् तैपनि तिनिहरुले धेरै बिषयहरुमा दखल पारेको हुनाले बर्तमान परिपेक्षमापनि उपयोगी सावित हुन्छन् । त्यसैकारण यसमा ब्यक्त गरिएको भावनाले हामीलाई परमेश्वरले के भन्न खोजिरहनुभएको छ सो खोजपत्ता लगा‌औं ।

१. दमनकारी

हितोपदेश ४:१-३ पढ्नुहोस् । आफ्नै शैलीमा सोलोमनले के भन्न खोजिरहनु भएको छ सो लेख्‍नुहोस्:-

सोलोमनले फेरि जिवनलाई सांसारिक दृष्टिकोणले हेरेको पाउँछौ जव उसले भन्छ, सूर्यको मुनि । यि शब्दहरु राजा आफैले लेखेको हुनाले कुनैकुनैरुपमा रोचकपुर्ण छन् । यदि निष्ठुर मालिकको अगाडी कुनै दास वा नोकरले आफ्नो दुर्भाग्यकोलागि पिडा ब्यक्त गरिरहेको भए वा कुनै गरिव मजदुरवर्ग वा कमैयालाई सामन्तीको शोषणको चक्रब्युहमा परेर बिलाप गरिरहेको भए यस्तो कहालीलाग्दो अभिब्यक्तलाई बुझ्न कठिन हुने थिएन । तर सोलोमन त्यस युगका शक्तिशाली र धनाध्य राजाले अन्याय, अत्याचार र शोषक समाजकोबारेमा गुनासो गरिरहेको सुन्दा सबैकोलागि अचम्भ लाग्दो हुनेकुरा हो । दमन भन्नाले प्राय जसो राजनिती र दौलतको परिपेक्ष्यमा हामी सम्झन्छौं । तर अरु तरिकाले पनि मानिस पीडित हुनसक्दछ । श्रीमान र श्रीमतीको बिचमा हुने असमान ब्यबहार, छोराछोरीहरु र आमाबाबुहरुको बिचमा हुने असंतुलन सम्वन्ध, धर्महरुको बिचमा असमझदारी, धर्मको नाउँमा शोषण, कर्मचारी र हाकिमको बिचमा असन्तुष्तता, कामबास्नाले उतप्रेरित भएर अरुलाई हैरान गर्नु आदि, यि साथै अरुपनि कति होला मानिसहरु अदृष्यरुपमा शोषणको जालमा फसिरहेका छन् । जसरी सर्पले अरुलाई टोक्दा उसलाई थाहा हुन्दैन कि उसले आफ्नो बिषले मानिसलाई थला पारिरहेको हुन्छ, त्यसरीनै थाहै नपाइकन एकले अर्कोको जिवनलाई हानी र पिडा पुर्‍याईरहेका हुन्छन् । निम्न पदहरु हेर्नुहोस् । यि पदहरुमा यस्ता सुझाव वा मुलभुत तत्वहरु छन् जुन कि उपयोगमा ल्याउँदा अरुलाई पिडा दिनेबाट सतर्कता गराउँछ । मर्कुस १०:४३, ४४, १ कोरन्थी ९:१९, फिलिप्पीहरुलाई २:३, २ तिमोथी २:२४, १ युहन्ना ३:१६, ४:११ ।

कुनै ब्यक्ती शक्ति सम्पन्न हुन्दा एकदम सावधानी हुनु पर्दछ किनकि यसले उसको असलीरुप देखाउन सक्दछ । अधिकारलाई ठिकसंग उपयोग गर्दा ठुलो आशिषमय हुनसक्दछ । किनभने उसले आफ्नो मातहतको मानिसलाई कुन बाटोमा हिडाउने भनेर पथ प्रदर्शकको भुमिका खेल्न सक्दछ, आदेश दिन सक्दछ र ठिक बाटोमा डोर्‍याउन सक्दछ । तर यसलाई दुरुपयोग गर्नपनि अति सजिलो छ । यस्तो भनिएको छ कि "शक्तीले भ्रष्ट गराउँछ, र सर्बशक्तीमान हुन्दा अनियन्त्रितरुपमा भ्रष्ट हुनसक्दछ ।" हामी सबैसंग एक न एक रुपमा अरुमाथी आधिपत्य बहन गरेको हुन्छ । अति महत्वपुर्ण वा निर्णायक प्रश्‍न त यो छ कि त्यस अधिकारलाई हामीले कसरी प्रयोग गर्ने ?

