उपदेशकको पुस्तक

From StudyGuides

यस बाईबल अध्ययनका मुख्य सम्पादकिय कार्यालय: १२५०१ ओल्ड कोलम्विया पाईक, स्प्रिड्गफिल्ड, मेरिलाण्ड, २०९०४, संयुक्त राज्य अमेरिका

मुल लेखक जेम्स डब्ल्यु. जाकरिसन

सम्पादक: क्लिफोर्ड गोल्डस्टाईन

अनुवादक: भजुराम श्रेष्ठ


सह सम्पादक: लिन्डेल ब्रावर चिओमेन्टी

प्रकाशक अधिकृत: सोरायाहोमियानी पारिश

चित्र लेखन र योजनाकार: लार्स जस्तिनिन र देभर दिजाईन

नेपाली भाषामा ईन्टरनेतमा प्रस्तुत गर्ने: जितेन्द्र श्रेष्ठ

पाण्डुलिपि ईन्टरनेटबाट प्राप्त गर्न र रुपान्तरको लागि आधिकारिक अनुमती प्रदान

रन वाट्स, अध्यक्ष,दक्षिन एशिया डीभिजन

ईन्टरनेट ठेगाना: www.nepalworks.com/bhajupurna

नेपाली भषाको सम्पादान: श्री केदार शाक्य


पुस्तक उपलब्द गराईदिनु हुने: डा. शेरि रिड र प्रकाश तौजले श्रेष्ठ


स्थानिय प्रकाशक काठमाण्डौ उपत्यका सेभेन्थ डे एडभेन्टिष्ट चर्च:

पाष्टर उमेश कुमार पोखरेल- अध्यक्ष- ६६३७१८१

पाष्टर नसिव कृष्ण बस्नेत- ६६३१२८४

एल्डर भजुराम श्रेष्ठ-५५२७८३०

एल्डर कुबेर लामिछाने

पाष्टर मिलन दाहाल

सुरसा बुढामगर

शिला खाम

जेम्स नकमी

उमा श्रेष्ठ

बिषय सूची

महाराजा सोलोमनको घरानाको उदय र पतन डिसेम्वर ३०-जनवरी ८, २००७ ई.स
के सुर्यको मुनी कुनै पनि नयाँ छैन ? जनवरी ६-१२
"मेरो आँखाले अभिलाषा गरेको सबै कुरा" जनवरी १३-१९
जिउनुको रहस्य र समयको बास्तविकता जनवरी २०-२६
सुर्यको मुनीको जिवन अर्थहिन छैन बरु सार्थकपुर्ण छ जनवरी २७-फेब्रु.२
धनी मानिस र गरिब मानिस फेब्रुअरी १०-१६
लक्षहिन भएर हावामा भौ‌तारिनु फेब्रुअरी १०-१६
परमेश्वरले मानिसलाई इज्जतदार बनाउनु भयो, तर के भयो? फेब.१७-२३
धमिलो सिसाद्वारा हेर्दा फेब्रुअरी २४-मार्च २
१० आफ्नो हातले जे काम गर्न अवसर पाए पनि मार्च ३-९
११ मुर्दा झि‌गाहरु र सर्पलाई लठ्ठ पार्नेहरु: सुर्यको मुनी अरु जिन्दगीपनि छन् मार्च १०-१६
१२ बतासको बाटो मार्च १७-२३
१३ सबै कुराको निष्कर्ष मार्च २४-३०

कष्टप्रद परिप्रेक्ष

प्राय जसो बाईबलका अरु पुस्तकहरु परमेश्वरमाथीको अटल बिश्वासबाट प्रारम्भ हुन्छ ("परमेश्वरको बचन फलानोलाई आयो---") तर उपदेशकको पुस्तक चाहीं निर्थक जिवनको क्रन्दनबाट सुरु हुन्छ । "ब्यर्थहरुको ब्यर्थ...सबै थोक ब्यर्थ छन् ।" यी बाक्य यहवे परमेश्वरको बक्ताको भन्दा कुनै अनिश्वरबादी लेखकको आवाज घन्किएको जस्तो लाग्दछ । तथापि एडभेन्टिष्ट येशूभक्तहरुको हैसियतले हामी यो बिश्वाससाथ दावि गर्दछौं कि यो पुस्तक बाईबलको धार्मिक ग्रन्थहरुमा समावेश गरिएको कारण परमेश्वरले हाम्रोलागि यसबाट केहि सन्देश दिन चाहनु हुन्छ ।