तपाँई आफैलाई नियालेर हेर्नुहोस् । कस्तो किसिमको अधिकार अरुमाथी प्रयोग गर्नुहुन्छ ? माथीको पदहरुले ब्यक्तगरेका मनसाय अनुसार तपाँईले आफुले पाएको अधिकारलाई अरुको मोलमा प्रयोग त गरिरहनुभएको छैन ? तपाँईको जिवनमा के परिवर्तनको आवश्यक छ जसले तपाँईले पाउनुभएको अधिकारलाई दुरुपयोग हुन दिन्दैन ?

२. के जिवन सार्थक र गरिमामय छ ?

"यसैले ति मृतकहरु जुन मरिसकेका छन् तिनीहरु हालका सजीव जिवितहरुलाई भन्दा उनिहरुको प्रशंसा गरे ।तर यि दुवैभन्दा पनि अझ सुखिचाहिँ त्यो ब्यक्ति हो, जो अहिलेसम्म भएको छैन, र जसले सूर्यमुनि गरिने दुष्ट काम देखेको छैन ।" उपदेशक ४:२,३

"दार्शनिकरुपमा एउटा गम्भिर समस्या छ ति हुन आत्महत्या । मानिसको जिवन सार्थक वा निरर्थक छ भन्ने प्रश्‍नको जवाफ आफ्नो जिवन दर्शनको मुलभुत आधारमा भर पर्दछ ।" अलबर्ट कामुस, द मिथ अभ सिसिफस एण्ड अदर एस्सेयज् (न्यु योर्क: भिन्टाज बुकस्, १९५५), पृ. ३

सोलोमन र साहित्यकार अलबर्टको भनाईलाई जसरी उद्धरित गरेपनि दुवैले एउटै कुरा भनिरहेको पाउँदछौं: के जिवनको कुनै मुल्य छ अथवा जिउनुमा के सार्थकता छ ? दु:ख, कष्ट, पिडा, निराशता, असफलता आदिसंग संघर्ष गर्दै जिउँछौं अनि अन्ता मर्दछौं- के कामले जिउनु, जिवनको के अर्थ छ र ?

यस प्रश्‍नको जवाफ त्यसमा भर पर्दछ कि तपाँईले जिवनको अर्थलाई कुन दृष्टिकोणले हेर्नुभएको छ ।यदि हामी यहाँ जे गरेपनि आखिरमा मर्नेनै हों र त्यसपछिको के मतलव वा हाम्रो जिवन सुन्यतामा बिलाएर जाने हो भन्ने निराशमय भएपनि यो एक दर्शनको दृष्टिकोण हो भन्ने मान्नु पर्दछ । यदि तपाँईले यो जिवन केवल अस्थाई बिसौनी हो र यो कुनै भावी र अनन्तको जिवनकोलागि प्रथम खुडकिलामात्र‍ हो भन्ने तर्क गर्नुभयो भने त्यो अर्कै दर्शनको दृष्टिकोण हुन आउँछ । धेरै तर्कहरुलाई मनन् गरेपनि आखिरमा मानिसकोलागि एउटै प्रश्‍नको भुमरीमा परेर आफ्नो जिवनलाई मोड्दछ त्यो हो, "यस महान जगतको बालुवारुपी कण जुन पृथ्वी हो, यहाँ मेरो जिवनको अर्थ के हो अर्थात बाँच्नकोलागि संघर्ष गर्नुको औचित्य के हो ? यसको जवाफ ब्यंगपुर्ण भए पनि मानिसको मृत्युको अवधारणामा भर पर्दछ । के मृत्यु अन्त हो अर्थात सुरुको अन्त हो ?