यस कितावको बारे, यसमा भएको शिक्षा र यसको प्रादुर्भाव बिवादस्पदभन्दा बाहिर भएको हामी पाउँदैनौ‍ । उदाहरणस्वरुप यसको लेखक राजा सोलोमन होइन भनेर धेरै बिद्वानहरुले दावि गरेको पाउँछौ । हुनत प्रायजसो यि तिनै बिद्वानहरु हुन जसले दानियलको पुस्तक ईसा पुर्व दोश्रो सताब्दिमा लेखेको हुन र उत्पतीको पुस्तकको लेखक मोशा होइन भनेर वकालत गर्दछन् । उनीहरुको उक्त भनाईलाई बिश्वास दिलाउन खोज्नुको मुख्य कारण हामीले ति ग्रन्थहरुप्रति अबिश्वास होस भनेर चाहेकै कारणले हो । तर यस उपदेशकको पुस्तकका लेखक सोलोमननै हुन भनेर हामी अनुमान गरी अगाडि बढ्न चाहन्छौ‌ किनकी युगौं देखी यस पुस्तकको आशयले र ईसाई र यहुदी बिद्वानहरुको दाविले यसका लेखकको बारे बिबाद ल्याएको पाउँदैनौं । फेरि एलेन जि ह्वाईटले यसरी पुष्टि दिन चाहनु भएको पाउँदछौं, "हितोपदेशको पुस्तक बुढेशकालमा सोलोमनले लेखेको हुन् ।आफ्नो जिवनमा सबै अभिलाषाहरुलाई भोगीसकेपछि उसले यो निष्कर्षमा आएर लेखेकी संसारको जिवन खाली र असन्तोष्तीले मात्र भरपुर्ण छ । यसमा सोलोमनले यो देखाउन खोजेको छ कि संसारका आडम्वर तथा फाँईफुत्तीले मानिसको भित्रीहृदयको मनसायलाई कहिले पनि परिपुर्ति गर्न सक्दैनन् । उ यो निष्कर्षमा आएको थियो कि परमेश्वरले दिनुभएको योग्यता वा बरदानहरुलाई कृतज्ञतापुर्वक उपभोग गर्नुनै बुद्धिमानी र उचित हुन्छ किनभने हाम्रो सबै कामहरु न्यायको दिनमा लेखाजोखा दिनु पर्दछ ।" एलेन जि ह्वाईटको टिप्पणी, एस. डि. ए. बाईबल कमेन्टरी, ठेली ३, पृ. ११६४।


तथापि जसले उपदेशकको पुस्तक पढ्दछ उसले यसको चुनौतीको सामना गर्नुपर्दछ । कुनै पदहरु अष्पष्ट वा रहस्यमय छन् र यसको अर्थ बुझ्न कठिन छन् । तर सबभन्दा अधिक चुनौति ति पदहरुबाट हुन जुन हामीले अर्थ जानेकोबाट तर अर्थ नजानेको होइन । तदअनुसार जुन सरल किसिमले यि पुस्तकका पदहरुलाई अर्थ लगाईन्छ त्यसले हाम्रो यस अध्ययनलाई धेरै मद्दत मिल्नेछ भनि यस लेखकको आशा छ ।


सुरु गर्दा यो भन्न सक्दछौं कि यो पुस्तक सोलोमन राजाले आफ्नो जिवनको अन्तिम समयमा लेखेको थियो । यो समय उसको लागि तितोपनाले भरिएको थियो, आफुप्रति झोंक चलेको थियो र परमेश्वरबाट टाडा भएको थियो । यो पुस्तकको बिशेषता त यो हो कि सोलोमनले लेखेको कुनै यस्ता अंशहरु छन् मानौं परमेश्वरबाट टाडा रहेको मानिसले लेखेको हुन् ।यस्ता मानिसले आफ्नो जिवनको सार्थकतालाई कसरी भुल्दो रहेछ भन्ने दृष्टिकोणलाई प्रस्तुत पारेको हामी पाउँछौं । आधुनिक स्रष्टाहरु जस्तै उसले ति बिचारहरु आफ्नै मनमष्तिष्कबाट प्रष्तुत गरेको पाउँदछौं । यस्ता मानिसहरुले संसारलाई आफ्ना आँखाद्वारा कसरी हेर्दो रहेछ सो कुरा यस पुस्तकका धेरै अंशहरुमा पाउँदछौं ।