आफ्नै शैलीमा लेख्‍नुहोस् तपाँईको जिवनको औचित्य के हो ? "म यहाँ किन बाँचीरहेछु ?" तपाँईको जवाफ सकारात्मक वा नकारात्मक जे भएपनि बाईबलको परिबेशमा आफुलाई संलग्न गराउनुहोस् र बाईबलका पदहरुले तपाँईको धारणालाई प्रमाणित गर्न खोज्नुहोस् । अनि तपाँईको हितैषीसंग वा संगतीमा यसबारे छलफल गर्नुहोस् ।

३. ईर्ष्या-डाह-ईख

राजा सोलोमन यथार्थरुपमा तर्कलाई लडीबुडी खेलाउँदै अघि बड्दछ । सुर्यमुनी भएको पिडित संसारमा जन्म लिनुभन्दा नजन्मिनुनै उत्तम छ भनिसकेपछि उसले अर्को बिषयलाई खोतल्दछ, त्यो हो "ईर्ष्या-डाह-ईख" (पद ४-६) । यो बिषय बाईबलको दृष्टिकोणमा हेर्नु त धेरै उत्तम कुरा हो । दश आज्ञा मध्ये एउटाले ईखको जरालाई सम्वोधन गर्दछ, ति कुन हो, के तपाँईलाई थाहा छ ? सोलोमनले अर्कै अर्थपुर्ण तहमा तर्क लगाउँछ: दुख, कष्ट, परिश्रम गरेर धन उपार्जन गर्नु बेकार हो किनकि यसले गर्दा छिमेकीको डाहको पात्र होईन्छ । यो हास्यस्पद धारणा भएपनि यसमा कुनै सत्यता नभएको त होईन, तर सोलोमनले यस ईर्ष्याको समस्यालाई पराकाष्टामा लग्न खोजेको पाउँदछौं ।

हुन त यो सबैले मानेको छ कि ईर्ष्या-डाह-ईख मानविय समस्या हो । तथ्यरुपमा भनौंभने यो मानविय भन्दा बाहिरको समस्या हो । पापको प्रादुर्भावनै यसैबाट सुरुभएको हो ।"शेतान येशूप्रति ईर्ष्या,डाह र ईख राख्‍दथ्यो । तैपनि जव सारा स्वर्गदुतहरुले उहाँको सार्बभौमसत्तालाई स्विकार गरेर उहाँलाई अभिबादन गर्दथे, शैतानले पनि उहाँको अगाडी आफ्नो शिर निहुराउँथे; तर उसको हृदय डाह र घृणाले भरेको हुन्थ्यो ।" एलेन जि ह्वाईट, द स्पिरिट अभ प्रोफेशी, ठेली १, पृ. १८ । यसरी जव हामीपनि डाह र घृणाले ओतप्रोतहुन्छौं हामी शैतानको चरित्रलाई प्रतिबिम्व गरेको हुन्छौं ।

बाईबलमा तिन स्थानहरुमा उल्लेख गरेको कहाँ छ जसले ईर्ष्या-डाह-ईखको पाशोमा पर्दा बाईबलको पात्रको जिवनमा यसले मुख्य भुमिका खेलेको पाउँदछौं । आफ्नै शव्दहरुमा यसले गर्दा के नतिजा ल्याउँद रहेछ सो लेख्‍नुहोस् । ईर्ष्या-डाह-ईखको फल के हो भनेर पाठ सिक्नुभएको छ ?

तपाँईको आफ्नै जिवनमा ईर्ष्या-डाह-ईख आफ्नो हृदयमा खेलाईरहन्दा त्यसको प्रतिफल के पाउनुभएको छ ? यस महान पशुमाथि आधिपत्य जमाउन के कदम चाल्नु पर्दछ ? येशूको जिवनकहानीलाई मनन् गर्नुहोस र तपाँईको जिवनमा उहाँलाई भित्राएर परमेश्वरको अनुग्रहले यस पापलाई कसरी नष्ट गर्न सक्नुहुन्छ नत्र तपाँईलाईनै यसले नष्ट गर्नेछ ।

४. के को र कस्कोलागि परिश्रम ?

"मैले सबै कुरामा तपाँईहरुलाई उदाहरण बनी देखाएको छु, कि तपाँईहरुले पनि यसरीनै कडा परिश्रम गरेर निर्धाहरुलाई मदत गर्नुपर्दछ ।ष्रभु येशूको बचन याद गर्नुहोस्, कसरी उहाँ आफैले भन्नुभएको छ कि लिनुभन्दा दिनु अझ धन्य हो" प्रेरित २०:३५

उपदेशक ४:७,८ पढ्नुहोस् ।सोलोमनले सबै काम र दक्षताप्रती नकरात्मक र बितृष्णा गरेर यो ईख जगाउनुमात्र हो भनिसकेपछि आफ्नो भनाईलाई फनक्कफर्केर पद ७ र ८ मा अर्कै तर्क प्रस्तुत गर्दछ: मानिस के को लागि काम गर्दछ ? यस समय त्यस ब्यक्तिको बारेमा कुरा गर्दछ जो एक्लै, निसन्तान र आफुले गरेको कामको फाईदा दिलाउन आफ्नो कोहि नभएको । के ति सबै परिश्रम आफ्नोलागि मात्र हो ? यदि हो भने त्यसको उद्देष्य के हो ?

जुनसुकै सन्दर्भमा भनेपनि यि पदहरुले मानवकोलागि अति महत्वपुर्ण प्रश्‍न खडा गराउँछ । प्राय जसो सबैभन्दा दयनिय र कहालिलाग्दो मानिसहरु ति हुन जो स्वार्थी छन्, जो आफ्नोलागि मात्र जिउँछ र आफ्नो भलाईमात्र सोच्दछ । जुनसुकै रुपमा तुरन्तै फायदा भएतापनि केहि समयपछि ति फायदाहरु न्युन देख्‍दछ र जिवन भनेको क्षणभंगुर हो भनेर महशुस गर्दछ । सुर्यको मुनी जुनसुकै योजना गरेर सफलता प्राप्त गरेपनि ति अर्थहिन भएर जान्दछ र अन्तमा त्यस्तो मानिसले जिउनुको खास उद्देष्य देख्दैनन्, र बेकारमा के बाँच्नुभनेर आफ्नो अस्तित्वप्रति निराश हुन्छन् । हामी मानिस भएको कारण आफ्नैकोलागिमात्र बाँच्न हामी सृष्टि भएको होईन बरु त्यसको ठिक बिपरित निस्वार्थीप्रेमले ओतप्रोतभएर अरुको सेवाको लागि जिउनु हो जसरी येशूको उदाहरणले प्रकट गर्दछ । अरुलाई सहायता गर्दा परिपुर्ती भएको आभास हुन्छ, आनन्द आउँछ, सन्तोष हुन्छ र जव हामीले अरुकोसेवाकोलागि जिवन दियौं भने हाम्रो जिवन सार्थक रहेछ भन्ने महशुस हुन्छ ।र सुभसमाचार त यो हो कि अरुको भलाईलाई महत्व दिएर जिवन निर्वाह गरेर जिवनको सार्थकताको अनुभव गर्न तपाँईले बैबाहिक जिवननै बिताउनुपर्दछ भन्ने आवस्यक छैन वा आफ्नै छोराछोरीहरु हुनुपर्छ भन्ने छैन । जव सम्म यस संसारमा मानवसमाज हुन्छ त्यहाँ कुनै न कुनैरुपमा तपाँईले तिनीहरुलाई भलाई गरेर आशिषमय हुनसक्नुहुन्छ । अरुलाई आशिष दिन्दा आफुलेपनि परमानन्द प्राप्त गर्नुसक्नुहुन्छ ।

निम्न पदहरु हेर्नुहोस् । तपाँई येशूभक्त भएको हैशियतले यि पदहरुले के सन्देश दिन्दछ, विषेश गरेर हामीले यस बुँदामा गरेको छलफलको सन्दर्भमा ? मत्ती २५:३१-४६, मर्कुस १०:४५, प्रेरित २:४३-४५, हिब्रु १३:१-३ ।

तपाँईको जिवनमा प्राथमिकता के लाई दिनुभएको छ ? कति समय आफ्नोको मात्रै बिचार गरिरहुनुभएको छ वा आफ्नो हितको मात्र चिन्ता गरिरहुनुभएको छ, अरु कसैको आबश्यकता वा भलाईको ख्याल नराखी ? तपाँईले बाईबलको बोलाहत अनुसार आफ्नो मात्र होईन अरु हितकोलागि कत्ती फायदाजनक भईरहनुभएको छ ?