यस्ता अंशहरुमा एस.डि.ए. बाईबल कमेन्टरीका निम्न सल्लाह लिनु उचित हुनेछ: "उपदेशकमा ब्यक्त गरिएका सोलोमन राजाको कति अनुभव र मनोभावनाहरुलाई परमेश्वरको राय वा पवित्र आत्माको ईच्छा हुन भनेर मान्न सकिन्दैन किनकि ति अंशहरु आफु परमेश्वरबाट छुट्टिएर बसेको समयको लेख हुन् । तै पनि ति लेखहरु प्रेरणाद्वारा समाबेश गरिएको छन् किनभने यसमा सोलोमनको ब्यक्तिगत बिचार र कार्यको उल्लेख गरिएको छ (पेट्रियार्क र प्रोफेट पृ. ७९), र यि लेखामा मानिसको गलत बिचार र गलत कामले के नतिजा ल्याउँछ भनेर गम्भिर चेतावनीलाई प्रस्तुत गरेको पाउँछौं .......‌ यस्ता अंशहरुलाई सावधानीपुर्वक उदृध गर्नु पर्दछ नत्र सिकाउन चाहेको सत्यलाई भ्रमाणत मोडमा लगिन सकिन्छ ।" द एस. डि. ए. बाईबल कमेन्टरी, ठेलि ३, पृ. १०६० ।


हामीले थाहापाउनुपर्ने यस्ता अंशहरु कुन हो त ? यो प्रश्‍नले उपदेशकको अध्ययन गर्न दोश्रो महत्वपुर्ण सिद्धान्तलाई अपनाउनु उपयुक्त हुन्छ: हामीले पुरा बाईबलको परिबेशमा उक्त पुस्तकलाई पढ्नुपर्दछ । बाईबलले जिवन, मृत्यु र हाम्रो जिवनको उद्देष्यलाई कुन मुल आधारमा ढालेको चाहन्छ सो को ज्ञान हुनु पर्दछ । जव उपदेशकको अंश बाईबलको उच्च बिचार वा प्रसड्गसंग मेल खान्दैन तव हामी यो यकिन गर्न सक्दछौं कि ति ब्यक्त गरिएका भावनाहरु परमेश्वरबाट टाडा रहेको सोलोमन राजाको ब्यक्तिगत धारणाहरुको प्रतिबिम्ब हो । यि पदहरुलाई कहिलैपनि बाईबलको दिक्षाको आधार भनेर लिईनु हुन्दैन बरु यसले हामीलाई यस्तो ब्यबहारिक सतर्कतालाई औल्याउँछ कि हामी हाम्रो परमेश्वर जो सृष्टिकर्ता र उद्धारकर्ता हुनुहुन्छ, उहाँबाट अलग्गिएर रहन खोज्यौं भने हाम्रो जिवनको गति कस्तो हुन्छ ।


अन्तमा यो पुस्तकले यहि देखाउँदछ कि परमेश्वर बिना र उहाँको ज्ञानलाई तिरस्कार गर्दाको जिवन कस्तो तितो, रिक्त, उद्देष्यहिन र रुखो हुन्छ । यो हाम्रो आशा हो कि यस उपदेशकको अध्ययनले परमेश्वरको नजिक हुन्दा हाम्रो जिवनको सार्थकलाई बुझौं जुन यसका लेखक राजा सोलोमनले भुक्तभोगि भएर सिकेका थिए ।


(जेम्स डब्ल्यु जाक्रिसन जनरल कन्फरेन्स साबथ स्कुल र पर्सनल मिनिस्त्री बिभागको डाईरेक्टर हुनुहुन्छ )