५. सामाजिक समुह र त्यसलाई बाँध्ने सूत्र

सोलोमनले उपदेशक ४:८-१२ मा अर्को एकदम अर्थपुर्ण तथा प्रगतिशील तर्क प्रष्तुत गर्दछ: आफ्नोलागि जिउनु तर समाजको फायदलाई सर्वोपरी गरेर । यो तर्क कविताको शैलीमा प्रष्तुत गरेर एकलै भएर जिउनु भन्दा दुई जना भएर बाँच्नु उत्तम हो भनेको भनाईको सरल अर्थ महत्व छ किनकि यसले यो देखाउँछ कि मानिस जात भनेको सामाजिक प्राणी हो र समाजकोलागि हो । हामी एक आपसमा संपर्क गरेर जिउनु पर्दछ । हामी कोही पनि टापु होईन (No man is an island ) । हाम्रो बनौटनै यस्तो हो कि एकले अर्कोको आवश्यकता हुन्छ ।

१९९८ मा बोन, जर्मनमा एक जना घरपती आफुले बहालमा दिएको उल्फगेन्ग डर्कको कोठामा पसे किनकि उसले घरको बहाल बैकबाट पाउँथ्यो र धेरै समयसम्म बहाल नपाएकोले के भयो भनेर त्यहाँ गएको थियो । घरपतीले ढोका घचघच्याए र कोहीपनि बोलेन तर भित्रबाट कसैले पनि जवाफ दिएन । अनि ढोका खोलेर सरासर भित्र जान्दछ त उसले एउटा मेचमा क‍काल देख्दछ जसले थोत्रो भएपनि टेलिभिजन हेरिरहेको थियो । उसले उभ्याएको बडा दिनको रुखमा झिलिमिली बत्तीहरु बलीरहेको थियो । उसको मेच अगाडि दिसेम्बर ५,१९९३ को टीभी गाईड सानो टेबलमा थियो । हुन सक्छ उ त्यस दिननै मरेको होला, तर पाँच बर्षसम्म कसैले पनि उसको बास्ता गरेन वा उ भएपनि नभएपनि कसैलाई मतलव भएन । अरुको आवस्यकता कत्तिको रहेछ यस दुखद घट्नाले देखाउँछ ।

१ कोरन्थी १२ पढ्नुहोस् ।पावलले आफ्नो पुस्तकमा मुलकुरा के भन्न खोजेको जुन सोलोमनले उपदेशकको केहि पदहरुमा भनिरहेको थियो ।

जसरी एकलो पुरुष वा एकलो महिलाको भौतिक बिज्ञान हुन्छ भनिन्दैन त्यसरीनै एकलो पुरुष वा एकलो महिलाको ईसाई धर्म हुन्दैन । हुन त ईसाई जिवनको केहि मतलव हुन्दैन जव सम्म उसले परमेश्वरसंग एकलै ब्यक्तिगत सम्वन्ध राख्दैन ।यो ईसाई जिवनको चरम अनुकरणिय जिवनपद्धती हो । परमेश्वरसंग महत्वपुर्ण ठाडो सम्वन्धलेनै समाज र मण्डलीसंगको सुमधुर सम्वन्धको आधार हुन् ।

कति मानिसले यो गुनासो गर्दछ कि "ब्यबस्थित र संगठित मण्डलीसंग मेरो केहि सरोकार छैन र त्यस्तो धर्मसंग मलाई वास्ता छैन ।" यसको मतलव के उनिहरु अब्यबस्थित, अनियन्त्रित वा अनुशासनरहित धर्मको चाहना हो त ? पक्कैपनि होईन । तर यस्तो धारणा भएको मानिस आफ्नै बहानाको भुमरीमा परिरहेको हुन्छ किनकि उसले कुनै जिम्मेवारी बहन गर्न चाहन्दैन, मानवहितको लागि समर्पण गर्न चाहन्दैन र बिशेष गरी आफुलाई बृहत समुहको आकांक्षामा आफु समावेश हुन चाहन्दैन ।

तपाँई कुनै स्थानिय मण्डलीको सदस्य हुनुहुन्छ, त्यससंग तपाँईको समबन्ध कस्तो छ ? त्यस समुहमा परमेश्वरले तपाँईलाई दिएको प्रतिभाको भोगचलन गर्न कसरी आफुलाई कार्यशिल पार्न सक्नुहुन्छ ? साथै मण्डलीको सेवामा संलग्न भएर आफ्नो कमजोरीता हटाउन र आफुले गर्न नसकेको काममा सहायताको अपेक्षा गर्न कति उत्सुक हुनुहुन्छ ?

उपसंहार

यस भागमा ब्यक्त गरेको आशयलाई अरु जानकारीको लागि एलेन जि ह्वाईट, टेस्टिमोनिज फर द चर्च, ठेली ६, पृ. २६१-२६५, टेस्टिमोनिज टु मिनिष्टर, पृ. २९,३० पढ्नु होला ।

लेखक कुर्ट भन्नेगुटले एक पटक भनेको थिए: "आजका युवा युवतीहरुले आफ्नो जिवनलाई कसरी उपादेयतामा लगाउने ? धेरै उपायहरु छन् ।तर सबभन्दा महत्वपु्र्ण ति जवानहरुको देन त यो हुनेछ यदि तिनीहरुले यस्तो स्थिर समाजको स्रष्टा होस जहाँ एकलोपनाको महान रोगको उपचार हुन सकोस् ।"

कोईनोनिया भन्ने शब्द युनान अर्थात ग्रिक भाषामा संगती हो ।मानवजाति भएकोले हामी समाजकोलागि, संगतीकोलागि, एक आपसमा अन्तर्क्रियाकोलागि र एक आपसमा भरोसा हुनकोलागि सृजिएका हौं । फेरी यसो भन्दैमा एक आपस मिलेर जे पायो त्यो गर्नपनि होईन । कसैले अन्तर्क्रियामात्र चाहन्छ भने फुटबल खेल वा भट्टिमा पनि जान सक्दछ ।अहँ, बाईबलमा उल्लेखित अन्तर्क्रिया अर्कै हो । यसको चाहना यो हो कि यस्तो समुह होस जसले आफुहरुलाई परमेश्वरको प्रेमको सूत्रले बाँधेर यस्तो ममतामय बातावरणको सृजना गर्नसकोस जहाँ एक आपसको स्याहार र सहायतामा तल्लिन हुनसकोस । मानिसहरुले साझा दृष्टिकोणहरु, साझा उद्देष्यहरु, साझा सपनाहरु र साझा लक्षहरुमा एक आपसमा समावेशिकरण गर्न सकोस् । बिषेश गरेर परमेश्वर चाहनु हुन्छ कि मानवजातीले अरुको परोपकारितामा समर्पण गरुन, र उनिहरुको जुनसुकै आवस्यकता भएपनि वा जोसुकै त्यसलाई परिपुर्ती गर्न एक आपसमा सहायताको भावनाले भिजोस् । यहि सत ईसाई समहुको लक्ष हो ।

चिन्तन मनन्

१. आत्मआलोचना गरेर हेर्नुहोस् तपाँईको स्थानिय मण्डली साझा हितकोलागि के गरीरहेको छ ? मण्डलीको सदस्यहरुको जुनसुकै हितकोलागि कसरी तेवामा संलग्न भईरहेको छ ? त्यस मण्डलीको कमजोर र मजबुतपनामा ध्यान दिनुहोस् । तपाँई येशूभक्त भएको हैशियतले आफ्नो मण्डलीको सदस्यहरुले परमेश्वर र एक आपसमा प्रेमको जरो गाडियोस् भनेर कसरी सहायता गर्न सक्नुहुन्छ ?

२. आफ्नो समुहमा चिन्तन मनन् गर्नुहोस: के जिवन सार्थकपुर्ण छ ?

३. यो पनि बिचार गर्नुहोस जिम्मेवार ब्यक्तिले पाएको अधिकारलाई सदुपयोग कसरी गर्नुपर्दछ अथवा त्यसको दुरुपयोग गर्दा समाज वा मण्डलीमा के समस्या खडा हुनसक्दछ ।